काठमाडौँ । पशुपतिनाथको स्वामित्वमा रहेर पनि गायब भएको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकार तातेको छ । सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेर जग्गा खोज्न तदारूकता देखाएको हो । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार ‘गायब भएकोसहित पशुपतिको हजारौँ बिघा जमिन कसरी कहाँ कुन अवस्थामा छन् र के गर्न सकिन्छ भनेर प्रतिवेदन दिने गरी समिति गठन भएको छ । समितिलाई ३ महिनाभित्र प्रतिवेदन दिने गरी समय तय गरिएको छ । पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल,…
Author: Kathmandu Khabar
काठमाडौँ । केही दिनअघिको वर्षाले काठमाडौँ उपत्यकाको घटेको तापक्रम क्रमशः बढ्न थालेको छ। उपत्यकाको न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि क्रमशः उकालो लाग्दै गएको हो।यसै क्रममा आज (आइतबार) उपत्यकाको अधिकतम तापक्रम हिजो (शनिबार) को तुलनामा २.३ डिग्री सेल्सियस माथि उक्लिएको छ।शनिबार १९.१ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज बढेर २१.४ डिग्री सेल्सियस पुगेको हो। यस्तै आज उपत्यकाको न्यूनतम तापक्रमचाहिँ ४.५ डिग्री सेल्सियस छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शनिबार ४.४ डिग्री सेल्सियस थियो भने शुक्रबार ३.५ डिग्री सेल्सियस। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८ः४५ बजेभित्र न्यूनतम तथा साँझ ५ः४५ बजेभित्र…
काठमाडौं । मिठाराम अधिकारी नगरप्रमुख भएसँगै बुढानिलकण्ठमा ढलाने विकासले तीव्रता लिएको छ । विश्वव्यापीरूपमै सडकमा ढलान गर्न नहुने अवधारणमा व्यापक जनचेता जगाइँदै गरिएको अबस्थामा मिठाराम अधिकारीको नगरपालिकाले प्रमुख प्राथमिकता नै ढलाने विकास र भवन निर्माणलाई दिइरहेको छ । विकास भनेकै ’ढलान’ भन्ने अवधारणाका मिठाराम अधिकारीको सोचलाई साकार बनाउन नगरपालिकाले चालु आर्थिक वर्षमा ५० वटा साना र मझौला सडक ढलानका लागि पूजिगत बजेट व्यवस्था गरेको छ । ढलान भन्नाले बुढानीलकण्ठमा विकास मात्र हैन त्यो दृष्य – अदृष्य र मनग्य आम्दानीको श्रोत भनेर व्याख्या हुने गर्छ । फलानाको घरबाट फलानाको घरसम्म जाने ८ देखि १२ फुटे सडकहरू ढलान गर्न नगरपालिकाले प्रमुख कामका रूपमा…
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो ।महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको थियो । ल्याण्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो ।यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।
काठमाडौं । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी भएका छन् ।…
काठमाडौं : नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको। नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १-१ गोल गरे। जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन्। उनी गोल्डेन बुटको दाबेदार हुन्। इराक विरुद्ध उनी उक्लैले ५ गोल गरिन्। पहिलो हाफको ४०औ मिनेटमा रेखाको पासमा साम्बाले गोल गर्दै खाता खोलेकी थिइन्। दोस्रो हाफको ५९औ मिनेट साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल…
काठमाडौं । सिम्पल आर्ट्सले छब्बिसौं सिम्पल सम्मान प्रदान गरेको छ । बानेश्वरमा आयोजित एक कार्यक्रममा समाजसेवी शोभित उप्रेती, साहित्यकार मधुसूदन प्रसाद घिमिरे, शिक्षासेवी केदारप्रसाद तिमल्सिना, चलचित्र निर्माता तथा बितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सुर्य दयालु र कलाकार सरिता लामिछानेले छब्बिसौं सम्मान पत्र प्राप्त गरेका हुन् । बिभिन्न स्रष्टाहरूका हातबाट सम्मानितहरूलाइ खादा, रूद्राक्ष, टीका तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानितको तर्फबाट कलाकार सरिता लामिछानेले मन्तव्य राखेकी थिइन् । कार्यक्रममा गीतकार नारायण कुमार आचार्यलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थापक अध्यक्ष केशव सान्दाइले स्वागत मन्तव्य, सबिना बयलकोटीको स्वागत नृत्य र ममता मृदुलको सुसेली गायनसँगै कार्यक्रम सुभारम्भ गरिएको थियो ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ ।काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनुअघि नारायण चौरबाट पैदल मार्गको यात्रा गर्दै प्रदुषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो । वायु प्रदुषण कम गर्नको लागि सवारी साधन प्रयोग नगर्दा पनि हुने ठाउँमा हिड्ने सस्कृतिको विकास गर्न आवश्यक रहेको कार्यक्रमका प्रवक्ता नविन मानन्धरले बताए ।‘वायु प्रदुषण बढाउने प्रदुषक तत्वमध्ये सवारी साधन मुख्य कारण हुन् । यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने…
काठमाडौं । नेपाली कांग्रेसभित्रको हिन्दुराष्ट्र अभियानका अभियान्ताहरू कांग्रेस प्रभाव विभाग प्रमुख मीन विश्वकर्मासँग आगो भएका छन् । संस्थापन समूहले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डाले स्थान नदिन भूमिका खेलेको तथा तुच्छ अभिव्यक्ति दिएको भन्दै उनीहरू विश्वकर्मासँग् रूष्ट भएका हुन् । कांग्रेस महासमिति बैठकका निष्कर्ष औपचारिक रुपमा सुनाउन पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वकर्माले दिएको अभिव्यक्तिप्रति अभियन्ताले चुनौति दिएका छन्। अभियानका संयोजक शंकर भण्डारीले कांग्रेसले हिन्दुराष्ट्रको एजेन्डा वेवास्ता गरे पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी पनि दिएका छन्। उनले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए। बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दू राष्ट्रको पक्षमा समर्थन गरेको…
घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल-माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न…
काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु ३(२)मा विजयी भएका यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका हुन्। अख्तियारदुरुपयोगअनुसन्धानआयोगलेयादवविरुद्धविशेषअदालतमामुद्दादायरगरेकोछ। काठमाडौंमा सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरेको उनीमाथि आरोप छ।प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले यादवको उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछन्।
काठमाडौं । पछिल्ला समय प्राकृतिक तथा धार्मिक स्थलको रूपमा लिइने बागद्वार हाइकिङ जानेहरुको लर्को लाग्ने गरेको छ । यसरी प्रकृतिमा रमाउन जानेहरूले जंगल तथा वागद्वार क्षेत्रमा फोहर पनि गरेर फर्किन्छन् । यसरी गरिएका फोहरलाई सफ़ा गर्न भनेर बुढानीलकण्ठ युथ सर्कलले फागुन १२ गते एक कार्यक्रम राखेको थियाे । नियमितरूपमा बिभिन्न सामाजिक गतिबिधिमा संलग्न रहँदै आएको बुढानीलकण्ठ युथ सर्कलले फागुन ५ गते तय गरेको कार्यक्रम सारेर फागुन १२ गते सारेको थियो । नागी गुम्बाको बाटो हुँदै बागद्वार जाने वैकल्पिक मार्ग तथा वागद्वार सफा गर्ने हेतु हाइकिङ कार्यक्रम आयोजना गरेर बुढानीलकण्ठ युथ सर्कल उक्त क्षेत्रको सरसफाइमा जुटेको हो । ५६ जना सहभागि टोलीले…
काठमाडौं । स्थानीयवासी तथा स्थानीय विषय बिना भैरहेको बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव घोषणादेखि नै विवादमा छ । उपमेयर अनिता लामाले राजनीतिक स्टण्ट गरेको भनेर आलोचना भएर सुरू भएको विवादका विषयहरू महोत्सव चलिरहँदा झनै बढेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का वडाध्यक्ष टिकानारायण श्रेष्ठले महोत्सवलाई ‘चुनिख्य भ्रमण् महोत्सव्’ भनेका छन् । श्रेष्ठले संस्कृति तथा साहित्यका नाममा स्थानीय पन नभेटिएपछि महोत्सवलाई भ्रमण महोत्सव भनेका हुन् । चुनिख्यः नामक कार्यक्रममा पनि संस्कृतिका कुरा तथा बुढानीलकण्ठ कसरी बनाउने कुरा नआएपछि रन्केका वडाध्यक्ष श्रेष्ठले सामाजिक सन्जालमा संस्कृति तथा साहित्य महोत्सवलाई “चुनिख्य भ्रमण् महोत्सब” भनेर आफ्नो नाराजगी प्रस्तुत गरेका हुन् । उनले चुनिखेल भ्रमण महोत्सव…
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । “हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उनले भने, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।” काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा प्रथम संस्कृति तथा साहित्य महोत्सव चलिरहेको छ । फागुन ११ मा सुरू भएर १२ गते समापन हुने भनिएको महोत्सवको पहिलो दिनको कार्यक्रम सकिएको छ । काठमाडौँका कुनाकुनाका नाम चलेका नचलेका कवि साहित्यकार तथा अन्य व्यक्ति सहभागि बन्न चुनिखेल आइरहँदा स्थानीय कवि, साहित्यकार, बुद्धिजिवी भने महोत्सवमा देखिएनन् । स्थानीय कवि, साहित्यकार तथा बुद्धिजिवी महोत्सवस्थलमा पुग्न नै गारो भएको देखियो । निम्तोसम्म नगरिएको कार्यक्रममा कसरी जाने ? खासमा महोत्सवको आयोजकमा रहेको केही थान साहित्यकार तथा सहभागि हुन बोलाइएका साहित्यकारबाहेक अरू साहित्यानुरागिसमेत देखिएनन् । आफ्नो नगरपालिकामा गरिएको कार्यक्रममा के नजानु भनेर रमिता हेरुँ न भनेर पुगेका एकाधले पनि कार्यक्रम स्थलमा…
रिता भण्डारी वस्तुतः मानिस सुख, आनन्द, सुरक्षा र प्रगति चाहने चेतनशील प्राणी हो । यी सबथोक प्राप्तिका लागि कुनै पनि मुलुकमा व्यापार–व्यवसाय, रोजगारी वा अर्थोपार्जन अनुकूल वातावरण आवश्यक पर्छ । आर्थिक रूपले अनुकूल वातावरण हुँदा मुलुकले समृद्धि हासिल गर्छ । फलस्वरूप नागरिकले पनि गुणस्तरीय शिक्षा–स्वास्थ, लैङ्गिक समानता, सामाजिक सुरक्षा, सहज सार्वजनिक सेवा र आकर्षक पारिश्रमिक प्राप्त गर्छन् । स्वाभाविक रूपमा अविकसित मुलुकमा यी सबथोकको कमी हुन्छ । त्यसैले जीवन उपयोगी सिप, आकर्षक ज्याला वा पारिश्रमिक, पेन्सन, बिमालगायत सामाजिक सुरक्षा, अत्याधुनिक भौतिक सुविधा, गुणवत्तापूर्ण जीवनशैली आदि प्राप्तिका लागि अविकसित मुलुकबाट विकसित मुलुकमा जनशक्ति पलायन हुने गरेको हो । राजनीतिक तथा नीतिगत…
भारतका केही राज्यमा कटन क्यान्डी खाँदा क्यान्सर हुन्छ भन्ने ठानिन्छ। अनि तिनले चिनीजस्तै गुलियो हुने गुलाबी रङ्गको कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। गत साता दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी बेच्न रोक लगाउने निर्णय गर्यो। उक्त राज्यमा परीक्षणका लागि प्रयोगशालापठाइएका नमुनाहरूमा क्यान्सर लगाउन सक्ने तत्त्व ‘रोडमाइन-बी’ भेटिएपछि कटन क्यान्डीको बिक्रीमाथि प्रतिबन्ध लगाइएको हो। यसै महिनाको सुरुमा दक्षिण भारतकै पन्डीचेरीले पनि कटन क्यान्डीको बेचबिखनमा रोक लगाएको थियो । पन्डीचेरी केन्द्रशासित प्रदेश हो।
बुढानीलकण्ठ संस्कृति तथा साहित्य महाेत्सवलाई सम्बाेधन गर्दै कविताः दामाेदर बद्रि भट्टराई नारायण नबेच्नु ! आत्मा बेचिन्छ !! किर्ते, जाली, तुच्छाहरू, नखोज्नु यतै भेटिन्छ ॥ पसिनाको मूल्य , उठौती बकौती जस्तै भगवान अन्त नखोज्नु यतै देखिन्छ !!! वरदान जस्तै, विकास दिनेछन । भगवान जस्तै भेटी लिनेछन !! नारायण जस्तै सुतुन् बुढानिलकण्ठ !!! लुट्नेछन लुटिरहन्छन, लुछ्नेले लुछिरहन्छन । आँसु माथि आँखा गाड्नेहरुको शासनमा ठेला,गाडा, झुपडी माथि राज गर्ने आशनमा विराजमान बुढानिलकण्ठ महाराज रत्यौली गरिबक्सन्छ । उस्तै रजगज देवीरुपी, नशा, नशा चर्काउने गरिबको चामल लुटी, उस्तै जमिन थर्काउने देविको दैवीरुप !! घार्रघुर्र, भागदौड, भगवानको फुर्सद छैन ! कम्मर मर्काउने, जमिन थर्काउने, झारफुक गर्ने…
नेपालगञ्ज । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले नेपालगञ्ज उद्योग वाणिज्य संघको सहकार्य तथा समन्वयमा उद्योग व्यव्सायीहरुसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । । अन्तर्क्रिया कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक श्री नवराज ढकालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रमा कार्य गरिरहेको बताएका थिए । केन्द्रका विभिन्न कार्यक्रमहरुको चर्चा गर्दै ऊर्जामा लगानी र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रको साथै नीजि क्षेत्रकोसमेत सहकार्य हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्वन उत्सर्जनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा…
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक महिलालाई दुबई हुँदै ओमानमा लगेर बेच्ने एक जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान व्युरोले बाँके घर भई टोखा बस्ने ६५ वर्षीय प्रकाश सिंह बुढाथोकीलाई पक्राउ गरेको हो। बुढाथोकीले पीडित महिलालाई कुवेत भन्दै गत फागुन १७ गते भिजिट भिसामा दुबई पठाएका थिए। दुबई पुगेकी पीडित महिलालाई एक महिनासम्म बन्धक बनाइएको र त्यसपछि १४०० रियालमा ओमानमा लगेर बेचेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ओमानमा लगी पीडित महिलालाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरीले जनाएको छ। ती महिलालाई ओमानी नागरिकको घरमा १८-२० घन्टासम्म बिना ज्याला काममा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ। व्युरोका सूचना…
काठमाडौं- क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका कपन बस्ने अल शाहिद ओभरसिज प्रा.लि. को संचालक ४० बर्षीय बलराम भट्टराई रहेका छन् । भट्टराईले रविन्द्र मण्डललाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु, त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ र क्यानडा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु जहाँ मासिक ४ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटक पटक गरी जम्मा २० रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टराईको खोजतलास गर्ने क्रममा बिहीबार सुकेधाराबाट पक्राउ गरेका हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार…
काठमाडौं । सामाजिक कार्यक्रमहरूमा सक्रिय रहँदै आएको बुढानिलकण्ठ युथ सर्कलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज्मा रहेको प्रशिद्ध वागद्वार हाइकिङ कार्यक्रम आयोजना गरेको छ । बागद्वार जाने मार्ग सरसफाई गर्ने हेतुले आयोजना गर्न लागेको हाइकिङ कार्यक्रम बिहान ७ः३० मुहानपोखरीबाट सुरू हुने बताइएको छ । हाइकिङमा जानेहरू मुहानपोखरीमा भेटेपछि नागी गुम्बासम्म मोटरसाइकलमा जाने कार्यक्रम रहेको आयोजकका तर्फबाट बिजेन्द्र श्रेष्ठले बताए । बागद्वार जाने वैकल्पिक मार्ग मानिने नागी गुम्बाबाट जाने मार्गमा हाइकिङ गर्दै फोहरहरू संकलन गरिने श्रेष्ठले बताए । शनिवार वागद्वार जाने मुख्य मार्गमा धेरै मानिस हुने भएकाले पनि वैकल्पिक मार्गबाट हाइकिङ गर्ने योजना बनाइएको हो । यो मार्ग मुख्य मार्गभन्दा छोटो रहेको छ…
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ। अरेट इन्टरनेशलले यो मोडब बजारमा ल्याएको हो। टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार वर्गमा सर्वोत्कृष्ट रहेको हो। टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्द भर्सन भएको अरेट इन्टरनेशनल प्रालिका सीईओ विनोद श्रेष्ठले बताए। फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी…
काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उद्योग व्यवसायीहरूसँग भैरहवामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रका निर्देशक श्री डा. नारायण प्रसाद अधिकारीले नेपालमा वैकल्पिक ऊर्जाको दायरा र औचित्यबारे धारणा राख्दै केन्द्रका विभिन्न कार्यक्रमहरुको बारेमा छोटो जानकारी दिएका थिए । उनले सोलार रुफटफ कार्यक्रम सफल पार्नका लागि समेत उद्योग तथा व्यवसायीहरूसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्वन उत्सर्जनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा…
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण भएका भौतिक संरचना । तस्बिरः खेमराज गौतम, रासस
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत र माघस्नान आज समापन हुदैछ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूपूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दु महिलाहरूद्वारा यो व्रत लिइन्छ। यस अवधिमा काठमाडौँको साँखुस्थित शालीनदीपरिसरमा माघस्नानसहित माधवनारायण मेला लागिरहेको छ। साथै पशुपति क्षेत्रअन्तर्गत गौरीघाट, गुह्येश्वरी र सतीदेवीका अंग पतन भएका विभिन्न शक्तिपीठका साथै महादेव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ। श्री स्वस्थानीको व्रत सकिन दुई दिन बाँकी रहँदा बिहीबार पनि साँघुस्थित शालीनदी परिसरमा भक्तजन र श्रद्लुहरुको भिडभाड थियो। बिहीबार पनि शालीनदी परिसरमा शालीनदीमा स्थान गर्ने, माधव नारायण र श्रीस्वस्थानी मन्दिरको दर्शन गर्ने भक्तजनहरूको सङ्ख्या त्यत्तिकै थियो। तीर्थालु तथा भक्ताजनहरुले गोमा ब्राह्मणीका…
काठमाडौं । वर्षेनी वर्षामा बाढ़ी आउने कपनको चखुन्चा र यज्ञमती खोलामा बक्स कल्भर्ट बनाउने काम तीव्रताका साथ चलिरहेको छ । वर्षा अघि नै बक्स कल्भर्ट बनाएर डुबानको जोखिम न्युनिकरणका लागि प्रयत्न जारी भएको देखिन्छ । यज्ञमती खोलाको नेपाली टेलिकम खण्डदेखि साततले धोवीखोलासम्म जताततै बक्स कल्भर्टको काम भैरहेको देख्न सकिन्छ । हालसम्मको योजनामा बक्स कल्भर्टमा मानिसका घरबाट निस्किने मलमुत्रको फोहर हालिने छैन । यसका लागि कल्भर्ट बाहिर दुवैपट्टि साइटमा ढल हालिनेछ । यो कार्य भने बक्स कल्भर्ट बनिसकेपछि सुरू हुने काठमाडौँ महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल होडाले बताए । कल्भर्टसँगसँगै केही ठाउँमा आवतजावतका लागि ब्रिज बनाउने काम पनि सुरू…
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्ने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन् । महासमिति बैठकको बिहीबार आयोजित समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन् । ‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ,’ उनले भने, ‘काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’ महामन्त्री थापाले दागी…
काठमाडौं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा इराकविरुद्ध नेपालले सानदार जित निकालेको छ । बिहीबार साँझ भएको खेलमा नेपालले इराकलाई ५-० गोलले पराजित गरेको हो । नेपालका लागि पाँच गोल नै सावित्रा भण्डारीले गरिन् । उनले पहिलो हाफमा चार गोल गरेकी थिइन भने दोस्रो हाफमा एक गोल थपिन् । सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्तदै भण्डारीले अर्को गोल गरिन् । भने खेलको ३७ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यस्तै खेलको ४४ औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४-० को अवस्थामा पुर्याएकी हुन्…
सार्बजनिक जग्गा विशेष ३ (काठमाडौँ खबरमा सार्वजनिक जमिन बारेमा लेख्ने क्रम सुरू गरेका छौँ । यो क्रम जारी रहनेछ । लेख्ने तथा सोधखोज गर्ने क्रममा हामीले नगरपालिकाले नै लाखौँ लगानी गरेर निकालेको एक प्रतिवदेन पनि हात परेको छ । यो प्रतिवेदन आफैले पनि बुढानीलकण्ठ नगरपालिकाले कति अनुत्पादक काममा लगानी गरेर पेश्की फर्स्यौट गर्छ भन्ने कुराको गतिलो प्रमाण हो ।) काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा सयौँ रोपनी सार्वजनिक जमिन मिचिएका छन् । सार्वनजिक जमिनदेखि खोला तथा राजकुलोमै मानिसले घर ठड्याएका छन् । त्योभन्दा महत्वपूर्ण कुरा यी सबै काममा जनप्रतिनिधिकै मिलेमतो भएको देखिन्छ । जनप्रतिनिधिहरू सिमित लोभ तथा लालचमा फस्दा बुढानीलकण्ठले सरकारी, पर्ति…