काठमाडौँ । विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेको छ । महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ । हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान…
Author: Kathmandu Khabar
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँगको राजनीतिक टकरावका बीच नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पुस्तकको विमोचन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत गराएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पोखरेलद्वारा लिखित आमा सपना र ताराहरू संस्मरणात्मक कृतिको विमोचन गरिएको हो। पछिल्लो समय नेकपा एमालेभित्र नयाँ नेतृत्वको विषयमा प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच टकराव पर्दै गएको समाचार बाहिर आएका छन् । अबको महाधिवेशनमा अध्यक्ष बन्ने आकांक्षा देखाएकी भण्डारीलाई रोक्नका लागि प्रधानमन्त्री ओली अहिले सक्रिय रुपमा लागेका छन्। यही प्रसङ्गमा उनले बिहीबार भण्डारी निवासमा पुगेर उनीसँग साढे दुई घण्टा छलफल समेत गरेका थिए। यसरी आफ्नो शक्ति सञ्चयमा समय खर्च गर्दै…
काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन ठगीका घटनाहरू बढ्दै गएको छ । नेपाल प्रहरीमा पर्ने ठगीका उजुरीलाई आधार मान्दा यो स्थिति विकराल अवस्थामा छ । यसमा सर्वसाधारण समेत नभएर सरकारी कर्मचारीहरु समेत ठगीमा पर्ने गरेका छन् । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष…
काठमाडौं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का वर्षा हुने उनले बताए । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गरे । अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले…
काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालमा बिसु कुमार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समाजको १२ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ निर्वाचनबाट उपाध्यक्षमा अम्बर बहादुर थापा, महासचिवमा लक्ष्मण रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका हुन् । यसबाहेक मधुसूदन पौडेल(निवर्तमान अध्यक्ष), डा.प्रतिभा पाण्डे, चुडामणि देवकोटा, लक्ष्मी सापकोटा र सज्जनवर सिंह थापा सदस्यमा निर्वाचित भएका छन् । सदस्यमै मुकुन्द ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् । वार्षिक साधारणसभापश्चात् उद्योग विभाग र बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको सहकार्यमा ‘बौद्धिक सम्पत्तिसम्बन्धी’ विचार गोष्ठी सम्पन्न भएको थियो ।…
काठमाडौं । महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरू’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, सङ्गमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ । यसअघि उत्तर प्रदेशको प्रयागराजको त्रिवेणी सङ्गममा विशेष गङ्गा आरतीमा महिलाहरूले भाग लिएका थिए । यो विधि आगामी कुम्भ मेलाको पूर्वाभ्यास पनि थियो । “आज एक विशेष आरती गरियो । यो कुम्भ मेलाको पूर्वाभ्यास थियो । केटाहरूले त्रिवेणी आरती र केटीहरूले गङ्गा आरती गर्नेछन् । आरती गर्ने यी बालबालिकाहरूलाई सबैले प्रेरित गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ… सनातन धर्ममा कुनै सीमा छैन भन्ने हामी सन्देश दिन चाहन्छौँ”, प्रयागराज तीर्थ पुरोहित प्रदीप…
काठमाडौं । घन्टौंसम्म आफ्ना मनमा लागेका कुराहरु ओकलिरहने प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निकै हतारमा थिए । सचिवालय बैठकमा अध्यक्षको प्रतिवेदन पनि वाचन नगरी आज दिउँसोसम्म सुझाव दिन निर्देशन दिएर उनी निस्किएका थिए । उनी बालुवाटारमा बैठक भएको भन्दै कार्यालयबाट निस्किए पनि सिधै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निवास चपली पुगे । त्यहाँ साढे २ घण्टा ओली र भण्डारीबीच एक्लाएक्लै भेट भयो । भण्डारी निवास स्रोतका अनुसार फर्किने बेलामा पनि ओलीको अनुहारमा त्यति चमक देखिँदैन थियो । केही समयअघि एमाले सचिवालयले भीम रावल, विद्या पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गर्ने निर्णय गर्यो । भीम रावललाई पहिलेदेखि नै निष्क्रिय गराइएको थियो त्यसैले उनीमाथिको…
काठमाडौं । मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ । चिन्मय कृष्ण दासलाई नोभेम्बरमा एक र्यालीमा कथित रूपमा बङ्गलादेशी झण्डाको अपमान गरेको आरोपमा पक्राउ गरिएको थियो र उनले राजद्रोहको आरोपको सामना गरिरहेका छन् । अघिल्लो जमानत सुनुवाईपछि हिंसा भड्किएपछि सुरक्षा बलले दक्षिणी बन्दरगाह शहर चट्टगाँवमा रहेको अदालतलाई घेरा हालेको थियो । भिक्षुका अनुयायीहरूमाथि सरकारी वकिलको हत्या गरेको आरोप लगाइएको थियो । दासले राजद्रोहको आरोप अस्वीकार गरेको उनका वकिल अपूर्बा कुमार भट्टाचार्जीले बिहीबार बताए । तर सरकारी वकिल रेहानुल वाजेद चौधरीले ‘अझ धेरै अनुसन्धान गर्नुपर्ने’ भएकाले…
काठमाडौं । विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक/एक लाख जरिवाना तिराइएको हो । जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग गरिएको हो । बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६:४० मा काठमाडाँैका लागि उक्त विमान उडेको थियो । यसैगरी काठमाडौँबाट जनकपुरका…
काठमाडौं । सशस्त्र प्रहरी बलले एकैपटक ११ सय ७९ जनशक्तिको माग गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशिन गर्दै एपीएको प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो। यस्तो छ गोरखापत्र दैनिकमा प्रकाशित सूचना
काठमाडौं । बिहीबार एकैदिन काठमाडौं र ललितपुरका फरक फरक ठाउँमा गरी तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर र महानगरपालिका एवं ललितपुरको गोदावरीमा गरी तीन जनाको ज्यान गएको हो । बिहीबार काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने एक ५० वर्षीय व्यक्तिको शव भेटिएको हो । सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भएका ५० वर्षीय किशन कुमार रायको शव उनको आफ्नै कोठामा भेटिएको हो । यसैगरी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित…
काठमाडौं। काठमाडौंको गौशालाको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको पहिचान भएको छ। पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा भेटिएकी युवती कागेश्वरी मनोहरा नगरपालिकाकी सुस्मिता खड्का रहेको खुलेको हो । उनी बिहीबार जापान जाने तयारीमा थिइन्। अंग्रेजी नयाँ वर्षको अघिल्लो साँझ उनी एक युवकसँग गेस्ट हाउसमा आएकी थिइन् । सँगै आएका युवक अहिले फरार छन्। बुधबार गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।दिउँसोसम्म उनले ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएकी थिइन्। सँगै बसेका युवक पनि बिहीबार नै जापान फर्किने तयारीमा रहेको बुझिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी एक युवती काठमाडौंको गौशालाको एक गेस्ट हाउसमा मृत भेटिएकी छन् । पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा २२ वर्षीया युवती मृत भेटिएकी हुन् । बुधबार गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दिउँसोसम्म उनले ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएकी हुन्।
काठमाडौं। सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको छ। बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकमा गएको ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको भूकम्पमापन केन्द्रले जनाएको छ ।
काठमाडौं । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ । कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ…
काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित आ-आफ्नो समितिको सभाकक्षमा बैठक बिहान ११ र दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बिहीबार ६ वटा संसदीय समितिको बैठक बस्न लागेको हो । जसमा भ्रष्टाचार निवारण ऐन र नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेलगायत महत्वपूर्ण विषयमा छलफल हुँदैछ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति, नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने पूर्वाधार…
काठमाडौं । नेपालको होटल व्यवसायमा करिब दुई तिहाइ कामदार तथा साझेदारहरू बेतलबी रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८०’ मा उक्त संख्यामा होटेल तथा रेष्टुरेन्टका कर्मचारी बेतलबी हिसाबले संलग्न रहेको देखिएको हो । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको उक्त सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको उल्लेख गरिएको छ । ती संस्थाहरुमा कुल ३ लाख ८७ हजार ७४७ जना आवद्ध भएको सर्भेक्षणले देखाएको छ । यो सो क्षेत्रका आवद्ध व्यवसायी तथा उनीहरुका साझेदार, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिको समेत संख्या…
काठमाडौं । सरकारले नेपालमा रहेका होटल व्यवसाय एवं नेपालमा आवास तथा भोजन सेवा प्रदान संस्था र त्यसको कर्मचारीहरूको संख्या सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८०’ मा उक्त संख्यामा होटेल तथा रेष्टुरेन्ट नेपालमा रहेको उल्लेख गरिएको हो । तथ्यांकअनुसार होटल तथा रेस्टुरेन्टमा तलब पाउने कामदारभन्दा होटलको संख्या धेरै रहेको भेटिएको छ । तथ्यांकअनुसार एक लाख ४२ हजार २२३ वटा होटेल तथा रेस्टुरेन्ट रहेको पाइएको छ । ‘सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा एक लाख ४२ हजार २२३ प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ…
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । मंगलबारबाट सुरु भएको थुनछेक बहसमा सरकारी वकिलहरूको बहस बुधबार सकिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन्। यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले पनि बहस गरेका छन्। उच्च सरकारी वकिल कार्यालयका वकिलहरुले भने जवाफी बहस गर्ने भएका छन्। कास्की जिल्ला अदातलतका अनुसार बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुनेछ। उनीहरुको बहस सकिएपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ ।
काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न विषयमा आरोप लगाएका छन् । निष्काशित भएपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले ३५ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उनले विशेष गरेर पार्टी अध्यक्ष ओलीमाथि आफ्ना असन्तुष्टि व्यक्त गरेका हुन् । एमाले अध्यक्ष ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि तेर्स्याएका प्रश्नसहितको प्रतिवेदन यस्तो छ ।
काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल/ मट्टीतेलमा दुई रूपैयाँ बढाएको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ ५० पैसा पर्नेछ। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ…
काठमाडौं । नेकपा एमालेले निकालेका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट निकालेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका रावलले आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्ने आकलन गरिएको छ । उनले आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै छन्। नेकपा एमालेले यही पुस १० गते सचिवालय बैठकमार्फत पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको थियो । यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्।
काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो…
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्…
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन र आम चुनावको बारेमा मात्रै धेरै टाउको नदुखाउन पार्टी नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मंगलबार बीपीको मेलमिलाप नीतिबारे चर्चा गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीको नियमित महाधिवेशनको प्रक्रियालाई लिएर अनावश्यक भ्रम फैलाउने गरी चर्चा गरिएको भन्दै महाधिवेशन समयमै हुनेमा ढुक्क हुन उनले सबै समक्ष अनुरोध गरे । ‘पार्टीको मञ्चमा आजभोलि हेर्छु, जहाँ पनि बहस, छलफल केमा भइरहेको छ? कि हामी २०८४को चुनावको कुरा गर्छौं, कि हामी महाधिवेशनको कुरा गर्छौं,’ थापाको आग्रह छ, ‘छोड्दिउ। १५ औं महाधिवेशन हुन्छ। १२ औं, ११ औं, १० औं भएको छ भने…
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई नियुक्त गरेका हुन् । यसअघिका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । राईको स्थायी घर झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको छ । यो प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र रहेको कमल गाउँपालिकासँग सिमाना जोडिएको पालिका हो । राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
काठमाडौं । सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादीको थुनछेक बहस सुरु भएको छ । सातै जना प्रतिवादीहरूको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बहसमा सरकारी वकिलको कार्यालयको तर्फबाट बुधबार सुजाता पौडेल, शान्तिदेवी शर्मा, बिपिनराज तिवारी र कमला काफ्लेले बहस गर्ने तयारी रहेको छ । त्यस्तै, सो मुद्दामा बहस गर्नका लागि केन्द्रमा महान्यायाधिवक्ताको कार्यालयबाट समेत टोली गएको छ । बुधबार नै महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले बहस गर्ने तयारी रहेको छ । त्यस्तै, सरकारी वकिल र जाहेरवालाको तर्फबाट…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौँ), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौँ)लाई मनोनयन गरेका हुन् ।
काठमाडौं । काठमाडौं र ललितपुरमा मंगलबार बिहानै भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । काठमाडौंको नेपालटार र ललितपुरको भैँसेपाटीमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो । नेपालटारमा सोमबार राति साढे ९ बजे मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् । उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा३ख ३१०२ नम्बरको माइक्रो…