Author: Kathmandu Khabar

काठमाडौं । चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । उक्त सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदुरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा छन् । बोर्डले चलचित्र भवन र सिट सङ्ख्या समेत उल्लेख गरिएको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको सङ्ख्या थपघट हुनसक्ने समेत जनाएको छ । सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण…

Read More

काठमाडौं । काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, ‘निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान  कार्य भइरहेको छ ।’ शव जाँचको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता अधिकारीले बताउए ।

Read More

काठमाडौं । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् आजको दुई खेलमा विराटनगर र काठमाडौं विजयी भएका छन् । दुवै रोचक खेलमा आज काठमाडौं र विराटनगरले आफ्नो जित दर्ता गराएका हुन् । काठमाडौं र लुम्बिनी दुवै यसअघि पराजित भइसकेका टोलीहरू हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान र दिउँसो दुई खेल भएको थियो । बिहान सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको थियो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । त्यस्तै, आजको पहिलो खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २०…

Read More

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले आज रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जानकारी दिए । ‘अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ’, उनले भने,…

Read More

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अदालतको आदेशविपरीत आफ्नो विधानमा संशोधन गर्ने निर्णय गरेको छ । गत मंसिर १७ गते उच्च अदालत पाटनले विधानमा कुनै पनि संशोधन नगर्नु नगराउनु भनी कमिटीको नाममा आदेश जारी गरेको थियो । ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको नाममा जारी गरेको यो आदेशले ओलम्पिक कमिटी, आइओसीको चार्टर तथा प्रतलित नेपाली कानुन अनुसारको कार्य गर्न भनेको छ । तर मंगलबार बसेको कमिटीको बैठकले आदेशविपरीत हुने गरी निर्णय गरेपछि यसको विरोध सुरु भएको छ । यो निर्णयप्रति असहमति जनाउँदै नेपाली काँग्रेसले कमिटीलाई अदालतको आदेश पालना गर्न ध्यानाकर्षण गराएको छ । काँग्रेसको केन्द्रीय खेलकुद विभागका…

Read More

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको एक विद्यालयमा पढ्ने ११ वर्षीया बालिका आफ्नै बाबुबाट जबर्जस्ती करणीमा पर्ने गरेको भेटिएको छ । सो उजुरीको आधारमा उनका सौतेनी बाबु प्रहरीलाई हिरासतमा पुर्‍याइएको छ भने ती बालिकालाई काठमाडौं महानगरपालिकाको जिम्मामा राखिएको छ । पछिल्लो समय महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवार बाल हेल्पलाइनसहितको संयुक्त टोलीले उनको बारेमा जानकारी पाएपछि उनलाई उद्धार गरेको थियो । साथै, उनका बुबालाई उजुरी गरेर प्रहरी हिरासतमा पठाइएको छ । बालिका अध्ययन गर्ने विद्यालय काठमाडौ महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिकाले प्रहरी वृत्त, वौद्धको सहयोगमा उनीहरूको उद्धार गरेको महानगरपालिकाले जनाएको छ । उनीबाहेक महानगरपालिकाले अन्य दुई बालकलाई पनि घरेलु हिंसामा परेको…

Read More

काठमाडौं । पछिल्लो समय घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज पनि घटेको छ । योसँगै राजधानी काठमाडौँको न्यूनतम तापक्रम यो वर्ष (२०८१) को आजसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान पौने नौ बजे जारी गरेको सूचनाअनुसार काठमाडौँको न्यूनतम तापक्रम आज ५.६ मा झरेको छ । जबकि मंगलबार ६.६ डिग्री सेल्सियस रहेको थियो । यो क्रम अझै घट्ने सम्भावना रहेको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार प्रोटेस्टसम्बन्धी समस्या भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उनको आजै शल्यक्रिया गर्ने तयारी रहेको छ । उनको प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्न लागेको अस्पतालले जनाएको छ । राष्ट्रपति पौडेलले १५/१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको हो ।

Read More

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तिरकतर्फको हवाई भाडा बढाएको छ । एक सूचना जारी गरी हवाई भाडा बढाएको हो । नेपाल आयल निगमले हवाई इन्धनमा दुई रुपैयाँ बढाएसँगै मूल्य बढाएको हो ।

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८२ रन बनाएको थियो । पछि ब्याटिङ गरेको विराटनगरले १६.१ ओभरमा ९२ रन बनाएर सबै विकेट गुमाएको थियो । योसँगै विराटनगरले दुई खेलमा दुवै हार व्यहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै, लिगअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग…

Read More

काठमाडौं । चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच नौ वटा बुँदामा सहमति भएको छ । मंगलबार भएको एक कार्यक्रमका बीच नौ बुँदे सहमति भएको हो । मंगलबार भएको प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । यस्तो छ सहमति भएका विषयहरू : १) टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान २) नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र ३) नौतले बसन्तपुर दरवार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान ४) प्रशोधित राँगाभैँसीको मासु निर्यातसम्बन्धी प्रोटोकल ५) विकास योजनासम्बन्धी समझदारीपत्र ६) आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र ७) नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान ८) स्वयम्‌सेवी…

Read More

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको पूर्ण नतिजा सार्वजनिक भएको छ । मंसिर १६ गते देशभरका ४१ स्थानमा भएको उपनिर्वाचनमा सबै स्थानको मतपरिणाम आइसक्दा सबैभन्दा धेरै स्थानमा नेपाली काँग्रेसले जितेको छ । उसले एक पालिका अध्यक्षसहित १७ वटा वडामा जित हासिल गरेको हो । त्यस्तै, यो निर्वाचनमा नेकपा माओवादी केन्द्रले राम्रो उपलब्धि हासिल गरेको छ । यहाँ हामीले कुन पालिकामा कसले चुनाव जित्यो भन्ने सूची समेटेका छौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गरे ।…

Read More

काठमाडौं । लोयल्टी एकेडेमी र हिमालयन शेर्पा क्लबबीच एन्फा यू–१६ फुटबल प्रतियोगितामार्फत युवा फुटबल टोलीलाई प्रवर्द्धन गर्नेबारे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एकेडेमीका अध्यक्ष विजय सम्बाहाम्फे र क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरे । यस साझेदारीले युवा प्रतिभाको पहिचान र प्रोत्साहन गर्दै खेलकुदको उत्कृष्टता र खेलभावनालाई प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको जनाएको छ। प्रतियोगिताले १६ वर्ष मुनिकाका सहभागीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न, उच्च स्तरमा प्रतिस्पर्धा गर्न र व्यावसायिक वातावरणमा अनुभव हासिल गर्नको लागि एउटा सशक्त मञ्च उपलब्ध गराउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन्। यो समझदारीले लोयल्टी एकेडेमी…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् आजको पहिलो खेल विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । पहिलो खेल शनिबार जनकपुरसँग पराजित भएको विराटनगर आज सुदूरपश्चिसँग जित निकाल्ने प्रयासमा छ भने सुदूरपश्चिम पहिलो खेलमा नै जित निकाल्ने दाउमा छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज चितवन र पोखराबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेलमा सोमबार काठमाडौं गुर्खाजलाई पराजित गरेको चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिमको कप्तानी दुई कुशल खेलाडीले गर्दैछन् । चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् भने पोखराको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । चितवनले पहिलो खेलको जितको लयलाई निरन्तरता दिन चाहनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने दाउमा हुनेछ ।

Read More

काठमाडौं । यसअघि दुई वटा वडामा चुनाव जितेको नेपाली काँग्रेसले मेयर पदमा पनि विजय हासिल गरेको छ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले चुनाव जितेका हुन् । निकटतम प्रतिद्वन्द्वीले निरन्तर अग्रता बढाउँदै लगेका डंगोलले अन्तिममा 5334 मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार शिवशरण महर्जनले 4555 मत प्राप्त गरे । योसँगै काँग्रेसले कीर्तिपुरमा यसअघिदेखिको विरासत जोगाएको छ ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा जनकपुर बोल्ट्सले दोस्रो जित हात पारेको छ। सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुरले लगातार दोस्रो जित दर्ता गरेको हो । शनिबार विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको जनकपुरले सोमबार भएको दिनको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई पनि ८ विकेटले नै पराजित गरेको हो।

Read More

काठमाडौं । काठमाडौं गुर्खाजका खेलाडीको ब्याटिङ राम्रो नचल्दा सोमबार भएको एनपीएलको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । आजको पहिलो र प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो । काठमाडौं गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११…

Read More

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकाको दुई वटा वडामा काँग्रेसले चुनाव जितेको छ । दुई वडा र मेयर पदको निर्वाचन भएको थियो । जसमा दुई वडाको मतपरिणाम आइसकेको छ भने मेयर पदको मतगणना चलिरहेको छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ । डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१  मत प्राप्त गरेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। उनले ७ सय ४२…

Read More

काठमाडौं । विसं २०७९ सालको मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनको समयमा धेरैतिर नयाँ दलको खहरेजस्तै भेलले धेरै क्षेत्रमा पुराना दलका नेताहरूलाई चुनौती थपिइरहेको थियो । सोही समयमा पनि काँग्रेस महामन्त्री गगन थापा भने आफ्नो क्षेत्रका मतदाताप्रति ढुक्क थिए । पार्टीमा होस् या राष्ट्रिय राजनीतिमा जतात्यतैबाट प्रहार खेप्दै आएका थापाका लागि आफ्नो क्षेत्र भने एउटा आत्मीयताले भरिएको क्षेत्र थियो र यस क्षेत्रका मतदातालाई उनले अरु वैकल्पिक शक्तिको आश गर्नुपर्ने बनाउनु परेको थिएन । यही चुनावी अभियानकै क्रममा बुढानीलकण्ठ नगरपालिकाको वडा नं १०, ११ र १२ का करिब ११ सय परिवारलाई खानेपानीको समस्या रहेको काठमाडौंको कपनको जोरधारा क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने…

Read More

काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई छाडेर निजी स्वामित्वको हिमालयन एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन उड्न लागेका प्रधानमन्त्री ओली दिउँसो ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङका लागि उडान भर्दैछन् । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६:१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछन् । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् ।…

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग(एनपिएल) मा सोमबार दुई खेल हुने भएको छ । पहिलो खेल बिहान ९ः१५ बजे काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । चितवन युवा खेलाडी कुशल मल्ल र काठमाडौं अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रनेछ । त्यस्तै, दोस्रो खेल दिउँसो १:१५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । अघिल्लो स्थानीय तहको निर्वाचनपछि उदाएको यो पार्टीको स्थानीय तहमा पहिलो जीत हो । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । यो वडामा चुनाव जितेको रास्वपाको यसबाहेकका उसले उम्मेदवार उठाएको वडामा कति मत आयो त ? हेर्नुहोस् । तेह्रथुमको लालीगुरास नगरपालिका काँग्रेसले ४४० मतले चुनाव जित्दा रास्वपा उम्मेदवारको ३८ मत आएको छ । त्यस्तै, गढी गाउँपालिका वडा नं ६, सुनसरीमा काँग्रेसले ८१६ मत ल्याएर चुनाव जित्दा पाँचौं स्थानमा रहेको रास्वपाले ३३ मत ल्याएको…

Read More

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म एक पालिका प्रमुखसहित २८ ठाउँको नतिजा आएको छ । जसमध्ये नेपाली काँग्रेसले १५ ठाउँमा चुनाव जितेको छ भने एमालेले एक पालिका प्रमुखसहित ६ ठाउँमा चुनाव जितेको छ । नेपाली काँग्रेसले चुनाव जितेका उम्मेदवारहरूको सूची निम्नानुसार रहेको छ। अर्जुन प्रसाद तिवारी वडा अध्यक्ष हेटौडा उपमहानगरपालिका १२ आनन्द श्रेष्ठ वडा अध्यक्ष मुसिकोट नगरपालिका १ प्रकाश चन्द वडा अध्यक्ष भीमदत्त नगरपालिका ६ अमिन थारु वडा अध्यक्ष ठाकुरबाबा नगरपालिका ४ तेतर साहु वडा अध्यक्ष गढी गाउँपालिका ६ समसे आलम वडा अध्यक्ष राजपुर नगरपालिका ६ धिरेन्द्र पुजारा वडा अध्यक्ष सूर्मा गाउँपालिका ४ भुपमणी…

Read More

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत् कीर्तिपुर र काठमाडौं १६ मा मतगणना सुरु भएको छ । काठमाडौंको चार स्थानका लागि भएको निर्वाचनमध्ये सबैतिर निर्वाचन सुरु भएको हो । राति करिब १० बजेतिर मतगणना सुरु भएको हो । काठमाडौं १६ मा कुल १० हजार पाँच सय मत खसेको छ। त्यस्तै, कीर्तिपुर नगरपालिकामा सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ । वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नम्बर वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ।

Read More

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म…

Read More

काठमाडौं । विभिन्न ४१ स्थानमा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । धेरै स्थानमा मतगणना सुरु हुन थालेको छ । काठमाडौंमा भएको चार पदको निर्वाचनमा मतदान सकिएको छ । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष एवं काठमाडौं १६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनाको तयारी तीब्र भएको छ । कीर्तिपुरमा आजै मतगणना सुरु गर्ने तयारी गरिए पनि सर्वदलीय बैठकले भोलि मात्रै मतगणना गर्ने निर्णय गरेको छ । मतदानस्थलबाट उपनिर्वाचनको मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए । ‘१० वटै वडाबाट मतपेटिका ल्याइसकिएको छ । यसपछि खाना खाएर गणना सुरु हुन्छ’, उनले भने । उनका…

Read More

काठमाडौं । नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई…

Read More

काठमाडौं । निर्वाचन आयोगले आज जारी रहेको उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । साथै, समयसमयमा मतगणनाको अपडेट वेभसाइटबाट दिइने पनि आयोगले जनाएको छ । आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । काठमाडौं । काठमाडौंका चारसहित देशभरका कुल ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । काठमाडौंमा कीर्तिपुर नगरपालिकाका प्रमुखसहित दुई वडाध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं १६का वडाध्यक्ष पदका लागि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

Read More

काठमाडौं । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्दै नेपालले इतिहास रचेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तानमा…

Read More