काठमाडौं प्राचीन नेपाल मण्डल अर्थात् नेपाल कहलिएको काठमाडौँ उपत्यका तथा यसका वरिपरिका कीर्तिपुर नगरपालिकाका आदिवासीहरू वा नेवारहरूले अपनाउँदै आएको सामाजिक संस्कृतिक तथा छुट्टै दर्शनले नेवार जनजीवनमा ठूलो भूमिका खेल्दै आइरहेको पाइन्छ । विविध संस्कारहरू मध्ये नेवार छोरीहरूमा गरिने ‘इहि’ (बेल विवाह) गर्ने संस्कार पनि एक हो । बालिकाको बालापनबाट नयाँ अवस्थामा प्रवेश गर्ने अर्थात् बयस्कमा प्रवेश गर्ने अवस्थामा गरिने ‘इहि’ संस्कार ठूली भई भन्ने अर्थमा गरिने सस्कार हो । ‘ इहि’को शाब्दिक अर्थ विवाह हो । ‘इहि’ समारोहलाई नेवारहरूले उच्च महत्वका साथ हेर्ने गर्छन् । यो घरेलु संस्कार मध्ये सबैभन्दा पवित्र र उच्च धार्मिक महत्व प्रदर्शन गर्ने घटनाक्रमका रूपमा रहेको…
Author: Kathmandu Khabar
श्री ३ जंगबहादुरले १९१० सालको मुलुकी ऐन जारी गर्दा यसरी राजपरिवारको मोहर छाप लगाई राजीनामा लिएका थिए । श्री ५ राजेन्द्र सत्ताच्युत भइसकेकाले उनको छाप लालमोहरको नभई पहेँलो रंगको केशरी मोहर थियो । तर कतिपयले सत्ताच्युत भएको नभई उनले राजपाट त्यागी योगी भएकाले उनलाई स्वामी महाराज भनिएको पनि भन्ने गरेका छन् । योगी (जोगी) हरूले रातो रङ प्रयोग नगर्ने भएकोले उनको लालमोहरमा पनि पहेँलो प्रयोग गरेको मान्ने गरिएको छ । रातो छापलाई “लालमोहर” भनेजस्तै पहेँलो रङको भएकोले त्यसलाई “केसरी मोहर” भनिएको हो हजुर । धेरै नेपाली इतिहासकारहरुले जंगबहादुर राणाको हुकुमी शासनको आलोचना गर्नका लागि उनीहरुले केही शब्द खर्चेका छन्। जसमा…
काठमाडौँ- निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा लागेको छ। यसकै तयारीस्वरुप आइतबार उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्कासँग आयोगले छलफल गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्री खड्कासँग छलफल गरेका हुन्। खड्कासँग थपलियाले उपनिर्वाचन गर्नुपर्ने हालका रिक्त स्थानबारे जानकारी गराए। आयोले उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारीसहित सरकारलाई प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त थपिलयाले प्रतिनिधिसभामा रिक्त इलाम क्षेत्र नम्बर-२ सहित २५ पदमा उपनिर्वाचनको तयारी सुरु भएको बताए। ‘सबै हिसाबले अनुकूल हुने भनेर आयोगले वैशाखभित्रै उपनिर्वाचन गर्नुपर्छ। सरकारको मानसिकता कस्तो छ तयारी अवस्थामा सरकार छ कि छैन भनेर आज उपप्रधानमन्त्रसँग कुराकानी भयो, ‘ उनले भने, ‘सरकार पनि रिक्त पद पूर्ति भइहाल्नुपर्छ भन्ने…
कैलालीको घोडाघोडी र नकरोड तालमा जलपन्छी बढे पनि यसवर्ष सुदूरपश्चिमको तराई क्षेत्रमा रहेको प्रायः तालतलैयामा जलपन्छीको सङ्ख्या घटेको छ । पछिल्लो पटक गरिएको वार्षिक गणनाको क्रममा घोडाघोडी र नकरोड तालबाहेक अरुतिर जलपन्छी घटेको पाइएको हो । नेपालको पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रसमेत रहेको घोडाघोडी तालमा ९०२ वटा जलपन्छी यसवर्ष अभिलेख गरिएको छ । गतवर्ष यो तालमा हिउँदमा ८५५ जलपन्छी भेटिएका थिए । यसैगरी, नकरोड तालमा ५३५ जलपन्छी फेला परेका छन् । गतवर्ष यो तालमा ३०० जलपन्छी रहेको अभिलेख गरिएको थियो । यद्यपि कैलालीकै अरूतिर भने जलपन्छी घटेको पाइएको छ । कणर्ाली नदीको तल्लो तटीय क्षेत्र र डल्फिन…
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संसद्को हिउँदे अधिवेशन सुरु हुने पूर्वसन्ध्यामा दलले आ-आफ्नो तयारी पनि गरिरहेका छन्। केही दलले संसदीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसदीय दल बैठक चलिरहेको छ। अधिवेशनमा गर्ने काम, दलको तर्फबाट प्रस्तुत गर्ने विषय तथा सांसदले राख्ने विषयको सम्बन्धमा दलले तयारी गरिराखेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले संसद् अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ। सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरूले पहिलो…
काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित पनौती बजार विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । पनौतीको बजार क्षेत्रमा रहेको वडा नं ७ लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र संघीय अंग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूणर् प्रक्रिया अन्तिम चरणमा पुगेको हो । युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताए । ‘नगरले व्यवस्थापकीय तयारी गरिरहेको छ, करिब दुई महिनामा उक्त…
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् । आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन् । अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अव पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टि भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे । नागरिक संवादका क्रममा विकास योजना, बजेट लगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए ।
काठमाडौं- राजसंस्था समर्थकहरुले राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गरेका छन् । मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले दलका नेताहरुले मुलुकलाई भ्रष्टाचारमा डुबाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए । उनले मुलुकलाई अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था अनिवार्य भइरहेको बताए । त्यसअघि उनीहरुले काठमाडौका विभिन्न स्थानमा र्यालीसमेत निकालेका थिए ।
काठमाडौँ । नेपालमा विभिन्न रोगबाट निधन भएकामध्ये ११ दशमलब ११ प्रतिशतको मृत्यु क्यान्सरबाट हुने गरेको छ । विश्व क्यान्सर दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको छ । मन्त्रालयले सन् २०२० को तथ्याङ्कअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको बताएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीका अनुसार फोक्सो र पाठेघरको मुखको क्यान्सरबाट निधन हुनेको संख्या सबैभन्दा बढी हुने गरेको छ । ‘जनसंख्यामा आधारित क्यान्सर पीडितहरुको अभिलेखअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदरमध्ये ४० प्रतिशतभन्दा बढी फोक्सो र पाठेघरको मुखको क्यान्सरबाट हुने गर्दछ,’ उनले भने । मरासिनीले नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा…
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्र तथा अन्य क्षेत्रमा पशुपतिनाथ गुठीका नाममा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने तयारी गरेकाे । कोषका अनुसार शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरिएकाे छ । एक-दुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकिने पनि विकास काेषले जनाएको छ कामपा-८ गाँचा पोखरीमा तीन रोपनी ६ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक…
काठमाडौँ । सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई गर्ने सिम्पल सम्मानकाे छब्बीसौै सम्मानका लागि प्रतिभा चयन गरेको छ । सस्थाको बैठकले साहित्यकार मधुसूदनप्रसाद घिमिरे,कलाकार सरिता लामिछाने ,निर्माता तथा वितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई सिम्पल सम्मान २०८० प्रदान गर्ने निणर्य गरेको छ । साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ । सम्मान आगामी फागुन १२ गते शनिबार एक कार्यक्रम बीच समर्पण गरिने छ ।
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकामा पर्ने साँखु क्षेत्र एक ऐतिहासिक महत्वका ढोकाहरू हुन् । यो कुनै समय छुट्टै राज्य वा भक्तपुरको शासन क्षेत्रभित्र पर्दथ्यो । वंशालीमा उल्लेख भएअनुसार कलिगत सम्बत १८०१ तिर बज्रयोगिनीको आज्ञाअनुसार जोगदेव बज्राचार्यको तत्वाधानमा काठमाडौँ जिल्लाको उत्तरी भेगमा दाहिने शंख आकारको साँखु देश स्थापना भएको थियो । साँखु देशलाई बोलचालीमा साको पनि भन्ने गरिन्छ भने हाल यसको नाम शंखरापुर रहेको छ । मल्लकालमा साँखु देशलाई सुरक्षा गर्ने उद्देश्यले नगरको चारै तिर पर्खाल लगाएका थिए भने नगर प्रवेश गर्न प्रमुख स्थानमा ध्वाका (द्वार) हरुको निर्माण गरेका थिए । यी ध्वाकाहरुमा १. भौ ध्वाका २. द्य: ध्वाका ३. म्ह्यायमचा…
काठमाडौं । नेपाली कांग्रेसले देशभर समुदायमा कांग्रेस अभियान चलाइरहेको छ । राजधानीमा कांग्रेस बिभिन्न तप्काहरू समुदायमा बिबिध गतिबिधि गरिरहेका छन् । यसैबीच नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ प्रदेश ख ले बुढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित जगन्नाथ मन्दिर सरसफा तथा साँझ दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ । प्रदेश ख सभापति रामप्रसाद लुइँटेलले जारी गरेको एक सूचना तथा निमन्त्रणा अनुसार माघ २२ गते सोमवार साँझ ४ बजे जगन्नाथ मन्दिर सरसफाइ तथा दीप प्रज्ज्वलन हुने जनाइएको छ ।
विश्व इतिहासमा पहिलो विश्वयुद्धपछि मात्र राहदानीको प्रचलन भएको मानिन्छ । त्यो बेला एकबाट अर्को देशमा आउन जान धातुका राहदानी जारी भएको पाइएको परराष्ट्रविद् डा. मदनकुमार भट्टराई सुनाउँछन् । औपचारिक प्रचलन भने सन् १९२० ताका लिग अफ नेसन्सको सम्मेलनको एक बैठकमा मुद्दा उठेपछि मात्र कागजमा अक्षर कुँदेका राहदानी प्रचलनमा आएको दाबी उनले गरे । नेपालसँग बेलायतको कुटनीतिक सम्बन्ध सन् १८१६ मा स्थापना भएको हो । नेपाल बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामै पहिलो मानिन्छ । नेपालले सन् १९३४ देखि लन्डनमा दूतावास समेत स्थापना गरेको छ । त्यहीपछि राहदानीको सुरुवात भएको मानिन्छ । सोही आसपासमै नेपालले राहदानी जारी गर्ने औपचारिक प्रक्रिया…
आइतबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी…
उप्किएका छपनी र लथालिंग परेका ढुंगा। वरिपरि सिस्नो र बनमाराको जंगल। लेउ लागेको कुवामा पातैपात। बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका-२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो। गाउँ-गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ। सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन्। सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मत सम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ। “गोरेटो बाटोको नामोनिसान छैन। जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नसिएका छन्।…
शाक्यमुनि बुद्धलाई ‘विष्णुको अवतार’ मान्ने गरिन्छ । यो व्याख्यालाई कतिपय बौद्ध अध्येताले ‘अपव्याख्या’को संज्ञा दिने गर्छन् । यो व्याख्याले बुद्ध धर्ममा ह्रास आउँछ र यसको क्षयीकरण हुन्छ । तर त्यो भन्दा ठूलो क्षयीकरण बौद्ध शास्त्रमा लेखिएका “प्रतिमा-लक्षण” र बुद्धका शारीरिक लक्षण र गुणहरूविपरीत बनाइएका यस्ता मूर्तिहरूले पनि बुद्धको शासनलाई छोट्याउँदछ । बुद्धको मूर्ति हेर्दा बुद्धका शारीरिक बनौट, भावभंगीले हाम्रो मनमा एक किसिमको शान्ति र ज्ञानको लागि उत्सुकता जगाउनुपर्छ। मनमा यस्तो भावनाका ‘रस’ पैदा हुनुपर्छ जसले गर्दा अध्यायमा, संसार छोड्न, समाधिमा लाग्न, शील र सदाचार पालन गर्न प्रेरणा मिलोस्। प्रस्तुत बुद्धको मूर्ति बैजनाथ गाउँपालिकाको कृषि प्रदर्शनीमा राखिएको हो । माघ १७…
केही विद्यार्थीले अमेरिकामाबाट सुरु गरेको एउटा परियोजना आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ। यद्यपि यसको उद्देश्य भने फेरिएको छैन। यसको उद्देश्य आज पनि मानिसहरूलाई इन्टरनेटको माध्यमबाट नजिक बनाउनु र विज्ञापनबाट आयआर्जन गर्नु हो। फेसबुक २० वर्ष पुग्दै गर्दा यसले संसारलाई कसरी फेरिदिएको छ त्यसबारे यहाँ चर्चा गरिएको छ। फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल पनि थिए। तर सन् २००४ मा सुरु भएको मार्क जकर्बर्गको यो वेबसाइट तत्काल लोकप्रिय बन्यो। त्यसले यस किसिमको वेबसाइट कति चाँडो प्रभावशाली बन्न सक्छ भने देखायो।स्थापनाको एक वर्ष नपुग्दै फेसबुकका प्रयोगकर्ता १० लाख पुगे। तस्बिरमा आफ्ना साथीहरूलाई “ट्याग“ गर्ने, परिवर्तन वा “रिफ्रेश“ भइरहने “फीड“…
भक्तपुरको दत्तादत्र स्क्वायरमा रहेको पुजारी मठ विभिन्न आकर्षक काष्ठ कलाकृतिको लागि आकर्षक मानिन्छ । पुजारी मठमा रहेको एउटा महत्वपूर्ण कलाकृति हो विमान झ्याल । विमानको स्वरूपमा बनाइएको यस्तो झ्याललाई विमान झ्याल भनिएको पाइन्छ । झ्यालको मध्यभाग खुला छ । माथिल्लो भागमा ढोकाको माथिल्लो भागमा राखिनेस्वरूप बनाइएको छ । सो झ्यालमा दायाँबायाँ उडिरहेका अप्सराहरूको चित्र बनाइएको छ । किनारमा सर्प आकृति बनाइएको छ । झ्यालको दायाँबायाँ खम्बाहरू छन् । खम्बाहरूमा विभिन्न खाले सानासाना बुट्टाहरू कुँदिएका छन् । यी खम्बाहरूको दायाँबायाँ सानासाना जालीदार बुट्टाहरू बनाइएका छन् । उक्त जालीभित्रबाट बाहिर हेर्न सकिन्छ । यी जालीदार ठाउँहरूको दायाबायाँ सानासाना खम्बाहरू छन् । खम्बाहरूमा विभिन्न…
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुकुम्वासीको घर निर्माणका लागि श्रमदान गरेका छन्। शुक्रबार विराटनगर -१६ दरैयाका सुकुम्वासी शिव राईको घर निर्माणमा मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन्। विराटनगर-१६ दरैयाका राईको मोरङ क्षेत्र नम्बर-५ बाट निर्वाचित सांसद योगेन्द्र मण्डलको पहलमा घर निर्माण थालिएको थियो। आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो। घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो। घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए। जाडो मौसममा पाँच जनाको परिवार कष्टकर रूपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलले बताए। मुख्यमन्त्री कार्कीले गरिब, दलित, सुकुम्वासीको…
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाण्डूको उत्तरी क्षेत्रमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना भएको विषयमा थप मानिसहरूमाथि पनि अनुसन्धान हुनसक्ने जनाएको छ।हालसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानका क्रममा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरिएको र थप व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको बताएको छ। “तत्कालीन अवस्थामा जग्गा दिने निणर्य गर्ने बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष र जग्गा लिएका मानिसहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ,” अनुसन्धानको नेतृत्व गरेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले भने।“यो जग्गा लिने/खाने नियतका साथ अनुसन्धानबाट देखियो पुष्टि भयो भने थप मानिसहरू पक्राउ र अनुसन्धानको दायरामा हुनेछन्।” प्रहरीले पक्राउ गरेकामध्ये एक जना…
काठमाडौं । नेपाली कांग्रेसले संसद अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो । यदि छोड्नै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निणर्य भएको छ। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,’यदि अत्यावश्यक जानै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृति गराएरै मात्रै जान पाउने निर्देशन भएको छ।’ यसैगरी कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ। नेता लेखकले भने, ’सभा र समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदको कुरा सुन्ने र सरकारलाई सदनका प्रति…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना सार्वजनिक भएको छ । नगरपालिकाको वडा नं २ का चारजना जनप्रतिनिधिले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै नगरपालिकामा छानबिन तथा कारबाहीको माग गर्दै निवेदन पेश गरेसँगै हस्ताक्षर किर्तेको गम्भीर विषय सार्वजनिक भएको हो । बुढानीलकण्ठ वडा नं २ रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा बस्नका लागि वडाध्यक्ष राजेन्द्र श्रेष्ठसहित दुईजना व्यक्तिको नाम उल्लेख गर्नका लागि किर्ते हस्ताक्षर भएको निवेदनमा पेश गरिएको प्रमाणले देखाएको छ। सोही किर्ते हस्ताक्षर भएको भनिएको निणर्यका आधारमा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले विद्यालय व्यवस्थापनमा जाने व्यक्तिहरू भनेर नगरपालिकालाई पत्र काटेको पाइएपछि किर्ते काममा वडाध्यक्ष श्रेष्ठको हात रहेको भन्ने विषय मजबुत भएको…
राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति २९ प्रतिशत मात्र रहेको छ । आयोजनाको एकाधबाहेकका स्थानमा निर्माणमा अवरोध नरहे पनि हालसम्मको प्रगति तुलनात्मक रूपमा सुस्त देखिएको छ । नेपाल सरकारबाट छ वर्षअघि नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस आयोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनासम्मको समष्टिगत भौतिक प्रगति २९.६२ प्रतिशत रहेको छ । गत पुस महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै आयोजनाले समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित ३०.४५ प्रतिशत रहेको जनाएको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले आयोजना अन्तर्गत ठेक्का लागेका प्याकेजमा तीव्र गतिमा काम भइरहेको जानकारी दिए । उनका अनुसार आयोजनाको…
काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा आज नेपालले छिमेकी टोली भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी खेल नेपाली समयअनुसार दिउँसो १ः४५ मा हुनेछ ।नेपाल सुपर सिक्सका खेल खेल्नुअगावै सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५विकेटले पराजित भएको थियो भने भारत ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ। आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ।पराजितहुँदा पनि भारत रनरेटको आधारमा सेमिफाइनल खेल्न पाउने । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए । त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए…
काठमाडौं । केही समयअघिसम्म पनि नेपाल भन्ने बित्तिकै काठमाडौंको चार भञ्ज्याङभित्रको स्थानलाई चिनाउने गरिएको थियो । राणा काल र सोभन्दा पहिलेको बानी नहटेको भए पनि काठमाडौंलाई नेपाल नभन्नू भन्ने आदेश २०१५ सालमा नै तत्कालीन राजा महेन्द्रले दिएका थिए । २०१५ साल चैत्र १४ को राजपत्र नेपाल गजेटमा नेपाल भन्नाले सबै नेपालको पूर्वदेखिसम्मको भूभागलाई जनाउने भन्दै काठमाडौंलाई काठमाडौंकै नामले सम्बोधन गर्नुपर्ने आदेश उनले दिएको थियो । यो राजा महेन्द्रको ठाडो निर्देशनमा भएको थियो । सो राजपत्रमा भनिएको छ ‘अब उप्रान्त प्रत्येक शिक्षा संस्था, नगरपालिका, पञ्चायत र सबै सरकारी अड्डाखाना समेतले नेपाल भन्नाले समस्त राज्य सम्झनुपर्छ र राजधानी मात्रलाई सम्बोधन गर्दा काठमाडौं…
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज गर्नुभएको हो । तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएको थियो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन…
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एकहजार एक सय ३७ ले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन्। तीन हजार दुई सय १३ गम्भीर र १३ हजार एक सय २२ जना सामान्य घाइते भएका ढकालले बताए। प्रवक्ता ढकालका अनुसार सो…
काठमाडौं । त्यसो त उपमेयर पद आफैमा ‘सेरेमोनियल’ झैँ लाग्छ । “न काम छ न मान छ” भनेजस्तो यो पदको उपज कताकता महिलाका लागि भनेर छुट्याइएको पुरूषवादी सोचग्रस्त मानसिकतामात्र हो कि जस्तो अनुभूति गर्न सकिन्छ । सम्भावनाको उच्चतामा रहेका कतिपय पात्रहरू यो पदमा पुगेर पनि भुत्ते बनिरहेका देख्दा यो पदको गरिमा नै नरहेको सहजै अनुमान गर्न सकिन्छ । काठमाडौँ जिल्लाका ११ उपमेयरमध्ये सम्भावनाको गणितामा अब्बल मानिएकी एक उपमेयर हुन् अनिता तामाङ । व्यक्तित्वदेखि धेरै हिसाबले अनितालाई उच्च सम्भावना भएको नेताको रूपमा लिन सकिन्छ । पढेलेखेकी तथा पार्टीभित्रको राजनीतिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी अनिता बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर हुन् । ०७९…
काठमाडौं । विक्रम संवत् २००७ सालभन्दा अघि राजाहरू सेरेमोनियल भूमिकामा रहेका थिए । उनीहरूलाई निश्चित तलबभत्ता दिइन्थ्यो । बाँकी राणाहरूले गरेको निर्णय अनुमोदन गर्नेबाहेक राजाको खासै भूमिका थिएन। विसं २००० सालमा राजा त्रिभुवन र राज परिवारको तलब/भत्ता दरबन्दीको लगत अनुसार तत्कालीन राजाको तलब भत्ताको बारेमा उल्लेख पाइन्छ । तत्कालीन राजा श्री ५ त्रिभुवनलाई कौसीतोषखाना बाट प्राप्त बहिखाता अनुसार मोरू १,०२९६७ र अन्य अड्डा ठाऊबाट गरेर ३,११, ४४२ मोरू र ३, १०, ७७३ कम्पनी रुपैयाँ गरेर वार्षिक छ लाखभन्दा धेरै तलब दिने गरिन्थ्यो । त्यस्तै, श्री ५ त्रिभुवनका दुई बड़ा महारानी, एक महारानी र दुई रानीलाई पनि अलग्ग भत्ता दिइन्थ्यो ।…