काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ०८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा…
Author: Kathmandu Khabar
काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।
श्रीमहाकाल वा महंका द्यलाई येन डेको मुख्य संरक्षक मानिन्छ र महंका आजु पनि भनिन्छ। काठमाडौंमा स्थापित महांकाल वज्रयान बौद्ध धर्मको मुख्य देवतामध्ये एक हुन्, जसलाई प्रत्येक महाविहारको संरक्षकको रूपमा मानिन्छ र प्रायः ‘बज्रबीर’ भनिन्छ तर हिन्दुहरूले पनि भगवान् शिवको उग्र रूपको रूपमा पूजा गर्छन्। महांकाललाई महांकाल, बज्रवीर, बज्रसिद्दी, टुँडी भैरव, बज्र भैरव, बजर टुण्डी आदि विभिन्न नामले बोलाइन्छ। महाकालको तीर्थ तिनिख्योमा अवस्थित छ र दुष्ट आत्माहरूबाट रक्षा गर्न, बाधाहरूबाट बाहिर निस्कन र जीवनमा भाग्य ल्याउनको लागि विशेषरूपमा पूजा गरिन्छ। मन्दिर कसरी स्थापना भयो भनेर व्याख्या गर्न धेरै लोककथाहरू छन्। महाकालको मन्दिरको बारेमा एउटा प्रचलित र लिखित कथाले बताउँछ कि तत्कालीन…
सन् १९५२ मा पहिलो पटक नेपालबाट अमेरिकी फुलब्राइट छात्रवृत्ति पाएर योगप्रसाद उपाध्याय र रामचन्द्र मल्होत्रा उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका थिए। योगप्रसाद उपाध्याय भने अमेरिकाको ‘अमेरिकन युनिभर्सिटी’ पुगेका थिए। सन् १९५३ को फेब्रुअरीमा युनिभर्सिटीकै पत्रिकामा उनको तस्बिर सहित प्रकाशित भएको खबर रहेछ यो । वि.सं. २००७ सालमा प्रजातन्त्र आउँदा नेपालमा करिव दुई प्रतिशत साक्षरता थियो भने पहिलो निर्वाचन वि.सं. २०१५ सम्म आउँदा करिव ६ प्रतिशत सम्म थियो। नेपालल कति पछि मात्र पश्चिमी आधुनिक शिक्षा संग जोडिन पुग्यो भन्ने उदाहरण हुन मल्होत्रा र उपाध्याय। अघिल्लो पुस्तालाई बिधालय स्थापना गर्नु र बालबालिका बिधालय सम्म पुर्याएर साक्षर बनाउने चुनौती थियो भने अहिलेको…
काठमाडौँ । मध्य जाडोमा पनि दैनिक एक/दुई डेंगु संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने गरेका छन्। अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला केही वर्षयता चिसो मौसममा समेत संक्रमण देखिएको छ। सामान्यतया डेंगु संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजननका लागि १६ डिग्री सेल्सियस वा माथिको तापक्रम उपयुक्त हुने गरी आफूलाई परिवर्तन गरिसकेको डा.पुनको भनाइ छ। डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेले आफूलाई हरेक मौसम (गर्मी तथा जाडो) जुनसुकै मौसममा पनि बाँच्न सक्ने गरी परिवर्तन गर्दा चिसो मौसममा पनि डेंगुको समस्या नघटेको बताउँछन्। ‘पछिल्लो २/३ वर्ष यता चिसो मौसममा पनि डेंगु संक्रमण देखिन रोकिएको छैन, मध्य जाडोको यो…
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही दिनयता चहलपहल बढ्दो छ। राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिसमा परेका उम्मेद्वारको चापका कारण अहिले देउवा निवासमा कडाईसमेत गरिएको छ। उम्मेद्वारका आकांक्षी अहिले देउवालाई रिझाउने कसरतमा छन्। आफैं भेट्ने तथा लबिङ गर्ने काम आकांक्षीहरुले गरिरहेका छन्। आफ्नो उम्मेद्वारी सुनिश्चित गर्न सिफारिसमा परेका कतिपय केन्द्रीय नेता लिएर देउवाकहाँ धाइरहेका छन् भने कतिपयले सुटुक्क भेटिरहेका छन्। देउवाले भेटका लागि ३ देखि ५ मिनेट समय दिने गरेको उम्मेद्वारका एक आकंक्षीले बताए।बाग्मतीमा ९१ जनाको नाम सिफारिस गरिको छ। जसमा केन्द्रीय सदस्य जिपछिरिङ लामा, गणेश लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, मदन अमात्य, जितजंग बस्नेत लगायत छन्। काठमाडौंका…
काठमाडौं । नेपालमा एक समय सबैभन्दा धेरै चलेको चिनियाँ एमजी कम्पनीको इलेक्ट्रिक गाडीमा आगो लागेको विषयले कम्पनीलाइ रक्षात्मक बन्न पुगेको छ । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको एमजीको बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ गते सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ । चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिएपछि कम्पनीलाइ खबर गरिएको थियो । एक प्रहरीका अनुसार प्रहरी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि…
गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ । इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । “सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ”, अक्टोबर ७ मा हमासको हमलबाट सुरु भएको द्वन्द्व अझ बढेको भन्दै उनले भने । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका…
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ७७ वर्षीय वैद्यलाई चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।
भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका ‘देवगण’ एक सातासम्म मध्यपुरथिमिका टोलटोलमा नृत्य प्रस्तुतसँगै स्थानीयको पूजा ग्रहण गरी बिदा भएको छ । मध्यपुरथिमिमा यही पुस ११ गतेदेखि सुरु भएको नवदुर्गा नाच अन्तिम दिन सोमबार दिउँसो र राति मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरतीसँगै प्रदर्शन गरिएको थियो । त्यसपछि स्थानीयको पूजा ग्रहण गरी नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राससलाई जानकारी दिए । मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरुटोल…
काठमाण्डाै । नेपालमा एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक आएका छन् । सन् २०२३ मा हवाई मार्गबाट दुई सय १९ वटा देश तथा क्षेत्रका १० लाख १४ हजार आठ सय ७६ जना पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । गएको डिसेम्बर महिनामा मात्रै ९६ हजार पाँच सय ६८ जना पर्यटक नेपाल आएका हुन् । सन् २०२३ मा नेपाल आएका पर्यटकमध्ये तीन लाख १९ हजार नौ सय ३६ जना भारतीय रहेका छन् । यस्तै अमेरिकाबाट एक लाख तीन सय ५७ जना, चीनबाट ६० हजार आठ सय ७८ जना र बेलायतबाट ५२ हजार आठ सय…
यतिखेर चर्चाको उत्कर्षमा रहेको विषय हो, रास्वपा अध्यक्ष रवि लामिछाने र ग्यालेक्सी फोर के टिभीका सञ्चालक जिबी राईबीचको सम्बन्ध । जिबी राई र रवि लामिछानेको सम्बन्धबारे टिप्पणी गर्दै पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले यो विषय एकदमै शंकास्पद रहेको बताएसँगै विषयले रवि लामिछानेलाई लखेट्न थालेको छ । सहकारीले ऐनविपरीत विभिन्न सहायक कम्पनीमार्फत् कर्जा लगानी गरेको पाइएकोले थप अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । सूर्यदर्शनमा १८ हजार बचतकर्ताको पैसा फसेको र बचतकर्ताहरूले एक अर्ब ३१ करोड रूपैयाँको मागदाबी गरेको उनले जानकारी दिए । ‘सो सहकारीमा एकदमै धेरै बेथिथि पाइयो । बचतकर्ताको रकम जथाभावी कर्जा लगानी गरिएको रहेछ । नभएको कम्पनी…
नेपाली विद्यार्थीहरूको पहिलो गन्तव्य थलो बनेको अस्ट्रेलियले दुई साताअघि आफ्नो शिक्षा नीति तथा कार्यक्रममा आप्रवासन रणनीति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने र सेवासुविधामा कटौती गर्ने निणर्य गरेपछि नेपाली विद्यार्थीहरूमा पनि त्रासदी छाएको छ। उच्च अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीको पढाइ र काम गराइमा तालमेल नभएका कयैन् प्रमाण फेला परेपछि सरकारले उनीहरूको तथ्यांक खोतल्न थालेको थियो। सोही कारण केही नेपाली विद्यार्थीहरूको प्रवेशाज्ञा रद्द भएको र कयैनमाथि प्रश्न उठेपछि विद्यार्थीहरूमा त्रासदी छाएको हो। ‘आगामी केही वर्ष हामी विदेशी विद्यार्थीको संख्या बढाउन चाहँदैनौं,’ अस्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले अस्ट्रेलियाको संघीय सरकारको दश वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्दै भनेकी थिइन्। नयाँ वर्षको सुरूदेखि नर्सिङमा काम गर्ने विद्यार्थीहरूको समेत काम गर्ने समयसीमा…
काठमाडौँ । बंगलादेशको एक अदालतले नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ । ८३ वर्षिय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् । उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाएका छन् । युनुसमाथि राजनीतिक पूर्वाग्रहका आधारमा उत्पीडन गरिएको भन्दै भन्दै गत सेप्टेम्बरमा १७० भन्दा बढी विभिन्न देशका व्यक्तिहरुले शेख हसिनासँग आग्रह गरेका थिए । समान पृष्ठभूमिमा युनुससहित संलग्न रहेको एक टेलिकम फर्मले कामदारहरूको लागि कल्याणकारी कोष सिर्जना नगरेको ठहर गर्दै अदालतले दोषी किटान गरेको हो । तर यो फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गर्ने भएका छन् । ‘मेरा वकिलहरूले अदालतमा दृढतापूर्वक तर्क…
काठमाडौं । पशुपतिनाथमा वाग्मती नदीपट्टि विरूपाक्षको मन्दिर तथा मूर्ति छ । विरूपाक्ष को हुन् वा के हुन् भन्ने विषय सँधै चर्चा परिचर्चा भैरहन्छ । उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक्ष नामक एक सुन्दर किराती थिए । बिरुपाक्ष १२ बर्षको उमेरमा आफ्नी आमासँग खटपट भै घर छोडेर हिँडे । धेरै समयसम्म छोराको बाटो हेर्दा हेर्दै दिक्क बनेका आमा पनि एकदिन घर छोडी फिरन्ते भएर हिँडिन् । कालान्तरमा कर्मभोगको सिलसिलामा एकदिन एक जंगलमा आमा छोराको भेट भयो, तर दुबैले एकले अर्कालाई चिनेनन् । एकान्त ठाउँ, रातको समय, आमाको सुन्दरता, दुबैमा कामतृष्णा जागृत भयो र अन्ततः दुबै बीच सहबास भएछ । कुरै कुरामा एक…
केशव पाठक यसपटक नेपालबाट अमेरिकातिर आउँदा बकेट लिस्टमा केही विषय थिए । ती केहिमध्ये थिए कोलोराडोको पुरातात्विक ठाउँ मेसा भर्डे र ऐतिहासिक डुराङ्गो सिल्भरथोन न्यारो गेज रेलवे, डेनवरको ११७ वर्ष पूरानो बकहर्न एक्सचेन्ज क्याफे, न्यूयोर्कको १०० वर्ष पुरानो क्याफे रेजियो, ३०० वर्ष पूरानो द सेभेन्टि सिक्स हाउस । न्यूयोर्क विश्वकै धेरै गतिशील र लगातार बढ्दै गरेको अमेरिकी महानगर हो । यहाँ करिब ३ लाख ५० हजार मिलेनियरहरु बसोबास गर्छन् । न्यूयोर्क लामो समयदेखि यसको समृद्ध इतिहास र प्रतिष्ठित साइटहरूको लागि प्रसिद्ध छ । यहाँ घुम्न, हेर्न र मनन गर्न लायक धेरै विषय छन् । ग्रीनविच गाउँको चहलपहल अनि उज्याला सडकहरू बीचको धेरै ठाउँहरू मध्ये…
ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ । पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक पुलमुनीबाट उभिएर देखिने डेभिजफल (पातले छाँगो) सँगै तलाउको दृश्यले यहाँ आउने पर्यटकलाई आनन्दित बनाउने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो…
एमाले गण्डकीले करिब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँच तले घर किनेको छ । पोखरा–८ सिर्जनाचोकमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्ति नै हात पिछाडि छ। एमाले गण्डकी अध्यक्ष नवराज शर्माले पार्टीलाई सुविधा सम्पन्न भवन आवश्यक परेकाले सो भवन खरिद गरेको बताए। उनले भने, ‘पहिले १० करोड रुपैयाँ भनेपछि नकिन्ने मूडमा थियौं तर घरवालाले ९ करोड ६५ लाखमा दिन्छु भनेपछि खरिद गरेका हौं।’ अध्यक्ष शर्माका अनुसार जग्गाको बैना गरिसकिएको छ। चार महिनाको भाका राखेर गत मंसिर ४ गते बैना गरिएको उनको भनाई छ। ‘बैना बापत २५ लाख रुपैयाँ दिएका छौं,’उनले…
जीआर रञ्जित सांस्कृतिक नगरहरूमा पाइने विभिन्न संस्कृतिक सम्पदाहरूमध्ये भैल प्याखं पनि एक हो । भैल प्याखं भन्नाले भैरव नाच भन्ने अर्थ लाग्दछ । यस नाचमा भैरवलगायत दस विभिन्न देवदेवीहरू हुने गर्छ । जसमा भैरव, महाकाली, बाराही, देवी, महालक्ष्मी, बेताल -३, र भुचा-२ जना हुने गर्छ भने यस नाचमा भैरव मुख्य हुने गर्छ । किंवदन्तीअनुसार एक समय नगरमा भूतप्रेतले धेरै दु:ख दिन थालेपछि राजाकोमा सो कुराको जाहेरी हुन पुग्यो । राजाले तत्काल तान्त्रिकलाई डाकेर क्रोधरूपी भैरवको आह्वान गरे । भैरवका साथ महाकाली, बाराहीलगायत अन्य देवीहरूले भूतप्रेतमाथि जीत हासिल गरेको खुसियालीमा नवदुर्गा नाचको सुरुवात भयो । यसै नवदुर्गा नाचको मनोरञ्जन स्वरूप नै…
ल्होसार शब्द (ल्होंसार) मिलेर बनेको शब्द हो । गुरुङ्ग भाषामा ल्होको अर्थ वर्ग र सारको अर्थ नयाँ हो । त्यसैले ल्होसार भनेको नयाँ वर्ष हो अर्थात एक साल समाप्त भएर अर्को नयाँ सालको आगमन हुनु हो । तिब्बती वर्मेली उत्पतिका मुल जातिगत मान्यताहरुमा ल्होसार १२ भागमा बाडिएको हुन्छ । जुन १२ वटा जीवजन्तुहरुको नाममा नामकरण गरिएको हुन्छ । १२ जीवजन्तुमध्ये प्रत्येक वर्षका लागि एक–एकवटा तोकिएको हुन्छ । १२ वर्षको चक्र पूरा गरेपछि त्यही ‘ल्हो’ पुन दोहोरिएर आउँछ । त्यसलाई ल्हो बहोर (वर्ग चक्र) भनिन्छ । नेपालमा ल्होसार तीन प्रकारले मनाइन्छ । जुन तल निम्नानुसार रहेका छन्ः १) तोला ल्होसारः–तिब्बती भाषा…
काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भनिन्छ । यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । ल्होसार शब्द (ल्होंसार) मिलेर बनेको शब्द हो । गुरुङ्ग भाषामा ल्होको अर्थ वर्ग र सारको अर्थ नयाँहो । त्यसैले ल्होसार भनेको नयाँ वर्ष हो अर्थात एक साल समाप्त भएर अर्को नयाँ सालको आगमन हुनु…
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ । बिहीबार सुरु भएर शनिबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनाउने निर्णय गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक आज सम्पन्न भएको हो । बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२…
काठमाडौं । विवादका कारण पुनः निर्माणको कामअघि बढ्न नसकेको हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम छेँ को पुनःनिर्माणले गति लिने भएको छ । हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबीच साझा मत भएसँगै उक्त ऐतिहासिक सम्पदाको पुनःनिर्माण हुने निश्चित भएको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाललेले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यस क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले जीर्ण भएका वसन्तपुर क्षेत्रका केही सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणका चरणमा छन् । चौक्वाठ शैलीमा निर्मित…
प्राचीन काठमाडौं उपत्यकाका मुख्य तीन राज्यहरू मध्य एक ख्वप अर्थात भक्तपुर वर्तमान समयसम्म पनि आफ्नो मौलिक वास्तुकला र रितिरिवाज जीवित राखिरहेको एक अनुपम सांस्कृतिक नगरको रूपमा प्रख्यात रहेको छ। भक्तपुर भ्रमण गर्ने जो कोहीलाई पनि भुतकालमा यात्रा गरेर ऐतिहासिक जीवनको अनुभव गरेको भान हुने प्राय अभिव्यक्त भएको सुन्न सकिन्छ। मुख्यतः भक्तपुरमा चर्चित सांस्कृतिक तथा पर्यटकीय स्थानहरू मल्लकालिन दरबारहरू साथै हिन्दु मठमन्दिरहरू रहेका छन् । ख्वप लायकु ( दरबार स्वायर), ङातापोल मन्दिर तथा भैरवनाथ रहेको टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र तथा पोटरी स्वायर देशी तथा विदेशी पर्यटकको लागि मुख्य गन्तव्य हुन्। तर भक्तपुर अथाह सम्पदा र संस्कृतिको भण्डार हो भन्ने बुझ्न केही…
-विधु पी कायस्थ पद्मसुन्दर मल्ल (सन् १८९०–सन् १९७४) नेपालको पहिलो इलेक्ट्रिकल इन्जिनियर र संयुक्त राज्य अमेरिका भ्रमण गर्ने पहिलो नेपाली थिए। उनले नेपालमा बिजुली उत्पादनको अग्रगामी गरे जसले देशको उदीयमान औद्योगिक क्षेत्रलाई बिजुली प्रदान गर्यो । पद्मसुन्दरको जन्म भक्तपुरको खौमा टोलमा भएको थियो, चार दाजुभाइमध्ये तेस्रो। उनका जेठा भाइ प्रख्यात शिक्षाविद् तथा लेखक जगतसुन्दर मल्ल थिए। दरबार हाईस्कुलमा पढ्नको लागि परिवार काठमाडौंको असनमा सरे। पद्मसुन्दरलाई काठमाडौंमा जापानी बौद्ध भिक्षु तथा यात्री एकाइ कावागुचीसँगको भेटपछि उच्च शिक्षाका लागि जापान जान प्रेरणा मिलेको थियो । जापान र अमेरिका सन् १९१६ मा, पद्मसुन्दर र उनका जेठा भाइ जगत सुन्दर भारतको कोलकाता गए र…
श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् । जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा ‘राणा’ लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे । त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना…
राजा शासनकालमा प्रजातन्त्रपछि वीरेन्द्रलाई धेरैले मन पराउने गर्छन् । विकासको काममा राजा महेन्द्रले धेरै काम गरे पनि निरंकुश पञ्चायती शासन सुरु गरेको भन्दै महेन्द्रलाई केहीले आलोचना गर्ने गरेका छन् । तत्कालीन राजा वीरेन्द्रप्रति नेपाली जनता किन सकारात्मक थिए ? कुन–कुन कदम र निर्णयले उनी नेपाली जनताका प्रिय राजा बन्न सफल भएका थिए ? यस विषयमा संक्षिप्त जानकारी उल्लेख गरिएको छ । राजा वीरेन्द्रका केही विशेषताहरू छन् । जसमा उनको बौद्धिकता आदि विशेषत छन् । बौद्धिक व्यक्तित्व, शिक्षित राजा तत्कालीन राजा वीरेन्द्रले ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका छन् । त्यसैगरी राजा…
काठमाडौँ । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ दल नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापूर्वक लिएकोसमेत जनाएको छ। सो घटनाको छानबिन गर्नु पर्ने कांग्रेसको माग रहेको छ। ‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ञनेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।’ घटनाको सत्य-तथ्य अध्ययन गरी…
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दिप लामिछानेलाई जबर्जस्ती बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दिपलाई दोषी ठहर्याएको हो । न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेसँगै उनी अब कारागार चलान हुने भएका हुन् ।
काठमाडौं । कार्यसम्पादनका दृष्टिले सबैभन्दा कमजोर मन्त्री भनेर आलोचित अर्थमन्त्री डा. प्रकाशशरण महत आफूले राम्रो काम गरिरहेको बताउने थालेका छन् । जनतामा आशा किरण देखाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डको सुचिमा फ्याकिनु पर्ने मन्त्री भनेर चिनिएका महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै महतले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए । मन्त्री महतले मुलुकको आर्थिक अवस्था…