नेपालले रामसार महासन्धिको सदस्यता १९८७ मा लिएको थियो र सो पश्चात नेपालमा कुण्डा, ताल, जलसाय र धाप गरी १० प्रकारका रामसार क्षेत्रहरु छुटईयो जस आन्तर्गत माइपोखरी, कोशीटप्पु, बीसहजारी ताल, जगदीशपुर रिजर्भवायर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो, रारा ताल र पोखरा उपत्यका पर्दछन् । थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वका मानिएका हुन् । रामसार महासन्धीले विभिन्न स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको माध्यम बाट यसको संरक्षण गर्ने मुख्य उद्देश्य राखेको छ । रामसार महासन्धीले विभिन्न ४१ प्रकारका रामसार परिभाषित गरेको छ। हाम्रै वरपर देखिने वा भेटिने थुप्रै दृष्यहरुमध्ये ओसिलो, धापिलो, थलथले, दलदले,…
Author: Kathmandu Khabar
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा फागुन ११ र १२ गते दुई दिन प्रथम बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ । नगरपालिकाले आयोजना गर्न लागेको भनिए पनि महोत्सव भनिएको यस कार्यक्रम नितान्त उपमेयर अनिता लामाको ‘इन्ट्रेस्ट’को कार्यक्रम भएको नगर कार्यपालिका सदस्यदेखि वडाध्यक्षहरूलेसमेत धेरैले बताएका छन् । स्थानीय वुद्धिजिवी तथा साहित्यकारहरूलाई समेत जानकारी नदिकन लुकीछिपीझै गर्न लागिएको महोत्सवका कारण उपमेयर लामाको आलोचित भएकी छिन् । राष्ट्रियरूपमा आफ्नो व्यक्तित्व उँचो बनाउन उपमेयर लामा स्टन्ट गर्न लागि परेको भन्दै उनकै पार्टीका कतिपयले दुखेसो समेत व्यक्त गरेका छन् । ०८४ मा हुने चुनावका लागि मेयर उम्मेदवारको आफू अब्बल व्यक्ति भएको भन्ने स्टन्ट गर्न…
काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन्। पोखरास्थित नम्बर-४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो। उनी विरुद्ध अश्लील हर्कत गरेको जाहेरी परेपछि आइतबार पक्राउ गरिएको हो। प्रहरी वृत स्वयम्भू प्रमुख डीएसपी पुर्णिमा चन्दले सशस्त्रका डीएसपी पक्राउ परेको पुष्टि गरिन्। चन्दका अनुसार केसीले स्वयम्भुस्थित न्यु इभान पोइन्ट रेष्टुरेन्टमा अश्लील हर्कत गरेको आरोप छ। प्राप्त सूचना अनुसार सशस्त्र डीएसपी केसी गत शनिबार दिउँसो उक्त रेष्टुरेन्टमा खाजा खान गएका थिए। साथीहरुसँग बसेर मदिरा पिएका केसीले रेष्टुरेन्टको महिला ट्वाइलेट भित्रको फोटो र भिडियो खिचेका थिए। साथीहरू पर्खने बहानामा उनले ट्वाइलेट पसेकी युवतीको पछाडिको भाग देखिने गरी मोबाइलमा फोटो…
काठमाडौं । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूणर् तयारी पूरा भएको जानकारी दिए । “वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका…
काठमाडौँ । चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजले समाजमा बिभिन्न महत्त्वपूर्ण योगदान गरेका पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीणर् विद्यार्थीहरूलाई सम्मानका लागि आयोजना गरिएको एक विशिष्ट कार्यक्रममा पाँच फरक क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित भएका हुन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजना गरेको भव्य कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी जगदीश खरेललाई मनास्लु सञ्चारकर्मी सम्मान २०८०, एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु…
काठमाडौं । समसामयिक नेपाली साहित्यमा गतिशील साहित्यकारको कोटीमा लिइने थोरै नाममा पर्दछन् साहित्यकार वियोगी बुढाथोकी । उनी बुढानीलकण्ठ नगरपालिकामा बस्छन् । तर बुढानीलकण्ठमा यसै हप्ता हुन लागेको साहित्य तथा सांस्कृतिक महोत्सवमा उनलाई बोलाइएको छैन । साहित्य तथा संस्कृति महोत्सवमा नगरपालिकाले एकवचन सोधनीसम्म नगरेपछि बुढाथोकीले सामाजिक सन्जालमा एक लामो स्टाटस लेखेर दुःख व्यक्त गरेका छन् । साहित्यकार बुढाथोकीले लेखेका छन्ः के बूढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुख अधिकृतज्यूहरूसंग मेरा प्रश्नका जबाफ छन् ? तर घमन्ड नठानियोस ! १) म बूनपास्थित हात्तीगौंडाको भूगोलमा २०११ सालमा जन्मिएं ! पुर्ख्यौली थलो यतै छ ! सायद एमए पास गर्नेहरूमा अघिल्लै पंक्तिमा पर्छु ! २)…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले टिकटकको प्रतिबद्धता व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटक पुनः सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरूले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए । ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको ’टिकटक’ सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्यम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निणर्यबाट तत्कालका लागि रोक लगाइएको हो ।…
काठमाडौँ — मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको भन्दै नेपाल सरकारका तीन पूर्वसचिव भीम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ जनामाथि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पूर्वसचिवहरू सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।उपाध्यायसहित तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।
काठमाडौं । हत्तपत्ति नेता कार्यकर्ताकालागि भनेर प्रशिक्षणजस्ता गतिबिधि नगर्ने पार्टीका रूपमा चिनिने नेपाली कांग्रेस पछिल्ला समय प्रशिक्षण तथा चुस्त संगठनका विषयमा सक्रिय हुन थालेको छ । महामन्त्री गगन थापा पार्टीको संगठन विभागमा सक्रियतासँगै देशैभर सांगठनिक गतिबिधि बढेका हुन् । यसैबीच महामन्त्री थापाको चुनावी क्षेत्रमा एक प्रभावकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेश (ख) ले आयोजना गरेको एक विशेष प्रशिक्षण कार्यक्रममा सहभागि स्थानीय नेताहरूले उर्जा र उत्साह प्राप्त भएको टिप्पणी गरेका छन् । क्षेत्र नं ४ मा धेरैभन्दा धेरै सांगठनिक कामहरू गर्दै आएको प्रदेश ख ले स्थानीय क्षेत्रका नेता एवम् पार्टी र भातृ संगठनका पदाधिकारीका…
आकाश सर्मा त्यसो त विकास भनेको बहुआयामिक पक्ष हो । उत्पादन र उत्पादकत्व, न्यायपूणर् वितरण, स्रोत र साधनको दिगो प्रयोग र मानिसलाई खुसी बनाउनु नै विकासको मुख्य पक्ष हो । विकासको कुरासँगै अहिलेका चलनचल्तीको भौतिक संरचनामुखी विकासले आर्थिक, सामाजिक रूपान्तरण संभव छ ? जनताको दैनिकी बदल्न संभव छ ? आर्थिक समृद्धि, प्रगति र उन्नति संभव छ ? आखिर हामीले कस्तो विकास खोजिरहेका छौं ? यस्तो विकासले कसलाई फाइदा पुग्छ ? अनि यो विकास कसका लागि हो ? जस्ता दर्जनौँ प्रश्नहरू निस्किन्छन् । तपाइँ हाम्रा वरिपरी देखिने विकासका थुप्रै ढाँचाले हामी कुटुक्क खान सक्छ । ‘विकास’ को अर्थ हो, अपेक्षित दिशातर्फको…
काठमाडौँ । संघीय सरकारले स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ । स्थानीय सरकार संचालन ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले कुनैपनि स्थानीय सरकारलाई निलम्बनसम्म गर्नसक्ने गरी स्थानीय सरकारको अधिकारलाई संकुचनको प्रयास थालेको हो । ऐनको संसोधन मस्यौदामा स्थानीय कार्यपालिकाले भौगोलिक अखण्डता, सार्वमौमिकता राष्ट्रिय प्रतिकुलता हुने गरी कुनै निणर्य वा काम कारवाही गरेको भनेर प्रदेश मन्त्रीपरिषदबाट सिफारिस भएमा नेपाल सरकारले सम्वन्धित स्थानीय तहको कार्यपालिकालाई वढीमा ६ महिनाको लागि निलम्बन गर्न सक्ने प्रावधान राखेको छ । ‘कुनै स्थानीय तहको कार्यपालिकाले देशको भौगोलिक अखण्डता, सार्वमौमिकता राष्ट्रिय प्रतिकुलता हुने गरी कुनै निणर्य वा काम कारवाही गरेको भनी प्देश…
