Author: Kathmandu Khabar

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । केही महिनादेखि चीनमा देखिएको भनिएको नयाँ भेरियन्ट जेएन वान अब भारतमा पनि देखिएको हो । भारतका धेरैजसो राज्यमा यसबाट हुने असरका घटना तीव्र रुपमा बढिरहेका छन् । केरलमा मात्रै कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । यसबाट भारतमा फेरि कोरोना भाइरसको डर फैलिएको छ । स्वास्थ्य विभागले राज्यभर कोरोनालाई लिएर अलर्ट जारी गरेको छ ।  यतिमात्र हैन कर्नाटक र तमिलनाडुमा पनि नयाँ भेरियन्टको संक्रमण तीव्र रुपले फैलिरहेको छ । अस्पतालहरुलाई पनि अलर्टमा राखिएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् । के हो जेएन वान भेरियन्ट भारतको रोग…

Read More

काठमाडौं । नेकपा माओवादी नेता एवम् संस्कृतिमन्त्री सुदन किराँतीले इसाई धर्म नमान्नेहरू संविधान विरोधी भएको संज्ञा दिएका छन् । ख्रिस्टियन महासंघको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफूलाई जिसस क्राइस्ट मन पर्ने भन्दै प्रधानमन्त्री पनि जिसस क्राइस्टको अनुयायी भएको सार्वजनिक मञ्चबाट नै घोषणा गरेका छन् । उनले विश्वमा सबैभन्दा धेरै इसाईहरूको जनसंख्या रहेको भन्दै हामीहरूले पनि इसाई धर्म अवलम्बन गर्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । सुदन किराँतीको विवादास्पद अभिव्यक्तिको भिडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।

Read More

चितवन ।  बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५÷६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना  छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन् ।  मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी…

Read More

टक्सार (भोजपुर) । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् । पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेसा अगाल्दै आइरहेका छन् । स्थानीय बुद्धराज शाक्यलगायतले मात्र अहिले धातुका सामग्रीहरु माग भएमा बनाउँदै आएका छन् । टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाल्पामा भएको कार्यक्रममा भएको गल्तीप्रति माफी मागेका छन् । पाल्पा जिल्ला सम्मेलनको क्रममा नगरपालिकाको हलमा भएको कार्यक्रममा नगरपालिकाको ब्यानर छोपेर कार्यक्रमको ब्यानर राखिएको विषयमा माफी मागेका हुन् । थापाले बुधबार सामाजिक सञ्जालमा माफी माग्दै त्यसमा आफूले पनि ध्यान दिनुपर्नेमा ध्यान दिन नसकेकोमा माफी मागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ुसम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो। त्यसका…

Read More

कीर्तिपुर भेगका नेवार समुदायहरूमा मंसिर महिनाको थिंलाथ्व अष्टमी नवमी र दशमी गरी तीन दिन सम्म स्थानिय जात्रा मनाउने चलन पाइन्छ । नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा गरिन्छ भने त्यसको भोलिपल्ट कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने प्रचलन छ । पहिलो दिनलाई ‘छोयला भूः’ भनिन्छ र घरलाई लिपपोत गरी सकेपछि दिउसो छव्यला, चिउरा, हरियो लसुन, साँदेर जाँड खाने चलन छ । भोलिपल्टको दिनलाई भूःया भनिन्छ र त्यस दिन प्राय मानिसहरूको घरघरमा तःखाः (थलथले मासु) बनाउने गर्दछन् । भूःयाको भोलिपल्ट मुख्य जात्रा हो भने आफ्नो साथीभाई आफन्तलाई जात्रामा भोज स्वरूप चिउरा, गेडागुडी, अचार, छयाला, तःखाः पुकाः ला, दही आदी राखेर खुवाउने चलन…

Read More

एक समय ठुलो भिक्षु संघका साथ भगवान् बुद्ध कोशल जनपदमा चारिका गर्दै हुनुहुन्थ्यो । जहाँ इच्छानगल नामक कोशल जनपद बासीका ब्राह्मण-ग्राम थियो, त्यहीँ पुग्नुभयो । त्यहाँ भगवान् इच्छानगलमा, इच्छानगलको वन-खण्डमा बिहार गर्नुहुन्थ्यो । इच्छानगलका ब्राह्मण-गृहपतिहरूले सुने शाक्यकुलबाट-प्रब्रजित शाक्यपुत्र श्रमण गौतम इच्छानगल आएका छन्, इच्छानगलको वन खण्डमा उहाँ भगवान गौतमको यश, कीर्ति सुनिन्छ कि उहाँ भगवान् अर्हत हुन्, सम्यक सम्बुद्ध हुन्, विद्या तथा आचरणले युक्त छन्, सुगत हुन्, लोकको जानकार हुन्, अनुपम छन्, ( दुष्ट ) पुरुषलाई दमन गर्नेवाला सारथि हुन्, देवता तथा मनुष्यका शास्ता हुन् । उहाँ बुद्ध भगवान् हुनुहुन्छ । उहाँ देवसहित, मारसहित, ब्रह्मसहित यश लोकलाई, श्रमण-ब्राह्मणसहित, देवता र…

Read More

काठमाडौं । नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले नेपालमा पहिलोपटक विश्वविद्यालयको अवधारणा ल्याएको पाइएको छ । नेपालमा विश्वविद्यालय खोल्ने तयारी शमशेरले २००४ सालमै गरेको भेटिएको हो । नेपालका नयाँ श्री ३ महाराज एवम् प्रधानमन्त्री भएका मोहन शमशेरको सिन्दूरजात्रा हनुमानढोका दरबारमा भएको बेलामा मोहन शमशेरले आफ्नो आगामी नीति तथा कार्यक्रमलाई समेटेर वक्तव्य जारी गर्दा विश्वविद्यालय स्थापना गर्ने विषय यसरी लेखेका थिए – ‘उच्च शिक्षाको पनि नितान्त आवश्यकता भएकाले नेपालमा एक विश्वविद्यालयको स्थापना गर्ने हाम्रो लक्ष्य छ । यसका लागि कस्तो बन्दोबस्त चाहिन्छ, सबै कुरा विचार गरी एक मोटामोटी योजना खडा गरेर हाम्रा हजुरमा सकभर चाँडो जाहेर गर्नका लागि एक विश्वविद्यालय योजना…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुख चिह्नविरुद्ध लाग्नेलाई पार्टीबाट सँधैका लागि बिदा गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीमा पद र अवसर लिनेहरुले चुनावमा अन्तर्घात गर्ने गरेको बताउँदै उनले भने, ‘तर नेता र नेतृत्वले गल्ती गर्दा चौतारीमा बसेर आलोचना गर्नेहरू अहिले रिसाएका छन्। उनीहरु ती व्यक्तिहरू हुन् जो चुनावमा रुखबाहेकमा भोट हाल्दैनन्।’ त्यसैले अब कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने बताउँदै उनले अगाडि थपे, ‘त्यसैले ती ईमान्दार २२ लाख कार्यकर्तालाई भन्नैपर्छ हामी हारे हारौंला, सिंहदरबार वा धुलो जे हुन्छ त्यसमा बसौंला। अब आइन्दा कुनैपनि चुनावमा कांग्रेसजनको आस्थामा कुनै…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल सेयर खरिद बिक्रीमा आफ्नो परिवारको नाम जोडेर व्यवस्थामाथि हमला गरेको आरोप लगाएका छन्। राज्य व्यवस्था समितिको बैठकमा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूलाई ह्युमिलेट (अपमानित) गर्न खोजिएको बताए। ’मेरो परिवार घट्दै गएर तीन जना रहेका छौं। त्योमध्ये एक जना भरतपुर महानगरपालिकाको मेयर छे, हामी सबैलाई थाहा छ। उतै बढी इंगेज हुन्छे। एउटी छोरी छ, विचारा त्यो कस्तो छ त तपाइँहरूले थाहा पाउनुभएकै छ,’ उनले भने, ’उनलाई जोडेर उचालेको छ। म के ठान्छु भने यो संवैधानिक व्यवस्था, गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो।’ उनले आफ्नो परिवारको संलग्ना नरहेको साँचो भएरै आफू बाँचिरहेको बताए। ’त्यो साँचो भएको…

Read More

काठमाडौं । मंगलबार सर्वोच्चका न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निणर्य कार्यान्वयनमा रोक लगाएको हो । आफूलाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा सरुवा गर्ने निणर्यविरुद्ध डा.पौडेलले गएको मंसिर १८ गते रिट दायर गरेका थिए । उनले रिटमा आफू नियुक्त भएको पदमा पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गरेका थिए । अब अदालतबाट अन्तिम आदेश नहुँदासम्म उनले निर्देशककै रूपमा काम गर्न पाउने भएका छन् । डा.पौडेल नेकपा एमालेका सदस्य र जनसंगठनका महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको थियो । सोही उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रले उनको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन,…

Read More

चीन । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।  त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ । सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।  सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा धेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए ।…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका अजिमा वा योगिनीहरू वास्तवमा हिन्दु शाक्त परम्परा, बौद्ध शाक्त परम्परा र स्थानीय नेवार समुदायको मातृसत्ता प्रतिको झुकावको सम्मिश्रणबाट सृजित धार्मिक विश्वासको मूर्त स्वरूप हुन् । यस्ता अजिमाहरूको कल्पनाको प्रमुख आधार भने हिन्दु शाक्त परम्परा नै हो । त्यसैले काठमाडौँ उपत्यकाभित्रका अजिमाहरूको इतिहासको अध्ययनको लागि यहाँको शाक्त परम्पराको इतिहासलाई पुनरावलोकन गर्नु आवश्यक देखिन्छ । स्थानीय नेवार समुदायले महिला स्वरूपमा कल्पना र पूजा गर्ने महान हजूरआमा भन्ने अर्थमा स्थानीय मातृशक्तिहरूलाई अजिमाको पूजा उपासना गर्दछन् । यस्तै प्रकृतिका हिन्दु तथा बौद्ध तान्त्र या योग सम्बद्ध स्त्री देविहरूलाई काठमाडौका नेवार समुदायले योगिनीको रूपमा पनि पूजा उपासना गर्ने परम्परा रहेको…

Read More

काठमाडौं । कानमा एयरफोन लगाएर परीक्षा दिएको आरोपमा लोकसेवा आयोगले एक परीक्षार्थीलाई कारबाही गरेको छ । काठमाडौंको श्री नेपाल युवक मावि पकनाजोल परीक्षाकेन्द्रबाट परीक्षा दिएका एक परीक्षार्थीलाई आयोगले कारबाही गरेको हो । नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह राजपत्र अनङ्कित द्वितीय श्रेणी, अमिनको परीक्षामा सहकागी भएका रुकुमका दिपक नेपालीले उनले परीक्षाको मर्यादाविपरीत दाहिने कानमा एयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको लोकसेवा आयोगको आरोप छ । आयोगले २०७९ को लोकसेवा आयोग ऐनको दफा ४१(१) खण्ड (ख) बमोजिमाको कसूर गरेको पाइएकोले उनको विज्ञापनको सबै परीक्षा रद्द गरी सोही ऐनको दफा ४१ (२) को खण्ड (क) बमोजिम आयोगबाट लिइने सबै परीक्षामा…

Read More

काठमाडौं । नेपाली सेनाले समाचार सम्पादक र फोटो ग्राफरको लागि आवेदन आह्वान गरेको छ । नेपाली सेनाले जारी थरेको कएक सूचनामा प्राविधिक उपसेनानीतर्फ खुला एक र महिला एक गरी दुई जना, फोटोग्राफर एक गरी कुल तीन जनाको दरबन्दी पूर्तिका लागि आवेदन आह्वान गरेको हो । जसका लागि आमसञ्चार तथा पत्रकारितामा स्नातक उत्तीर्ण गरेका पुरुषको हकमा २९ वर्ष र महिलाको हकमा ३० वर्ष नकटेका व्यक्तिले आवेदन दिन सक्ने बताइएको छ । त्यस्तै, श्रव्यदृश्य सामग्री पत्रपत्रिका एवम् विद्युतीय समाचार लेख्ने व्यक्ति प्राविधिक अमल्दार लगायतका पदहरुमा आवेदन आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।

