बुढानीलकण्ठ नगरपालिकाको १३ मा रहेको नौलिङ भद्रकाली मन्दिरको मूर्ति चोरी भएको छ । बुधबार मन्दिरको मूर्ति चोरी भएको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार भद्रकाली मन्दिर र मन्दिर नजिकै रहेको भजन घरमा चोरी भएको हो । मन्दिर र भजन घरमा रहेको २ वटा चन्दा बक्स्, पुजा थाली अङ्खरा,करुवा लगायत चोरी भएको हो । बुढानिलकण्ठ नगरपालिकाको गाम्चामा अवस्थित नौलिन भद्रकाली मन्दिर, काली मन्दिरहरु मध्येको प्राचिन अनि मुख्य काली मन्दिर मानिन्छ। परापूर्व कालमा केहि किशानहरुले खेतमा काम गरी राखेका बेला हालको धोबीखोलाको किनारै किनारमा एकजना सानी बालिका रोएर आइरहेको देखे। किसानहरुले ती बालिकाले केहि जवाफ नदिएपछि भोकाएको हुनुपर्छ भन्ने अनुमान गर्दै, आफुहरुलाई…
Author: Kathmandu Khabar
काठमाडौं । प्रहरीले काठमाडौंको एउटा सुन गाल्ने कारखानामा छापा मारेको छ । अवैध सुन आयात गरी गाल्ने गरेको सुराकीको आधारमा प्रहरीले छापा मारेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले न्युरोडको पर्ल गोल्ड प्रालिबाट केही परिणाममा सुन समेत बरामद गरेको बताइएको छ । थप अनुसन्धानका लागि सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको भन्दै प्रहरीले जनाएको छ ।
दुबईमा जीवाश्म इन्धनको पैरवी गर्नेहरूको कीर्तिमानी सङ्ख्या प्रत्येक प्रतिनिधिमण्डलभन्दा धेरै हुँदा मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा कोइला, तेल र ग्यासका लागि बोल्ने स्वरहरू कडा भएको कार्यकर्ताहरूले बताएका छन् । विभाजन यति गहिरो छ कि नयाँ मस्यौदा सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा यो मुद्दालाई सम्बोधन नै नगर्ने विकल्पहरू समावेश गरिएको छ । यसबाट आगामी साताको अन्त्यमा हुने कठिन छलफलका लागि मञ्च तयार भएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरबले कडा धारणा राख्दै जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले बन्द गर्न त के चरणबद्ध तरिकाले घटाउनसमेत आफू बिल्कुलै सहमत नभएको बताएको छ । सात वर्षभित्र विश्वव्यापी तापक्रमले…
काठमाडौँ । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो । कपन क्षेत्रका औषधि पसलबाट लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा विभागले अनुगमन गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको…
काठमाडौं । काठमाडौं महानगरपालिकाले कानुनविपरीत सञ्चालित औषधिपसलहरु ठाउँको ठाउँ बन्द गर्ने चेतावनी दिएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले गैरकानुनीरुपमा सञ्चालित एवम् चिकित्सकको प्रस्क्रिप्सनविना नै औषधि दिने औषधि पसलहरुलाई सच्चिनको लागि १० दिनको समय दिएका हुन् । ‘काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनविना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण…
काठमाडौं । चीन भ्रमणमा रहँदा हृदयघात भएर उपचारपछि नेपाल फर्किएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि बिरामी परेका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा। अरुण मास्के सहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ । गत कात्तिक २ गते औपचारिक चीन भ्रमणमा गएको बेला हृदयघात भएको थियो । सो समयमा केही दिन उपचार गरेर उनी नेपाल फर्किएका थिए । मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।
काठमाडौँ– काँधको देब्रे भागबाट छड्के परेर देब्रे कम्मरसम्म पुगेको जनै, कम्मरमा बेरिएको धोती र कपाल खौरिएर छाडिएको लामो सर्लक्क टुप्पी। नेपाली समाजमा बिध्यमान जात व्यवस्थाको कथित उपल्लो जातिलाई जनाउन यो बिम्ब पर्याप्त हुन्छ। उनको हातमा गुलाफको एउटा रातो फूल छ। गुलाफलाई अर्को एक पुरुषले पनि समाएका छन्। ती पुरुष भने उपल्लो जातका देखिँदैनन्। उनीहरूले समाएको गुलाफलाई प्रेमको प्रतीक बनाइएको छ। पृष्ठभूमिमा पहेँलो रङ, क्यानभासमा एक्रिलिक रङमा बनेको एउटा चित्र। ललितकला प्रज्ञा प्रतिष्ठानको भित्तोमा सजिएको दृश्य हो यो। “(चित्रको) पहेँलो रङले यो माहोलमा छाएको खुशी र रोमाञ्चकतालाई दर्शाउँछ,” कलाकार अजय उपरकोटी भन्छन्, “माया त माया नै हो नि, जो, जससँग र जसरी भए…
पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निबक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसै सिलसिलामा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए । वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुह्येश्वरी यात्राको तयारी सम्पन्न भएको छ । आजदेखि सुरू हुने जात्लाका लागि हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति गुह्येश्वरी पुर्याइने छ । गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पुजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पुजिने गरिन्छ । मूर्ति गुह्येश्वरी मन्दिरमा लगेसँगै आज राति बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिने प्रचलन रहेको छ । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ । आज रातभर गुह्येश्वरी मन्दिरमा धुनी जगाइन्छ । मूर्तिलाई गुह्येश्वरीको गर्भगृहमा राखेर पूजा आराधना…
काठमाडौं । जगतपाल महाविहार कीर्तिपुर नगरपालिका, वडा नं १० मा अवस्थित छ । विहार स्थानीय जनसमुदायमा चिलंचो बहालको नामबाट बढि प्रसिद्ध छ । चिलंचो चैत्य स्थापना भइरहेको प्राङ्गणभित्र जगतपाल बर्माले निर्माण गर्न लगाएको विहार भएकाले यो विहार जगतपाल महाविहार कहलिएको छ । धार्मिक स्मारकका रूपमा स्थापित प्राचीन चिलंच्व चैत्य, कीर्तिपुर नगरका बौद्ध मार्गीहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको छ । यो बौद्ध स्मारक बुद्घ धर्मको महायान तथा वज्रयान धर्मको केन्द्ररूपमा रहेको छ । जगतपाल महाविहार प्राङ्गणमा निर्माण भईरहेका चैत्य (विहार)लाई चैत्यरङ्ग, चित्ररङ्ग भट्टारक, धर्मधातु बागीश्वर आदि नाउँबाट संम्बोधन गरिएको पाइन्छ । चैत्यरङ्ग र चित्ररंग अपभ्रंश भएर चिलंच्वु हुन गएको हो…
ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवालाई कालोझन्डा देखाउने नौजना पहिचानवादी पक्राउ परेका छन्। कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलित नौजना पहिचान पक्षधर नेता पक्राउ परेका हुन्। जिल्लामा नवनिर्मित बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताले स्वर्गीय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए। त्यसलगत्तै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईसहित रेखराज राई, चम्मर राई,…
(फाइल फाेटाे) काठमाडौं । छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो । अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी थिए ।
काठमाण्डौ – नेपालको युवा क्रिकेट टोलीले कप्तान देव खनालले एसीसी १९ वर्षमुनिको एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ । नेपाल क्रिकेट सङ्घ क्यान ले आज मङ्गलवार गरेको बिदाइ कार्यक्रममा नेपाली १९ वर्षमुनिको क्रिकेट टोलीका कप्तान देव खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका हुन् । १९ वर्षमुनिको एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ए मा छ । नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिको टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्याउन आतुर रहेको प्रतिक्रिया दिए । राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक…
