काठमाडौं । नेकपा माओवादी केन्द्रको संयोजनमा आज बसेको विपक्षी दलको बैठकले छ बुँदे साझा धारणा जारी गरेका छन् । आज दिउँसो नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालयमा बसेको विपक्षी दलको बैठकले यस्तो धारणा तयार पारेका हुन् । जारी वक्तव्यमा आजपाका सहअध्यक्ष तिलक थापा मगर, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् । यस्तो छ साझा धारणा
Author: Kathmandu Khabar
काठमाडौं। संसद् भवन नयाँबानेश्वरमा विपक्षी दलको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पहलमा विपक्षी दलहरुको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी लगायतका दलका प्रतिनिधिहरु सहभागी भएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबाहक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल लगायत उपस्थित छन्। बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पनि निम्ता दिइएको भए पनि उनी भने बैठकमा उपस्थित…
काठमाडौं। प्रतिनिधि सभाको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज बस्ने भएको छ। संसदको हिउँदै अधिवेशन बोलाउन दबाब दिने लगायतका विषयमा छलफल गर्नका लागि शुक्रबार दिउँसो बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बस्न लागेको बैठक दिउँसो २ बजे विपक्षी दल दलको कार्यालय नयाँ बानेश्वरमा बस्न लागेको हो । यसअघि बुधबार छलफलमा जुटेका प्रतिपक्षी दलहरूले सरकारको काम कारबाहीको समीक्षा गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने विषयमा छलफल गरेका थिए। संयुक्त बैठक सकिए लगत्तै दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गरेको छ। जसको संयोजक दिलेन्द्र प्रसाद बडुलाई तोकिएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, अर्थ समिति संयोजकमा प्रकाशशरण महतलाई नियुक्त गरेको छ। बैठकले कृषि समितिमा चन्दा चौधरी र सार्वजनिक लेखा समितिमा संजय गौतमलाई संयोजक नियुक्त गरेको हो।
काठमाडौं। भाटभटेनी सुपरमार्केटले आफ्ना नियमित ग्राहकहरूका लागि उपहार योजना ल्याएको छ। यही माघ ६ गतेदेखि फागुन ९ गतेसम्म लागू हुने उपहार योजना अन्तर्गत भाटभटेनीका नियमित ग्राहकले १३०० देखि २ लाख रुपैयाँसम्मको सामान उपहार स्वरूप लैजान पाउने भएका छन्। हाटबाटै सुपरमार्केटले एक सूचना जारी गर्दै न्यूनतम १३०० देखि अधिकतम २ लाख रुपैयाँसम्मको गिफ्ट भाउचर सदस्यहरूलाई बाँड्ने तयारी रहेको बताएको हो। भाटभटेनीले आफ्ना नियमित ग्राहकको सङ्ख्या १ लाख९ हजार ५२९ जना रहेको जनाएको छ। यी सम्पूर्ण सदस्यलाई यसरी दिइने गिफ्ट भाउचरमा कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ खर्च हुने भाटभटेनीले जनाएको छ। यसरी प्राप्त हुने उपहार देशभरका २७ वटै भाटभटेनी…
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रशासकहरूसँग छलफल गरेका छन्। पछिल्लो समय निजामती क्षेत्रमा सुधारको बारेमा चर्चा चलिरहेका बेला यस क्षेत्रको सुधारको उपाय खोजी गर्नका लागि पूर्व प्रशासकसँग छलफल गरिएको हो । महामन्त्री थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सिमित स्रोत र साधनका बीच पनि सरकार र राज्यका निकायले आफ्नो कामलाई कसरी कुशल ढङ्गले अघि बढाउन सक्छन् भन्ने बारेमा छलफल गरिएको जानकारी दिएका छन् । उनले भनेका छन् : ‘आफ्नो अनुभव अध्ययन र दक्षताका आधारमा उहाँहरुले दिनुभएका व्यावहारिक सुझाव र छलफलका निष्कर्षहरूलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्नेछु।’
काठमाडौं । नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारको कामकाजको बारेमा बुझ्नको लागि बोलाएको छलफल कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको कुरा उठाएका छन् । उनले मन्त्रीमाथि नै मन्त्रालय परिसरमा हातपातको प्रयास गरेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न खडा गरेको छ । ‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरे,’ बैठकमा गृहमन्त्री रमेश लेखकलाई सुनाएका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’ जवाफमा गृहमन्त्री रमेश लेखकले हातपात प्रयास गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
काठमाडौं । नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई सात बुँदे निर्देशन दिएको छ । बिहान देउवा निवास बुढानीलकण्ठमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले मन्त्रीलाई बोलाएर सात बुँदे निर्देशन दिएका थिए । जसमा दुई दिनसम्म पार्टी कार्यालयमा पुगेर पार्टीको गुनासो सुन्नुपर्ने जस्ता बुँदाहरू रहेका छन् । यस्तो छ काँग्रेसले मन्त्रीहरूलाई दिएको सात बुँदे निर्देशनको पूर्णपाठ १) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने । २) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन सक्रियतासहित कार्य गर्ने । ३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने । ४) चालू आर्थिक वर्षको…
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको एक घरमा आल्मोनियमको काम गर्ने एक श्रमिकको ज्यान गएको छ । सो ठाउँमा बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौंको पेप्सिकोला बस्ने २७ वर्षीय रोशन माझीको ज्यान गएको हो । करेन्ट लागेपछि उपचारका लागि करूणा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो । आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको भन्ने बागमती प्रदेशमन्त्रीको भनाइमा काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको छ । बिहीबार महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेले विज्ञप्ति जारी गर्दै मन्त्रीको यो भनाइ अबुझपनायुक्त टिप्पणी भएको भन्दै आपत्ति जनाएको हो । बुधबार काठमाडौँमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले यस्तो गुनासो गरेका थिए । महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ : ‘माघ २ गते बुधबार काठमाडौँमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत…
काठमाडौं । अमेरिकी प्रवासी नेपालीले नागरिकतासम्बन्धी अध्यादेशको व्यवस्थामा ध्यानाकर्षण भएको जनाएको छ । सरकारले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिहरूलाई लक्षित गरी ल्याउन लागेको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ’हामी सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू,माननीय गृहमन्त्रीज्यूलगायत सिंगो नेपाल सरकारको मन्त्रीपरिषदसमक्ष ’गैरआवासीय नेपाली नागरिकता वा परिचयपत्रप्राप्त व्यक्ति र तिनका परिवारलाई नेपालमा बसोबास गर्दा १० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने’ भन्ने कानुन संशोधनको बुँदालाई पुनर्विचार गरी हामीहरुको संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि अनुरोध गर्दछौं ।’ नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मंच अमेरिकाले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालको वर्तमान संविधानले समेत प्रवासमा रहेका नेपालीहरुलाई…
काठमाडौं । १५ महिनाको हिंस्रक युद्धपछि इजरायल र हमासबीच युद्धविराम भएको छ। अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ । इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ । हमासका मुख्य वार्ताकार खलिल अल–ह्याले युद्धको क्रममा गाजामा भएको पीडाका लागि हमासले इजरायललाई माफ गर्न नसक्ने बताएका छन् । “सबै पीडितहरूको तर्फबाट रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुको लागि हामी बिर्सने छैनौँ,” उनले भने ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा भएका मन्त्रीहरूलाई छलफलका लागि बुढानिलकण्ठ बोलाएका छन्। बिहान देउवा निवास बुढा निलकण्ठमा कांग्रेसका तर्फबाट केन्द्रीय सरकारमा सहभागी मन्त्रीहरूलाई कामको समीक्षा गर्नका लागि बोलाइएको हो । गगत असार २८ गते गठन भएको केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीसँग देउबाले पहिलोपटक छलफल गर्न लागेका हुन्। जसमा उनीहरूको कार्यसम्पादन मूल्याङ्कनको विश्लेषण र सरकारमा रहँदाका कठिनाइको बारेमा समेत छलफल हुने महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए। उनका अनुसार पहिले पदाधिकारी सहितको छलफल हुने र त्यसपछि सभापति देउवासँग मात्र छलफल हुने कार्यक्रम तय गरिएको छ।
काठमाडौं। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल प्रमाणको आधारमा दोषी रहेनन् भन्न सक्ने आधार नरहेको उल्लेख गरेको छ। बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश जारी गर्दै ६० लाख रुपैयाँ धरौटी तोक्दै तत्काल प्राप्त प्रमाणले उनी सहकारी ठगी प्रकरणमा दोषी रहेको संकेत गरेको हो। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेलाई तत्काल प्रमाणको आधारमा दोषी होइनन् भन्न सक्ने आधार नदेखिएको उल्लेख गरेको थियो। अधिकारीको इजलासले जारी गरेको आदेश खण्डमा प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट विभिन्न व्यक्तिको नाममा रकम भुक्तानी गरेको देखिएको उल्लेख गरेको छ। छो लगायत विभिन्न प्रमाणको आधारमा प्रतिवादी लामिछाने प्रस्तुत भारदात्मा कसुरदार होइनन् भन्न सक्ने अवस्था…
काठमाडौं । आफूलाई सामाजिक अभियान्ता मान्ने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्रमा कार्यरत प्रहरी अधिकारीलाई दुर्व्यवहार गरेको मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले केही दिन पहिले ड्युटीमा रहेका प्रहरी अधिकारीलाई समेत ‘बर्दी खोलेर नाङ्गै हिँड्नुस्’ भन्दै थर्काएको भन्दै पुस २६ गते पशुपति क्षेत्र विकास कोषले आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने क्रममा पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको थियो। प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि चार अध्यादेश जारी गर्ने बेलामा रोकिएको यो अध्यादेश बुधबार जारी गरेका हुन् । यसअघि अध्ययन गर्न बाँकी रहेको भन्दै रोकिएको अध्यादेश अहिले जारी भएको हो ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार गरेको थुनछेक आदेशमा उनलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसमा आज आदेश आएको हो । यसअघि उनलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