Read More

मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ। दासप्रथामा हुनेखाने वर्गले नहुने वर्गमाथि विवशता (मजवुरी)को फाइदा उठाएर शोषण गर्ने गर्दथे । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा विस १९८१ देखि कार्यान्वयन भई वि।सं। १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । दासदासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी उनीहरूलाई मुक्त गरिदिएको थियो । त्यसबेला भागेका र आफैँ मुक्त भएका करिब ५७…

Read More

काठमाडौं- नेपालको प्रमुख निकासीजन्य वस्तु हस्तकलाको आन्तरिक खपत पनि उत्तिकै बढ्न थालेको छ । हस्तकला व्यवसायीहरुका अनुसार सामाजिक संस्कार अनुसार जन्मदेखि मृत्युसम्म हस्तकलाजन्य सामग्रीकै प्रयोग हुने र पछिल्लो समय व्यापार व्यवसायमा पनि नेपाली कला-संस्कृति झल्काउने सजावट गर्ने संस्कृतिको विकास हुँदा यो क्षेत्र फस्टाउने क्रममा छ । नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार यो क्षेत्रको वार्षिक कारोबार २५ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । महासंघका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा झन्डै १२ अर्ब रुपैयाँँका हस्तकला निर्यात भएकोमा सोही हाराहारीमा आन्तरिक बजारमा खपत भएको अवस्था छ । आन्तरिक बजारमा खपत तथा विदेशी पर्यटकले नेपाल आउँदा खरिद गर्ने हस्तकलाजन्य सामग्री समेतको एकीकृत तथ्यांक राख्ने…

Read More

अयोध्याका एक पौराणिक राजा भगीरथलाई पृथ्वीमा पानी ल्याउने र देवी गंगालाई स्वर्गबाट पृथ्वीमा मार्गदर्शन गर्ने उनको महान कार्यको लागि श्रेय दिइन्छ। काठमाडौं उपत्यकामा उनलाई पोडे देउता पनि भनिन्छ। भगीरथको तस्बिरलाई पानीको थुप्रोको मुनि राखिएको छ र पृथ्वीमा पानी ल्याउनको लागि उनको दृढ संकल्प र योगदान देखाउँदछ। धेरैजसो पानीको टुक्रामा भगीरथ नमस्ते मुद्रामा बनाइन्छ वा शंख बजाउँछ। राजा सागरका नाति र राजा दिलीपका छोरा भगीरथलाई दृढ निश्चय, साहसी व्यक्ति भनेर चिनिन्छ। युधिष्ठिरलाई लोमस मुनिद्वारा राजाहरूको असल चरित्रको बारेमा व्याख्या गर्दा, सागरको महानतादेखि भगीरथले गंगामा ल्याउन कसरी सफल भएसम्म उल्लेख गरे। राजा सागरका वैदर्भी र शैव्या नामक दुई पत्नी थिए। शिव रानी…

Read More

नेवारी पेय पदार्थमा अजि थ्व मध्यकाल देखि नै लोक प्रिय रहेको मान्न सकिन्छ । धार्मिक अनुष्ठान गर्दा यसलाई महत्वपूर्ण तत्वको रूपमा लिने गर्दछन् । यस्तै प्रकृतिको शिलालेख पाटन येवहाल टोल चिवहालको शिलालेखमा उल्लेख परेको छ जसमा चैत्य प्रतिस्था गर्दा ६ पाथी भुटेको चिउरा, जाँड ३ पाथी, अजिथ्व ६ कुरुवा, मासु २ कुरुवा, र १२ कहतारा दही दिनु भनी उल्लेख गरेका छन् । थ्वँ बनाउने चामललाई आधा घण्टासम्म चिसो पानीमा भिजाइन्छ । त्यसपछि पोटासी (पिधमा प्वाल भएको माटोको भाँडो) (चित्र संख्या नं. १५) मा थोरै पराल विछ्याएर भिजेको चामललाई खन्याइन्छ । फोसी (तामाको ठूलो भाग) मा पानी हालेर उमालिन्छ र त्यसको…

