काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ…
Author: Kathmandu Khabar
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेशसँगै नेपालमा रहेको अमेरिकी दूतावासले युक्रेन समर्थनको ब्यानर हटाएको छ। ह्वाइट पुनरागमनसँगै विश्वव्यापी तरङ्ग सिर्जना गर्ने कार्यकारी आदेश जारी गरेका राष्ट्रपति ट्रम्पले लिएको एक झण्डा नीतिअन्तर्गत सो व्यानर हटाएको बताइएको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि नेपालस्थित अमेरिकी दूतावास अगाडि “हामी युक्रेनको समर्थनमा छौं” भन्ने ब्यानर टाँगिएको थियो। अमेरिकी दूतावासमा अमेरिकी झण्डाबाहेक ‘लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यु प्लस) गौरव’ र ‘अश्वेतको जीवनले अर्थ राख्छ’ भन्ने झण्डा पनि फराइन्थ्यो। अहिले अमेरिकी विदेश मन्त्रालयले अमेरिकाको झण्डाबाहेकका सबै झण्डा र ब्यानरहरू हटाउन निर्देशन जारी गरेपछि नेपालस्थित अमेरिकी दूतावासले पनि त्यो हटाएको हो।
काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो । काठमाडौं महानगरपालिका–१५ मा अवस्थित स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत छ । स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी भक्तजनले विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् । भक्तजनहरूले सरस्वतीको मूर्तिको पूजाअर्चना गरेका छन् । विशेषगरी सानासाना बालबालिकालाई उनीहरूको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार सरस्वतीको पूजा तथा नजिक भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ । यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने विश्वास छ ।…
काठमाडौं । सरस्वती पूजाको अवसरमा नेपाल विद्यार्थी संघ इकाई पद्मकन्या बहुमुखी क्याम्पसद्वारा माक्स वितरण कार्यक्रम आयोजना गरेको छ । सांसद प्रतिमा गौतमले प्रमुख अतिथिका रूपमा मास्क वितरण गरेकी थिइन् । कार्यक्रम नेविसंघ इकाई अध्यक्ष चन्द्रकला तामाङको संयोजनामा आयोजना भएको सरस्वती पूजा कार्यक्रममा उक्त कार्यक्रममा पद्मकन्या क्याम्पसमा पूर्वस्ववियु सभापति समेत रहेकी गौतमसहित नेपाल तरुण दलकी केन्द्रीय सदस्य लक्ष्मी दाहालको पनि उपस्थिति रहेको थियो। सरस्वती पूजा तथा मास्क वितरण कार्यक्रममा पद्मकन्या वर्तमान स्ववियु सचिव भूपि ऐर, स्ववियु सदस्य रिन्की मेहता, नेविसंघ इकाई वरिष्ठ उपाध्यक्ष दीक्षा बडुलगायत कविता गौतम, संकल्पिका थापा, सन्ध्या बस्याल, चेतना नहर्की, उर्वशी पाण्डेय, वर्षा सिंह राजपूत, आकृति पाण्डेय, स्वस्तिका…
काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध रमाइलो चेतावनी दिएका छन् । अमेरिकाले आयात गरिने सामानमा २५ प्रतिशत कर लगाएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तिनै कर अमेरिकी सामानमा पनि लगाउने बताएका थिए । करको विषयमा धेरै बोले अझ कर थप्ने ट्रम्पले चेतावनी दिएका हुन् । बीबीसीका अनुसार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानाडाले अमेरिकाले लगाएका ट्यारिफको जवाफमा प्रतिक्रिया दिन्छ भने क्यानाडामाथि थप ट्यारिफ लगाइनेछ।’ अमेरिकाका उत्तरी छिमेकी राष्ट्रहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेका उनको आरोप छ । ट्रम्पले भने, ‘म क्यानडाका मानिसहरूलाई माया गर्छु तर म क्यानडाका नेतासँग सहमत छैन र त्यहाँ केही हुनेवाला छ।’
काठमाडौं । पूर्वराष्ट्रपति नन्दबहादुर पुनले नेकपा माओवादी केन्द्रमा जिम्मेवारी पाएका छन् । लामो समयसम्म उनको पदबारे अन्यौल रहेकोमा सोमबार बसेको माओवादी पदाधिकारी (कार्यालय) बैठकले उनको रूचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको हो । केही समयदेखि पार्टीको उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुँदै आएका पुनको पदबारे भने अझै पार्टी अनिर्णित छ । माओवादी नेताहरु भने उनलाइ आमन्त्रित रुपमा सहभागी गराइएको दाबी गर्छन्। उपराष्ट्रपतिबाट हटेको २२ महिना र पार्टी राजनीति छोडेको ९ वर्षपछि पुन पार्टीको जिम्मेवारीमा फर्किएका हुन्। २०७२ कार्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका थिए।
काठमाडौं । संसद्मा दर्ता भएको ६ वटा अध्यादेशविरुद्ध ६६ वटा अविश्वासको प्रस्ताव दर्ता भएको छ । फास्ट ट्र्याकबाट अध्यादेश पारित गर्ने तयारीमा रहेका सत्तारुढ दललाई चुनौती दिन अहिलेसम्मकै धेरै प्रस्ताव एकैपटक दर्ता गराएका हुन् । यसरी विपक्षीहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा सरकारले सदनलाई बन्धक बनाएर अध्यादेश ल्याएको भन्दै ६ वटै अध्यादेश अस्वीकार गर्नुपर्ने माग गरिएको छ । यी विश्वास राष्ट्रिय सभा र प्रदेशसभामा दर्ता भएको हो । अस्वीकार प्रस्ताव दर्ता गर्नेमा विपक्षी दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, नेमकिपाका सांसद छन्। संसद्को अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो भने हिउँदे अधिवेशन यही माग १८ गते सुरु भएको छ। सरकारले…
