Author: Kathmandu Khabar

काठमाडौं : नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरू भएको छ। सैन्य अभ्यासमा नेपाली सेनाका ३३४ जना र भारतीय सेनाका ३५४ जना सहभागी छन्।नेपाली सेनाको नेतृत्व प्रमुख सेनानी सुवास केसीले गरिरहेका छन् भने भारतीय सेनाको कुमाओन रेजिमेन्टका एक बटालियनले गरिरहेको भारतको रक्षा मन्त्रालयले जानकारी दिएको छ। मंसिर २१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास प्रति विद्रोह, प्रति आतंकवाद युद्धकला, र विपद् व्यवस्थापनमा केन्द्रित हुनेछ। १७औं संस्करणको यो संयुक्त अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ। गतवर्ष नेपाल र भारतीय सेनाबीच १६औं संस्करणको संयुक्त अभ्यास रुपन्देहीस्थित सालझण्डीमा भएको थियो।  दुई देशका सेनाबीच हुने अभ्यासले वर्षौं पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने र दुई देशका सेनाहरूबीच…

Read More

बाँकेको नरैनापुर गाउँपालिका निवासी प्रसिद्ध सुफी सन्त, धार्मिक सदभावका अगुवा सैयद मुस्ताक अहमद साहको ७८ वर्षको उमेरमा निधन भएको छ ।  केही समयदेखि उपचारको क्रममा भारतको दिल्लीस्थित मेक्स अस्पतालमा भर्ना भएका सुफी सन्त साहको विहीबार राति उपचारकै क्रममा निधन भएको उनका भाइ तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले बताए ।  बाँकेमा हिन्दु मुस्लिम एकताको प्रतीकको रुपमा रहेको नरैनापुरको प्रसिद्ध धार्मिक स्थल आस्ताना ए हजरत खलीफा नूर अहमद साहको मजार शरीफको उहाँ उत्तराधिकारी थिए । साहले कुरानका साथै श्रीमद् भगवद गीताको पनि अध्ययन गरेका थिए  । सुफि साहको निधनबाट नरैनापुर गाउँपालिकाका साथै समग्र बाँकेमा रहेका उनका अनुवाईहरु गहिरो शोकमा छन्…

Read More

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरु नलिखुट्टाको हड्डी फुकेर राजा फर्काउन भन्दै हिँडेको टिप्पणी गरेका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले चेतना नभएका मुर्खहरु जनताले वाक्कदिक्क भएर फालेको राजतन्त्र फर्काउन हिँडेका टिप्पणी गरेका हुन् । चेतना नभएका केही मूर्खहरु मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेका छन् । युवा संघ यस्तो बेलामा मैदानमा उत्रियो,’– ओलीले भने । युवा संघले ‘देश संकटमा परेको बेला हामी यहाँ छौं काँध थाप्छौं’ भनेको भन्दै ओलीले प्रशंसा गरे । साथै, परिवर्तको रक्षाका लागि विशाल आन्दोलनको आवस्यकता पर्नसक्ने भन्दै उनले तयारी…

Read More

अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन् ।  शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’’ मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताएका छन् । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य…

Read More

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ।  कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ। किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो। एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्। त्यो कागलाई गोठालाले पच्छाएछन्। पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो। त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालियो। त्यस्तै, श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था बदल्ने भन्दा पनि नेताहरुको आचरण बदल्न आवस्यक रहेको बताएका छन् ।  शुक्रबार अर्घाखाँचीमा कांग्रेस जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थाको विकल्प खोज्न थाले जुनी त्यसै खेर जाने बताएका हुन् । उनले नेताहरुले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताए । ‘गल्ती र कमजोरीहरू भएका छन् । यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन । सच्याउने हो । समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ,’– उनले भने । साथै, उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु बसेर देश डुब्न लाग्यो भनेर छलफल गर्दा अहिलेको परिस्थिति निर्माण भएको बताए ।

Read More

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको बताएका छन्। काठमाडौं छिरेदेखि नै उनलाई सुरक्षा दिइराखिएको बस्नेतले बताए। ‘उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। सुरक्षाका निम्ति आज मात्र होइन, उहाँ काठमाडौं छिरेदेखि, बाटोदेखि नै सुरक्षा प्रदान गर्दै आइराखेको हो,’ उनले भने, ‘उहाँकोसुरक्षाचुनौतीविश्लेषणगरेरघरमापनिसुरक्षाप्रदानगरिएकोहो।नजरबन्दगरिएकोछैन। उहाँ पत्रकार सम्मेलन गरेर बसिरहनु भएको छ, अफवाह फैलाइरहनु भएको छ। कानुनलाई चुनौती दिइराख्नु भएको छ।’प्रसाईंलाईशान्तिपूर्वकचल्नेगरीअघिबढ्नउनलेसुझावदिएकाछन्। प्रसाईंले कार्यक्रम गर्न तीनकुनेमा अनुमति नलिएको पनि बस्नेतले बताए। ‘संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हक र बिना हातहतियार भेला भएर शान्तिपूर्वक कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै हामीले यस्ता अराजक भिड, जसले कानुन हातमा लिन खोजिराखेको छ। त्यस्ता…

Read More

काठमाडौं । काठमाडौंबाट छोटो बाटो सिन्धुपाल्चोक जाने  मुख्य बिन्दु हो जहरसिंह पौवा । साँखुबाट बनैबन उकालो लागेपछि जहरसिंह पौवा पुगिन्छ । उतिबेला पनि काठमाडौं, साँखु, फटकसिला, चौतारा, जलबिरे, लिस्तीकोट, खासा, कुती हुँदै लाह्सा तिब्बत जाने मूल बाटो थियो यो। ३ दशकअघिसम्म डाँडाको पौवामा रहेको आउनेजानेहरूका लागि पिउने पानीलगायत वार्षिक भोज खुवाउने व्यवस्थाका लागि गुठीसमेत राखिएको थियो। पौवा बनेको इलाकामा करिब १०० रोपनी र हाल सिन्धुपाल्चोक फटकसिलाको पञ्चपाले भन्ने ठाउँमा १५० रोपनी खेत त्यस पौवाको नाममा गुठी रहेको थियो। हाल ती सबै जमिन कता पुगे? खोजी हुँदै छ। जहर सिंह पौवा बजारमा करिब तीन आना जति जग्गा बाँकी छ, जसमामहिलाहरूलेभवनबनाईउपयोगगरेकाछन्। करिब…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए । तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’ नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले…

Read More

उसबेला निकै ठूलो धनराशी खर्चेर निर्माण गरिएको सेतो दरबारमा शौचालय बनाउन भने बिर्सिएको तथ्यहरू खुलेका छन् । बैठक कक्षको साजसज्जाका लागि मात्र एक करोड रुपैयाँ खर्चिएको उक्त दरबारमा शौचालय नभएको रहस्य एक सय २५ वर्षपछि मात्र खुलेको थियो । राणा प्रधानमन्त्री वीरशमसेरले बनाउन लगाएको उक्त दरबारलाई महंगो भएका कारण चन्द्रशमशेरले किन्न नसकेको इतिहासमा उल्लेख छ । तत्कालीन अवस्थामा दरबारभित्र शौचालय राख्ने प्रचलन नै नभएकाले नराखिएको बताइन्छ । लाल दरबार र सेतो दरबार किन्न हौसिएका चन्द्रशमशेरले सिंहदरबार बनाएका थिए । ती विशाल दरबारमा पनि शौचालय थिएन । त्यतिमात्र नभई राणा शासनका अवधिमा ४० भन्दा बढी दरबार तथा महलहरु बनाइए पनि शौचालय…

Read More

काठमाडौँ- चोभार सुक्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ । समितिले गत साउन ९ गते टेण्डर आह्‍वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्यांकनमा ट्रान्स नेपालले बन्दरगाह सञ्चालनको जिम्मा पाएको बताए । उनले सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिने सम्बन्धी, २०७० मा…

Read More

नेपालमा अनेकथरीका गीतहरु प्रचलनमा रहेको छ । विशेष अवसरमा गाइने गीतलाई विशेष गीत र सँधै गाउँन सकिने गीतलाई सामान्य गीत भनेर लोकगीतलाई मुख्य दुई भागमा विभाजन गरिएको छ । विशेष गीतलाई वर्ष चक्रीय, सँस्कार, धार्मिक र विविध गीतमा विभाजन गरिएको छ । पर्व गीतहरू चाडपर्व, पर्व र जात्रासँग सम्बन्धित गीतहरू हुन् जसमा तीजगीत, दशैँतिहारको गीत, कृष्णाष्टमीका गीत, ठूलो एकादशीका गीत, फागूपूर्णिमाका गीत, रामनवमीका गीत, आदि पर्दछन् । कर्म गीत वर्षभरि विभिन्न कामका अवसरमा थकान मेटाउन गाइने गीत हुन् । यसअन्तर्गत वसन्तगीत, जेठेगीत, असारेगीत, दाइँगीतआदिपर्दछन्। धार्मिक गीतलाई जीवन संस्कार र पदार्थ संस्कार गरी दुई भागमा विभाजन गर्न सकिन्छ । जीवनका विभिन्न…

