काठमाडौ । सर्वाेच्च अदालतले जनयुद्ध दिवसमा बिदा नदिन सरकारको नाममा आदेश जारी गरेको छ । शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । द्वन्द्वकालमा पिता मारिएका अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमा अदालतले यस्तो आदेश जारी गरेको हो । फागुन १ लाई सरकारले बिदा दिने यसअघिको निर्णय कार्यान्वयनमा रोक लागेको हो ।
Author: Kathmandu Khabar
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज शुक्रबार नै फैसला आउने भएको छ। जवाफी बहस सकिएर न्यायाधीशले फैसला लेख्न सुरु गरेका छन्। आज साँझ करिब ७ बजेतिर आदेश आउने बताइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले साँझ ७ बजेसम्म बसेर आदेश लेख्ने जानकारी गराएका इजलासमा बसेकी अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन्।
काठमाडौं । पाटन उच्च अदालतले ईपीएस परीक्षामा सहभागी सबैलाई परीक्षामा सहभागी गराउन ईपीएस कार्यालयलाई आदेश दिएको छ । सबैले परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि शुक्रबार अदालतले यस्तो आदेश दिएको हो । रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा गरेको प्रदर्शनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेपछि प्रहरीले गरेको फायरपछि दुई जनाको ज्यान गइसकेको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका…
ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । उहाँले उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताउनुभयो । घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार…
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।
काठमाडौं । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर…
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नै पशुपति क्षेत्रमा सांस्कृतिक हस्तक्षेप गरेको छ । पशुपति दक्षिण ढोका अगाडि रहेको बच्छलेश्वरी जात्रामा रथ राखेर पूजा गर्नुपर्ने पुरातात्त्विक यन्त्र हटाएपछि यसको विरोध भएको छ । पशुपति क्षेत्र विकास कोषद्वारा विनासूचना जथाभावी यो हटाएको भन्दै विरोध सुरु भएको ५ । पछिल्लो समय गैरधार्मिक व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषमा नियुक्ति गरेको भनेर विरोध भइरहँदा यन्त्र हटाएपछि धार्मिक क्षेत्रका व्यक्तिहरू सशंकित बनेका छन् । धार्मिक अभियान्ताहरूले यो यन्त्र तत्काल स्थापित नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्त भएकी लक्ष्मी पुनको नियुक्ति विवाद संसद्ममा पुगेको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यकारी निर्देशक नियुक्तिबारे कागजात माग गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको मन्त्रीस्तरीय निर्णयबाट सो नियुक्ति भएको थियो । फरक धर्ममा आस्था राख्ने व्यक्ति पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक बनेको भन्दै चर्को विरोध भएको थियो । समितिको बैठकमा विभिन्न दलका सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिबारे प्रश्न उठाएका थिए । समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले ३ दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र…
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्र सरकारले उपमहानगरपालिकालाई बेवास्त गरेको भन्दै आक्रोशित भएका उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका हुन् । धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो गर्दै आएका उनले बुधबार देशका दुवै शीर्ष व्यक्तिको फोटो आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गरेका थिए । उक्त घोषणाअनुसार प्रमुख साम्पाङले आफ्नो कार्यकक्षको भित्तामा राखिका राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइदिएका हुन्। यलम्बर प्रथम किराती राजा थिए। उनले किरातीहरूको रहनसहन व्यापार लगायत रीतिथिति, संस्कार, संस्कृति जोगाउन भूमिका खेलेको मानिन्छ। धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर उनै…
काठमाडौं । नेपाली जनताहरुले सामन्तवाद तथा निरंकुशताविरुद्ध वि.सं. १९८० को दशकदेखि संगठित आन्दोलन सुरु गरेका थिए । त्यो समयमा प्रत्यक्षरुपमा सामन्तवाद तथा निरंकुशताको प्रतिनिधित्व गर्ने संस्था निरंकुश जहानीया राणा शासन थियो । स्वभाविकरुपमा त्यसबेलाको आन्दोलन जहानिया शासनको विरुद्ध लक्षित थियो । सन् १९४० अर्थात् विसं. १९९७ सालमा नै काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा राणा शासनविरुद्ध ठूलो प्रदर्शन भएको थियो । त्यो समयमा वृटिश शासनको विरुद्धमा भारतमा स्वतन्त्रताको लागि आन्दोलन चलेको थियो । त्यो आन्दोलनको नेपालमा पनि प्रभाव परेको थियो । प्रचण्ड गोर्खा (१९८७) र नेपाल प्रजा परिषद (१९९३) जस्ता राजनीतिक संस्थाहरु राणा शासनको विरुद्धमा संगठित आन्दोलनको सुरुवात गर्ने उद्देश्यबाट खोलिएका थिए…
काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गरयो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजलले ४८ बलमा आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन । बिमला मलाहले ४ रन जोडिन । सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित…
स्वर्गीय राजकुमार रवीन्द्र स्वर्गीय राजा महेन्द्रका जेठा छोरा थिए। उनको जन्म सन् १९३९ जुलाईमा राजा महेन्द्रकी पहिलो अनौपचारिक पत्नी गीता गुरुङबाट भएको थियो । उनले लखनउ (विद्यालय स्तर) मा अध्ययन गरे र थप केएम कलेज दिल्ली, भारत र पछि, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालय, नेपालबाट स्नातक गरे। उनको विवाह स्वर्गीय मेजर जनरल दैज्जेल जंगबहादुर राणाकी छोरी चन्दराज्यलक्ष्मी राणासँग सन् १९६६ मा भएको थियो । उनी एक भावुक कवि, गीतकार थिए र उनलाई आफ्ना पिता राजा महेन्द्र जस्तै संगीतमा ठूलो रुचि थियो। उनका गीत र कविता समेटिएका करिब ४००–५०० पुस्तक आज प्रकाशित छन् । ‘रानी तलाउ किनारा’, ‘ढल्की-ढल्की न हिँड नानी’, ‘फूलको…
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल हुने नेपाली काँग्रेसले जनाएको छ । बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । आइतबारदेखि सुरु भएको सो बहस सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण रोकिएको थियो । बुधबारबाट भने फेरि बहस सुरु भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । बुधबार जाहेरवालाका तर्फबाट बहस सुरु भएको छ भने जाहेरवाला र सरकारी वकिललाई आज खाजा समयभित्र बहस सक्न भनिएको छ । अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार खाजा समयपछि सन्दीपका वकिलहरूले बहस थाल्नेछन् । सन्दिपका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने सन्दीपको मुद्दामा फैसला आउने छ ।
भरतपुर । चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने गरेका छन् । त्यो प्रथा अहिले पनि कायमै छ । मानव विकास सूचकाङ्कमा पछि परेको तथा वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी मानिने यो समुदायले चिउरीको रूखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्छ । यो समुदायले परम्परागत पेसाका रुपमा माछा मार्ने, चराचमेरा तथा साना जङ्गली जनावरको सिकार गर्ने गर्दछ । परम्परागत सीपबाट डोको, डालो, नाम्लो, अम्रिसोको कुचो, जाबी बुनेर त्यसबाट आम्दानी पनि उनीहरु गर्ने गर्दछन् । अहिले बिस्तारै जीवनशैली परिवर्तन गर्दै गरेका चेपाङ समुदायले चिउरीको मह बनाउन लागि मौरीपालन पनि सुरु गरेका छन् । चेपाङ समुदायको उत्थानका लागि बागमती…
काठमाडौं । गत साउन महिनामा पत्रकार कुट्दा पनि माफी पाएका बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीका स्वकीय सचिव (पीए) रवीन्द्र अधिकारीले नगरपालिकामा नै कर्मचारीमाथि कुटपिट गरेका छन् । सोमबार नगरपालिकाको प्राङ्गणभित्रै अधिकारीले कार्यालय सहायक किशोर बरुवालमाथि कुटपिट गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको स्विट्जरल्याण्ड पार्कमा नगरपालिकाका कर्मचारीद्वारा आयोजित वनभोज कार्यक्रम सकेर फर्किएका बरूवालमाथि बसको ड्राइभरलाई गीत बजाउन लगाउने विषयमा विवाद भएपछि कुटपिटमा उत्रिएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् । ती कर्मचारीका अनुसार फर्किने क्रममा बसमा पूर्व नगरप्रमुख उद्धवप्रसाद खरेलको पालामा रेकर्ड गरिएको नगर गीत बझाउनका लागि बरुवालले बसका चालकलाई अनुरोध गरेका थिए । तर बरूवालको प्रस्तावमा अधिकारीले असहमति जनाएका थिए…
मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झिहाल्छौँ । हामीमा विदेशी प्रभाव यति भइसक्यो कि उस्तै परम्पराको हाम्रो संस्कृति भुल्दै गएका छौँ भने विदेशी पर्व अँगाल्दै गइरहेका छौँ । ‘भ्यालेन्टाइन डे’ मात्र होइन ‘अप्रिल फुल’, ‘ह्यापी न्यू यर’जस्ता धेरै यस्ता पर्वहरू हामीले अँगाल्दैछौ । जुन पर्व हाम्रो नेवा संस्कृतिमा पहिले नै विद्यमान थियो । मतिना भन्नाले माया वा प्रेम हो भने पारु भन्नाले एक तिथि हो । यसरी मतिना पारु भन्नाले माया प्रेम गर्नेहरूको दिन वा दिवस भन्ने बुझिन्छ । नेपाल मण्डलमा योमरी पूर्णिमाको भोलिको दिन थिंल्लागा पारु (प्रतिपदा)…
धेरैलाई याद होला नहोला नेपालका पुरानो बियरबारे । कतिलाई त अझै पनि यसको स्वाद थाहा होला । पढौ नेपालमा बियरको कथा । हुन त नेपाल ब्रुअरी लिमिटेडको स्थापना २०२२ सालको पुसमा भए पनि यसले आफ्नो उत्पादनको थालनी गर्न भने करिव ६ वर्ष लगायो । यस बिच यो कम्पनीले जर्मनबाट प्लान्ट ल्याएर हेटौडामा जडान गर्यो । यसरी सम्पूर्ण तैयारी पछि २०२८ सालमा नेपालमा नेपालकै पहिलो उत्पादनको रुपमा स्टार बियर शुरु भयो । यो नेपालको पहिलो बियर मात्र थिएन । आफ्नै ब्राण्डमा तैयार भएको बियर पनि थियो । जर्मनबाट मेशिन ल्याएर जडान गरे पनि उत्पादन भने आफ्नै किसिमको थियो । यस स्टार…
काठमाडौँ – ऐतिहासिक वसन्तपुरलाई पर्यटकीय स्थलको रुपमा लिइन्छ । जहाँ हनुमानढोका दरबार, सानो पशुपतिनाथ मन्दिर, कालभैरव र न्यातपोल मन्दिर छन् । ऐतिहासिक संग्रहालय धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहर छन् । केही दूरीमा धरहरा समेत छ । धरहरा र वसन्तपुर नजिक लगनमा १२ वर्षे इनार पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । उक्त पर्यटकीय र धार्मिक इनारको नाम नेवारी भाषामा ’जपटु’ हो । जुन मञ्जु मञ्ज बज्राचार्यले जप गरेर बनाएको ऐतिहासिक किंवदन्ती छ । जप गरेर बनाएकाले नेवारी भाषामा यसलाई ’जपटु’ भनिन्छ । यो जमिन मुनि सात तलासम्म छ भन्ने जनविश्वास छ । यो १२ वर्षमा एक पटक सफा गरिन्छ त्यसैले पनि यसलाई १२ वर्षे इनार…
काठमाडौं । जनताको चुलो महँगिएको छ । रोजगारीको अवसर सिर्जना भएका छैनन् । देशमा बस्ने भन्दा पनि निराश हुँदै विदेश जानेको संख्या बढ्दो छ । सेयर बजार लामो समयदेखि सकारात्मक छैन । व्यापारिक सटरहरू बन्द भइरहेका छन् । अर्थतन्त्र सकारात्मक नभएको भन्दै गुनासो छ । देशको अर्थतन्त्रको बागडोर कांग्रेससँग छ । अर्थमन्त्री देउवा परिवारका विश्वासपात्र प्रकाशशरण महत छन् । तर, अर्थतन्त्रमा देखिने काम नभएको उनकै पार्टीबाट आरोप लाग्ने गरेको छ । केन्द्रीय सदस्य पौडेल सरकार सफल नहुनुमा बढी भागिदार प्रधानमन्त्री हुने भए पनि सरकारमा बसेपछि कांग्रेस पनि उत्तिकै भागिदार हुने बताउँछन् । आर्थिक संकट हल गर्न देखिने गरी काम हुन…
ताप्लेजुङ । किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा आज उद्यौली पर्व अर्थात् चासोक तङ्नाम धुमधामका साथ मनाइएकाे छ । विशेष गरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रमा पूजाआजासहित विविध कार्यक्रम गरेर यो पर्व मनाइएको हो । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने गरिन्छ। बाली उब्जाइदिने प्रकृति, जल, जमिन, वायु, अग्नि (सूर्य) लाई प्रकृतिदेवीका रुपमा मानेर पुजा गर्ने परम्परा रहेको छ । किरात समुदायमा चासोक तङ्नाम भनेको अन्नप्रति सम्मान गर्नु हो । किरात लिम्बू समुदायले अन्नलाई एक प्रकारको देवताका रुपमा मान्ने गरेका छन् । पैयूँ फुल्ने, माछा र चरा दक्षिण तिर लागेको उँधौली यामको…
काठमाडौं । माओ दिवसको अवसरमा मोहन वैद्यका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीसँग सामान्य विवाद भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा भएको कार्यक्रममा वैद्य माओवादीका कार्यकर्ताले बाटोमा अवरोध गरेपछि खुलाउने क्रममा उनीहरूबीच विवाद बढेको हो । बाटो खुलाउन खोज्दा वैद्यका कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
काठमाडौँ । सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ । सरकार जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक…
काठमाडौँ । अग्रज सर्जक तथा लेखक तिलकप्रसाद लुईटेलको निधन भएको छ । मृगौला सम्बन्धि रोगबाट ग्रसित लुईटेलको मंगलबार बिहान ७ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। शुक्रबारदेखि श्वासप्रश्वास समस्या देखिएपछि उहाँलाई आईसीयुमा राखिएको थियो। सोमबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। लामो समयदेखि बुढानीलकण्ठ १० मा बसोबास गर्दै आएका लुईटेलले चार वेदलगायत अनेकौं संस्कृत ग्रन्थहरूको अनुवाद गरेका छन् । उनको उपचार गर्न आर्थिक अभाव भएका कारण सहयोग पुर्याइदिन एक अपीलसमेत सार्वजनिक गरिएको थियो। २०१९ साल वैशाख १ गते जन्मनु भएका लुइटेलको ६१ वर्षको उमेरमा निधन भएको हो । ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्तलगायत…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् ।उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई बिदा गर्ने संकेत गर्दै सम्बोधनका क्रममा भने, “म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ-आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद…
काठमाडौ । देशका होनाहार युवा विदेश पलायन हुनेक्रम बढ्दै गएको छ, यसलाई बेलैमा रोक्न सकिएन भने देश र हाम्रो सन्ततिको भबिष्य अन्धकार तर्फ धकेलिन्छ । यसप्रति आफुलाई चिन्ता लागेको छ । सरकारको ध्यान यसतर्फ जावस । यी भनाई आबिस्कारका अभियन्ता, नेपाल आबिस्कार केन्द्रका संस्थापक महावीर पुनका हुन । उनले राजधानिको सुकेधारास्थित बागमती बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो छैटौँ विज्ञान तथा शैक्षिक प्रदर्शनीका क्रममा आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा बल्ने क्रममा बताएका हुन । अभियन्ता पुनले अरुले गरेनन्, सरकारले गरेन भन्नुभन्दा आफूले गरेर देखाउनुपर्छ भन्ने भावना युवामा जागृत भए देशको उन्नति हुन कसैले रोक्न नसक्ने बताएका थिय । मनतब्यको क्रममा पुनले…
किरात राईहरुको साकेला ,साकेन्वा उभौली उधौली र सिली: किरात राईहरूको आस्थाको धरोहर साकेन्वा सिली मुख्य हो। संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आबद्ध रहेका हुन्छन् । यो उनीहरूको ऐतिहासिक सम्बन्धको मुख्य अंश चिनारी पनि हो। मानवको सृष्टिसँगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप निर्धारण गर्न पुगेपछि यसैलाई आजसम्म किरातिजगतले निरन्तरता दिई आएका छन्। यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुन्छ। यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी हामी सबैको काधमा आएको छ। किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेला ,साकेन्वा उभौली र…
आज मंसिर शुक्ल पूर्णिमाका दिन देशभरका विभिन्न समुदायले आ-आफ्ना विशेष पर्वहरू मनाउने गर्छन् । पूर्वका किराँतदेखि पश्चिमका खसहरूसम्मले यस दिन विशेष रूपमा मनाउने गर्छन् । यस दिन मनाइने करिब दर्जन बढी पर्वहरूको सूची निम्नानुसार छ । पूर्णिमा व्रत शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा…
काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ…
भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ ।…