काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली…
Author: Kathmandu Khabar
रूस-युक्रेनको युद्धका कारण बढ्दो तनावपछि रोजगारीका लागि रुसमा पुगेका ४५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । मस्कोस्थित नेपाली राजदूतावासको समन्वयमा उनीहरू विभिन्न मितिमा स्वदेश फर्केका हुन् । मस्कोस्थित नेपाली राजदूतावासले पछिल्लोपटक रोजगारीका क्रममा पुगेका ४५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि समन्वय गरेको छ । ‘पासपोर्ट दलालको कब्जामा रहेका नेपालीहरू पनि समन्वयका लागि आएका थिए । उनीहरूलाई आवश्यक ट्राभल डकुमेन्ट बनाएर पनि दूतावासले स्वदेश फर्कन समन्वय गरेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘रुसमा लाखौँ खर्च गरेर पुगेका नेपालीलाई नेपाली दलालले नै थप पैसा लिने गरेको विवरण पनि प्राप्त भएको छ । यसको पनि छानबिन भइरहेको छ ।’ अर्कोतर्फ रुसमा रहेका आफन्तलाई स्वदेश फिर्ताका लागि…
काठमाडौँ – नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने कांग्रेसले जनाएको छ। जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त अभियानका लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिसकेको र केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६ हजार ७४३ वटै वडामा प्रतिनिधि खटिने उनले बताए। केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा…
भक्तपुरको खोह्रे (हनुमानघाट) मा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने व्रत नै स्वस्थानी व्रत कथा हो । हुन त यो व्रत साँखुस्थित शाली नदीमा पनि चल्ने गर्छ । तर यहाँको व्रत साँखुको भन्दा पुरानो रहेको मानिन्छ र यसको छुट्टै महत्व रहेको छ । तौमढीस्थित तील माधव नारायणलाई तौमढीबाट खोह्रे ल्याएर एक महिनासम्म पूजा गरी ब्रतालुहरूले दिनको एक छाक मात्र भोजन गरी व्रत बस्ने गर्छ । यो महिना भर घर-घरबाट माधव नारायणको दर्शन गर्नको लागि “मार हवानेगु” भने प्रचलन पनि रहेको छ । जसमा टोलका एक अगुवाले एक गीत गाएर सबैलाई जगाई खोह्रे लाग्ने गर्छ । त्यस्तै यस अवधिभर बिहान…
काठमाडौँ- राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।निर्वाचनको परिणामअनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् भने महिला क्लस्टरमा नेकपाएमालेकीरुक्मिणीकोइरालाविजयीभएकीछिन्। त्यस्तै मधेश प्रदेशमा महिला क्लस्टरमा जसपाकी पूजा चौधरी विजयी भएकी छिन् भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् । त्यस्तै बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल र महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएका छन् । त्यस्तै गण्डकी प्रदेशबाट महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लष्टरमा…
काठमाडौ । मिटर ब्याज पिडितले फेरि आन्दोलन थाल्ने भएका छन् । सम्पुर्ण किसान मजदुर एक होऔं ! वित्तीय शोषण र उत्पीडन विरुद्ध संघर्ष गरौँ !! भन्ने नाराकासाथ मिटर ब्याज पिडितहरुको पक्षमा आन्दोलन गर्दै आएको मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले हिजो बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आउने माघ १६ गतेदेखि सरकारका विरुद्धमा देशब्यापी आन्दोलन गर्ने बताएको छ । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष अबदेश कुसवाहले सरकारले पिडित किसान मजदुरको पक्षमा भन्दा साहु महाजन सुदखोरको पक्षमा काम गरीरहेको हुनाले पिडितले न्याय नपाएको र पिडितहरुले या त आत्महत्या गर्नुपर्ने या त सडकमा गएर भोकै बस्नुपर्ने अबस्था आएको बताए ।…
सेतो मच्छिन्द्रनाथ अर्थातु आर्यावलोकितेश्वरको साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको हो । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट ल्याई अष्टमीमा आर्यावलाेकितेश्वरलाई महास्नान गराइन्छ । महास्नानपश्चात् नवमीबाट मूर्तिलाई रङरोगन तथा साजसज्जा गर्ने गरिन्छ । नवमीमा मूर्तिलाई मन्दिर परिसरको दायाँ भागमा राखेर रङरोगन गरिन्छ भने दशमीका दिन मन्दिरको अर्को भागमा राखेर मूर्तिलाई आकृति दिने काम हुने सेतो मच्छिन्द्रनाथ मन्दिरका पुजारीले जानकारी दिनुभयो । मन्दिरका मूल पुजारीबाट अहिले रङरोगन गरिरहनुभएको छ त्यसको रेखदेख र निर्देशन भने नरेन्द्र चित्रकारले गरिरहेका छन् । चित्रकारका…
काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)…
डा. ओममूर्ति अनिल जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ । पहिलेदेखि रक्तचाप नियन्त्रणमा नरहेका बिरामीमा जाडोको कारणले रक्तचाप बढ्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्वपूर्ण उपाय हो । चिसो मौसममा रक्तसञ्चार प्रणालीमा बढी दबाब हुन्छ । त्यसैले मुटुरोगी र मुटुरोगको उच्च जोखिम भएका व्यक्ति बढी सचेत हुनु जरुरी हुन्छ । उमेरले ६० नाघेका मानिस, मधुमेह वा…
गोरखाको धार्चे गाउँपालिका-४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ। एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरू हिउँले ढाकिएपछि मनमोहक देखिएको छ।समुद्री सतहदेखि २७५० मिटर उचाइमा अवस्थित गुप्सीपाखामा दिउँसो साँढे २ बजेदेखिको हिमपातले बस्ती सेताम्मे भएको हो। यस वर्षको पहिलो पटक हिउँ परेपछि सो बस्तीका बासिन्दा खुसी छन्। ‘पोहोर साल पनि हिउँ परेन। ढिलै भए पनि यसपटकचाहिँ पर्यो भनेर स्थानीयबासी खुसी छन्,’ स्थानीय तुले गुरुङले भने, ‘अझै ठूलो हिउँ परे बारीमा भर्खर उम्रिएको गहुँ, जौ सप्रिन्थ्यो भन्ने चाहना थियो, तर चाहेजति हिउँ अझै परेको छैन।’ उनका अनुसार अहिले गुप्सीबस्तीमा करिब दुई इन्चजति हिउँ जमेको छ। गुप्सीमा हिउँ परेपछि त्यस…
काठमाडौँ- व्यक्ति हत्याको आरोप लागेकी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई फेरि सत्ताको संरक्षण मिल्ने देखिएको छ। १५ वर्षअघि भएको एउटा हत्याको घटनामा संलग्न रहेको जाहेरीपछि गत शुक्रबार उनलाई पक्राउ पुर्जी जारी भएको थियो। सत्ताको नेतृत्व गरिरहेको माओवादी विद्यार्थी संगठनकी अध्यक्ष उनलाई प्रहरीले पक्राउ गरेको छैन। यसअघि पनि राजनीतिक संरक्षण प्राप्त भएकै कारण प्रहरीले पक्राउ नगरेको आरोप पीडित परिवारजनको छ। सिंहमाथि २०६५ फागुन २६ मा सुर्खेतस्थित वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयमा राजबहादुर मल्लको हत्याको आरोपमा दोस्रोपटक पक्राउ पुर्जी जारी भएको छ। राजबहादुर मल्लका बुवा नवराज मल्लले दिएको जाहेरीपत्रपछि सुर्खेत प्रहरीले कालीकोटको महावै गाउँपालिकाकी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’भनिने पदमबहादुर रावत,…
- रामेश्वरी पन्त स्वस्थानी व्रतको सुरुआत कहिले र कसरी भयो भन्ने सम्बन्धमा कुनै यकिन प्रमाण नभेटिए पनि हालसम्म नेपालमा पाइएको सबैभन्दा पुरानो स्वस्थानी कथा (राष्ट्रिय अभिलेखालयमा पाइएका पुस्तकहरूबाट प्राप्त जानकारी अनुसार) संस्कृत भाषामा वि.सं. १६२९(ने.सं.६९३)मा लेखिएको भन्ने कुरा अमेरिकी महिला जेस्सीका भेन्टिन बर्केन्होल्जको शोधपत्र (पृ.१४)मा उल्लेख छ । उनका अनुसार संस्कृत भाषामा लेखिएको आठपत्रे स्वस्थानी कथालाई ३० वर्षपछि वि.सं. १६५९ (ने.सं. ७२३)मा नेवारी भाषामा उल्था गरियो, जुन ३४ पत्रको थियो । यसपछि नेवारीमा लेखिएको २०७ वर्ष पछि र संस्कृतमा लेखिएको २३७ वर्ष पछि नेपाली भाषामा ५५ पत्रे स्वस्थानी लेखिएको पाइन्छ । वि.सं.१८६६(ने.सं. ९३०)मा नेपाली भाषामा उक्त ५५ पत्रे स्वस्थानी लेखिएको…
काठमाडौँ । भक्तपुरको याछें टोल बास्तबमा ‘येँ छें’ बाट अप्रभंस भै याछें हुन पुगेको थियो । यहाँ रहेको गणेशको कारण यस टोलको नाम याछें हुन पुगेको थियो । यहाँ स्थापित गणेशको नाम अशोक बिनायक हो । येँ (काठमाण्डौ) स्थित मरु गणेद्यःको नाम पनि अशोक बिनायक नै हुन । मरु गणेशको नाम कसरी मरु गणेश रह्यो र यहाँको गणेशको नाम कसरी याछें गणेश रह्यो भन्ने बिषयमा एक किंवदन्ती रहेको छ । कसैकसैले मरु गणेशको मन्दिरमा गजुर नभएकोले यस गणेशको नाम मरु गणेश रहन गएको भन्ने गरिन्छ । तर बास्तबमा गजुर नभएर मात्र नभै गणेश नै नभएकोले मरु गणेश भनेको भन्ने पनि गरिन्छ ।…
काठमाडौँ ।तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ । उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गरे । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ । विसं. २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए । कार्यक्रममा ठूलो दुर्गा…
काठमाडौं । नेपालको प्राचीन तान्त्रिक चित्रकलाको आफ्नो छुट्टै वैशिष्ट्य रहेको छ । पानीरङबाट लेखिएका चित्रहरू निर्माण गर्ने नेपाली तान्त्रिक जगत्को पुरानो परम्परा हो । आधुनिक चित्रकलामा तैलरङको व्यापक प्रयोग भएको पाइन्छ । प्राचीन चित्रहरू तैलरङमा लेखिएका मिल्न साह्रै दुर्लभ मात्र छैनन् प्रायः छँदै छैनन् भने पनि हुन्छ । अत्यन्त थोरै रङको सम्मिश्रण गरेर तान्त्रिक चित्रहरू बनाइनु नेपाली मौलिकता हो । उदाहरणस्वरूप देवदेवीहरूका मुखाकृति, वस्त्र, छाया इत्यादिका निमित्त कालो रेखाड्ढनबाट मात्र काम लिइएको पाइन्छ । कुनै कुनैमा चाहिँ कालोको सट्टा खैरो रङबाट पनि यसको काम लिइएको देखिन्छ । खैरो रङले रेखाड्ढन गर्ने शैली धेरैपछि एशियाली चित्रकला जगत्मा आएको हो । कालो…
सम्पदाले भरिएको भक्तपुरमा नयाँ एक सम्पदा थपिएको छ । भक्तपुर वडा नं ९, तौलाछें टोलमा नयाँ टेराकोटा घरको निर्माण भएको छ । यस घर तौलाछें गणेशको द्य:छे र बिश्वकर्मा भैल प्याखंको आगंछें हो । उक्त घर ढलान गरि बनाएपनि बाहिरी स्वरुप भने सबै ईटाले बनाएको छ । इँटाबाटै आँखी झ्याल, तोरण, आदि बनाएको छ । विभिन्न प्रकारका आँखी झ्यालहरूमध्ये किसि झ्य पनि एक हो । झट्ट हेर्दा सामान्य आँखी झ्याल जस्तो देखिने यो झ्याललाई गहरिएर हेर्दा २८ वटा हात्तीको टाउको मिलेर बनेको छ । यसका साथै थप आठवटा हात्तीहरु पनि कुदिएको छ । एकदमै कलात्मक यस झ्यालको टोरण पनि इँटाले…
वि.सं २००७ मा राणा शासनको पतन पछि अधिराजकुमार बसुन्धरा वीर विक्रम शाहले रुसी नागरिक बोरिस लिसानेभिच सँग मिलेर बहादुर भवन १ करोड ८० लाखमा खरिद गरे र नेपालको पहिलो विलासी होटल, होटल रोयल स्थापित गरे । राणा शासन कालमा चार बुर्जा दरबारको रूपमा चिनिने यो भवन वीर शमशेर ज.ब.रा.द्वारा एक निजी निवासको रूपमा १८० रोपनीको जमिनमा बनाइएको थियो। यसको निर्माण सम्पन्न हुने बित्तिकै वीर शमशेरले यो दरबार आफ्नो साहिला छोरा रुद्र शमशेरको नाममा हस्तान्तरण गरेका थिए , जो १९५९ मा वीर शमशेरको मृत्यु पछि यो दरबारमा बस्न थाले । वि.सं १९६२ मा चार बुर्जा दरबारमा आगलागी भयो र यो दरबार…
नेपाली शैलीका मन्दिर लगायत विहार, पुराना दरबार, झ्याल आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक वस्तुलाई नै तोरण भनिन्छ । माटो, ढुङ्गा, काठ र धातु सिमेन्टका तोरणहरू नै काठमाडौँ उपत्यकामा निर्माण भएका छन् । कतैकतै काठको तोरणलाई धातुका पाताले मोडेर राख्ने गरेको पनि पाइन्छ । तोरणको कलात्मक पक्ष सँगसँगै धार्मिक महत्व पनि छ । ढोका माथिको तोरणलाई पवित्र मानेर पुज्दछन् ।११० हाम्रा घर मन्दिरहरूमा देखिने कलात्मक तोरणद्वारहरू पनि पूर्णतया प्रतीकात्मक भावनाहरूमा निर्माण भएका छन् । नेपाली वास्तुकलाका अध्ययनकर्ता रोनाल्ड.एम.बर्नियरले नेपालका मन्दिर विहारहरूमा प्रयुक्त तोरणको सौन्दर्यताको मुक्त कण्ठले प्रशंसा गरेका छन् । उनले नेपालमा वास्तुकला र सजावटको वस्तुका…
जीआर रञ्जीत आधुनिक समयमा लुगा धुन विभिन्न वासिंङ मेसिनको प्रयोग गरिन्छ । वासिंङ मेसिन बन्नु अगि सर्फ र साबुनको प्रयोग गरिन्थ्यो । साबुन नै नबनेको समयमा कसरी लुगा धुन्थे ? त्यस समय लुगा धुने आफ्नै मौलिक विधि हुने गर्दथ्यो । त्यस विधिलाई खँ याङ्केगु भनिन्छ । यस विधिमा फोसी (एक प्रकारको मासु पकाउने भाडो) माथि पोतासी (रक्सी पार्ने भाडो) राखिन्छ । त्यस भित्र नौ (छ्वाली बाले पछि निस्किने ) राखिन्छ र माथिबाट पानी हालिन्छ । यसरी हालेको पानी तलबाट रातो पानी निस्किन्छ । यसै पानीलाई हाल सर्फ पानी जस्तै प्रयोग गरिन्छ । यस पानीमा हेमा (मसिनो भुस) को पनि प्रयोग…
चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो । गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो । चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको सधैँ बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८,…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ । त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ । ‘पार्टीको आन्तरिक कुरा सबै तहमा थाहा छ । संगठनको अवस्थाबारे थाहा छ’, महामन्त्री थापाले भने ‘तर, त्यो भन्दा पर नागरिकको तहमा के सोचिंरहेका छन् । उनीहरुको…
काठमाण्डौ – सरकारले कृषि र पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गरे पनि ६ महिनामा अर्बौँ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार विदेशबाट हरिया सागपात र तरकारी, माछामासु, घिउ तेल, दाल चामल, कोदो मकै लगायतका खाद्यान्न ल्याउन अर्बौँ रुपैयाँ विदेशिएको छ । साउनदेखि पुससम्म २२ अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको खाद्यान्न मात्रै आयात भएको छ । नेपालकै पाखा पखेरामा मनग्य फलाउन सकिने कोदो पनि विदेशबाटै आएको छ । ६ महिनामा भारतबाट झन्डै ४४ करोड रुपैयाँको कोदो भित्रिएको छ । खाद्यान्न उद्योगका लागि चाहिने खाद्यान्न मात्रै १४ अर्ब रुपैयाँको आयात भएको छ । १७ अर्ब रुपैयाँको बिउबिजन भित्रिएको छ…
काठमाडौं, माघ ९ गते । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ् निषेध गरेको छ । महानगरले मङ्गलबारदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमाथि सवारी पार्किङमा रोक लगाएको हो । न्युरोड क्षेत्रमा मङ्गलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएको थियो । हटाउन अटेर गर्ने र पार्किङ् गरी छाडेर जानेको सावारी साधन महानगर प्रहरीले कारवाहीस्वरुप उठाएर लगेको छ । न्युरोडको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा महानगरले पार्किङ निषेध गरेको छ । महानगरले पार्किङ् हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीले त्यसको विरोध गरेका छन् । पार्किङ् गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका…
काठमाडौं । पचली भैरव १२ वर्षे खड्ग सिद्धि जात्राअन्तर्गत माघ १२ र १३ गते (शुक्रबार र शनिबारका) दिन टोखाको ‘थनेलाछि’मा पचली भैरब गथु प्याखँ नाच हुने भएको छ । ४८ वर्षपछि यो नाच हुन लागेको बताइएको छ । उत्तरी भेगस्थित पुरानो बजार टोखामा हरेक वर्ष खड्ग जात्रा मनाउने गरिन्छ । तर गथु प्याखँ नाच भने धेरै लामो समयपछि हुन लागेको हो । त्यसो त प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीको दिन पनि टोखामा जात्रा गर्ने परम्परा छ । विधि विधानअनुसार खड्गको पूजा गरी त्यसलाई बाँसले छोपेर खटमा राख्ने गरिन्छ । स्थानीय तलेजु मन्दिरबाट निकालिएको जात्रा तल्लो लाछीसम्म पु¥याइन्छ । सो जात्रा…
काठमाडौं । गत साता शुक्रबार बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक सुनुवाई भनेर जोडतोडले प्रचारप्रसार गर्यो । वडा नं ११ को वडा कार्यालय अर्थात् हाल मेयर मिठाराम अधिकारीले गाविस अध्यक्ष खाएको शंकरे डाँडामा राखिएको सार्वजनिक सुनुवाइमा आउनका लागि वडाध्यक्षहरूले भरमग्दुर प्रचार गरेको उनीहरूको सामाजिक सन्जाल तथा नगरपालिका आफैले प्रकाशित गर्ने मुखपत्रमा हेर्न सकिन्छ । जताततै सार्वजनिक सूचना गरिएको सार्वजनिक सुनुवाइलाई ‘सुझाव संकलन कार्यक्रम’ भनेर बढाइचढाई पनि गरिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि राखिएको उक्त कार्यक्रममा जनसमान्य भने कोही पनि उपलब्ध देखिएनन् । प्रस्तुत तस्वीरमा मेयर अधिकारी आफ्नो भनाई राखिरहेका छन् । मन्चमा उपमेयर अनिला लामा तथा प्रमुख प्रशासकीय अधिकृत देखिन्छन्…
काठमाडौँ- सांसदहरूले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र मन्त्रालयका पदाधिकारीको निणर्यप्रति प्रश्न उठाउँदै आफ्नो जिम्मेवारीप्रति संवेदनशील बन्न आग्रह गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समिति सभापति भानुभक्त जोशीले मन्त्रालयको पटक पटकको निणर्य विवादित भएको भन्दै मन्त्री र सचिवसँग प्रश्न गरे । मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक प्रगति एवं पुँजीगत खर्चको विषय र मन्त्रालयसँग सम्बन्धित गुनासो एवं समाधानका लागि भएका प्रयासका सम्बन्धमा बसेको बैठकमा मन्त्री बस्नेत अनुपस्थितिपछि सभापति जोशीसँँगै समितिका अन्य सदस्यहरूले समेत असन्तुष्टि जनाए । ’मन्त्री र सचिवको निणर्यविरुद्ध कर्मचारी अदालत जानुपर्ने किन ? किन त्यस्तो निणर्य गर्नुहुन्छ ? बीमा बोर्ड, वीर अस्पताल, आयुर्वेदिकका निर्देशक हटाउने फेरि आउने,…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले भोलि मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए। महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए। उनले भने, “भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ।” उनले धर्मपथ, जुद्ध…
शिवपुरी पर्वतलाई केन्द्रमा राखेर ध्यान तपस्या र साधना गर्ने शिवपुरी बाबाले वि.सं. २०१९ सालमा काठमाडौंमा समाधी लिए । शिवपुरी बाबाको जन्म वि.सं. १८८२ सालमा भारतको केरलामा भएको थियो । सन् १९५८ मा १३२ वर्ष उमेर पूरा भएका स्वामी गोविन्द भारती अर्थात् शिवपुरी बाबा बारे अमेरिकी अखबार ‘शान्ता क्रुजले’ उनको तस्वीरसहित सन् १९५८ को अप्रिल ३० मा छापेको खबरको अंश भेटिएको छ । शान्ता क्रुजले मात्रै नभएर धेरै विदेशी पत्रिकाले उनको दीर्घ जीवन र योगदानको बारेमा चर्चा गर्दै प्रशस्तीमूलक समाचारहरू प्रकाशित गर्ने गरेका थिए । सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट सय वर्षको उमेरमा उनी नेपाल आएका थिए । पैदलै…
चर्चित मानवशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा पत्रकार गुणराज लुइटेलले लिएको अन्तर्वार्ता जस्ताको तस्तै । अहिले केही सन्दर्भ चलिराखेको तथा उनि हराएको तथा उनको जन्मदिन पनि यसै सप्ताह परेको हुँदा सम्झना स्वरुप राखिएको हो । यो अन्तर्वार्ता लिइएको पनि २८ वर्ष हुन लागेको छ । तर यसका केही यथार्थहरु सदैव मनन योग्य छन् । उनको चर्चित पुस्तक “Fatalism and Development” को नेपाली अनुवाद “भाग्यवाद र विकास”पनि प्रकाशित भएको छ। लुइटेल – नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ। यसको कारण के होला? डोरबहादुर -…
काठमाडौं । नेपाली समाजमा विवाहलाई पवित्र नाता मानिन्छ । विवाह बन्धनमा बाँधिएपछि एकअर्काले सुखदुःखमा मात्रै नभई जिन्दगीभर साथ दिने शास्त्रीय वाचा-कसम खाएका हुन्छन् । यसरी गरिएको वाचा र जोडिएको विश्वास कायम राख्न दुवैले उत्तिकै ध्यान दिनुपर्छ । विवाह सम्बन्धमा बाँधिइसकेकाहरुले विवाहेत्तर सम्बन्ध राख्नु राम्रो मानिंदैन । विवाहेत्तर सम्बन्धका कारण दम्पतीबीच दरार पैदा गर्छ । यदि तपाईं विवाहेत्तर सम्बन्धमा हुनुहुन्छ भने त्यसबाट बाहिर निस्किनुस् र घरपरिवारको सम्बन्ध बलियो र दिगो बनाउनुस् । विवाहेत्तर सम्बन्धबाट बाहिर निस्किनु सामान्य कुरा भने होइन । तर यसबाट बाहिर निस्किन सकियो भने परिवारको खुसी र उमंग फिर्ता ल्याउन सकिन्छ । यदि तपाईं विवाहेत्तर सम्बन्धबाट बाहिर निस्किन…