काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्। मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् । वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् । मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताउँदै मेक्सिकोले ‘ मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ बताएको छ । ह्वाइट हाउसले दुई दिनमा एक…
Author: Kathmandu Khabar
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको नेपाली काँग्रेसले जनाएको छ । संघीय संसदको बैठक यही माघ १८ गतेदेखि सुरु हुँदैछ । संसद्मा काँग्रेसको सहभागिता र पार्टीको धारणाको बारेमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो । सरकारले केही विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ । आजको बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने बताइएको छ ।
काठमाडौँ । एउटा लामो इतिहास र संस्कृति बोकेको साँखु पछिल्लो समय अस्तित्व जोगाउनका लागि संघर्षरत छ । कुनै समय आन्तरिक एवं बाह्य पर्यटकको राम्रै आकर्षण हुने साँखुमा अहिले पर्यटकहरू आउन छाडेपछि नगरपालिकाले समेत यसमा चिन्ता व्यक्त गर्न थालेको छ । तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनियो । लामो समयसम्म वास्तुकलाका विद्यार्थीका लागि साँखु सहर अध्ययन गर्ने स्थल बन्यो । स्वदेशी एवं विदेशी पर्यटकका लागि ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको यो सहर दर्शनीयस्थलका रूपमा स्थापित…
काठमाडौं । आज बिहानैदेखि काठमाडौंको केही भागमा मौसम बदलीको संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने देखिएको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। बिहान काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियम मापन गरिएको थियो । आज दिउँसो काठमाडौँमा अधिकतम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ। तर पानी पर्ने सम्भावना भने आज देखिएको छैन ।
काठमाडौँ । सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रको जितमा सनिश श्रेष्ठले गोल गरे । सनिशले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोल मच्छिन्द्रका लागि निर्णयक सावित भयो । योसँगै सेमिफाइनल खेलमा मच्छिन्द्रले सङ्कटा फुटबल क्लबसँग खेल्नेछ । बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले हराउँदै सङ्कटाले सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन…
काठमाडौँ । करिब डेढ महिना अघि तीव्र गतिमा सवारी चलाउँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान जान गरी दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई उच्च अदालत पाटनले धरौटीमा रिहा गरेको छ। यसअघि जिल्ला अदालत काठमाडौँले गरेको सवारी ज्यान मुद्दामा थुनामा पठाउने आदेशलाई उच्चले उल्टाएको हो। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो। कात्तिक २८ गते उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका…
काभ्रेपलाञ्चोक । गत मङ्गलबारबाट सुरु भएको महाभारत क्षेत्रको भीषण आगलागी अझै रोकिएको छैन। काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने महाभारत क्षेत्रको जङ्गलमा लागेको आगो बस्ती नजिक आउन लागेपछि शुक्रबार हेलिकप्टरबाट पानी खसालेर नियन्त्रणको प्रयास गरिएको थियो । बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बस्तीतर्फ आउन लागेको आगो नियन्त्रणमा ल्याइए पनि जङ्गलको बीच भागमा लागिरहेको आगोले अझै नियन्त्रणमा आउन सकेको छैन। गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो । खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार…
काठमाडौँ । नेपाल प्रहरीले २५ जना एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा गरेको छ। शुक्रबार बढुवा भएका प्रहरी अधिकारीहरूलाई विभिन्न प्रहरी निकायहरूमा जिम्मेवारी समेत तोकिएको छ। गृहमन्त्रीस्तरीय निर्णयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि परिवर्तन गरिएको छ। काठमाडौँ प्रहरी परिसरको प्रमुखमा विश्व अधिकारी र अपराध अनुसन्धानमा रमेशकुमार बस्नेतलाई जिम्मेवारी दिइएको छ। दर्ज्यानी चिन्ह लगाएको दुई दिनपछि उनीहरूको पदस्थापनको निर्णय भएको हो। पहिलो नम्बरमा बढुवा भएका रमेश थापा प्रहरी महानिरीक्षककै सचिवालयमा रहने भएका छन्। त्यस्तै अजय केसी साइबर ब्युरो, अनुपमशमशेर जबरा वृत्ति विकास महाशाखामा पदस्थापन भएका छन् । अन्य एसएसपीहरूको कहाँ कहाँ भयो पदस्थापन ?
