Author: Kathmandu Khabar

काठमाडाै । नेपालमा सबैभन्दा ख्यातिप्राप्त भीमसेन दोलखा भीमसेन भए पनि काठमाडाै, पाटन र भीमफेदीका भीमसेन निकै ख्याती प्राप्त पनि छन् । भीमसेन शक्ति सम्प्रदायका देवता भएकाले भैरवका रूपमा पनि पुजिन्छन् । उनी व्यापार र व्यापारीहरूका देवता भएकाले विशेषतः नेपालमा नेवार समुदायका व्यापारी वर्ग श्रेष्ठ, तुलाधर, कंसाकार, मानन्धर आदिले श्रद्धा र भक्तिपूर्वक मान्ने यी भीमसेनलाई हिन्दू तथा बौद्ध दुवै सम्प्रदायका मानिसहरूले पुज्दछन् । काठमाडाै उपत्यकाका व्यापारीहरूले भीमसेनको पूजा गर्नुको प्रमुख कारण यिनको बल र साहसलाई श्रद्धा र भक्तिद्वारा अविवादन गर्नु नै हो । काठमाडाै उपत्यकाका विभिन्न ठाउँहरूमा निर्मित भीमसेन मन्दिरहरूमध्ये गोकर्णेश्वरको भीमसेन टोलमा रहेको भीमसेन मन्दिर पनि एक महत्वपूर्ण मन्दिर हो…

Read More

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए । रथीमा बढुवा भएका सिग्देल सेनामा राजनीतिबाट टाढा भएका सैनिक अधिकारी हुन् । रथीमा बढुवा भएसंगै उनको २०८१ भदौपछि २४ पछि प्रधानासेनापति बन्ने निश्चित भएको छ । सेनामा वरिष्ठ रथी नै प्रधानसेनापति बन्ने प्रचलन छ ।…

Read More

काठमाडौं । डा गोविन्द केसीले अनसन सुरु गर्ने घोषणा गरेका छन् । यसअघिको सत्याग्रहमा राखेको माग राख्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यो सत्याग्रह तीन दिनसम्म चल्ने बताएका छन् । यसपालि पनि उनले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधार, सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन र सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन् । केसीले १०० शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत…

Read More

काठमाडौं । चिसोमा बैठक बस्न नसक्ने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक सरेको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्म गर्नेगरी सार्ने निर्णय गरेको हो । केही दिनअघि धुम्बाराहीमा आफ्ना निकटस्थहरूलाई बोलाएर बैठक सार्ने बारेमा छलफल गरेका थिए । उनले चिसोमा बैठक बस्न नसक्ने भन्दै चिसो सकिएपछि बैठक सार्ने निर्णय गरेका थिए । तर काँग्रेसले राष्ट्रियसभा चुनावका कारण बैठक सार्ने निर्णय भएको बताएको छ । यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो ।

Read More

काठमाडौं। पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठक सार्ने तयारीमा लागेका बेला महामन्त्रीद्वय गगन थापा र विश्‍वप्रकाश शर्मा भने राजनीतिक र सांगठनिक प्रस्तावलाई अन्तिम रुप दिनतिर जुटेका छन्। थापा र शर्माले बिहिबार साँझ काठमाडौंको एउटा रेष्टुरेन्टमा दुवै प्रस्तावमाथि छलफल गरेका छन्। महासमिति बैठक तोकिएको मितिमा हुने निश्‍चित नभएपनि राजनीतिक र सांगठनिक प्रस्तावलाई सकेसम्म चाँडो अन्तिम रुप दिने उनीहरुको तयारी छ। थापालाई सांगठनिक र शर्मालाई राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने जिम्मेवारी छ। महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा बस्ने तय छ। तर तयारी नपुगेको र चिसोको कारण देखाएर देउवाले बैठक सार्न चाहेका छन्। उनले यसै विषयमा छलफलका लागि शुक्रबार अपराह्‍न…

Read More

महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी…

Read More

काठमाडौं । सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो । निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवादेखि इन्टरनेट सेवासम्म छन् । त्यसैगरी होटेल, बैक तथा अस्पताल क्षेत्रमा पनि हड़ताल निषेध गरिएको छ ।

Read More

दैलेखमा महिला अधिकारका लागि पैरवी गर्ने व्यक्ति नै घरेलु हिंसामा परेको खुलासा भएको छ। भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य आफैँ घरेलु हिंसामा परेको खुलेको हो। कणर्ाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा नायब सुब्बाका रूपमा कार्यरत श्रीमान् नवराज शर्मा रिजालविरुद्ध निर्मलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठाडो निवेदन दर्ता गरेसँगै घटना बाहिरिएको हो । आफन्तको घरमा बसेका बेला शनिबार बिहान त्यहीँ पुगेर श्रीमानले निर्मलामाथि कुटपिट गरेपछि घटना बाहिरिएको समाचार बुधबारको गोरखापत्र दैनिकमा छ। कुटपिटबाट घाइते निर्मलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । बिहीबार दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरूपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको र आज तिल्कोत्सव मनाइएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए । त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार यज्ञ सम्पन्न भई सीतारामबीच माला साटासाट भएको पनि उनले जानकारी दिए । सप्ताहव्यापीरूपमा मनाइने सीताराम…

Read More

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक अर्ब २० करोड ८० लाख ४८० रहेको उनले जानकारी दिए । समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा रु ६० करोड ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । रु छ…

Read More

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।

Read More

काठमाडौं । चण्डोलबाट विशालनगरतिर जाँदा इक्षुमती(टुकुचा)को किनारमा रहेको एउटा भव्य देवी मन्दिर जसले पौराणिय महत्व बोकेको छ ।काठमाडौँको मध्य भागमा अवस्थित महाराजगञ्ज(उ), चण्डोल(पू), विशालनगर(द) र वालुवाटार(प)को बीचमा रहेको टुँडाल देवी  मन्दिरको दक्षिणमा  मसान रहेको छ । मन्दिर अनि मसान दुवैलाई अति पवित्र मानिन्छ । टुँडालदेवी नजीकैको अर्को देवगण भाटभटेनीलाई यिनको छोरी ज्वाँई भनेर मानिएको छ । वर्षेनी चैत्रशुक्ल पूणर्िमामा टुँडालदेवीको परम्परागत जात्रा चलाईन्छ जसमा भाटभटेनीको विशाल मूर्ति टुँडालदेवी मन्दिरमा ल्याईन्छ । यो जात्राको महत्त्व पूणर् भाग हाँडीगाउँको गहना पोखरीमा सम्पन्न हुन्छ । टुँडालदेवी खटजात्राबारे प्रख्यात कथन अनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी भन्ने छ । यसबाट…

Read More

रुसले हालै फिनल्यान्डसँगको सीमामा पक्राउ परेका विदेशी आप्रवासीहरूलाई युक्रेनसँगको युद्धका सहभागी गराउने उद्देश्यले सेनामा भर्ती हुन लोभ्याउने प्रयास गररिहेको छ। गैरकानुनी रूपमा रुस प्रवेश गर्न खोज्दा रुस(फनिल्यान्ड सीमामा पक्राउ परेका अवैध आप्रवासीहरूलाई हरिासतमा लइिएको केही दनिभत्रिै युक्रेनी सीमानजकिै अवस्थति सैन्य शविरिहरूमा लगएिको प्रमाण बीबीसीले फेला पारेको छ। आप्रवासनसम्बन्धी नयिम उल्लङ्घन गरेकाहरूलाई आफ्नै देश फर्तिा पठाउनुअघि राखिने बन्दी केन्द्रहरूमा बिभिन्नि प्रलोभन देखाएर उनीहरूलाई युक्रेनसँगको युद्धमा सैनिकका रूपमा लड्न पठाइने अभ्यास नयाँ होइन। तर फनिल्यान्डसँगको १,३४० कलिोमटिर लामो सीमामा विदेशी आप्रवासीहरूको सङ्ख्या बढ्न थालेपछि त्यसरी लडाकुका रूपमा भर्ती गरनिेहरूको सङ्ख्या पन ह्वात्तै बढेको छ। फिनल्यान्डले रुससँगका आफ्ना सबै आठवटा सीमानाका अस्थायी रूपमा…

Read More

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश कृष्णराम कोइरालाको आजको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि खाँणबारेको निणर्य रोकिएको थियो। खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा निणर्यको अधिकार सरेको थियो। यसअघि खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ…

Read More

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरीले सफाइ पाएका हुन्।जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिइन्। त्यस्तै सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेस प्रदेशका सभासद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएको छ । अदालत स्रोतका अनुसार प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धी कसुर गरेकाले सोही १३(३) बमोजिम जन्मकैद सजाय भएको छ। तत्कालीन मधेस दलका…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिने । “निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ”, उनले भने, “सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।” रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली…

Read More

मलेखु । सयौँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । सयौँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान…

Read More

सन् १६६७ मा निर्मित नारायण (भगवान विष्णु) लाई समर्पित मन्दिर ढुङ्गाले पक्की आँगनमा टाँसिएको छ र हरेक दिन बिहान बेलुका भजन मण्डलीले जीवन्त हुन्छ। मन्दिर प्यागोडा शैलीको छ र सुनको छाना र ढोका तोराना छ । मन्दिरको मुखमा रहेको पाँचवटा “गरुड” गुरुको रक्षा गर्ने कछुवाहरूले समर्थन गरेको अग्लो स्तम्भको शीर्षमा बसेका छन्। अगाडिको ढोकामा चारवटा स्तम्भहरू छन्, दुईवटा अग्लोमा शंख र डिस्कस र अन्य दुईवटा छोटो स्तम्भमा नेपालको झण्डा बोकेका सिंहका मूर्तिहरू छन् । किंवदन्तीअनुसार भक्तपुरका एक कृषक आफ्नो गह्रौं कृषि कार्यका कारण आफ्नो मन पर्ने चाँगु नारायण मन्दिर जान पाएनन् । उसले टाढैबाट प्रार्थना गर्यो र आफ्नो दैनिक कामहरू…

Read More

काठमाडौं । साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख भएको प्रकाशमान बताउँछन् । मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । भूकम्पपछि भने धेरै ठाउँमा कुलो…

Read More

काठमाडौँ –  काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।  काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्खा प्रतिबन्ध गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए । उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । उनले अनुगमनको लागि…

Read More

दक्षिण भारतीय फिल्म ‘सलार’ मा नेपालकी गायिका मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। बुधबार निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के’ बोलको हिन्दी गीत रिलिज गरेको हो। गीत हम्बले फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्। गत आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म  ‘सलार’ मा गीत गाएको जानकारी दिएकी थिइन्। सोही गीत आज सार्वजनिक गरिएको हो। पौडेलले भनेकी थिइन्, ‘म एकदमै उत्साहित छु। किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ। यो ‘सलार’ फिल्मको गीत हो। यो मेरो पहिलो टर्निङ पोइन्ट हो।’ ‘इन्डियन…

Read More

काठमाडौं । बाल्टिनको पानीमा डुबेर काठमाडौंमा नाबालिकाको मृत्यु भएको छ।  मंगलबार दिउँसो गोकणर्ेश्‍वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि नाबालिकालाई निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लगिएको थियो।  अस्पतालमा लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Read More

पछिल्लो  २४ घण्टामा देशका विभिन्न स्थानमा दुई  जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका-५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

Read More

भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए ।   सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एकजना ओभरहेड दर्शक दीर्घाबाट संसदको तल्लो सदनको भुइँमा फाल हानेका थिए । अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले…

Read More

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने भन्दै काँग्रेस महामन्त्री गगन थापाले कडा टिप्पणी गरेका छन् । बुधबार अनुपम फुड ल्याण्डमा आयोजित एक कार्यक्रममा उनले यस्तो कडा टिप्पणी गरेका हुन् । उनले सभापति देउवा एउटा गुटको मात्रै संरक्षक भएको आरोप पनि लगाएका छन् । ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ’, उनले कार्यक्रममा भने, ‘देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस यो भन्दा अझै खराब अवस्थामा पुग्छ।’ उनले सभापतिको विकल्प खोज्नका लागि अब सबै एक भएर लाग्नुपर्ने बताए । ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने, ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै…

Read More

बुद्धले सम्पूर्ण तन्त्र बोधिसत्व बज्रपाणीलाई दिनुभएको हुनाले उहाँ बौद्ध तन्त्रको संरक्षक मानिन्छ। हामी सबैले अर्थात बौद्ध धर्ममा आस्था राख्ने र बौद्ध गुम्बाहरूमा प्रवेश गरेका जो कोहीले पनि हातमा बज्र समातेको, उग्ररूप भएको चित्र वा थान्का बुद्धहरू भएको समिप्यमा र अरू बोधिसत्वहरू सँगसँगै भएको देख्न सकिन्छन् । प्राय:जसो अक्षोभ्य बुद्धसँग धेरै ठाउँमा देख्न सकिन्छन् । उनले नागहरूको गहना लगाएको हुन्छन् । साथै, हातमा खड्ग लिएको उग्र रूपमा देख्न सकिन्छन् । ती हुन् बज्रपाणी बोधिसत्व । उग्ररूपको अर्थ हो-संसारमा व्याप्त अज्ञानता, लोभ, लालच, भय र अन्य अकुशल कर्महरूप्रति दण्डित र त्रसित गर्नु । बज्रपाणिको त्यो उग्ररूपले त्यसलाई सम्बोधन गरी रहेको हुन्छन्। अम्बट्ठ…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत…

Read More

काठमाडौं । चोलेन्द्रको निलम्बन फुकुवा गरेर विवादमा आएका संसद्का निवर्तमान महासचिव भरतराज गौतमलाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाउने भएको छ । एमाले निकट स्रोतका अनुसार उनलाई राष्ट्रिय सभाको सदस्यका लागि उम्मेदवार बनाउने सर्तमा नै राजीनामा दिन लगाएको एमाले स्रोतले जानकारी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले आफ्नो व्यक्तिगत कारण बताउँदै राजीनामा दिएका थिए । तर उनको राजीनामा कुनै व्यक्तिगत नभई संसद्को राजनीतिकसँग…

Read More

काठमाडौं । राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि २०२६ सालमा नेपालमा पनि एउटा सुसङ्गठित बजार स्थापना गर्ने इच्छा व्यक्त गरेपछि स्थापना भएको थियो विशालबजार । त्यतिबेला यसमा सबै लगानी गर्ने हैसियत र तत्परता निजी क्षेत्रको नभएकाले केही सरकारी संस्थानहरूलाई पनि लगानी गर्न लगाइएको थियो। २०२६ साउन १४ मा वाणिज्य विभागमा र सोही वर्ष साउन २७ मा उद्योग विभागमा कम्पनी ऐन, २०२१ बमोजिम यो संस्था दर्ता भएको थियो। सुरुमा अञ्चलाधीश नै सञ्चालक समितिका अध्यक्ष वा सञ्चालक हुने गरेका थिए। नाम                                    रकम नेपाल…

Read More