नुवाकोट जिल्लावासीको सम्पन्नताको प्रतिकको रुपमा रहेको टोखा छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने यस बर्षको बजेट बक्तव्यले नुवाकोटवासीलाई पक्कै पनि खुशी तुल्याएको छ । यो सुरुङ मार्ग निर्माण कार्य सँगसँगै थान्सिङको छहरे फाँट सहरीकरण योजना पनि अगाडि बढाइने भन्ने बजेटमा उल्लेख छ। एकातिर नुवाकोट जिल्लावासीमा सुरुङ मार्गको निर्माण सुरु हुने कुराले खुशी ल्याएको छ भने थान्सिङको धान उब्जनी हुने फाँटहरूमा कंक्रिटको घरहरूले भरिने र काठमाडौं जस्तै अब्यबस्थित शहरीकरण हुँदै जाने चिन्ता पनि थपिएको छ। टोखा छहरे सुरुङ मार्गले नुवाकोट जिल्लालाई नै नयाँ काठमाडौँमा बिस्तारै रुपान्तरण गर्नेछ । काठमाडौँ र नुवाकोटको दुरी सुरुङ मार्गले ५ किलोमिटरमा झार्नेछ । टोखाबाट थान्सिङ छहरेको…
Author: Kathmandu Khabar
काठमाडौं । कानुनतः लगभग ६ वर्षपछि नेपाल सरकारको स्वामित्व हुने एनसेलको लगानीकर्ता मलेसियन टेलिकम कम्पनी एक्जियटा ग्रुपले सेयर खरिद–बिक्री हुनुलाई शंकास्पद ठान्दै सार्वजनिक लेखा समितिले नियमनकारी निकायसँग प्रष्टीकरण सोधेको छ । नियमनकारी निकायलाई कुनै जानकारी नदिइकन हालै एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री भएको थियो ।समितिले आइतबार आन्तरिक राजस्व कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै प्रश्न गरेको छ, ‘‘नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?’’ स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ?’’ त्यसअतिरिक्त ऐनसेल…
काठमाडौं । देशका केही भू–भागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । केही भू–भागमा हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…
वाग्मती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान कायमै राख्दा बैठक निष्कर्षविहीन भएको हो। बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए। सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले पुनः अर्को बैठक बस्नेगरी आइतबारको बैठक स्थगित भएको नेता खनालले बताए। यद्यपि सहमतिको प्रयासलाई भने सत्तापक्षले जारी राख्ने उनले स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सरकार प्रदेशको विकास र गणतन्त्रप्रति गम्भीर नबनेको आरोप लगाएको छ। एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारलाई सही बाटोमा हिँड्न र…
बद्रीनाथ कायस्थ काठमाडौं । नेवाः समुदायबाट मान्यता प्राप्त दश ( १० ) दर्शन र सिद्धान्तहरुमध्येको एक महत्वपूर्ण दर्शन र सिद्धान्त अनुसार शवित पीठहरुलाई शक्तिको श्रोत मानिन्छ । आज म यही शक्तिको श्रोत शक्ति पीठहरु उपत्यकामा कहाँकहाँ अवस्थित छन् भन्ने बारेमा यहाँ उल्लेख गरिएको छ। १॥ नेपाल मण्डलमा शक्ति पीठहरु मुख्य रूपमा दुई प्रकारका छन् । पहिलो दश महाविद्याहरुको शक्ति पीठहरु र दोस्रो अष्ट मातृकाहरु को शक्ति पीठहरु हुन । यसबाहेकका अन्य शक्ति पीठहरु के हुन प्रष्ट रुपमा बुझ्न जरुरी छ । २। श्री गुह्येश्वरी शक्ति पीठः सतीदेवीको अंग पतन भएर उत्पवित भएको पचास शक्ति पीठहरु मध्येको एक पहिलो र महत्वपूर्ण…
