Author: Kathmandu Khabar

काठमाडौं । शान्तिसुरक्षालगायतका सेवालाई प्रभावकारी बनाउन कपन प्रहरी प्रभागले Digital Complaint & Suggestion Box सुरुवात गरेको छ । कपनजस्तो घना बस्तीमा हुने घटना परिघटनालाई लक्षित गरेर प्रभागले क्युआरअन्तर्गत डिजिटल कम्प्लेन बक्सको प्रारम्भ गरेको हो । क्युआरमार्फत सहज उपलब्ध हुने कम्प्लेन बक्सलाई डाउनलोड गरेर राख्न सकिन्छ । प्रभागले एक सूचना प्रकाशित गर्दै कुनै गुनासो वा सुझाव भएमा प्रदान गरी प्रहरी प्रभाग कपनको सेवा सुदृढीकरण तथा कार्यसम्पादनमा प्रभावकारिता ल्याउने कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरेको छ । यसरी दीने सबैखाले सुझावा वा गुनासो गोप्य रहने पनि प्रभागले जनाएको छ ।

Read More

गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन । वर्षौं पुराना घर अहिले पनि बलिया छन । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ । घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए । तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ । घर बनाउँदा ढुङ्गा, माटो र काठको प्रयोग गर्नुको सट्टा कङ्क्रिट प्रयोग…

Read More

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो । उनीहरुलाई जिल्ला अदालत, काठमाडौंले १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनीहरुमध्ये पाण्डे गृहसचिव भएका बेला भुटानी शरणार्थीबारेको अध्ययन प्रतिवेदनमा किर्ते भएको थियो । गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची थपेर नेपाली नागरिकलाई…

Read More

अहिले विश्वमा टु स्टारदेखि सेभेन स्टारसम्मका थरीथरीका होटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् । यस्ता होटलहरूमा बस्ने नेपालमै पनि अहिले एकै रातको १० औं हजार तिर्नुपर्छ । तर पनि अहिले होटलको दररेटको बारेमा धेरैलाई चासो हुँदैन । तर इतिहासमा होटलको दररेट कति थियो होला भन्ने कुरा भने धेरैलाई चासोको विषय हुन सक्छ । एउटा विक्रम संवत् २०१३ सालमा खुलेका काठमाडौंका केही होटलहरू र तिनीहरूको सूची हेर्दा त्यतिबेला सबैभन्दा महँगो होटलमा बस्नको लागि एकै रातको ७२ रुपैयाँ तिर्नुपर्ने गरेको थियो । करिब सात दशक अघिको यो दर साँच्चिकै महँगो थियो ।…

Read More

काठमाडौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ । नेपाल आयल निगमले नेपाल सरकारबाट लिएको रु ७ अर्ब ऋण मध्ये अन्तिम किस्ता रु ७० करोड पनि सार्बजनिक ऋण ब्यबस्थापन कार्यालयलाई भुक्तानी गरेसँगै ऋणमुक्त भएको हो । निगमले भारतीय आयल कर्पोरेसन को ३१ अर्ब बक्यौता पनि केही महिना अघि किस्तामा तिरेर ऋणमुक्त भएको थियो। आयल निगम ऋणमुक्त भएसँगै नेपाल आयल निगमका महाप्रबन्धक उमेशप्रसाद थानीलाई बधाइको ओइरो लागेको छ । सदैव ऋणमा रहिरहने आयल निगमलाई ऋणमुक्त गरेकोभन्दै देशका विशिष्ट व्यक्तिहरूसहित सर्वसाधरणले पनि थानीलाइ बधाइ दिएका छन् । डुबिरहेको संस्थानलाई असल नेतृत्वसहित ऋणमुक्त गराएकोमा पूर्व प्रशासक भीम उपाध्याय, गिनिजबुक अफ वर्ल्ड रेकर्डमा…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ। राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढेको हो  । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रहेको थियो । यस अवधिमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट ४७ अर्ब २२ करोड ८२ लाख बढी ब्याज आम्दानी गरेको छ। त्यस्तै नेपाली मुद्राबाट १५ अर्ब ३४ करोड ८७ लाख  ब्याजआम्दानीगरेकोछ। एक वर्षमा राष्ट्र बैंकको खुद…

Read More

काठमाडौं । भारतले दक्षिण अफ्रिका भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ ।  भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् । साउथ अफ्रिका भ्रमणमा भारतले तीन टी ट्वान्टी, तीन वान डे र दुई टेष्ट म्याचको सिरिज खेल्नेछ । भारतीय टिमको टी ट्वान्टीको कप्तानी सुर्यकुमार यादवले सम्हाल्नेछन् । वान डे क्रिकेटको कप्तानी केएल राहुलले पाउनेछन् भने टेस्ट टिमको कप्तानी रोहित शर्माले गर्नेछन् । रोहित शर्मा र विराट कोहलीले साउथ अफ्रिका भ्रमणमा टी ट्वान्टी र वान डे क्रिकेटमा बिश्राम मागेका थिए । मोहम्मद शामी चोटको उपचार गरिरहेका छन्, उनको…

Read More

काठमाडौं ः दशैँका लागि ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिलामीको सूचना निकालेको छ। कम्पनीले आज च्याङ्ग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउको आह्वान गरेको हो। स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। जिउँदो च्याङ्ग्राको बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ तोकिएको छ। प्रतिकेजी एक हजार १२५ रुपैयाँ न्युनतम कबोल दर राखिएको छ। यही मंसिर २९ गते सम्म दरभाउ पत्र खरिद गरी पुस १ गते दिउँसो १२ बजेभित्र पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ। पेश भएका दरभाउ पत्र पुस १ गते दिउँसो २ बजेपछि खोलिने जनाइएको छ।…

Read More

काठमाडौँ । हालै निर्माण सम्पन्न भएको बुढानीलकण्ठ नगर अस्पताल संचालन तथा र नगर अस्पताल अगाडिको विवादित जग्गाको बारेमा सांसद गगन थापाले चासो दिएका छन् । थापाको पहलमा पहिलो चरणको छलफल सम्पन्न भएको छ । य गगन कुमार थापा पहलमा बुढानीलकण्ठ नगरपालिकासम्बन्ध जनप्रतिनिधिहरूसहित प्रदेश सांसदसँग समस्या र सम्भावनाका बारेमा कुरा भएको सांसद गगनको सांसद कार्यालयले जनाएको छ । छलफलमा प्रदेश सांसदहरू जयराम थापा,मिना पराजुलीसहित बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा अध्यक्षहरू एवम् राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Read More

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावकै झल्को दिने गरी मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका छन्।बिहीबार बिहान बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर यात्रा सुरु गरेका ओली अहिले सुदूरपश्चिममा व्यस्त छन्।झण्डा, ब्यानरले सुदूर पहाड रङ्गिचङ्गी छ। तामझामसहित एमालेले थालेको यात्रामा पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न ओलाई भ्याई नभ्याई छ। यसले एमालेजनमा उत्साह छाएको छ। गृहप्रदेशमै पार्टीको कार्यक्रममा नेता डा. भीम रावल भने सहभागी छैनन्। जसले एमालेकै एक पङ्क्तिमा असन्तुष्टि छ। रावलबिना नेता कार्यकर्ता निराश छन्। यसैबीच मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा पुगेका छन्।बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को…

Read More

अहिले पूर्व प्राथमिक शिक्षा अर्थात् मण्टेश्वरी शिक्षा चर्चित रहेको छ । अहिले बच्चाहरूलाई शिक्षा दिनको लागि खुलेको यो मण्टेश्वरी २०१६ सालमा नाम परिवर्तन भएको थियो । २००५ सालमा अमेरिकी सहयोगमा जमलमा मन्टेसरी स्थापना गरिएको थियो जुन ०१६ सालसम्म सञ्चालन भएको थियो । कलेज अफ एजुकेसन सञ्चालन हुन थालेपछि मन्टेसरीलाई लाजिम्पाटमा सारियो उक्त मन्टेसरीलाई अमेरिकी अपरेसन मिसन युएसओएमले तीनवटा स्कुल बस उपलब्ध गरायो । स्कुलमा बसको व्यवस्था नेपालमै पहिलोपटक भयो, ती बस सुन्तला रङ्गका थिए । भाडाबापत मासिक १० रूपियाँ र खाजाबापत पाँच रूपैयाँ उठाइन्थ्यो । बसले ललितपुर र भक्तपुरबाट पनि विद्यार्थी ओसार्ने गर्थ्यो । त्यसो त नेपालमा आधुनिक विद्यालय स्थापनाको…

Read More

काठमाडौँ : आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्नेनारासहितदेशभरचेतनामूलककार्यक्रमगरीमनाइँदैछ। हरेक वर्ष डिसेम्बर १का दिन यो दिवस मनाइने गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ। सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन्२०२२को अन्त्यसम्ममा आठकरोड ५६लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चारलाख जनाको मृत्यु भइसकेको छ ।विश्वमा हरेक दिन तीनहजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन्। केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एक जना…

Read More

प्रख्यात कवि तथा कलाकार बालकृष्ण सामकी छोरी रश्मीराज्यलक्ष्मी शाह आफ्ना श्रीमान् जगतप्रकाशजंग शाहसँगै नेपाली कांग्रेसले नेतृत्व गरेको राणाविरोधी लोकतान्त्रिक आन्दोलनमा पूर्ण सहयोगी थिइन् । सन् १९६२ मा राजा महेन्द्रको सरकार विरुद्धको विद्रोहमा जगत शाह मारिएपछि रश्मि राज्य शरणार्थीको रूपमा कलकत्तामा बसिन् । छोरा नवीन प्रकाशजंग शाह श्रीमान्को मृत्युपछि मात्रै विवाहित महिलाको रातो चिह्न धारण गरेको सम्झना गर्छन् । माथिको कविता (शीर्षकविहीन कविता) सोही वर्ष तीजको एक दिनअघि उनले आत्महत्या गर्नुभन्दा केही समय अगाडि लेखेकी थिइन् । अनुसन्धानबाट हामी थप जानकारी पाउँछौं, रश्मी राज्यलक्ष्मी २००७ सालतिर भर्खरै स्थापित रेडियो नेपालको सहनिर्देशक पदमा कार्यरत थिइन् । सोही पदमा रहँदा उनी राजा त्रिभुवन,…

Read More

काठमाडाैँ । अग्रज सर्जक तथा लेखक तिलकप्रसाद लुईटेल गम्भीर अस्वस्थ्य भएका छन् । मृगौला सम्बन्धि रोगबाट ग्रसित भएका लुईटेल हाल नेपाल मेडिकल कलेज जोरपाटीको सघन उपचार कक्ष ( ICU) मा उपचार गरिरहेको पारिवारिका श्रोतले जनाएको छ । सघन उपचार कक्षमा १० दिनदेखि डायलाइसिस चलिरहेको लुइटेलको जीवनरक्षाको माग गरिएको छ । लामो समयदेखि बुढानीलकण्ठ १२ मा बसोबास गर्दै आएका लुईटेलले चार वेदलगायत अनेकौं संस्कृत ग्रन्थहरूका अनुवाद गरेका छन् । उनको उपचार गर्न आर्थिक अभाव भएका कारण सहयोग पुर्याइदिन एक अपीलसमेत सार्वजनिक भएको छ । उनको स्वास्थ्योपचारका लागि सहयोग पुर्याउन उनका छोरा विवेक लुइटेलको नामको लिखित नाम तथा बैंक खाता नम्बर सार्वजनिक…

Read More

हिन्दूधर्मअनुसार विष्णुलाई संसारको पालनकर्ता र श्रद्धा गरिन्छ । उनी आफ्ना करुणामयी रूप र गुणका लागि प्रख्यात मानिन्छन्। वैष्णधर्म हिन्दू समाजको प्रख्यात धर्म मानिदै आएको छ । परापूर्वकालदेखि नै यसलाई संरक्षण पनि गरिदै आएको छ । विष्णुलाई नारायणको रूपमा पनि नेपालमा पुजिदै आएको छ । विष्णुका अनेक मूर्तिहरू नेपालका थुपै्र मन्दिरहरू पाउन सकिन्छ । विष्णुलाई कतै मन्दिरहरूमा एक्लै भेट्टाइन्छ भने कतै उनी उनकी सहयात्री लक्ष्मीका साथमा भेटिन्छन्। विष्णुका प्रायः मूर्तिहरू स्थानक मुद्रामा पाइन्छन् । प्रायः विष्णुका चार हातहरूमा शंख, चक्र, गधा पद्म लिएकोपाइन्छ । विष्णुका वहान गरुड मानिन्छ । नेपालमा सबैभन्दा पुरानो विष्णु मूर्ति ६४७ ई.सं. को पाइएको हो भने काठमाडौंमा…

Read More

काठमाडौं । नेपाल आयल निगमले गए रातिदेखि पेट्रोलियम पदार्थको भाउ घटाएको छ । मध्यरात १२ बजेपछि पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले घटाइएको जानकारी दिइएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटिर १६० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८९५ रुपैयाँलाई यथावत राखिएको छ ।

Read More

जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार राईलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौँ । बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटी सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरुले जोड दिएका छन् ।  त्रिपुरेश्वरदेखि टेकु (कालोपुलसम्म) नदी किनारामा भएका सम्पदाहरुको स्थलगत अवलोकन गर्दै काठमाडौँ महानगरपालिका विषयगत समितिका संयोजकहरुले आज यस्तो भनेका हुन् । अवलोकनका क्रममा २०७२ सालको भूकम्पले जीर्ण तथा क्षति भएका सम्पदाहरुको पुनःनिर्माण, पुनःनिर्माणपछि हस्तान्तरण भएका सम्पदाहरुको अवस्था, पुननिर्माण हुन बाँकी सम्पदा, संरक्षणका लागि महानगरपालिकाले गर्नुपर्ने काम, धार्मिक, सामाजिक, सांस्कृतिक तथा कला प्रवर्धनात्मक कार्यक्रमको सम्भावनाका विषयमा छलफल भएको थियो । त्यस क्रममा सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, सम्पदा समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार…

Read More

कुमुद ढुंगेल प्रहरी उपरीक्षक एवम् महानगरीय प्रहरी परिसर काठमाडौँ प्रवक्ता हुन् । काठमाडौँकाे शान्ति सुरक्षालगायतका बिबिध  विषयमा भुवन के.सी.ले गरेकाे कुराकानीः तपाई व्यक्तिगतरूपमा काबिल प्रहरी अधिकृतको रुपमा चिनिनुहन्छ, काम ससरी गरिरहनुभएको छ ? म यो कार्यालयमा आएको केही महिना भयो । मेरो हिजोको जिम्मेवारी र आजको जिम्मेवारी फरक भएको छ । हिजो निरीक्षक हुँदा ईन्टिलीजेन्स कमाण्डको रुपमा फिल्डमा गएर काम गर्थेँ भने अहिले त्यसको मनिटरीङ., सुपरभिजन गर्ने जिम्मेवारीमा छु । आफ्नो पदीय आचरणमा रहेर आफुलाई तोकिएको जिम्मेवारी आफ्नो ज्ञान, सिप, योग्यता, क्षमतालाई संगठनले उपलब्ध गराएको स्रोत, साधनलाई र प्रबिधिसँग जोडेर परिणाम निकाल्ने गरी शान्ति, सुरक्षासँग सम्बन्धित कामहरु गरिरहेको छु ।…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकोछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बाँकी भू–भागकाआंशिकबदलीरहनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिइनु पर्ने बताएका छन् । थापाले हिजो पार्टी नेताहरूको छलफलमा उठेका कुरा तथा आफूले राखेको कुरा सार्वजनिक गर्दै भनेका छन्, सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको पचास हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने भन्ने निणर्य भए अनुसार प्रधानमन्त्री ज्युलाई भेटेर यो विषयमा जानकारी गराएको छु। सामाजिक सन्जाल फेशबुक र ट्विटरमा एकसाथ स्टाटस लेख्दै थापा भन्छन्, यदि डर रकम दुरुपयोगको हो भने पनि त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिन्छ तर अहिलेको भुक्तानी प्रक्रिया…

Read More

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए । उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए । उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् ।आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन-८४’ अभियान चलाइरहेको रवि लामिछानेको रास्वपालाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् । र्यापर समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’

Read More

काठमाडौं। कालीमाटी तरकारी बजारमा आज डल्ले च्याउको थोक मूल्य प्रतिकिलो २६ रुपैयाँले बढेको छ। बुधबार औसतमा २८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको डल्ले च्याउको मूल्य आज ३०६ रुपैयाँ पुगेको हो। यस्तै, सेलरीको मूल्य २० रुपैयाँले घटेको छ। आज सेलरीको प्रतिकिलो थोक मूल्य औसतमा १३५ रुपैयाँ तय भएको छ। बुधबार यसको मूल्य प्रतिकिलो १५५ रुपैयाँ थियो। सजिवनको मूल्य आज १५ रुपैयाँले घटेको छ। बुधबार प्रतिकिलो २०५ रुपैयाँमा बिक्री भएको सजिवन आज औसतमा १९० रुपैयाँ रहेको छ।

Read More

राजा आउनुपर्छ भनेर आदाेलित मेडिकल व्यपारी दुर्गा प्रसाईं नेतृत्वको समूहले हिजाे साँझ आयोजना गर्ने भनिएको मसाल जुलुस कार्यक्रम स्थगित भएको छ । प्रसाईं नेतृत्वको नागरिक मुक्ति अभियानले बेलुकी साढे ५ बजे पाटनमा निकाल्ने भनिएको राँके जुलुस राँको समाउने मान्छेको अभावमा रोकिएको बुझिएको छ । उता, भक्तपुरस्थित प्रसाईं निवासमा गौशालाबाट बिहान गएका केही प्रदर्शनकारी आज त्यहिँ बसेको बताइन्छ । प्रसाईं भने भाेलि भक्तपुरमा र शनिबार ललितपुरमा विरोध प्रदर्शन गरेपछि झापा जाने अभियानले जनाएको छ ।

Read More

कमल रिजाल वैदिक युग कहिलेदेखि सुरु भयो, यकिन जानकारी छैन । पौराणिक युगको अवस्था पनि त्यस्तै छ । कसैले केही भनेका छन्, कसैले केही तर वैदिक युगमा कर्मवादको प्रधान्यता थियो । पौराणिक युगमा त्यसको स्थान उपभोक्तावादले लिएको देखिन्छ । वैदिक युग र पौराणिक युगका देवताका स्वभाव र चरित्रले नै त्यसको पुष्टि गर्छ । वैदिक युगमा जुन देवता वीर, पराक्रमी र कर्तव्यनिष्ठ देखिन्छन्, पौराणिक युगमा तिनै देवता भीरू, डरपोक, लोभी, पापी र परमुखापेक्षी देखिएका छन् । उदाहरणका लागि वैदिक युगका प्रमुख देवता इन्द्र, अग्नि, वायु, सूर्य र अश्विनीकुमारलाई नै लिन सकिन्छ । वैदिक युगमा सर्वाधिक सम्मान पाउने देवतामा इन्द्र पर्छन् । ऋग्वेदमा३००भन्दाबढीसूक्तइन्द्रसितसम्बन्धितछन् । वैदिक ग्रन्थका अनुसार उनी महान् शक्तिशाली, अतुल पराक्रमी,…

Read More

काठमाडौं : मल्लकालसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट भोट (तिब्बत) जाने प्रमुख नाका थियो ‘सँक्व’ अर्थात् साँखु । उपत्यकामा पृथ्वीनारायण शाहले राज्य गर्न शुरु गरेपछि पनि यही नाका हुँदै भोटसँग व्यापार हुन्थ्यो। बनेपाबाट भोट जाने चलन भए पनि सँक्व सबैका लागि पायक मार्ग थियो। कालान्तरमा तातोपानी नाका विकास भयो, कोदारी राजमार्ग बन्यो, ती स्थानबाट भोटसँग व्यापार फस्टायो। त्यसपछि कुनै बेला नेपालमण्डल क्षेत्रको अर्थतन्त्रको आधार मनिएको ‘सँक्व’ भने ओझेलमा पर्‍यो। नेपालभाषामा ‘सँ’ भनेको भोट र ‘क्व’ भनेको (मुनि)। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको ‘सँदेयाक्वय्’ भोटको मुनि रहेको यो देश कालान्तरमा ‘साँखु’ का रुपमा स्थापित भयो। स्थानीयका अनुसार नेपाली भाषाको उदय र बेलायतीहरुले नक्सा…

Read More

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित चोबहाः अर्थात् चाेभारबस्ती अग्लोडॉडामा अवस्थित छ।उपत्यकाका प्राचीन बस्तिहरूमध्ये एक चोभारको अर्को पुरानो नाम सुवर्णगिरि कच्छपाल पर्वत् पनि हाे ।कछुवाको आकारमा देखिने डॉडा भएकोले कच्छपाल पर्वत् भनिएको सहजै बुझ्न सकिन्छ।हरेक नेवाः बस्तिमा जात्रा मनाउने परम्परा अनुसार चोभारबस्तीमा चैत दशैं रामनवमीका बेला प्रख्यात स्थानीय मन्दिरमा विराजमान आनन्दादिलोकेश्वरको जात्रा गरिन्छ। चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने जात्रा सुरुको दिन चौलाथ्व पारुमा लोकेश्वरको मूर्तिलाई स्नान गराइन्छ। त्यसपछि अष्टमी तिथिका दिन बिहान बागमती नदीमा नख्खु खोला मिसिने नख्खु दोभानमा बिहानैदेखि मेला लाग्छ। स्थानीय भाषामा नेखुइ ख्वाः सिलेगु भनिने उक्त मेला आनन्दादि लोकेश्वर र नन्द ग्वालाको कथासँग जोडिएको छ। नन्द ग्वाला चोभारकै…

Read More

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित बचनी गाउँ र बचनीबाट देखिएको पुथा, धौलागिरिलगायत हिम श्रृङ्खला । तस्बिरः कुलदीप न्यौपाने/रासस

Read More