काठमाडौं । व्यापक विरोध भएपछि मधेश सरकारले प्रस्तुत गरेको भाषा विधेयक फिर्ता लिएको छ । थारूलगायतको धेरैको मातृभाषा भएको भाषालाई सरकारी कामकाजको भाषा नबनाएर अँग्रेजी र हिन्दीलाई सरकारी कामकाजको भाषा बनाएपछि यसको विरोध भएको थियो । मधेश प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको भाषा विधेयक शुक्रबार फिर्ता लिएको हो । शिक्षामन्त्री रानीकुमारी तिवारीले प्रस्तुत गरेको प्रस्तावलाई सभामुख रामचन्द्र मण्डलले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको छ । मन्त्री तिवारीले नै गत बुधबारको बैठकमा प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धमा बनेको विधेयक प्रस्तुत गरेकी थिइन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विधेयक फिर्ता लिने भन्दै प्रदेशसभा सचिवालयलाई शुक्रबार नै पत्र लेखेको थियो।
काठमाडौं । एक किलोमिटर ८९ मिटर लम्बाइको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार सिद्धार्थ राजमार्गको सुरुङ प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअलरूपमा ‘ब्रेक थ्रु’ गरेका हुन् । २०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरु गरेको सुरुङका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोडमा ठेक्का लिएको थियो। पाँच वर्षमा सक्ने भनिएको कामको तीन वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो । सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।
काठमाडौं । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ । आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालसामु कमजोर प्रदर्शन गरेको मलेसियालाई नेपालले सहजै पराजित गरेको थियो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो । छयालिस रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन् । उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन्…
काठमाडौं । सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ । दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको…
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य गगन थापाले पशुपति क्षेत्रमा भएका बेथिति सुधार गर्न संस्कृति पर्यटन तथा नागरिक उडयनमन्त्रीको ध्यानाकर्षण गराएका छन्। क्षेत्रीय हिसाबले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत नै पर्ने पशुपति क्षेत्रमा यावत बेथिति रहेको भन्दै सांसद कार्यालयमा समेत कयौँ गुनासाहरु आएपछि थापाले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। स्थानीय र सम्पदा प्रेमीहरूबाट समेत पशुपति क्षेत्रमा भएका व्यथितिको बारेमा यावत गुनासो आएपछि ध्यानाकर्षण पत्र बुझाइएको सांसद कार्यालयका सचिव गाेपाल आचार्यले जानकारी दिए । केही दिनकाे समय हेर्ने र कुनै सुधार नभए कोषविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने बताए । थापाको नामबाट…
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ । आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय…
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शपथ ग्रहणको दिन जारी गरेको एक कार्यकारी आदेशमाथि त्यहाँको संघीय अदालतले रोक लगाएको छ। नागरिकता सम्बन्धी प्रावधानलाई संशोधन गर्दै अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमाथि त्यहाँको अदालतले रोक लगाएको हो। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले अस्थायी रूपमा यो आदेशमाथि रोक लगाएको बीबीसीले जनाएको छ। अदालतमा अमेरिकाका चार राज्य- वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगनले जन्मेकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए। ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ बाट लागू हुने बताइएको थियो। जसले गर्दा अमेरिकामा अपरेसन गरेर बच्चा जन्माउनेको संख्या समेत भारी मात्रामा वृद्धि भएको…
काठमाडौं । काठमाडौंको केन्द्र मानिने असन बजारमा अवस्थित एक घरमा लागेको आगलागीले सो क्षेत्र कुहिरीमण्डल भएको छ । असन चोकस्थित एक गोदाममा लागेको आगो निभाउनका लागि विभिन्न स्थानबाट आएका दमकलले प्रयास गरिरहेका छन् । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक होम अप्लायन्सको सामान गोदाममा आगलागी भएको हो । केहीअघि भएको उक्त आगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन। सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ भंगालमा आज चितुवा भेटिएको छ । डिभिजन वन कार्यालय काठमाडौंका अनुसार बिहान ८ बजे भेटिएको चितुवाको उद्धार गरिएको छ । चितुवा रहेको भनेर स्थानीयले खबर गरेपछि कार्यालयको टोली ११ बजेतिर सो ठाउँमा पुगेको थियो । शंकर थापा नेतृत्वको कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो । चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ । कार्यालयका अनुसार चितुवा शारीरिक रुपमा स्वस्थ रहेको छ । यो चितुवा आसपासको जंगलबाट शिकारको खोजीमा आएको हुनसक्ने अनुमान गरिएको छ ।
कञ्चनपुर । करिब एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका दुई जवानले समान प्रकृतिले आफ्नै टाउकोमा गोली हानी आत्महत्या प्रयास गरेका छन् । करिब एक महिनाअघि कञ्चनपुरकै प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत चक्र न्यौपानेको घटना सेलाउन नपाउँदै बुधबार अर्का प्रहरी जवानले आफैमाथि गोली चलाएका हुन् । बुधबार महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका हुन् । विष्टले साँझ सवा ८ बजेतिर आफैंले बोकेको एसएलआरले गोली हानेका हुन् । दाइने कानको माथि टाउकोमा गोली लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार…
काठमाडौँ । बुधबार रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । यो रेल नेटवर्कले दैनिक लाखौँ यात्रुको यात्रा गराउँछ । देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, “मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ ।” आगलागीको अलार्म सत्य थियो वा झुटो…
बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन्। कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ । सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् । कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुन् ।…
काठमाडौँ । यो साल अत्याधिक चिसो महसुस नभई चिसोको मौसम सकिएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय क्रमिक रुपमा चिसो घट्न थालेको जनाएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम र अधिकतम तापक्रम बढेसँगै चिसो कम महसुस सुन्न थालेको हो।काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको विभागको तथ्याङ्क छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए ।…
काठमाडौँ । सरकार र उद्योगीहरू बीचको मिलेमतोमा नेपाली सिमेन्ट उद्योगमा मनपरी मूल्य तोकिएको छ। प्रतिस्पर्धाका लागि भन्दै भारतीय बजारमा रु.५०० सम्ममा पठाइने सिमेन्टलाई नेपाली बजारमा भन्ने ८०० वा सोभन्दा बढी लिने गरिएको छ। सुखी नेपाली समृद्ध नेपालको नारा लिएको केपी ओली नेतृत्वको सरकारले उल्टै व्यवसायीसँग मिलेर अस्वभाविक रुपमा सिमेन्टको मूल्य वृद्धि गरेपछि सो विरुद्ध संसदको सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो। उजुरीपछि बुधबार समितिले उद्योगी र निर्माण व्यवसायीलाई बोलाएर छलफल गरेको थियो। छलफलका क्रममा निर्माण व्यवसायीहरूले निर्माण सामग्री खरिद गर्ने मुख्य समयमा सिमेन्टमा ७७% देखि १०० प्रतिशतसम्म मूल्य वृद्धि भएको गुनासो गरेका थिए। उता सिमेन्ट उद्योगले भने १२ घण्टासम्मको…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता खारेज गर्ने आदेश दिएका छन् । राष्ट्रपति बनेलगत्तै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरी जन्मका आधारमा नागरिकता अन्त्य गर्ने घोषणा गरेका थिए । नयाँ आदेश जनवरी २० देखि लागू भएको छ। विगत १५० वर्षदेखि अमेरिकामा जन्मेका हरेक व्यक्तिले देशको नागरिकता पाइरहेका छन् तर ट्रम्पले चुनावी अभियानकै क्रममा यो व्यवस्था अन्त्य गर्ने कुरा गरेका थिए । वास्तवमा ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासीका सन्तानलाई दिइएको नागरिकता अन्त्य गर्न चाहेको बताएका थिए । तर नयाँ आदेशका कारण एच-१बी भिसा धारकहरू र तिनीहरूका परिवारहरू पनि प्रभावित भएका छन्। यो आदेशले दशकौंदेखि ग्रीन कार्डको पर्खाइमा रहेका…
काठमाडौं । प्रहरीले काठमाडौंमा एक युवकको शव भेटेको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बालुवाखानीको खाली जग्गामा शव भेटिएको प्रहरीले जनाएको छैन । शवको पहिचान हुन सकेको छैन । तर उनको उमेर अन्दाजी ३० वर्ष हाराहारीको रहेको प्रहरीको भनाइ छ । एक पुरुषको शव भेटिएको छ । प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएअनुसार नामथर यकिन हुन बाँकी नै रहेकाले थप अनुसन्धानको काम समेत अघि बढ्न सकिरहेको छैन।
काठमाडौं । नेकपा माओवादीले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार लेखा समिति सदस्य एवं माओवादी सांसद अमनलाल मोदीले लेखा समिति सभापतिले राजीनामा नदिए हिउँदे अधिवेशन बहिस्कारसम्मको चेतावनी दिएका हुन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले भने, ‘प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छौं र भनिरहन्छौँ।’ संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा…
काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ…
काठमाडौं । तीनवटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा एनआईसी एसिया, प्रभु र हिमालयन गरेर तीन बैङ्क कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ। सोमबार सार्वजनिक तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूमध्ये प्रभुले सबैभन्दा बढी नाफा कमाएको थियो । यद्यपि, सोही अवधिमा बैङ्कले राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको हो । बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैङ्कको निर्देशन बमोजिम बढी प्रदान…
काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गत आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा भइरहेको प्रतिस्पर्धा १२ः१५ बजे सुरु हुनेछ। पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेपाली टिमले तेस्रो खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो। बुधबारको यो खेल समूह चरणको अन्तिम खेल हो। आजको खेल जितेर नेपाल समूह चरणमा पहिलो अङ्क जोड्ने प्रयासमा छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ। बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल समूह ‘डी’को पुछारमा छ।
अब परीक्षा दिएर मात्रै सप्ताहमा मूलवाचक बन्न पाइने, सरकारले दिनेछ प्रमाणपत्र काठमाडौँ । सप्ताहमा मनलाग्दी मूलवाचक भएर कथा भन्न थालेपछि सरकारले यसलाई नियमन गर्न लागेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् ।…
काठमाडौं । राजधानीको उत्तरपूर्वमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगर क्षेत्रका सम्पदाको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिने भएको छ । शङ्खरापुर नगरपालिकाको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिए । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना साँखुस्थित शालीनदीमा माधवनारायण मेला लाग्ने गर्छ । बर्तालुले माधवनारायणसहित श्रीस्वस्थानी परमेश्वरी देवीको पूजाआराधना गर्ने गर्छन् । यही मेलामा शालीनदी आउने लाखौँ धार्मिक पर्यटकलाई साँखु क्षेत्रको प्राचीन बस्ती र सम्पदाको अवलोकन गराउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । साँखु…