काठमाडौं । फुटबलर्स मिसन टुगेदरले कोशी प्रदेश समिति गठन गरेको छ । देशभर नै संगठन विस्तार गर्ने योजनाअनुरूप अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा इन्दु रसाईली, संगीता राउत र पारस चौधरी चयन भएका छन् । समितिको महासचिवमा मधुसुदन खनाल र कोषाध्यक्षमा कुमार महर्जन चयन भएका छन् । सदस्यहरु दीपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शनराज लवट श्रेष्ठ र सुरेन्द्र तामाङ चयन भएका छन् । आज विराटनगरको सप्तकोशी पार्टी प्यालेसमा फुटबलर मिसन टुगेदरका अध्यक्ष अशोक बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन्फाका पूर्व केन्द्रीय सदस्य वसन्त अर्याल, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नवगठित…
काठमाडौं । आफ्ना विभिन्न मागहरू राख्दै केही दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ओपिडी सेवा बन्द गरेका छन्। आफूहरूको पारिश्रमिक पनि सरकारी चिकित्सक सरह हुनुपर्ने माग राख्दै आवासीय चिकित्सकहरू केही दिनदेखि सडक आन्दोलनमा छन्। माइतीघर मण्डलामा केही दिनदेखि आन्दोलन गर्दा पनि सरकारले सुनवाई नगरेपछि उनीहरूले आज ३ घण्टाका लागि ओपिडी सेवा बन्द गरेका हुन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।
काठमाडौँ । आज बसन्त पञ्चमी । पौराणिक मान्यता अनुसार आजकै दिनदेखि ऋतुराज बसन्तको सुरुवात भएको छ। सौर्यमास अनुसार फागुन १ गतेदेखि बसन्त ऋतु सुरु हुने भएपनि पौराणिक मान्यता र चन्द्रमास अनुसार भने बसन्त ऋतुको सुरुवात माघ शुक्ल पञ्चमीका दिनदेखि हुने गर्दछ। आध्यात्मिक भाषामा भन्नुपर्दा वसन्त ऋतुमा पञ्चतत्व (पृथ्वी, वायु, जल, आकाश र अग्नि) ले आफ्नो प्रकोप छाडेर सुहाउँदो रुपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि (सूर्य) को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ। प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणका बारेमा भाव व्यक्त गर्नका लागि यो ऋतु अनुकूल मानिन्थ्यो। राजमहल र राजकीय देखरेखमा नगरहरुमा रमाइलो गरिन्थ्यो। आफ्नो प्रेमभाव…
काठमाडौँ । आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्तपञ्चमी । विश्वभरका हिन्दू धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाउँदै छन्। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने छन्। पौराणिक कथा अनुसार कतै ब्रह्माकी पत्नी त कतै ब्रह्मकी छोरीको रुपमा चिनाउने गरिएकी सरस्वतीलाई नेपाली जनमानसले भन्ने इतिहासदेखि…
काठमाडौँ । काठमाडौँको सुकेधारामा रहेको ब्रुकलिन कलेजले आयोजना गरेको विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रममा ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार दियो प्यालेसमा आयोजना गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए। प्रत्येक वर्ष हुने कार्यक्रममा राजनीतिक व्यक्तिलाई उद्घाटनका लागि बोलाउने गरिएकोमा यसपटक भने नित्तान्त शिक्षासँग सम्बन्धित व्यक्तिबाट उद्घाटन गरिएको थियो । यस वर्ष २०० जना स्नातक तहमा र २१५ जना प्लस टु तहमा गरी ४१५ जना दीक्षित भएका हुन् । विभिन्न प्रतिष्ठित विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल र योग्य विद्यार्थीहरूको संगतस्थल भनेको ब्रुकलिन कलेज विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, शिक्षा तथा समाजसेवा संकायमा अध्ययन गर्ने…
काठमाडौं । भारतको अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वृद्धिलाई गति दिन, समावेशी वृद्धि सुनिश्चित गर्न, उद्योगहरूलाई समर्थन गर्ने र घरेलु भावनालाई बढावा दिनको लागि मुख्य उपायहरू सहितको बजेट सन् २०२५–२६ प्रस्तुत गर्नुभएको छ । बजेटले भारतको बढ्दो मध्यम वर्गको खर्च गर्ने क्षमता बढाउनमा पनि जोड दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज सार्वजनिक भएको हो । बजेटका अनुसार अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन । यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो । बजेट भाषण गर्दै सितारमणले विगत एक दशकमा सरकारको…
काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार…