काठमाडौं । सहरमा बस्ने सबैको बैंक खाता हुन्छ । बिभिन्न बेला तथा प्रयोयजनमा उसले एक बैंकमा हैन दुइचारवटै बैंकमा खाता खोलेको हुन्छ । एकदुइ कारोबोर पनि गरेको हुन्छ । तर समयसँगै उ एउटामात्र बैंकमा सिमित बाँकी खाताहरू निस्क्रिय हुनपुग्छन् । यो सहरी जीवनको आम कथा भैसकेको छ । पछिल्लो सयम एउटा तथ्यांक सार्वजनिक भएको छ, यसरी निस्क्रिय रहेको बैंक खाताको संख्या २७ लाख रहेको छ । यी खाताहरूमा १३ अर्ब रकम रहेको छ । यसरी वाणिज्य बैंकहरूमा रहेका २७ लाख खाता निष्क्रिय खाताहरुमध्ये केन्द्रीय बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या नै २७ लाख ३२ छ। र बैंक…
काठमाडौं । यतिखेर अर्थमन्त्रीको कार्यशैली तथा नेपालको अर्थतन्त्रको अबस्थाप्रति स्वयम् प्रधानमन्त्री प्रचण्ड पनि रिसाएको बताइन्छ । अर्थमन्त्री चेन्ज गर्न प्रचण्डले देउवालाईसमेत पटक पटक भनेको भनेर समाचारहरू प्रकाशित भएका छन् । तर देउवाको अति निकट मानिने अर्थमन्त्री महतलाई हटाउन देउवा राजी नभएपछि मन्त्रीमण्डल परिवर्तन गर्ने प्रचण्डको योजना केही समयदेखि मौन बसिरहेको छ । महतलाइ हटाउन खोज्दा गठबन्धन नै टुटेर प्रधानमन्त्री पद जाला भन्ने उल्टो त्रास प्रचण्ड परेको जानिफकारहरू बताउँछन् । यता अर्थमन्त्री प्रकाशशरण महत भने समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने बताउँछन् बैंकबाट बचत फिर्ता…
डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभैकन धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू छन् । दर्जनौं धार्मिकस्थलहरूको प्रचार-प्रचार तथा विकास गर्नसके डोल्पामा लाखौं धार्मिक पर्यटकहरू भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । डोल्पाली लगायतका विभिन्न जिल्ला बासीहरूको अटुट धार्मिक विश्वास बोकेका डोल्पाका अन्य धार्मिक सम्पदाहरू मध्ये श्री बाला त्रिपुरा सुन्दिरी मन्दिर पनि एक हो । प्रचूर धार्मिक पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा पर्दै आएको यस मन्दिरको नेपालका अन्य मन्दिरहरू भन्दा पृथक धार्मिक महत्व रहेको छ । इ.सं. १११४ सालमा स्थापना भएको यस मन्दिर भौगोलिक रूपमा पनि पृथक छ…
जन्मदर्ता सिफारिस लगायतको प्रमाणपत्र किर्ते गरी अर्काकी छोरीलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह कारबाहीबाट जोगिन विभिन्न शक्तिकेन्द्र धाइरहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका मेयर सिंह कारबाहीबाट जोगिन शुक्रबार दिनभर जसो सिंहदरबारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा प्रधानमन्त्री कहाँ पुगेका थिए। सिंहदरबार पुगेका मेयर सिंहले नागरिकता, जन्मदर्ता लगायतको किर्तेबाट जोगाए जसपा परित्याग गरी यहाँकै पार्टीमा पार्टी प्रवेश गर्ने वाचा सहित विभिन्न मन्त्रालय धाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। मेयर सिंहले वीरगंज उप–महानगरपालिका हुँदा २०७१ कार्तिक २० गते…
काठमाडौं । नेपालले नेदारल्याण्डलाइ ९ विकेटले पराजित गराएको छ । नेपालको कसिलो बलिङको अगाडि निरीहझैँ भएको नेदारल्याण्डले पहिले ब्याटिङ गरेर १३८ रन बनाएको थियो । १३९ रनको टार्गेट लिएर ब्याटिङमा उत्रिएको नेपाललमो १५ ओभरमै नै निर्धारित लक्ष्य पुरा गर्यो । नेपालका लागि अनिल शाह र आशिफ सेखले अर्ध शतक प्रहार गरे भने कुशल भर्तेलले २८ रन बनाए । यसअघि कुसल भुर्तेलले ४ विकेटसहित सबै नेपाली बलरहरूको कसिलो बलिङ प्रस्तुत गरेका थिए ।
काठमाडौँ– नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो । अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ । याे अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन भएको भए पनि अहिले पुनर्गठन गर्दै भण्डारीलाई संयोजक तोकिएको हो । कांग्रेस केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेका छन् । प्रस्तावमा सनातन हिन्दुराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको…
काठमाडौँ- दक्षिण कोरियाले सन् २०२४ मा उद्योग तथा कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार नलैजाने भएको छ। कोरियाले यसै वर्षदेखि नेपालबाट सात क्षेत्रमा ईपीएसमार्फत कामदार लैजाने प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गत वर्ष नै गरेको थियो। गत पुसमा दुई युवाको ज्यान जाने गरी ललितपुरमा भएको घटनापछि कोरियाले तत्काल उत्पादन र कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार लैजान चासो नदिएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए। कोरियाले कोरियन भाषा परीक्षामार्फत ई-९ भिसाअन्तर्गत सूचना प्रविधि (आईटी), यातायात, रेस्टुरेन्ट, क्याफे, सुविधा स्टोर, उद्योग, पानीजहाज निर्माण, निर्माण क्षेत्र र होटलजस्ता सेवा क्षेत्रमा नेपाल कामदार लैजाने प्रस्ताव गरेको थियो। पुसमा भएको घटनापछि कृषि र उद्योगबाहेकका क्षेत्रमा नेपाली कामदार…
आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दैछ।त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपाल अघिल्लो खेलमा भएको कमजोरी सुधार गर्दै आज उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ।आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टिमः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ,…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १२ ले फागुन ३ गते प्रकाशित गरेको एक सूचना अहिले व्यापक चर्चाको विषय बन्दै भाइरल भएको छ । वडाले आफ्नो लेटर प्याडमा दर्ता सहयोगीका लागि दरखास्त आव्हानसम्बन्धि सूचना प्रकाशित गरेको यो विषय यसकारण भाइरल भयो कि पत्रमा लेखिएको थियो, “फागुन महिनाको १ गतेभित्र कार्यालय समयमा निवेदन पेश गर्न सूचनामार्फत जानकारी गराइन्छ ।” बुढानीलकण्ठ नगरपालिका यस्ता उट्पट्याङ टाइपका समाचार बन्न माहिर मानिन्छ । उपत्यकामै कम शैक्षिक योग्यता भएका जनप्रतिनिधिहरुको नगरपालिका भनेर बदनाम भएको बुढानीलकण्ठमा जनप्रतिनिधि जनताका कामभन्दा राजनीति बढी गर्ने भनेर आलोचित छन् । यद्यपि यो सूचना वडा सचिवको दस्तखतमा सार्वजनिक भएको हो । यस…
काठमाडौँ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृतिमाथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्रति विमति जनाएका हुन् । वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको बृहत् छलफलमा सरकारलाई थोरै पानीको प्रलोभनमा पारेर लगानीकर्ता र परियोजनाले निर्माणको अनुमति लिएको भन्दै विज्ञहरूले आपत्ति व्यक्त गरेका हुन् । हरेक नेपालीको टाउकोमा थपिने गरी एसियाली विकास बैङ्कको ७० अर्ब रुपियाँ ऋण लगानीमा नागमती बाँध निर्माण आयोजनाले निर्माण गर्न लागेको छ । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नागमती बाँध…
काठमाडौं । बुढानीलकण्ठमा सार्वजनिक जमिनको विषय पेचिलो छ । जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधि नै सार्वजनिक जमिन मिच्नेदेखि अतिक्रमणको संरक्षक बनिरहेको परिप्रेक्षमा हामीले २०७३ सालमा बुढानीलकण्ठ नगरपालिकाले प्रकाशित गरेको सार्वजनिक जग्गाको तथ्यांक तथा अबस्था बारेको प्रतिवेदन हात परेको छ । तत्कालिन बेलामा ठुलै बजेटमा बनेको सो प्रतिवेदनमा हावादारी रहेछ भन्ने कुरा प्रमाणित भएको छ । साविक चुनिखेल गाविसको एउटा कित्ता जग्गा जुन उद्धब खरेल संयोजक रहेको प्रतिवेदनमा स्थानीयले अतिक्रमण गरेको भनेर व्याख्या गरिएको छ । सो जग्गाका जग्गा धनी बाबुकाजी श्रेष्ठले सो जग्गा आफ्नो पुर्ख्यौली तथा लालपूर्जामा भएको दावी गरेर जग्गाधनी पूर्जा नै सार्बजनिक गरेका छन् । सो प्रतिवेदन प्रकाशित भएपछि…
बिजेन्द्र श्रेष्ठ काठमाडौं । बागद्वार बागमती नदीको उद्गम स्थल हो। हामी यो मानेमा भाग्यमानी छौ कि बागद्वार हाम्रै बूढानीलकण्ठ नगरपालिकामा पर्छ । हाम्रो प्रकृति हाम्रो सम्पदा हो । प्रकृति संरक्षणमा हाम्रो सानो प्रयासले पनि महत्वपूणर् अर्थ राख्छ । बूढानीलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनको लागि एउटा महत्वपूर्ण स्थल बागद्वारलाई सफा राख्नु हाम्रो दायित्व पनि हो । बूढानीलकण्ठ नगरपालिकालाई कार्य क्षेत्र बनाएर सामाजिक कार्य गर्दै आइरहेको बूढानीलकण्ठ युथ सर्कलले मानव स्वास्थ्यलाई पनि मध्यनजर गर्दै पर्यटन प्रवर्धनका लागि टेवा पुर्याउने हेतुले प्रकृतिलाई सफा, स्वच्छ र हराभरा राख्न साथीहरुसँग नयाँ नयाँ कुराहरु/अनुभवहरु साटासाट गर्दै यात्रालाई अविस्मरणीय बनाउन २०८० माघ ११ गते बसेको बैठकले फागुन ५…
काठमाडौं । पशुपति क्षेत्रअन्तर्गत जयवागेश्वरी मन्दिर परिसरमा काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा काठमाडौँ ग्वलः अर्केष्ट्रा २०८० आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा सक्रिय चौधबाट क्लबहरूको सहभागिता रहने ग्वलः अर्केष्ट्रा २०८० का बारेमा कार्यक्रम संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का आशामान संगतले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । २०८० फागुन ५ गते शनिबार दिउँसो ३ बजे आयोजना गरिने अर्केष्ट्रामा विभिन्न ग्वल क्षेत्र लगायतका स्थानीय क्लब, संघसंस्था, बाजा खलः, पुचः तथा टोलहरू कार्यक्रमा सहभागी रहने छ । वडाध्यक्ष संगतले युवापुस्ता केन्द्रीत बाजागाजाको संरक्षणार्थ ग्वलः क्षेत्रको पहिचानका लागि ग्वलः अर्केष्ट्रा आयोजना गरिएको बताएका…
काठमाडौं । शिक्षा क्षेत्रमा फराकिलो पाइला हिँडिरहेको काठमाडौँको मनास्लु वर्ल्ड कलेजले विशिष्ट व्यक्तित्वहरूलाइ सम्मानका साथ कक्षा ११ माँ भर्ना भएका विद्यार्थीहरूको स्वागत गर्ने भएको छ । फागुन ६ गते आइतवार नेपाल प्रज्ञा प्रतिष्ठमान आयोजना हुने एक एक विशिष्ट कार्यक्रममा कलेजले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको हातबाट विशिष्ट व्यक्तिहरूको सम्मान गर्न लागेको हो । मनास्लु वर्ल्ड कलेजले आफू शिक्षाका साथै सामाजिक सेवामा पनि समर्पित रहँदै आएको शैक्षिक संस्थाको परिचय दिँदै संगीतकार, खेलाडी, संचारकर्मी, शिक्षासेवी, समाजसेवी तथा विद्यालय कर्मचारीलाइ सम्मान गर्न लागेको प्रिन्सिपल राजन श्रेष्ठले बताए । फागुन ६ गते हुने कार्यक्रमअन्तर्गत सम्मान कार्यक्रमअघि मनास्लु आइडलको ग्र्यान्ड फिनाले, मनास्लु डान्सिङ स्टारको ग्र्यान्ड…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुढानील्कण्ठ लक्षित टिप्पणी गरेका छन् । मेयर बालेनले समाजिक सन्जालमा एक स्टाटस लेख्दै सार्वजनिक सम्पत्तिका बारे गरेको टिप्पणीका केही अंश बुढानीलकण्ठ लक्षित थियो । उनले लेखेका छन्, खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन ।“ बुढानीलकण्ठ नगरपालिकामा खोला मासेर बाटो तथा घर बनाएको प्रति उनले गरेको टिप्पणीले बुढानीलकण्ठ मेयर मिठाराम अधिकारीलाइ पनि समेत छोएको छ । अधिकारीको घर नै खोलामा परेको भनेर टिप्पणी हुने गरेको छ । बालेनले आफूहरू फराकिलो काठमाडौं बनाउने बाटोमा रहेको बताएका छन् । काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन…
काठमाडौं । बुढानीलकण्ठमा कति सार्वजनिक जग्गा छ ? तथा त्यसको अबस्थामा बारे अझैँ अध्ययन हुन सकेको छैन । सार्वजनिक जमिन व्यापकरूपमा दुरूपयोग भएको काठमाडौँका नगरपालिकामध्ये बुढानीलकण्ठ नगरपालिका माथिल्लो श्रेणीमा पर्दछ । बुढानीलकण्ठ नगरपालिका बन्नुअघिका साविक गाविस हुँदैमा जनप्रतिनिधिको मिलोमतो सार्वजनिक जमिनको व्यापक दुरूपयोग भएको तथ्य लुकाएर लुक्न सक्ने अबस्था छैन । अधिकांश पूर्व जनप्रतिनिधिको निजी सम्पत्तिसँग सार्वजनिक जमिनको किस्साले छुनुले पनि बुढानीलकण्ठमा व्यापकरूपमा सार्वजनिक जमिन दुरूपयोग भएको मान्न सकिन्छ । हाल बुढानीलकण्ठ नगरपालिकाका मेयर रहेको मिठाराम अधिकारी हुन् वा पूर्व मेयर उद्धव खरेल उनीहरूलाइ सार्वजनिक जमिनको राजनीतिक, आर्थिक तथा व्यक्तिगत दुरूपयोगको विषय छुने गरेको छ । हाल मेयर रहेका मिठाराम…
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय गच्छेदारले उन्मुक्ति पाएका छन् । सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लगिएको यस प्रकरणमा त्यसबेलाका भौतिक योजना तथा निर्माणमन्त्री गच्छेदारले नीतिगत निणर्य गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । तर, विशेष अदालतले क्याविनेटको निणर्यमा मन्त्रीको एकल भूमिका नहुने तर्क गर्दै उनलाई सफाई दिएको हो । अख्तियारले १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छेदारसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना र कैद…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकोछ । बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो। निगमले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ।खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन। निगमले १५ दिनअघि पनि भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। यो सहित पेट्रोलको मूल्य एक महिनामै ६ रुपैयाँ प्रतिलिटर बढेको छ।
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा रहेको ‘नागिनी गुफा’का बारे बुढानीलकण्ठवासी नै अनविज्ञ छन् । नगरपालिका तथा वडा कार्यालयले यो विषयलाई महत्व नदिएकोमात्र हैन मेयरलगायत कतिपय जनप्रतिनिधिलाई नागिनी गुफाभन्ने पत्तोसम्म छैन । नगरपालिकाको वडा नं ५ मा रहेको ‘नागिन गुफा’ प्रवर्द्धन एवम् प्रचारप्रसारका स्थानीय सरकारलाई मतलब नभए पनि स्थानीयहरू भने एकजुट भएका छन् । स्थानीयवासीहरूले बुढानीलकण्ठको धरोहरका रूपमा ‘नागिनी गुफा’ रहेको भन्दै यसको उत्खनन् र प्रबर्धनतिर जुट्न पर्ने पदयात्रा कार्यक्रम गरेका छन् । चिसेनी भन्ने ठाउँमा रहेको नागिनी गुफा प्रबर्धनका लागि स्थानीय चिसिनि युथ क्लब, दक्षिणेश्वरी युवा क्लबले तथा स्थानीय अगुवाहरूले विशेष पहल गरेका थिए । नागिनी गुफा पदयात्रामा करिब १०० जना सहभागी…