नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न फेरि एकपटक आग्रह गरेका छन् । आफ्नो उमेर समूहका नेता कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै थापाले आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न देउवालाई आग्रह गरेका हुन् । सोमबार सभापति देउवा पनि सहभागी पार्टीको नवलपुर जिल्ला सम्मेलनमा थापाले भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’ थापाले पार्टीभित्र गुटबन्दी किन बढेको भन्दै देउवामाथि प्रश्न पनि गरेका छन् । ‘एउटा कार्यकर्ता दिनको ५/६ घण्टा पार्टी कामलाई दिन्छ । त्यो ५/६ घण्टामध्ये २/३ घण्टा त उसको कुनै गुटको हिसाबकिताव गर्न जान्छ’ थापाले भने । टिकट पाउनकै लागि पार्टीमा…
Author: Kathmandu Khabar
काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो अहिले भाइरल भएको छ । संस्कृतिविद् डा.जगमान गुरुङले एउटा समारोहको अग्रपंक्तिमा बसेका अतिथिको माइक खोसिरहेका छन् । भिडियोमा स्पष्ट सुनिन्छ कि उनले ती अतिथिहरुलाई वैदिक संस्कृतिको व्याख्या गर्न आउनेले पोषाकको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताइरहेका छन् । उनले बाचकी बसेको धार्मिक मञ्च व्यासासनमा फिरङ्गीको पाइन्ट लगाएर वैदिक संस्कृतिको व्याख्या गर्ने अधिकार नभएको भन्दै माइक खोसेको देखिन्छ । यो कार्यक्रम पशुपतिमा आयोजिक एक श्रीमद्भागवत कथाको हो । सो कार्यक्रममा डा गुरुङलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । अन्तिममा उनले भाषण गर्दैगर्दा उनले भारतीय भूमिभन्दा बढी पूर्वीय संस्कृतिका लागि नेपाली भूमि पवित्र रहेको भन्दै व्याख्या गर्दै…
काठमाडौँ । नेपाल प्रहरीमा जागिर खाने पहिलो महिला प्रहरी चैतमाया डङ्गोल हालै ९० वर्ष पार गरिसकिन् वि.सं १९९० साल जेठमा चावहिलमा जन्मेकी चैतमायाले २००८ सालमा प्रहरी सेवामा प्रवेश गरेकी हुन्। रमाइलो हुने र खेल्न पाइने भनेर सिंहदरबारमा पुगेकी उनले बाध्यतावस प्रहरीमा भर्ना हुनु परेको बताएकी छन्। परिवारको समेत असहमति हुँदा पनि उनले नेपाल प्रहरीमा झन्डै ३२ वर्ष सेवा गरेर वि.सं २०३९ सालमा असई पदबाट अवकाश लिइन्। तस्वीरः विमल होडा(कामपा ७ का वडाध्यक्ष)
धनकुटा नगरपालिकामा मुख्य थलो रहेको आठपहरिया यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट सुरु हुन लागेको छ । आठपहरिया राईहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्नको लागि मनाइने यो पर्वमा वर्षभरि मृत्यु हुने परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ । यो चाडमा आफन्तको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने प्रचलन छ। तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको छ । यो चाडमा दुःख बिर्सिएर भक्ति…
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवा: समुदायले सकिमिला पुन्हीको रूपमा मनाउँछन् । विशेषगरी, काठमाडौं उपत्यकाको बौद्ध नेवा: समुदायले मनाउने यो पर्व, नेवा:हरुको एक साझा पर्व हो। यस दिन मकै, भटमास, केराउ, बकुला, आदि विभिन्न गेडागुडीहरु भुटेर खाने गरिन्छ, त्यसैले हलिमली पुन्हीको नामले पनि यस दिनलाई चिनिन्छ । के गरिन्छ ? यस दिन मुख्यरूपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई चढाउने गरिन्छ । त्यसैले यस पर्वलाई सकि ( पिँडालु, तरुल आदि) मना ( उसिन्नु) = सकिमना पुन्ही पनि भनिन्छ। विभिन्न नामले सम्बोधन गरिने यस पर्वमा घर-घरमा मकै, भटमास, बकुला आदि विभिन्न अन्नहरु भुटेर खाने गरिन्छ।…