Read More

काठमाडौं । चुरोट खरिद गर्ने बहानामा धेरै पैसा बाहिर गएको भन्दै पद्म शमशेरले चुरोट नखान जनतासँग आग्रह गरेको सन्देश बाहिर आएको छ ।  सन् १९४७ जारी गरेको यो सूचनालाई विदेशी सञ्चारमाध्यमहरुले समेत प्राथमिकताका साथ प्रवाह गरेका थिए । उक्त सन्देशमा उनले विदेशबाट चुरोट आयात गर्दा ठूलो रकम विदेशिने उल्लेख गरेका थिए। नेपालबासीलाई सम्बोधन गर्दै तत्कालीन श्री  ३ महाराज पद्मशमशेर जंगबहादुर राणाको सन्देश शीर्षकमा सन् १९४७ सेप्टेम्बर २२ अर्थात् २००४ साल असोज ६ गते गोरखापत्रमा छापिएको थियो। सन्देश त्यतिबेला भारतीय समाचार एजेन्सी एपीआईले सम्प्रेषण गरेको थियो। त्यही एजेन्सीबाट भारतका धेरै अखबारले उक्त खबर प्रकशित गरेका थिए। जसमा उनले भनेका छन् ः…

Read More

सनातन परम्परामा हवन वा यज्ञले महत्त्वपूर्ण भूमिका खेल्छ। यिनीहरूविना धेरै शुभ कार्यहरू पूरा हुँदैनन्। कुनै पनि शुभ कार्यमा भगवानको शुद्धि र आह्वानका लागि हवन वा यज्ञको आयोजना गरिन्छ । मानव जीवनमा हवन आदिमा प्रज्वलित आगोको विशेष महत्व रहेकोले यसलाई देवताको रूपमा पनि पुजिन्छ । धार्मिक मान्यताअनुसार हवन वा यज्ञ गरी देवतालाई बलि चढाइन्छ । जसका कारण उनी खुसी हुन्छन् र भक्तहरूको सबै मनोकांक्षा पूरा गर्छन्। तसर्थ, तपाईंले देख्नु भएको छ कि विवाह उपनयन संस्कार जस्ता कुनै पनि महत्त्वपूर्ण कार्यमा हवन अवश्य गरिन्छ। तर के तपाईलाई थाहा छ हवन र यज्ञमा धेरै फरक छ ? आउनुहोस् जान्नुहोस्, हवन र यज्ञमा के…

Read More

बुढानीलकण्ठ क्षेत्र विकास समिति रिक्त भएको करिब आधा दशक भैसक्यो । क्षेत्र विकास समिति बनाउन किन सकिरहेको छैन भन्ने बारे सबैजना अनविज्ञता जाहेर गर्छन् भने सरोकारवाला बुढानीलकण्ठ नगरपालिका यो बारेमा किंकर्तव्यविमूढरूपमा मौन देखिन्छ । नगरपालिकाका वर्तमान मेयरलाई  बुढानीलकण्ठ मन्दिर तथा क्षेत्र विकास समितिको महत्वबारे कम ज्ञान हुनुलाई  क्षेत्र विकास समिति नबन्नुको कारण मान्न सकिए पनि क्षेत्र विकास समिति बन्न रोक्ने अरू पनि केही महत्वपूर्ण व्यक्ति र विषय रहेको अनुमान गर्न सकिन्छ । स्वाभाविक नै हो, नगरप्रमुखमा यस विषयमा सुन्य ज्ञानका हुनुले यो विषय प्राथमिकतामा परेन । तर के यही कारणमात्र क्षेत्र विकास समिति नबन्न पर्याप्त हो त? पक्कै पनि होइन । क्षेत्र विकास समिति…

