काठमाडौं । बालहिंसा गर्ने सांसदलाई सरकारले उन्मुक्ति दिन लागेको भन्ने समाचार आएपछि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी सांसद रेखाकुमारी शर्मामाथि अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाइसकेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गरेपछि त्यसको फाइल आयोगले झिकाएको हो । राष्ट्रिय मानव अधिकार आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरू गरेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाले गरेको विशेष एक्सनमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले छ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।…
Author: Kathmandu Khabar
काठमाडौं । पिकनिक गएर फर्किँदै गएको स्कुल बस शंकरापुरमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको र ४० घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ भने घाइतेमध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल…
काठमाडौं । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ । यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले छ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए । मन्त्री गुरुङले भने, ‘सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने, नेपाल…
काठमाडौं । विद्युत प्राधिकरणले मेलम्चीको पाइप फुटाइदिँदा आज दिनभरि बबरमहल डुबानमा परेको छ । प्राधिकरणले तार भूमिगत गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटाइदिएपछि करिब चार घण्टासम्म बबरमहल आसपासका कार्यालयहरू डुबानमा परेका हुन् । मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने पाँच सय एमएमको पाइप दिउँसो साढे २ तिर फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । प्रहरीका अनुसार पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि साढे ६ बजे पछि मात्रै बन्द भएको हो ।
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको हिमालय बोर्डिङ स्कुलले श्रीमद्भागवत गीता वाचन प्रतियोगिता आयोजना गरेको छ। विद्यार्थीहरूमा धार्मिकता र प्रवचन क्षमताको विकास होस् भन्ने उद्देश्यले यसअघि पनि आयोजना गरेको विद्यालयको यो दोस्रो भागवत वाचन प्रतियोगिता हो। कार्यक्रममा विद्यालयले चर्चित श्रीमद् भागवत कथावाचक डा. चिन्तामणि योगीलाई प्रमुख अतिथिको रूपमा बोलाएको थियो । विद्यार्थीको वाचन क्षमताको आधारमा मूल्याङ्कन गरिएको सो प्रतियोगितामा विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक खेमराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाल्मिकी क्याम्पसकी सहायक क्याम्पस प्रमुख डा. रमा भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । प्रतियोगितामा कक्षा ५ बाट प्रिन्स न्यौपानेले प्रथम भएका छन्…
काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए। सभामुख घिमिरेले भने, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।” सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराउनुभएको…
काठमाडौं । एक महिना सम्म घरघरमा स्वस्थानी व्रतकथा श्रवण गर्दै गरिएको स्वस्थानी व्रतको आज समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । समापनका दिन व्रतालुहरूले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने चलन छ । यसरी चढाइएका प्रसादहरूमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी…
काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शून्य समयपछि बोलेको भन्दै विपक्षी दलहरूले संसद बैठकमा अवरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन नगरी खतिवडालाई बोल्न दिएको भन्दै अवरोध गरेका हुन् । पहिले नै नाम टिपाएका खतिवडाको नाम सभामुखले उपसभामुखलाई चेयर हस्तान्तरण गर्ने बेलामा दिन छुटाएपछि उनको नाम शून्य समय सकिएको घोषणा गरेपछि बल्ल उपसभामुखले खतिवडालाई बोल्न दिएकी थिइन् । खतिवडाले बोलेपछि रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाउँदै खतिवडाको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए । पछि यसको विषयमा छानबिन गर्न संसद सचिवालयलाई सभामुखले निर्देशन…
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी सूचकमा नेपालको स्थान झनै खस्किएको छ । नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ । नेपालले १०० अङ्कमा जम्मा ३४ अङ्क प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी कामकारबाही अगाडि बढाउन आवश्यक देखिएको संस्थाले औँल्याएको अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार एक सय ८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत सात…
काठमाडौं । आइतबार काठमाडौँको बुढानीलकण्ठबाट अबैध कारोबारको आरोपमा पक्राउ परेका २३ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका २३ जना भारतीयले अवैधरूपमा तीन अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको फेला परेको प्रहरीले जनाएको छ उनीहरूले बुढानीलकण्ठको एक घर भाडामा लिएर अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गराएको प्रहरीको आरोप छ । आरोपित सबै भारतीयलाई मंगलबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूले उक्त घरमा एक वर्षदेखि अनलाइनमार्फत सट्टेबाजी गर्दै आएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। उनीहरूले गरेको आर्थिक कारोबारको हिसाबकिताब राखिएको नोटबुक प्रहरीले फेला पारेको छ।
काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा केवलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन अदालतले दर्ता नगरेको हो । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् । सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित…
काठमाडौँ । नेकपा माओवादी केन्द्रमा रहँदा प्रधानमन्त्री भएपछि बिस्तारै आफ्नो पद घटुवा गर्दै गएका बाबुराम भट्टराई पछिल्लो समय खुलेको नेसपा नयाँ शक्तिको महाधिवेशनमा पनि सर्वसम्मत नेतृत्वमा चयन हुन सकेनन् । बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को महाधिवेशनअन्तर्गत आजबाट नेतृत्व चयन प्रकिया सुरु हुँदा बाबुराम भट्टराईविरुद्ध उनकै पार्टीको विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन्। नेसपा (नयाँशक्ति)को महाधिवेशन विगत तीन दिनदेखि काठमाडौँमा जारी छ। निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ। पार्टी अध्यक्षका लागि डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता…
काठमाडौँ । देशभरको भ्रष्टाचार निवारणका लागि भन्दै खुलेको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान्यायाधीश प्रकाश मानसिंह राउत अनुपस्थित भएका छन्। सामान्यतया राष्ट्रपतिले उद्घाटन गर्ने यस्ता कार्यक्रमहरूमा सम्माननीय अर्थात् प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत सबैको उपस्थिति रहने भएपनि हिजोको कार्यक्रममा भने दुई सम्माननीयहरू अनुपस्थित भएका हुन्। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ भोलि बुधबारका लागि तोकिएकोले प्रधान न्यायाधीशको हैसियतले राउत पनि सोही संवैधानिक इजलासको न्यायाधीश रहने छन् । सोही अवस्थामा कन्फ्लिक्ट अफ इन्टरेस्ट को विषय उठ्न सक्ने भन्दै प्रधानन्यायाधीश राउत सो कार्यक्रममा उपस्थित नभएको बुझिएको छ।…
काठमाडौँ । निरन्तर जनसाङ्ख्यिकीय चुनौतीको पछिल्लो सङ्केतलाई पछ्याउँदै गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ । सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका र यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो । सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको । सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो । चीनको एक अर्ब ४० करोड जनसङ्ख्या अहिले तीव्र गतिमा बुढ्यौली जनसङ्ख्या हुँदै गएको छ र…
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले नक्कली कर चुक्ताको प्रमाण पत्र देखाएर नवीकरण गरेको आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषदमा संघले बुझाएको कर चुक्ता नक्कली रहेको आरोप लागेको हो । आन्तरिक राजश्व कार्यालय ललितपुर–२ ले मिति २०८१ माघ २७ गते अखिल नेपाल फुटबल संघलाई पत्र लेख्दै कागजातहरु माग गरेपछि अखिल नेपाल फुटबल संघले कर चुक्ता लिन बाँकी नै रहेको खुलासा भएको हो । यस विषयमा राखेपका खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेलले एन्फाले कर चुक्ताको प्रमाण पत्र पेश गरेको बताए । एन्फाले बुझाएको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि नक्कली रहेको भन्दै उजुरी परेको छ । एन्फाले पेश गरेको…
काठमाडौं। काठमाडौँको गौशालामा एक पुरुषमाथि लुटपाट गरेको अभियोगमा एक महिलासहित चार जना पक्राउ परेका छन् । गेस्टहाउस जाउँ भन्दै महिला लगाएर प्रलोभनमा पारी एकान्त ठाउँमा लगेर लुटपाट गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको पिप्ले घर भई हाल काठमाडौँको सिफल बस्ने १९ वर्षकी रस्मी क्षेत्री, पर्साको वीरगन्ज महानगरपालिका ३२ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका परबेस अन्सारी, सोही ठेगानाका १८ वर्षकै नजमुदिन अन्सारी र गोरखाको गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका जनेद हुसेनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। गएको शुक्रबार बेलुकी साढे १० बजे बत्तिसपुतलीस्थित सडकबाट ‘गेस्टहाउस जाउँ’ भन्दै लगेर युवतीले…
पाटन (ललितपुर), २८ माघः रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ । भारत आसामको गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख महर्जनसहित पर्यटन, संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, वडा ६ का वडाअध्यक्ष रूपेन्द्रराज शाक्य र वडा नं १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः…
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए। उनले भने, “हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुप¥यो ।” विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए । उनले भने, “नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर ÷पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४औं वर्षमा प्रवेश गरेको छ। विसं २०४७ सालको संविधानमा सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संबैधानिक निकायको रूपमा आयोगको स्थापना गर्ने बताइएको थियो । सोही संवैधानिक व्यवस्थाअनुरूप विसं २०४८ सालमा बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअन्तर्गत आयोगको स्थापना भएको हो। सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ ।
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा आज राति सम्पन्न भएको छ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए । जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्राङ्गणबाट सुरू भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचालगायतका टोलमा परिक्रमा गरि मनाइएको हो । श्री स्वस्थानी व्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा ब्राम्हणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्त दिँदै आएको उनले बताए । यसवर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमारको रुपम प्रस्तुत गर्दै हात्तीमा (पुलुकिसी)मा…
काठमाडौँ । आइतबार एक विशेष सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेर अवैध अनलाइन जुवा, सट्टेबाजी, अनलाइन ठगी, क्रिप्टोकरेन्सीलगायत कारोबारका आरोपीलाई पक्राउ गरेको छ। धेरै सूचना नचुहाएको प्रहरीले त्यहाँबाट कम्प्युटरलगायतका डिभाइस बरामद गरेको र करिब दुई दर्जन आरोपीलाई पक्राउ गरेको जनाएको छ। के गतिविधि भएको थियो र कस्ता ठगी भएका थिएलगायतका विषय पत्रकार सम्मेलनबाट जानकारी गराउने प्रहरीको तयारी छ। आइतबार नै प्रहरीले बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीय सृजना पौडेललाई पक्राउ गरेको थियो । अन्य तीनजना व्यक्ति मध्ये बुढानिलकण्ठमा बसोबास गर्ने एकजना पनि अहिले प्रहरी…
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको छ। आइतबार तल्लो तहमा पठाइएको परिपत्र अनुसार देशभरका ७७ वटै जिल्लाको इन्चार्ज तोकिएको हो। माओवादी केन्द्रले काठमाडौँ जिल्लाको इन्चार्जमा हिमाल शर्मालाई जिम्मेवारी दिएको छ। त्यस्तै भक्तपुरका दिलिप कुमार प्रजापति ललितपुरमा हरि दाहालले इन्चार्जको जिम्मेवारी पाएका छन्। सबै इन्चार्जको सूचीका लागि यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । विशेष अदालत काठमाडौँमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनाअघि पहिलोपटक दायर भएको मुद्दा पछि आइतबार साढे ८ करोडभन्दा बढीको बिगोसहित अर्को मुद्दा तयार भएको हो । आइतबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा बस्नेतसँग आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बिगो कायम गरिएको छ । अनुसन्धान हुँदा जाँच अवधिमा बस्नेत र उनका एकाघर परिवारका सदस्यहरूले कुल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ २५ पैसा आय आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय सभामा एक सिट नपुगेर अल्पमतमा रहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको आग्रहलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेका छन् । केही दिनदेखि यादवलाई कुरेर संसदमा अध्यादेश पेश समेत नगरेको सत्तारुढ दलसँग उनले शिक्षा मन्त्रालय र मधेश प्रदेशको मुख्यमन्त्री मागेको समाचार बाहिर आएको थियो । तर अध्यक्ष यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् । आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भनेका छन्, ‘यस्ता फोहोरी र…
काठमाडौँ । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गरे। त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट…
न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि निर्वाचन जितेसँगै डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डोग) को प्रमुख नियुक्त भएका एलन मस्कलाई अमेरिकीहरूको व्यक्तिगत आर्थिक डेटामा पहुँच नदिन त्यहाँको एक अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश पाउल ए एन्जलमायरले मस्क र उनका टोलीले डेटा कपी गर्ने र नास गर्ने सम्भावना रहेको भन्दै त्यसलाई रोक्न आदेश दिएका हुन । अमेरिकी सरकारी निकायको खर्च कटौती गर्नको लागि भन्दै राष्ट्रपति ट्रम्पले गैरसरकारी तवरबाट स्थापना गरेको यस संस्था डोगलाई समेत व्यक्तिगत आर्थिक डेटामा पहुँच नदिन अदालतले आदेश दिएको छ। मस्कको सक्रियतामा डोगको सबै रेकर्डमा पहुँच पुगेको भन्दै १९ राज्यका महान्यायाधिवक्ताले अदालतमा मुद्दा दायर गरेपछि यस्तो…
काठमाडौं। करिब १० वर्षअघि अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट उठाएका अरविन्द केजरीवालले भ्रष्टाचारीहरूको सफाइ गर्ने भन्दै झाडू चुनाव चिन्ह लिएर निर्वाचनमा उत्रिए । आफ्ना सबै राजनीतिक कार्यक्रममा मफ्लर स्विटर र सिरमा एउटा भिन्न पहिचानको टोपी लगाएर उत्रिने गरेका केजरीवालले आफूलाई निम्न र मध्यमवर्गीय परिवारको व्यक्ति रहेको बताउँदै आए। उनले आफूभित्र विलासिता र मोजमस्तीको शोख नरहेको भन्दै आफ्नो सामान्य जीवनयापनको परिचय दिए। तर जब उनी मुख्यमन्त्रीको रूपमा सरकारी निवास प्रवेश गरे तब उनको शोख बदलिन थाल्यो। पहिले आफूलाई कमनमेन बताउने केजरीवालले आफ्नो सरकारी निवास लाई सिसमहल बनाउन थाले। सरकारी आवास आलिसान बनाउनका लागि ४५ करोड रुपैयाँ खर्च गरेको अनुसन्धानबाट भेटियो। त्यतिमात्रै…
काठमाडौँ । विवादित धर्मगुरु विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले पोखरामा कोटी होमका लागि भन्दै ऐतिहासिक रुख र चौताराका रुख काटी उराठ बनाएका छन्। आगामी वैशाखदेखि चार महिनासम्म कोटीहोम लगाउने भन्दै समिदाका लागि पोखराका चौतारा र ऐतिहासिक रुख कटान गरिएको हो। मानव सेवा आश्रमका संस्थापक समेत रहेका उनले मानव सेवा आश्रम निर्माणका लागि भन्दै चार महिनासम्म हुने भनिएको गण्डकी सत हत्री कोटीहोम विराट महायज्ञका लागि समिदा बनाउनका लागि रुख काटेका हुन् । रुख काट्ने बेलासम्म बेवास्ता गर्दै आएको पोखरा महानगरपालिकाले अहिले भने सडक छेउका पुराना र ऐतिहासिक चौतारो कटान गरिएको बारे कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई पत्र पठाएको छ। लेकसाइडमा…
काठमाडौँ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा…
काठमाडौँ । करिब २७ वर्षपछि सत्तामा पुनरागमन हुँदै भारतीय राजधानी प्रान्त दिल्लीको विधानसभा चुनावमा बीजेपीले दुईतिहाइ मत प्राप्त गरेको छ। शनिबार भएको मतगणनामा कुल ७० सिटमध्ये ४८ सिटमा जित हासिल गरेको हो। विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र आम आदमी पार्टी मात्रै विजयी भएका छन् । पछिल्ला दुईवटा विधानसभा निर्वाचनमा शून्य सिटमा सीमित भएको भारतीय कांग्रेसले यसपटक पनि एक सिट पनि जित्न सकेन। दुईपटकसम्म मुख्यमन्त्री बनेका आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल समेत चुनावमा पराजित भएका छन्। हालका मुख्यमन्त्री आतिसीले भन्ने चुनाव जितेकी छन्। दिल्लीमा शिक्षाको सुधारमा महत्त्वपूर्ण काम गरेको भनेका मनिष सिसोधिया सोधिए पनि यसपटकको चुनावमा पराजित भएका छन्।…