काठमाडौं । बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकमा महोत्तरी बलेवाका डा. सुधांशु झा सिफारिस भएका छन् । फागुन १६ गते भएको अन्तर्वार्ताबाट उनी छनौट भएका हुन् । प्रारम्भिक छनौटमा रहेका तिन जना मध्यबाट झालाई निर्देशक पदमा छनौट गरिएको नगरपालिकाले जनाएको छ । ।अस्पताल निर्देशक ( नवौ ) तहको सो पदका लागि तीन जनाको नाम प्रारम्भिक छनौटमा परेको थियो ।
Author: Kathmandu Khabar
काठमाडौँ । नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निणर्य गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ । अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन । भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएको हो ।…
काठमाडौँ । काठमाडौँको गोकर्णेशवर नगरपालिका-६ जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार, बेथिति, अनियमितता र मनोमानी निणर्य भइरहेको निष्कर्षसहित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । खगेन्द्र नवजीवन केन्द्रको अनियमितताबारे अध्ययन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गत माघ ८ गते गठित सात सदस्यीय छानबिन समितिले एक महिना अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । सहायक प्रजिअ एवं समितिका संयोजक ढुङ्गानाले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई बुधबार प्रतिवेदन बुझाएका हुन् हो । प्रजिअ बस्नेतले समितिको प्रतिवेदन बुझेको र अध्ययन गरेर समितिले दिएका सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउने बताए । समितिका…
काठमाडौं । नेपालका सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा पुरानो संस्था हो गुठी संस्थान । यसलाई सबैभन्दा धनी संस्थाका रुपमा पनि चिनिन्छ । मूर्त-अमूर्त सम्पदाको संरक्षण गर्ने दायित्व पनि यसैको हो । यो संस्था विगतको एउटा कालखण्डमा स्थापना भयो । हामीले इतिहास हेर्यौंं भने प्राचिनकालदेखि नै यस संस्थाले यो वा त्यो रुपमा काम गरेको पाइएको छ । यसले अनेक आरोहअवरो पार गर्दै आएको छ । नेपालको राजनीतिक परिवर्तनसँगै गुठी परम्परालाई हेर्ने, बुझने कुरामा पनि बदलाव आएको छ । कुनै पनि संस्थाको आत्मगत स्थिति भने बलियो हुनुपर्छ । स्पष्ट दृष्टिकोण हुनुपर्छ । त्यसका कर्मचारीको त्यही खालको व्यवहार हुनुपर्छ । संस्थाको नेतृत्व लिने पदाधिकारीलाई सहयोग गर्ने…
काठमाडौँ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कांग्रेस सभापति शेरबहादुर देउवाकै कुरा नटेरी नेबिसंघ बैठक सुरू गरेका छन् । नेविसंघको केन्द्रीय समिति बैठकको बुधबार बन्दसत्र कीर्तिपुरमा भएसँगै देउवाको कुरा दुजाङले नमानेको विषय सार्वजनिक भएको हो ।देउवाले नै नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले करिब दुई वर्षअघि डुजाङ शेर्पालाई अध्यक्ष बनाएका थिए । संघको पहिलो बैठकबाट विवाद सुरु भएको छ । गत मंगलबार बिहान शेखर समूहका १५० बढी केन्द्रीय सदस्यहरू पार्टी सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगे । भेटमा देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर लान देउवाल भनेको शेखर पक्षीय विद्यार्थी नेताको दावी छ । त्यसपछि अध्यक्ष शेर्पा र शेखर…
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका संस्थापनइतर समूहले सभापति दुजाङ शेर्पाको राजीनामा माग मागेको छ ।दुई दिन काठमाडौंमा बसेको बैठकको निणर्य बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । सभापति शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लामा मनोमानी ढंगले जिल्ला अध्यक्षको जिम्मेवारी दिने काम गरेको भन्दै राजीनामा माग गरेको हो । उनीहरूले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सबै निणर्य खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निणर्य गरिएको थियो । व्यक्तिगत स्वार्थका कारण देशभरी संगठनलाई धरासयी बनाउँदै लैजाने अवस्था भइरहेकोप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उनले विधिविधानविपरीत अध्यक्षले गरेको कामलाई सचेत गराउने काममात्रै गरेको केन्न्द्रिय…
