काठमाडौं । आज २०८० साल माघ २९ गते ।२०२४ फेब्रुअरी १२ तारिख। देवघाटमा मकर स्नान समाप्ति आजै परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। आजको तपाइँको दिन कसरी बित्ला ? ज्यो.पं. खिला भण्डारीले तयार पारेको आजको फलादेशः मेषः दिन राम्रो छ। परिवारबाट सहयोग मिल्नेछ। शिक्षा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक क्षेत्रमा नाम रहनेछ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। वृषः समय राम्रो छ। बौद्धिक मित्रसँगको भेटले ज्ञान प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा देखिएको सम्भावनालाई अगाडि बढाएमा रोजगारी मिल्नेछ। मिथुनः परिवारबाट सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले दिन रमाइलो बन्नेछ। विदेशमा गरेको…
Author: Kathmandu Khabar
मन्दिर अथवा मन्दिरजस्तै महत्त्वपूर्ण वस्तुको सबैभन्दा माथि चुचुरामा गजुर राखिएको हुन्छ । गजुर वास्तवमा पूर्णकलश हो भन्ने सबैले देखे बुझेकै कुरा हो। तर, पूर्णकलशको मुनितिर थ्याप्चो फर्सीजस्तो देखिने संस्कृतमा आमलक भनिने चक्काको विषयमा भने अधिकांश अनभिज्ञ देखिन्छ । यो संरचना नेपाल मण्डल वरपरका मन्दिर, देवघर, सतल र फल्च (पाटी)मा देख्न सकिन्छ। जेवल (मनी)ले आगो तत्वको प्रतिनिधित्व गर्दछ । कलशले पानीको तत्व र घण्टीले हावाको तत्वलाई जनाउँछ। यी तीन ढाँचाहरू यी मौलिक निकायहरूबाट गुजरने अन्तरिक्षबाट ब्रह्माण्डीय ऊर्जा सङ्कलन गर्न प्रयोग गरिन्छ र घण्टीले अन्ततः ऊर्जालाई ब्रह्माण्ड आवृत्तिमा रूपान्तरण गर्छ । जुन आधार वा पृथ्वीमा मन्दिरभित्र शिखर शैलीका मन्दिर मुनि राखिएको देवता/देवीको…
- जीआर रञ्जित भक्तपुर वडा नं ७ मा अवस्थित एक टोलको नाम चोर्चा हो । यस टोलको मुख्य देवता चोर्चा गणेश (सिद्धि गणेश) हो । चोर्चा शब्द नेपाल भाषाका शब्द “च्व:धचा” बाट बनेको भन्ने जनश्रूति रहेको छ । “च्व:धचा” शब्द ‘च्व’ र ‘धचा’ दुई शब्दहरू मिलेर बनेको हो । ‘च्व’ भन्नाले पुच्छर हो भने ‘धचा’ भन्नाले खोल्सा हो । यसरी पुच्छरले बनाएको खोल्साबाटै यस टोलको नाम च्व:धचा हुन्दै हाल उक्त शब्द अपभ्रंस भै चोर्चा रहन गएको हो । कसको पुच्छरबाट यस टोलमा खोल्सा बन्यो भन्ने प्रश्नमा एक जनश्रुति रहेको छ । याछें, थालाछें र चोर्चाको संगमस्थलबाट कुनै एक समयमा एक…
काठमाडौं । नेपाली कांग्रेसभित्र महासमिति महासमितिको बैठकको तयारीलाई तिव्रता दिएको छ। आगामी फागुन ७ देखि १० फागुनसम्म चल्ने बैठकको तयारी ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभागले दाबी गरिसकेको छ भने हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको बताइएको छ । यसअघि महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग दिइएको छ आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियात ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन दिएको छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको आइसकेको छ, त्यसमा ५ देखि ७ वटा निर्वाचन क्षेत्रमा केही विवाद देखिएको छ । कांग्रेसको विधानका अनुसार प्रत्येक…
