Author: Kathmandu Khabar

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको लागि ३० जना कर्मचारी माग गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगर अस्पतालका लागि भन्दै ती विभिन्न पदका ३० जना कर्मचारीको माग गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ । सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ । दरखास्तपछि सफल हुने उम्मेदवारलाई करारमा नियुक्ति गरिने सूचनामा उल्लेख छ । यस्तो छ नगरपालिकाले जारी गरेको सूचना

Read More

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको चर्काचर्की पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकी युरोपतिर लागेका छन् । अमेरिकासँग युक्रेनमा रहेको खनिज उत्खनन सम्बन्धी सम्झौता गर्न ह्वाइट हाउस पुगेका जेलेनस्कीले शनिबार बिहान ट्रम्पसँग चर्काचर्की गरेका थिए । तिम्रो विवादपछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट निस्किन आदेश दिएपछि उनी अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिर निस्किएका थिए । अमेरिकासँगको विवादपछि बेलायती प्रधानमन्त्रीको निमन्त्रणामा उनी सिधै युरोपतिर हानिएका हुन् । जेलेन्स्की आफ्नो प्रतिनिधिमण्डलसहित लन्डन पुगेका छन्। त्यहाँ शनिबार उनलाई बेलायती प्रधानमन्त्री केयर स्टारमरले न्यानो स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताए। स्टारमरले न्यानो स्वागत गर्दा जेलेन्स्की मुस्कुराइरहेको तस्बिर सार्वजनिक भएको छ। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको…

Read More

काठमाडौँ । नेपालबाट हिउँदे वर्षा र हिमपात पार्ने प्रणाली बाहिरिएको छ । शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भएको वर्षा र हिमपातसँगै सोप प्रणाली नेपालबाट बाहिरिएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अब देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आइतबार बिहान देशका पहाडी भूभागको मौसम आंशिक मात्रै बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो । यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन,…

Read More

काठमाडौं । राष्ट्रिय सभामा बहुमत नपुगेर रोकिएको अध्यादेश फागुन २२ गते संसदमा निर्णयार्थ पेश गर्ने सत्तापक्षले तयारी गरेको छ । शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले फागुन २२ गतेभित्र संसदमा पेश गरिएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकले सत्तारुढ लोसपा र जसपालाई पनि अध्यादेश पारित गर्नका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा कांग्रेस र एमालेसँग बहुमत छैन । राष्ट्रियसभामा तीन सीट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र एक सीट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी खासगरी भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिँदा सत्तारुढ दललाई अप्ठ्यारो परेको छ । राष्ट्रिय सभामा सत्तारूढ…

Read More

काठमाडौँ । पछिल्लो २४ घण्टादेखि देशका विभिन्न क्षेत्रमा हुँदै आएको वर्षा आज दिउँसोदेखि रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी…

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ । यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोभियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरेको छ ।त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको हो । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । यस्ता छन् त्रिविले जारी गरेको १३ बुँदे निर्देशन : १- क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ । साथै विशेष आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सकिनेछ । २- संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट…

Read More

काठमाडौँ । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिए । उनका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले…

Read More

काठमाडौंं । भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि भन्दै आज विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्न लागेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै महाराजगंज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने क्षेत्रमा बिजुली कटौती गर्न लागेको जनाएको हो। लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ। तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने प्राधिकरणले उल्लेख गरेको छ । यस्तै, प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो २ बजेपछि काठमाडौँका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना देखिएको हो। मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंमा आज २/३ बजेपछि हल्का वर्षा भएपनि राति भन्दै पानी पर्ने सम्भावना छैन। भोलि पनि काठमाडौंमा बदली र वर्षाको सम्भावना छ । आजजस्तो हल्का वर्षा नभए पनि भोलि काठमाडौंको छिटपुट वर्षाको सम्भावना रहेको हो ।

Read More

काठमाडौँ । शुक्रबार बिहान १:५१ मा गएको भूकम्पमा ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको ६. १ रेक्टर स्केलको भूकम्पले कुनै पनि मानवीय क्षति नभएको प्रशासनले जनाएको हो। हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक कैदी घाइते भएका छन् । त्यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित छन् । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए ।

Read More

काठमाडौं ‌। आज देशभरका शेर्पा समुदायले आफ्नो नयाँ वर्ष मनाउँदैछन्। प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदाका दिन मनाइने ग्याल्पो लोसार यो साल आज मनाउन लागिएको हो। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो।

Read More

काठमाडौँ । शुक्रबार बिहान गएको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ भूकम्प गएको हो । बिहान २ बजेर ५१ मिनेट जाँदा काठमाडौँ आसपासमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। भूकम्पका कारण के कति क्षति भयो भन्ने विषयमा विवरण आइसकेको छैन।

Read More

काठमाडौँ । काठमाडौँ आसपास भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। बिहान २:५१ जाँदा काठमाडौँ आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। गुगलको एन्ड्रोइड भूकम्प सचेतना पद्धतिका अनुसार सिन्धुपाल्चोकको लिस्तीकोटबाट २ किलोमिटर टाढा केन्द्रबनाएर बनाएर ५ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो।

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रीलाई नै चुनौती दिँदै स्पष्टीकरण बुझाएका छन् । मन्त्रीले सोधेको २४ घण्टे स्पष्टीकरणमा उनले मन्त्रीसँग आफूलाई स्पष्टीकरण सोध्ने कानुनी आधार नै नरहेको बताएका छन्। कुलमानले उल्टै मन्त्रीलाई नै केही प्रतिप्रश्न गरेका छन् । कुलमानले बिहीबार बुझाएको जवाफमा आफू मन्त्रिपरिषद्को निर्णय बमोजिम नियुक्त भएकोले आफूलाई मन्त्रिपरिषद्ले मात्रै प्रष्टीकरण सोध्न सक्ने बताएका छन् । साथै, कुनै कसुर यकिन नभई आफूलाई दु:ख दिनका लागि मात्रै स्पष्टीकरण सोधिएको कुलमानको जिकिर छ । त्यस्तै, आफूले पठाएको पहिलो स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो भएन भन्ने कारण खुलेको छैन नखुलेको भन्दै यस्तो अवस्थामा आफूले उचित प्रतिवादको मौका…

Read More

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए। विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उनले बताए। मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको…

Read More

काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला कोरिडोर नजिक एक जना तेस्रो लिङ्गीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा उक्त शव भेटिएको हो । मृत्यु हुनेमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । निर्वाचन आयोगमा बुझाएको अडिट रिपोर्ट अनुसार देशको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस ऋणमा चलिरहेको देखिएको छ । पार्टीको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनले सञ्चित कोष २ करोड ३२ लाख ४७ हजार रुपैयाँले नोक्सानीमा गएको देखाएको हो । उसको रिपोर्टअनुसार कुल चार करोड ९१ लाख ५६ हजार रुपैयाँ खर्च गरेको कांग्रेसले यो अवधिमा दुई करोड ५९ लाख ८ हजार रुपैयाँ मात्रै आम्दानी गरेको देखिएको छ । काँग्रेसले सदस्यता शुल्क र बैंकको व्याजबाट प्राप्त रकमलाई आम्दानीको रूपमा देखाएको छ । दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो…

Read More

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङवासीसँग मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण एवं प्रवर्द्धन गरिने बाचा गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले ‘जनतासँग माओवादी, तराई मधेस जनजागरण’ अभियानले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरेको बताए । आगामी दिनमा यस्ता महत्व बोकेका स्थलको विकास, संरक्षण र प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाइने उनले जानकारी दिए । अध्यक्ष दाहालले अभियानअन्तर्गत झापाको किचकवधसहित यहाँका अन्य महत्वपूर्ण क्षेत्र, मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा रहेका ऐतिहासिक स्थलको…

Read More

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशका नागरिकलाई ५० लाख अमेरिकी डलर तिरेर गोल्डेन कार्ड किन्न सक्ने व्यवस्था गरेका छन्। गोल्डेन कार्डलाई कतिपयले अमेरिकी नागरिकता भनेर व्याख्या गरे पनि बाहिर चर्चामा आएजस्तो यो नागरिकता भने नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकामा अहिले पनि लगानी गर्नका लागि EB5 इन्भेष्टमेन्ट भिसामा आउनेहरूका लागि एउटा छुट्टै हिसाबको प्रावधान रहेको छ। जसमा न्यूनतम १० लाख अमेरिकी डलर तिर्नुपर्ने र लगानी गरेको क्षेत्रमा कम्तिमा १० जना अमेरिकीहरुलाई पूर्णकालीन रोजगारी दिनुपर्ने व्यवस्था रहेको छ। त्यस्तो लगानी गरेको खण्डमा उनीहरुले आफ्नी श्रीमती र २१ वर्ष नपुगेका अविवाहित छोराछोरीलाई अमेरिका लैजान पाउने व्यवस्था रहेको छ। सो…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको पुत्ला जलाएका छन्। पूर्व राजाको विषयमा खतिवडाले दिएको एक अभिव्यक्तिलाई लिएर राप्रपाको भातृ संगठन प्रजातान्त्रिक युवा संगठनले बुधबार खतिवडाको पुतला जलाएका हुन्। बुधबार महाशिवरात्रीको दिन गणतन्त्रको विरोध र राजतन्त्र पुनर्स्थापनाको माग गर्दै संगठनले राँके जुलुससहित साँझ सुकेधाराबाट चाबहिलसम्म प्रदर्शन गरेको हो । खतिवडाले केही दिनअघि ‘हामी राजालाई बम हान्ने पार्टीका कायकर्ता हौँ’ भन्दै अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएर खतिवडाले पूर्वराजालाई धम्क्याउने काम गरेको केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्य राजु लोहनीले आरोप लगाए । उनले पूर्वराजालाई जिस्क्याउने काम बन्द चेतावनी दिँदै नवीन समझदारीबाट राजालाई पनि ठाउँ खाली गरिनुपर्ने…

Read More

काठमाडौँ । फोर नेसन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु पर्यो । म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् । ३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी…

Read More

काठमाडौँ । आज शिवरात्रि पर्वका अवसरमा मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वाससहित आज बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरी उत्तररामेश्वरम् ज्यार्तिलिङ्गधामलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बेहडाबाबा मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । आज मन्दिर परिसर नजिक मेलाको पनि आयोजना गरिएको भन्दै मेलामा कैलालीका साथै छिमेकी जिल्लाका बासिन्दा तथा भारतबाट पनि दर्शनार्थी आएका उहाँले बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा नेपालीका साथै भारतीय व्यवसायीले केही दिनअघिदेखि यहाँ…

Read More

काठमाडौं । प्रहरीले पशुपति क्षेत्रमा गाँजा खाएर हो-हल्ला गर्ने ७५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार उनीहरूले भाङ र गाँजा खाएर उच्छृङ्खल गतिविधि गरेको आरोप छ । अहिले पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र त्यसमा नअटेकालाई परिसर टेकुमा राखिएको छ । उनीहरूमध्ये मुद्दा चलाउने प्रकृतिका घटनाहरू भने धेरै नभएको प्रहरीले जनाएको छ । पशुपतिको सुरक्षाका लागि तीन सिफ्टमा गरेर ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

Read More

काठमाडौं । एउटा पपुलिस्ट नेताको सनकको भरमा रुससँग युद्धमा होमिँदा ध्वस्त बनेको युक्रेनको पुनर्निर्माणका लागि करिब पाँच खर्ब डलर लाग्ने अनुमान गरेको छ । चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने मङ्गलबार प्रकाशित संयुक्त मूल्याङ्कनमा उल्लेख छ । ‘अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कुल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ,’ युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसङ्घले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सङ्ख्या सन् २०२४ का लागि युक्रेनको अनुमानित नाममात्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग दुई दशमलव आठ गुणा हो ।’ सर्वेक्षणले सन् २०२२…

Read More

काठमाडौँ । नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे। महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उनले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ । “देशविदेशबाट पशुपतिको दर्शनका लागि लाखौँको भक्तजन सहभागी हुने भएकाले छिटोछरितो, व्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउन आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी गराउँदछु”,…

Read More

काठमाडौ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए। राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप,…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ । “मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ”, राष्ट्र बैंकले भनेको छ ।…

Read More

काठमाडौँ ।  शिवरात्रीको अवसरमा भारतीय सेनाका छ जना पूर्वस्थल सेनाध्यक्षहरू नेपाल आएका छन्। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निमन्त्रणामा सेवा निवृत्त छ जना सेनाध्यक्षहरू पशुपति दर्शनका लागि नेपाल आएका हुन्। हरेक शिवरात्रीको दिन नेपाली सेनाको स्थापना दिवस समेत मनाउने गरिन्छ। यही अवसरमा जङ्गी अड्डाले पूर्व सेनाध्यक्षहरूलाई निम्ता दिएको थियो। नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । नेपाल आउनेहरुमा जोगिन्दर जसवन्त सिंह (अ.प्रा.),  दीपक कपुर (अ.प्रा.), विजय कुमार सिंह (अ.प्रा.),  दलवीर सिंह सुहाग (अ.प्रा.),  मनोज मुकुन्द नरवणे (अ.प्रा.) र मनोज पाण्डे (अ.प्रा.) रहेका छन् । उनीहरुले विभिन्न ऐतिहासिक,…

Read More