मोरङ । नेकपा एमालेलाई गुटविहीन बनाउने अभियानमा रहेका केपी ओली पक्षीय प्यानललाई पछि पार्दै मोरङमा विद्या भण्डारी पक्षीय प्यानलले अग्रता हासिल गरेको छ। राष्ट्रियस्तरमा समेत निकै चर्चा पाएको एमाले मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ। गत महिना करिब एक साता पूर्व भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मूलरूपमा समर्थन गरेको विद्रोही पक्षले अध्यक्षसहित सबै पदमा अग्रता हासिल गरिरहेको छ। ४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ। अध्यक्षका लागि ढकालको…
Author: Kathmandu Khabar
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट बुधबार पारित भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रियसभाले बहुमतबाट स्वीकृत गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ माथि सांसदहरु डा वेदुराम भुषाल, मायाप्रसाद शर्मा, नरबहादुर विष्ट र…
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि गरिएको कारबाहीको विषयलाई लिएर मेयर बालेन शाह रक्षात्मक बन्न पुगेका छन् । पुरानो बसपार्कको नक्सा पास मुद्दामा दोषी रहेको भन्दै छानबिन समिति गठन गरेर गुरागाइँलाई कारबाही गरेपछि उत्पन्न परिस्थितिमा बालेन रक्षात्मक बन्न पुगेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण मिलाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो । बुधबार गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन…
काठमाडौं । उच्च अदालत पाटनले माडवारी सेवा समाजलाई गौशालाको धर्मशाला चलाउन दिने गरी फैसला सुनाएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो । उच्च अदालतले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता पनि खारेज गरेको छ । मारवाडी सेवा समितिलाई अधिकार खोसेर कोषले गत असोजमा गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरसँग सम्झौता गरेको थियो । उक्त सम्झौतापछि महानगर र कोषले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन खोजेका थिए । गौशाला महानगरलाई चलाउन दिने कोषको निर्णयविरुद्ध मारवाडी सेवा समिति…
काठमाडौ । बुधबार प्रतिनिधि सभाबाट पारित भएका पाँचवटा अध्यादेशहरू आज राष्ट्रिय सभामा पेश हुने भएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका ६ अध्यादेशमध्ये भूमिबाहेकका अध्यादेशहरू प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो। संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ। बैठक दिउँसो सवा १ बजे बस्नेछ बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ। त्यस्तै ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय…
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ । नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु नेपालमा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तरराष्ट्रिय…
काठमाडौँ । नयाँ सरकार भनेदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागि परेको सरकारले अन्तिम अस्त्र प्रहार गर्न लागेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई पदबाट किन नहटाउने भन्ने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यसअघि पटकपटक ऊर्जा तथा जलस्रोतमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने निर्णय भएकोमा घिसिङले आफूलाई मन्त्रीपरिषदले नियुक्त गरेकाले मन्त्रीले स्पष्टीकरण सोध्न नमिल्ने जवाफ फर्काएका थिए । पदबाट हटाउनका लागि कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क दिएका मन्त्रीले अहिले भने मन्त्रिपरिषदबाट नै स्पष्टीकरण सोधेर पदबाट हटाउने अन्तिम अस्त्र प्रहार गर्न लागेका हुन्। कुलमान घिसिङको कार्यकाल आगामी साउनमा सकिँदैछ। बाँकी रहेको पाँच महिना पनि घिसिङलाई कारबाही स्वरूप हटाउनको…
काठमाडौं । प्रतिनिधिसभाले भूमिबाहेकका अन्य पाँच अध्यादेश बहुमतले पारित गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बन्धित मन्त्रीहरूले प्रस्तुत गरेको अध्यादेश स्वीकृत गरेको हो । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले असहमति जनाएपछि भूमिसम्बन्धी अध्यादेश भन्ने प्रतिनिधि सभामा पेश गरिएको थिएन । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यसलाई प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न लागेको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले संसद तताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी सांसदहरूले सरकारले षडयन्त्रपूर्वक हटाउन लागेको भन्दै विरोध गरेका छन् । पछि सभामुखले यसबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । उनीहरूले बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । त्यसपछि बोलेका पाण्डेले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोध्ने र दुःख दिने मात्र नभएर कार्यसम्पादन मूल्याङ्कनमा समेत शून्य अङ्क दिएर के गर्न खोजेको हो भन्दै…
काठमाडौं । केपी ओलीलाई प्रश्न सोध्ने दुई पत्रकारको संसद् प्रवेश पास संघीय संसद सचिवालयले रद्द गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ र प्रकाश वलीको संसद् प्रवेश पास निलम्बन गरिएको हो । महासचिवस्तरीय निर्णयबाट पास निलम्बन गरिएको सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार एक महिनालाई संसद प्रवेश पास निलम्बन गरिएको हो । ‘पत्रकार आचारसंहिता, कार्यविधि र पालन गर्नुपर्ने नियमहरू छन् । यसको उल्लघन गरेको कारणले उनीहरूलाई दिइएको संसद सचिवालयको कार्ड एक महिनाका लागि निलम्बन गरिएको हो’, उनले भने । उनीहरू अब एक महिनासम्म संसद…
काठमाडौं । अवैध रुपमा अमेरिकामा बस्दै आएका आठ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको छ । अमेरिकाबाट आएको एउटा चार्टर विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । नेपाल फर्काइदिएका आठ जनालाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरूलाई अध्यागमन प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडाँै आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे। यसअघि अमेरिकाबाट २७ नेपाली…
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाधर देउजासमेत रहेको विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएको भनी पुनरावेदन गरेको हो । आयोगले २०७६ माघ २२ गते विशेषमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८० फागुन ३ गते केहीलाई सफाई र केहीलाई आशिंक सफाइ दिएको थियो । आयोगले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पुनः प्रतिवादी बनाएको छ ।…
काठमाडौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् ।…
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेशहरूलाई निर्णयार्थ पेश गर्ने कार्यतालिका रहेको छ। कुल ११ वटा कार्यतालिका तोकिएको संसदमा आज सरकारको तर्फबाट प्रस्तुत गरेका अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने विषयमा समेत विपक्षी दल हरूले प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ। यस्ता छन् प्रतिनिधिसभाका आजका ११ कार्यतालिका
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन्। नेमकिपाको आज सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो। विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन्। उमेर ८५ वर्ष पुगेका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिएका थिए। उनले जित्दै आएको भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो। महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत…
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उनले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएको थियो । विसं २०१५ मा भट्टराई संसद्को सभामुख रहे। सन्तनेता भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिन्छन् । पञ्चायतकालमा उनले सुन्दरीजल बन्दीगृहमा लामो समय बिपी कोइराला र गणेशमान सिंहका साथमा बसेका थिए। भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज बेलुकी ६ बजे पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम आयोजना गरेको केन्द्रका अध्यक्ष लोकेश ढकालले जानकारी दिए।…
काठमाडौ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेर सरकारले बाँकी पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने भएको छ। बुधबार (भोलि) बस्ने प्रतिनिधि सभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। जनता समाजवादी पार्टी, नेपालसँग आइतबार भएको निर्णायक छलफलमा भूमिसम्बन्धी अध्यादेश रोकेर अन्य अध्यादेश निर्णयार्थ पेस गर्ने सहमति भएको उनले बताए। संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेद्वारा सांसदलाई ह्विप प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी…
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ । आज महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयन गर्न बाँकी छ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र मङ्गलबार नयाँ नेतृत्व चयन हुने बताए। उनले भने, “महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । आजको बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको हो ।”…
काठमाडौँ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा विवाद सिर्जना भएको छ। एसोसिएसको आसन्न केन्द्रीय कार्यसमितिको निर्वाचन नामावलीमाथि उजुरी परेपछि विवाद सुरु भएको हो। काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका १७१ जना मतदाताको नाम अवैध रहेको भन्दै उच्च अदालत बार एसोसिएसनले उजुरी गरेको थियो। त्यसको जवाफमा काठमाडौँ बार एसोसिएसनका पदाधिकारीहरूले आफू मात्रै नभएर सबै बार एसोसिएसनको छानबिन गर्नुपर्ने माग गर्दै अर्को उजुरी दर्ता गरेको थियो। विवाद सुरु भएपछि आगामी चैत २३ गते हुने भनिएको बार एसोसिएसनको निर्वाचन प्रभावित हुने देखिएको छ। यसरी दुईवटा उजुरीपछि मंगलबार बिहान १० बजेदेखि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल बारको निर्वाचन…
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकाको तर्फबाट दिइँदै आएको सैन्यलगायत सबै खाले सहयोगमा रोक लगाएका छन्। केही दिनअघि हाइट हाउसको ओभल हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँगको वार्ता सौहार्दपूर्ण नभएपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको सम्पूर्ण सहयोगमा रोक लगाउने निर्णय गरेका हुन् । किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ । ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो । वार्ताको वातावरण बनेमा सहयोग…
काठमाडौँ । एकाबिहानै मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौँको थापाथली चोकमा रहेको सडकमा भ्वाङ परेको छ। बबरमहलमा पाइप फुटेर जनजीवन प्रभावित भएको तीन हप्ता पनि नबित्दै थापाथलीमा समेत सोही प्रकृतिको घटना घटेको हो। बबरमहलमा विद्युत प्राधिकरणको भूमिगत लाइन बिछ्याउने क्रममा पाइप फुटे पनि थापाथलीमा भन्ने कुनै बाह्य कारण बिना नै पाइप फुटेको हो। मङ्गलबार बिहान पाइप फुटेपछि सो क्षेत्रमा आवतजावत गर्ने सवारी साधन समेत अवरुद्ध भएको थियो। सो क्षेत्र केहीबेर डुबानमा समेत परेको थियो। थापाथलीबाट प्रसूति गृहतर्फ जाने बाटोमा पाइप फुट्दा प्रसुति गृह एवं नर्भिक अस्पताल जाने बिरामीहरू समेत समस्यामा पर्ने देखिएको छ।
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारी सुरु भएको छ । ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो ढालेर भव्यरूपमा जात्रा मनाउने चलन छ । जात्रामा एउटा लिङ्गो उठाइने भए पनि भाचिने सम्भावना रहेकाले जगेडा लिङ्गो पनि ल्याउने प्रचलन छ । यस वर्ष लिङ्गो भाचिएन भने जगेडा रहेको लिङ्गो आगामी वर्ष प्रयोगमा ल्याउने गरिन्छ । जात्रामा…
काठमाडौँ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए । काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ७० जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । यसबाहेक सिन्धुपाल्चोक,…
काठमाडौ । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ। रुपन्देहीको भैरवामा सुरु हुन लागिरहेको कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यतालिका छ। भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखकलगायत सहभागी हुनेछन् । उपसभापति खड्काअनुसार देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना प्रशिक्षणका सहभागी हुन्। यीबाहेक लुम्बिनी प्रदेशका सांसद, मन्त्री यहाँका जिल्ला सभापतिहरु पनि सहभागी हुने उनले बताए।…
लन्डन । युरोपियन युनियनअन्तर्गत पर्ने विभिन्न १८ वटा देशका प्रतिनिधिहरूले युक्रेन संकटको समाधानका लागि भन्दै बैठक गरेका छन् । उनीहरूले युक्रेनको सार्वभौम सत्तालाई जोगाउँदै युक्रेनमा शान्ति र सुरक्षाको ग्यारेन्टी दिनका लागि आफूहरू एक भएको बताएका छन्। बेलायती प्रधानमन्त्री केइर स्टेइमरको नेतृत्वमा बसेको बैठकमा रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक भएको छ। बैठकका लागि फ्रान्स र बेलायतले पहलकदमी लिए पनि अन्य १८ देशहरू समेत सहभागी भएका छन्। बैठकमा बेलायती प्रधानमन्त्री स्टेइमरले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता यो बैठकमा देखिएको बताए। बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब…
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका आजदेखि सुरु हुने भएको छ। यही चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित विभिन्न अङ्गिक क्याम्पसहरूमा उन्नल गइरहेको निर्वाचनका लागि आज सङ्घ संस्था तथा समूह दर्ताको काम हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले जारी गरेको सूचना अनुसार विद्यार्थी सङ्घ तथा उम्मेदवारी दिने संस्था दर्ताका लागि सङ्गसङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति / कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ । आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घ/सङ्गठन/समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष/सभापति/संयोजक/प्रमुखको…
काठमाडौं । अमेरिकी प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सभापति रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई पक्राउ परेको छ । थापा रास्वपा सभापति रवि लामिछाने थुनामा पर्नेबित्तिकै नेपाल आएर उनलाई धरौटीमा छुटाउन क्रियाशील थिए । पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय रहेको बताइएको थियो । ग्रीनकार्ड भएको व्यक्ति अस्वभाविकरुपमा ओहोरादोहोर गरिरहदा पनि त्यहाँको अध्यागमन विभागले पक्राउ गरेर सोधपुछ गर्ने गरेको छ । विभिन्न व्यक्तिलाई फ्रड लाइसेन्स बनाएको अभियोग उनीमाथि थियो । रास्वपा नेता मनिष झाले थापालाई अमेरिकन इमिग्रेसनबाटै प्रहरीले पक्राउ गरेको जनाएका छन् । झाले दिएको जानकारीअनुसार थापा अहिले फिलाडेल्फिया संघीय हिरासतमा रहेको बताइएको छ…
काठमाडौं । करिब दुई वर्षअघिको एक हत्याका आरोपीलाई पक्राउ गर्न प्रहरीले टोखामा गोली चलाएको छ। २०७९ साल असोज ३ गते काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । सोही घटनाका अभियुक्त गुड्डु पटेललाई पक्राउ गर्नका लागि प्रहरीले तीन राउन्ड गोली चलाएको हो । सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ। उनलाई टोखा चण्डेश्वरी अस्पतालमा उपचारपछि उनलाई सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ।
काठमाडौं । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो । चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान (सार्वजनिक) गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’…
काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक र जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्दैछ । एमाले बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक पनि आजदेखि सुरु हुँदैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने सुरु प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।