काठमाडौं । काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकलसमेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको…
Author: Kathmandu Khabar
काठमाडौं । आज उच्च सुरक्षा घेराकाबीच सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा कालोमसी पोतिएको छ । सर्वोच्चको सो प्रवेशद्वारमा २४ घण्टै प्रहरीको पहरेदारी हुन्छ । दिउँसो त झनै सुरक्षा व्यवस्था कडा हुन्छ । तर कसले र कसरी त्यहाँ कालो मसी दलियो त ? प्रहरीका अनुसार सर्वोच्च अदालतको बोर्डमा नै क्षति पुग्नेगरी विनु यादव नामक एक महिलाले कालोमसी छ्यापेकी हुन् । उनी आफू पतिबाट हिंसामा परेको र न्याय नपाएको भन्दै आन्दोलनरत छिन् । मंगलबार उनी सर्वाेच्च अदालत पुगेकी थिइन् । पठाओ बुक गरेर आएकी उनी पठाओबाट ओर्लिनेबित्तिकै सिधै अदालतको बोर्डतिर लागिन् र कालो मसी फ्याकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै…
काठमाडौं । पछिल्लो समय नेकपा एमालेलाई सडकमा फोहोर गरेको भन्दै जरिवाना तोकेर चर्चामा रहेको काठमाडौं महानगरपालिकाले फोहोर फाल्नेविरुद्ध आक्रामक नीति लिएको छ । एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउँदा उसले पार्टीविरुद्ध प्रतिशोध साँधेको भन्दै जरिवाना नतिर्ने अडान लिँदै आएको छ । तर कामपाले यो एमालेविरुद्ध मात्रै गरेको कारबाही भने होइन । पछिल्ला दिनहरूमा सडकमा फोहोर फाल्नेलाई भकाभक महानगरपालिकाले कारबाही गर्दै आएको छ । मंगलबार मात्रै सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना गराइएको हो । त्यस्तै, सोमबार मात्रै सडक हिलो बनाएको भन्दै…
काठमाडौं । बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका एक हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो । लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगष्ट क्रान्तिले सत्ताच्युत गरेपछि १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बनेको छ । हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको शृङ्खला बढेको देखिन्छ । ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो तर उनीमाथि लगाइएका आरोपबारे विस्तृत विवरण भने दिन चाहनुभएन । गत…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई आज जहाजमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ । सोही विषयमा बयान लिनका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज केही क्षेत्रमा चार घण्टा बिजुली जाने भएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि बिजुली काटिने जनाएको हो । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको टिकट दरमा उद्घाटन, फाइनल र बीचको खेलको लागि छुट्टाछुट्टै दररेट कायम गरिएको छ । मंसिर १६ गतेदेखि हुने एनपीएलको टिकट दर आज (सोमबार) सार्वजनिक गरेको हो । जसमा सबै खेल हेर्नका लागि सिजनल पासको रूपमा ४४८० रुपैयाँ तोकिएको छ यही पास भीआईपीको लागि भने आठ हजार दुई सय ४० कायम गरेको छ । जुन सबै खेलको समग्र टिकटदरको २० प्रतिशत सस्तो हो । उद्घाटन खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय तोकिएको छ। यस्तै, अन्य लिग खेलका लागि…
काठमाडौं । अखिल नेपाल फुटबल संघले गत मंसिर ६ गते एक पक्षीयरूपमा बि डिभिजन लिगको तालिका प्रकाशित गरेको भन्दै क्लबहरूले आपत्ति जनाएका छन् । बि डिभिजन क्लबका १० वटा क्लबले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । एन्फाले २०७८ सालको तयारी खर्च अझै नदिएको, मिति तोकेर तयार गर भनि प्रतियोगिता स्थगित गरेको, सम्झौता गरेर रकम उपलव्ध नगराएको कारण देखाउँदै एन्फाको निर्णय स्वीकार्न नसकिने क्लबहरूको भनाइ छ । इतिहास बोकेका क्लबहरूलाई फुटबल खेल्न नचाहने तत्वको रूपमा भनी परिभाषित गर्न खोजिएकोप्रति विज्ञप्तिमार्फत भत्त्र्सना गरेका छन् । बि डिभिजन लिग आयोजनासम्बन्धी छलफल गर्न गत साता एन्फाले मुख्यालयमा बैठक डाकेको थियो । उक्त…
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने भएको छ । आज जिल्ला न्यायाधिवक्ताको कार्यालयले एक निर्णय गरी उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । तर उनीबाहेक अन्यविरुद्ध भने मुद्दा चलाउने निर्णय भएको हो । तीन युवा जापानबाट डिपोर्ट भएर फर्किएको भए पनि कोशीका पूर्वमन्त्री अधिकारी जापानमा पुगेर अध्यामनसँग आफैं समन्वय गरेर फर्किएको पाइएको सरकारी वकिलको कार्यालयको तर्क छ । पक्राउ परेका आरोपीहरुले पूर्वमन्त्री अधिकारीलाई विदेश पठाएबापत रकम दिएको भन्ने नखुलेको समेत बताइएको छ । सरकारी वकिलले अधिकारीविरुद्ध मुद्दा नचलाउन विमानस्थलको सीसी टीभी फुटेजलाई आधार बनाएको छ । पूर्वमन्त्री अधिकारी…
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमाले केन्द्रीय कार्यालयको नाममा काटेको जरिवाना पत्र इमेल र हुलाकबाट जरिबाना जरिबाना पठाएको छ । आइतबार भौतिकरूपमा नगरप्रहरीले पत्र लिएर जाँदा एमाले पार्टी कार्यालयमा कसैले पनि पत्र लिन नमानेपछि इमेल र हुलाकबाट पत्र पठाएका हुन् । मयेर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज बिहान हुलाक र इमेलबाट हामीले पठाएका छौं। उहाँहरुले बुझ्नु भयो होला।’ एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो । महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा…