काठमाडौं । सुशासन पक्षमा तथा भ्रष्टाचारको विपक्षमा निरन्तर कलम चलाइरहेका पत्रकार तथा विश्लेषक सुदर्शन आचार्य अख्तियार दिवसका अवसरमा पुरस्कृत भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका आचार्य हाल काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.२ का स्थायी वासिन्दा हुन् । आचार्यले नियमित सुशासन तथा राजनीतिक स्थिरताको पक्षमा कलम चलाइरहेका छन् । भ्रष्टाचार सम्बन्धी खोज तथा अनुसन्धानमूलक लेख र रचना प्रकाशन गरी भ्रष्टाचार न्युनिकरणमा योगदान पुर्याएवापत अख़्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औँ वार्षिकोत्सवमा आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरेको हो । फ्रिलाइन्सरूपमा पत्रकारिता एवम् लेखनमा सक्रिय आचार्य बिभिन्न मिडियामा राजनीतिक विश्लेषकको रूपमा पनि सक्रिय छन् । आइतवार आयोजित अख्तियार दिवस समारोहमा पुरस्कृत…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने घोषणा पुनः गरेका छन्। सोनाम ल्होसारको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर सरकारलाई गति दिने घोषणा गरे। तर, गठबन्धनका अरू दल विशेषगरेर कांग्रेस भने तत्कालै मन्त्रिपरिषद् हेरफेरको पक्षमा छैनन्। कांग्रेस सभापति देउवा आफ्ना विश्वासपात्र अर्थमन्त्री महत तथा स्वास्थ्य मन्त्री मोहन बस्नेतलाइ हटाउन नचाहेको बताइएको छ । यही कारण देउवाले सिधै कांग्रेसका मन्त्रीलाइ नचलाउन दवाब दिएका बताइन्छ कांग्रेस महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेरका पक्षमा छ भने एकीकृत समाजवादी लगायतका अरू दलमा त्यसबारे छलफल पनि नभएको नेताहरू बताउँछन्। ‘अब छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ प्रधानमन्त्री दाहालले सोनाम ल्होसारको कार्यक्रममा भने, ‘पहिलो…
काठमाडौं । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । युवादेखि वृद्ध-वृद्धासम्मले कुनै न कुनै सामाजिक सञ्जाल चलाउने गर्छन् । सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दो छ । दुरुपयोग बढेकै कारण पछिल्लो समय सरकारले सामाजिक सञ्जाल ‘टिकटक’माथि प्रतिबन्ध लगाएको थियो । टिकटकमाथि प्रतिबन्ध लगाइए पनि नेपालमा बढी दुरुपयोग हुने सामाजिक सञ्जालको सूचीमा अन्यको नाम अग्रस्थानमा आउँछ । नेपाल प्रहरीका अनुसार पछिल्ला करिब सात महिनाको अवधिमा साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि माघ २३ गतेसम्मको अवधिमा ती निवेदन प्रहरीकोमा परेका हुन् । ती निवेदनमध्ये…
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औँ स्थापना दिवस मनाउँदै छ । ‘सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ अख्तियारले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो। अख्तियारले आफ्नो हटलाइन नम्बरदेखि हुलाक र विभिन्न सामाजिक सञ्चालनमार्फत समेत उजुरी र गुनासो संकलन गर्दै आएको छ। आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्दै आइरहेको छ। आयोगका केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी पुससम्म २२ हजार १ सय…
बाराहीलाई अजिमा माता पर्वतीका नौ दुर्गाको रुपहरु मध्य एक मानिन्छ । सृष्टिको स्थिति राख्न असुरहरुको बिनास गरि शान्ती सुरक्षा प्रदान गर्न माता पर्वतीले यो रुप धारण गरेको भन्ने गरिन्छ । उपत्यकामा प्रमुख चार बाराही पिठ रहेको छ । १. निलबाराही २. बज्रबाराही ३. धुमबाराही ४.श्वेत बाराही ४ बाराहीमध्ये राजा बिष्णु गुप्तद्वारा स्थापित यस निलबाराही भक्तपुर जिल्लाको मध्यपुर नगरपालिकाको बोडेको तिगनी भननेमा अवस्थित रहेको छ । निलबाराही एक शक्ति पिठ रहेको कारणले दशैंको दिन मेला लाग्ने गर्दछ भने बिस्का जात्राको दिन पनि विशेष पुजा हुने गर्दछ । अरु मन्दिरहरु भन्दा छुट्टै स्वरुपको यस मन्दिरमा गजुर भने छैन । नागको छत्रले छोपेको…
संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमण गर्ने र सो मन्दिर उदघाटन गर्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । सन् २०१५ यता प्रधानमन्त्रीको यो सातौं युएई भ्रमण हो । अबुधाबीमा रहेको बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बिएपिएस) मन्दिरको प्रधानमन्त्रीले फागुन २ गते उद्घाटन गर्ने कार्यक्रम छ । सो मन्दिर फागुन १८ गतेदेखि सर्वसाधारणका लागि खुला हुनेछन्। मन्दिर परिसरमा आगन्तुक केन्द्र, प्रार्थना हल, प्रदर्शनी, सिकाइ क्षेत्र, खेलकुदलगायतका कक्ष रहेका छन्। बालबालिका र युवाका लागि क्षेत्र, विषयगत बगैंचा, पानी सुविधाहरू, पुस्तक…
बद्रीनाथ कायस्थ श्री स्वस्थानी परमेश्वरी ब्रतकथा मा उमामहेश्वर को उल्लेख धेरै ठाउंहरुमा भएको छ । शैव शाक्त धर्म मान्ने नेवा समुदाय ले यस शिवशक्ति स्वरुप लाई धेरै मान्यता दिएको छ ।उमामहेश्वर महादेव र सतीदेबी लाई पनि मानिन्छ र शिव पार्वती लाई पनि मानिन्छ । शैव शाक्त धर्म मान्ने नेवा समुदाय ले पार्वती लाई सतीदेबी को पुनर्जन्म को रुपमा लिएको छ । उमामहेश्वर को बर्णन धेरै प्रकारले गरिएको देखिन्छ । आज म यहॉ श्री स्वस्थानी परमेश्वरी ब्रतकथा मा बिशेष उल्लेख भएको १. पबित्र कोषबाट कन्याहरु को जन्म २. सुबिधाजनक सृष्टि को क्रम , र ३. सर्बजन हिताय कल्याणकारी शक्ति पीठहरु, को…
धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती । जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक नुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ । तस्बिर : नारायण कुमार राई/रासस
काठमाडौं । नेपाली लेखक संघ काठमाडौँले नेपाली साहित्य मूर्धन्य हस्तक्षर कवि तथा साहित्यकार वैरागी काँइलाको लेखनयात्रा तथा व्यक्तित्वको बारेमा परिचर्चा गरेको छ । नेपालकै जोठो साहित्यिक संस्था नेपाली लेखक संघको काठमाडौँ शाखाले नियमित श्रृंखलाको रूपमा सुरू गरेको स्रष्टाहरूका लेखन यात्रा तथा व्यक्तित्वका बारेमा परिचर्चा गर्ने कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रम साहित्यकार एवम् कवि वैरागी काँइलामा समर्पित गरिएको थियो । स्वयम् वैरागी काँइला उपस्थित कार्यक्रममा उनका बारेमा प्रा. डा. अभि सुवेदी र प्रा. ज्ञानु अधिकारीले परिचर्चा गरेका थिए । कार्यक्रममा वैरागी काँइलाको निजी जीवनदेखि लेखन पक्ष, दृष्टिकोण एवम् लेखनगर्भका बारेमा सुवेदी एवम् अधिकारीले परिचर्चा गरेका थिए । कार्यक्रममा डा. तुलसी भट्टराइ एवम्…
काठमाडौं । देशका अधिकांश भागमा पानी नपरेको तथा धेरैजसो दिन घाम लागेकाले हिउँदको तापक्रम सरदरभन्दा बढी रहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रकाशित गरेको गत नोभेम्बर र डिसेम्बर (कात्तिक १५ देखि पुस १५ सम्म)को अवधिको जलवायु सम्बन्धी तथ्यांकले मनसुनपश्चात् र हिउँदको यो अवधिमा विगत सरह तापक्रम ओरालो नलागेको देखाएको छ। जसले गर्दा अचाक्ली जाडो महसूस हुन पाएन। विभागका अनुसार यी दुवै महीनामा दिनको औसत तापक्रम सरदरभन्दा धेरै रह्यो। रातमा भने हिमाली क्षेत्रमा विगतको सरदरभन्दा तापक्रम चिसियो भने दक्षिणी भागमा विगतको औसतभन्दा तापक्रम बढी भयो। विभागका अनुसार नोभेम्बर (कात्तिक १५ देखि मंसीर १५ सम्म) र डिसेम्बर (मंसीर १५ देखि पुस १५ सम्म) दुवै…
काठमाडौं । तामाङ समुदायले शनिबार सोनम ल्होसार मनाउँदैछ। यो ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ। ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ। आजदेखि खरायो वर्ष पूरा गरी मेघ वर्ष प्रवेश भएको छ। मुसा, गाई, बाघ, खरायो, मेघ (ड्राागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ। स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको छ। राजजधानीमा रहेका…
काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारले गरेको प्रतिबन्ध खुलाउन निरन्तर ताकिता गरिरहेको छ।माघको दोस्रो साता एक पाकिस्तानीसहित पाँच सदस्य एक हप्ता विभिन्न निकायसँग छलफल गरेर फर्केलगत्तै दुई सदस्य टोली फेरि काठमाडौं उत्रिएका छन्।टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निणर्य गरेको थियो। टिकटकले सरकारको निणर्य पुनर्विचार गर्न पटकपटक आग्रह गरेको थियो। पत्र नै पठाएर उसले सरकारको आग्रहअनुसार आपत्तिजनक भिडिओ हटाउन तयार रहेको जनाएको थियो। तर, नेपाल सरकारले प्रतिबन्ध नहटाएपछि टिकटकका प्रतिनिधिहरूले निरन्तर काठमाडौंमा भेटवार्तालाई तीव्रता दिएका छन्। काठमाडौँमा आएको पाँच सदस्यीय टोलीले प्रहरीको साइबर ब्युरोसँग छलफल गराइदिन अनौपचारिक प्रस्ताव राखेको…
काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ। बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्ता रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो। क्यानडासँग खेल्ने नेपाली टोलीः रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल…
ब्याजमा लगाएको पैसा समयमै फिर्ता नगरेको भन्दै पोलमा बाँधेर कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । महोत्तरीमा पोलमा बाँधेर कुटपिट गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा पिपरा गाउँपालिका-६ का रामकुमार शर्मालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।उनका अनुसार शर्माले मंगलबार धनुषाधाम नगरपालिका-५ का ४२ वर्षीय नरेश मण्डललाई पोलमा बाँधेर कुटपिट गरेका थिए । महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए ।
इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निणर्य गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निणर्य गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकणर् पौडेलले जानकारी दिए । इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० विद्यालय छन् । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उनले बताए । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निणर्य लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ । उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निणर्य गरेको प्रमुख…
काठमाडौं । नेपाल कानुन राजको समस्या, खस्कँदो अर्थतन्त्र र राजनीतिक भद्रगोलबाट गुज्रिरहेको छ । सामाजिक क्षेत्रमा सकारात्मक संकेत देखिएको छैन । सबैको आशाको अन्तिम केन्द्र जुनसुकै समाजमा न्यायालयलाई लिइन्छ । तर,हाम्रो मुलुकको सन्दर्भमा न्याय क्षेत्र आफ्नो लिकमा नहिँडेको भएतापनि अहिले सामान्य सुधारको संकेत पाइएको छ । अमेरिकामा मुख्यालय रहेको स्वतन्त्र संस्था वर्ल्ड जष्टिस प्रोजेक्टको पछिल्लो प्रतिवेदनमा नेपालमा कानुनी राजको अवस्थामा सुधार हुनै लागेको ब्यहोरा उल्लेख छ । वासिङ्ग्टनमा मुख्य कार्यालय रहेको उक्त संस्थाले गरेको अध्ययनमा नेपाल विश्वका १४२ मुलुकमध्ये ७१ औं स्थानमा उक्लिएको देखिन्छ । ‘पहिलेको भन्दा नेपालको अवस्था सुध्रिएको हो,’ एक जना न्यायाधीशले दाबी गरेका छन् । प्रतिवेदनमा अघिल्लो वर्षको…
काठमाडौं, २६ माघ । नेपालमा ‘स्ट्रेन्थ लिफ्टिङ्ग’ क्षेत्र पनि बिस्तारै खेलको रुपमा विकसित हुँदैछ । देशैभर स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुन थालेका छन् भने खेलाडिहरू पनि उत्पादन भैरहेका छन् । यसैबीच काठमाडौंको बुढानीलकण्ठ (कपन)मा देशव्यापी स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । स्ट्रेन्थ लिफ्टिङ्ग संघ, काठमाडौंले एक पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना हुनेछ । स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । उनले प्रतियोगिताको उद्धेश्य खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । केसीले नेपाल सरकारले खेलाडीहरुको हितका लागि केही गर्न नसकेको…
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न मुलुकमा मान्छे पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ घुस बुझने गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान दिएका छन् । पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि १ करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका छन् । काभ्रेको पाँचखाल-३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे…
काठमाडौं : साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेकाहरू परदेश यात्राअन्तर्गत पशुपतिनाथ मन्दिर आएका छन् । पौष शुक्ल पूर्णिमामा शुरु भएको व्रतअन्तर्गत व्रतालु विभिन्न तीर्थस्थलको यात्रा गर्ने गर्छन् यस क्रममा माघ कृष्ण औँसीमा पशुपति क्षेत्र आउने परम्परा छ। व्रतालु मन्दिर, फर्पिङ, पनौती र चाँगुनारायणमन्दिर पनि जाने छन्।माधवनारायणव्रतको टोली पशुपतिनाथ आइपुग्दा उनीहरूलाइ हेर्न पत्रकारदेखि सर्वसाधारण पशुपतिनाथ पुगेका थिए ।
काठमाडौं । नेपालमा महिलाहरू झन् असुरक्षित हुँदै गएको प्रहरी तथ्यांकले पुष्टि गरेको छ ।नेपालमा वर्षेनि दुई हजार बढी जबरजस्ती करणीको उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७५-०७६ मा दुई हजार २३० वटा जबरजस्ती करणीको उजुरी दर्ता भएको छ । जसमा कोशी प्रदेशमा ५४४, मधेशमा ३००, बागमतीमा २३०, गण्डकीमा १८१, लुम्बिनीमा ३६९, कणर्ालीमा १४० र सुदूरपश्चिममा १७० रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६-०७७ मा दुई हजार १४४ वटा जबरजस्ती करणीको मुद्दा दायर भएको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै बलात्कारको मुद्दा कोशी प्रदेशमा दर्ता भएको छ । सो प्रदेशमा ४८५, मधेशमा २८८, बागमतीमा २५६, गण्डकीमा १६२, लुम्बिनीमा ३४८, कणर्ालीमा १३९, सुदूरपश्चिममा २००, उपत्यकामा २६६ र ब्युरोमा…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन् । उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए । ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रट्ठपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत बताए । मन्त्री रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने…
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिन न्यायाधीश कारबाहीमा पर्ने भएका छन् । उनलाई न्याय परिषद्ले कारबाही गर्ने भएको हो ।सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए । व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए । अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी प्रश्न…
काठमाडौं । पशुपतिनाथ मन्दिरको स्वामित्व रहेका नौवटा पोखरीमध्ये ६ वटा पोखरी नै गायब भएका छन्। करिब सय वर्षअघि बनेको अनुमान गरिएका ती पोखरीहरू हराएपछि अहिले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले त्यसको खोजबिनमा जुटेका छन्। ‘करिब एक सयदेखि ७० वर्षअघि बनेका पशुपतिनाथ मन्दिरका नौवटा पोखरीलाई पहिलेकै अवस्थामा फर्काउने तयारी भइरहेको छ,’ कोषका सदस्यसचिव राजु खत्रीले भने, ‘अहिले गायब भएका पोखरीको खोजबिन भइरहेको छ।’ विकास कोषका अनुसार ती सबै पोखरी करिब तीन/तीन आनामा बनेका पाइएका छन्। यी सबै पोखरी हाल काठमाडौं महानगरपालिका ७ र ८ नम्बर वडा तथा साविकको पशुपति गाउँपञ्चायतमा रहेको रहेको पाइएको छ। यी पोखरीमध्ये धर्मशाला पोखरी वनकाली, राजराजेश्वरी…
अदालतमा सम्बन्ध बिच्छेद गर्ने संख्या बिकराल बन्दैगएको छ । यहाँ स्याङ्जा जिल्लामा गत आबमा लगत सरेका तीनसहित पछिल्लो छ महिनामा २२२ जनाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन् । अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जिल्ला अदालतमा अर्थिक बर्षमा दर्ता भएका मुद्दामा सम्बन्ध बिच्छेदका मुद्दा ४७ दशमलब ५४ प्रतिशत रहेको बताए । यहाँ पुरुषले २० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेकोमा अन्य मुद्दा भने महिलाले दर्ता गरेका हुन् । अदालतबाट १५३ मुद्दा फर्छ्यौट भएकोमा ६९ बाँकी रहेको र पुरुषले दर्ता गरेका १९ वटा मुद्दा बाँकी रहेका छन् । सम्बन्ध बिच्छेद बैदेशीक रोजगार र प्रबिधिको नकारात्मक प्रभावले बढी रहेको शर्माको भनाइ छ सामाजिक सञ्जालको गलत…
काठमाडौं । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले सम्पूर्ण उत्पादन ठप्प गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैद्यखानाको हातामा पुगेर पूर्ण क्षमतामा चलाउने प्रतिबद्धता जनाएको तीन महिना नबित्दै वैद्यखाना धराशायी बनेको हो । वैद्यखानालाई नजिकबाट नियाल्नेहरू निरन्तरको राजनीतिक हस्तक्षेप, सञ्चालक समितिमा गैर व्यवसायिक मानिसको नियुक्ति र कर्मचारीको असहयोगका कारण वैद्यखाना यो अवस्थामा पुगेको बताउँछन् । कुनै समय करोडौंको आयुर्वेदिक औषधी बिक्री गर्ने सिंहदरबार वैद्यखानामा अहिले औषधी उत्पादन शून्य छ । कर्मचारीहरू घाम तापेर दिन बिताउँछन् । बिक्री कक्षदेखि लिएर कार्यकारी अधिकृत सम्मका सबै कर्मचारी फुर्सदमा देखिन्छन् । बैद्यखानासँगै रहेको बिक्री काउन्टर खाली छ । औषधि खोज्दै आउने उपभोक्ता रित्तो हात फर्किन बाध्य…
काठमाडौं । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारबाट सयौंको संख्याको र्याली पश्चिमतर्फ अघि बढ्यो। ‘हाम्रो संघर्ष जारी छ। मिटरब्याज पीडितलाई न्याय दे,’ र्यालीमा नारा घन्कियो। माघ १६ गते काँकडभिट्टाको मेचीपुलबाट सुरु भएको पैदलयात्रा नवौं दिन बुधबार महोत्तरीको बर्दिवास पुगेको थियो। ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ ब्यानरमा सुरु भएको र्याली न्याय माग्दै काठमाडौंका लागि अघि बढेको हो। सहभागीमध्येका एक थिए– महोत्तरीको औरही–१ की ५५ वर्षीया रामकली साह। मिटरब्याजीले भएभरको सम्पत्ति हड्पेपछि उनी अन्तिम विकल्पका लागि र्यालीमा सहभागी भएकी हुन्। उनले ६ वर्षअघि गाउँकै छेवीलाल यादवसँग ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। गाउँको एक बिघा जग्गा छेवीलालको नाममा रजिस्ट्रेसन पास गरेर कर्जा लिइन्। जग्गा रजिस्ट्रेसनले मात्रै छेवीलाललाई…