वाग्मती किनारमा रहेको सप्तर्षिघाट र उत्तरवाहिनी तीर्थको बीचमा पिङ्गला योगिनी नामक एउटा देवीको शक्तिपीठ रहेको छ । मंगला, पिंगला, धान्य, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र शंकटा आदि अष्ट योगिनीहरूमध्ये पिंगला दोस्रो योगिनी हुन् । यो स्थल पहिले एकान्त एउटा पोखरीको रूपमा रहेको थियो । एउटा महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको यो पिङ्गला योगिनी क्षेत्र आसपास हाल बालीनाली लगाइएको देखिन्छ । योठाउँलाई पिङ्गलास्थान या पिङ्गलथान पनि भनिन्छ । गोकर्ण क्षेत्रमै भगवान् महादेवले आफ्नी पत्नी सतीदेवी दक्षप्रजापतिले गरेको यज्ञकुण्डमा होमी प्राण त्याग गरेपछि शोक विह््वल भई सतीको निर्जीव देह बोकेर घुम्दा अङ्गपतन हुने क्रममा सतीदेवीको बायाँ कान पतन हुन गई गोकर्ण पीठ, भैरवीदेवीका…
काठमाडौं- प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित बनेका छन् । प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित भएको हो । पालिकामा प्रमुख प्रशासकीय अधिकृत संघअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउने व्यवस्था छ । तर, मन्त्रालयका अनुसार अहिले एक सय चार नगरपालिका, ८० गाउँपालिका र ६ उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । रिक्त हुने क्रम बढ्दै गएको मन्त्रालयले जनाएको छ । प्रमुख प्रशासकीय रिक्त रहेका अधिकांश पालिका निमित्तका भरमा चलेका छन् । उपसचिवको दरबन्दी हुने नगरपालिकामा वरिष्ठ शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकेर पठाइएको छ । करिब ५० नगरपालिकामा शाखा अधिकृतलाई प्रमुख…
अज्ञात समूहले गत शनिबार राती धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा आगजनी गरेको छ । राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइएको गुरागाईंले बताए । सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उनले बताए । कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।…
भारतमा चार राज्यमा भएको विधानसभा चुनावको मतगणनाको नतिजा अत्तिम चरणमा पुग्दा केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरुमा बहुमतसहितको जित हासिल गर्दैछ । जारी मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको छ । मध्यप्रदेशमा आफ्नो सरकारलाई जोगाएको मात्रै छैन त्यहाँ विशाल जित हात पारेको छ । त्यस्तै, राजस्थान र छत्तीसगढ राज्यमा पनि ठूलो जित हात पारेको छ । ती दुवै राज्यमा कांग्रेसको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यमा चुनाव भएको छ ।मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना आइतबार एकैसाथ भएको हो । मतगणना भएका चारवटा राज्यमध्ये…
काठमाडौं । अनलाइनमार्फत यौनधन्दा सञ्चालन गर्ने गिरोहलाई प्रहरीले पक्रेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने पाँच जनालाई समातेको हो । रामेछाप घर भई ललितपुर बस्ने छत्रबहादुर रोक्का, ओखलढुंगा घर भई कागेश्वरी मनोहरा बस्ने गोपाल थापा, सिन्धुली घर भई कालोपुल बस्ने सेते कार्की, सल्यान घर भई बालाजु बस्ने शिवराज परियार, नुवाकोट घर भई काठमाडौं बस्ने अमृत रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरलगायतका विभिन्न स्थानबाट सामाजिक सञ्जालमार्फत यौन व्यवसाय चलाउँदै आएका थिए ।
नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडाैँ खबर सम्वाददाता/ काठमाडौँ । पछिल्ला समय हामीले धेरैभन्दा धेरै सुनिएको विषयमध्ये एक हो मिटर ब्याज र त्यसको संघर्ष । यो विषयमा थुप्रै आन्दोलन तथा संघर्ष भए पनि अझै आन्दोल एवम संघर्ष यथावत रहेको छ । कारण यो विषयलाइ अझै त्यो हैसियतमा सम्बोधन भएको छैन जुनरूपमा सम्बोधन हुनुपर्ने हो । संघर्ष समिति आजका दिन मा संघर्षको मैदानमा छ । महत्वपूर्ण कुरा यो विषयको संघर्षमा हाम्रो समाजमा आर्थिक हैसियतका सबैभन्दा कामजोर मानिने निम्न आयवर्गको बाहुल्यता रहेको छ । कानूनी रुपमै आर्थिक अपराध मानिने मिटर ब्याजको विषय व्यपितगत लेनदेनमा तोकिएको ब्याजदर भन्दा बढी ब्याजदर लिई त्यसलाई चक्रिय ब्याज लगाई मुलधनमा बदली असुल…
नेपाल सरकारको स्वास्थ्यमन्त्रीमा अहिले कांग्रेसका मोहनबहादुर बस्नेत छन्। उनी दिनानुदिन बदनाम भैरहेका छन । कांग्रेसका तर्फबाट गएका मन्त्रीमध्ये बस्नेत सर्बाधिक गन्हाएका मन्त्रीका रूपमा चित्रित गरिन्छ । बदनामीकैबीच नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतका एक चिकित्सकले मन्त्री बस्नेतका कृयाकलापमाथि प्रश्न उठाउँदै ठाडो चुनौती दिएका छन । ती डाक्टरले यतिखेर आफ्ना विभागीय मन्त्रीका क्रियाकलापलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोखेका कारण चर्चामा छन्। आफूलाई वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाउने स्वास्थ्य मन्त्रालयको निर्णयलाई उनले राणा शासनभन्दा पनि कडा अधिनायकवादी भनेर टिप्पणी गरेका छन्। डा। सन्तोष पौडेलले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, अक्षम’ भन्ने आरोप…
आकाश सर्मा बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १० औँ स्थापना दिवस मनाएको छ । नगरपालिका कार्यालयमा फोटो खिचाएर अनि चिया खुवाएर मनाइएको स्थापना दिवसमा जनप्रतिनिधिले नगरपालिकालाई समुन्नत बनाउने कामहरू, योजनाहरू, लक्ष्यहरू वा संकल्पहरू केही बताएनन । एउटा कर्मकाण्डझैँ गरेर स्थापना दिवस मनाइयो । ०७० सालमा स्थापना भएको यस नगरपालिका गाउँबाट नगर बनेको एक दशक भयो । साविकका ६ वटा गाविस मिलेर बनेको बुढानीलकण्ठ रूपमा नगरपालिका देखिए पनि सारमा साविक गाउँपालिकाभन्दा केित पनि फरक छैन । यद्यपि यो कथा बुढानीलकण्ठसहित धेरै अन्य पालिकाको पनि हुनसक्छ । तर बुढानीलकण्ठ लक्ष्य, योजना, सोच र संकल्पका आधारमा मात्र नभै जनप्रतिनिधि चयनमा समेत पश्चगामी देखिएको छ । गाविस कालमै कमजोर देखिएका गाविस अध्यक्षलाई नगरपालिकाको…
काठमाण्डाै – सहरबजारदेखि बाहिरको गाउँबस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन थाेरै सहरियाजस्तो देखिन्छ, थाेरै ग्रामीण जीवनशैलीजस्तो देखिन्छ । सामान्य भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि । काठमाण्डाै उपत्यकामा चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको मानिन्छ । तर बिस्तारै काँठ क्षेत्रकाे स्वरुप परिवर्तन हुँदै गएकाे छ । झन्डै एक दशकको अवधिमा काँठ क्षेत्रकाे स्वरुपमा निक्कै परिवर्तन आएको देखिन्छ । काँठको हरियाली सकिँदै गएकाे छ भने याे क्षेत्र प्रदूषित बन्दै गएकाे छ। काँठ क्षेत्रमा जग्गा खरिद–बिक्री अस्वाभाविक रुपमा बढेकाे छ। आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यताको दोहन भएको यत्रतत्र देख्न सकिन्छ ।
काठमाडौं । सामाजकि गतिबिधिमा सक्रिय बुढानीलकण्ठको ‘कम्युनिटी केयर नेपाल’ले कमपा वडा नं ३० मा रहेको ‘हामी छौँ’ नामक संस्थासँग मिलेर सम्पदा सरसफाई कार्यक्रमअन्तर्गत प्राचीन नौलिन भद्रकाली क्षेत्रको व्यापक सरसफाई गरेको छ । बुढानीलकण्ठ १३ मा रहेको ऐतिहासिक नौलिन भद्रकाली मन्दिर क्षेत्र मंसिर १६ गते शनिवार सरसफाई गरिएको हो । केही तस्वीरहरूः