काठमाडौं । सभापति रवि लामिछानेको थुनछेक बहसको फैसला आउनुपूर्व बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले वरिष्ठ अधिवक्तामाथि अदालत परिसरमै हातपात प्रयास गरेका छन् । सहकारी पीडितको तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालतको गेट नजिकै लामिछानेका कार्यकर्ताले हातपात गरेका हुन्। उनीहरू लामिछानेको मुद्दाको फैसला कुरेर अदालतको गेटबाहिर बसेका थिए । जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीमाथि अदालत बाहिर कुरेर बसेका समर्थकहरूले कुटपिट गरेकोले यो योजनाबद्ध रूपमा गरिएको आक्रमण हुन सक्ने पीडित पक्षको आरोप छ । सो मुद्दामा आज थुनछेक आदेश आउँदै छ।
काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइँदैछ। विसं १९९० साल माघ २ गते गएको भूकम्पको स्मरणमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ। यो साल सत्ताईसौँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो। विक्रम सम्वत १९९० साल माघ २ गते भारतको मधुबनी जिल्लालाई केन्द्र बनाएर गएको विनाशकारी भूकम्पले काठमाडौँका करिब ७० प्रतिशत भन्दा बढी घर ध्वस्त भएको थियो। यही भूकम्पका कारण घण्टाघर धरहरा जस्ता ऐतिहासिक धरोहरहरू समेत ध्वस्त भएको थियो । यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको…
भादगाउँ (भक्तपुर) । भक्तपुरको सूर्यमढीमा आज धार्मिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाका विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु जात्रा सूर्यमढीबाट सुरु हुने परम्पराअनुसार जात्रा हुनलागेको हो । सूर्यमढीमा ङालाकेगु जात्रा गर्नुअघि गत पुस २९ गते ‘वापी पाछाकिगु’ जात्रा गरिएको थियो भने मङ्गलबार माघे सङ्क्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो । ङालाकेगु जात्रामा जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी हुने, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच)…
काठमाडौं । असफल सैनिक शासनको अभ्यास गरेका दक्षिण कोरियाका राष्ट्रपति पक्राउ परेका छन्। भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्सल ल प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले जनाएका छन्। दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले घोषणा गरेको सैनिक शासन ६ घण्टा पनि टिक्न नसकेपछि उनी विरुद्ध आफ्नै दलबाट समेत चर्को आलोचना भइरहेको थियो। यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट…
काठमाडौँ । अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेका छन्। यसै क्रममा अन्तर्गत उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरिन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह…
काठमाडौं । साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको छ। माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ । प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् । यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताए । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे…
भादगाउँ (भक्तपुर) । भक्तपुरका नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो । दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो । सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकीर्ति महाविहार (थथुवहि) दूधपाती र…
काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता…
काठमाडौं। थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् । थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा…
काठमाडौं । आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर…
काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन), २०८१’, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै ‘समृद्धिका…
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहस सोमबार पनि नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइएको छ । आज बिहानैदेखि सुरु भएको बहसमा पीडित पक्ष र सरकारी वकिलको तर्फबाट बहस सकिए पनि समय अभावले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । आज बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई पुनः न्यायिक हिरासतमा पठाउने आदेश दिए । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएपछि सभापति लामिछाने आइतबार स्वयं अदालतमा उपस्थित भएका थिए । सुरुमा उनको बयान लिइएको थियो । तर आइतबार नै बहस हुन नसकेपछि सोमबारदेखि मात्रै थुनछेक बहस गरिएको थियो । भोलि माघे संक्रान्ति…