काठमाडौं । सुनको मूल्यमा भारी मात्रामा गिरावट आएको छ । आइतबार सामान्य अंकमा बढेको सुनको मूल्य सोमबार भने १६ हजारले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको मूल्य एक लाख ५१ हजार तीन सयमा झरेको छ । सरकारले सुनचाँदी लगाउँदै आएको २० प्रतिशत भन्सार करलाई समायोजन गरेर १० प्रतिशतमा झारेको पछि सुनको भाउ घटेको हो । यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले १५ प्रतिशत कायम रहेको सुनको भन्सार दर पाँच प्रतिशतले थपेर २० प्रतिशत कायम गरेको थियो । छिमेकी मुलुक भारतले त्यसलाई १० प्रतिशत कायम गर्दा नेपाल र भारतबीचको सुनको मूल्यमा भारी अन्तर भएर तस्करी भएको थियो ।…
काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने एसएसपीमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुनुहुन्छ । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीमा झरेको छ । आइतबार नै ८ डिग्रीको विन्दुमा झरेको तापक्रम सोमबार झनै घटेको मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हरेक बिहान जारी गर्ने सूचनाअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो । हिजो आइतबार यो तापक्रम ८.२ डिग्री सेल्सियस थियो । मौसमविद्का अनुसार अहिले देशैभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
काठमाडौं । वायु प्रदूषणले अस्वस्थताको तह पार गरेपछि सरकारले अस्वस्थ, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई बिहान बाहिर ननिस्किनआग्रह गरेको छ । साथै, प्रदूषणमा सहयोग गर्ने ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन पनि विभागले आग्रह गरेको छ । विभागका अनुसार आज बिहान ७ बजे काठमाडौंको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १५१ पुगेको छ । यो अस्वस्थकर अवस्था हो । वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव…
काठमाडौं । यही मंसिर १६ गतेदेखि हुने उपनिर्वाचनमा तोकिएभन्दा बढी सवारी प्रयोग गरे निर्वाचन आयोगले जफत गर्ने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो । स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसार भइरहेको उल्लेख गर्दै आचारसंहिता पालना गर्न/गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई निर्देशन दिइएको स्मरण गराएको छ । ‘सवारी साधनमा लाउड स्पिकरको प्रयोग गरी…
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु एक लाख थप गरी रु दुई लाख उपलब्ध गराउने निर्णय गरेका हुन् । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको रु ५० हजारमा मन्त्रालयले रु २५ हजार थप गरेर रु ७५ हजार पुर्याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा…
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । आइतबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ कांग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । सभापतिले मनोनयन गर्ने कोषाध्यक्ष पद भने कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पद रिक्त थियो । शिक्षा व्यवसायी समेत रहेका श्रेष्ठ पूर्व राज्यमन्त्री समेत हुन् ।
काठमाडौं । काठमाडौंको सिनामंगलमा एक दम्पती मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनीका अनुसार सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । उनीहरू शनिबार बेलुकी अन्दाजी १८:४५ बजेको समयमा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौं पटक झनै १५ दिनका लागि म्याद थप गरिएको छ । चौथो पटक १३ दिनका लागि म्याद थपिएको लामिछानेलाई पाँचौं पटक १५ दिनका लागि म्याद थपिएको हो । लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए। गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथोपटक कात्तिक २५ गते थपेको १३ दिनको म्याद शुक्रबार नै सकिएको थियो। गोर्खा मिडिया नेटवर्कले रवि लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई गरेको भुक्तानीको चेक फेला पारेको पनि प्रहरीले जनाएको छ ।
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरेको छ । यो तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन् । यद्यपि झारखण्डमा भने बिजेपीको विपक्षी इन्डिया गठबन्धनले चुनाव जितेको छ । महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २२९ सिटमा जित हासिल गरेको छ । विपक्षी गडबन्धन महाविकास अघाडीले ५१ सिटमा जित हासिल गरेको छ । यो भनेको कुल सिट संख्याको करिब ८० प्रतिशत हो । त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ । यहाँ जेएमएम…
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक बत्तीको करिब दुई अर्ब रुपैयाँ बक्यौता रहेको पाइएको छ । महानगरपालिकासहित विभिन्न स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई नतिरेको भए पनि सबैभन्दा धेरै बक्यौता काठमाडौं महानगरपालिकाको रहेको देखिएको हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा अघिदेखिका सडकबत्तीबापतको बक्यौता रकम स्थानीय तहले प्राधिकरणलाई नतिरेको देखिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा ३३८ वटा स्थानीय तहले कुल छ अर्ब ९३ करोड ८३ लाख ४३ हजार ७६९ रुपियाँ प्राधिकरणलाई तिर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले स्थानीय तहले जनप्रतिनिधि आउनुभन्दा अघिदेखिको सडकबत्तीबापतको बक्यौता रकम तिर्न बाँकी रहेको बताए…
काठमाडौं । गगन थापाको सचिवालय अर्थात् सांसदको कार्यालयले छैठौं फाइनान्सियल फ्रन्टियर स्किल अप अभियान सम्पन्न गरेको छ । शनिबार दिउँसो १ बजेदेखि बागबजारस्थित न्हुँज पार्टी भेन्युमा सुरु भएको सो कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सांसदको कार्यालयले निरन्तर संचालन गरिरहेको स्किलअप क्याम्पियनको छैटौं सत्रमा सहभागीले सबैलाई चाहिने वित्तीय ज्ञान र व्यक्तिगत वित्तको व्यवस्थापनसँग सम्बन्धित सिप र ज्ञानका विषयमा ट्रेनिङ लिएको नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य थापाले जानकारी दिए । उनले यो अभियानअन्तर्गत् अर्को महिना अर्को कार्यक्रम गर्ने थापाले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘अर्को स्किल अप क्याम्पियनपछि अर्को अत्यावश्यक सिप सिकाउने गरी अर्को…
काठमाडौं । करिब एक वर्षदेखि अध्यक्षविहीन भएको धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता हुँदैछ । मन्त्रालयमा बिहान ८ बजेदेखि सुरु हुन लागेको अन्तर्वार्तामा अन्तिम नामावली प्रकाशन भएका तीन जनाको अन्तर्वार्ता हुने भएको छ । अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की सहभागी छन् । अन्तर्वार्ता बिहान ८ बजे सुरु भएको हो। २०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन भएको बोर्डमा अहिलेसम्म पनि पटकपटकको विवादका कारण अध्यक्ष नियुक्ति हुन सकेको छैन । मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले चौथोपटक बिहीबार सूचना प्रकाशन गरी उनीहरूलाई अन्तर्वार्तामा…
काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो । गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको शेयरमा आवेदन दिनसक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए । त्यसरी बिक्री…
काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । उनका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् । यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती…
काठमाडौं । भोलि अर्थात् मंसिर ९ गतेदेखि धरहरा खुला हुने भएको छ । गत असोज ३ गतेदेखि अस्थायी रूपमा खुला भएको धरहरा अहिले पनि परीक्षणकै रूपमा खुला गर्न लागिएको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइने छ । मन्त्रालयले राखेको उक्त प्रस्ताव गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । सोही बमोजिम यो शुल्क तयार…
काठमाडौं । मुलुकमा विद्यमान आर्थिक समस्या समाधानका लागि नेपाली काँग्रेसले सुझाव संकलन गरेको छ । कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको हो । कांग्रेस संसदीय दलले आज छलफल कार्यक्रम आयोजना गरी पूर्वअर्थमन्त्री, पूर्वअर्थराज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका संस्थाका प्रमुख तथा प्रतिनिधि र अर्थ विज्ञहरूसँग छलफल गरेको हो । कार्यक्रममा प्राप्त सुझावहरूलाई कांग्रेस संसदीय दलको आगामी बैठकबाट पारित गरी सोको कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझावसहित अनुरोध गरिने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।…
काठमाडौं । काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो । गत असोज १० गतेदेखि कामपाले सुरु गरेको पर्वलक्षित अनुगमनमा चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको कामपाले जनाएको छ । एक सय ३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने तीन सय ११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाइएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार अनुगमन गरिएका पसलमध्ये चार सय ३८ किराना,…
काठमाडौं । नेकपा एमालेले बालेन एमालेविरुद्ध परिचालित भएको आरोप लगाएको छ । शुक्रबार दरबारमार्गमा आयोजना भएको जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेविरुद्ध एक लाख जरिवाना तोकेर पत्र लेखेको थियो । त्यसबाट आक्रोशित नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ‘एमालेविरुद्ध परिचालित भएको’ गम्भीर आरोप लगाएका हुन्। शुक्रबार महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाले शुक्रबार साँझ एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको’ पत्र एमाले केन्द्रीय कार्यालयमा पठाएका थिए। पोखरेलले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाट भइरहेको र त्यो…
काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्यो । चरम विवादका बीच सरकारको नेतृत्व गरिरहेको दल एमालेले सडकमा कार्यकर्ता उतारेर गरेको शक्ति प्रदर्शनको औचित्यमाथि धेरैले प्रश्न उठाएका थिए। मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्न एमालेले जागरण सभा गर्ने भनेको थियो। तर उसको यो शक्ति प्रदर्शनले जनतालाई सास्ती भन्दा केही भएन । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध…