Author: Kathmandu Khabar

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ । तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को…

Read More

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा…

Read More

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात…

Read More

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा…

Read More

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट बस्नेत दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । मेयर भएपछि बस्नेतले नागार्जुन नगरपालिका ५ स्थित सीता होम कोलोनीमा करिब १० करोड रुपैयाँ मूल्य बराबरको निजी निवास निर्माण सम्पन्न गरेको र वाफलस्थित चक्रपथमा ५० करोड रुपैयाँ बराबरको भवन सपिङ मलका लागि निर्माण गरिरहेको उजुरी आयोगमा परेको छ । बस्नेतले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको, सरकारी जग्गा मिचेको, गैरकानुनी आर्जन गरेको सम्पत्ति खेलकुदमा प्रयोग गरेको, श्रीमतीलाई नगरपालिकामा…

Read More

काठमाडौं । काठमाडौंको सेतो पुलमा एक किशोरीमाथि सामूहिक बलात्कार अभियोगमा दुई किशोर पक्राउ परेका छन् । गत पुस ९ गते भएको घटनाको उजुरीको आधारमा शनिबार दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका ६ घर भई काठमाडौँ महानगरपालिका ३० रूद्रमार्ग बस्ने दुई १८ वर्षीय किशोरहरू रहेका छन् । उनीहरूले १७ वर्षीया किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर पुस ९ गते राती जबरजस्ती करणी गरेको जाहेरी परेको थियो।

Read More

काठमाडौं । सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासत जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ उत्रिएका छन् । उनले रविलाई सम्पत्ति शुद्धीकरण मुद्दा लगाएकोमा असन्तुष्टि जनाएका हुन् । सहकारी ठगी प्रकरणमा आफैँ विवादित बनिरहेका बेलामा अर्का विवादित बनेका लामिछानेको बचाउमा गुरुङले अभिव्यक्ति दिएका हुन् । रुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताए । महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानविन एक/दुई नभई सबै नेताको हुनुपर्ने बताए । एक/दुई जना नेताको मात्रै सम्पत्ति छानविन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो…

Read More

काठमाडौं । नेकपा एमालेबाट कारबाही भोगेका भीम रावललाई लक्षित गर्दै एमालेका उपमहासचिव विष्णु रिमालले आक्रोशपूर्ण स्टाटस लेखेका छन् । रावलको नाम नलेखे पनि स्पष्टरूपमा बुझिने गरी भीम रावललाई कटाक्ष गर्दै लामो स्टाटस लेखेका छन् । उनले एमाले रावलको पार्टी नभएको भन्दै ह्याउ भए आफ्नै पार्टी खोलेर देखाउन चुनौती दिएका छन् । ‘‘अनवरत ‘किच–किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ,’’ उनले लेखेका छन्, ‘‘उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए। ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।’’ फेरि एक समय ‘जोरीपारी’हरू…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो । कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्। चालु आवमा सबै वडामा उक्त अध्यास कार्यान्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उनले उल्लेख गरिन् । रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरीलगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर…

Read More

काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।  एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं । शनिबार दिनभर घामको अनुहार समेत देख्न नपाइएको काठमाडौंको मौसम आइतबारदेखि भने सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा  सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई…

Read More

काठमाडौं । बुढानीलकण्ठ काँग्रेसले बृहत् अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा पुष १५ गते सोमबार कार्यक्रम गर्न लागेको हो । बिहान ८ बजे बुनपा १३ चुनिखेलमा रहेको  सार पार्टी प्यालेसमा कार्यक्रम हुने नगर समिति सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो । उनीप्रति सम्मान व्यक्त गर्न सागर पुगेका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरे । शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जलि सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उहाँको निवासबाट…

Read More

काठमाडौं । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो । सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, ‘यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् । जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा…

Read More

काठमाडौं । नेपाली काँग्रेसका नेताहरूले काँग्रेस नेता एवं काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको स्मरण गरेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज भएको श्रद्धाञ्जलीसभामा काँग्रेस नेताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी समकालीन नेताहरूमा धेरै अगाडि रहेको बताए । सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए। नेपाली कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सह्राना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गरे । उपप्रधानमन्त्री…

Read More

काठमाडौं । प्रचण्डका तत्कालीन स्वकीय सचिवले हडपेको नुवाकोटको शेरा दरबार सरकारको नाममा फिर्ता गर्नुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । राजा पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रूपमा रहेको सो दरबार माओवादी केन्द्रका नेता तथा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदाका स्वकीय सचिव विकेश श्रेष्ठको नाममा पुगेपछि सरकारी संयन्त्रमा खैलाबैला मच्चिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र…

Read More

काठमाडौं । काठमाडौँसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उहाँका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका…

Read More

काठमाडौं । काठमाडौं खबरले ‘बुढानीलकण्ठ स्कुलको जग्गा संस्थालाई बाँड्न चलखेल’ शीर्षकमा प्रकाशन गरेको समाचारको बुढानीलकण्ठ स्कुलले खण्डन गरेको छ । २०८१ साल पुस ४ गते प्रकाशित सो समाचारप्रति स्कुलले पठाएको खण्डन शुक्रबार काठमाडौंखबरले प्राप्त गरेको हो । खण्डनपत्रमा स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले स्कुलको सम्पत्ति अन्य संस्थालाई बाँड्न नलागिएको दाबी गरेका छन् । उनले समाचारमा प्रकाशित गरिएजस्तो सेब्स अर्गनाइजेसनलाई जग्गा दिने भन्ने कुरा पूर्णरुपमा झूटो भएको दाबी गरेका छन् । तर उनले खण्डनपत्रमा विद्यालयका पूर्व विद्यार्थीहरूको पूर्ण आर्थिक सहयोगमा स्कुलकै पूर्ण स्वामित्वमा रहने गरी विद्यालय हाताभित्र भवन निर्माण गर्ने र उक्त भवनमा विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत निकट भविष्यमा सञ्चालन गर्ने शिक्षक तालिम…

Read More

काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो ।

Read More

काठमाडौं । विभिन्न समस्याका बाजबुत फेरि पनि कपन डुवानको समाधानका लागि खहरेमा काम सुरु हुने भएको छ । विभिन्न व्यक्ति र निकायको अवरोधले ढिलासुस्ती हुँदै आएको यो काम अघि बढाउन संघीय सांसद गगन थापाको पहलमा बसेको काँग्रेस एमालेको दुई पक्षीय बैठकले अघि बढाउने निर्णय गरेसँगै काम अघि बढ्ने भएको हो । विभिन्न मितिमा विभिन्न निकायमा भएको बैठक र दबाब कार्यक्रमले खहरेको कामलाई प्रभावित गराउँदै आएको थियो । थापाको पहलमा आएको २८ करोड बजेटबाट खहरेको तल्लो भागमा खोला खुला बनाउँदा कपनमा अहिले डुबान रोकिएपछि थापाले यो हिउँदमा नै जसरी पनि कपन खहरेको काम सम्पन्न गर्ने प्रयासमा जुटेका छन् । जसअन्तर्गत विभिन्न…

Read More

काठमाडौं । पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावसँगै केही दिनदेखि काठमाडौंलगायत देशभरका मौसममा केही उतारचढाव भएको छ । जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व एव‌ं मध्यभागमा आज मौसम मुख्यतया सफा रहे पनि लुम्बिनीदेखि पश्चिमको भागमा भने आज पानी पर्ने सम्भावना रहेको बताइएको छ । अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ। आज काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम…

Read More

काठमाडौं । देशको आर्थिक उदारीकरणका पिता मानिने पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको बिहीबार निधन भएको छ । उनले ९२ वर्षको उमेरमा एम्समा अन्तिम सास लिए। सन् १९९१ लाई भारतीय अर्थतन्त्रको इतिहासमा टर्निङ प्वाइन्टको रूपमा चिनिन्छ। यो त्यो समय थियो जब देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको थियो र तत्कालीन अर्थमन्त्री डा. मनमोहन सिंहले साहसी निर्णय लिएर भारतलाई बचाउन आरबिआईलाई ४४ टन सुन दिने वाचा गरेर इतिहास रचेका थिए । वास्तवमा, १९९१ मा, भारतको विदेशी मुद्रा भण्डार मात्र १.२ बिलियन डलरमा घट्यो। यो स्टक तीन हप्ताको आयातका लागि मात्र पर्याप्त थियो। खाडी युद्धका कारण कच्चा तेलको मूल्य बढेपछि भारतमा आयातको दबाब बढ्यो ।…

Read More

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीबार साँझ करिब ८ बजे उनलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) को आपतकालीन वार्डमा भर्ना गरिएको थियो। डा. सिंह दुई कार्यकालका प्रधानमन्त्री बनेका थिए। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्यका कारण उनलाई पटक पटक अस्पताल भर्ना गरिएको थियो । जहाँ डा. मनमोहन सिंहको निधनको खबर बाहिरिएपछि भारतभर शोकको लहर छाएको छ । जानकारीका अनुसार सन् २००६ मा मनमोहन सिंहको दोस्रो पटक बाइपास सर्जरी गरिएको थियो, त्यसपछि उनी निकै बिरामी थिए । बिहीबार उनलाई श्वासप्रश्वासमा कठिनाइ र असुविधा भएपछि एम्समा भर्ना गरिएको थियो…

Read More

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चार्टर उडानबाट आशा जगाउने…

Read More

काठमाडौं । प्याब्सन बुढानीलकण्ठ र हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्थानीयस्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि प्याब्सन बुढानीलकण्ठ र हिमालयन शेर्पा क्लबका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बुढानीकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ। यस पहलले स्थानीय प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। सम्झौतापछि जारी गरिएको विज्ञप्तिमा बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने, विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने र आवश्यक खेल सामग्री र प्राविधिक सहयोग प्रदान गर्दै…

Read More

काठमाडौं । कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आज सहकारी ठगी प्रकरणमा मुछिएकी लीला पछाईंको बयान सकिएपछि लामिछानेको पालो आएको हो । कुल पाँच जनाको बयान चलिरहेको छ । सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएका पाँच जनाको बयान चलिरहेको छ । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेपछि दुई जनाको बयान सकिएपछि उनीहरूको थुनछेब बहस सुरु हुनेछ । सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । त्यसपछि लिलाको बयान सकाइएको हो ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी गरेको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए । त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए। प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं…

Read More

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गरेको नेपाली काँग्रेसले जनाएको छ । यसरी मनोनित हुनेमा प्रा विनय कुसियत (धनुषा), प्रा डा रश्मी राजभण्डारी (काठमाडौँ), डा सुदन ओली (रोल्पा), डा ईशा घर्ती (लमजुङ), डा रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा प्रताप छत्कुली (धादिङ), डा राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका…

Read More

काठमाडौं । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् । कजाकिस्तानका अधिकारीले भनेका छन्, ‘विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।’ विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।…

Read More