Author: Kathmandu Khabar

साहित्य/निबन्ध योगेन्द्र उपाध्याय ‘पुष्प’ कहिलेकाँही मनमा आउने सवालहरुले मस्तिष्कलाई विचलित गराउँछन् । विचलित गराउने प्रत्येक प्रश्नहरु महत्वपूर्ण पनि हुँदैनन् तर महत्वपूर्ण नठानिएका प्रश्नहरु नै हुन् जसले विचलनको स्थितीसम्म जो कोहिलाई पनि पुर्याउने क्षमता राख्दछन् । महत्वपूर्ण ठानिएका प्रश्नहरु उत्तरसमेतका हुन्छन् । या भनौं महत्वपूर्ण रहेका विषयवस्तुहरुमाथिको गरिएका प्रश्नले नै मानिसलाई भौतिक विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो जस्तै यो जंगलमा रहेको बिरुवा घर आफू बस्ने ओढार नजिकैको स्थानमा गएर रोप्दा के होला? भन्ने प्रश्नले कृषिक्रान्तिको सुरुवात भयो भने केट्लीको ढक्कन बाफले कसरी उचाल्न सक्यो होला? भन्नेप्रश्नलेअठारौंशताब्दीमाऔद्योगिकक्रान्तिकोसुरुवातगर्यो। चरा कसरी उड्यो? पानी किन पर्छ? स्याउ कसरी खस्यो? मानिस बिरामी कसरी पर्छ? जस्ता…

Read More

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले करिब सवासय वर्षअघि फर्पिङमा नेपालकै पहिलो जलविद्युत् आयोजना बनाएका थिए। अहिले बन्द रहेको यो आयोजनाको जलभण्डारबाट करिब १०० मिटर उत्तरमा स्थानीय विकास श्रेष्ठ रेस्टुरेन्ट चलाउँछन्। पुरानो शैलीको घर भाडामा लिएर उनले रेस्टुरेन्ट चलाएका हुन्।  रेस्टुरेन्टलाई पुराना शैलीका भाँडा, राणाकालीन इँटालगायत सामग्रीले सजाएका छन्। यहाँ आउनेहरूले घर र सजावटको प्रशंसा गर्ने गरेको उनी बताउँछन्। तर पुराना शैलीका घर अहिले काठमाडौँ उपत्यकाको शहरी र आसपासका क्षेत्रमा देखिँदैन। फाट्टफुट्ट भेटिने यस्ता घर पनि अब भत्काइने समयको पर्खाइमा छन्। कतिपय घर आठ वर्षअघिको भूकम्पले कमजोर बनाएपछि बस्नयोग्य छैनन्। यद्यपि, शहर र आसपासमा भेटिने केही घर पुरानो समयका साक्षी बनेका छन्। ललितपुर…

Read More

काठमाडौं ।  माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो। टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ। टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो। टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्। उत्पादनपछि धेरै चाकु बजार पुगिसकेको छ। चाकु चिसो लागेका बेला पनि…

Read More

काठमाडौँ । सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो । २४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो । मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर…

Read More

काठमाडौं। ठेक्का लगाएको एक वर्षपछि बल्ल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ६ लाख कार्ड ल्याइएको छ।यातायात व्यवस्था विभागले गत वर्षको माघमा तीन महिनाभित्र उपलब्ध गराउने गरी १२ लाख स्मार्ट कार्ड खरिदको ठेक्का दिएकामा जर्मन ठेकेदार कम्पनीले गएराति ६ लाख कार्ड उपलब्ध गराएको हो। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले गएराति कतार एयरवेजको जहाजमार्फत कार्ड प्राप्त भएको जानकारी दिंदै प्रयोगशाला परीक्षण गरेपछि लाइसेन्स छपाइ थाल्ने बताए। उनका अनुसार प्रयोगशाला परीक्षण गर्न एक साता लाग्छ। ‘६ लाख कार्ड एयरपोर्ट भन्सारमा आइपुगेको छ। सबै प्रक्रिया पुर्‍याएर आइतबारतिर छुटाउँछौं,’ उनले बिजमाण्डूसँग भने, ‘प्रयोगशाला परीक्षण गरेपछि दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारीमा छौं।’ उनका अनुसार ठेकेदार…

Read More

काठमाडौं । बुढानीलकण्ठ क्षेत्रको पूरानो पानी उत्पादन तथा वितरण गर्ने कपन जोरधारा खानेपानी संरक्षण संस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । ठाकुरप्रसाद खकुरेल नेतृत्वको समितिका बरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद सापकोटा संस्थाको नयाँ अध्यक्ष भएका छन् । असरल्ल र आलोचनाको शिकार भैरहेको संस्थाको नयाँ पदाधिकारी बन्न धेरै जना इच्छुक देखिएपछि ढिलो गरी चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुमार कसुज श्रेष्ठ तथा महासचिव भेषबहादुर डोटेल चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा तपन पोखरेल चयन भएका छन् भने सचिवमा प्रकाश कटवाल चयन भएका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पद खानका लागि लामै रस्सकस्सी भएपछि अधिवेशन सकिएको लगभग एकहप्तापछिमात्र कार्यसमिति चयन प्रकृया…

Read More

काठमाण्डौ – काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले आउँदो माघ १ गतेदेखि काठमाण्डौ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी माघ १ गतेदेखि काठमाण्डौ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी गएको बुधवार बेलुकीदेखि फेरि काठमाण्डौमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने सहमति भएअनुसार बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पथान्तरण गरिएको छ । निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाण्डौ पथान्तरण गरिएको हो । ,…

Read More

दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना भएको छ ।  बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै  गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजे राप्ती नदीमा खसेको हो । बस राप्ति पुलबाट खसेर १२ जनाको मृत्यु भएको  इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बसमा करिब ३७ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार भएको जनाइएको छ । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको बताइएकाे छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

Read More

बाघभैरवलाई गोरखाका राजा पृथ्वीनारायण शाहको कुकृत्य देख्ने एउटा साक्षी देवताका रूपमा लिने गरिन्छ। पृथ्वीनारायण शाहलाई युद्धमा कीर्तिपुरका एक जना सिपाहीले काटेर मार्न खोज्दा अर्को सिपाहीले छेकेर युद्धको नियमअनुसार राजालाई राजाले मात्र मार्न पाउँछ हामीले हुँदैन भनी नमारी बचाएको मान्यता छ । त्यसपछि युद्ध भइरहेको स्थानबाटै पृथ्वीनारायण शाहलाई एक जना खड्गी र अर्को पुतवार नेवारले थानकोटबाट फर्काएर पठाएको भन्ने भनाइ छ । तर, यस्तो गुणको बदला उल्टैपछि फेरि पृथ्वीनारायण शाहले आक्रमण गरेर राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीलाई मारिसकेपछि निहत्था कीर्तिपुरका जनताको नाक काटेर १२ धार्नी नाक पृथ्वीनारायण शाहले थानकोटको त्रिभुवन पार्कनजिक न्हायद्वं भन्ने स्थानमा पुरिदिए भन्ने मान्यता छ । तर…

Read More

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आएका थिमिका सञ्जय था श्रेष्ठले बताए । यसअघि एक सय छ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाडौँ उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुइँ रविन (पाइड ह्वीटर) प्रजातिका चरासहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखीकरण गरिएको थियो । बढ्दो सहरीकरण र…

Read More

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । उनले भने, “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको…

Read More

– अच्युत रेग्मी काठमाडौं । नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले नेपालको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै शाहको तत्कालीन राज्य गोरखा, सिंहदरबारको मूलढोका तथा देशका विभिन्न स्थानमा राखिएका शाहका सालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ तर आज काठमाडौँको चन्द्रागिरि डाँडामा भने अलग्गै र नयाँ तरिकाबाट उहाँको स्मरण गरिएको छ । चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरिएको छ । त्यससमय भन्ने गरिएको नेपाल खाल्डो (काठमाडौँ उपत्यका)…

Read More

काठमाडौं। काठमाडौंको शिवपुरी बुढानीलकण्ठ राष्ट्रिय निकुन्ज अन्तर्गत गोकणर्ेश्वर नगरपालिका १ मा नागमती ड्याम बन्ने प्रक्रिया अघि बढेको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बागमती सुधार आयोजनामार्फत ७ वर्षअघि विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको नागमती ड्यामको निर्माण यसै वर्षबाट अघि बढ्ने भएको हो। धाप ड्याम निर्माण सफलतापछि त्यहाँबाट केही तल नागमती ड्याम बनाउन लागिएको हो । ड्याम बनाउन सर्भे पूरा भइसकेको र एक वर्षभित्र क्षेत्रमा सडक बनाउने र ७ हजार रुख कटान गर्ने तयारी भइरहेको छ । बाँधको इआइए अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार नागमती ड्यामका लागि ५५३ मिटर लामो बाँध बनाइने छ। यो तालको उचाई ९४ मिटर…

Read More

काठमाडौं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए। पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले सुनाए। दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध…

Read More

काठमाडौं । विसं. २०१० को एक राजपत्रमा भारतीयलाई विदेशी नभन्नू भन्ने एउटा आदेश भेटिएको छ । २०१० सालको पौष ७ गते तत्कालीन प्रधानमन्त्री राज्य व्यवस्था मन्त्रालयको सूचनामा भारतीयलाई विदेशी नभनी नेपाल र भारतबाहेकका अनेपाली नागरिकलाई मात्रै विदेशी लेख्ने आदेश भएको थियो । तत्कालीन सेक्रेटरी अच्युतराजले जारी गरेको सो सूचनामा धेरै भारतीयहरुले अझ पनि हामीलाई नेपाल सरकारबाट मुगलानीया भनी सम्बोधन गरेको भन्दै गुनासो गरेको उल्लेख छ । भारत स्वतन्त्र भएपछि यस्तो शब्द नहोस् भनी प्रधानमन्त्री छेउ निवेदन गर्दा गोस्वारा बोलीमा भारतका नागरिक मात्रका हकमा भए भारतीय र अन्य अनेपाली नागरिकजतिलाई विदेशी लेख्ने आदेश दिएको उल्लेख सो राजपत्रमा उल्लेख छ ।

Read More

फ्रान्सका ट्रेले नाम गरेका वैज्ञानिकले गरेको एक अध्ययनमा हवनका लागि मुख्यतया आँपको दाउरा सबैभन्दा उत्तम समिधा भएको निष्कर्ष निकालेका छन । आँपको दाउराबाट निस्कने धुवाँबाट फार्मिक एल्डिहाइड नामक ग्याँस उत्पन्न हुन्छ । जसले खतरनाक ब्याक्टेरिया र जीवाणु नष्ट गरी वातावरण शुद्द बनाइदिन्छ । अनुसन्धानका क्रममा उखुको सखर जलाउँदा पनि यही ग्याँस उत्पन्न हुने पुष्टि भएको थियो ।अर्का वैज्ञानिक टौटीकले गरेको एक अनुसन्धानबाट हवन गरिएको स्थानमा आधा घंटा मात्र बस्दा पनि, हवन गर्दा निस्किएको धुँवा शरीरमा सम्पर्कमा आउनासाथ टाइफाइड फ़ैलाउने जीवाणु तत्काल नष्ट भएको पाइयो । राष्ट्रिय वनस्पति अनुसन्धान संस्थान लखनऊमा गरिएको अर्को वैज्ञानिक अनुसंधानमा पनि हवनबाट वातावरण शुद्द हुनुका साथै…

Read More

काठमाडौं । नेपाल सरकार वैधानिक कानुन २००४ राणा प्रधानमन्त्री पद्म शमशेर जबराबाट नेपालको पहिलो संविधानको रूपमा वि.सं. २००४ माघ १३ गते जारी भएको थियो । यसलाई संविधान नभनी वैधानिक कानुन मात्र भनिएको थियो । यो २००५ वैशाख १ गतेबाट लागू हुने भनी घोषणा गरिएको थियो । यसका ६ भाग ६८ दफा र १ अनुसूची रहेका थिए । भारत स्वतन्त्र भएको हुनाले नेपालमा जनतालाई थाम्न नसक्ने ठानी पद्मशम्शेरले बैधानिक कानुन २००४ को घोषणा गराए। त्यो कार्यका निम्ति भारतबाट ३ जना सल्लाहकार झिकाएर नेपालको पहिलो संविधानको मस्यौदा तयार गरे। सो संविधान २००४ माघ ४ गते घोषणा गरी २००५ वैशाखसम्म लागू हुने टुङ्गो…

Read More

काठमाडौं ।  अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार  बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्। रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

Read More

काठमाडौं । मदन पुरस्कार विजेता पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय तोकिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार आरोपमा दोषी ठहर भएका उनलाई कैद सजाय तोकेका हुन्। यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई…

Read More

काठमाडौं । लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ । यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ । नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । आव २०८०/८१ सम्मका लागि संस्था नवीकरण भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए। उनले संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताए। नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित…

Read More

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिए । सरकारका प्रवक्ता मन्त्री शर्माले भनिन्, ‘मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल, नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन…

Read More

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए । उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता…

Read More

राजामती काठमाडौंकी सबैभन्दा सुन्दर नेवार केटी थिइन्, जो असफल सम्बन्धको शृङ्खलामा फसेकी थिइन् । राजामतीको कथा नेवार समाजमा प्रचलित २०० वर्ष पुरानो गीतमा आधारित छ। मध्य काठमाण्डौको ऐतिहासिक र पवित्र इलाका इतुम बहामा ताहा नानीमा राजामतीको जन्म भएको थियो । ‘राजामती’ गीत नेवारहरुको चर्चित गीतमध्ये एक हो । सन् १८५० मा प्रधानमन्त्री जंगबहादुरको इङ्ल्यान्डको राजकीय भ्रमणका क्रममा गार्ड अफ अनरले बजाएको कारण पनि यसले ख्याति कमाएको थियो। उस्ताद सेतुराम श्रेष्ठले सन् १९०८ मा कोलकातामा ग्रामोफोन डिस्कमा गीतको पहिलो रेकर्डिङ गरेका थिए। प्रेमध्वज प्रधानले अर्को गीत गाएका थिए। १९६३ मा ७८ ग्रामोफोन डिस्कमा रेकर्डिङ। त्यसपछि, यो धेरै कलाकारहरू द्वारा रेकर्ड गरिएको…

Read More

काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो। cदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश…

Read More

काठमाण्डौ – भारतका शास्त्रीय गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो । भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँको निधनमा शोक व्यक्त गरेकी छिन् । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए । खानले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम…’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् । उनले…

Read More

काठमाडौं, २१ पुस । नेकपा एमालेका बारेमा नेपाली कांग्रेसका दलित नेता प्रकाश रसाइली ‘स्नेही’ ले गम्भीर आरोप लगाएका छन् । उनले नेकपा (एमाले) ले अरु दललाई राष्ट्रघाती बनाएर आफू राष्ट्रवादी बन्न खोजेको टिप्पणी गर्दै भनेका छन्, एमाले दिनभरी भारतलाई गाली गर्छ अनि राति लैनचौर गएर खुट्टा समात्छ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका सम्झौतालाई लिएर एमाले र एमालेका नेताहरुले भ्रम फैलाउने काम गरेको उनको भनाइ छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षतकार कार्यक्रममा बोल्दै उनले भारतसँग भएको सम्झौताको विरोध गर्दैगर्दा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दूतावास, परराष्ट्र मन्त्रालय र सरकारका कुनै संरचनाहरुलाई जनकारी नदिई सत्ता जोगाउन राति…

Read More

काठमाडौं । कामका लागि मात्र हैन बसोबासकै लागि नेपाल छाड्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । सन् २०२३ मा करिब ७१ हजार जना नेपाली स्थायी बसोबास गर्न विदेश गएको तथ्यांक सार्वजनिक भएको छ । विभिन्न मुलुक गएका नेपालीले उल्लेख गरेका विवरणका आधारमा अध्यागमनले विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए। उनीहरूमध्ये ७० हजार नौ सय १५ जनाले स्थायी बसोबास गर्न आफ्नो मुलुक छाडेको खुलाएका छन्। त्यस्तै ९१ हजार तीन सय ४९ जनाले अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख गरेका छन्। विदेशमा रहेका आफ्नो परिवार भेट्न एक लाख…

Read More

गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीमा चयन भएका छन्।  एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नियुक्ति भएको हो। ३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्। यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए। अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नको उत्तराधिकारी बनेका छन्। आफ्नो कार्यकालभर उनले संसद्मा बहुमतको अभावसँग सङ्घर्ष गरेकी थिइन्। उनको नियुक्तिलाई राष्ट्रपतिद्वारा आफ्नो सरकारको जीवनमा प्राण भर्ने प्रयासको रूपमा हेरिएको छ। सुधारसम्बन्धी शृङ्खलाबद्ध विवादहरूपछि सर्वेक्षणहरूले राष्ट्रपति माँक्रोले समर्थन गुमाइरहेको देखाएका छन्। शिक्षामन्त्रीका रूपमा रहेका अटलले धेरैलाई अचम्मित पार्दै…

Read More

काठमाडौं । अन्ततः पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट आज साँझ ७ बजे पक्राउ परेका उनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयाससमेत गरेका थिए। बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार भएर बसेका थिए । पक्राउ गर्न नसकेपछि प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ । यसअघि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम…

Read More

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवम् संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ । बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले जानकारी दिए। सहकारी सञ्चालक समितिका…

Read More