Read More

थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत गरिएको छ। नेपाल कुशवाहा कल्याण समाजले उनको निवास निगौलमा सम्मान गरेको हो। समाजका जिल्ला अध्यक्ष विजयकुमार महतोले सांसद महतोलाई सफल कार्यकालको शुभकामना दिएका थिए। जनताको दुःखमा मल्हम लगाउनका लागि जनमैत्री विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गरिदिन उनीहरूको आग्रह थियो। जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रियरूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता जनाएका थिए। अदालतले गत बिहीबार महतोलाई सफाई दिएको थियो।

Read More

काठमाण्डौ – अत्यधिक जनसङ्ख्या, सहरीकरण, बढ्दो घर तथा भवन निर्माण, जथाभाबी प्लटिङलगायत कारणले प्राकृतिक संरचनामाथि दोहन बढिरहेको छ । ् मानव जीवनका लागि उपहारस्वरुप मानिने प्राकृतिक सम्पदामाथि भइरहेका यस्ता गतिविधिले थुप्रै समस्या निम्तिरहेका छन् । बाढी पहिरो, प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्या यस्तै कारण निम्तिएका हुन् । अझै, विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन झनै बिग्रन थालेको हो । विश्वभर नै प्रकृतिमाथि दोहन भइरहेको छ । नेपाललगायत देश भने प्राकृतिक सम्पदामाथिको दोहन कारण उत्पन्न जलवायु परिवर्तन, प्रदूषण लगायतका विपत्तिको मारमा परिरहेका छन् । पछिल्लो समय नेपालमा पनि प्रकृतिमाथिको दोहन बढ्दो छ । आश्रित जनसङ्ख्या बढेसँगै नेपालमा पनि प्राकृतिक सम्पदाको क्षयीकरण बढेको हो । अझै बाक्लो जनसङ्ख्या रहेको काठमाण्डौ उपत्यका वरपरको…

Read More

काठमाडौं । ६ महिनाजति अघि बुढानीलकण्ठ नगरपालिकाभित्र धोविखोलामाडोजर तथा स्काइभेटर चलाएको विषय र त्यसका बारेमा समाचार एवम् चर्चा परिचर्चा धेरैले बिर्सिएका छैनन । बर्खा आउन लाग्दा यसरी खोलामा डोजर चलाएर माटो हल्लाएको भन्दै धेरैले बिरोध पनि गरेका थिए । केही दिन नगरपालिकाको ब्यानर लगाएको निजी डोजर तथा स्काइभेटरहरू धोवीखोलामा तलमाथि गरिरहेको सबैले देखे । कतिले त्यो कर्मलाइ वाहवाही गरेर सामाजिक सन्जालमा फोटो भिडियो पोस्ट गरे भने केही खोला डोजर हाल्न नहुने भनेर आलोचना गरे । त्यसैक्रममा बुढानीलकण्ठ नगरपालिकाका एक वडाध्यक्षले आफ्नो सामाजिक सन्जालमा यसरी खोलामा डोजर चलाउनुलाई ’सन्ततिका लागि सम्पदा’ भन्दै लामै समय जगहँसाइ पनि गरे । केहि दिन डोजर…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ ।  राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डलाई बसन्तपुरमा एक कार्यक्रमबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित सोमबार बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो । प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवादउन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रुपमा लागू गरेको, नेपाल सम्बत्लाई सरकारी दस्तावेजमा उल्लेख गर्न र वागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गर्नुभएकाले सो नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिए । निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संस्कृतिमा धनी काठमाडौँ उपत्यका…

