काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो । कांग्रेस महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए ।
Author: Kathmandu Khabar
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार वर्षा भएको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ भने कणर्ाली प्रदेशका केही स्थानमा पनि वर्षा भैरहेको छ । वर्षा भएका सबै ठाउँमा हल्का वर्षा भएको छ, मध्यम वा ठूलो वर्षा भने भएको छैन । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भएको हो । तत्कालका निम्ति यो प्रणाली शनिवारसम्म रहने सम्भावना देखिएको छ । । प्रणाली भित्रने र बाहिरिने क्रम भइरहेको छ ।
काठमाडौं । मोहन बस्नेत नामसँगै एक विवादस्पद छवि सबैको नज़र आइपुग्छ । भ्रष्टाचारका अनेक काण्डले उनलाइ छोएको छ । नेपाली इतिहासमै मन्त्री भएर अख्तियार पुगेर वायन दिनु परेको एकमात्र मन्त्री पनि बस्नेत नै हुन् । कांग्रेस सभापतिको आफन्त भएका कारण सदैव शक्तिमा बस्न पाएका मोहन बस्नेतमाथि विपक्षीले िनशाना साँधेको छ । विपक्षी दलको निशानामा यतिखेर बस्नेतसहित सरकारका चार जना मन्त्री परेका छन् । विवाद र भ्रष्टाचार प्रकरणमा जोडिएका मन्त्रीको राजीनामा र कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका रास्वपा र राप्रपाले सरकारका चार मन्त्रीको संसदबाट विरोध गर्दै राजीनामा नआए जस्तासुकै आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका हुन् । बिहीबारको…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा बेथितिका पराकाष्ठा भेटिन्छन् । नगरपालिकाभित्र विशेषगरी शिक्षा क्षेत्रमा व्यापक अनियमितता देखिएको छ । एकातिर एसएलसी पास नगरेका वडाध्यक्षहरू मरिहत्ते गरेर व्यवस्थापन समितिमा बस्ने होड अनि अर्कोतिर बिभिन्न नाउँमा शिक्षामा आउने बजेटको दुरूपयोगका सिलसिला बुढानिलकण्ठ बग्रेल्ति देख्न पाइन्छन् । यसैक्रममा बुढानीलकण्ठ नगरपालिकामा बिद्यालयमा आउने पुस्तकालयको बजेटमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । पुस्तकालयको बजेटले स्तरहीन, अनावश्यक तथा सस्ता पुस्तकहरू बोरा भरेर किनेर ल्याउने र बजेटको दुरूपयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । बुढानीलकण्ठका सबै सामुदायिक विद्यालयमा पुगेर हेर्ने हो भने पुस्तकालयको हालत दयनीय छ । सरकारले वर्षेनी पुस्तकालयका लागि भनेर बजेटको व्यवस्था भए पनि त्यो बजेटले…
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आज समापन हुदैछ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्। त्यसपछि आजै अपराह्न समापन समारोह गरिने छ । बैठकको दोस्रो दिन उपसभापति पूणर्बहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकको तेस्रो दिन बुधबार विभिन्न…
काठमाडौँ । हिजोआज पति पत्नीबीचको सम्बन्ध विच्छेद नेपाली समाजमा समान्य बन्दै गएको छ। जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि पुग्नेको संख्या प्रत्येक वर्ष बढिरहेको सार्वजनिक तथ्यांकहरुले देखाउँछ। विविध कारणले विवाद सम्बन्ध कायम गरेको छोटो अवधिमै त्यसलाई तोडेर अर्को विवाह गर्ने वा एकल रुपमै जीवन जिउनेहरुको संख्या बढिरहेको अवस्थामा जिल्ला अदालत काठमाडौँले एक मुद्दामा चाहनाले मात्रै सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ। २०७६ सालमा विवाह गरेका एक जोडीमध्ये पत्नीले आफूलाई पतिले गर्दै आएको व्यवहारमा फरक गरेकाले उनीसँगै बस्ने चाहना नभएको भन्दै २०७९ मंसिर १९ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्छिन्। सम्बन्ध विच्छेद नगरी मिलापत्र गर्न अदालतले दुईपटक दिएको समयलाई सदुपयोग हुन…
काठमाडौं । बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ । माघसम्म नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष माघसम्म नौ खर्ब १९ अर्ब…
काठमाडौं । देशभर महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’ जस्ता विषयमा लगातार समाचारहरू प्रकाशित हुन थालेका छन् । जनप्रतिनिधिहरूले महोत्सवका नाममा नाम तथा दाम कमाउने काम गर्ने गरेको भनेर आलोचना हुने क्रममा पछिल्लो समय इटहरीमा आयोजित ‘दोस्रो परम्परागत खाना महोत्सव’ परेको छ । यस्ता किसिमका सीमित दर्शकको सहभागितामा हुने महोत्सवले सरकारी बजेट पचाउने ‘धन्दा’ मात्रै भएको विज्ञहरूले बताएका छन् । विज्ञहरूले सरकारी बजेट पचाउनकै लागि यस्ता कार्यक्रम हुने गरेको बताउने गरेका छन्। यसै सेरोफेरोमा बुढानीलकण्ठ नगरपालिकामा यसै साता हुने भनिएको बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव पनि सरकारी बजेट सकाउने धन्दा मात्र हुने सक्ने आशंका व्यक्त गरिएको छ । स्थानीय भेकमा हुन…
काठमाडौं । पशुपतिनाथ पसिरसमा विश्वशान्ति महायज्ञ आयोजना गर्न लागिएको छ । महारुद्र परिवारले पितृ उद्दार, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकताको निम्ति महायज्ञ गर्न लागेको जनाएको छ । परिवारले शिवरात्रीको अवसर पारेर हिन्दु, बौद्ध र किराँत विधिअनुसार यही फागुन १९ गतेदेखि २६ गतेसम्म एक साता महायज्ञ गरिने जनाएको छ । महायज्ञमा अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमङ पाठ, श्रीमद् भागवत महापुराण, मूलपाठ पारायण, प्रवचन, रामलीला, दैनिक हवन, प्रज्ञा पारमिता पाठ, भजन कीर्तन, धामीझाँक्री, मोन्लम, ताण्डव नृत्य, लक्षवर्तीका प्रज्वलनलगायत हुने छ । हिन्दु, बौद्ध र किरात एकताको सन्देश दिन महायज्ञ आयोजना गर्न लागिएको हो । कार्यक्रममा तीन वटै धर्मका…
काठमाडौं । हिजोआज काठमाडौंको सहरको एउटा गल्लीमा रात छिप्पिँदै गर्दा बजार लाग्ने गरेको छ।काठमाडौं महानगरले फुटपाथ व्यापारीलाई हटाएपछि एउटा विकल्प स्वरूप नाइट मार्केटको सुरूआत भएको छ। काठमाडौंको मखन गल्लीमा सडकको दुवैतिर रात परेपछि पसलहरू खुल्ने गर्छन्। व्यवसायीहरू साँझ परेर पसल बन्द भइसकेपश्चात रातको ८:३० बजे हस्याङफस्याङ गर्दै सडक छेउ पसल राख्छन्। विभिन्न किसिमका कपडा पसलदेखि पानीपुरी अनि म:म: पसलसम्म रातको १० बजेसम्म चल्ने गर्छ। डेढ घण्टाको समयमा केही व्यापार गरेर आयआर्जन गर्ने आशमा आफूहरूले पसल राख्न थालेको एक व्यवसायीले सेतोपाटीलाई बताए। केही दिनदेखि उनीहरूले यो व्यापार सुरू गरेका हुन्। यस्तै, उनीहरूले बिहान ५ बजेदेखि ७ बजेसम्म पनि व्यापार गर्न थालेका छन्। नाइट मार्केट सुरू गरेपछि मानिसहरू पैदल हिँडेर सामग्री किन्न आउन थालेको व्यापारीहरू बताउँछन्। यस्तै,…
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले फागुन १७ गते तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । बुढानीलकण्ठ ८ गोल्फुटारबाट सुरू हुने राष्ट्रिय म्याराथुनमा सहभागि हुन आयोजकले खेलाडिहरूलाइ सूचित गरेको छ । सहभागि खेलाडिहरूमध्ये बिजेता ३ जना पुरस्कृत हुने आयोजकले जनाएको छ । बिजेतामध्ये प्रथम हुनेले ७५ हज़ार, दोस्रो हुनेले ५० हज़ार र तेस्रो हुनेले २५ हज़ार प्राप्त गर्ने छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले म्याराथुन प्रतियोगितामा सहभागि हुनको लागि श्रोत व्यक्ति मोबाइल नम्बरहरू उपलब्ध गराएको छ । म्याराथुन प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ ।
काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन-पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको…
काठमाडौं । काठमाडौँ जिल्लामा निजी विद्यालयहरूको व्यापक बेथेति रहेको नगरपालिकामा बुढानीलकण्ठ सबैभन्दा अगाडि पर्दछ । धेरै निजी विद्यालय रहेको तथा अधिकांश निजी विद्यालयमा नेताहरूको लगानी भएकाले यस्ता विद्यालयको नियमन अनुगमन हुन नसक्दा बेथितिको पराकाष्ठा भएको हो । तस्वीरमा रहेको पिकप्वाइन्ट एकेडेमी भन्ने विद्यालय बुढानीलकण्ठ वडा नं १३ मा रहेको छ । यो विद्यालय ११००० भोल्टको बिजुली दौडिरहेको नांगो तारमुनि रहेको छ । कपन-चुनिखेल मार्गमै पर्ने यो विद्यालयको लगानीकर्तामध्ये एक हुन् सोही वडाका वडाध्यक्ष टिकानारायण श्रेष्ठ । बोलिचालीमा टिकेशनारायण भनिने वडाध्यक्षसहितको लगानीमा केही वर्षअघि खोलिएको यो विद्यालय भवन ११ हजार भोल्टको बिजुली नांगो तारमुनि जानीजानी खाेलिएको हो । जानाजान ११ हजार भोल्टको…
काठमाडौं । नेपालमा महिलाहरुको अधिकांश हत्या श्रीमान्को हातबाट भएको तथ्यांकले देखाएको छ। इन्सेकको मानवअधिकार वर्ष पुस्तक-२०२४ का अनुसार सन् २०२३ मा मात्रै १ सय ९ जना महिलाको श्रीमान्को हातबाट हत्या भएको छ। सन् २०२३ मा जम्मा १८६ जना महिलाको हत्या भएको छ। त्यसमध्ये १०९ जनाको हत्या श्रीमान्कै हातबाट भएको हो।दाइजोका नाममा मात्रै ७ जना महिलाको हत्या भएको छ। दाइजोकै कारण यो वर्ष हिंसामा पर्ने महिलाको संख्या ४५ छ। शरीरमा आगो लगाएर ३ महिलाको हत्या गरिएको छ। धारिलो हतियारको प्रहार गरी हत्या गरिएका महिलाको संख्या ४३ जना छ। घरेलु हिंसा, बलात्कार तथा बोक्सीको आरोपमा महिलामाथि हुने दुर्व्यवहारमा कमी आएको छैन। अघिल्ला…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता हुन आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका अनुसार दर्ता प्रक्रियामा नआए बन्द हुन सक्ने चेतावनी दिएको छ । निर्देशिका अनुसार नेपालमा हालसम्म कुनै पनि कम्पनी दर्ता प्रक्रियामा आएका छैनन् । मन्त्रिपरिषद्को गत कार्तिक २३ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ स्वीकृत गरेको थियो । त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिका बमोजिम सामाजिक सञ्जाल कम्पनीहरूलाई तीन महिनाभित्र दर्ता हुन भनेको थियो । मसिंर १५ गते मन्त्रालयले जारी गरेको सूचना अनुसार फागुन १५ गते तीन महिना पूरा हुँदै छ ।…
काठमाण्डौ । बङ्गुरमा लाग्ने ’अफ्रिकन स्वाइन फिभर’ रोगलाई बेलैमा नियन्त्रण नगरेमा १५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति पुग्ने सरकारले जनाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले आज रोग रोकथामका लागि परामर्श जारी गर्दै यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेमा तीन लाख ६१ हजार वटा बङ्गुर मर्न सक्ने जनाएको छ । यसबाट १५ अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान परिषद्ले गरेको छ । विश्व पशु स्वास्थ्य सङ्गठनले दिएको वैज्ञानिक तथ्य र नेपालमा यसले पारेको प्रभावलाई आधार मान्दा समयमै रोग नियन्त्रण गरिएन भने यस रोगबाट ४० प्रतिशत बङ्गुर थप सङ्क्रमित हुने र सङ्क्रमित पशुमध्ये ६६…
काठमाडौं । बुढानीलकण्ठ सांस्कृति तथा साहित्य महोत्सवका पूर्व प्राज्ञ तथा वरिष्ठ साहित्यका डा. हेमनाथ पौडेलले यसबारे आफूलाई थाहा नै नभएको टिप्पणी गरेका छन् । बुढानीलकण्ठ भेकमा बसेर साहित्यमा लामो योगदान गरेका पौडेलले सामाजिक सन्जालमा टिप्पणी गरेका छन्ः ‘हामी त बुढानीलकण्ठमा बस्ने मात्र हौँ ।’ बुढानीलकण्ठ नगरपालिकाकी उपमेयरले साहित्य महोत्सवका नाममा भद्दा राजनीतिक स्टण्ट गरेको भनेर व्यापक आलोचना भैरहेको बेला अघिल्लो पुस्ताका अनुभवि एवम् सक्रिय साहित्यकार डा. पौडेलको यो टिप्पणी निकै अर्थपूणर् देखिन्छ । बुढानीलकण्ठ २ चपली बस्ने डा. हेमनाथ पौडेलले टिप्पणी जस्ताको त्यस्तैः ‘हाम्लाई त यस बारेमा केही थाहा छैन है प्रभु ! एक जना सर्वज्ञ व्यक्ति सायमि हुनुहुन्छ रे कालीमाटी…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन्। जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले यस्तो बताएका हुन्। ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,’ उनले प्रस्ताव पेस गर्दै भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’ NC_सांगठनिक-प्रस्ताव2080_Final-Fagun-7GK
काठमाडौं । यतिखेरमा पोखरामा साहित्य महोत्सव चलिरहेको छ । ३ दिनपछि पोखरामै अर्को अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुँदैछ । जनकपुरमा यसै साता साहित्य महोत्सव हुँदैछ । यसैको कार्बनकपी गरेर बुढानीलकण्ठमा गर्न लागेको साहित्य महोत्सव विवादमा परेको छ । नगरपालिकाको लगानीमा उपमेयरले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय सहभागिता १० प्रतिशत पनि नहुनु र स्थानीय सरोकारका विषयबाहिर गएर पोखरा र जनकपुरकै महोत्सवको कार्बनकपी कार्यक्रम गर्न थालेपछि उपमेयर अनिता लामामाथि व्यापक दबाव परेको छ । कार्यक्रममा बुढानीलकण्ठमै बस्ने चिरपरिचित राष्ट्रिय बुद्धिजिवी, कवि, साहित्यकारलाइ पुरै ‘बायस’ गरेर कार्यक्रमको ब्यानर उपमेयरले प्रचार गर्न थालेपछि उनको राजनीतिक स्टण्ट नांगिएको हो । उपमेयरले संस्कृति तथा साहित्य महोत्सवको नाममा…
काठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा मंगलबार हस्ताक्षर गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानमा महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा पुगेर कोइरालाले हस्ताक्षर गरेका हुन् । ललितपुरको गोदावरीस्थित सो संकलन केन्द्रमा रहेका कांग्रेस काठमाडौंका महाधिवेशन प्रतिनिधि दिवस ढुंगेलका अनुसार अहिलेसम्म ३१ केन्द्रीय सदस्य र ४०० महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन् ।
काठमाडौं । देशकै ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा पूँजिगत खर्च जम्मा १४.११ प्रतिशत गरेको छ । कुल १५ अर्ब ६ करोड ५० लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको महानगरले साउनदेखि माघसम्म २ अर्ब १२ करोड २५ लाख रुपैयाँ मात्रै खर्चिन सकेको छ । यो तथ्यांकले देशका अन्य ५ महानगरभन्दा काठमाडौँलाइ पछाडि देखाएको छ । ६ महानगरमध्ये ललिपुर ललितपुर महानगरपालिकाको पुँजीगत खर्च भने करिब ३३ प्रतिशत भएको देखिन्छ । खर्चमा सबैभन्दा अगाडि ललितपुर देखिए पनि बाँकी महानगरको हालत निकै कम देखिन्छ । काठमाडौंपछि सबैभन्दा कम खर्च गर्नेमा भरतपुर महानगर छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च…
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ । रोमिङ सेवाको प्रभावकारी…
सार्वजनिक जग्गा विशेषः २ काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाकाको सबैभन्दा सानो वडा नै वडा नं १२ हो । साविक कपन गाविसको वडा नं १ लाइनै हाल बुढानीलकण्ठको १२ नं वडा बनाइएको हो । क्षेत्रफलले सानो भए पनि जनघनत्वले भने यो वडा बुढानीलकण्ठको एकनम्बर वडा हो । यो वडामा सास फेर्न तथा रूख् हेर्न पर्यो भने मात्र दुइवटा विकल्प छ । १, देवीस्थान मन्दिरमा जाने । २, शंकर थापाको घर कम्पाउण्डमा जाने । पूणर्रूपमा ’ओपनस्पेस’ नभएको यो वडाभित्र हाल सार्वजनिक जमिन हेर्दा ५ वटा ठूला सार्वजनिक जमिन देखिन्छन् । साविक कपन १ ग कित्ता नं १२ बालकुमारी मन्दिर(३ रोपनी २ आना), साविक कपन…
काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनका कारण छटपटिमा छन् । महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनबारे सहमति खोज्न छलफलमा जुटेका देउवाले अन्ततः गठबन्धन नगर्ने शब्द हटाउन सकेनन् । लामाे रस्साकस्सीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन्। सोमबार अपराह्नदेखि बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो। महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख…
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मका माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन्। मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा आज बोल्दै उनले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए। उनले मुस्ताङ, मनाङलगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र बाह्य पयर्टकहरु बढाएको स्मरण गरे। उनले नेपाली चलचित्रलाई विश्वमाझ पुर्याउने चुनौती अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताए। उनले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताए। अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताइन् । उनले सिनेमामा नेपाली सौन्दर्यहरु कैद गरेर ति दृश्य प्रस्तुत गर्दा आन्तरिक…
काठमाडौँ । काठमाडौँमा खाजाघर(रेस्टुरेन्ट) भित्र यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीस्थित खाजाघरमा महिलाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा खोटाङ दिक्तेलकी सीता कुमारी खत्री राईलाई प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँमा बस्ने ४० वर्षीया सीताले किराना पसलसँगै नाम नराखी सञ्चालन गरेको खाजा घरमा महिलाहरूलाई विभिन्न परिबन्धमा पारी ग्राहकहरूसँग यौन सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यस्तै सोबापत सीताले केही रकम आफूले राखी केही रकम महिलाहरूलाई दिने गरेकी पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त खाजाघरबाट एक महिलाको उद्दार गरिएको छ भने एक ग्राहकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का,…
काठमाडौं । नेपाली कांग्रेस यतिखेर महासमिति बैठकमा छ । तर सबैको ध्यान महामन्त्री गगन थापाको प्रतिवेदनमाथि छ । जुन प्रतिवेदनमा ’अबदेखि चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने र रूख चिह्नबाहेक अरूमा मत हाल्न बाध्य नपार्ने’ कुरा लेखिएको छ । यो प्रतिवेदनमा महासमितिबाट पास गर्ने तयारीमा छन् महामन्त्री गगन थापा । तर यसकुरालाइ जसरी रोक्न चाहन्छ सभापति शेरबहादुर देउवा । शेरबहादुर देउवा चुनावी कुरा रणनीतिक भएकाले यो महासमितिमा छलफल गर्न नपर्ने भनेर टार्ने प्रयास गरिरहेका छन् भने महामन्त्री थापा यो प्रतिवेदन पास गरेरै छाड्ने अडानमा छन् । सभापति देउवा गठबन्धनको कुरा प्रस्तावबाटै हटाउने पक्षमा छन्। त्यसैले उनले महामन्त्री थापासँग यसबारे तारन्तार छलफल…
तपाइँ हामीले पसलबाट सिल प्याक गरिएका सामान किन्ने गर्छौँ तर के त्यसको तौलका बारे सोचेको छौँ त ? बजारमा कम तौलका प्याकहरू छ्यास्छ्यास्ती पाउन थालेपछि मन्त्रीको टोलीले गरेको एक निरीक्षणमा केएल दुगडका उत्पादनमा कम तौल भेटिएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गरेको छ । बाँके जिल्लाका केही ठुला उद्योगहरूको अनुगमन र निरीक्षणका क्रममा जिल्लाको पिपरहास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको पाइएको समितिका सभापति खानले बताए । उनले सो उद्योगमा निरीक्षण गर्दा तौलमा उपभोक्तालाई ठगी गरेको…
काठमाडौं । निकै ठूलो रस्साकस्सीपछि काठमाडौँ क्षेत्र न ५ ले महासमिति सदस्य टुंगो लगएको छ । महासमिति सदस्यहरुको सम्मेलन हुने अघिल्लो दिन फागुन ६ गते राति अप्ठ्याराहरू छिचोल्दै टुंगो लगाइएका सदस्यहरूको चयनको आधार महाधिवेशन प्रतिनिधि छनौट हुँदा सबैभन्दा धेरै मत ल्याएको आधार बनाइएको थियो। महासमिति सदस्य चयन हुँदा गोकणर् केसीले देखाएका नैतिकता एवम् निष्ठाका साथमा प्रणय राणाले पार्टी छाड्नु पनि केही सदस्यका लागि भाग्य चम्किएको थियो । महाधिवेशन प्रतिनिधि चयन हुँदा थोरै मत ल्याएका कारण धेरैपछि पूर्व बार अध्यक्ष प्रेमबहादुर खड्का यसपटक गोदाबरीकोसनराइज केन्द्रमा जाने भाग्यामानीमध्ये पर्न सकेनन् । महाधिवेशन प्रतिनिधिमा कम मत ल्याएका कारण पुराना नेता कसीनाराण श्रेष्ठ पनि यसपटक…
काठमाडौं । साइकल आविष्कारको करिव १०० वर्ष पुग्दा सन् १९१० मा भारतमा रहेको अंग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्राएका थिए । यी साइकलहरू विभिन्न प्रयोजनको लागि भित्राइएको थियो । भारत भित्रिएको यही साइकल मध्य केही नेपाल पनि भित्रिएको अनुमान गरिएको छ । त्यस बेलाका राणा श्री ३ महाराजाका छोरा नातिहरूको लागि केही साइकल भित्रिएको अनुमान गरिएको छ । श्री ३ वीर शम्शेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै वैज्ञानिक आविष्कार हुन नै पाएन । तर उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ । तिर्थनारायण मानन्धरले आफ्नो पुस्तक…