काठमाडौ । बसन्तपुर दरबार क्षेत्रमा रहेको श्री कालभैरवलाई विशेष गरि आइतबार दर्शन तथा पूजा गर्ने गरिन्छ। त्रिकालदर्शी भएको तथा काल पनि उहाँकै अधिनमा रहने भएकोले कालभैरव आजुलाई ठूलो महत्व दिइन्छ। महादेवको भैरव अवतारहरूमध्ये पहिलो अवतार मानिने कालभैरवको दर्शन मात्र गरेमा पनि रोगकष्ट तथा दुस्ख अनि महादशाहरू निवारण हुने विश्वास गरिन्छ। यही सम्बन्धमा आज हनुमान ढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मन्दिरमा पञ्चबली चढाइएको छ । आज भैरवाष्टमीको अवसरमा यो बली दिइएको हो । भैरवाष्टमी शिवको क्रोध अग्निबाट आजकै तिथिमा पहिलो पटक भैरव रूप उत्पन्न भएको मानिन्छ । आजको दिन नेवास् समुदायमा अष्टभैरव दर्शन गर्न जाने परम्परा पनि रहेको पाइन्छ । विभिन्न…
काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक हाँस प्रजातिको नयाँ पंक्षी फेला परेको छ । भक्तपुरको हनुमन्ते खोला आसपासको निश्चित क्षेत्रमा देखिएको स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) उपत्यकावासीको लागि नयाँ भएको पंक्षी संरक्षकहरूले बताएका छन् । पंक्षीविज्ञ सञ्जय था श्रेष्ठका अनुसार सो पंक्षी पहिलोपटक सन् २००४ मार्च २४ मा नेपालमा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षमा २ वटा कलहाँस देखिएका थिए । यो कलहाँस पंक्षी साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको हो । हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको अनुमान श्रेष्ठले गरे । गतवर्ष पनि नारायणी नदी आसपासमामा पनि ४ वटा…
काठमाडौं : डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ । ‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यही मंसिर १६ गतेदेखि नै कार्यक्रम गरिरहेको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित शुरु भएको कार्यक्रम मंगलबारसमापन गरिँदैछ । नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार, माटोको नि:शुल्क जाँच शिविर, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ। केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको…
काठमाडौं । सरकारले सामान्यदेखि जटिल प्रकारका रोगमा प्रयोग गर्न ९८ प्रकारका औषधी नागरिकलाई निःशुल्क वितरण गर्दै आएको छ। सरकारले धेरै महत्त्व दिएर अघि सारेको यो कार्यक्रम भने कार्यन्वयनमा स्वास्थ्य सेवातर्फ लागू भएका अन्य कार्यक्रमको तुलनामा एकदमै कमजोर देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सावर्जनिक गरेको आर्थिक वर्ष २०७९ र ८० को बजेटमा आएका स्वास्थ्यका कार्यक्रमको प्रगति विवरणअनुसार सरकारले निःशुल्क गरेका सबै औषधी उपलब्ध हुन नसकेका कारण लक्ष्यअनुसारको सेवा प्रदान गर्न नसकिएको उल्लेख गरिएको छ। केही समयअघि स्वास्थ्य मन्त्रालय नै गरेको एक सर्वेक्षणले नै सरकारले निः शुल्क गराउने भनेको औषधी एकदमै न्युन मात्रामा पाइने देखाएको थियो। नेपाल हेल्थ फेसिलिटी सर्भे,…
प्रकाश सायमी गायक अरुण थापालाई धेरैले सम्झिए १ अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उनलाई सांगीतिक समाजले सम्झियो कुनै प्रज्ञा प्रतिष्ठानले। जातजातिका पार्टी वा कुनै जातीय र धार्मिक संगठनबाट पनि उनलाई सम्झिइएन । नेपालको रंगमञ्चमा क्रान्ति ल्याउने तीन नाटकमध्ये दुई दार्जिलिङबाट आएका थिए–अनि देवराली रुन्छ र रातको प्रथम प्रहर। यी नाटकका निर्देशक क्रमशः मनबहादुर मुखिया र प्रताप सुब्बा हुन्। रातको प्रथम प्रहर कथा, अभिनय र निर्देशनभन्दा यसको संगीत परिकल्पनाका कारण सफल भयो। संगीत र मञ्च परिकल्पनाले नेपाली नाट्यजगतमा…
काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अन्तर्राष्ट्रिय वाटरकलर महोत्सव भइरहेको छ। तेस्रो संस्कारण अन्तर्गतको यस महोत्सवमा ३९ देशका विभिन्न ३४० वटा कलाकृती प्रदर्शनमा राखिएको छ। महोत्सवमा १५० नेपाली कलाकारसहित ३० जना विदेशी कलाकारले सहभागिता जनाएका छन्। यस महोत्सवले नेपालको मौलिक पहिचान विश्वसमक्ष पुर्याउन सहयोग पुग्ने आयोजकले जनाएको छ। कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बंगलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपालमा आएका छन्। महोत्सवमा सहभागी तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ कलाकारका सृजना अहिले प्रदर्शनीमा राखिएको छ। अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मंसिर २० गतेसम्म चल्ने छ।
काठमाडौं । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०र१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भारतबाट चिनी…
पश्चिमबाट पूर्व सर्दै गएको बादलले सोमबार दिनभर काठमाडौंको आकाश ढाक्दा उपत्यकामा चिसो बढेको छ । आइतबारको तुलनामा सोमबार काठमाडौंको अधिकतम तापक्रम ४ डिग्री सेल्सियसले झरेको थियो । सोमबार अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भयो । आइतबार अधिकतम तापक्रम २१.२ डिग्री सेल्सियस थियो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार मंगलबार भने काठमाडौंको मौसममा केही सुधार आउन सक्छ । ‘काठमाडौंमा तत्काल वर्षाको सम्भावना छैन, आकाश बादलले ढाकेर चिसो भएको हो । आकाश खुल्दै पश्चिमी वायुको असर पूर्व सर्दै जाँदा काठमाडौंमा घाम लाग्न सक्छ,’ उनले भने, ‘मंगलबार कोशी र मधेश प्रदेशमा बदलीको सम्भावना छ ।’ हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगैै भारतको उत्तर प्रदेशको आसपासमा…
गाउँका मानिस शहर पस्ने होड बढ्दो छ । तर शहरको स्वादले गाउँलाई जित्दो छ । चिउराको ठाउँ चाउचाउले लिएको छ । मूलको पानीको सट्टा बोतलको पानीले तिर्खा मेट्ने चलन बढेको छ । अधिकांश स्कुले बच्चा जंकफुडमा रमाउन थालेका छन् । अभिभावकको व्यस्तता र बालबालिकाको रोजाइ दुवै कारण जंकफुडको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । जिब्रोको स्वादका पछि लाग्दा पछिल्लो समय हृष्टपुष्ट हुनुपर्ने गाउँका बालबालिका खिनौरा देखिन थालेका छन् । मःम, थुक्पा, चाउमिन, पानीपुरी, पिजा, बर्गरदेखि जंकफुडको सर्वत्र उपलब्धताले खानपानकै रुटिन बद्लिएको छ । बालबालिकाको स्वाद फेरिने, अभिभावकले सजिलो खोज्ने स्वार्थ मिल्दा केही अपवादका सरकारी स्कुलबाहेक अन्यत्र अस्वस्थकर खानपानको प्रभाव बढिरहेको छ । बालक देखि वृद्ध सम्म खानपान जीवनशैली पहिलाको तुलनामा निकै भिन्न भएको छ । हिजोआज धेरैजसो बालबालिकाको…
काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाललाई नियुक्त गरेको छ । भुसालललाई आगामी चार वर्षको निम्ति नियुक्त गरिएको बताइएको छ । यसअघि काउन्सिलका अध्यक्ष डा, भगवान कोइराला थिए । उनको कार्यकाल गत कात्तिक १८ गतेदेखि पूरा भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।
काठमाडौं । विश्वमा सबैभन्दा धेरै बाघ मार्ने शासकहरुमा अग्रपंक्तिमा आउँछन्, राणा प्रधानमन्त्री जुद्ध शमशेर । यकिन संख्याको तथ्यांक नभए पनि विश्वमा सबैभन्दा बढी बाघको शिकार गर्ने दुई व्यक्तिमध्ये पहिलोमा भारतीय शासक र दोस्रोमा जुद्ध शमशेरको नाम आउने गर्छ । इतिहासमा राजा–महाराजा, राणा शासक र विदेशी पाहुनाको सिकार सोखको कोपभाजनमा धेरै बाघ परे । बाघ संरक्षण गर्नु पर्छ भन्ने चेत त्यति बेला थिएन । जसका कारण बालीबाघ, जाभाबाघ, क्यास्पियनबाघ, साउथ चाइनाबाघ जस्तै पाटेबाघ पनि लोप हुने अवस्थामै पुग्यो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारत सग्रुजा स्टेटका माहाराजा रामानुज प्रताप शिंहले आफ्नो जीवनकालभरमा १७१० वटा बाघको शिकार गरेको उल्लेख भेटिन्छ । तर…
बद्रीनाथ कायस्थ यही आउने मंसिर २० गते बुधबारको सॉझबाट मंसिर २१ गते बिहीबार रातिसम्म श्री पशुपतिनाथ क्षेत्रमा अवस्थित गुह्येश्वरी शक्ति पीठमा गुह्येश्वरी जात्रा भव्यरूपमा सञ्चालन हुँदैछ । यो जात्रामा सहभागी भई धेरैभन्दा धेरै भक्तजनहरूले शक्ति प्राप्त गर्न सफल होस् । यो जात्रा कछला गा नवमी सॉझपखबाट सुरु भएर कछला गा दशमी तिथिको सॉझपखसम्म तान्त्रिक विधि विधानअनुसार भव्य शक्ति पूजा भई, अखण्ड दीपज्वाला बाली , खटमा मूर्ति राखी गुह्येश्वरीबाट पशुपतिनाथ हुँदै काठमाडौंको तलेजु भवानीमा पुर्याएर जात्रा समाप्त हुन्छ । यस जात्रामा खटमा राखिने मूर्ति हनुमान ढोका तलेजु भवानीको मूल ढोकाबाट बाहिर निकालेर खटमा राखेपछि राम्रो दर्शन हुन्छ । यस मूर्तिलाई सानो…
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पादकहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा ३२ सिट रहेको तेस्रो दलको नेता भए पनि सरकार संकटमा नरहेको बताएका हुन् । ‘मलाई थाहा छ मेरो ससंदमा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुटनेवाला छैन’, उनले भने ।२०७९ मंसिरमा सम्पन्न निर्वाचन पछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिएपछि एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक…
अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुन लागेको हो । नाराले काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लागेको जनाएको छ । प्रतियोगितामा १६ टिमको लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको पनि…
बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८०-८१ सुरु भएको चार महिना बितिसक्दा पनि सरकारले चालु, पूँजीगत र वित्तीय खर्च गरि कूल बजेटको ९ प्रतिशत मात्र खर्च गर्न सकेको देखिएको छ। गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार गरेको सरकारको खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको हो।प्रदेश सकारले चालु आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बराबरको बजेटको ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कार्तिक मसान्तसम्ममा ९ प्रतिशत अर्थात ५ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ माात्र बजेट खर्च भएको देखिएको छ । १२ महिनामा खर्च गरिसक्नुपर्ने बजेट समानुपातिक रुपमा खर्च गर्ने हो भने कूल बजेटको प्रतिमहिना ८.३३…
तस्वीरमा देखिएको मन्दिर बुढानीलकण्ठ नगरपालिकामा रहेको प्रशिद्ध रूद्रेश्वर महादेव मन्दिर हो । रूद्रमती(धोविखोला) नदी किनारमा रहेको यो मन्दिर ऐतिहासिक मानिन्छ । गुठी संस्थानलेसमेत हेरिरहेको यो मन्दिर बुढानीलकण्ठ २ मा रहेको चपली भद्रकाली क्षेत्रमा रहेको छ । यस मन्दिरदेखि केही मिटर तल प्राचीन नौलिन भद्रकाली मन्दिर रहेको छ । नदी किनारको खोँचमा रहेको यो मन्दिर क्षेत्रमै नपुगिन नदेखिने भएकाले अझै पनि स्थानीय मन्दिरका रूपमा पुजिँदै आएको छ । ऐतिहासिक पृष्ठभूमिका यो मन्दिरको प्रचारप्रसार हुन नसकेको देखिन्छ । तस्वीरः महेश श्रेष्ठ
हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो ।समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुनु । पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको…