काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, जनकपुरका ललित राजवंशी सर्वोत्कृष्ट बलर घोषित भएका छन् । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । प्लेयर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारेका छन् । उनले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन्…
Author: Kathmandu Khabar
काठमाडौं । आज सकिएको नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडीमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरी चयन भएका छन् । योसँगै उनले एउटा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याएका दीपेन्द्रले टिम उपविजेता बने पनि उनले उत्कृष्ट खेलाडीको उपाधि भने पाए । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । त्यस्तै, नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी प्रतियोगिताकै ब्यालिस्टिक बलर बनेका छन्। उनले मोटरसाइकल जिते। प्रतियोगितामा उनले कुल १७ विकेट लिएका थिए । ललितले एनपीएलमा सबैभन्दा बढी ४० ओभर बलिङ गरे। एउटा बलरले पाउनेजति सबै…
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२:३० बजेदेखि सुरु भएको हो । खेलमा सुदूरपश्चिमले पावर प्लेमा ४८ रन जोडेको छ । ‘पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता प्रदर्शन गर्नेछौँ’, टस जितेपछि कप्तान ऐरीले भने, ‘हाम्रो लक्ष्य एक सय ६० रनभन्दा बढीको लक्ष्य प्रस्तुत गर्नुहुनेछ ।’ सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का…
काठमाडौं । नेपालमा पनि एक जनामा मंकिपक्स भाइरस पुष्टि भएको छ । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार मंकिपक्स पोजेटिभ देखिएको थियो । मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । यस्तो छ मन्त्रालयको विज्ञप्ति :
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । प्रहरीले बदनियत राखेर अनुसन्धान लम्ब्याएको भन्दै दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश जारी गरेको हो । प्रसाईंको तर्फबाट छोरा निराजनद्वारा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो। व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धानमा प्रहरीको बदनियत देखिएको सर्वोच्च अदालतले ठहर पनि प्रहरीको छ । उनलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। सीआईबीले आफ्नै कार्यालयमा पहिल्यै परेको उजुरीमा अनुसन्धान नगरी विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न साइबर ब्युरोमा पठाएको पाइएको छ। यति…
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रकाशकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै कारबाही गर्न सिफारिस गरिएको बताएका छन् । काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ : ‘सोही प्रकयामा १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको देखिन्छ। सो नक्सा मिति २०७४ वैशाख ८ गते दुवै पक्षबीच भएको सम्भौताविपरीत…
काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन…
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक/एक अङ्क बाँडेका थिए । आजको खेल नेपालको लागि महत्वपूर्ण छ । आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह…
काठमाडौं । कास्की जिल्ला अदालतको कारागारमा हिरासत जीवन बिताइरहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक भएको छ । मंसिर २९ गते डा निकोलस भुषालको फेसबुकमा सार्वजनिक भएको यो फोटो पछिल्लो समय लामिछानेका स्वकीय सचिव दीपक बोहोराको फेसबुकबाट सार्वजनिक भएको हो । जुन फोटोमा रविलाई एउटा सिंगल कोठा उपलब्ध गराइएको छ । महँगो पर्ने मिनेरल वाटर केही थान पुस्तकहरू एवं सुविधासम्पन्न खाटमा राम्रो सुविधा दिएको देखिएको छ । हिरासतमा उचित सुविधा नदिएको र मानवअधिकार हनन् भएको भन्ने भनेर बाहिर सार्वजनिक प्रचार गरिएका लामिछानेलाई हिरासतमा ज्वाईंलाई जस्तो सुविधा दिएको सो फोटोले पुष्टि गरेको छ । त्यसो त यो…
काठमाडौं । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सकेसम्म आजै र नभए पनि आइतबार मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । गत पुस १ गते जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गराइसकेको छ । वकिलको कार्यालयले यसलाई दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नियमअनुसार सरकारी वकिलको कार्यालयले अन्तिमपटक भन्दै रविको म्याद थप गरेको म्याद शु्क्रबार मध्यराति सकिँदैछ । शनिबार सरकारी बिदा हुने भएकोले शुक्रबार मुद्दा दर्ता गर्न नभ्याए आइतबार अदालत खुल्नेबित्तिकै मुद्दा दर्ता गर्ने तयारी रहेको कार्यालयले जनाएको छ…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न ठाउँमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । बिहान १०:३० देखि मध्याह्न १२:०० बजेसम्म बिजुली कटौती गर्ने भएको हो । प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
काठमाडौं । १९७२ मा ब्रिटिश सहायताअन्तर्गत स्थापना भएको प्रसिद्ध बुढानीलकण्ठ स्कुल देशकै उत्कृष्ट शैक्षिक संस्थाहरूको सूचीमा पर्छ । बुढानीलकण्ठ नगरपालिकामा रहेको यस विद्यालयल ‘पब्लिक स्कुल’ मोडलमा विकसित गरिएको थियो । तथ्याङ्कअनुसार ३८ हेक्टर क्षेत्रफलमा फैलिएको बुढानीलकण्ठ स्कुलको विशाल क्षेत्र हरियाली, खेल मैदान, आधुनिक भवनहरू, प्रयोगशालाहरू, पुस्तकालय, र छात्रावासहरू लगायतका संरचनाहरूले सुशोभित छ। यस विद्यालयको वातावरण शिक्षाका लागि अत्यन्तै अनुकूल र शान्त मानिन्छ । विशाल क्षेत्रफल र शान्त वातावरण रहेको यस स्कूलको जग्गा-जमिनमाथि बेलाकुबेला कुदृष्टि पनि पर्ने गरेको छ । ३ वर्षअघि बुढानीलकण्ठका तत्कालिन मेयरले यस स्कुलको जग्गामा बसपार्क बनाउने प्रस्ताव गरेका थिए । मेयरको यस प्रस्तावप्रति व्यापक आलोचना भएपछि सो प्रस्ताव कार्यान्वयनपूर्व तुहिएको थियो…
काठमाडौं । दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णालीलाई हराएको छ । बिहीबार त्रिवि क्रिकेट रंगशालामा भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले दुई विकेटले कर्णालीलाई हराएको हो । अब जनकपुर शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिमसँग भिड्ने भएको छ । यसअघि बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे। उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका थिए ।
