Author: Kathmandu Khabar

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा नहुने सम्भावना बढ्दै गएको छ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकमा नै पुस १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने टुंगो लागेको महासमिति बैठक सार्नुपर्ने धारण राखेका थिए । कांग्रेसले यसअघि मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, पछि समय अभाव भन्दै मंसिर २९ देखि २ पुस सम्मको मिति तय गरेको कांग्रेसले कार्तिक १७ मा जाजरको केन्द्र भएर गएको भूकम्पलाई देखाउँदै बैठक पछि धकेलेको थियो । सभापति देउवाले अब फागुनमा महासमिति बैठक सार्ने तयारी गरेको कांग्रेस निकट स्रोतले जनाएको…

Read More

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दहालको बारे बेलाबेलमा बिभिन्न टिप्पणी हुने गरेको छ । प्रधानमन्त्री प्रचण्डले स्वकीय सचिव तथा सल्लाहकारको रूपमा छोरीलाइ राख्नसँग पैसा उठाउने काम जोडिएर बेलाबेलामा समाचार पनि प्रकाशित भएका छन् । यसैबीच संसदमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको नामबाट लेखिएको एउटा ट्विट भाइरल भएको छ । भाइरल ट्विटमा लेखिएको छ, गंगा दहालले कुन कुन व्यपारीसँग कति कति रकम बुझेकी छिन् त्यो प्रमाण मसँग सुरक्षित छ । स्क्रिन सटमा भाइरल भएको ट्विटलाइ विश्लेषक मुमाराम खनालले सेयर गर्दै लेखेका छन्,  सांसद अमरेशकुमार सिंहको कुरा सतप्रतिसत सत्य हो। प्रचण्डका ल्याप्चे छोरीहरू पैसा उठाउनवाहेक अरु कुनै पनि काम गर्न सक्ने…

Read More

एमालेबाट बिजयी भएका एक जना जनप्रतिनिधि परस्त्रीसँग शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन् । नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ । उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक ९डिएसपी० नवराज मल्लले बताए । उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ । ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन् । एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को…

Read More

काठमाडौं । बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन महाद्वीप बाल्न र शतबीज छर्न पशुपतिमा बसेका छन्। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आज रातिदेखि हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण व्‍यवस्था मिलाएको बताएको छ । । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आज रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था समेत कोषले मिलाएको  छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइएको छ ।  चिसो नहोस् भनेर पालको व्‍यवस्था गरिएको छ ।…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सुशासनका लागि जन्मिएको काँग्रेस अहिले काण्डैकाण्डमा फस्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस सरकारमा भएको बेलामा नै यस्ता काण्डहरू आउन थालेको भन्दै दु:ख व्यक्त गरेका हुन् । ‘कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ। शासन हामीले गरिरहेका छौँ। सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन्। यति धेरै…

Read More

काठमाडौं । आइतबार काठमाडौंमा यो वर्षको अहिलेसम्मकै सबैभन्दा जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ । पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने र दिउँसो घाम लाग्नेछ । यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम…

Read More

काठमाडौं । भारतको नयाँ दिल्लीमा रहेको लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयमा एक नेपाली विद्यार्थीले स्वर्णपदक पाएका छन् । भारतको नयाँ दिल्लीमा राष्ट्रपति द्रौपदी मुर्मीले उद्घाटन गरेको दीक्षान्त समारोहमा पर्वतका रामचन्द्र रेग्मीले स्वर्णपदक पाएका हुन् । उनले स्ननातक तहमा सर्वाधिक अंक ल्याएर प्रथम भएका थिए । भारतको दिल्लीमा बसेर पाणिनीय व्याकरण शास्त्रमा पूर्व मध्यमा (नौ र दश), उत्तरमध्यमा (११ र १२) पास गरेर दिल्लीस्थित श्रीलालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट शास्त्री (स्नातकोत्त)मा सर्वाधिक अंक प्राप्त गरेका हुन् । रेग्मीले २०१८ मा भारतका पूर्व राष्ट्रपति श्रीरामनाथ कोविन्दको हातबाट पनि गोल्ड पदक प्राप्त गरेका थिए ।

Read More

लुँती अजिमाको जात्रामा काठमाडौको माथिल्लोमा पर्ने ज्याठा, त्यौड, ठहिटी, क्षेत्रपाटी, पकनाजोल, ढल्को आदि क्षेत्रका बासिन्दाको मुख्य सहभागिता रहने गर्छ । चान्द्रमास अनुसार प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशी, चतुर्दशी र आमावस्याको दिन यो जात्रा मनाउने गरिन्छ । यसमा गुठीयारहरू मिलेर राँगो र बोकाको बली चढाएर शक्तिको पूजा गर्ने गर्छन् । यो जात्रामा शक्ति प्राप्त गर्न पशुबली दिने चलन छ । लुँती अजिमामा पूजा र जात्रा गरी ढल्कोको माथिल्लो भागका बासिन्दाको पञ्चयज्ञ सम्पन्न हुन्छ । यहाँ होम गर्नुभन्दा पहिले पितृहरूको पूजा हुन्छ । जसलाई पितृ यज्ञ भनिन्छ । इन्द्रायणीमा पूजा र जात्रा गर्नको लागि सबभन्दा पहिले द्योःछेंमा राखिएको मूतिलाई खटमा राखेर बाजागाजाको…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आइतबार राति हुने सद्बीज रोप्ने कार्यक्रमका लागि सद्वीजारोपण मार्ग तोकेको छ । आइतबार महाद्वीप बाल्ने र सोमबार सद्वीज छर्ने कार्यक्रम रहेको छ । कोषले बालाचतुर्दशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ । कोषले पर्व,…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा पर्ने पुलहारी गुम्बाले सरकारी जग्गा हडपेको आरोप लागेको छ । यस सम्बन्धमा अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई पत्र काटेपछि यसबारेमा खुलासा भएको हो । पुलहारी गुम्बा बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपनको जगडोलमा रहेको छ । अख्तियारमा परेको उजुरीअनुसार सो गुम्बाले ४० रोपनी सरकारी जग्गा हडपेको आरोप लागेको छ । अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई लेखेको पत्रमा सो गुम्बाले हालसाबिक गर्दा ४० राेपनी सरकारी जमिन हडपेको विषयमा उजुरी परेकोले सो गुम्बाको नाममा रहेको जमिन यकिन गर्न भनेकाे छ । अख्तियारले गत कार्तिक १५ गते काटेको पत्र अनुसार बुढानीलकण्ठ नगरपालिकालाई रायप्रतिक्रिया प्रकट गर्न भनेको छ । अख्तियारको पत्र आएपछि नगरपालिकाले नगरपालिकाको…

Read More

काठमाडौं : बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ। पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बनाउँछन्।  श्रद्धालु त्रयोदशीका साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीच छर्ने गर्छन्। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि स्थानमा शतबीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ। यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइन्छ। देशका विभिन्न भागबाट आएका श्रद्धालुले ‍दीप कुर्ने क्रममा राति भजनकीर्तन गरेर चुड्का गाएर रात बिताउँछन्। अचेल आफ्नो नजिक रहेका शिवालयमा पनि शतबीज छर्ने चलन छ। पशुपति क्षेत्र…

Read More

पद्म शमशेर जङ्गबहादुर राणा नेपालको राणा शासनका १५औं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। म राष्ट्रको नोकर हुूँ भनी उद्घोषण गर्ने पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए । वि।स। २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियम अनुसार सिंहदरबार सर्नुपथ्र्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा जुद्ध शमशेरले आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई जुद्ध शमशेरआफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। पद्मशमशेर श्री ३ महाराज…

Read More

काठमाडौं, २३ मंसिर । नेकपा ९एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई नेकपा एमालेको याद असाध्यै आउने गरेको बताएका छन् । शनिबार राति एक टेलिभिजनमा बोल्दै उनले सो कुरा बताएका हुन् । धमलाले आफूले कहिलेकाहीँ मध्यरातमा ब्युँझदासमेत एमालेलाई सम्झने गरेको बताएका हुन् । एमाले फुटाइनु दुर्भाग्य भएको उनको भनाई छ । उनले भऩ, असाध्यै याद आउँछ, कहिलेकाहीँ मध्यरातमा ब्युँझन्छु र एमाले सम्झन्छु । मैले रगत र पसिना बगाएको पार्टी हो, त्यसकारण म एमाले कहिल्यै बिर्सन सक्दिँन । नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेले जुन भूमिका निभायो, त्यो मैलेमात्रै नबिर्सने होईन, यो देशले नै बिर्सन सक्दैन । तर, त्यही पार्टीलाई फुटाइयो, सबैभन्दा दुर्भाग्य…

Read More

काठमाडौं। एक अमेरिकी सिनेटरले चीनबाट लसुन आयातको राष्ट्रिय सुरक्षामा पर्ने असरबारे सरकारी छानबिनको माग गरेका छन्। रिपब्लिकन सिनेटर रिक स्कटले चिनियाँ लसुन असुरक्षित भएको दाबी गर्दै वाणिज्य सचिवलाई पत्र लेखेका छन्। उनले अस्वच्छ उत्पादन विधिहरूका बारेमा पनि उल्लेख गरेका छन्। चीन विश्‍वको ताजा र चिसो लसुनको सबैभन्दा ठूलो निर्यातकर्ता हो र अमेरिका प्रमुख उपभोक्ता हो। तर यो व्यापार वर्षौंदेखि विवादमा रहेको छ। अमेरिकाले चीनले सस्तो मूल्यमा बजारमा लसुन ‘डम्पिङ’ गरेको आरोप लगाएको छ। अमेरिकाले सन् १९९० को दशकको मध्यदेखि अमेरिकी उत्पादकहरूलाई बजारबाट बाहिरिन नपरोस् भनेर चिनियाँ आयातमा भारी शुल्क वा कर लगाएको छ। सन् २०१९ मा ट्रम्प प्रशासनको समयमा यी शुल्कहरू…

Read More

सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ । यातायात व्यवस्था विभागका अनुसार पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ । अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य  हुने छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो…

Read More

एरियल भ्यूबाट काठमाडौँलाइ नियाल्ने हो भने, प्रकृतिप्रेमीका लागि जताततै आँसु आउने दृष्य देखापर्छ । यद्यपि यही दृष्यलाइ तथाकथित विकास भनेर व्याख्या गर्ने ठूलै जमात काठमाडौँमा बस्छ । प्लेनबाट वा ड्रोनबाट हेर्ने हो भने  उपत्यकाका डाँडाहरू पुरै तासिएका छन्, भासिएका छन्, नासिएका छन् । डाँडाहरू तासेर, खोलाहरू मासेर, रूखहरू काटेर जताततै  प्लटिङ भएको दृष्यलाइ नेपालको सरकार तथा राजनीतिक दलहरूले विकास भन्न थालेको वर्षौँ भैसक्यो । फलतः जग्गा, जग्गाको भाउ र मतदाताका रूपमा मात्र जमिनको नाता रूपान्तरित भयो । माटोमा माया, प्रकृतिको माया, स्थानीयपनको सुगन्ध, सांस्कृतिक सौन्दर्यताहरू यही तासिनु, मासिनु र नासिनुको चपेटमा सर्वनाश भैसकेको छ । काठमाडौं उपत्यकाको डाँडा क्षेत्र नै…

Read More

कांग्रेस महामन्त्री गगन थापाको चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ४ मा महासमिति सदस्यहरूको टुंगो लागेको छ । निर्वाचन पद्धतिबाट चयन भएका महासमिति सदस्यहरुको नामावाली यसप्रकार रहेको छ: राजु परियार, कल्पना मल्ल ठकुरी, राजु थापा, भोला लामिछाने, नर्बदा पोखरेल, श्यामकृष्ण संगत, सत्यमान लामा, विनोद चालिसे, रमिला गर्तौला र  श्रीराम लामिछाने  । यसअघि विजेताहरूसँगै दिव्यमणि राजभण्डारी, अरूण सिंह बस्नेत, रिता बुढाथोकी, ध्रुवप्रसाद पौडेल , अच्युतप्रसाद पौडेल,  मिना पराजुली,  बिनोदबाबु प्रधान तथा सुशील नाहटाले महासमिति सदस्य बन्नका लागि उम्मेदवारी दर्ता गरेका थिए । कुल २७८ मत खसेकोमा सर्बाधिक धेरै मत नर्बदा पोखरेलले १८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

Read More

ढोरपाटन । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन् । एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताए । उनले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए पनि सहयोग पुग्ने बताए । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा महासङ्घका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कतिपय विषय पनि शुक्रबारको मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले मुलुकको निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा…

Read More

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचतुर्दशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका…

Read More

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बैंकलाई मिटरब्याजीको संज्ञा दिँदै यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार कोइरालाले आर्थिक संकटमा पर्दा बैंकहरू मात्रै फाइदामा पुगेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ कार्यक्रममा उनले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’ सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले…

Read More

रोशन श्रेष्ठ थिमिको उकालो – यो उकालो पहिले जति ठाडो थियो, अहिले छैन । तैपनि उपत्यकाभित्रको अति ठाडो उकालोमध्ये यो उकालो अझै प्रख्यात छ । प्राविधिक भाषामा भनिने ग्रेडियन्ट हेर्दा यो उकालोको पुरातन स्वरुप जति माथि चढ्यो उति बढी ग्रेडियन्ट हुँदै जाने किसिमको थियो । यसको टुप्पानिर करिब ६० डिग्रीको ग्रेडियन्ट थियो । यो उकालोले करिब ८० मिटर दुरी पार नगर्दै झन्डै १८०-२०० फिट उकालो सकिएको हुन्छ । त्यसले गर्दा जस्तै मै हुँ भन्ने मानिस पनि स्वाभाविक गतिले उकालो चढी टुप्पामा पुग्दा स्वाँ-स्वाँ गरिरहेकै हुन्छन् । यो उकालो पहिला ढुंगाले छापेको सिंढीहरूको लहर थियो, भर्‍याङ्ग चढेजस्तै खुट्किलो खुट्किलो गरी चढ्नु…

Read More

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले उत्कृष्ट करदातालाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले उद्घाटन गरेका थिए भने काठमाडौं क्षेत्र नं २ की सांसद सोविता गौतम लगायतको सहभागिता थियो । कार्यक्रममा छिमेकी पालिका गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको पनि उपस्थिति थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको थियो । १० औं नगर स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम २०८०,नगर प्रमुख उपेन्द्र कार्कीका साथै विभिन्न राजनीतिक दलका पदाधिकारी तथा प्रतिनिधि लगायतले आफ्नो धारणा…

Read More

तत्कालीन समय रोपवे सञ्चालन हुँदा सामग्री ओसारपसारका लागि तीन दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो भनिन्छ । २०५४ सालमा बन्द नहुञ्जोल रोपवेले प्रतिकेजी ३४ पैसामा सामान ढुवानी गर्दै आएको थियो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवामा ९ सय जना रोजगार थिए, तत्कालीन समयमा प्राविधिक समस्या (ट्रान्सफर जलेको) उत्पन्न भएपछि उक्त समस्या हल गर्न ४ लाख खर्च गरिएको भए रोपवे सञ्चालन गर्न सकिन्थ्यो भन्ने जानकारहरूको तर्क रहेको छ । वैकल्पिक मार्ग नखुलेको भए सरकारलाई मालसामान ढुवानीको विकल्प नहुने र रोपवे सञ्चालन गर्नै पर्ने कर लाग्थ्यो फेरि सरकारले वैकल्पीक उपाय पाएपछि रोपवे संचालन हुन सकेन् । अन्ततः २०५४ साल बैशाखदेखि…

Read More

अघि किरात देशमा एकजना राजा थिए । तिनको नाम थियो — तसेथिंग । एक दिन बेलुकीपख तिनी आफ्नो दरबारको बगैंचामा यसै टहलिरहेका थिए । केही बेरपछि एक्कासि एक अनौठो तर मनोहर लय भएको गाना सुनियो । राजाको ध्यान त्यसप्रति आकर्षित भयो । गीत वास्तवमा निकै सुरिलो र मनमोहक थियो तर गाउने जीव को थियो, कस्तो थियो रु त्यसको कुनै पत्तो थिएन । केवल गानामात्र नजिकै कतैबाट सूर्यास्तको शीतल र मन्द–मन्द हावासँग तरङ्गि एर वातावरणमा गुन्जिरहेको थियो । यसो त गीतको माधुर्य नै साह्रै आकर्षक थियो, त्यसमाथि गाउने प्राणी अदृश्य र अपरिचित हुन गएकाले अरू कुतूहल पनि जाग्रत हुनु स्वाभाविक थियो…

Read More

प्रकृति र मानिस एक-अर्काका परिपूरक हुन् । यी दुवैबीचको अन्तरसम्बन्ध जीवन्त राख्न इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर ब्यारेक परिसरभित्र  चराचुरुङ्गी संरक्षणका साथै पक्षी वास बगैँचा निर्माण गरिएको छ। मौसम परिवर्तनसँगै ठाउँ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चरा ब्यारेक परिसरमा पाइने गरेका छन् भने विभिन्न प्रजातिका बकुल्लाले दुई छिमलमा बच्चा कोरलेर हुर्काइ लग्नेसमेत गरेका छन्। चराचुरुङ्गी साथै विभिन्न प्रजातिका बोटबिरुवा संरक्षणका साथै विविध प्रजातिका फुल संरक्षणमा पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएचडी) को महत्वपूर्ण भूमिका रहेको छ। प्रकृतिमा रहेको सम्पूर्ण प्राणी समान तवरमा बाँच्न पाउनु पर्छ भनेर चराचुरुङ्गीको संरक्षण गरिएको र उनीहरुको बाँच्ने आधारका निमित्त फलफूलका बिरुवासमेत ब्यारेक परिसरमा रोपिएका छन्। ब्यारेक परिसर चराहरुको वासस्थान भए पनि सेनाका जवानहरुलाई तनावमुक्त बनाउन पक्षी बगैँचा निर्माण…

Read More

काठमाडौँ – राप्ती र नारायणी नदीको किनार । दुई किनार भएर बग्ने दुई नदी मिसिएर बनेको दोभान । त्यही दोभानमा एकाबिहानै र साँझपख सूर्यको मनमोहक दृश्य देखिन्छ । त्यो दृश्य हेर्न चितवन पुगेका हरेक पर्यटक मोहित भएर गोलाघाट पुग्छन् । गोलाघाट अर्थात मेघौलीको अर्को नाम । जुन भरतपुर महानगरपालिका वडा नं। २८ मा अवस्थित छ । जो टाइगर टप्स होटलका कारण सबैभन्दा धेरै चर्चित बन्यो । वर्षौ पहिले खुलेर १२ वर्षअघिदेखि टाइगर टप्स होटल बन्द भएपछि मेघौली सुनसान बन्यो । अनि राप्ती र नारायणी नदीको संगमस्थल अर्थात दोभानका कारण गोलाघाट चर्चित हुँदै गयो । टाइगर टप्स होटलका कारण चर्चित बनेको मेघौलीमा पर्यटक आउन छाडेका छैनन्…

Read More

काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो । एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे । ‘रगतको जाँच गर्दा क्यान्सर होकि भन्ने शंका लाग्यो, त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटर भन्दापनि सानो क्यान्सर…

Read More

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय समिति सदस्य प्रज्वल खड्काले पनि राजीनामा दिएका छन् । उनले विशेष कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । राजीनामामा खड्काले विशेष कामका कारण आजको दिनदेखि राष्ट्रिय युवासंघको कुनै पनि कमिटी तथा पदमा रहन नसक्ने जानकारी गराएका छन् । लेखेका छन्, ‘पार्टी र संगठनलाई देश र जनताको हितमा राख्न र विभिन्न चरणका तीन वटै तहका निर्वाचनमा पार्टीलाई जिताउन आफ्नो तर्फबाट सकेसम्मको सहयोग गरेको सर्वविदितै छ । विगतमा संघलाई सहजता तथा असहजता भएको समयमा आफ्नो ज्यानलाई बलिदानी दिनसमेत तयार रहँदै नेतृत्वको निर्देशनलाई शतप्रतिशत पालना गरि संगठनको हित नै आफ्नो हित हो भनि नियमित काममा…

Read More

काठमाडौं ।  प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा उक्त गाडीको गेयर बक्स एरियामा सुन जस्तो देखिने पहेलो रङ्गको धातुको विस्कुट आकारको दुई थान ढिक्का (दुई किलोग्राम) बरामद गरेको थियो।  सुनसहित रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

Read More