Author: Kathmandu Khabar

काठमाडौँ । पटकपटक हटाउने प्रयास गर्दै आएका ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि स्पष्टीकरण सोधेका छन् । गत पुस २८ गते बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै फेरि २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएको छ । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्री खड्काको सचिवालयले जनाएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिएको छ ।

Read More

काठमाडौं । प्रहरीले कुनै कारणविना नै गोकर्णेश्वरका चार जना युवाहरूलाई नियन्त्रणमा लिएको छ । मंगलबार अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विरोध गर्ने आशंकामा ती युवाहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् । ती युवाहरूले कार्यक्रम सुरु गर्नुअघि नै त्यहाँ विरोध गर्ने भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसैको आधारमा प्रहरीले ती युवाहरूलाई पक्राउ गरेको हो । सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Read More

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार राति साथीको कोठामा बिष सेवन गरेपछि अचेत अवस्थामा पुगेका उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनका अनुसार…

Read More

काठमाडौँ । रुस र युक्रेनबिच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ। रसियाबाट युक्रेनी सेना तत्काल फिर्ता गर्नुपर्ने राष्ट्रसङ्घको प्रस्तावमा विपक्षमा परेको जम्मा १८ मतमा अमेरिकाको पनि सामेल भएको हो। संयुक्त राष्ट्र संघबाट सोमबार युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्। युक्रेनी भूभागबाट रुसी सेना फिर्ता हुनुपर्ने प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्। यस्तै, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे। यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको…

Read More

काठमाडौं । इन्सुरेन्स कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद् ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई पाँच वर्षका लागि अध्यक्षमा नियुक्ति गरेको हो। यसअघिका अध्यक्ष सुर्य सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सोपद रिक्त थियो । रिक्त पदमा ओझालाई सरकारले नियुक्त गरेको हो। अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको सिफारिस गरेका थियो । जसमध्येबाट ओझा अध्यक्षमा नियुक्त भएका हुन् । पत्रकारिता पृष्ठभूमिका ओझा पछिल्लो समय अध्यापन गर्दै आइरहेका थिए ।

Read More

काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्री पर्वलाई लक्षित गरी काठमाडौँका विभिन्न क्षेत्रमा सवारी चलाउन नपाउने व्यवस्था गरेको छ। बुधबार मनाउन लागिएको महाशिवरात्री पर्वको अवसरमा पशुपति आसपासका विभिन्न क्षेत्रहरूमा सवारी निषेध गरिएको हो। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको दिन करिब ५ लाख भक्तजनहरूले दर्शन गर्ने अनुमान गरेको छ। सो सङ्ख्यामा उपस्थित दर्शनार्थीहरूलाई व्यवस्थित गर्नका लागि सवारी व्यवस्थापन गर्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार बुधबार पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी रहेको छ । पुरानो वानेश्वर,…

Read More

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका नेतासँग १० हजार धरौटी माग गरेको छ । तीब्र दबाबपछि पक्राउ गरिएका अखिल नेता कमलराज जोशीलाई छाड्न अदालतले आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो । रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

Read More

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरे। शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो । शोभायात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरु, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, साधुसन्तलगायतको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताए ।  सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।” सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए । युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गरे । जेलेन्स्कीले भने, “यो युद्ध हो, बच्चाको खेल होइन। हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं र…

Read More

काठमाडौ । रास्वापा उपसभापति स्वर्णीम वाग्लेले प्रतिनिधि सभाको बैठकमा ओडिसामा मृत्यु भएकी प्रकृति लम्सालको परिवारलाई नै श्रद्धाञ्जलि दिए पछि कांग्रेस सांसदले आपत्ति जनाएका छन् । सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो । सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जलि दिएको…

Read More

काठमाडौं। सामाजिक सञ्जालमा पुराना दल र नेताहरूप्रति नियोजित रुपमा देखाइने गरेको भ्रम र अफवाहले धेरैलाई लाग्न सक्छ के साँच्चिकै पुराना दल र नेताप्रति क्रेज घटेको हो त ? अहिले पश्चिम नेपालमा पार्टी कार्यक्रममा सहभागी हुन पुगेका कांग्रेस महामन्त्री गगन थापाप्रतिको क्रेज हेर्ने हो भने कांग्रेस र गगनको क्रेज दूरदराजसम्म फैलिएको देख्न सकिन्छ । आइतबार नेपाली कांग्रेस रोल्पाले आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन लिवाङ पुगेका थापाले अप्रत्यासित सम्मान र आतिथ्य पाए । थापा आफैंले पनि १५ वर्षपछि लिवाङ पुग्दा पाएको यो माया र स्नेहले आफू उत्साहित भएको बताएका छन् । लिवाङ नेकपा माओवादीको आधार भूमि र अहिलेसम्म पनि माओवादीले…

Read More

काठमाडौँ। नेकपा माओवादी केन्द्रले हुलाकी केन्द्र लक्षित तराई मधेश जागरण अभियान सुरु गरेको छ। उक्त अभियानमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हुलाकी राजमार्ग आसपासका क्षेत्रमा कार्यक्रम गर्ने कार्यतालिका तय गरिएको छ। उक्त अभियानका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु झापा पुगिसकेका छन् । माओवादीले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । चैत ७ गतेसम्म चल्ने अभियानमा निम्नमितिमा निम्न स्थानमा कार्यक्रम गर्ने तयारी रहेको माओवादीले जनाएको छ। कोशी प्रदेश झापा– फागुन १२ गते मोरङ– फागुन १३ गते (फागुन १४ गते शिवरात्रि भएकाले विश्राम) सुनसरी– फागुन १५ मधेस प्रदेश सप्तरी– फागुन १६ गते सिरहा– फागुन १७ गते धनुषा– फागुन १८ गते…

Read More

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। सोमबार अर्थमन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुग्ने नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। पछिल्लो समय नेप्सेको सिइओका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिँदै आएको छ। सोही अनुसार फागुन १८ गतेभित्र इच्छुक योग्यता पुगेका नागरिकले आवेदन दिन सक्नेगरी सूचना जारी गरिएको हो । अन्य योग्यता र सूचनाको विस्तृत जानकारी यस्तो छ ।

Read More

काठमाडौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा चारवटा कार्यतालिका तय गरिएको छ। जसमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सम्बन्धी विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र अन्य सांसदहरुले समसामयिक विषयमा जरुरी महत्वको प्रस्ताव पेश गर्ने कार्यतालिका तय गरिएको छ। आजको बैठकमा सांसद राजेन्द्र बजगाईले “नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर ( बँदेल ) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु…

Read More

काठमाडौ । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा एक खेलअघि नै फाइनलमा पुगेका नेपाल र म्यानमारको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग नेपालले २–२ को बराबरी बनाएको हो । यो सँगै नेपाल र म्यानमारले एक एक अङ्क बाँडेका छन् । खेलमा लगातार दुईपटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो। खेलमा नेपालकी गोलरक्षक अञ्जना राना मगर, फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

Read More

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरे । अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्नुहुँदै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखे । ‘युएसएडमार्फत् नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भनेका छन् । अनौपचारिकरूपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत् खर्च भएको भन्ने जानकारी पाएको छ । यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भने । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । सम्पत्ति शुद्धीकरणमा नेपाल पुन: ग्रे लिस्टमा परेको भन्दै बैठकको विशेष समयमा बोल्दै सापकोटाले यो सरकारको असफलताको सूचक भएको बताएका हुन् । उनले यस्तो असफल भएर बस्नुभन्दा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उनले…

Read More

काठमाडौं । प्रतिनिधि सभामा आज ताप्लेजुङमा भइरहेको अशान्तिको अवस्था अन्त्य गर्न माग उठेको छ । सांसदहरूले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको भन्दै केबलकार निर्माण तत्काल रोकेर जनतासँग वार्तामार्फत् समस्या समाधान गर्न माग गरेका हुन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज सांसदहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे। सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई…

Read More

काठमाडौँ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा…

Read More

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले म्यानमारसँग खेल्ने भएको छ। चार देश सम्मिलित च्याम्पियनसिप फुटबल अन्तर्गत आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । नेपाल र म्यानमारले यसअघिको खेलमा जित हाँसिल गरेर फाइनल स्थान सुरक्षित गरिसकेका छन् भने गोल अन्तरका आधारमा म्यानमार नेपालभन्दा अगाडि छ। एक खेल अगाडि नै फाइनलमा पुगिसकेका यी दुई टोलीको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यस्तै, आज दिउँसो १ बजे हुने पहिलो खेलमा लेबनान र किर्गिस्तान…

Read More

काठमाडौँ । प्रहरी र केवलकार विरोधी पक्षबीचको पटकपटकको झडपपछि स्थिति असामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्फ्यु आदेश जारी गरेको छ। ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका बजार र आसपासका क्षेत्रमा आइतबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको हो। कुनै पनि हालतमा ताप्लेजुङको पाथिभरा क्षेत्रमा जन्मेको कलकार बनाउन नदिने स्थानीयको अडान र जसरी पनि बनाउने सरकारको निर्णय ढिपीका कारण पछिल्लो समय सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ। शनिबार मात्रै पनि प्रहरी र स्थानीय बीच झडप हुँदा छ प्रहरीसहित ७ जना घाइते भएका थिए। सो घटनापछि परिस्थिति असामान्य बन्न लागेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जिल्ला प्रशासन…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे प्रदेशको संख्या घटाउन सकिने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताएका हुन् । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाइ थियो । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, ‘अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरु गर्नुपर्ने हुनसक्छ । सुधारहरू गर्नुपर्ने हुनसक्छ ।…

Read More

काठमाडौं । माधव नेपाल आफैँमा अनुहार हेर्दै पनि सधैं रिसाइरहेका जस्ता देखिन्छन् । यो उनको व्यक्तिगत स्वभाव हो यसमा धेरै टिप्पणी गर्नु न्यायसंगत हुँदैन । तर उनी आफ्नै पर्टीले स्टाफ कलेजमा पार्टी कार्यकर्ताहरूसँगको केन्द्रीय समितिको बैठकमै उनले देखाएको रौद्र रुपले भने उनलाई आलोचनाको पात्र बनाएको छ । अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पूर्ण बैठक दुई दिनदेखि ललितपुरमा जारी छ। शनिबार जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो उनले आफूले निर्वाह गर्दै आएको अनेरास्ववियु अध्यक्षको जिम्मेवारी खोसेर अर्कैलाई जिम्मा दिएको प्रसंग बैठकमा उठाइन् । पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी थिइन् । उक्त अपानिमार्फत दोहोरो…

Read More

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र रू एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल…

Read More

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकामा जोड दिएका छन् । रणनीतिक महत्वको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्यान्वयलाई सहयोग गर्न र लगानी विस्तारका लागि जलविद्युत आयोजनाको संस्थापक शेयरमा क्राउड फाइनान्सिङको माध्यमबाट लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरुको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन संघीय संसद्को सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ । लेखा समितिको २०८० पुस १२ को बैठकले साधारण शेयर बिक्री गर्न ‘रियल नेटवर्थ’ ९० भन्दा बढी…

Read More

काठमाडौं । ह्वाइट हाउसले शुक्रबार युक्रेनले ‘धेरै छोटो अवधिमा’ वासिङ्टनलाई यसको खनिज भण्डारहरूमा पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्ने कुरामा जोड दिएको छ । यसअघि सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको कमीका कारण अस्वीकार गर्नुभएको थियो । “हेर्नुहोस्, यहाँ मुख्य कुरा के हो भने राष्ट्रपति जेलेन्स्कीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ र तपाईंले त्यो धेरै छोटो समयमै देख्नुहुनेछ र यो युक्रेनका लागि राम्रो हो”, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले राजधानी वासिङ्टनको बाहिरी भागमा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फरेन्स (सिपिएसी) का सहभागीहरूलाई भने ।

Read More

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ । फ्रान्सको पेरिसमा आज सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यसबारे जानकारी दिए । नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको हो। त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवं अभियोजन निकै फितलो थियो । यसलाई पनि महत्त्वपूर्ण कारण ठानिएको छ । नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा परेको यो दोस्रोपटक हो । यसअघि नेपाल सन्…

Read More

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । ‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा रू एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुनआउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३…

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताए । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताए । पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप बिच्छ्याउनेलगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बताए । महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार उनलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

Read More