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् । आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका हुन् । यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । सुपर–४ मा…
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियारमा बेनामे उजुरीको व्यवस्था हटाउन दबाब दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन संशोधनको प्रक्रियामा रहेकोले यसमा बेनामे उजुरी हटाउने लगायत केही व्यवस्था संशोधनमा ओलीले दबाब दिइरहेको एक सांसदले जानकारी दिएका छन् । यसबारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदहरूलाई आज बालुवाटर बोलाएका थिए । यद्यपि उनीहरूले आज विशेष कारण भन्दै जाने कार्यतालिका राखेका छैनन् । तर एक सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा चासो राख्दै बिहान १० बजे समितिमा रहेका सत्ता पक्षका सांसदहरूलाई बालुवाटार बोलाएको जानकारी दिए । समितिको सभापति समेत रहेका काँग्रेस सांसद रामहरि…
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बिहीबार सिंहदरबारमा बोलाइएको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको एक अधिकारीले जानकारी दिए । यद्यपि लिखितरूपमा यो एजेण्डा प्रस्तुत गरिएको छैन । तर ठाडो प्रस्तावबाट उनलाई कतै ऊर्जाविज्ञ बनाएर अन्यत्रै सरुवा गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ र त्यहाँ ओलीको चाहना अनुकूलका व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ। गत असार अन्तिममा सत्तारोहण गरेका ओली घिसिङलाई हटाउन एक सुत्रीय एजेण्डा बोकेर हिँडेका छन्। तर प्राधिकरणका भ्रष्टाचार भएको भन्दै छानबिनका लागि आयोगनै गठन गरेपनि नियुक्त पूर्वन्यायाधीशले काम गर्न अस्वीकार गरेपछि…
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो । गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र…
काठमाडौं । एनपीएलको दोस्रो क्वालिफायरका लागि आज प्रतिस्पर्धा हुँदैछ । फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नका लागि आज दिउँसो जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्। दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जित्ने टिमले फाइनल खेल्न पाउने छ । बुधबार सुदूरसँग पराजित भएको जनकपुरलाई फाइनल खेल्ने अन्तिम मौका मिलेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्ने दोस्रो मौका पाउने भएको हो। कर्णाली भने बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो । उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले राससलाई जानकारी दिए । सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । यसैगरी, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला…
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको क्वालिफायर खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिमले सो यात्रा तय गरेको हो । आजको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटको फराकिलो जित हासिल गर्यो । अन्तिममा १० बलमा तीन रन चाहिएको सुदूरपश्चिमलाई दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरेसँगै टिमले सफलता हासिल गरेको थियो । आजैको पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा पुगेको छ । आजको पहिलो खेलमा १७६रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । अब सुदूरपश्चिमसँग फाइनल खेल खेल्नका लागि कर्णाली र जनकपुर खेल खेल्नेछन् । सो खल जित्ने टोलीले फाइनल खेल खेल्नेछ…
काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा पुगेको छ । आजको पहिलो खेलमा १७६रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए । कर्णालीले अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ। पहिलो क्वालिफायरमा आजै सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। चौथो स्थानमा पुगेसँगै चितवनले १५ लाख…
मकवानपुर । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै, सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ , त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । पुस लाग्दै गर्दा झनै तापक्रम घट्नुपर्नेमा पछिल्ला दिनहरूमा तापक्रम बढ्न थालेको छ । गत मंसिर २९ गते दुई डिग्री तापक्रम रहेको काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा भने निरन्तर तापक्रम बढ्न थालेको हो । तापक्रम बढेसँगै जाडो कम भएको छ । दुई/तीन दिनयता बढिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा उक्लिएको छ। मंसिर ३० गतेयता तापक्रम निरन्तर बढ्दै आज ५ डिग्री सेल्सियसमा उक्लिएको हो। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो।
काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो । मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख…
काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल हुँदैछ । दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । आज जित्ने टिमले फाइनल प्रवेशको स्थान सुरक्षित गर्नेछ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ । सुदूरपश्चिम लिग चरणमा सातमध्ये छ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर सात खेलमा पाँच जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ । पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली…
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो । धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको शेयर कारोबार पनि रोक्का गरिएको छ । नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीका अनुसार कम्पनीको धितोपत्रको कारोबार स्थगित गरिएको छ भने सञ्चालक समितिको निर्णय के कति कारणले समयमा जानकारी नदिएको हो भनेर तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । ‘मङ्सिर ५ गते बुधबार सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०/८१…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ । उपरोक्त सम्बन्धमा नेपाल क्रिकेट संघको आयोजनामा यही मंसिर १५ देखि पुस छ गतेसम्म ८ फ्रेन्चाइज टिमहरूबीच काठमाडौंमा सञ्चालन भइरहेको छ । एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर…