काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय टिमका पूर्व कप्तान एवं लेगस्पिनर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ। जय ट्रफीको दौरानमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेको आधारमा उनलाई कारबाही गरेको हो। सो घटनामा उनले अनुशासन उल्लङ्घन गरेको भन्दै सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एउटा खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको क्यानले जनाएको छ।
Author: Kathmandu Khabar
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कास्की उच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ । लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले दिएको पुनरावेदनमा यस्तो आदेश आएको हो। सोमबार उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदन उपर मङ्गलबार उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण र आधार खुलाउने कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो। कैफियत प्रतिवेदन भनेको थुन्छेक आदेशका क्रममा कुनै आरोपितलाई थुनामा पठाउने धरौटीमा रिया गर्ने वा सामान्य तारेखमा छोड्ने भन्ने आदेशको विस्तृत विवरण हो। यो आदेश जारी भएपछि अबको तीन दिनभित्र आदेशको सक्कल कपी जिल्ला अदालत कास्कीमा पठाइन्छ। उच्च अदालत कास्कीका अनुसार आदेश…
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ। यसअघि फागुन १५ गते गर्ने भनिएको निर्वाचन एक महिनापछि सार्ने निर्णय त्रिविको विद्यार्थी कल्याण परिषद्ले गरेको हो। त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए । यसअघि २०७९ चैत ५ गते स्ववियु…
काठमाडौं । पशुपति क्षेत्रमा रहेको काठमाडौँ महानगरपालिका–८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको ब्रह्मा मन्दिर पुनःनिर्माण हुने भएको छ । उक्त मन्दिर पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ । छैटौँदेखि सातौँ शताब्दीको उक्त मन्दिरको आज विधिपूर्वक पूजा अर्चनासहित शिलान्यास गरिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगत र महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । गत “काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागले निर्माण गर्न लागेको ब्रह्मा मन्दिरको लागत करिब रु एक करोड १४ लाख ६८ हजार दुई सय ६९ रहेको छ,” सम्पदा तथा पर्यटन विभाग प्रमुख एवं कामपा–८…
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि पुनःसञ्चालनमा आएको छ । गत भदौदेखि बन्द रहेको स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको हो। अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ । उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिए । सम्पूर्ण विभाग/वार्ड/शाखा/ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।
काठमाडौँ ।४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधी आप्रवासीलाई आफ्नै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताएका छन्। सोमबार स्थानीय समयअनुसार मध्यान्न १२ बजे भएको शपथ ग्रहणपछि उनले केही महत्वपूर्ण कार्यकारी आदेश जारी गरेका छन्। जसमा उनले अवैध आप्रवासी प्रवेशलाई तुरुन्तै रोकिने घोषणा पनि गरेका छन्। उता आप्रवासी प्रवेश नियन्त्रणका लागि मेक्सिकोको सीमामा राष्ट्रिय संकल्पकाल घोषणा गर्ने कार्यकारी आदेश पनि जारी गर्ने भएका छन्। ‘‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’’ राष्ट्रपतिको शपथपछि आफ्नो पहिलो भाषणमा ट्रम्पले भने, ‘‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु…
काठमाडौं । खानेपानी समस्या समाधान गर्न दबाब दिने उद्देश्यले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ काठमाडौं आएका छन्। रित्तो गाग्री बोकेर उनी दबाब दिनका लागि काठमाडौं आएका हुन् । यसअघि धरानको भानुचोकमा यसैगरी गाग्री बोकेर प्रदर्शन गरेका उनले त्यहाँको दबाबले काम नगरेपछि काठमाडौं आएका हुन् । मेयर साम्पाङले भोलि (मंगलबार) रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ ।
काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्याण्डसँग पनि हारेको छ । आज दिउँसो भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको हो । यसअघि विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो…
काठमाडौं । उच्च सरकारी वकिलको कार्यालय कास्कीले रवि लामिछानेलगायतको मुद्दामा कास्की जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएको छ । सोमबार उच्च अदालत कास्कीमा पुनरावेदन उजुरी दर्ता गरिएको हो । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने उच्च सरकारी वकिलको कार्यालयको माग छ । निवेदनमा जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको छ। ८४ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीले पुस २५ गते ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
काठमाडौं। सरकारले यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष प्रस्ताव गर्ने निर्णय गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । अझ अधिवेशन बोलाउने बेलामा नै सरकारले विभिन्न खाले अध्यादेश ल्याएपछि झनै आलोचना र विरोध भएको छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौं । नेपालका सपन बस्नेत अस्ट्रेलियाली राष्ट्रिय फुटबल टिमको रेफ्री बनेका छन्। अस्ट्रेलियन फुटबल संघद्वारा सिडनीमा आयोजित न्यू साउथ वेल्स रेफ्री सेमिनारमा नेपालका रेफ्री सपन बस्नेतले उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् । आइतबार सम्पन्न सैद्धान्तिक र नेसनल फिटनेस टेस्टमा समेत सफल भएका छन्। आज एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियन रेफ्री हेड तथा फरमर प्रिमियर लिग रेफ्री जोन मोसले रेफ्री बस्नेतलाई प्रमाणपत्र वितरण गरे । अब निज बस्नेतले एनपीएल १, अस्ट्रेलियन कप र लिग १ समेत खेलाउन योग्य रहेको बताइएको छ । सन् २०१९ मा एन्फाले सन्चालन गरेको रेफ्री कोर्षमा उत्तीर्ण गरी रेफ्री गर्दै आएका बस्नेतले…
काठमाडौं। यू-१९ महिला विश्वकप अन्तर्गत आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको युके एम क्रिकेट ओबलमा नेपाली समयअनुसार दिउँसो १२:१५ बजे खेल हुने बताइएको छ । पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको नेपाली टिम दोस्रो खेलमा आज स्कटल्यान्डसँग भिड्न लागेको हो। पहिलो खेलमा बङ्गलादेशसँग नराम्रो नतिजा निकालेको नेपाली टिमले यो खेलमा ब्याटिङलाई सुधार गर्ने तयारी गरेको छ। बङ्गलादेशसँगको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर जम्मा ५२ रन बनाएको नेपालले आजको खेलमा भने त्यो कमजोरी सुधार गर्नुपर्ने देखिन्छ ।
काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्प आज ह्वाइट हाउस प्रवेश गर्दैछन्। सोमबार १२ बजे हुने उनको शपथ ग्रहणका लागि अमेरिकामा भव्य तयारी गरिएको छ। त्यसभन्दा अघि उनी सेन्ट जोन्स चर्चमा बिहानको प्रार्थनामा सहभागी हुनेछन्। राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजना हुने भव्य समारोहका बीच वर्तमान राष्ट्रपति जो बाइडनले उनलाई सत्ता हस्तान्तरण गर्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। शपथ ग्रहण पछि पदभार ग्रहण गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न नियुक्ति र आदेश जारी गर्ने बताइएको छ। राष्ट्रपति निर्वाचित भएपछिको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शपथ ग्रहणको पहिलो दिन नै रेकर्ड तोड्ने गरी कार्यकारी आदेश जारी गर्ने बताएका थिए। उनको…
काठमाडौँ । पहिलोपटक आयोजना गरिएको खोखो विश्वकपमा ऐतिहासिक रेकर्ड कायम गर्दै फाइनल प्रवेश गरेको नेपाली टोली उपाधि चुम्नबाट भन्ने रोकिएको छ। महिला र पुरुष दुवै टिम एकैपटक फाइनलमा प्रवेश गरेको नेपाली टिमले आइतबार फाइनल खेल भारतसँग खेलेको थियो । तर दुवै खेलमा नेपालले उपविजेता बनेर फर्किनु परेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि हिजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो । पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७…
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भर्त्र्सना गरेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गरे ।
