Author: Kathmandu Khabar

काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ ।  ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो । विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वेविरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ ।  ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए ।  खेल सकिन ९ मिनेट अघि जोयलिङ्टन रातो कार्ड खादै मैदान…

Read More

काठमाडौँ ।  सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।  नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत…

Read More

भगवान् विष्णुसँग सम्बन्धित संसारकै शक्तिशाली मन्दिरमध्ये एक हो नेपालस्थित बुढानीलकण्ठ मन्दिर । किंबदन्तीलाई आधारमान्ने हो भने उपत्यकामा बस्ती विकासको सुरूवाततिर भेटिएको यो मन्दिर विशाल प्रस्तरमा खोपिएको जलाशयी भगवान नारायणको मुर्ति हो । हिन्दूका साथै बौद्ध धर्मावलम्वीको पनि समान आस्थाको केन्द्रबिन्दु रहेको बुढानीलकण्ठ मन्दिरको स्वरूप काठमाडौँका धेरै देवालयझैँ बस्ती भित्रको मन्दिरका रूपमा रहेको छ । काठमाडौँको उत्तर भेक शिवपुरीको फेदीमा रहेको मन्दिरको ऐतिहासिकता, प्राचीनता जति बैभबशाली रहे पनि व्यवस्थापकीय असक्षमताका कारण यस मन्दिरको महत्वबारे चौतर्फि प्रचार हुन सकेको छैन । एकातिर पशुपतिनाथ, बौद्धनाथ मन्दिरको ख्यातीलाई बढि प्राथमिकता दिँदा बुढानीलकण्ठजस्ता कतिपय अति प्राचीन मन्दिर महत्वको विशालताभित्र परेन भने अर्कोतिर व्यवस्थापकीय भूमिकामा रहेका पक्षहरूको अकर्मण्यताले मन्दिरको वातावरण बेलाबेला बिथोलिएको देखिन्छ ।  ०४५ सालमा…

Read More

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेका छन्। जसमा नेपाली कांग्रेस निकट कानुन व्यवसायी र एमाले निकट कानुन व्यवसायीबाट एक–एक जनालाई न्यायाधीश बनाइएको छ।  माओवादीको लागि एक जना कोटा छुट्याइएको छ। सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त भए पनि माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो। जसमा चार जना उच्च अदालतका न्यायाधीश हुन्। अब एक जना पनि वकिलकै कोटाबाट न्यायाधीश बन्ने न्याय परिषद्का एक सदस्यले बताए। ‘यो पनि वकिलकै कोटा हो। तर माओवादीनिकट कानुन व्यवसायीका लागि छुट्याइएको कोटाबाट नाम आउन नसकेपछि सिफारिस हुन सकेन, त्यही भएर एक जना खाली राख्नुपर्‍यो’,…

Read More

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सारेको छ।  आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू-१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने भएको छ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो। दक्षिण अफ्रिकामा यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना भएको थियो।यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ‘डी’ माछ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।यसअघि श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै आइसिसीले निलम्बन गरेको थियो। क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशनरण सिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो।…

Read More

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयंसेवक टोली त्यसतर्फ पठाउने भएको छ । महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो सम्बन्धमा निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०-१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ । ती समूहले एक हप्ता…

Read More

बाह्रै महिना खेतबारीको काम गर्ने। गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो। पाखो बारीमा मकै, गहुँ र जौ खेती। खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो। एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे। गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो। तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन्। बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन। हिजोआज यो सुविधा गाउँगाउँसम्म पनि पुगेको छ। आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए। ग्रामीण क्षेत्रका…

Read More

गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुवात गरिएको छ । स्थानीय कृषक जितबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए । वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उनको भनाइ छ । यसका लागि उनले कालिका कृषक समूह फार्म दर्ता समेत गरेका छन्  । ‘अहिले करिब ४०…

Read More

जसपाका केन्द्रीय सदस्य तथा पूर्व संसद हरिनारायणप्रसाद रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भव्य स्वागत गरेका छन्। पर्साको पोखरिया नगरपालिकामा मंगलबार एमालेले पार्टी प्रवेश कार्यक्रममा राखेको थियो । कार्यक्रममै अध्यक्ष ओलीले रौनियारलाई पार्टीमा प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका रौनियार पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्षसमेत हुन्। ०७४ सालको निर्वाचनमा रौनियार तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल हालको जसपा नेपालबाट पर्सा क्षेत्र नम्बर ३ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए ।तर त्यसको केही समयपछि नै उनको कम्पनी पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण उनी निलम्बित भएका थिए ।मुद्दा लामो समय चलेपछि रौनियारले अधिकांश कार्यकाल निलम्बित रूपमै बिताएका…

Read More

काठमाडौं । ओखलढुंगाका कांग्रेस सांसद रामहरि खतिवडा बेलाबखत नराम्रा कुरामा चर्चामा आइराख्छन् । त्यसाे त गाउँतिर जस्ता बाेकेका फाेटाहरू सामाजिक सन्जालमा भाइरल गराएर राम्राे नेता हुन् भन्ने चर्चा पनि उनकाे बेलाबखत चल्छ । ०७९ काे चुनाव जितेका खतिवडा सबैलाइ थाहा नै छ देउवा ग्याङ्गका मेम्बर हुन् । यही मेसाेमा उनी प्रतिनिधि सभा राज्य व्यवस्था समितिकाे सभापति हुन पाएका छन् । भाउजुकाे प्रिय देवर भनेर ट्याग लगाइएका रामहरि खतिवडा भाउजुलाइ खुशी बनाउँदा नाङ्गिएकाे विषय सार्वजनिक भएकाे छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले हालै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीको जन्म मिति विवाद ब्युँताउने निर्णय गरेर नक्कली भूटानी…

Read More

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौँ ५ का सांसद प्रदीप पौडेलेको नेतृत्वमा जाजरकोटमा १००० अस्थायी घर टहरा निर्माण सुरू भएको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा एक हजार घर निर्माण गर्ने नेपाली कांग्रेसको निणर्य बमोजिम जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ०५ मा अस्थाई घरटहरा निर्माण कार्य सुरु भएको सांसद पौडेलले बताएका छन् । काम गरिरहेको तस्वीर सार्वजनिक गर्दै सांसद पौडेलले काम सुरू भएको जानकारी दिएका हुन् ।

Read More

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.११ पर्ने अधिकारी मोडको बाटो बिग्रिएको लामो समय भैसकेको छ । ठेक्का लागेर पनि निर्माण सुरू नभएको यो बाटोका बारेमा  ह्यान्डबल मैदानदेखि अधिकारी मोडसम्म स्थानीयले पटकपटक वडा कार्यालय र मेयरलाइ ध्यानाकर्षण गर्दा पनि कसैले चासो नदेखाएपछि सडक कालोपत्रे बनाउन दवाब दिने हेतुले  एक रुपैयाँ संकलन  गरेका हुन्।  सवारी साधानको चाप बढ्दा आकाशेधाराबाट कंपन गुम्बा जाने यो बाटो वरपरका घरमा बसिन नसक्नु धुलो हुने गरेको छ । मेयर मिठाराम अधिकारीको निवासबाट मुस्किलले सय मिटरको दुरीमा रहेको यो सडकको दुराबस्थाबारे मेयरलाइ गुनासो गर्दा ेकही नलागेको स्थानीयवासी दिक्दारी पोख्छन् । मेयरले कहिल्यै पनि यो बाटो बनाउनका लागि पहल…

Read More

नेपाल सम्बत्अन्तर्गत कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरि भोगटेको अमिलो खाने गर्दछ । हुनत स्वन्ती नखः (तिहार) लगतैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटे संगै सुन्तला, बिमिरोको अमिलोमा दहि राखेर मोलेर खाने गर्दछ । ज्वार नवमीको अर्को बिशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको बैधानिक रुपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवा अन्तर्गत कौडा खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकाल तिर यस दिन जुवा खेल्न छुट रहेको भन्ने मान्यता रहेको छ । अर्थात यो दिन जुवा खेलेपनि कुनै कानुन लाग्दैन भन्ने गर्दछ…

Read More

काठमाडौं । ४९ जना सदस्यको अविश्वासको तरबार बोकेर हेटौडा पुगेर एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग फुटबलको राजनीतिमा थप बलियो बनेका छन् । करिब एक वर्ष अघि तत्कालिन अध्यक्ष कर्माछिरिङ्ग शेर्पाका विरोधीहरुको गठजोडमा चुनाव जितेका नेम्वाङ्गले हेटौडाको विशेष महाधिवेशनबाट फुटबल राजनीतिमा थप शक्ति आर्जन गरेका छन् । गत साता हेटौडामा अविश्वासको प्रस्ताव फेस गर्दै नेम्वाङ्गले ८७ मध्य ५२ भोट प्राप्त गरेका छन् । जुन झण्डै एक तिहाईको नजिक हो । एक वर्ष अघिको एन्फाको केन्द्रिय चुनावमा नेम्वाङ्गले ४५ मत पाएका थिए । नेम्वाङ्गले प्राप्त गरेको मतमा नेम्वाङ्गसँग आफ्नो सानो समूह, गणेश थापाको समूह, कर्माछिरिङ्ग शेर्पा विरोधी समूहको मतको जोड थियो । …

Read More

भारतीय सोसल मिडियास्टार नव्यश्री(मञ्जु थापा) को पहिलो सर्ट फिल्म ‘महाकाली’ को पोस्टर सार्वजनिक भएको छ । १० डिसेम्बर २०२३ मा  ओएसआर नेपाल डिजिटलमार्फत रिलिज हुने महाकाली फिल्म यतिखेर धमाधम छायाँकन भैरहेको छ । भारतमा सोसल मिडियाका क्षेत्रमा परिचित नव्यश्री अहिले नेपालमा आफ्नो करियरको पहिलो फिल्मको तयारीमा व्यस्त छिन् । फिल्मको पोस्टर  हालै सार्वजनिक भएको छ ।  ‘महाकाली’ नाम रहेको फिल्म दुई साधारण केटीको माता कालीको भक्ति र त्यसको शक्तिमा आधारित छ । यो सर्ट फिल्म ‘महाकाली’ १० डिसेम्बर २०२३ मा ओएसआर  डिजिटलमा रिलिज हुँदैछ । नव्यश्री (मञ्जु थापा)ले फिल्म क्षेत्रमा आफ्नो करियर बनाउन नेपालबाट यात्रा थालेकी छिन् ।  उनी…

Read More

काठमाडौं। काठमाडौंमा दुईजना महिला नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरि बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे र शंखरापुर नगरपालिका-७ डेरा गरि बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा रहेका छन्। सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद गरेको प्रहरीले जानकारी दिएको छ। सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालमा अपरेसन संचालन गरेको थियो। सिर्जनालाई सोमबार राती साँखुबाट र प्रहरी…

Read More

दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका हाभियर मिलेले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गरेको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ। आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका हुन्। सरकारले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार ८६.५९ प्रतिशत मत गणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् भने मासाले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन्। आइतवार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो। माइली वर्तमान राष्ट्रपति अल्बर्तो फर्नान्डेजका उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ।

Read More

काठमाडौं। विश्‍वका अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल संचालनमा छन्। विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुले भन्साररहित वस्तु किन्न पाउँछन्।कर छुट हुने भएकाले महँगा सामान किन्न यात्रुको भिड लाग्ने गर्छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने त्यो सेवा १५ वर्षदेखि बन्द छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ वर्षपछि पुनः ड्युटी फ्री पसल सञ्चालनमा ल्याउने भएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तल्लामा रहेको २६.११ वर्गमिटर र आवागमनतर्फ अध्यागमन नजिकै ७५.८ वर्गमिटर क्षेत्रफलमा ड्युटी फ्री पसल सञ्चालनमा ल्याउन टेण्डर आह्‍वान गरेको छ। पर्यटन मन्त्रालयले गत वर्ष साउनमा पर्यटन क्षेत्र पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल…

Read More

अहिलेको काठमाडौं सहरलाई ‘कान्तिपुर’अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’बाट आएको हो । ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकको स्थापना कसले र कहिले गर्याे होला ? भन्ने विषयमा अनेकानेक तर्क सुन्न पाइन्छ । तर भाषा वंशावलीले भने यसको स्थापना शिवदेव प्रथम गरेका हुन् भन्ने उल्लेख गरेको छ । श्री राजा शंकरदेवले १२ वर्ष राज्य गरेपछि राजधानी शहर बनाउने इच्छा गरी जग्गा विचार गरी हेर्दा वाग्मतीका उत्तर विष्णुमतिका पूर्व भागमा जग्गा ठहराई सहर बनाउने सबै सर्जाम तयार गरी…

Read More

काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।  अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ ।  सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाइ छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु…

Read More

रौतहटको चन्द्रपुर नगरपालिका-१ मा रहेको सेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्माराजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्याण्डले सहयोग गर्ने भएको छ । यही १० मंसिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ ।  सो क्षेत्रलाई ध्यानकेन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थवीरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजारानीको रहेको खुलेको हो…

Read More

सिनेमा, साहित्य र संगीतमा बंगाली समुदायको ठूलो नाम छ। सत्यजीत रे, विमल राय, ऋतिक घटक, ऋतुपार्नो घोष, अपर्णा सेन आदि केही प्रतिनिधि नाम हुन्। तर वर्तमान बंगलादेशी नागरिकका लागि ती नाम राजनीतिक हिसाबले पराइ देशको नामसरह भएको छ। बंगलादेश, भारत विभाजनपछि पूर्वी पाकिस्तान नाम दिइएको भूगोलका मान्छेहरूले विद्रोह गरेर बनाएको नयाँ देश हो। बंगाल सभ्यताको इतिहास केही शताब्दी परसम्मै तन्किए पनि सन् १९७१ मा जन्मेको बंगलादेशले धेरै कुरा फेरि नयाँ शिराबाट सुरू गर्नुपर्‍यो। गरिबी, अनिकाल, राजनीतिक अस्थिरता र हिंसात्मक घटनाक्रमका बीच अन्य क्षेत्रजस्तै यहाँको सिनेमा क्षेत्र पनि पिल्सिएको छ। बंगलादेशको सिनेमा क्षेत्रको मूल्यांकन यही सन्दर्भमा गर्दा धेरै उत्साहजनक…

Read More

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम हिजाे बिहान १०.३ डिग्री सेल्सियस छ । ५ः४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको हो ।  आज दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।  “केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले बाह्रखरीसँग भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।  “तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।  केही हप्तायता उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुँदै आएको छ । तर…

Read More

काठमाण्डाै – विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । देशमा राजनीतिक परिवर्तन भयो । तर शान्ति सम्झौताअनुसार केही उपलब्धि र काम भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । सम्झौतामा उल्लेख भएअनुसार…

Read More

भित्री मनको अभिव्यक्तिलाई कुनै पनि भौतिक वस्तुमा व्यक्त गर्नुलाई कला भनिन्छ । कला मानवको उत्पत्ति सँगसँगै विकसित भएको पाइन्छ । जब मानवले सभ्यताको विकसित क्रममा पाइला टेक्यो त्यस अवस्थादेखि नै कलाको विकास गर्दै आएको देखिन्छ । कृषि युगको थालनी सँगसँगै मानवले स्थायी बसोबासको प्रकृया अपनायो, त्यतिखेर देखि नै उसले आफ्नो भावनालाई कलात्मक बनाउने प्रयास गर्यो । यसरी नै आफ्नो क्षमता प्रदर्शन गर्न मन्दिर तथा मूर्तिहरूको कलात्मक रूपले विकास गर्यो । मानवले प्राग्ऐतिहासिक कालदेखि नै प्रतिमा निर्माण गर्ने कार्यकोथालनी गर्यो भन्ने कुराको प्रमाण हामीले भारतमा मुर्तिपूजाको उत्पत्तिको खोजी गर्दा सिन्धुघाटीको सभ्यतासम्म पुग्न सकिन्छ । यहाँको उत्खन्बाट सिन्धुवासीहरू पनि देवी देवताको…

Read More

नेपाल संवत् कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरी भोगटेको अमिलो खाने गरिन्छ । हुन त स्वन्ती नख: (तिहार) लगत्तैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटेसँगै सुन्तला, बिमिरोको अमिलोमा दहीमा राखेर मोलेर खाने गरिन्छ । यस ज्वार नवमीको अर्को विशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको वैधानिकरूपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवाअन्तर्गत कौडा खेल खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकालतिर यस दिन जुवा खेल्न छुट रहेको छ भन्ने मान्यता रहेको छ अर्थात् जुवा खेले पनि कुनै कानुन लाग्दैन भन्ने गरिन्थ्यो । धनेशराज…

Read More

हङ्गकङ्ग सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्। जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा…

Read More

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ। जाजरकोट जिल्लाको नलगाङ नगरपालिकाको वडा नम्बर ३ र ४ मा पौडेल नेतृत्वको टोलीले एक सय घर निर्माण गर्ने जनाएको छ। काठमाडौँबाट सोमबार घर निर्माणका लागि ३० दक्ष जनशक्तीसहित ४० जना नेता तथा कार्यकर्तासहित पौडेल त्यसतर्फ लागेका छन्। जाजरकोटमा काँग्रेस नेता, कार्यकर्तासहित एक सय जनाको स्वयंसेवक घर निर्माणमा सहयोगी बन्ने पौडेलका स्वकियसचिव शुभाष घिमिरेले जानकारी दिए।

Read More

नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ‘ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्। इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो।उनले आफ्नो जीवनकालमा १२० वटा जति यस्ता टोपी प्रयोग गरेका थिए।यद्यपि त्यसमध्ये…

Read More