Author: Kathmandu Khabar

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४/०२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरेको उल्लेख छ । भारतले नयाँ बजेटमा आर्थिक वर्ष २०२४/०२५ मा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ ११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ । यो सम्पूणर् रकम अनुदान सहयोगमार्फत उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०२३/०२४ को बजेटमा भारतले नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको थियो । चालु आर्थिक वर्ष २०२४/०२५…

Read More

काठमाडौँ- कोका-कोलाले नेपालमा सञ्चालन भएको ५० औँ वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो । सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका-कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो । पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका-कोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ । काठमाडौँरचितवनगरीकोका-कोलाको नेपालमा दुई ओटा उत्पादन कारखाना रहेका छन् । देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका-कोलाले १ हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ भने ५ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन.एन…

Read More

काठमाडौं ।  सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।   पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । तथ्याङ्क अनुसार औसतमा दैनिक…

Read More

काठमाडौं । बाग्मती प्रदेशले आफ्ना सवारीसाधन खरिद, मर्मत, भाडा तथा इन्धनका लागि एक वर्षमा पौने दुई अर्ब रुपैयाँ खर्चिएका छन् । सातै प्रदेशका पदाधिकारी तथा कर्मचारी र कार्यालय प्रयोजनका लागि सवारीसाधन खरिद एवं सञ्चालनमा एक अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खर्च भएको हो । यसमध्ये सवारीसाधन खरिदमा २४ करोड ८५ लाख, सवारीसाधन तथा मेसिनरी सामान भाडाका लागि २३ करोड २४ लाख, सवारीसाधन मर्मतमा ५४ करोड ६ लाख, पदाधिकारीको इन्धनका लागि आठ करोड ५७ लाख र कार्यालयको इन्धनका लागि ६४ करोड रुपैयाँ खर्च भएको हो । प्रदेशले कार्यालयका लागि आवश्यक सामग्री खरिद तथा सञ्चालनमा पनि मनग्य नै खर्च गरेका छन् । पानी तथा बिजुलीमा ५३…

Read More

काठमाडौं । ललितकला क्षेत्रका विशाल व्यक्तित्व हेम पौडेलको निधन भएको छ । ललितकला चराका चित्र कोरेर आफ्नो विशिष्ट परिचय बनाएका पौडेलले गएराति अन्तिम सास फेरेका छन् । बुधबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा उनको निधन भएको हो। साहित्यका गंगा कर्माचार्य पौडेलका पति हेम पौडेल पछिल्ला ३ दशकदेखि बुढानिलकण्ठको कपनमा बसोबास गर्दै आएका थिए । पौडेलको शव उनकै चाहना अनुसार टिचिङ अस्पताललाइ हस्तान्तरण(दान) गरिएकाे छ ।

Read More

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईमाथि बजेट दुरूपयोग गरेको सार्वजनिक आरोप लागेको छ । ‘डोजर वडाध्यक्ष’ भनेर परिचित भट्टराइमाथि बजेट दुरूपयोग गरेको आरोपको समाचार प्रकाशित भएपछि हङ्गामा भएको छ । नगरपालिकाका जनप्रतिनिधिमध्ये क्षमता भएर पनि क्षमता प्रदर्शन गर्न नपाएका वडाध्यक्ष भनेर चिनिने भट्टराइलाई ०७९ स्थानीय चुनावमा मेयर पदको ‘दावेदार’ मानिए पनि अन्तर्पार्टी राजनीतिक दाउपेचले उनलाई पछाडि पारेको थियो । आगामी ०८४ सालको स्थानीय चुनावमा मेयरको संभावित उम्मेदवार भनेर एकातिर चर्चा छ भने अर्कातिर उनलाई कमजोर बनाउन पार्टी, पत्रकार तथा जनप्रतिनिधिकै एकतप्का मरिहत्ते गरेर लाग्ने गरेका छन् । आफूलाई लागेका कुरा फटाफट सामाजिक सन्जालमा राख्न माहिर…

Read More

काठमाडौं ।  गएको माघ ११ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई कोशीको एक सिटमा ‘घाटा’ लाग्यो। देशभर ‘क्लिनचिट’गर्ने गरी लागे पनि गठबन्धनभित्रको कमजोरीले एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेको खातामा गयो। कोशीमा २ सिटका लागि भएको निर्वाचनमा एक सिट कांग्रेसले जित्दा अर्को सिट एमालेले जित्यो। जहाँ माओवादीबाट उठेकी महिला कोटाकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भइन्। यता अर्को कोटामा भने कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले जिते। सत्ता गबठन्धनमा रहेका कांग्रेस-माओवादीले उठाएकी कार्कीको हारसँगै माओवादी असन्तुष्ट छ। कांग्रेसभित्रको अन्तरकलहले कार्कीले हारेको माओवादीको बुझाइ छ। यहाँ विपक्षी एमालेले राप्रपासँग तालमेल गरेको थियो। तालमेलको फाइदा उठाउँदै एमालेले चुनाव जितेको थियो। यसमा कांग्रेसभित्रको…

Read More

नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनी चितवन भरतपुर महानगरपालिका-१७ बेलुवाका स्थायी बासिन्दा थिए । पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए । उहनी कांग्रेसको महासमिति सदस्यसमेत रहेका थिए ।  बसचालक…

Read More

काठमाडौं । ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथलाई आज बुङमतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ। मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने चलनअनुसार दिउँसो तःबहाल लगिएको हो। किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ।

Read More

कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए। उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने बताए। पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दावी गरे। नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग…

Read More

धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा भारतबाट मान्छे बोलाएर बाँदर धपाइएको छ । गाउँमा बाँदरले धेरै दुःख दिन थालेपछि वडा कार्यालयले भारतको मथुराबाट ३ जना बाँदर धपाउन जान्ने व्यक्ति बोलाएको थियो । उनीहरुले एक महिनाको अवधिमा बस्ती वरपरबाट ५ सय बाँदर समातेर जंगलमा छाडेको वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । तीन जनाले बाँदरलाई खोरमा पारेर रातिको समयमा बस्तीदेखि टाढा चुरेको जंगलमा लगेर छाड्ने गरेका थिए । उनीहरुले बाँदर समात्न केरा, बदाम, चना लगायतको खानेकुरा दिने गर्थे । बाँदर लोभिएपछि खोरभित्र फलफूल राखिन्छ । भित्र पसेपछि बाँदरलाई बन्द गरिन्छ । त्यसपछि गाडीमा राखेर जंगलको सुरक्षित स्थानमा छोडिने गरिएको बाँदर समात्ने मथुराका भुला कुसेरीले…

Read More

विचार/विमर्श आजको फेसबुक तथा इन्स्टाग्रामको युगमा यसलाई तपाईँहरू आफूलाई एउटा मिथक बनाउने प्रक्रियाका रूपमा स्पष्ट अवलोकन गर्न सक्नुहुन्छ, अझ भनौँ भ्रमको दुनियामा आफूलाई धकेल्दै हुनुहुन्छ। साँच्चै आज कतिपय कुरा मानिसको दिमागबाट कम्प्युटरमा स्थानान्तरण भएका छन्। कसैलाई लाग्न सक्छ–यो निकै मनमोहक छ। तर होइन। यो त निकै डरलाग्दो विषय बनेको छ। आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्। अनलाइन सिर्जना र संसारमा रमाएका छन् र आफ्नै जीवनका सत्य र यथार्थलाई भ्रमित एवम् गलत किसिमले व्याख्या गरिरहेका छन्। (युवल नु हरारी, एक्काइसौँ शताब्दीका लागि) वास्तवमा अभाव, कठिनाइ…

Read More

काठमाडौं ः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ।  नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

