Author: Kathmandu Khabar

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको सम्भावना रहेको देखाएको छ । आज देशका कतिपय स्थानमा हिउँदे वर्षा सुरु भइसकेको बताउँदै विभागले तर यसको सम्भावना कम भएको बताएको हो । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ। यसैबीच आज काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। तर सम्भावना कम रहेको मौसम महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए।

Read More

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद…

Read More

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शनिबार बुनपा ९ मा रहेको लोयल्टी स्कुलमा कार्यक्रम आयोजना गरेको थियो । जसमा चिकित्सक परामर्श, सुगर, प्रेसर र मुटुको भिडियो एक्सरे (इको) तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा करिब ५०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको जिसस उपप्रमुख शान्ति पाण्डेले जानकारी दिइन् ।

Read More

काठमाडौं । सनसनीपूर्ण खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई एक रनले जितेको छ । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनीसँग रोमाञ्चक जित हात पारेको हो । अन्तिम बलमा जितका लागि दुई रन आवश्यक रहेको लुम्बिनीका सन्दिप जोराले सट हान्दा उनी क्याच आउट भएर लुम्बिनी पराजित भएको हो । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो । जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

Read More

काठमाडौं । सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको शनिबार बताएका छन् । सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सुरु भएको सिरियाको गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति बशर अल असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ । विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति असदले राजधानी छाडेर भागेका छन् । विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दाबी गर्दै भनेका छन्, “हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।” यसअघि…

Read More

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो । त्यसो त मेलाको लागि भनेर स्थानीय विद्यालयहरुलाई शुक्रबारदेखि नै बन्द गरिएको थियो । यो हरेक पाँच–पाँच वर्षमा लाग्ने ठूलो मेलामध्येको एक हो । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ । दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि…

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । जसअन्तर्गत आजको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने लुम्बिनी जितको खाता खोल्न चाहन्छ । सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।

Read More

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई ऋणको भारी बोकाएर परियोजना अघि बढ्न नदिने स्पष्ट पारेका छन् । कांग्रेस कोशी प्रदेशस्तरीय सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले विदेशी ऋण लिएर परियोजना निर्माण गर्न नदिने बताएका हुन् । छिमेकी मुलुक चीनसँगको बीआरआई परियोजना लक्षित गर्दै अनुदानलाई प्रोत्साहन गर्ने भन्दै उनले यस्तो बताएका हुन् । बीआरआई कार्यान्वयन सम्झौताप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘यो सम्झौतालाई संसदमा पनि लगेर छलफल गरौं । भोलिका दिनमा ऋण लिएर कुनै पनि परियोजना बनाउन कांग्रेसले दिँदैन, यो कुरा म प्रस्ट रुपमा भन्न चाहन्छु र प्रत्येक कांग्रेसको सदस्यले यति भन्न सक्नुपर्छ । भोलि हामी सरकारमा…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो । कर्णालीको जितमा नन्दन यादवले चार ओभर बलिङ गर्ने क्रममा १९ रन खर्चेर तीन विकेट लिए । साथै विपीन यादवले दुई तथा सोमपाल कामी, विलियम वोसिस्टोले र उनिश ठकुरीले एक/एक विकेट लिए । विराटनगरका लागि निकोलस कीर्तनले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन् । उसका लागि…

Read More

काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन शनिबारदेखि सुरू भएको छ । वर्षभरि प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी कार्यक्रम तथा रणनीतिबारे छलफल गर्नका लागि सम्मेलन सुरु भएको हो । कांग्रेसको विधानअनुसार प्रदेश सम्मेलन प्रत्येक वर्ष गर्नुपर्छ। अरू प्रदेशमा यसअघि नै सम्मेलन भइसकेका छन्। सम्मेलनको बन्द सत्रमा प्रदेशभरबाट आएका प्रतिनिधिले कुरा राखेपछि विभिन्न निर्णय गर्दै सम्मेलन सकिन्छ। यसका लागि सभापति शेरबहादुर देउवा विराटनगर पुगिसकेका छन् ।

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ । सुदूरपश्चिमले दिएको १८८ रनको तार्केटमा लुम्बिनीले १४२ रन मात्रै बनाउन सक्यो । निर्धारित २० ओभरको खेलमा चार विकेटको क्षतिमा १८७ रन बनाएको सुदूरपश्चिमपछि ब्याटिङ गरेको लुम्बिनीले २० ओभरको क्षतिमा ९ विकेटको क्षति व्यहोरेको थियो । योसँगै लुम्बिनीले यो सिजनको खेलमा खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । आजको खेलमा टिमका कप्तान रोहित पौडेल चल्न नसक्दा सुरुवातमै लुम्बिनी दबाबमा परेको हो ।

Read More

काठमाडौं । बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाको रिस बंगलादेशी राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानमाथि पोख्न लागेको छ । पूर्वप्रधानमन्त्री हसिनाका पिता समेत रहेका बंगबन्धुको तस्वीर बंगलादेशी नोटबाट हटाउने तयारी बंगलादेशी राष्ट्र बैंकले तयारी गरेको हो । सन् १९७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र देश बनाउने आन्दोलनमा बंगबन्धुले नेतृत्व गरेका थिए । सोही समयदेखि टाका भनिने मुद्राको २०,१००,५०० र १००० का नयाँ नोटमा राष्ट्रपिता बङ्गबन्धुको तस्बीर नहुने भएको छ । बङ्गलादेश बैङ्कका कार्यकारी निर्देशक हुस्नेरा शिखाले बङ्गबन्धु यो जानकारी उल्लेख गरेका छन् । यो खबर अहिले विश्व मिडिया र खासगरि भारतीय मिडियामा व्यापक छाएको छ । केही महिनाअघि हसिना सत्ताबाट अपदस्त भएपछि उनीसँग…

Read More

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन् । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ । उनका अनुसार कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि अगलागी भएका छन् । केही ठाउँमा असावधानी बस आगलागीका घटना हुने गरेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज…

Read More

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको…

Read More

काठमाडौं । नेपाल पत्रकार महास‌ंघको आसन्न निर्वाचनका लागि सत्ता र विपक्षी गठबन्धनबीच प्यानल बनाएरै प्रतिस्पर्धा हुन लागेको छ । यही मंसिर २८ गते हुन लागेको निर्वाचनका लागि प्यानलगत उम्मेदवारी दिएका हुन् ।  जसमा अध्यक्षमा मात्रै पाँच जनाले उम्मेदवारी दिएका छन् । दलगत रुपमा सत्ता गठबन्धनबाट नेपाल प्रेस युनियन र प्रेस चौतारीकी साझा उम्मेदवार निर्मला शर्माले उम्मेदवारी दिएकी छन् भने विपक्षी गठबन्धनको तर्फबाट कमल गिरीले उम्मेदवारी दिएका हुन् ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अत्याचार भएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीको ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइको घटनाप्रति आपत्ति जनाएका हुन् । प्रहरी स्रोतका अनुसार चितवनमा पार्टीको विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूले दंगा मच्चाउने सूचना पाएपछि उनलाई रातारात पोखरा लगेको बताएको छ । यसरी रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, रास्वपाले उक्त विषयमा…

Read More

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २४ गते बस्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक आउँदो सोमबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका निम्ति कांग्रेसले सूचना जारी गरेको छ ।

Read More

काठमाडौं । भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ ओर्लदै गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा उनको स्वागतको तयारी चल्दै थियो । बिहान १० बजे आसपास स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासममितिका कर्मचारी स्वयम्भूनाथको प्रवेशद्वारमा ‘भुटानी नरेशलाई स्वयम्भूमा हार्दिक स्वागत’ लेखिएको व्यानर टाँग्न व्यस्त थिए । स्वयम्भू प्रवेशद्वार अगाडि नेपाल र भुटानका राष्ट्रिय झण्डा फहराइएको थियो । महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति, पुरातत्व विभागका अधिकारी र सुरक्षाकर्मी उनको स्वागतमा तयारी अवस्थामा रहेका थिए । स्वयम्भू परिसरमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुटानका नरेश विमानस्थलबाट सिधैँ बानेश्वर, कालीमाटी हुँदै १०:५०…

Read More

काठमाडौं । अमेरिकी खेलाडी आन्द्रेसले काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो शतक हानेका छन् । आज पोखरा भर्सेस लुम्बिनीको खेलमा आन्द्रेस गौसले उनले ५४ बल खेल्दै १२ चौका र पाँच छक्का मद्दतमा शतक बनाएका हुन् । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरेका हुन् । उनले अविजित १०४ रन जोडे । पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो । यो खेलमा पहिलो शतक, २० बलमै अर्धसतक, १० विकेटले जित हात पार्नेलगायत कीर्तिमानी यो खेलमा…

Read More

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ करिब १२०० भन्दा धेरै रिक्त पदमा आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले सो संख्यामा आवेदन माग गरेको हो । माग गरेकाहरू अधिकांश प्रहरी जवान, केही कार्यालय सहयोगी र केही सूचीकारको लागि आवेदन माग गरेको हो । प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो । भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ । जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका…

Read More

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा…

Read More

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​सहित चार जनालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई कैदसहितको सजाय तोकेको हो । दोषी ठहर हुनेमा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई पनि दोषी ठहर गर्दै एक वर्षभन्दा धेरै कैद सजाय तोकिसकेको छ । कैद सजायअन्तर्गत् दुई वर्ष नौ महिना कैद सजाय भएको तोकिएको छ । तर कंसाकारलाई जम्मा दुई वर्ष नौ महिना कैद सजाय भए पनि उमेर ७४ वर्ष पुगिसकेको हुनाले जेष्ठ नागरिकले पाउने सुविधा अनुसार…

Read More

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक छोटो समयका लागि नेपाल आउन लागेका छन् । भारत भ्रमणमा रहेका उनी अनौपचारिकरूपमा स्वयम्भु र बौद्ध दर्शनका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ । भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् ।

Read More

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा आफैँलाई भोट नहाल्ने ३७ जनाको सूची निर्वाचन आयोगले जारी गरेको छ । मत ल्याउने मतदाताको सूची सार्वजनिक गर्दा ३७ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो । यसरी आफैँलाई पनि भोट नहाल्ने उम्मेदवारहरू कुनै पार्टीले डमीको लागि उठाएको उम्मेदवार रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् । आफ्नो आधिकारिक उम्मेदवार कसैगरी चुनाव लड्न नसक्ने भएमा समस्या नहोस् भनेर पार्टीहरूले वैकल्पिक उम्मेदवार उठाउने गर्दछन् । यिनै वैकल्पिक उम्मेदवारहरूले आफूलाई पनि भोट नहाल्ने गरेको अधिकारीहरूको भनाइ छ ।

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर र सुदूरपश्चिम विजयी भएका छन् । आजको पहिलो खेलमा जनकपुरले पोखरालाई हराएको थियो । पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । त्यस्तै, आजको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य लिएको काठमाडौं १५.५ ओभरमा ९४ रनमै समेटियो । सुदूरपश्चिम रोयल्सका नरेन साउद काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । १८ वर्षीय नरेनले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका हुन् । देब्रे हाते स्लोआर्म अर्थोडक्स बलर नरेनले ३.५ ओभरमा १९ रन दिएर ५ विकेट लिएका हुन् ।…

Read More

काठमाडौं । सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चका न्यायाधीशले आदेश दिएका छन् । मानव तस्करीको आरोपमा मु्द्दा नचलाउने निर्णय गरेको सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध परेको मुद्दामा यसअघि सर्वोच्चले प्रमाण नपुग्ने भन्दै दरपीठ गरिदिएको थियो । यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएकोविरुद्ध निवेदक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले इजलासमा उजुरी गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ। उनविरुद्ध मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानूनी र विधिको शासनविपरीत रहेको दाबी रिटमा गरिएको छ। अधिकारीलाई उच्च राजनीतिक दबाबका कारण सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय…

Read More

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । शताब्दी पुग्न तीन महिनाअघि आज राणाको निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । स्वास्थ्यमा समस्या भएपछि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका उनको आज दिउँसो उपचारको क्रममा निधन भएको हो । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

Read More

काठमाडौं । रास्वपाका कार्यकर्ताले बुधबार देखाएको हर्कतका कारण रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति लामिछानेलाई बयानका लागि तीनदिन अघि चितवन ल्याइएको थियो । तर हिजो बुधबार बयान लिन लैजाने क्रममा रास्वपाका कार्यकर्ताले प्रहरीमाथि नै ढुंगा प्रहार गरेका थिए । जसमा छ जना प्रहरी घाइते भएका छन् । यसरी दिउँसो पोखरा ल्याउँदा कार्यकर्ताको अवरोध हुन सक्ने भन्दै रविलाई रातारात पोखरा लगिएको हो । बिहान ३ बजे पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । मंगलबार काठमाडौंबाट चितवन लगिएका रविलाई दुई दिनसम्म निरन्तर सरकारी वकिलको…

Read More

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)को फ्रेमवर्कमा सम्झौता गरेको छ । अनुदान मात्रै लिने नेपालको प्रस्तावलाई चीनले अस्वीकार गरेपछि सहुलियतपूर्ण ऋण लिने बाटो खुला राखेर सम्झौता भएको विभिन्न टीकाटिप्पणीहरू चलिरहेका छन् । तर यसबारेमा दुवै पक्षले कुनै जानकारी भने गराएको छैन । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीबीच अनौपचारिक रूपमा दुई दिन भएका शृंखलाबद्ध वार्तापछि सो फ्रेमवर्कमा सहमति जुटेको थियो । जसमा एड फाइनान्सियल मोडालिटी भन्ने शब्द प्रयोग गरिएको छ । जसको अर्थ कसैले सहुलियतपूर्ण ऋण भन्ने मानेका छन् भने कसैले सहायता मात्रै भनेको अर्थ्याएका छन् । फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्रका…

Read More