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले एक विज्ञप्ति जारी गर्दै गत आव यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेब पोर्टललाई कारबाही गरेको जनाएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’ काउन्सिलका सह…
” ………. लाई भन्दा देख्नेलाई लाज ” भनेझै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बार्गेनिङमा सेटिङ नमिलेपछि केही भष्ट कर्मचारी , काला व्पापारी , शैक्षिक माफिया ठग बैंकर्सहरुलाई कालो मोसो दल्दै हिडेेको देखिन्छ । विप्लवनेतृत्वकोनेपालकम्युनिस्टपार्टीमारहेकोबेलाअकूतसम्पत्तिकमाउनपार्टीरविप्लवकोआवरणमारहेरयस्तैव्यक्तिहरु, होटलेहरु, एनसेल सञ्चालकहरुलाई कालो मोसो दल्ने, सुतली बम पट्काएर करोडौं रकम असुलेर पार्टीले कार्वाही गरेपछि सुरक्षित हुनका लागि हेमन्त प्रकाश ओली सुदर्शन, धर्मेन्द्र वास्तोला कञ्चनहरु करोडौं रकमको भारी बोकेर केही कार्यकर्ताहरु सहित १० महिना पहिले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका थिए। समाचारमा आए अनुसार कञ्चनले पार्टी स्कुलिङ चलाउने भनेर चीनबाट ल्याएको ३० लाख रकम र अन्नपूर्ण होटलबाट ल्याएको ३ करोडौं…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयंसेवक)का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १०० जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयंसेवक हुनेछन् । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूणर् प्लेटफर्म हो । यसबाट सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम हुने उनको भनाइ छ । महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार यो…
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि एक साता दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने जानकारी दिएको हो। प्राधिकरणका अनुसार बुधबारदेखि फागुन २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ। पहिलो दिन बुधबार बालुवाटार फिडरबाट वितरण भएको विद्युत् अवरुद्ध हुनेछ। महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिजुली आउने छैन। १७ गते गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रमा आपूर्ति बन्द हुनेछ। १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा बिजुली जानेछ। १९ गते हेपाली हाइटदेखि धापासी विद्यालय हुँदै दहालगौँडासम्मको क्षेत्रमा विद्युत्…
काठमाडौं । फागुन १५ गते बुढानीलकण्ठ नगरपालिकाको वार्षिक विकास योजनालाई मिहिन ढंगले हेर्ने हो भने वातावरण तथा खोलानालका क्षेत्रमा कुनै पनि दीर्घकालीन लक्ष्य, सोच तथा योजना भेटिदैन । दीर्घकालीनरूपमा काम गर्नुपर्ने वातावरण शीर्षकमा करिब सवा ३ करोड बजेटको व्यव्स्थापन गरे पनि सो बजेट अत्यन्त खुद्रे कार्यक्रमका लागि छुट्याइएको छ । दुर्गन्धित भैरहेको खोला सफा कसरी गर्ने बारे नगरपालिकाले एउटा पनि सोच आफ्नो ननगरविकास योजनामा राखेको छैन । नगर विकास योजनाअन्तर्गत वातावरण तथा सरसफाइ शीर्षकमा नगरापालिकाले वातावरण दिवस, पानी दिवस तथा अन्य गोष्टी तथा सेमिनार गर्ने, सरसफाइमा कार्यरत कर्मचारीको स्वास्थ्य विमा गर्ने, उत्कृष्ट सरसफाइ संस्थालाई पुरस्कार दिने, खोला र सड़क किनारामा रूख…
काठमाडौँ । स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदाप्रति उपत्यकाका उपप्रमुखहरुको सञ्जालले आपत्ति जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ऐन संशोनको मस्यौदामा स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्न सकिने लगायतका थुप्रै संविधान र संघीयताविरोधी प्रावधान रहेको सञ्जालको निष्कर्ष छ । चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको सञ्जालको बैठकमा धारणा राख्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संशोधनले स्थानीय सरकारको संरचना र अवस्थामा प्रभाव पार्ने भएकोले उपत्यकाका पालिकाहरुका प्रमुख र उपप्रमुखले एउटै धारणा बनाएर सुझाव दिनुपर्ने बताइन् । काठमाडौँ उपत्यका उपप्रमुख सञ्जालको ७औँ बैठकपछि पनि आफुले उपत्यका मेयर्स फोरमका महासचिव एवं चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग ऐनको संशोधनका विषयमा उपत्यका मेयर्स फोरमको…
काठमाडौँ- नेपाल राष्ट्र बैंकमा पछिल्लो समय पैसा थुप्रिने क्रम बढेको छ। गत बिहीबार बैंकिङ प्रणालीमा ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार बुधबार ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहीबार ५ अर्ब रुपैयाँले वृद्धि भएको हो। बुधबारसम्म कर्जा लगानी ५० खर्ब ८८ अर्ब थियो। कुल कर्जा प्रवाह रकम भने दुई अर्बले घटेर ५० खर्ब ८६ अर्ब पुगेको बैंकको तथ्यांक छ। राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम जम्मा भएको छ। निजी क्षेत्रबाट कर्जाको माग नभएकै कारण बैंकहरूले राष्ट्र बैंकमा स्थायी निक्षेप संकलन सुविधाअन्तर्गत कुल ५३ अर्ब रुपैयाँ राखेका छन्। बैंकहरूले…
काठमाडौं । पूर्व युवराज पारस राम्रा विषयमा समाचार बनेको सुन्न पाइदैन । उनको इतिहासनै नराम्रो विषयको समाचारमै केन्द्रित छ । यसैबीच चितवनमा पारसले विद्यार्थी बोकेको सनराइज स्कूलको बसका चालकमाथि पेस्तोल तेर्साएको घटना चर्चामा आएको छ । आमा पूर्व रानी कोमलको ७३ औं जन्मोत्सव मनाउन चितवन पुग्ने क्रममा पूर्व युवराज पारसले विद्यार्थी बोकेको बसका चालकमाथि पेस्तोल तेर्साएको घटनाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ । सदाझैँ तीव्र गतिमा कार हाँकिरहेका पारस बसले बाटो नछाडेको निहुँले बिच्किएको स्थानीय बताउँछन् । बसले बाटो नछाडेपछि उनले ड्राइभरलाइ पेस्तोल देखाएको स्थानीयको आरोप छ । उक्त डरलाग्दो घटनालाई हालसम्म गुपचुप राखिएको भन्दै विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा…
काठमाडौं। राेमाञ्चक खेलमा लेवनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरवको जेद्दाहस्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा नेपालले लेवनानलाई २-१ ले पराजित गर्दै जाेर्डनसँग दुई दिनपछिको फाइनल भिडन्त सुनिश्चित गरेकाे हाे । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा कर्नर किकबाट रिफ्लेक्ट भएकाे बललाई प्रिती राईले उत्कृष्ट गोल गर्दै नेपाललाई जितको बाटो देखाइन् । खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाती गोलमार्फत लेवनानले अग्रता लिएको थियो । खेलको ७६औं मिनेटमा सावित्रा भन्डारी (साम्बा) ले चलाखीपूर्ण गाेल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन् । खेलको अन्तिम समयमा प्रीतिले गोल गर्दै नेपाललाई फाइनल पुर्याइन् । अब नेपालले उपाधिका लागि…
काठमाडौं, १५ फागुन । क्यानले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । मंगलबार सूचना जारी गर्दै प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्थाविपरीत हुने भन्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो । धरान उपमहानगरका मेयर हर्कराज राईले धरानमा विमानस्थल बनाउनुपर्ने भन्दै केन्द्र सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए । तर, योसँगै मेयर राईको प्रस्ताव मन्त्रालयको डस्टविनमा थन्किने भएको छ।
काठमाडौं । बेलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ भरतपुर नगरपालिकाको मेयरले पाएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सो अवार्ड थाप्न लण्डन जाने भएकी छन् । मंगलबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ । बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम छ । सचिवालयका अनुसार मेयर दाहाल मार्च ४ तारिख बेलुका लन्डन पुग्ने र मार्च १२ मा नेपाल फर्किने छिन् । भरतपुरमा दाहालले गरेको कामको कदरस्वरूप यो अवार्ड पाएको सचिवालयको दाबी छ । मार्च ६ मा लण्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’…
काठमाडौं । शिवपुरी राष्ट्रिय निकुन्जको तल्लो भेकमा आगलागी भएको छ । मध्यान्ह ११ बजेतिर देखिएको हल्का धुँवा बढ्दै बिशाल आकारको आगालागी भैसक्दा पनि सम्बन्धित पक्ष भने अझै सक्रिय भैसकेको छैन । निकुन्जको बुढानीलकण्ठ सिमानमा पञ्चकन्या मध्यवर्ती जंगल नजिकै आगलागी भएको हो । हावा तेज चलेकोले आगोले विशाल आकार लिँदै गरेको देखिन्छ ।
काठमाडौं । देशमा नयाँ राजनीतिक गठबन्धनको सम्भावना बढेको राजनीतिक विश्लेषण सुरू भएको छ । यो कुनै नयाँ राजनीतिक गठबन्धनको सम्भावना नभै वामपन्थी दलहरूको गठबन्धनको चर्चा भएको हो । फागुनको पहिलो साता सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले गठबन्धन संस्कृतिलाई तत्काल कायम राख्ने निणर्य गरे पनि भविष्यमा भने सशंय उत्पन्न गरेको छ । कांग्रेसको महासमिति बैठकमा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा गरमागर्मी बहस भयो र त्यसबाट भविष्यमा चुनावी गठबन्धन नगर्ने पक्षमा बहुमत देखिँदा अहिले गठबन्धनमा रहेका वामपन्थी दलहरूमा संशय उत्पन्न गराएको छ । गत निर्वाचनदेखि नै गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति…
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदमा सार्थक बहस हुन नसकेको भन्दै विवादित व्यक्तिहरूलाई संसदमा प्रवेश नदिई अनुसन्धान गर्नुपर्ने बताएका छन्।सोमबार प्रतिनिधिसभाको शून्य समयमा थापाले एकले अर्कालाई आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको उल्लेख गर्दै भने, ‘विगत केही दिनदेखि यता बसेकोले उता दागी देखाउने, उता बसेकोले यता दागी देखाउने दोहोरी चलिरहेको छ। यही पाराले न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो।’ आरोप–प्रत्यारोपले मूल विषय ओझेलमा परेका औँल्याउँदै थापाले विवादित व्यक्तिहरू कुन पार्टीका हुन् भन्ने नहेरी संसदभन्दा बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे। ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको…
म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । ‘हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो,’ उनले भने, ‘गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।’ पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् । पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहुलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका-७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको १५ वर्ष भयो । ‘थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो छ,’ उनले भने, ‘खनजोत…
पाेखरा । नेपाल भारत साहित्य महोत्सव पाँचौँ संस्करण पोखरामा सम्पन्न भएको छ । गत फागुन १०, ११ र १२ गते पृथ्वीनारायण क्याम्पस हाताभित्र महोत्सव गरिएको हो । महोत्सवका कार्यक्रमहरू क्याम्पसको गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा भएको थियो । मूल आयोजक संस्थाका अध्यक्ष डा. विजय पण्डित तथा अग्रज साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतको तर्फबाट मूल आयोजक क्रान्तिधरा अकादमी, मेरठ, इन्डिया रहेको थियो। दीप प्रज्वलन तथा नेपाली र इन्डियन दुबै राष्ट्र गान वाचन गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल भारत सम्बन्ध र साहित्यमा पर्यटन विषयमा छन्दकवि तथा राष्ट्रिका साहित्यिक संस्थाका अध्यक्ष ऋषभदेव घिमिरे बोलेका थिए । त्यस्तै,…
काठमाडौं , उमेश राउत र अस्मिता अधिकारीको आवाजमा ‘हेरेर मुहार तिम्रो’ सार्वजनिक भएको छ । उज्ज्वल हृदयको शब्द र उमेश राउतको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो । प्रेमभावले भरिएको फिल्मी शैलीको गीतको भिडियोमा उषा उप्रेती र रमेश जटाललाई देख्न सकिन्छ । चित्लाङ, भेडाचौर र कुलेखानी ड्यामको सुन्दर दृश्यहरूले भिडियो अझ सुन्दर बनेको छ । भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् । ‘माया, प्रेम, बाचा अनि सुन्दर जीवनको कामना नै गीतको सार हो’, गायक उमेश राउतले भने, ‘प्रेम प्राप्तिपछिको मीठो परिकल्पनालाई हरसम्भव रूपमा सुन्दर बनाउने हाम्रो प्रयास रहेको छ ।’ ओएसआर डिजिटलबाट सार्वजनिक गीतको…
भरतपुर । राजा महेन्द्रले अन्तिम सास लिएको भरतपुरस्थित शीतकालीन दरबार अर्थात् दियालो बंगला अब आमनागरिकका लागि पनि खुला गरिंदै छ। भरतपुरबाट काठमाडौं र देवघाटधाम जाने मुख्य मार्गको आडैमा छ, दियालो बंगला। राजपरिवारका सदस्यका लागि खास रहँदै आएको यो बंगला राजा महेन्द्रले २०२६ सालमा बनाउन लगाएका थिए। राजा महेन्द्रले करीब दुई वर्ष बंगलाको प्रयोग गरे। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ। शिकारका शौखीन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा दियालोमै बस्थे। उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो। त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्र राजा भए।…
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित भएका छन्।सोमवार संसद बैठकपछि उनले यस प्रकरणमा जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गरे। पत्रकारहरुले यस प्रकरणमा मुछिएका तपाईँले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि भनी जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित भए । कसैले रिस उठेर उजुरी गर्यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो । उनले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गरे । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको…
काठमाडौं । चर्चित गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ। आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए। नेपाली सुगम संगीतलाई उचाइमा पुर्याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ। भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो। त्यसपछि उनले गाउन सकेनन्। उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन्। आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ। फिल्ममा…
काठमाडौं । संसद्मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो राजीनामा मागेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले तुच्छ जवाफ फर्काएका छन् । सांसद खतिवडाले पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएपछि मन्त्री किरातीले जवाफ फर्काएका हुन् । मन्त्री किरातीले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको बचाउ गर्दै बहादुरले लकरमा बन्दुक लुकाउँछ भनेका थिए । खतिवडालाई भने उनले घडी लुकाएको भन्दै व्यंग्य कसेका छन् । सुदन किराँतीले पत्रकारसँगको कुराकानीमा खतिवडालाई लक्षित गरेर यसो भनेका छन्-‘बहादुर मान्छेले बैंकको लकरभित्र गोली लुकाउँछन्, कायर र लाछीले घडी लुकाउँछ । घडी लुकाउने मान्छे आज बोलेछन्, तीप्रति मलाई दया जागेको छ ।’ यो…
काठमाडौं । अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी र सुन तस्करहरुको मिलेमतोमा विमानस्थल लगायत अन्य मार्गबाटसमेत सुन तस्करी भैरहेको छ । तस्करहरू समातिरहेको समाचार पनि बेलाबेलामा सुन्न पाइन्छ । यसै सिलसिलामा साना व्यवसायीको सुनको कोटा दुरुपयोग भएको भन्दै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणीक रत्न शाक्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान शाक्यद्धारा हस्ताक्षरित एक प्रेश विज्ञप्ति सार्वजनिक भएको छ । प्रकाशित विज्ञप्तिमा विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्ताका गतिविधिमाथी छानबिन गर्न माग गरिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र विभिन्न संघको हालै बसेको संयुक्त भेलाले गुप्ताका गतिविधि छानबिन गर्न माग गर्ने निणर्य…
कठमाण्डौ – रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने भएको छ । यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गते आजदेखि सञ्चालनमा आउने भनिएकामा आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको खेलमा प्रशिक्षक र पदाधिकारी व्यस्त भएकाले फागुन २८ गतेदेखि मात्र सञ्चालनमा आउने भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल मैदान निर्माण गरेका हुन् ।