काठमाडौं । प्यालेस्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८:३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११:१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ । ‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको…
रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । आइतबार अपराह्न बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । संगठित रुपमा ठगीको कसुरको यो मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले…
काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित यति फुटबल क्लबले वार्षिकरूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ को तयारी पूरा भएको छ । १४ औं संस्करणको यो प्रतियोगिता आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ । विजेता टोलीले १२ हजार डलर पाउने यो संस्करणमा कुल ४० टोली सहभागी हुने बताइएको छ । खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिका उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र नेपाली फुटबललाई प्रवर्द्धन गर्दै खेलकुदको माध्यमबाट समुदायलाई एकजुट बनाउने उद्देश्यले आयोजना गरिने यस प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, तास्मानिया, र एडिलेडका क्लबहरू…
काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले शनिबार मध्यरातमा लेखेको एउटा स्टाटसले उनका समर्थकहरूमा निराशा बढाएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा आफ्नो खेल जीवनबाट सन्यास लिन लागेको संकेतले उनका समर्थकहरूमा निराशा बढेको हो। अङ्ग्रेजी भाषामा लेखेको उनको स्टाटसमा भनिएको छ : ‘धन्यवाद ! सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।’ उनको यो स्टाटस सन्यास लिनको लागि हो या एटेन्सन पाउनको लागि हो भन्ने यकिन भइसकेको…
काठमाडौं । नक्साल चारढुङ्गामा मूर्ति भेटिएपछि रोकिएको सडक निर्माण पुन: सुरु भएको छ । कामपा वडा नं. १ नक्साल क्षेत्रमा पर्ने परम्परागत पैदल बाटो निर्माण गर्ने क्रममा भैरव मूर्ति देखिएपछि सो निर्माण कार्य रोकिएको थियो । मूर्ति भेटिएको ठाउँमा मन्दिर बनाई क्षमापूजासहित शनिबार पुन: काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ । शनिबार प्रतिनिधिसभाका सोही क्षेत्रका सांसद गगन कुमार थापाले शिलान्यास (ढुंगा बिछ्याउने कार्य ) गरेका हुन् । नक्शाल भगवती बहालमा आयोजित कार्यक्रममा सरोकारवाला, घरधनी, टोलवासीहरू उपत्यका विकास प्रधिकरणका प्रमुखसहित जनप्रतिनिधिहरुको निर्णयअनुसार कार्य भइरहेको जनाएका छन् । उक्त बाटोमा ढुङ्गा छपाए पनि निर्माण सकिएपछि सबै प्रकारका सवारी आवत जावत हुने…
काठमाडौं । नेपाली खेल क्षेत्रमा ओझेलमा परिरहेको खोखो खेललाई पहिलो विश्वकपमा खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले एकाएक चर्चामा ल्याएको छ। सेमिफाइनलमा प्रवेश गरेपछि बिस्तारै चर्चा सुरु भएको यो खेलमा नेपालले आज ऐतिहासिक रेकर्ड राख्ने प्रयास गरिरहेको छ। महिला र पुरुषतर्फको दुवै टोली एकैपटक पहिलो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा उपाधिका लागि नेपालले भारतसँग आज फाइनल खेल खेल्दैछ। आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल…
काठमाडौँ । आजबाट मलेसियामा सुरु भएको यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु भएको खेलमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओबलमा ब्याटिङमा उत्रिएको बङ्गलादेशले १३ दशमलव २ ओभरको खेलमा पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य हासिल गरेको हो। नेपालले १८ दशमलव २ ओभरमा अल आउट हुँदै जम्मा ५२ रन जोड्न सकेको थियो। आजको खेलमा नेपालको तर्फबाट साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। कप्तान पूजा महतो दुई रनमै पेबिलियन फर्किइन्। खेलमा अर्की खेलाडी सिमाना केसीले १० रन जोडिन्। बंगलादेशको जितमा सुमैया…
काठमाडौँ । आजबाट सुरु भएको यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओबलमा नेपाली समयअनुसार दिउँसो सवा १२ देखि सुरु भएको खेलमा नेपाल बंगलादेशसँग ५२ रनमा नै अलआउट भएको हो । १८.२ ओभरमै अल आउट भएका नेपाली खेलाडीमध्ये दुई जना सफल भए । आजको खेलमा नेपालको तर्फबाट साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। कप्तान पूजा महतो दुई रनमै पेबिलियन फर्किइन्। खेलमा अर्की खेलाडी सिमाना केसीले १० रन जोडिन्। प्रतियोगिताको पहिलो दिन शनिबार छवटा खेल हुँदैछ। जसमा नेपालले बङ्गलादेशसँग आफ्नो पहिलो खेल खेलेको हो।
काठमाडौं। नेपाली राजदूतावास जर्मनीले एक सूचना जारी गर्दै माल्टा क्रुएसिया जस्ता देश लैजाने भन्दै नेपालबाट मानव तस्करी हुने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै दूतावासले रोमानिया, क्रोएसिया, माल्टाजस्ता देशहरू लैजाने भन्दै रकम असुल गरी पोल्यान्ड, गुल्गेरिया जस्ता देशमा श्रमिक ओसारपसार गर्ने गरेको भेटिएकाले सचेत रहन आग्रह गरेको हो। नेपालमै फेसबुक इन् लगायतका विभिन्न सामाजिक सञ्जाल मार्फत आर्थिक प्रलोभन देखाएर यस्ता देशहरूमा लैजाने गरिएको दुतावासको सूचनामा उल्लेख छ।
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित काठमाडौँ महानगरपालिका–७ र ८ को सिमानामा रहेको लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले आज पूजा गरी लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गरेका हुन्। ढोका जीर्ण भएकाले पुनःनिर्माण गर्न लागिएको उनले बताए । विसं २०८२ मङ्सिर २३ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सिफल ढोका रु ४४ लाख ३८ हजार दुई सय १८ लागतमा ढोका पुनःनिर्माण थालिएको पर्यटन समिति संयोजक सङ्गतले जानकारी दिए । लिच्छविकालमा निर्माण भएको ढोकाको २०४९ सालमा पुनःनिर्माण गरिएको थियो । यसैगरी २०५२ सालमा उत्तरपट्टिको…
काठमाडौं । धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निष्कासनको लागि अनुमति दिएको छ। लामो समयदेखि रोकिँदै आएको साधारण सेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया सुरु भएको हो । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि…
काठमाडौँ । पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीमा पुन: भित्र्याउनुपर्ने माग राख्ने राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका सभापति राजेश तिम्सिनामाथि पार्टीले कारबाही गरेको छ। पार्टीको अनुशासन समितिले पठाएको निलम्बनसम्बन्धी पत्र शुक्रबार मात्र आफूले प्राप्त गरेको तिम्सिनाले बताएका छन्। केही समय अगाडि उनले पार्टी कार्यवाहक सभापति डिपी अर्याललाई संस्थापक महामन्त्री ढकाललाई पार्टीमा फिर्ता गराउन माग गर्दै पत्र लेखेका थिए। सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले निलम्बन गरेको हो। गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए । पार्टी केन्द्रीय अनुसन्धान…
काठमाडौं। आजदेखि आइसिसी यु-१९ विश्वकप २०२५ को दोस्रो संस्करण सुरु हुँदैछ। मलेसियाको बाङ्गी स्थित युकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सभा १२ बजेदेखि खेल सुरु हुन लागेको हो। प्रतियोगिताको पहिलो दिन शनिबार छवटा खेल हुँदैछ। जसमा नेपालले बङ्गलादेशसँग आफ्नो पहिलो खेल खेल्न लागेको छ। यसअघि नेपालले बङ्गलादेशसँग गत डिसेम्बरमा भएको यु १९ एसिया कपमा खेल खेलिसकेको छ भने त्यतिबेला नेपाल बङ्गलादेशसँग पराजित भएको थियो। विश्वकप अन्तर्गत नेपाल र बङ्गलादेश बाहेक इङ्ल्यान्ड र आयरल्यान्ड अस्ट्रेलिया र स्कटल्यान्ड, सामु आ र नाइजेरिया पाकिस्तान र अमेरिका र दक्षिण अफ्रिका र न्युजिल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। मलेसियाली सञ्चार माध्यमहरूका अनुसार आजको वातावरण भन्ने बाङ्गी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । पूर्व महामन्त्री ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन तिम्सिनाले माग गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका उनलाई पार्टीले निलम्बन गरेको हो । सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले निलम्बन गरेको हो। गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए । पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का…
काठमाडौं । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्छन् । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उनले आग्रह गरे । प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत…