काठमाडौं खबर फाल्गुन १६, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयंसेवक)का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १०० जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयंसेवक हुनेछन् ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूणर् प्लेटफर्म हो । यसबाट सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम हुने उनको भनाइ छ । महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार यो कार्यक्रम विद्यालय, वातावरण र समुदायसँग केन्द्रीत छ । जसमा बालबालिका र युवा दुवै अट्टाउँछन् ।