Author: Kathmandu Khabar

काठमाडौं । माथिल्लो तामाकोसी (४५६ मेगावाट) बाट उत्पादन सुरु नभएसम्म नेपालमा फेरि लोडसेडिङ सुरु हुने भएको छ । अहिले बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती सुरु भएको छ । औपचारिक रूपमा केही समयपछिबाट सुरु हुने भनिए पनि अहिले पनि लाइन काट्न सुरु भइसकेको छ । हिउँदयाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने गरेका कारण विद्युत् व्यवस्थापनमा समस्या भएको हो । पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ । यो…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । आज अन्तिमपटक म्याद थपका लागि अदालत लगेको प्रहरीले चार दिन नै म्याद थपको अनुमति मागेको थियो । रविलगायत ५१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्न प्रहरीले फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ । त्यसको मिसिल तयार पार्न बाँकी रहेको भन्दै म्याद थप गरिएको हो । आज म्याद थप गर्न अदालत लैजाँदा रविले त्यति भनेपछि न्यायाधीश हिमलाल बेलबासे ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ।’ भनेर चार दिनको म्याद थप गरेका थिए । लामिछानेको अब चार दिनभित्रमा अदालतमा…

Read More

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनमा आफ्नो सेनाको द्रुत प्रगतिको प्रशंसा गर्दै पश्चिमी समर्थित छिमेकमा मस्कोको सैन्य आक्रमणको सन् २०२४ को वर्षलाई ‘ऐतिहासिक’ बताए । वर्षको अन्त्यमा भएको बैठकमा शीर्ष सैन्य जनरलहरूलाई सम्बोधन गर्दै उनले आफ्नो सेनाको सम्पूर्ण मोर्चामा माथिल्लो हात रहेको दाबी गर्दै दृढ र आशावादी स्वर व्यक्त गरे । उनले पश्चिमी ‘हाइब्रिड युद्ध’ र मस्कोलाई ‘रणनीतिक पराजय’ गराउने प्रयासको पनि आलोचना गरे । आक्रमणको पहिलो हप्तापछि सबैभन्दा तीव्र गतिमा पूर्वी युक्रेनमा रुसी सेना अघि बढ्दै जाँदा यी टिप्पणी आएका हुन् । मस्को र किएभ दुवैले जनवरीमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि युद्धभूमिमा आफ्नो स्थिति…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध म्याद थपका लागि अदालत लगिएको छ । आज हिरासतका लागि अन्तिम म्याद थप गर्न कास्की प्रहरीले अदालत लगेको हो । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले हिरासत म्याद थप्न आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको जानकारी दिए। कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

Read More

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिष्पर्धा हुँदैछ   ।  मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११:४५ मा खेल सुरु हुनेछ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन्भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् । टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा  उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ…

Read More

काठमाडौं । एनपीएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् । एनपीलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका…

Read More

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उनलाई पोखरा ल्याइएका थियो । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएका छौं । जसमध्ये ३७ जना फरार प्रतिवादी छन् । ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९…

Read More

पाटन (ललितपुर) । आज बिहान निधन हुनुभएका काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गरे । ८७ वर्षको उमेरमा निधन भएका पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपरान्ह १२ बजेदेखि २:३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायतले पुष्ष गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले उनको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय पनि गरेको छ । स्वर्गीय नेता गणेशमान सिंह निकट रहेर लामो समय…

Read More

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएका छन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच…

Read More

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह,…

Read More

काठमाडौं । तत्कालीन काठमाडौं नगरपालिकाका मेयर एवं लौह पुरुष गणेशमान सिंहका प्रमुख सहयोगी पीएल सिंहको निधन भएको छ । विसं २०४९ सालको स्थानीय तह निर्वाचन जितेर मेयर बनेका उनी पूर्वमन्त्री समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्षमात्रै पेटको शल्यक्रिया गरेका थिए । उनी पछिल्लो समय हालका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । चाक्सिबारीस्थित उनकै निवासमा सिंहको आज निधन भएको हो । मेयर बनेपछि कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।

Read More

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी भित्र्याइएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवान्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गरेका छन् । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेँसी र दुप्चेश्वरललगायत स्थानमासमेत मेला लागेको जनाइएको छ ।

Read More

काठमाडौं । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर भएपछि फरार रहेका नेपाल बैंक लिमिटेडका एक उपप्रबन्धकलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनीविरुद्ध तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । अब उनलाई सोमबार अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएको एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए । पोखराका लागि माइकल लिस्कले…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले एकैपटक आठ जना डिन नियुक्त गरेको छ । शनिबार बसेको परिषद‍्को बैठकले आठ वटा संकायका डिन नियुक्त गरेको हो । त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्। त्यस्तै, इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका हुन् । नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै…

Read More

काठमाडौं । मधेश प्रदेशको बर्दिवासको लट १ देखि ५ सम्मका आयोजनाहरूमा कमसल पाइपको प्रयोग गरी अनियमितता गरेको भेटिएको छ । अहिले देशका मुख्य शहरहरूमा बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको विद्युत् प्राधिकरणको सो आयोजनाहरूमा ठेकेदार टाटा प्रोजेक्ट लिमिटेडबाट सप्लाई भएको विभिन्न साइजका एचडीपीई पाइप र फ्लेक्जिबल पाइपहरूमा कमसल खालको सामग्री हालेको भेटिएपछि यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । आयोजनाहरूमा आपूर्ति भइरहेको विभिन्न साइजका पाइपहरूको दुवै साइडमा मोटाइ जीटीपीअनुसार नै ठीक राखेर बीचमा भने कमसल सामान राखी अनियमितता गरेको भेटिएको हो । बाहिरी भागमा १६० एमएम रहेको पीएन ६ एचडीपीई पाइपको अधिकतम मोटाइ १०.५८ मिमि र न्यूनतम…

Read More

काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार…

Read More

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । त्यस्तै, पहाडी भेगमा विभिन्न स्थानमा धान्य पूर्णिमा पर्व पनि मनाइँदै आएका छन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा  १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अङ्क छ । आइतबार हुने काठमाडौँ गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । उक्त खेलमा काठमाडौँ गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ । यस आधारमा…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई सय ३६ जना परम्परागत बाजा गुरूहरूलाई जनही रू ३० हजारसहित सम्मान गरेको छ । ३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरूहरूलाई सम्मान गरेका हुन् । सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरू र ५४ जना दाफा खिं गुरू हुनुहुन्छ । गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस हुनुभएका २५ टोलका एक–एकजना गुरू, नेपाल खड्गी सेवा समितिबाट सिफारिस हुनुभएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरू, नेपाल…

Read More

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आगामी पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान अवतरणमा रोक लगाउन परिपत्र गरेपछि क्यानले विज्ञप्ति निकालेर उक्त निर्णयमा आपत्ति जनाएको हो । साथै, क्यानले सो क्षेत्रमा हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म त्यस क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्वाध र नियमितरुपमा व्यावसायिक उडान सञ्चालन गर्न गराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनीलगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ । हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैरसैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेलमा चार टिम खेल्दै छन् । हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएकाले चारमध्ये तीन टिम आज प्लेअपमा जानका लागि जित्नैपर्ने दबाबमा छन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्नेछन् । अंक तालिकामा नेट रनरेटको आधारमा काठमाडौं पोखराभन्दा एक स्थान अगाडि छ । पाँच खेलमा तीन हार र दुई जीत निकालेका दुवै टिमको समान ४-४ अंक छ। पोखरा विरूद्धको खेलमा जीत निकाल्न सके काठमाडौंको ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ । उसले अन्तिम खेल…

Read More

काठमाडौं । शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झनै ओरालो लागेको छ । हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेकोमा आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन्। मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् । यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मा र साथीहरूले यही मङ्सिर २७ गते राति ११ः३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर आज मङ्सिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गरेको उनको सचिवालयले जनाएको छ । आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पुर्‍याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेको छ । पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापाले धोबी खोला किनारमा २० मिटरको मापदण्ड तत्काल विचाराधीन राख्न मंसिर २ गते नै सरोकारवाला निकायलाई पत्र लेखेको थापाको सचिवालयले जनाएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका निकायलाई तत्काल २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न निर्देशन दिएपछि सचिवालयले यसअघि नै थापाले काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालयको जिल्ला आयुक्तको कार्यालयमा पत्र लेखेको विषय स्मरण गराएको हो । धोबीखोला किनारका घरमा चिह्न लगाउन उपत्यका विकास प्राधिकरणबाट टोली आएपछि गत मंसिर २ गते थापाको सचिवालयले जिल्ला आयुक्तको कार्यालयलाई पत्र लेख्दै मन्त्रिपरिषद्ले सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन गर्न…

Read More

काठमाडौं । केही दिनअघि शव भेटिएको केही पर काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आज पनि एक शव भेटिएको छ । केही दिनअघि एक पुरुषको शव भेटिएकोमा आज एक युवती मृत फेला परेकी हुन्। तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ । मृतक युवती शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार रहेको खुलेको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो । चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन् । यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए । नेपाल प्रिमियर लिगमा शुक्रबार चितवन राइनोजमाथि शानदार जित निकाल्दै विराटनगरले प्लेआफमा पुग्ने आशा जीवित…

Read More

काठमाडौं । चर्चित दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । अल्लु अर्जुनलाई डिसेम्बर १३ शुक्रबार कडा सुरक्षाबीच उनको घरबाटै पक्राउ गरिएको थियो । हैदरावाद प्रहरीले उनलाई आफ्नो कारमा प्रहरी चौकी ल्यायो र त्यहाँ सोधपुछ गरेको थियो। त्यसपछि आवश्यक मेडिकल जाँचपछि अभिनेतालाई तल्लो अदालतमा पेश गरिएको थियो, जहाँबाट उनलाई १४ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । तर अल्लु अर्जुनले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिँदै अन्तरिम जमानतका लागि निवेदन दिएका थिए । याचिकाको केही घण्टामै उनले जमानत पाएका थिए । तेलंगाना उच्च अदालतले अल्लु अर्जुनलाई पक्राउ गरेको केही घण्टामै अन्तरिम जमानत दिएको थियो। सुनुवाइका क्रममा कलाकारलाई स्वतन्त्रताको…

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ । आज (शुक्रबार) बिहान यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे थप घटेर ३.१ डिग्री सेल्सियसमा झरेको हो। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उक्त तापक्रम काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम हो।

Read More

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९:०० देखि अपराह्न ४:०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् । यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान…

Read More