हिमाली क्षेत्रको समाज र सभ्यता पृथक छ। पहाड एवं तराईभन्दा धेरै फरक छ त्यो। टेथिस सागर क्षेत्रमा ठूलो उथलपुथल हुँदा नेपालमा हिमालय, पहाड र तराई बनेको भूगोलविद्हरूले लेखेका छन्। लाखौँ वर्षपहिले अर्थात ‘रामापिथेकस’ युगदेखि नै सभ्यता पुष्पित–पल्लवित हुँदै आयो, हिमवत्खण्डमा। कोसी, वाग्मती, गण्डकी र कर्णालीको सभ्यता जस्तै मैथिली भाषा, संस्कृति र सभ्यता, अवधि सभ्यता र किराँतकालदेखि तमोर आसपासमा विकसित सभ्यता बचाउने हो भने राष्ट्रलाई विदेशी (फिरङ्गी भन्थे हाम्रा पुर्खाले) धर्म/संस्कृतिको दुष्प्रभावबाट बचाउन सकिन्थ्यो। युरोप–अमेरिकातिर बसेका नेपालीमध्ये केहीले ‘मेरा सन्तानले नेपाली भाषा बिर्सिसके’ भनेर प्रसन्न भएको सुन्दा मुटु चसक्क दुख्छ। काठमाडौँमा हुर्केर दुई–चार घण्टा माघी, उँधौली-उँभौली, ल्होसार, छठ, गौरा आदि पर्वमा…
काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर जग्गा कित्ताकाट ह्वात्तै बढेको आँकड़ा सार्वजनिक भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिना साउनदेखि कात्तिकसम्म देशभरका ३९ हजार साविक जग्गालाई टुक्राएर ७७ हजार ३१३ कित्ताकाट गरियो। ठिक एक वर्षपछि अर्थात् चालु आर्थिक वर्षको पहिलो चार महिनामा उक्त संख्यामा व्यापक उछाल देखिएको हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा देशभरका १ लाख ४९ हजार ३५६ जग्गालाई काटेर ३ लाख ३३ हजार ८५० कित्ताकाट गरिएको छ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा देशभरका मालपोत कार्यालयहरुबाट हुने कित्ताकाट करिब ७७ प्रतिशत बढेको देखिन्छ। जग्गा कित्ताकाट…
बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ ।पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो । स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ । कृषिमा यान्त्रिकिकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा पारेकाले गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो ।मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले…
बुढानीलकण्ठ मन्दिरमा महन्थ निगमानन्दको बेथिति चर्चामा छ । उनको स्वभावदेखि उनका कर्मसम्मका विषय समाचारका छाउँदा पनि सम्बन्धित पक्ष यो बारेमा सक्रिय देखिएको छैन । निगमानन्द कसले के गर्न सक्छ गरे हुन्छ भन्दै आफू भारतीय दुतावासको मान्छे हुँ भन्दै फुर्ति लगाउने गरेका छन् । उनले भारतीय दुतावासको बदनाम गरिरहेको प्रशंग पनि देखिन्छ । यसैबीच निगमानन्दसँग जोडिने आर्थिक पाटो मन्दिरमा लगाउने भागवत् पुराणको आर्थिक उपार्जन र त्यसको दुरूपयोगसँग जोडिएको छ । मन्दिरमा रहेको वेद विद्याश्रम र त्यहाँका बटुकहरूलाई व्यवस्थित गराउने भनेर वर्षेनी पुराण लगाउने गरिएको देखिन्छ । तर मन्दिरमै रहेको पुरानो भवनमा वेदविद्याश्रमका बटुकहरूको हालत भने नाजुक अबस्थामा रहेको छ । बटुकहरूको हालत माग्नेजस्तो…
भूकम्पमा दुईवटा घर भत्किएपछि आठ जनाको परिवारसहित नलगाड नगरपालिका–४ च्युरीदाराका ४५ वर्षीय भक्तबहादुर विक त्रिपालमुनि बस्दै आएका छन् । ६ रोपनी जग्गा भए पनि त्यहाँको उब्जनीले ३ महिना पनि खान नपुग्ने भएपछि उनलाई मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।यस वर्ष पनि वैशाखमा भारत गएका उनी दसैं मनाउन फर्किएका थिए । ‘बचेखुचेको अन्नपात पनि भूकम्पले घर भत्किँदा सबै पुरियो, निकाल्न नै पाएका छैनौं,’ उनले भने, ‘न त नयाँ बाली नै लगाउन पाइएको छ, पालिकाले राहतमा दिएको एक बोरा चामल पनि सकिन लाग्यो, फेरि कसैले दिए खाइएला, नत्र के खाने ?’भक्तबहादुरका छिमेकी बलबहादुर विकलाई पनि राहतमा पाएको खाद्यान्न सकिएपछि अब कसरी गाँसको जोहो गर्ने…
ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको सप्तपाताल पोखरीलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । महानगरपालिकाले सो पोखरीको निर्माण कार्य अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । महानगरका प्रवक्ता राजु महर्जनले हरियाली सहर बनाउने मुख्य उद्देश्यका साथ विभिन्न योजनाहरू अघि बढिरहेको भन्नुहुँदै सप्तपाताल पोखरी निर्माणका लागि सीमाङ्कनको काम सकिएको जानकारी दिए । महर्जनले भने, “यो लगनखेलको ऐतिहासिक तथा धार्मिक पोखरी हो । मछिन्द्रनाथ जात्रासँग सम्बन्धित पोखरी हो ।” हजारौँ वर्ष पुरानो एवम् लामो दिनसम्म मनाइने मछिन्द्रनाथ जात्रा सम्पन्न भएपछि पातालमा यो सूचना पुर्याउन चार जोर माछा उक्त पोखरीमा छोड्ने परम्परागत एवम् धार्मिक चलन रही आएको…
चाबहिल भगवानस्थान धन्दो चैत्य (चारुमती बिहार)मा “कथिन चिवर दान” पुण्योत्सव सम्पन्न भएकाे छ ।
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित रामबहादुर थापाको बगैँचामा फलेको लटरम्म सुन्तला । थापाले सुन्तला बिक्री गरी वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः कृष्ण न्यौपाने, रासस
– अधिवक्ता निर्मला उपाध्याय/लेख ईश्वरीय शक्तिमा आस्था र बिश्वास राख्ने मान्छेहरुमा धेरै शक्ति देखिने कुरा होइन बिश्वास गर्ने कुरा हो । मान्छे धेरै दुखी र चिन्तित हुन्छ । ईश्वरीय शक्तिले प्रेरणा, सहारा र हिम्मत दिन्छ । उ एक्लै हुँदा पनि बिचलित हुँदैन । तर जो मान्छे ईश्वर वा भगवानमाथी बिश्वास गर्दैन उ दुःख र चिन्ताले घेरिएको बेला आफुलाई एक्लो महसुश गर्दछ, आत्तिन थाल्दछ र बेसहारा हुन्छ । हिन्दुहरु भगवान वा देवी देवतालाई पुकार्रछन् । मुस्लिमहरु अल्लाह र क्रिश्चियनीहरु इशुलाई पुकार्छन् । सबैलाई आ-आफ्ना धर्मप्रति आस्था र बिश्वास हुन्छ । जसले श्रद्धा र बिश्वास गरेर भगवानलाई मान्दछन् त्यस्ता ब्यक्तिहरुलाई ईश्वरले कुनै…
काठमाडौंको दक्षिणी भेगमा पर्ने खोकना पुल नेपालको पुरानो पुलमध्येको एक हो । ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल जोड्ने खोकनाको झोलुङ्गे पुल वि.सं. १९६० मा बनेको थियो । यो पुलको डिजाइन लुइस हार्परले गरेका थिए भने नेपालमा यसको सम्पूर्ण निर्माण कार्य इञ्जिनियर कुमार नरसिंह राणाले नै गरेका थिए । सुनिल उलकका अनुसार बागमती नदी माथि बनेको यो तेश्रो पुल हो । त्यसबेला चार फुट चौडाइको यो पुल कति लामो बनेको थियो भन्ने केही देखिदैन । तर वि.सं २०२५ सालमा यो पुललाई पूनर्निर्माण गर्दा केही पुराना सामग्री तथा केही नयाँ सामग्रीबाट पुल तैयार गरे पछि भने यो पुलको लम्बाइ करिव ४०० फुटको रहेको…
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आग्रहमा त्रिविले पुस्तकालयको अध्ययन कक्ष २४ घण्टा सञ्चालनमा ल्याएको हो । यसअघि पुस्तकालयको अध्ययन कक्ष बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको थियो । ‘दिउँसो समय नहुने विद्यार्थीका लागि हामीले सहजता उपलब्ध गराउने उद्देश्यले रातभर नै पुस्तकालयको अध्ययन कक्ष सञ्चालन ल्याएको हौँ,’ सुवेदीले भने,…
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग बन्द हुने अबस्थामा पुगेको छ । विगत केहीवर्षदेखि निरन्तर घाटामा रहेको उद्याेगको घाटा १ अर्ब भन्दा बढी पुगेसगै बन्द हुने अवस्थामा पुगेको उद्योगका प्रबन्ध निर्देशक वसन्त कुमार पाण्डे बताउँछन्। उनका अनुसार अघिल्लो आर्थिक बर्षको अडिट रिर्पोटमा ९० करोड घाटामा रहेको पाइएकोमा यो बर्ष १ अर्ब भन्दाबढी घाटा भएको अनुमान गरिएको हो। उद्योग नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा यो उद्योग २०३३ सालमा स्थापना भएको थियो। २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेकोमा पछिल्ला केही वर्षयता झण्डै १ अर्बको हाराहारीमा घाटा व्यहोर्दै आएको सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक वसन्त कुमार पाण्डे बताउँछन्। ‘ढाँटेरकुरालुक्दैन। अहिले झण्डै १ अर्बको…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको दाबी गरेका छन् ।नेपाल संवत् ११४४ को अवसरमा आयोजित टुच्चा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पद्यमरत्न तुलाधरको योगदानको विषयमा भएको चर्चाको विषयलाई लिएर ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको दाबी गरेका हुन् । कार्यक्रममा न्यूदँया समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्यले नेपाल संवत् र समग्र नेवा समुदायको विकासमा पद्यमरत्न तुलाधरको योगदानको चर्चा गरेका थिए । उनले पद्यमरत्न तुलाधरले कुनै राजनीतिक दलको नेताको रूपमा नभएर एक मानवअधिकारकर्मी र नेवा समुदायको अगुवाको रूपमा समाजलाई नेतृत्व…
अहिलेको काठमाडौं सहरलाई ‘कान्तिपुर’अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’बाट आएको हो । ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकको स्थापना कसले र कहिले गर्या होला ? भन्ने विषयमा अनेकानेक तर्क सुन्न पाइन्छ । तर भाषा वंशावलीले भने यसको स्थापना शिवदेव प्रथम गरेका हुन् भन्ने उल्लेख गरेको छ । श्री राजा शंकरदेवले १२ वर्ष राज्य गरेपछि राजधानी शहर बनाउने इच्छा गरी जग्गा विचार गरी हेर्दा वाग्मतीका उत्तर विष्णुमतिका पूर्व भागमा जग्गा ठहराई सहर बनाउने सबै सर्जाम तयार गरी विधिपूर्वक…
हिमालयको सृजनापछि भगवान्का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्चऔसुन्दरभएतापनित्यसकोउपयोगगर्नेतथाअन्यकुनैजीवात्मासँगत्यसकोसम्बन्धस्थापितगर्नेत्यहाँकुनैव्यक्तिथिएन।तसर्थ भगवान्ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरेर साथै सन्त सुरुख नाम गरेकी उसकी स्त्रीको पनि। बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पाई । उनको नाम रह्यो सुम्निमा । ऊ वृन्दावनमा बस्तथी । आफूलायक कुनै जीवन नभएको त्यस प्रायः एकान्त औ निर्जन स्थानमा सुम्निमा केवल पक्षीहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । ऊ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग ऊ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी-सुस्तरी युवती भई । तैपनि ऊ केवल चरा-चुरुङ्गीहरूसँग यो…
चैत्य भन्ने बित्तिकै हामीहरुको दिमागमा शिलाबाट बनेको चैत्य बुझ्ने आउछ । ढुंगाबाट बनेका र ठूलो इँटा जोडेर बनाइएका कैयौं चैत्यहरु ठाउँठाउँमा देख्न सकिन्छ तर छुस्यावहालको गन्धकुटीमा राखिएको काष्ठ चैत्य आफैंमा अनौंठो कला कृति हो। बहालमा राखिएको काष्ठ चैत्यलाई चोकमा रहेको कुटागार चैत्यको प्रतिकृति मान्ने गरिएको छ । काष्ठ चैत्यलाई स्थावर (हिंडडुल गर्ने जीवित प्राणीलाई जंघम र हिंडडुल गर्न नसक्ने रुख झारपातलाई स्थावर भनिन्छ) चैत्य पनि भनिन्छ । काष्ठ चैत्य बनाउने प्रचलन नेपालमा पनि चलेको पाइन्छ । स्थावर चैत्यको चर्चा अरु विद्वानहरुले गरेको पाइएको छैन । “हेमराज शाक्यले “चैत्यया आत्मकथा”मा स्थावर चैत्यको अर्थ “तःग्वःगु चीबहाः” अर्थात् ठूलो आकारको चैत्य भनि उल्लेख…
काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा आज काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी लोभिए ।उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाडौँको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एबं मौलिक पहिचान बोकेका सृजना प्रदर्शनी गरिएको थियो । काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए । कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि प्रदर्शनी गरिएको बताए । नेपाल सम्वतका अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामन्य प्रदर्शनी भएका कला सृजनामध्ये अधिकांश बिक्री पनि भएको उनले…
काठमाण्डौ,चन्द्रागिरि नगरपालिका वडा नंं-७ स्थित घुमाउनेटोलमा शनिवारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो। ६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ। यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली,बढ्दो शहरीकरणका कारण…
“ठीक छ, म ठमेलतिर जाने गरेको छु, कसले के गर्न सक्छ गरे हुन्छ त !” बुढानीलकण्ठ मन्दिरका महन्थले यस्तो वाक्य बोले भन्ने कुरा धेरैलाई अनविश्वास लाग्छ सक्छ । मन्दिरमा डेढ दशकदेखि महन्थ पदमा रहेका निगमानन्दले बुढानीलकण्ठ नगरपालिकाकै जनप्रतिनिधिसँग नै यसो भनेपछि नपत्याउने कुरा पनि भएन । बुढानीलकण्ठका वडाध्यक्षसहितका जनप्रतिनिधिमाझ मन्दिरका व्यवस्थापनका विषयमा विवाद हुँदा उनले “कसले के गर्न सक्छ गरे हुन्छ म ठमेलतिर जान्छु” भनेका हुन् । ठमेलतिर बेला-कुबेला महन्थ निगमानन्द भेटिने गरेको भनेर केही स्थानीयवासीले भनेको कुरा हल्लाखल्ला चलिरहेको बेला निगमानन्द स्वयमले “मेरो बारेमा हल्ला गर्दा रेछन् हो, म गएको हो कस्ले के गर्न सक्छ गरे हुन्छ” भनेका हुन्…
बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को अधिकारी मोडदेखि ह्याण्डबल चौर खण्डको बाटो अन्ततः पिच हुन थालेको छ । यो समाचार प्रकाशित हुँदासम्म बाटो पिच भैसक्छ । स्थानीयले एकएक रूपैँया उठाएर नगरपालिका तथा वडालाइ दबाव दिएपछि ठेक्का लागेको तीनवर्ष बाटो पिच हुन थालेको हो । करिब ५०० मिटरको बाटो पिच गर्न थालेपछि स्थानीयले राहतको सास फेरेका छन् । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको निवासदेखि १०० मिटर दुरीमा रहेको यो बाटो बनाउने मेयर अधिकारीले चासो नदिएको व्यापक जनगुनासकोबीच स्थानीयले पैसा उठाएका थिए । स्थानीयले एकएक रूपैँया उठाएको समाचारहरू प्रकाशित भएपछि दबाव अनुभूति गरेको नगरपालिकाले तत्काल ठेकेदारलाइ काम गर्न लगाएको छ । धुलो…
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे नथाप्न चेतावनी दिएका छन्। पूर्वराजा ज्ञानेन्द्रले झापामा शक्ति प्रदर्शन गर्दै गर्दा कांग्रेस महामन्त्री थापाले गुल्मी पुगेर यस्तो चेतावनी दिएका हुन्। ‘राजा फर्काउनुपर्छ भनेर कोही आयो भने काँग्रेसले भन्ने हो – च्याँखे थाप्ने हैन, खालमा भिड्न आउने हो,’ गुल्मी कांग्रेसको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने। राजाकै बदनियतका कारण राजतन्त्र गएको उनको दाबी थियो। उनले मौकामा मूर्ति बेच्नेले हिन्दु धर्म नबचाउनेसमेत दाबी गरे। ‘मौका पाउँदा मन्दिरको मूर्ति बेच्नेले हाम्रो धर्म बचाउँदैन,’ उनले भने। यसैगरी थापाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई नथुनेको भए राजसंस्था संकटमा नआउने दाबीसमेत गरे। उनले राजाको पक्षमा उभिँदा…
काठमाडौँ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचार प्रति पशुपति क्षेत्रविकास कोषले आपत्ति जनाएको छ ।एक सन्देश जारी गर्दै कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो । बुधबार भारतको जी न्यूजले जनरल बिपिन रावत के गांव में बन रहा हूबहू पशपतिनाथ जैसा मंदिर, नेपाल से आएंगे ‘शालीग्राम के शिवलिंग’ शीर्षकमा समाचार छापेको थियो । यसका लागि काठमाडौंस्थित पशुपतिनाथ मन्दिर मन्दिरको लागि शालीग्राम पत्थरलाई शिवलिंग उपहार दिने निर्णय गरिएको उल्लेख छ। तर सो समाचार छापिएपछि पशुपति क्षेत्र विकास कोषले विज्ञप्ति निकाल्दै भनेको छ : “समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको…
१८६२ मा मुख्तियार रणबहादुर शाहले विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे । आफू बनारस रहँदा लागेको ऋण तिर्न भीमसेन थापाको सल्लाहमा ६२ जना बाह्मणहरूले पाएको विर्ता, गुठी र राईहरूको किपट जग्गा जफत गर्ने घोषणा गरे। यसैलाई नेपालको इतिहासमा ‘बासठ्ठी हरण’को नाम दिइएको छ। यसै घटनालाई ६२ हरण, बिर्ता हरणको नामले चिनिन्छ। त्यो बिर्ताहरणले शताब्दीदेखि पाएका बिर्तावाला भएका ब्राह्मणलगायत सबैजसो जातिमा ठूलो हलचल ल्यायो। राजा रणबहादुर शाह वि.सं. १८५८मा राज्य त्याग गरी बनारस गएका थिए। बनारसमा बस्दा अंग्रेजले सहयोग नगरेको तथा धन सकिएर बिजोग स्थिति भएपछि वि.सं. १८६२मा पुनः नेपाल फर्किए र दामोदर पाण्डे लगायत केही भारदारको हत्या…
डिल्लि बिसी राजनीतिक दलले निश्चित दर्शन र सोहीबमोजिमको कार्यक्रमका आधारमा देशको समग्र विकास गर्न सक्छन् । यदि देशको राजनीतिक शक्ति सन्तुलन, भौगोलिक अवस्था, सामाजिक संरचना, आर्थिक अवस्था र सांस्कृतिक परम्परामा यथास्थितिवाद छ भने त्यसको समग्र परिवर्तन खाँचो छ । समातामूलक, समुन्नत समाज निर्माणका लागि सोहीबमोजिमको कार्यनीतिका आधारमा मात्रै जनमतसहितको आमूल परिवर्तन हुन्छ । यसका लागि बलियो राजनीतिक शक्तिले मात्रै जनजनमा परिवर्तन गर्न सक्छ । देशको विकास भनेको राजनीतिक शासन प्रणालीमा परिवर्तन मात्रै हैन, मानसिक चिन्तनमा पनि परिवर्तन हुन आवश्यक छ । त्यस कारण दृश्य वा भोग्य वस्तुको जनचाहनाअनुरूपको परिवर्तनसँगै जनचिन्तनमा पनि सोही अनुरुपको परिवर्तन अनिवार्य छ । वर्तमान राजनीतिक शक्तिबाट यस प्रकारको परिवर्तन…
रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए। हाल पोर्चुगलमा नै रहेर घटनाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा राखेका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको छ। धनबहादुरका छिमेकी कुलबहादुर के.सी.ले आफूलाई सुन्नमा आए अनुसार जङ्गल हाउसमा रहेको कोठामा चार जना बस्दै आएको र घटना हुँदाका दिनमा एक जना काममा,…