Author: Kathmandu Khabar

काठमाडौं । सरकारले सिफारिस गरेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल रोकेका छन् । गत शुक्रबार मन्त्रिपरिषद्ले सिफारिस गरेका पाँच अध्यादेशमध्ये सोमबार चारवटा अध्यादेश जारी भए पनि भूमिसम्बन्धी अध्यादेश रोकिएको हो । सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा चारवटा मात्रै अध्यादेश जारी भएको उल्लेख छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । यो अध्यादेश अध्ययनकै क्रममा रहेकोले अन्य अध्यादेशसँगै जारी नभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

Read More

काठमाडौं। काठमाडौँको स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज थुन्छेक बहस हुँदैछ। गत बिहीबार कास्कीबाट हिरासतमुक्त भएपछि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका सभापति लामिछानेलाई अदालतले हिजो प्रहरीको जिम्मा लगाएको थियो। हिजो बयान सकिएपछि थुन्छेक बहस सुरु गर्ने भनिए पनि समय अभाव भएको भन्दै उनलाई प्रहरीको जिम्मा लगाएर सोमबारदेखि बहस सुरु गर्ने तय भएको थियो। थुन्छेक बहस न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुँदैछ। लामिछानेको तर्फबाट पूर्व महान्यायाधिवक्ता द्वय सुशील पन्त र रमन श्रेष्ठले बहस गर्दैछन् । दुवै पक्षको बहस सकिएमा आज नै आदेश आउने सम्भावना रहेको छ। दुवै पक्षको बहस नसकिएको खण्डमा भने लामिछाने बुधबारसम्म प्रहरी…

Read More

काठमाडौं । काठमाडौँ उपत्यकाका केही भेगसहित देशका पहाडी भूभागमा कताकतै आज छिटपुट वर्षा हुने सम्भावना रहेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू-भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ ।

Read More

काठमाडौँ । नेपालको पहाडी भेगमा चर्चित रहेको स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ भएको छ। काठमाडौँको मौलिक कथामा आधारित रहेको यस स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमा अर्थात् आजदेखि सुरु भएर एक महिनासम्म चल्ने गर्दछ। स्वस्थानी देवीको पूजाआराधना गरी व्रत बस्ने र प्रत्येक दिन स्वस्थानी कथावाचन तथा श्रवण गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म…

Read More

काठमाडौं । विभिन्न खतरनाक स्थानमा समेत पुगेर जङ्गली जनावरहरूको तस्बिर सङ्कलन गर्ने चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा हिजो राति ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।

Read More

काठमाडौँ । कुल फर्स्छ्यौट भएकामध्ये करिब ३६.८४ प्रतिशत मुद्दा सरकारी वकिलहरूले हार्ने गरेको भेटिएको छ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति कार्यालयलाई बुझाएको वार्षिक प्रतिवेदनमा सरकारवादी मुद्दामा दुईतिहाइ मुद्दा जितेको दाबी गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन आजमात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महान्यायाधिवक्ताको कार्यालयकाअनुसार यस आर्थिक वर्षभित्र नेपाल सरकारवादी भई मुद्दा चलाउने निर्णय भएका मुद्दाहरुको संख्या ४४ हजार ८११ र प्रतिवादी संख्या ६९ हजार ६३५ रहेको छ । फछ्र्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको पत्रकार सम्मेलनमात्रमार्फत जानकारी गराइएको छ । विगत पाँच आर्थिक वर्षमा सरकारी वकीलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको…

Read More

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायलीको रिहाइको माग गर्दै हजारौं इजरायलीले प्रदर्शन गरेका छन् । इजरायली राज्य तेल अभिभमा गरिएको प्रार्थनामा नेपालीहरू पनि विपीन जोशीको तस्वीरसहितको प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका छन् ।  प्रार्थना गरेका छन्। प्रदर्शनपछिको कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रा.धनप्रसाद पण्डितले समेत सहभागी भएको बताइएको छ । प्रदर्शनकारीहरूले नेपाली विद्यार्थी विपिन जोशीको तस्बिरअंकित प्लेकार्ड पनि बोक्ने गरेका छन्। अघिल्लो वर्ष २० असोज (२०८०) हमास आक्रमणका क्रममा अपहरित बन्दीहरू छाड्न माग गर्दै इजरायलको सबैभन्दा ठूलो सहर तेल अभिभमा हरेक शनिबार प्रार्थनासहितको प्रदर्शन गर्ने गरिएको हो।

Read More

काठमाडौं । अदालतमा आफैँ उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । गत बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाडेपछि उनलाई काठमाडौं अदालतमा आफैँ उपस्थित हुने गरी श्रीमती निकिता पौडेलको जिम्मामा छाडेको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो । बयान सकिएपछि उनको सोमबारबाट थुनछेक बहस…

Read More

काठमाडौं। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जनालाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने तयारी गरेको छ। गत बिहिबार सहकारी प्रकरणमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । प्रतिवादी सातै जनालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध पीडित र सरकारी वकिल कार्यालय उच्च अदालत जाने तयारीमा जुटेका हुन्। स्रोतका अनुसार कास्की अदालतको आदेश बदरको माग गर्दै आइतबार नै उच्च अदालतमा निवेदन दर्ता गर्ने उनीहरूको तयारी छ । उता सो आदेशविरुद्ध न्यायपरिषद्मा समेत उजुरी परेको छ। अभियन्ता युवराज सफलले आदेशको भोलिपल्ट अर्थात् शुक्रबार…

Read More

काठमाडौं। सिजन सुरु भएसँगै सहरखण्ड, तरुल र पिडालुको भाउ आकासिएको छ । माघे संक्रान्ति नजिकिएसँगै बजारमा सखरखण्ड तरुल र पीडालुको माग उच्च हुन थालेको छ। माग बढेसँगै कालिमाटी तरकारी बजार एवं काठमाडौँका अन्य तरकारी बजारमा समेत यी तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ। कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबार जारी गरेको कृषि उपजहरूको थोक मूल्य अनुसार सखरखण्ड प्रतिकेजी ८०, पिँडालु प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु १२०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ३८० निर्धारण गरिएको छ । कालिमाटी तरकारी बजारमा सो भाउ निर्धारण गरिएको भएपनि खुद्रा तरकारी बेच्ने पसलहरूमा भने कालिमाटीको तुलनामा झन्डै दोब्बर मूल्यसम्ममा यी…

Read More

काठमाडौं । नियमित प्रक्रिया अनुसार चल्ने हो भने यतिबेला सङ्घीय संसदको हिउँदे अधिवेशन बोलाउने बेला भइसकेको छ। सामान्यतया मङ्सिरको अन्तिम साता वा पुसको पहिलो हप्ता नै संसद संसद्को अधिवेशन बोलाउने गरिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भन्ने अझै पनि संसदको हिउँदै अधिवेशन बोलाउने पक्षमा देखिँदैनन्। संसदमा लैजानुपर्ने बिजनेसको चाङ थुप्रिएर बसेपनि प्रधानमन्त्री भन्ने अझै पनि अध्यादेशको भरमा सरकार चलाउने दाउमा लागेको देखिन्छ। हिउँदै अधिवेशन बोलाउनुपर्ने समयमा उनी एकपछि अर्को अध्यादेश ल्याएर जग हँसाइ गरिरहेका छन् । संघीय संसद् सचिवालयका अनुसार २० भन्दा बढी विधेयक विचाराधीन छन् । तर सरकारले संसद बैठक नबोलाएर एक पछि अर्को अध्यादेश ल्याइरहेको छ । ती…

Read More

काठमाडौं । मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार सुदूरपश्चिम कर्णाली बागमती र कोशी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको देखाएको छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार यी प्रदेशका पहाडी भेगमा केही भेगमा आज हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका समेत थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको तपेस रिसोर्टमा प्रदेशसभा सांसद जयराम थापाले सहकारीको साधारणसभाको उद्घाटन गरेका थिए । साधारणसभामा अध्यक्ष राजकाजी श्रेष्ठले सहकारीले आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेलेको बताएका थिए । सहकारीको वित्तीय विवरण कोषाध्यक्ष केशर ठकुरीले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य प्रबन्धक जनक थापा र कार्यक्रमको सञ्चालन सचिव विनय केसीले गरेका थिए । ग्लोरी बचत तथा ऋण सहकारी संस्थामा तीन हजार पाँच सय ९२ सेयर सदस्य छन् । सहकारीको सेयर पुँजी पाँच करोड ९४ लाख २७ हजार…

Read More

काठमाडौं । सरकारले संसद्मा लैजान लागेको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकमा बाबुको पहिचान नखुलेका सन्तानलाई पनि नेपालको नागरिकता दिने प्रस्ताव गरिएको छ । नागरिकता ऐनमा केही संशोधन गर्ने प्रस्तावित विधेयकमा यस्तो उल्लेख गरिएको हो । त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ । त्यस्तै, नाबालकले पनि अब नागरिकताजस्तै अर्को परिचयपत्र पाउनेछन् । जसबाट राहदानी लगायत अन्य सुविधा पाउन सहज हुने बताइएको…

Read More

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद्मा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ । गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका छन् । प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो ।

Read More

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक लघु नाटक प्रदर्शन र कविता प्रस्तुत गरिएको थियो । समारोहमा प्रमुख सेनानी चन्द्रशेखर काप्रीले ‘जन्मेर आउ’, उपसेनानी बलदेव केसीले ‘राष्ट्र निर्माताको देन’ र प्राविधिक जम्दार देवीप्रसाद बरालले ‘एकताको मियो’, सैनिक आवासीय महाविद्यालय भक्तपुरका छात्र उत्सव आचार्यले ‘पृथ्वी सन्देश’, राष्ट्रिय सेवादलका क्याडेट तात्रा सलिना खड्काले ‘नेपालः एकता र साहसको…

Read More

काठमाडौं । सार्वजनिक जग्गा संरक्षणको लागि भन्दै कार्यविधि बनाएको बुढानीलकण्ठ नगरपालिकाले आफू अनुकूल संस्थालाई लाभ हुने गरी सार्वजनिक जग्गा प्रयोग गर्न दिने गरी कार्यपालिकाबाट निर्णय गराएको छ । सार्वजनिक जग्गा तथा सरकारी सम्पति संरक्षण र उपयोगसम्बन्धी कार्यविधि–२०८० मार्फत् सार्वजनिक जग्गा र सम्पतिको अतिक्रमण, दुरुपयोग नियन्त्रण गरी अतिक्रमण भएका जग्गा खाली गराई सोको संरक्षण गर्ने उपायसम्बन्धी सुझाव दिने उद्देश्य लिएको नगरपालिकाले गत भाद्रमा भएको ५२ औं नगर कार्यपालिकामार्फत् सार्वजनिक जग्गा विभिन्न संस्थालाई दिने निर्णय गरेको छ । कार्यपालिकाको निर्णय नं ४.१४ मा जीवनका लागि भोजन नेपालबाट नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत १ देखि १० कक्षासम्मका विद्यार्थीको लागि दिवा खाजा खुवाउन मेघा…

Read More

काठमाडौँ । विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् । सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ । महासचिव चन्दले भन्नुभयो, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने नाएको छ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वल्र्ड टे«ड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

Read More

काठमाडौं । काठमाडौंको हात्तीगौँडामा रहेको ट्रुनग्राम इन्टरनेशनल एकेडेमीमा पछिल्लो १० दिनदेखि तालाबन्दी भएको छ । छात्रवृत्ति र विद्यार्थीबाट असुल गरिने शुल्कलगायतको विषयमा चरम लापरबाही भएको भन्दै अखिल क्रान्तिकारी काठमाडौं जिल्ला समितिले अहिले दोस्रो पटक विद्यालयमा तालाबन्दी गरेको हो । यसअघि लगाइएको ताला विद्यालय प्रशासनले फोरेको भन्दै अहिले दोस्रो पटक ताला लगाइएको अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्वजिल्ला उपाध्यक्ष जनक ढुंगानाले जानकारी दिए । आखिर अखिल क्रान्तिकारीले किन बारम्बार विद्यालयमा आन्दोलन गरिरहेको छ त ? यसबारे जानकारी लिनका लागि यस शैक्षिक वर्षको सुरुवाततिरसम्म पुग्नुपर्छ । गत चैत ३० गते अखिल क्रान्तिकारीको जिल्ला समिति इन्चार्ज यादव ढुंगाना र अध्यक्ष लक्ष्मण बस्नेतले…

Read More

काठमाडौं । अमेरिकाको भर्जिनियामा हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको ज्यान गएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो । एनबीसीवाशिङ्गटनडटकमका अनुसार सो दुर्घटनामा ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्टको ज्यान गएको छ । १० फिट जमाएर सजाइएको पोखरीको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ । उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो ।

Read More

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत मंगलबारदेखि भएको भीषण आगलागीबाट करिब ५२ अर्ब डलरभन्दा बढी क्षति भएको आकलन गरिएको छ । निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ । डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ । अहिलेसम्म यसमा परेर झन्डै दुई हजार घर जसिलसकेका छन् भने पाँच जनाको मृत्यु भइसकेको छ । जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन्। इन्टरस्टेट १५ को काजोन पासबाट सानो…

Read More

काठमाडौं । विशेष अदालत काठमाडौँले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले आज उक्त फैसला गरेको हो । दोषी ठहर हुनेहरूमा टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार जग्गा किन्ने एक सय १७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ । उक्त जग्गा सबै नगर विकास समितिको नाममा हुने ठहर  गरेको छ । केशरबहादुर कुँवर…

Read More

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दोषी रहेको संकेत पूर्ण आदेश गरेको छ। न्यायाधीश नितिज राईको इजलासले बिहिबार गरेको फैसलामा तत्काल देखिने प्रमाण हेर्दा रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने आधार नदेखिएको भन्दै उनलाई धरौटी लिएर छाड्न वा धरौटी बुझाउन नसकेमा कारागार चलान गर्न आदेश दिएको हो। लामिछानेलाई अदालतले ६५ लाख रुपैयाँ धरौटी तोकेको छ। न्यायाधीश राईको इजलासले जारी गरेको भनिएको छ : प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ १ २२ मा जम्मा गरेको…

Read More

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूरक जाहेरी परेका सबै प्रतिवादीहरूसँग धरौटी माग गरिएको छ। यसरी मुद्दा परेकामध्ये सबैभन्दा बढी छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ। बिहीबार न्यायाधीश नितिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। त्यस्तै, अर्का प्रतिवादी रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५/५ लाख र कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग भएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ। बिहिबार न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

Read More

काठमाडौं । कास्कीमा रहेको सूर्यदर्शन सहकारीको बचत प्रचलन मुद्दामा आज सरकारी वकिल ले जवाफी बहस गर्दैछन् । प्रतिवादीकाहरूको तर्फबाट उपस्थित सबै वकिलले बहस सकेपछि आज सरकारी वकिलले त्यसको जवाफी बहस गर्न लागेका हुन्। अहिले सहकारी अपचलन मुद्दामा प्रतिवादीहरूलाई थुनामा राख्ने या धरौटीमा छाड्ने भन्ने विषयमा थुनछेक बहस चलिरहेको छ। न्यायाधीश नितिज राईको इजलासमा भएको बहसमा पूर्व डिआइजी छविराज जोशीको तर्फबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् भने पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट दुईजना पूर्व महान्यायाधिवक्ता सहित ११ जनाले बहस गरेका छन्। कुल ७ जन प्रतिवादी को तर्फबाट…

Read More

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघिबढाउने उद्देश्यले गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आफ्नो अन्तरिम प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कामसहितका सुझाव समेटेर आज अपराह्न मन्त्री पौडेलसमक्ष प्रतिवेदन प्रस्तुत गरेको हो । “अर्थतन्त्र सुधारका लागि तत्काल र तीन वर्षभित्रमा गर्नुपर्ने कामबारे दुईवटा खण्डमा सुझाव दिएका छौं ।”, अध्यक्ष खनालले प्रतिवेदन बुझाएपछि रासससँग भने, “वर्तमान अर्थतन्त्रको वस्तुस्थितिको समीक्षा, समस्याका कारण पहिचान र त्यसको निदानका लागि सरकारले माघ मसान्तभित्रमा गर्नुपर्ने काम सिफारिस गरेका छौं ।” व्यावसायिक क्षेत्रका…

Read More

काठमाडौं। बुधबारको तुलनामा बिहिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम घटेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे मापन गरिएको उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा कम देखिएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो। हिजो बुधबार ५.५ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ। त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ।

Read More