काठमाडौं । नेपाली काँग्रेसको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागमा थप १० सदस्य मनोनित भएका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० सदस्य मनोनित गरेका हुन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार मनोनित भएका मध्ये काठमाडौं उपत्यकाका मात्रै तीन जना रहेका छन् । मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौं), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौं), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) छन्…
जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा आज दिउँसो स्कारर्पियो दुर्घटनामा गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् । गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए…
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा रहेको हिमालय बोर्डिङ स्कुलले हिमालय सिङ्गिङ एण्ड डान्सिङ आइडल सम्पन्न गरेको छ। शनिबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ। कार्यक्रममा अतिथिका रूपमा हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलोका कलाकार कृष्ण शिवाकोटीको उपस्थिति थियो । यसका अतिरिक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका लेखा समिति संयोजक एवं विद्यालय सञ्चालक राजकाजी श्रेष्ठ, विद्यालय सञ्चालक समितिका अध्यक्ष डोलराज बस्याल, प्रधानाध्यापक खेम राज घिमिरे, सहायक प्रधानाध्यापक श्यामकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । हरेक वर्ष विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले यस वर्ष संगीत तथा नृत्य क्षेत्रमा विद्यार्थीलाई अब्बल बनाउनका लागि डान्सिङ एन्ड सिङ्गिङ…
काठमाडौं । नेपाल बार एसोसिएसनकै अध्ययनले आधाभन्दा धेरै जनतामा वकिल र न्यायाधीशप्रति सकारात्मक नरहेको देखाएको छ । नेपाल बार एशोसिएशनको युवा कानुन व्यवसायीहरूले गरेको एक अध्ययनमा न्यायालय, न्यायाधीश र वकिलप्रति आमसर्वसाधारणको धारणा नकारात्मक पाइएको हो। सो प्रतिवेदनअनुसार अध्ययनमा सहभागीमध्ये केवल १९.८७ प्रतिशतले मात्रै वकिल र न्यायाधीशहरूको भूमिका ‘एकदमै सकारात्मक’ भनेर जवाफ दिएका छन् । ४२.१७ प्रतिशत उत्तरदाताले न्यायालय र न्यायाधीशहरूप्रति जनमानसको धारणा नकारात्मक छ भन्ने कुरा पुष्टि गरेको बारको प्रतिवेदनमा भनिएको छ । बाँकी रहेका ३९ प्रतिशत उत्तरदाताले धेरै जानकारी नभएको भन्दै तटस्थ बस्ने निधो गरे । सञ्चारमाध्यमले कानुनी क्षेत्रका बारेमा जनमानसको धारणा बनाउन योगदान गर्छ कि गर्दैन भन्नेमा ६७.४…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले हालका प्रहरी प्रमुखमाथि छानबिन गर्न प्रतिनिधि सभाको बैठकमा माग गरेका छन् । हिजोबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो पदीय मर्यादा कायम नराखेको भन्दै छानबिनको माग गरेका हुन् । लिंगदेनले संसदमा भनेका थिए ‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रवि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ मातहतबाटै भयो । त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ।’ सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए। लामिछाने गृहबाट…
काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । गत वैशाख ५ गते प्रेम सम्बन्धका आधारमा विवाह गरेका उनीहरूबीच विवाहको केही समयपछि नै सम्बन्धमा खटपट सुरु भएको थियो । विवाहपछि दम्पती अस्ट्रेलिया गएका थिए, तर केही समयपछि नेपाल फर्किएपछि सम्बन्धमा गहिरो खटपट देखिएको एलिनाले उल्लेख गरेकी छन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । ‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउमा फेरि वृद्धि गरेको छ । हरेक १५ दिनमा समायोजन गर्ने निगमले भारतबाट मूल्यबाट बढेर आएका कारण भाउ बढाउनु परेको बताएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजल र मट्टितेलमा चार रुपैयाँ मूल्य बढेको छ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर ४३ डलर मूल्य बढाइएको छ । अब काठमाडौं उपत्यकासहित तेस्रो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १६० रुपैयाँ पर्ने निगमको सूचनामा उल्लेख छ।
काठमाडौं । राजधानी वासिङ्टन डीसीमा बुधबार राति अमेरिकन एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर दुर्घटना भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले यो दुर्घटनामा कोही पनि नबाँचेको बताएका छन् । स्थानीय समयानुसर बुधबार राति ९ बजे कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढिरहेका बेला अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै विमान पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए। विमानमा ६७ जना यात्रु थिए । ती सबैको ज्यान गएको ट्रम्पले बताएका छन् । सीबीएस न्युजका अनुसार प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले दुर्घटनाका लागि यसअघिका राष्ट्रपति…
पाटन (ललितपुर) । चक्रपथ विस्तारपछि कुसुन्ती र धोबीघाटमा मात्रै ४५ जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार गलत डिजाइनका कारण यी दुई ठाउँमा धेरैको ज्यान गएको बताएका हुन् । शुक्रबार ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको उल्लेख गर्दै समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको बताए । “हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई आफ्नो सांसद पदको निलम्बन फुकुवा गरिदिन बिन्तीपत्र बुझाएका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भेटेर निलम्बन फुकुवा गरिदिन अनुरोध गरेका हुन् । सभापति लामिछानेले आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाएका हुन् । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गरे । सङ्घीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागि भई विधायिकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे…
काठमाडौं । रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार गरेर पनि त्यही बैठकमा सहभागी भएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समयको माग गर्दै बैठक बहिस्कार गरेको रास्वपाले माग पूरा सभामुखले बैठक अघि बढाएपछि पुन: बैठकमा सहभागी भएको हो । रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढापछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् । तर पछि फेरि…
काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने बैठकमा सरकारले ल्याएका पाँचवटा अध्यादेश प्रस्तुत हुने लगायतका कार्यतालिका तय भएको छ। लामो समयको रसाकसीपछि बोलाइएको हृदय अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षले आआफ्नो रणनीति तय गरेका छन्। सत्तापक्षीय दलहरू अध्यादेशलाई फास्टट्र्याकबाट पारित गर्ने तयारीमा छन् भने विपक्षी दलहरु यो प्रयासलाई असफल बनाउने प्रयासमा छन्। मन्त्रिपरिषदको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । २९ पुसमा थप चार वटा अध्यादेश जारी भयो । अधिवेशन सुरु हुनु अघिल्लो दिन बिहीबार विपक्षी दलहरूको बैठक…
काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् । बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन् । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व…
काठमाडौँ । ए डिभिजन टोलीे सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित ९०औँ मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए । त्यसपछि पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो । सडन डेथमा सङ्कटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे । यस्तै बागमतीका…
काठमाडौं । नेकपा एमालेको कार्यकारी पदमा उम्मेदवारी दिने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वबाट आफ्नो राजनीतिक अभियान सुरु गरेकी छन् । गत सोमबार विराटनगर ओर्लिएपछि एक कार्यक्रममा उनले आफू छिट्टै पार्टीको सक्रिय राजनीतिमा आउने संकेत गरेकी थिइन् । त्यसले काठमाडौंमा एमाले वृत्तमा एककिसिमको भुइँचालो नै गएको छ । केपी ओली निकट नेताहरूले उनको कार्यशैलीको विरोध समेत गर्न थालिसकेका छन् । विराटनगरस्थित विग होटलमा बसिरहेकी उनले पार्टी नेता कार्यकर्ताहरूसँग भेटघाट बाक्लो बनाएकी छन् । एक साताका लागि विराटनगर गएकी उनी बिहानबेलुका विद्यार्थी, महिला र शिक्षा क्षेत्रका अगुवाहरूसँगको भेटघाटलाई बलियो बनाइरहेकी छिन् । उनले पार्टीलाई बलियो बनाउन पार्टीले आवश्यक मानेको खण्डमा…
काठमाडौं । विपक्षी सात दलले सहकारी ठगी मुद्दामा निलम्बित रास्वपा सभापति रवि लामिछानेको बचाउमा संसदमा सबै विपक्षी दलहरूले बोल्ने विषयमा सहमति जुटाउन सकेन । आज सिंहदरबारमा बसेको दलहरूको बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले रविको बचाउमा बोल्ने बारेमा निर्णय गर्न प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि सो विषयमा कुनै निर्णय नभएको बताइएको छ । शुक्रबार संसदको हिउँदे अधिवेशन बस्दैछ । जसमा विपक्षीहरूको साझा धारणा राख्ने विषयमा छलफल भएको थियो । सांसद पद निलम्बनको विरोध र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सरकारको प्रतिशोध देखिएकाले यसमा पनि विपक्षी एकमत हुनुपर्ने रास्वपाको प्रस्ताव थियो । रास्वपाको यो प्रस्तावमा सहमति नजुटेपछि अध्यादेशका बारेमा दलहरूबीच छलफल…