काठमाडौँ प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी दुर्घटनामा परेको छ । संखुवासभामा कार्यक्रममा सहभागी भई धरान जाने क्रममा उनी सवार प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडी दुर्घटनामा परेको हो । संखुवासभा कांग्रेस सभापति समेत रहेका खड्का सँगै नेपाली कांग्रेसका महासमिति सदस्य दिपक लिम्वु, नेपाली कांग्रेस चैनपुर नगरपालिका कार्यवाहक सभापति लभकुमार श्रेष्ठ र उनकी श्रीमती र चालकसहित पाँच जना गाडीमा सवार थिए । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको नमस्ते झरना नजिकै दुर्घटना भएको संखुवासभाका कांग्रेस नेता सन्दीप निरौलाले जानकारी दिए । उनका अनुसार गाडीमा सवार सबैजना सुरक्षित रहेका छन् ।
अतिक्रमणले रूपाताल खुेिचन थालेपछि संरक्षणका लागि २०७३।७४ मा वृहत परियोजना शुरू भयो। ४ अर्ब ५२ करोड रूपैयाँ खर्च हुने परियोजनाले तालमा पर्यटकीय सुविधा थप्न जग्गासमेत अधिग्रहण गरेको छ। तर सडक विस्तारका क्रममा गरिएको लापरबाहीका कारण वर्षामा ढुंगा, माटो र गेग्रान तालमा नै गएर थुप्रिन थालेको छ। परियोजनाले ताल किनारमा दुई लेनको पक्की सडक विस्तार गरिरहेको छ। सो क्रममा डोजरले थुपारेको ढुंगा, माटो र गेग्रानको उचित व्यवस्थापन हुन सकेको छैन। जथाभावी डोजर चलाउँदा ठाउँठाउँमा पहिरो खसेको छ। परियोजनाले तालको बाँध रहेको सिस्टेनीदेखि जमनकुना हुँदै तालबेँसी जोड्ने सडक विस्तार गरिरहेको हो। लेखनाथका सामाजिक अभियन्ता दामोदरभक्त थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै राम्रो…
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पमित छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन ।नेपाली कांग्रेसको पहिलो लुमिबनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पमित जफत गर्ने कानुन बनाउनुपर्ने बताए । महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको बताए । प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुँदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको भन्दै उनले कम खर्चमा पनि चलाउन सकिने बताए ।विगतमा १४ अञ्चल र ५ विकास क्षेत्र हुँदा हुने खर्चमै ७ प्रदेश र ७५३ स्थानीय सरकार चलाउन सकिने थापाको भनाइ छ । ‘लोभले गर्दा तलदेखि…
काठमाडौँ भूगोलको बाहिरी घेरोमा जन्मने। हुर्कनेको आफ्नै पीडा छ । कसैले प्रतीकात्मक रूपमा काठमाडौँले यसो ग यो भन्दा चित्त दुख्नु त छँदै छ, त्यस भूगोलको समस्यालाई उठाइदिने उपयुक्त पात्र नभेटिँदा लाग्ने दुःख अर्को छ । जब चुनाव आउँछ, यो भूगोलका मान्छे भन्छन्, “यसपालि स्थानीयबाहेकलाई भोट दीन्न ।” अृितममा केही दलीय पात्र अमुक दलहरूले उभ्याएका तिनै पात्रलाई जिताउन कम्मर कसेर लाग्छन । यसैको बिचमा पिसिन्छन बाँकी मतदाता । यदाकदा स्थानीय उम्मेदवार उठाइन्छन र चुनिन्छन पनि तर तिनको कार्यशैलीसँग खुसी हुन्नन यहाँका मान्छे । राजनीतिमा गरिखान निृिलएका ती नेताले आफूले विविध कारणले गर्न नसकेको कामको अपजश त्यही भूगोलका बासिन्दालाई लगाउन थाल्छन तर…
काठमाडौं । चण्डेश्वरी देवी पूरै काठमाडौँ उपत्यकाभरी नै प्रख्यात देवी हुन । वनेपामा चण्डेश्वरीको विशाल मत्दिर रहेको छ भने टोखा पनि प्रशिद्ध चण्डेश्वरी मत्दिर रहेको छ । धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन । महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन । प्रशिद्ध चण्डेश्वरी देवीको उत्पत्तिसँग सम्बत्धित केही किंबदन्तिहरू छन । श्लेष्मान्तक वनको पूर्वी भागमा रक्तचन्दनको वनदेवी चम्पावृक्षमा रहेकी छन । तिनको शरणमा जाउ तिमीहरुको जय होला भन्ने ऋषिहरुको उपदेश पाएपछि पहिले वाग्मतीमा स्नान गरी श्रीपशुपतिनाथको दर्शन गरी उनीहरु वनदेवीको शरणतिर लागे । गुह्येश्वरी, गोकर्णेश्वर,…
असली रक्तचन्दनको नेपालमा रैथाने प्राकृतिक जंगल छैन । कतैकतै किसान तथा सामुदायिक वनहरुले यसको वृक्षारोपण गरी हुर्काएको पाइन्छ र हुर्काउने क्रम जारी छ । जतिबेलादेखि नेपालमा रक्तचन्दनको काठको तस्करीका बारेमा मिडियाहरुमा ब्यापक चर्चा हुन थाल्यो, रक्तचन्दन त साँच्चिकै निकै नै महँगो काठ हो भनी मानिसमा सूचना पुग्यो र मानिसहरुबाट रक्तचन्दनको विरुवाको खोजी सुरु भयो । असली रक्तचन्दनको काठ किन महँगो छ त ? अहिले संसारमा राम्रा खालका कस्मेटिक्स र यौनबर्द्धक औषधीहरूको माग दिनानुदिन बढ्दो छ । यसको काठलाई आकर्षक फर्निचर, पुतली, प्रतिबिम्व र मूर्तिहरू कुँद्न, माला बनाउन, सांगितिक उपकरण/सामिसोन उत्पादन गर्न, गुम्बा बनाउन तथा कस्मेटिक्स र यौनबर्द्धक आयुर्वेदिक औषधी एवम्…
हजारौं वर्षअघि पृथ्वीमा झार, जङ्गल, वनस्पति केही पनि उत्पन्न भएको थिएन । सृष्टिकर्ता भगवान्ले पोरोक्मी योम्फामी नाउँ भएको एक शतिमान आत्माको सृष्टि गरे । उनले पोरोक्मी योम्फामीलाई पृथ्वीमा झार–पात, वनस्पति इत्यादिको सृष्टि गरी पृथ्वीको शोभा बढाउनु भन्ने आदेश दिए । पोरोक्मी योम्फामीले पनि आफ्नो शतिले भ्याएसम्म किसिमकिसिमका झारपात, वृक्ष, लतादिका बिउ बनाएर थुपार्दा एउटा हात्तीको शरीरझैं थुप्रो लाग्यो । यी झारपात, वनस्पती आदिका बिउ तयार गरिनुअघि नै हावा, सूर्य, चन्द्र, तारा, नक्षत्र इत्यादिको सृष्टि भइसकेको थियो र पृथ्वीमा त्यस वेला भयड्ढर हावा चल्दथ्यो । पोरोक्मी योम्फामीले आफ्नो मनमा यसो सम्झे—यत्रो ठूलो पृथ्वीमा जताततै झार, जङ्गल, वनस्पति आदि उमार्नु परेको छ…
काठमाडौं । अहिले सवारी साधन व्यवस्थापनको लागि खटाइएका ट्राफिक प्रहरीहरू नेपाल प्रहरीको एउटा महाशाखा अन्तर्गत रहन्छन । तर यसको इतिहासलाई हेर्ने हो भने यो नेपाली सेनाको एउटा पल्टनबाट सुरु भएको पाइन्छ। सन १८५७ मा अंग्रेजले गोर्खा रेजिमेन्टको सहयोग लिएरै भारतको सिपाही विद्रोह दबाएको थियो। त्यो विद्रोह दबाउन रैफल, कालीबस्क, नयाँ गोरख, गोरखनाथ, श्रीनाथ, बर्जबहादुर, सूर्यदल, कालीबहादुर, देवीदत्त, नरसिंहदल, जबरजंग, गणेशदल, भैरवनाथ, पुरानो गोरख, कालीप्रसाद, सिंहनाथ, शमशेरदल, रामदल, महेन्द्रदल, राजदल, शेरपल्टन, जंगनाथ, सबुज, बरख र कालीजंग पल्टनका सेना खटिएका थिए। त्यसबेला नेपाली सेनाले बेलायतलाई साथ नदिएको भए त्यसैबेला भारतमा बेलायती साम्राज्य अन्त्य हुने धेरैको विश्लेषण छ। तर, राणाकै कमजोरीले थुप्रै नेपाली…
काठमाडौं । रास्वपा(राष्ट्रिय स्वतन्त्र पार्टी) को जन्म नै पुराना दलहरूले सकेनन्, अब हामी गर्छौ भन्ने आक्रोशपूर्ण नारा र अभियानबाट भएको हो । हामी कसरी फरक छौं भन्ने घोषणा गर्दै रास्वापले सभापति मात्रै होइन, पार्टीका उम्मेदवारसमेत निर्वाचनबाट तय गर्ने र प्रतिस्पर्धाबाट पदाधिकारी चयन गर्ने भनेको छ । रास्वपाले हामी के गर्दैनौं भन्ने वाचामा ‘प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजरअन्दाज गरी ‘टीका’ लगाउने काम गर्दैनौं पनि भनेको छ । राजनीतिका लागि ‘लाजनीति’ गर्दैनौं’सम्म भनेको छ । तर महोत्तरीमा सभापति रवि लामिछानेले अप्रत्याशित रूपमा पदाधिकारी थपको प्रस्ताव गरेका थिए । राजनीतिक प्रतिवेदन पेस गरेपछि सभापतिले पदाधिकारी र केन्द्रीय सदस्य थपेको जानकारी गराएका थिए ।…
काठमाडौं- नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकांश मन्त्रीहरू यतिखेर नाम हैन बदनामको यात्रातिर देखिन्छन । विशेषगरेर स्वास्थ्य मन्त्री मोहन बस्नेत तथा अर्थमन्त्री प्रकाश महतको बदनामको शिखरमा छन । माओवादी तथा समाजवादीका पनि अधिकांश मन्त्रीहरु बदनाम भएको भन्ने गुनासो आइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मअित्रमण्डल पुनर्गठन गर्ने भएका छन्। उनी प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेपछि अहिले भएका मन्त्रीहरू फेरबदल गर्ने विषयमा गठबन्धनको शीर्ष नेतृत्व तहमा समझदारी जुटिसकेको बताइएको छ। प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ। सरकारले एक वर्ष पूरा गरेलगत्तै मन्त्रीहरूको टिम नै फेर्ने गृहकार्य भइरहेको छ, प्रचण्ड दुबईबाट फर्केपछि यसले गति लिनेछ। कांग्रेसले भने राष्ट्रिय…
काठमाडौं मरु टोलका भरत माली मात्र ५ वर्षका थिए जुनबेला उनले पहिलो पटक भद्रकाली खड्गसिद्धि जात्राको अवलोकन गर्न पाए । उनका बुबा सो १२ वर्षको अन्तरालमा नचाइने तागित्रक नाचका गुरु हुनुहुन्थ्यो । ंदेउताको एक वर्ष भनेको मान्छेको १२ वर्ष हुन्छ रे । त्यै भएर यो जात्रा १२ वर्षको अन्तरालमा नचाइन्छ ।ं लुमरी भद्रकालीको नाच जस्तै काठमाडौं उपत्यकामा पचली भैरवको नाच पनि नचाइन्छ । त्यो पनि हरेक बाह्र–बाह्र वर्षमा । २०४४ सालमा भरत व्यंगिनी भएर नाचेका थिए । २०४८ सालमा ब्रम्हायणी, २०५५, २०६० मा बाराही भएर नाचेका उनी २०६८ सालमा यो नाचका गुरु भए । यस लुमरी भद्रकाली खड्गसिद्धि जात्राको नाच…
काठमाडौँको चाबहिलमा आगलागी भएको छ। चाबहिलबाट गोपिकृष्णतर्फ जाने बाटोको एक घरमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा आएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अम्बर बहादुर थापाले नेपालखबरलाई जानकारी दिए। सो घरमा मादक पदार्थ (छ्याङ) बनाएर आगो निभाउन बिर्संदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रार िभक अनुसन्धानले देखाएको डीएसपी थापाले बताए। ‘बुवाको वर्षदिनको कामका लागि भनेर रक्सी पार्ने काम भइरहेको रहेछ, त्यहीँबाट आगो सल्केको हुनसक्छ,’ थापाले भने, ‘अहिले आगो नियन्त्रणमा ल्याइएको छ। घटनाबारे थप बुझ्दैछौँ।’ प्रहरीको टोलीले शुक्रबार साँझ ६ बजे दमकलसहित पुगेर आगो नियन्त्रणमा लिएको थियो।
विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ । हिन्दू समाजमा विवाहको परम्परा बसाल्ने श्रेय उद्दालकपुत्र श्वेतकेतुलाई दिइन्छ । उनले थिति बसाल्नुअघि विवाहको चलन थिएन । महिला र पुरुष केही समयको सम्झौता गरेर बस्दथे । सम्झौतामा यतिवटा सन्तान जन्मिउन्जेल सँगै बस्ने, त्यसपछि स्वतन्त्र हुने, अन्य…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल लाजिम्पाटस्थित शंकर होटल पुगेका छन् । उनी साँझ ६ बजेको समयमा राष्ट्रपति कार्यालयबाट त्यहाँ पुगेको बताइएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनी विवाह भोजमा सहभागी हुन गएका हुन् । होटलमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको छोराको विवाह भोजको आयोजना गरिएको छ ।