Read More

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले चैतकाे तेस्रो साता किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यू (किसुन जी) को स्मृतिमा चैतको १७ गते आयोजना गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । महिला तथा पुरुष तर्फका विजेतालर समान ७५ हजार , दोस्रो हुनेले ५०, तेस्रो हुने २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। समापनमा खेलकुद क्षेत्रमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगद सहितसम्मान गरिने अध्यक्ष गुरुङले जानकारी दिए। यसपटकबाट छात्रछात्राहरुको लागि रन फर फन ५ किमी…

Read More

काठमाडौं । सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको फैसला पूणर् इजलासले पनि सदर गरेको हो । राजस्वसम्बन्धी पुनरवलोकनको उक्त विवाद मङ्गलबार सर्वोच्चको पूणर् इजलासले टुङ्गो लगाएको हो । नक्कली बिल बिजकसँग सम्बन्धित ठुला व्यावसायिक घरानाका सयभन्दा बढी विचाराधीन मुद्दालाई समेत मार्गदर्शन गर्ने गरी पूणर् इजलासले फैसला गरेको हो । मङ्गलबार न्यायाधीशहरू डा. कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूणर् इजलासले २०७६ पुस २८ को संयुक्त इजलासको फैसला नै सदर गरेको हो । संयुक्त इजलासले…

Read More

चितवन- तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागि समेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । पूर्व-पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने गरिन्छ । आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गर्दछन् । बजारमा आउने तेल मिसावट हुनसक्ने आशङ्काले यही पेलेको तेल प्रयोग गर्नेको सङ्ख्या बढी हुने गरेको छ । जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको…

Read More

काठमाडौं । नेपाल सरकारले हेटौँडा कपडा उद्योग चलाउने जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ । काठमाडौं-तराई फास्टट्रयाक निर्माणको जिम्मा दिएर नेपाली सेनाले काम गर्न नसक्दा समय र खर्च बढ्दै गैरहेको बेलामा उद्योग चलाउने जिम्मा पनि सेनालाई दिइएको हो । ५ वर्षमा सम्पन्न हुनुपर्ने फास्टट्रयाकको ट्रयाक खोल्ने काम ८ वर्षमा पनि नसकिने देखिएको छ । फास्टट्रयाकमा असफलझैँ भएको सेनालाई अब सरकारले २३ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा दिने तयारी गरेको हो । नेपाली सेनालाई उद्योग सञ्चालन गर्न दिने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले बुधवार उद्योग तथा अर्थ मन्त्रालयका मन्त्री तथा सचिवहरु एवम् अन्य सरोकारवालासँग छलफल राखेका…

Read More

मृत्युसंस्कारमा पहिलो दिनदेखि १० दिनसम्मको अवधि भोक्तृत्वक्षमतावान् शरीर बन्नका लागि शास्त्रले निश्चित दिनसंख्या निर्धारित गरेको छ भने ११ औँ दिनमा उसलाई आवश्यक खाद्यवस्तु, अन्य आवश्यक सामग्री आदि दान गर्ने, प्रेतावस्थाको त्यस जीवात्मालाई १२ दिनमा पितृका साथमा सम्मिलित गराएपछि १३ दिनमा उत्तरपाथेय श्राद्ध, हवनादि शुद्धिकर्म गर्नुपर्ने शास्त्रविधान भएकाले १३ दिनसम्म नै पु¥याउनुपर्ने बाध्यता रहेको हो । यस प्रकार तोकिएका दिनादि संख्या तत्तत्दिनमा दिने पिण्डदान र त्यसबाट निर्माण एवं पूर्ति हुने अङ्ग प्रत्यङ्गहरूद्वारा सम्पूर्णाङ्ग पूर्ण भई तृप्त हुने विषयको स्पष्ट व्यवस्था छ । कुन कुन अङ्ग प्रत्यङ्गहरू कुन कुन पिण्डले कहिले कहिले कसरी पूर्ण हुन्छन्भन्ने विषय यहाँ स्पष्ट रूपमा देखाइन्छ । दिनव्यवस्था…

Read More

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च…

Read More

काठमाडौं । ल्हारक्याल लामा आफैंमा विवादित छविका व्यक्ति थिए। भिक्षुको भेषमा उनले बौद्धमार्गको सिद्धान्त र दर्शन विपरीतका कार्य गरेकैले यसअघिका नियुक्तिमा पनि चर्को आलोचना खेपेका हुन्। कहिले बैंकको लकरमा बन्दुकका गोली राख्ने त कहिले पदका लागि जुन पार्टीको फेरो पनि समात्ने कर्म उनले गरे। त्यतिमात्रै नभई उनको नागरिकतासमेत विवादास्पद बन्यो। भारतीय रासनकार्डदेखि तिब्बती परिचयपत्रधारी भनेर पनि उनी विवादको घेरामा परे। अरू कोही नभए झैं गरी त्यस्ता विवादास्पद व्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरे। जसै उनले यो पद पाए फेरि उही चरित्र देखाइहाले। अहिले आएर उनी बौद्ध सम्पदाको पवित्रतामाथि धावा बोल्दै बौद्धमागीको आस्थामा प्रहार गर्दैमात्रै…

Read More

काठमाडौं । लुम्बिनी प्रदेशमा पर्ने देवदह नगरपालिकामा एउटा ऐतिहासिक दरबार छ । हाल नगरपालिकाको ११ नं वडामा पर्ने एक राणाकालीन दरबार अहिले संरक्षणको अभावमा जीर्ण बनिरहेको छ । इँटाको पर्खाल झिँगटीको छानोबाट बनेको यो दरबार एक तलाको रहेको छ । यो तत्कालीन समयमा एउटा समृद्ध दरबारको रूपमा रहेको भए पनि यहाँ अहिले स्पष्ट इतिहास बताउने कुनै प्रमाण भेटिँदैन । वडाको बड्की गुम्मी गाउँमा रहेको राणाकालीन भवन वि।सं। २००४ सालमा बनेको हो । अहिले थारूहरूको बसोबास रहेको यो गाउँमा कुन राणा खलकले दरबार बनाए भन्ने यकिन भएको छैन । तर पुराना भौतिक संरचनाहरुको संरक्षणको अभावले भने राज्यलाई गिज्याइरहेको देखिन्छ । यस्ता…

Read More

फाप्लु सोलुखुम्बु जिल्लाको पुरानो र ठूलो बजारमध्येको एक हो । हवाईजहाजले आधा घण्टामै पुर्‍याउने फाप्लु, जिरीसम्म एक दिनको बसयात्रा र त्यहाँबाट दुई दिनको पैदल यात्रामा पनि पुग्न सकिन्छ। सदरमुकाम सल्लेरी र फाफ्लुलाई जुम्ल्याहा बजार पनि भन्ने चलन छ । तीनतिरबाट पहाडले छेकेको खोँचमा बसेको फाप्लु विमानस्थलदेखि नै नुम्बुर (६९५९ मि.) र कार्यालुङ (६५११ मि.) हिमालले स्वागत गर्छन्। सगरमाथा हेर्न चाहिँ फाप्लुबाट तीन घण्टाको बाटो रत्नागे वा ६ घण्टाको जुनबेसी पुग्नुपर्छ। फाप्लुबाट तीन घण्टा परको फुर्तेनबाट पनि सगरमाथाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ। फाप्लु र सल्लेरी वरपरका एक दर्जन गुम्बा तथा पुराना शेर्पा घरहरूको आकर्षण बेग्लै छ। उत्तरतिरको अग्लो डाँडामाथिको चेवाङ गुम्बाबाट…

