काठमाडौँ । आज माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामथ्र्य र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ । एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ– स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी । कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।। न गङ्गा न गया राजन् न च काशी च पुष्करम् । न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।। अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन् गङ्गा, गया, काशी,…
Author: Kathmandu Khabar
काठमाडौँ । भारतको राजधानी प्रान्त दिल्लीको विधानसभा चुनावको मतगणना सुरु भएको छ। गत बुधबार सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहानबाट सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विधानसभाको मतगणना सुरु भएसँगै सार्वजनिक भएको प्रारम्भिक रुझानमा केन्द्रको सत्तामा रहेको दल भारतीय जनता पार्टीले अग्रता हासिल गरेको छ। निर्वाचन लगत्तै सार्वजनिक भएको एक्जिट पोलमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखाएको थियो। २०१३ सालको विधानसभा चुनावमा अरविन्द केजरीवालको आमआद्मी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भन्ने भाजपाले १३ भन्दा बढी सिट जितेको थियो। २०१५ र २० को विधानसभा चुनावमा आमआदमी पार्टीले आफ्नै बलबुताले बहुमत प्राप्त गरेको थियो। अहिलेको चुनावमा पनि आफ्नो विरासत…
काठमाडौँ । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको थियो। सामान्यतया प्रमुख प्रतिपक्षी दलले सम्बोधन गर्ने बैठकमा प्रधानमन्त्रीलगायत मन्त्रीहरू उपस्थित हुनुपर्ने संसदीय व्यवस्था रहेको छ। तर केही मन्त्रीहरू उपस्थित भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भन्ने त्यहाँ उपस्थित थिएनन्। त्यसैले पनि प्रतिपक्षी दलका नेता प्रचण्डले पटकपटक प्रधानमन्त्री कता हुनुहुन्छ भन्दै सम्बोधन गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएको प्रसङ्ग बाहिर आएपछि नेकपा एमालेका नेताहरूले विभिन्न बहानाबाजी गर्न थाले। कसैले प्रधानमन्त्रीलाई प्रचण्डको सम्बोधन बारे जानकारी थिएन भने भने कसैले उनको स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बताए । नेकपा एमालेका…
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संसद विघटन सदर नगर्दा आफूलाई प्रधानन्यायाधीश नबनाउने धम्की आएको तर्फ संकेत गरेकी छन् । शुक्रबार हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’मा विद्यार्थीको प्रश्नमाथि जवाफ दिँदै उनले यस्तो संकेत गरेकी हुन् । उनले आफूलाई जीवनको डर देखाइएको खुलासा गर्दै रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न दिँदैनन् अब भन्ने चेतावनी आउने गरेको बताएकी हुन् । ‘संसद विघटनका बेलामा मलाई तत्काल दुईवटा प्रश्न उठ्यो। एउटा, अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैन नि भने । मैले भनेँ- म प्रधानन्यायाधीश बन्नका लागि न्यायाधीश बनेको होइन। न्यायाधीश बन्नका लागि न्यायाधीश बनेको हो र जुन भूमिकामा छु त्योसँग म सम्झौता…
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाका जिल्ला उपसभापति धरौटी तिर्न नसकेर जेलचलान भएका छन् । जिल्ला अदालत काठमाडौँमा सहकारी पीडितको तर्फबाट सभापति रवि लामिछाने विरुद्ध बहस गरेको भन्दै अदालत बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको अभियोगमा रास्वपा हुम्ला जिल्ला उपसभापति महानन्द जैसीसङ्ग एक लाख रुपैयाँ धरौटी माग गरिएको थियो । जिल्ला अदालत काठमाडौँले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो । दुई जना धरौटी बुझाएर रिहा भइसके पनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसीलाई भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको…
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामालाई कारबाही गर्न भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई ताकेता पत्र लेखेको छ। यसअघि लेखेको पत्र बमोजिम कारबाही नभएको भन्दै यथाशीघ्र बर्खास्त गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै शुक्रबार राखेपलाई पत्र पठाइएको हो । गत भदौ १६ गते मन्त्रालयले तत्कालीन पुनरावेदन अदालत पाटनले प्रतिबन्धित खैरो हिरोइन तस्करी गरेको आरोपमा दोषी ठहर गरेका लामालाई कारबाही गरी त्यसको जानकारी दिन भन्दै खेलकुद परिषदलाई पत्र लेखेको थियो। सोहीपत्र बमोजिम राखेपले एन्फालाई कारबाहीका लागि भन्दै भदौ २५ गते पत्र लेखेको थियो। तर सो पत्र बमोजिम कारबाही नभएपछि मन्त्रालयले पुनः ताकेतापत्र पठाएको हो।
काठमाडौं । कृषि विज्ञ भनेर चिनिने मदन राईलाई साढे २ वर्ष कैद फैसला भएको छ । बालयौन दुरुपयोगको मुद्दामा खोटाङ जिल्ला अदालतले उनलाई कैद सजाय तोकेको हो । खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार पेशी तोकेको थियो । आज उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो। यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ।२०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए।
काठमाडौँ । महिला टी–ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो । थाइल्याण्ड श्रृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्ष स्थानमा रह्यो । यस्तै नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । नेपाल भने प्रतियोगितामा अङ्कबिहीन रह्यो । नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो । नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी थिइन् । नेपालले…
काठमाडौँ । झन्डै दुई तिहाइको सरकार चलाइरहेको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आर्थिक क्षेत्रको विकासका लागि भन्दै नयाँ सरकार गठन गरेका थिए। तर बजेटको अर्धवार्षिक समीक्षाको क्रममा भने सार्वजनिक खर्चमा पहिलेकै समस्या दोहोरिएको देखिएको छ। चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत खर्च भएको छ । सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १०…
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशमा काम गर्ने नेपालीहरूले पठाएको रेमिटेन्समा वृद्धि भएको छ। अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले वृद्धि भई रू आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव एक…
काठमाडौँ । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि विभिन्न विश्व चर्चित कार्यकारी आदेश जारी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय अदालतमाथि प्रतिबन्ध लगाएका छन्। बीबीसीका अनुसार ट्रम्पले बिहिबार अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ। यो आदेशले आईसीसीका अधिकारी र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूविरुद्ध आर्थिक र भिसामा प्रतिबन्ध लगाउँछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।
काठमाडौं । चितवन जिल्ला अदालतले साहारा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको छ । बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई सो रकम धरौटी बुझाएर रिहा गर्न प्रहरीलाई आदेश दिएको हो । हिजोबाट सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई बुधबार प्रहरी हिरासतमा पठाइएको थियो । आज रविको तर्फबाट वरिष्ठअधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो भने…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा काँग्रेस एमालेले थ्रेसहोल्ड कटाउन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभामा आज सम्बोधन गर्दै प्रचण्डले अहिलेको थ्रेसहोल्ड आगामी निर्वाचनमा काँग्रेस एमालेले नै पूरा गर्न नसक्ने भन्दै अब थ्रेसहोल्ड थपेर आफैँलाई अप्ठेरोमा नपार्न दुवै पार्टीलाई सुझाव दिए । सम्बोधनकै क्रममा उनले सबै भाइरल अभियान्ताहरूको बचाउ गर्न पनि भ्याए । अभियान्ता आशिका तामाङलाई पक्राउ गरिएकोप्रति प्रचण्डले आपत्ति जनाए । सम्झाइ बुझाइ गरेर टुंगो लगाउन सकिने विषयलाई मुद्दा चलाएर जिल्ला जिल्लामा बयानका लागि घुमाउने तरिकाले जनताप्रति सरकारको रवैया प्रष्ट भएको प्रचण्डको भनाइ थियो । त्यस्तै बालेनको टिसर्ट…
काठमाडौं । जनता समाजवादी पार्टीका उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री मागेपछि आज प्रतिनिधि सभामा पेश गर्ने भनिएको विभिन्न अध्यादेश टेबुल गर्न सत्ता पक्ष पछि हटेको छ । आज दिउँसो १ बजे बसेको सङ्घीय संसद् (प्रतिनिधिसभा)को बैठकमा सबै अध्यादेश टेबुल गरेर सम्भवत: आजै छलफल अघि बढाउने तयारी गरिएको थियो । तर उपेन्द्र यादवले सहयोग नगर्दा राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको हो । यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो । आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेका छन् । आर्थिक…
काठमाडौँ । नाट्यसम्राट बालकृष्ण समको १२३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार नेपाल शिक्षा परिषद् काठमाडौं र काठमाडौं महानगरपालिका–१ ले संयुक्तरूपमा कमलपोखरीमा कार्यक्रम आयोजना गरेको थियो । नेपाली साहित्यमा परिस्कारवादी धारको नेतृत्व गर्ने सम उत्कृष्ट नाटककार एवं समालोचक हुन् । यसक्रममा कमलपोखरी परिसरमा रहेको समको मूर्तिमा साहित्यकार, साहित्य अनुरागी तथा विद्यार्थीले माल्यार्पण गर्दै श्रद्धासुमन प्रकट गरेका छन् । साहित्यकार पिताम्बर दाहालले समलाई कोहीसँग पनि तुलना गर्न नसकिने बताए । उनले भने,“नेपालीभाषी उहाँप्रति सधैँ आभारी हुनुपर्छ । उहाँको कृति स्पष्ट बुझिने, शब्दरूपी गहना, माधुर्य भरिएको हुन्छ । शब्द छानेर राख्न सक्ने सामथ्र्य, गाम्र्भीयता, मधुरता, स्पष्टता सम र बीपीमा मात्र…
काठमाडौं । पछिल्लो समय अध्यादेशमा साथ माग्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता पक्ष र प्रतिपक्ष दुवैले तानातान गरिरहेका छन् । अध्यादेश पास गर्नका लागि राष्ट्रिय सभामा उपेन्द्र यादवको पार्टीका एक सांसद आवश्यक भएपछि अहिले उनलाई दुवै पक्षले तानातान गर्न लागेका हुन् । बहुमत पुगेको खण्डमा आज बस्ने बैठकमा नै अध्यादेश पास गर्ने संसद सचिवालयको तयारी छ । त्यसको लागि आज उपेन्द्र यादवलाई सत्ता पक्षीय दलका नेताहरूले भेटघाट बाक्लो बनाएका छन् । हिजो साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा छलफल गरेका यादव आज एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि गएका छन्। हिजो देउवा र यादवबीच आधा घण्टा…
काठमाडौं। भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचनको लागि मतदान भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ । दिल्ली विधानसभा चुनावमा बुधबार करिब ६८ प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोग (इसीआई) ले जनाएको छ । मतदान सकिएपछि सार्वजनिक भएका सबैजसो एक्जीट पोलले केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टीले बहुमत ल्याउने प्रक्षेपण गरेको छ ।
काठमाडौं । आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुने भएको छ । हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कतिक वैभवका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई सुदृढ बनाउने उद्देश्यका साथ सम्मिलन आयोजना गरिएको आयोजक मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मिलनमा नेपालका सातै प्रदेश, हिमाल, पहाड र तराईका सांस्कृतिक झाँकीको प्रस्तुत गरिने छ । सम्मिलनमा सातै प्रदेशबाट लोक संस्कृतिसम्बन्धी एक÷एकवटा र नेपाल बाहिरबाट म्यान्मा, बङ्गलादेश, भारत, चीन, भूटान, थाइल्यान्डलगायत देशका तर्फबाट प्रतिनिधिमूलक गोष्ठी पत्र प्रस्तुति, प्राज्ञिक विमर्श…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई सङ्गठित अपराध र सम्पति शुद्धीकरणको विषयमा मुद्दा नचलाउने चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललेविरुद्ध छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले छानबिन समिति गठन गरेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा रास्वपाका अध्यक्ष लामिछानेसहित ३२ जना विरुद्ध अभियोगपत्र दायर गरिएको थियो । त्यसमध्ये सभापति लामिछानेसहित २० जनाविरुद्ध ठगीको मुद्दा र १२ जनाविरुद्ध सङ्गठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो । चितवन सरकारी वकिल कार्यालयको उक्त अभियोग त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयले सो अभियोगपत्रमाथि अध्ययन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको हो । महान्यायाधिवक्ता कार्यालयका…
चितवन । चितवन जिल्ला अदालतले आज थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ । बुधबारबाट चितवन जिल्ला अदालतमा सुरु भएको बहस नसकिएपछि उनलाई भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाइएको हो । बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा आजबाट बयान सुरु भएको हो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई बर्खास्त गर्न माग गर्दै काठमाडौ महानगरपालिकामा निवेदन परेको छ । मंगलबार सिनामंगलका राजेश आचार्यले महानगरका प्रमुख बालेन्द्र शाहलाई निवेदन दिएका हुन् । आचार्यले सिनामंगलका प्लानिङ्ग व्वाइज युनाईटेड नामक गैर सरकारी संस्थाको तर्फबाट निवेदन दिएका हुन् । क्लबको विधानमा अदालतले दोषि ठहर गरेको व्यक्ति साधारण सदस्य समेत नहुने व्यवस्था हुँदाहुँदै दावा लामाले झूटा विवरण पेश गरी संस्था दर्ता गरी सो क्लबको अध्यक्ष भएको र हालसम्म पनि सो संस्थामा आबद्ध रहेको र क्लबबाट प्रतिनिधित्व गरी एन्फा उपाध्यक्षको रुपमा कार्य गर्दै आएकाले कारबाही गर्न माग गरेका हुन् । लामा लागुऔषध खैरो हेरोईन…
मङ्गलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ, । यसले विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो । सन् २०२२ मा २५ लाख मानिसको निदान भएको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा प्रकाशित अध्ययनले भनेको छ । तीमध्ये धेरैजसो पुरुष थिए तर महिलाहरूमा करिब १० लाख केसको बढ्दो हिस्सा थियो । चिनियाँ वित्त पोषित यस अध्ययनका लेखकहरूका अनुसार फोक्सोको क्यान्सरको एक प्रमुख उप–प्रकार – एडेनोकार्सिनोमा – १८५ देशमा महिलाहरूमा प्रमुख बनेको छ । “वायु प्रदूषणलाई एक महत्त्वपूर्ण कारक मान्न…
काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसआइडी बन्द गर्ने घोषणा गरेका छन्। ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलोन मस्कले ‘यूएसएआईडी’ बन्द गर्ने घोषणा गरेका हुन् । युएसआइडी सुधार्नै नसक्ने अवस्थामा पुगेको भन्दै यसलाई बन्द गर्न लागिएको उनले स्पष्ट पारेका छन्। यसमा राष्ट्रपति ट्रम्प पनि सहमत भइसकेको उनले बताएका छन्। सोमबार ‘एक्स’ द्वारा आयोजित लाइभमा बोल्दै मस्कले भनेका छन्, ‘यस (यूएसएआईडी) लाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत हुनुहुन्छ।’ समाचार संस्था एपीका अनुसार मस्कको घोषणासँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको छ।
काठमाडौँ । अध्यादेशबारे संसदमा छलफल गर्नुपूर्व भामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । प्रतिनिधि सभाको बिहिबार १ बजे बस्ने बैठकमा अध्यादेश बारे छलफल गर्ने कार्यतालिका रहेको छ। त्यसपूर्व प्रमुख सचेतकहरूसँग साझा धारणाको लागि छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ। अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ ।
काठमाडौं । आवासीय चिकेत्सकहरूले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज पनि आन्दोलन जारी राखेका हुन् । मंगलबार ओपीडी सेवा ठप्प पारेका उनीहरुले आज आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनीहरुले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नै निर्वाचन क्षेत्रका जनताको समेत पैसा ठगी गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । चितवनको भरतपुरमा रहेको साहारा चितवन सहकारी ठगीको आरोपमा लामिछानेसहित ३२ जनाविरुद्ध मंगलबार पूरक अभियोग दर्ता भएको हो । यसअघि मूल अभियोग पत्रमा माग गरिएका ४४६ जना पीडित बचतकर्ताहरुको ३७ करोड ६५ लाख ४ हजार ५४६ रुपैयाँ १ पैसा र पूरक जाहेरी दिने १० जनाको ४३ लाख ९४ हजार छ सय ३१ रुपैयाँ एक पैसा गरी ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ भराई दिन माग गरिएको छ। यसअघि नै गठीमा मुद्दा चलाइएका जीबी भन्ने…
काठमाडौं । एन्फा उपाध्यक्ष दावा लामालाई पदबाट हटाउने मुद्दामा उच्च अदालत पाटनले विपक्षी झिकाउने आदेश दिएको छ । पदबाट हटाउन माग गर्दै दायर भएको मुद्दामा अन्तरिम आदेशका लागि विपक्षी झिकाउन आदेश दिइएको हो । लागु औषध खैरो हिरोइन बिक्री वितरण मुद्दामा तत्कालीन पुनरावेदन अदालत (हालको उच्च) ले एन्फाका उपाध्यक्ष लामालाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना गर्ने फैसला गरेको थियो । एन्फा निर्वाचनको दौरान लामाले झूटा विवरण पेश गरी निर्वाचित भएको, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अखिल नेपाल फुटबल संघको विधानबमोजिम एन्फा उपाध्यक्षको रुपमा कामकाज गर्न अयोग्य भएको र एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको संरक्षणकै कारण गैरकानुनी रुपमा…
काठमाडौं । राजधानीमा जारी महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार चौथो हार व्यहोरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । यस हारसँगै नेपाल उपाधि होडबाट बाहिरएको छ । जितसँगै थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय एक रन मात्र बनायो । नेपालका लागि रूविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाएकी हुन् । यसैगरी कविता जोशीले २४ रन बनाइन भने…
काठमाडौँ । नेपाली कांग्रेसले देशभरिका सबै जिल्लाका सभापति र उपसभापतिलाई अभिमुखीकरण गर्दैछ। आज मङ्गलबारदेखि सुरु हुने अभिमुखीकरण कार्यक्रम पोखरामा आयोजना हुने नेपाली कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कार्यपालिका रहेको छ। प्रतिष्ठानले सोमबार पोखरामै प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख (उपसभापति)का लागि अभिमुखीकरण आयोजना गरेको थियो । प्रशिक्षणमा जिल्ला उपसभापति (जिल्लाको प्रशिक्षण विभागको जिम्मेवारी सम्हालेका) दुईमध्ये एकजनालाई मात्र बोलाइएको कांग्रेसले जनाएको छ ।
काठमाडौँ । आज अन्तर्राष्ट्रिय क्यान्सर दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ। समयमै उपचार गरे रोगबाट मुक्त हुन सकिने जानकारी दिँदै नेपाल सरकारले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै क्यान्सर दिवस मनाउँदैछ। क्यान्सरका विभिन्न चरण र कारणको बारेमा संक्षिप्त रूपमा तल जानकारी दिइएको छ। क्यान्सरका चार चरण क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ । उनले नसर्ने बेलासम्म…