Read More

काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायकको बजार विस्तार हुँदै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विभिन्न इन्टरनेट सेवा प्रदायक (आईएसपी)का २८ लाख ४० हजार ६२७ ग्राहक रहेका छन् । प्राधिकरणका अनुसार फाइबर, एडीएसएल केबल र वायरलेस इन्टरनेटका ग्राहक गरेर सबैभन्दा ठूलो बजार हिस्सा वर्ल्डलिंक कम्युनिकेसनको रहेको छ । वर्ल्डलिंकका ग्राहकको संख्या आठ लाख ११ हजार ९९७ रहेको छ । दोस्रो नम्बरमा डिस मिडिया नेटवर्कका ग्राहकको संख्या तीन लाख १७ हजार ३१ रहेको छ । यस्तै, तेस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का ग्राहकको संख्या दुई लाख ९५ हजार ६६१ रहेको छ ।चौथो नम्बरमा क्लासिक टेकका ग्राहकको संख्या…

Read More

मिठाइ भण्डारबाट घुस रक़म लिँदै गरेका जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा कार्की  घुस रकम सहित सोमबार पक्राउ परेका छन्। कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए। कार्की एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा भागबण्डामा नभई योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्ने आश्वासन दिएका छन् । सोमबार दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी नियुक्त गर्ने बताएका छन् । सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् । ‘आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम शृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले…

Read More

भगवान रामको साथमा माता सीता र भाइ लक्ष्मणको पनि उल्लेख गरिन्छ । श्रीराम १४ वर्षको लागि वनवासमा जाँदा माता सीता र लक्ष्मण पनि उनीसँगै बसे । लक्ष्मणले भगवान रामलाई कहिल्यै छोडेनन् । उनी सधैं छाया जस्तै रहे । आफ्नो वनवासमा लक्ष्मणले १४ वर्षसम्म आफ्ना भाइ श्रीराम र आमा सीताको निःस्वार्थ सेवा गरे । रामायणका अनुसार जब भगवान् श्रीराम र माता सीता आफ्नो झुपडीमा आराम गर्नुहुन्थ्यो, लक्ष्मणले कुटी बाहिर पहरा दिन्थे । लक्ष्मणले आफ्नो निद्रा त्यागेका थिए र १४ वर्षसम्म निद्राविना बसेका थिए । जब उनी वनवासको अन्त्य पछि अयोध्या फर्के, सधैं उनको साथमा रहने लक्ष्मणले श्रीरामको राज्याभिषेक देख्न सकेनन्। लक्ष्मणले…

Read More

जलेश्वर(महोत्तरी) । विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ । त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको विवाह भएपछि आजैका दिनदेखि सर्व साधारणले पनि आ–आफ्ना छोराछोरीको विवाह शुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाहको शुभारम्भ गरेका छन् । मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यसपछि सर्वसाधारणहरुले पनि आ–आफ्ना छोराछोरीको विवाह गर्ने त्रेता युगदेखि चल्दै आएको लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए । महोत्तरी र…

Read More

झापा । दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् । ‘ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भने, ‘ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौँ । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो ।” गाउँलेले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातु भने नभेटिएको उनले बताP । बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ । बरालकै खेतबारीमा अहिले गाई,…

Read More

नयाँ दिल्ली । संसदमा हंगामा गरेको आरोपमा भारतको राज्यसभा र लोकसभाका गरी कुल ६७ विपक्षी सांसदलाई निलम्बन गरिएको छ। लोकसभामा भएको हंगामामाथि कारबाही गर्दै संसदले ३३ सांसदलाई निलम्बन गरेको छ भने राज्यसभामा अध्यक्षले ३४ विपक्षी सांसदलाई निलम्बन गरे । लोकसभामा विपक्षी सांसदहरूले प्लेकार्ड देखाएर विरोध गरेपछि यो कारबाही गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि निलम्बित सांसदमा परेका छन् । यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन् । संसदले हिउँदे अधिवेशनको बाँकी कार्य दिवसका लागि सबै सांसदलाई निलम्बन गरेको छ । लोकसभामा केन्द्रीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले विपक्षी सदस्यहरूलाई निलम्बन गर्न माग…

Read More