Read More

केशव पाठक/धर्म-संस्कृति-इतिहास काठमाडौं । सनातन संस्कृति, आर्य सभ्यता र हिन्दू दर्शनमा पशुपतिनाथको प्रत्यक्ष महत्व एवम् प्रभाव रहेको छ । पशुपतिनाथलाई शिवरूपमा पूज्ने, आत्मा रुपमा चिन्तन गर्ने, ईश्वर संझेर उपासना गर्ने परम्परा आदिमकालदेखि थियो । भनिन्छ, पशुपतिनाथलाई वैदिकालदेखि साकार  निराकार दुवैरूपमा चिन्तन गरिन्थ्यो । अथर्बवेद तथा शुक्ल यजुर्वेदका बिभिन्न मन्त्रहरूबाट यो कुरा पुष्टि हुन्छ ।  त्यसैगरी शिवपुराण रुद्रसंहितामा पशुपतिनाथिका बारेमा उल्लेख  छ । । देवीदेवता र ऋषिमुनिहरुसमेतले दर्शन तथा साधना गरेका हुँदा आदिम कालदेखि पशुपति शिवस्वरुप  रहेको कथाहरू प्रशस्त छन्  । भारतवर्षका  १२ ज्योतिर्लिङ्गमध्ये मूलआधारका रूपमा नेपालमा रहेको पशुतिनाथ नै महाज्योर्तिलिङ्ग अर्थात् पूणर्ज्योर्तिलिङ्ग मानिन्छ । केही धार्मिक कथाहरू ब्रह्मा, विष्णु र इन्द्रद्वारा…

Read More

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिएका हुन् । यसैबीच, बोर्डले तत्काल कानुनी प्रक्रिया पुर्याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निणर्य गरेको छ । कोषको काठमाडौँ महानगरपालिका-८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नं ३ भगवानस्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निणर्य गरेको हो । सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ…

Read More

काठमाडौँ । पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पण भएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उनी सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताए । यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उहाँले बताउनुभयो । प्रा डा ऋषिराम शर्मा, प्रा डा हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गरेका हुन् । एमाले अध्यक्ष ओली, महासचिव शङ्कर…

Read More

काठमाडौं ।बुढानीलकण्ठ नगरपालिकाका वडाध्यक्षहरूले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लडाइँ गरिरहेको समाचार प्रकाशित भएकै बेला सो नगरपालिकाका मेयर मिठाराम अधिकारी आफै क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बसेको  छन्  । कुनै समय “जे को भए पनि अध्यक्ष बन्न पर्ने व्यक्ति” भनेर आलोचित बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी संकटापन्न कपन बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा आफै बस्न चाहेको बुझिएको छ । नियमतः जनप्रतिनिधि कुनै पनि यस्ता समितिहरुमा बस्न नपाइने भए पनि बुढानीलकण्ठमा यस्ता नियमहरू मानिने गरिएको देखिदैन । मेयर अधिकारी उनकै निवासमा रहेकाे एक सहकारीको अध्यक्ष अझै सक्रिय रहेका छन् । बुढानीलकण्ठ वडा नं ११ का वडाध्यक्षले ग्राम शिक्षा मन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा…

Read More

काठमाडौं । विक्रम संवत् २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि धेरै शहीदहरुले सहादत प्राप्त गरे । त्यसमध्ये सुरुमा शहीद बन्ने ४ जनाको हालसम्म पनि शहीद दिवसमा स्मरण गर्ने गरिएको छ । तर प्रजातन्त्र प्राप्तिमा जनताको बलिदानी भए पनि त्यसपछि जारी गरिएको लालमोहरमा भने राजाको लाजमर्दाे ढंगले चाकडी गरिएको थियो । राणाहरुबाट भागेर भारतमा शरण लिन पुगेका राजा त्रिभुवनलाई उनले जारी गरेको लालमोहरमा प्रयुक्त शब्दहरु आफैँलाई गिज्याउने खालका थिए । सो लालमोहरको पृष्ठभूमिमा भनिएको थियो ः ‘स्वस्तीश्री गिरिराजचक्रचुडामणि नरनारायेत्यादि विविधविरुदावली विराजमानयानोन्नत ओजस्वीराजन्य तारा ओमरामपट्ट अतुलज्योतिर्मय त्रिशक्तिपट्ट अतिप्रवल गोरखाददक्षिणबाहु महाधिपति श्रीमन्महाराजाधिराज श्री मन्महाराज त्रिभुवन वीरविक्रम जंगबहादुर शाहबहादुर शमशशेर जंगदेवानाम सदा सरविजयिनाम्…

Read More

विश्वव्यापी जलवायु परिवर्तनका समस्यासँग जुध्न अधिकांश मुलुक ‘गो ग्रिन’ अर्थात् हरित विकासतर्फ अग्रसर छन् । हालै युएईमा सम्पन्न जलवायु सम्मेलन (कोप–२८) ले पनि यस अवधारणालाई घोषणापत्रको प्राथमिकतामा राखेको छ ।  यसै गरी विकासका कुनै पनि संरचना निर्माण गर्दा प्रकृतिलाई कम क्षति पुर्‍याउने सरकारको नीति पनि छ तर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाँध निर्माण गर्दा यस्ता पक्षलाई उपेक्षा गरिएको छ । त्यसैले प्रस्तावित नागमती बाँधका सन्दर्भमा संरक्षित वन सम्पदा र जैविक विविधतामा पुग्ने क्षतिलाई बेवास्ता गरिएको छ । करिब २५ अर्ब रुपियाँको ऋण लगानीमा बन्न लागेको बाँधले सरकारको हरित विकासको लक्ष्यमा समेत प्रभाव पार्ने भएको छ । बाँधका नाममा ऋण लिएर भएको सम्पत्ति विनाश गर्न…

Read More

बुट्टेदार सेतो खास्तो जुन विशेषगरी महिलाहरूले लगाउने गर्छन् त्यसलाई जंगबहादुरकी छोरी डम्बर कुमारीले नेपाल भित्र्याएको भन्ने इतिहास भेट्ने गरिन्छ । यस्तो खास्तो मल्लकालमै नेपालमा अस्तित्वमा थियो भन्न सक्ने अवस्था छ । यस्तै तर फरक रंगको खास्तो धेरैपहिलेदेखि प्रचलनमा रहेको छ । गृहस्थी वा पारिवारिक जीवन त्यागेर बौद्ध प्रब्रजित पवित्र जीवन बिताउने, बुद्ध बिहारलाई आफ्नो निवास बनाउने, समाजमा तथागत बुद्धको धर्म दर्शन प्रचार गर्ने सपथ खाएका कपाल मुडुलो, पहेँलो बस्त्र पहिरेको पुरुषहरुलाई हामी भिक्षु भनेर चिन्छौ । भिक्षुहरुले दस सिल र २२७ वटा नियमहरु पालना गर्दछन । उनीहरुलाई भन्ते सम्बोधनले श्रद्धा सम्मान गरिन्छ । भन्तेहरुलाई चतुप्रत्यय (चार कुराहरूको ) को आवश्यक…

Read More

काठमाडौं । मणिचुडबाट निस्केर शालीनदी हुँदै काठमाडौं र भक्तपुर जिल्लाको सीमाना हुँदै बग्ने गर्दछ । जुन मध्यपुर थिमि नगरपालिकाको उत्तर पश्चिम सीमाना भएर बग्छ । मनोहरा नदी, बागमती नदीका अन्य सहायक नदीहरू समृद्ध सांस्कृतिक, पर्यावरणीय र जैविक महिमाले युक्त छन् । अव्यवस्थित ढल सञ्जाल, अव्यवस्थित ठोस फोहोर विसर्जन, नदी किनारमा सडक आदिका कारणले यसलाई केही प्रदूषित गराए पनि यो एउटा सभ्यताको साक्षीको रुपमा रहेको छ । देवासुर संग्रामको बेलामा विष्णु भगवानले बज्रयोगिनी देवीसँग विजय वाहिनी मन्त्र वरदान पाउन कुण्डल स्नान गरेको मणिकुण्डल अति पवित्र स्थल मानिएको छ । त्यस्तै देव दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको उल्णव कालकुट विष सेवन…

Read More