Read More

यादव आर्याल नेपाली संस्कृतिका प्रमुख दुई आवधिक पर्व वडादसैँ र यमपञ्चक अर्थात् तिहार भर्खरै सकिएका छन् । हरेक वर्ष चाडबाडको संघार सँगै सामाजिक सामना र पारिवारिक जमघट हुनु समस्त नेपालीहरूको क्रमागत-सांस्कृतिक नियमितता हो । जुन सदियौंदेखि निरन्तर चलिरहेको छ, र चलिरहने छ कालान्तरसम्म । आर्थिक सहजताको लागि स्वदेशी भूमि छोडेर पराई भूमि गएकाहरू चाडबाडकै सन्जोग पारेर गाउँ फर्किन्छन्, आफ्नो शैक्षिक अत्यावश्यकतालाई पूर्णता दिन शहर छिरेका विद्यार्थीहरू चाड रौनकसँगैको समिपमा रहन गाउँ फर्किने गर्छन् । गाउँदेखि टाढा बसेर विभिन्न पेसाकर्ममा लागेकाहरू पनि चाडबाड (मुख्य गरी दसैँ) गाउँमै मनाउने हेतुले गाउँमा स्व-उपस्थितिलाई प्राथमिकतामा राख्छन् । साधारणतया, तिहार शहरमै रमाइलो भएता पनि वडादसैँ…

Read More

काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएरमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ । बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । त्यसको सूचना…

Read More

सामाजिक कार्यहरूमा नियमितरूपमा देखिदै  आएको कम्युनिटि केयर नेपालले बुढानीलकण्ठ मन्दिरमा एकादशी मेलामा आएका भक्तजनका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ । लामो लाइन बसेर मन्दिर दर्शन गर्ने तथा मेलामा घुमफिर गर्नेहरूका लागि पानी पिउने समस्या नहोस् भनेर सुद्ध पिउने पानीको व्यवस्था गरिएको कम्युनिटि केयर नेपालका अध्यक्ष रन्जित केसी ले बताए । केसीका अनुसार ११ गतेसम्म चल्ने मेलाभरी पिउने पानीको सहजरूपमा पाउने व्यवस्था गरिएको छ । मन्दिर परिसरमै पिउने पानीका लागि स्टल रहेको छ ।

Read More

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ-नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए । “हाम्रोतर्फ ८-१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५-३० जना घाइते भएका छन्,” प्रसाईंले  भने, “अब भोलिदेखि काठमाडौं बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।” उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द…

Read More

काठमाण्डौ  । चाबहिल भत्केको पुल नजिक  मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । आज बिहान चाबहिल भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले  जानकारी दिएको छ। उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वर्षीय मनोहर गौतम छन् ।

Read More

आज हरिबोधिनी एकादशी मनाइँदै छ। सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशी मनाउँछन्। यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र सजाइएको छ। हरिबोधनी एकादशीको दिन पशुपतिनाथ क्षेत्रमा बिहानै भक्तजनहरूले तोरण टाँगेर पूजापाठ गरेका छन्। भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरे तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका छन्। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूणर्िमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनको राजनीति खराब र विकृतिपूर्ण भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीति दललाई सडकको राजनीति प्यारो लाग्ने गरेको महामन्त्री थापाले टिप्पणी गरे ।  यस्तै, उनले २०८४ सालको चुनावमा नेपाली काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए । उनले बुधबार नेपाली कांग्रेस सङ्घीय क्षेत्र २ नवलपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सो विचार व्यक्त गरेका हुन् । महामन्त्री थापाले नेपाललाई अहिले विवेक, चेतना र शक्ति सम्हाल्ने राजनीति चाहिएको बताए।  उाले आवेगको राजनीति सजिलो र विवेकको राजनीति गर्न गाह्रो हुने बताएका छन् । सडक, आवेग र विवेकहीन राजनीति र गठबन्धनले गर्दा नेपालमा समृद्धिभन्दा विकृति आएको बताए ।  …

Read More

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ ।  इजरायल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौताको घोषणालाई अमेरिका, बेलायत, जर्मनी र चीनलगायतका विश्व समुदायले स्वागत गरेका छन् । इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो । इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही शुरू गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार,…

Read More

“कच्छपाल परवतसँ बिज्याम्ह हे करुणामय…” यही लोकगीत सँगै काठमाडौंको च्वबहा:मा (हाल चोभार) आश्विन शुक्ल पूर्णिमा (कौलाथ्व पुन्ही) देखि कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) सम्म एक महिना लामो मेला लाग्ने गर्छ। च्वबहा: रहेको डाँडालाई कच्छपाल पर्वतको नामले चिनिन्छ र यही डाँडाको सबैभन्दा माथिल्लो भागमा रहेको बहाल भएको कारण त्यस बहाललाई च्वबहा: भनिएको हो। काठमाडौं उपत्यकामा रहेका ४ प्रमुख करुणामयमध्ये एक मानिने श्री आनन्दादी लोकेश्वर कहाँ एक महिना बिहान सबेरै बाजागाजा सहित दर्शन गर्न जाने र माय् अप्सँ जस्तो कठिन र विशेष व्रत बस्ने प्रचलन रही आएको पाइन्छ । कोज्रागत पूर्णिमालाई दशैं तथा मोहनी नख:को अन्तिम दिन मानिन्छ भने, इन्द्रजात्रा सक्किए लगतै…

Read More

नेवा समुदायमा प्रयोग हुने विभिन्न सामानहरु मध्य “क्वे सुकु” पनि एक हो । “क्वे सुकु” नेपाल भाषाका दुई शब्दहरु “क्वे” र “सुकु” मिलेर बनेको हो । “क्वे” भन्नाले हडि हो भने “सुकु” भन्नाले सुकुल भन्ने अर्थ लाग्छ । सरसर्ती हेर्दा हड्डीबाट बनेको सुकुल भनेको जस्तो लाग्छ । तर यसको अर्थ भिन्नै रहेको छ । वास्तवमा यो सामान मृत्यु संस्कारसँग सम्बन्धित रहेको छ । मानिसको देहावसानपछि मृतकको पार्थिव शरीरको दाहासंस्कार गरेपछि अन्तमा दागबत्ती दिने ब्यक्तिले मृतकको पार्थिव शरीरको अस्तु गंगामा बिसर्जन गर्नु पर्ने संस्कार नेवाहरूमा रहेको छ ।  यसरी अस्तु बिसर्जन यसै सामानमा राखेर गरिन्छ । अस्तु बिसर्जन गर्ने भएरै यस…

Read More

आज हरिबोधिनी एकादशी । याे एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने  पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् । बुढानीलकण्ठ मन्दिरमा आजबाट ५ दिन एकादशी मेला लाग्दैछ । बुढानीलकण्ठ नगरपालिकाले एकादशी मेलाको भव्य…

Read More

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।

Read More

मंसिर ७ गते बुढानीलकण्ठ नगरपालिकामा पर्व विदा दिइएको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै बिहीबार मंसिर ७ गते नगरपालिका एवम् अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरूमा पर्व विदा दिइएको बताएको छ । नगरपालिकाले बिदा दिइएकोले नगरपालिकाका सबै सेवा बन्द हुने बताउँदै बिदा हरिबोधनी एकादशी मेला भर्नका लागि दिइएको पनि उल्ल्लेख गरेको छ । यसैबीच नगरपालिकाले बुढानीलकण्ठ मन्दिरमा ५ दिन भव्य मेला आयोजना गरिने जनाएको छ । एक पत्रकार सम्मेलन गर्दै नगरपालिकाले बुढानीलकण्ठ मन्दिरको गरिमा एवम् महिमालाइ आत्मसात गर्न मेलाले भूमिका निर्वाह गर्ने बताएको छ । मन्दिर प्राङ्गणमा आयोजित पत्रकार भेलामा मेला आयोजना र यसको उपादयताका बारेमा उपमेयर अनिता…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा देखेका छौँ । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटेँ भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ,” थापाले भने, “जुन सहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेकोजस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।”उनले…

Read More

राजा प्रताप मल्लका पालामा स्थापना भएको सिंहदरबार बैद्यखाना अहिले समस्याग्रस्त रुपमा अगाडि बढेको छ । सुरुका दिनमा दरबारका मानिसलाई मात्र आयुर्वेद औषधिको व्यवस्था गर्दै आएको सिंहदरबार बैद्यखानाले विस २००८ देखि सर्वसाधरणलाई समेत औषधी विक्रिवितरण गर्दै आइरहेको छ । सुरुमा आयुर्वेद विभागअन्तर्गतको आयुर्वेद औषधि निर्माण गर्ने सिंहदरबार बैद्यखानाको नामले परिचित उक्त संस्था विसं २०५१ को गठन आदेशअनुसार विसं २०५२ साउनदेखि सिंहदरबार बैद्यखाना विकास समितिको नामबाट सञ्चालित हुँदै आएको छ । कुनै समय वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग एक सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्ने गरेकामा अहिले च्यवनप्रास बाहेकका उत्पादन हुन सकेको छैन । विसं २०५२ देखि…

Read More