काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक सोही बिद्यालयमा अध्ययनरत १४ र १५ वर्षीया दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेल पक्राउ परेका हुन् । पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । विद्यालयमा अध्ययनरत दुई छात्राले जाहेरी दिएपछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
Author: Kathmandu Khabar
काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । उनले पदावधि सकिनु १५ महिनाअघि नै मंगलबार राजीनामा दिएपछि राजनिमा र उनका भावी योजनाका बारे चर्चा चल्न थालेको छ । मंगलबार उनले राजनीमा दिएको बारे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्पष्ट पारेका छन् । मन्त्री रिजालले भने ‘उहाँ राजीनामा पत्र लिएर आउनु भयो। भोलिदेखि नै काम नगर्ने मनसाय बनाएर आउनु भएको रहेछ,’ उनले भने, ‘मैले अझै १५ महिना बाँकि छ, काम गर्नुस् भन्दा उहाँले मान्नु भएन। उहाँले अब आफू जागिरे जीवनबाट अलग हुन चाहेको बताउनुभयो।’ थानीले राजीनामा दिएर आएपछि मात्रै निगमका उच्च अधिकारीलाई डाकेर जानकारी दिएका…
काठमाडौं। युनिलिभर नेपालले गत आर्थिक वर्ष कर पछि १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।कम्पनीले मंगलबार काठमाडौंमा भएको ३०औं साधारण सभामा गत वर्ष कमाएको मुनाफाबारे जानकारी दिएको हो। कम्पनीको अघिल्लो आर्थिक वर्षको कर तिरेपछिको मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ थियो। साधारणसभाले सेयरधनीलाई प्रति कित्ता १५८० रुपैयाँ लाभांश दिने प्रस्ताव पारित गरेको छ। साधारणसभाले पारित गरेसँगै अब सेयरधनीले लाभांश पाउनेछन्। यो लाभांश अहिलेसम्मकै धेरै हो। युनिलिभर नेपालमा ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ। बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणको हो।कम्पनीका अध्यक्ष देव बाजपेइले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर,…
मकवानपुरको विकट कैलाश गाउँपालिकाको डाँडाखर्कमा गुप्तेश्वर गुफा मेला सम्पन्न भएको छ ।कैलाश गाउँपालिकाको वडा नं. १ र २ को सिमानामा आइतबारबाट सुरुभएको गुप्तेश्वर गुफा मेला मङ्गलबार सम्पन्न भएको हो । गुप्तेश्वर महामन्दिर र गुप्तेश्वर गुफा नजिकै तीन दिनदेखि लागेको मेला सोमबार रातभर नाचगान गर्दै मङ्गलबार बिहान सम्पन्न भएको कैलाश गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । जात्रामा होटल, फलफूलका पसलको व्यवस्थासँगै स्थानीय लोक संस्कृति र परम्पराको प्रदर्शनसहित मनोरञ्जनको व्यवस्था गरिएको थियो । मेलाका अवसरमा आयोजित कार्यक्रममा कैलाश गाउँपालिकाको अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको केन्द्र कालिकाटारबाट गुफासम्म आउने बाटोका लागि प्राथमिकतामा राखिएको बताउनुहुँदै वैकुण्ठमा होम स्टे सञ्चालनको अवधारणा ल्याइएको…
नेपाली कांग्रेस सुर्खेत सिम्ता गाउँपालिकाका सभापति वीरेन्द्र रावतलाई बलात्कार आरोप लागेको छ । स्थानीय ५५ बर्षिया महिलाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् । यता सुर्खेत प्रहरीले भने उजुरी परेको पुष्टि गरेको छ । १५ दिन भइसक्दा पनि आरोपी पक्राउ नपरेको पीडितको भनाई छ । यसअघि उनले ईलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको यति लामो समय भइसक्दा समेत प्रहरीले राजनीतिक पहुँचको आधारमा आरोपीलाई सामान्य सोधपुछसमेत गरेको छैन । दलको प्रमुख व्यक्तिबाट यस्तो घटना हुँदासमेत प्रहरीले आफ्नो कुरा नसुनेको पीडितको गुनासो छ । यता…
काठमाडौं । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाकार हरिबोल गजुरेलले सल्लाहकारबाट राजीनामा दिएका छन् । प्रचण्डका राजनीतिक सल्लाहकारले नै ह राजीनामा दिएको विषयलाइ लिएर माओवादी केन्द्रमा खैलाबैला भएको छ। गजुरेलले मंसिर २० गते राजीनामा दिएका थिए । यद्यपि अहिलेसम्म उनको राजीनामा स्वीकृत भइसकेको छैन। उनले राजीनामामा केही गम्भीर विषय उल्लेख गरेको बताइन्छ । राजीनामा पत्र सार्वजनिक गर्न नमिल्ने उनले बताउँदै आएका छन् । गजुरेलको राजिनामासँग प्रचण्ड र उनका अन्य सहयोगिसँग व्यापक असहमतिको विषय हो भनेर गरिएको अड्कालसँगै कतिले उनी राष्ट्रियसभामा जान लागेकोले राजिनामा दिएको पनि बताउन थालेका छन् । यद्यिप उनले एक अन्तर्वार्तामा दुर्गा प्रसाईं जस्ताले सरकारलाइ थर्काउने अवस्था बन्दै गएको भन्दै…
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ । विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शनको कार्यक्रम भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिएका छन् । भगवान राम र सीताको प्रतिक बनाइएका बालबालिकालाई रथमा बसाएर पहिलो दिन जनकपुरधाम नगरको दर्शन गराइएको छ । नगर दर्शन कार्यक्रममा साधु सन्तले विभिन्न प्रकारका झाँकीसहित सयौंको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न प्रकारका मांगलिक गीत प्रस्तुत गरिएको थियो । पहिलो दिनको कार्यक्रम सकिएको र बुधबार दोस्रो दिन फुलबारी लिलाको कार्यक्रम…
मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए । प्रजिअ लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै…
काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबहादुर गहतराज (सीबी) पक्राउ परेका छन् । उनले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुङ्गेलले जानकारी दिएका छन् ।सीबीलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरी अनुसन्धान भइइरहेको पनि एसपी ढुङ्गेलले बताए । ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो ।क्रिश्चियन धर्म प्रचारक उनले ‘महाअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गर्दा स्नातक…
महेन्द्रनगर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ । सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो दिन आज नगरदर्शन भइरहेको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह उनीसँग भएको थियो । यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री…
काठमाडौं । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ । सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरू हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याइएको छ । एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १० दशमलव ८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरुलाई जवाफदेहीका रुपमा संलग्न…
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु–१९)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो । आजको खेलमा नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य…
नेपालमा सबैभन्दा व्यवस्थित खानालाई जनाउनका लागि ‘चौरासी व्यञ्जन’ भनिन्छ। यसमा ८४ विभिन्न व्यञ्जनहरू छन्। नेपालीमा चौरासी शब्दको अर्थ ८४ र व्यञ्जन भनेको खाना हो । त्यसैले यसलाई चौरासी व्यञ्जन भनिन्छ । यो खाना सामान्यतया विवाह र दूध छुटाउने समारोहहरूमा खाइन्छ। हामीले खाने भोजन हाम्रो शरीरमा परिवर्तन हुने र यसैले हाम्रो प्राणको रक्षा गर्ने हुँदा यिनीहरूलाई निर्धारित विधि अनुशरण गरेर ग्रहण गर्नु जरुरी हुन्छ। चौरासी व्यञ्जनमा पर्ने खाजाका परिकारहरू : हासको छोएला, भुतेको जौको सातु, जन्ग्लि बदेल डामेको, बोकाको रक्ति भुटेको, सपु मिचा, बोकाको भित्र्यास भुटेको, खसिबोकाको भुटन, च्याउ सादेको, माछा तारेको, दालको बारा, फापरको रोटी, बिरौला, भुटेको चिउरा, सिरौला, बट्टाइ…
अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ । दुई पाखे पाली र झिँगटीको छाना भित्र हुने हरेक गतिविधि नियाल्न अहिले काठमाडौं उपत्यकामा त सम्भव नै छैन । उपत्यका बाहिर समेत यस्तो संरचनाहरु लोपोन्मुख अवस्थामा छन् । एउटा सानो पाली र अर्काे धुरी ढाक्ने मूल पाली को संरचनामा झण्डै दर्जन झ्याल भएको घर देख्न अहिले मुस्किल छ । मल्लकालीन संरचनाको एउटा जीर्ण चिनोको रूपमा ललितपुर लगायत केही दरबार क्षेत्रका संरचनाहरु देख्न सकिन्छ । तर ती संरचनाहरुमा पनि आधुनिकताको झल्को पाउन थालिसकिएको छ । झण्डै एक शताब्दी अघि नेपालको अध्ययनका लागि आएका विभिन्न विदेशी विद्वानहरूले…
अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ। अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ। नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन। अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको छ। तर दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ। गृहमन्त्री क्लेर ओ नीलले सोमवार…
काठमाडौँ । तामाङ्ग कलाकारहरुको छाता संगठन नेपाल तामाङ्ग कलाकार संघले ‘तामाङ्ग मौलिक सेलो संगीत महोत्सव’ को आयोजना गर्ने भएको छ । तामाङ्ग जातिको मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताइएको छ । मंसिर २९ र ३० गते राजधानीको बौद्धस्थित हायात होटलको प्राङ्गणमा कार्यक्रम हुने संघका अध्यक्ष विशाल काल्तानले बताए । तयारी अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै उनले महोत्सवले हराउँदै गएको तामाङ्ग पहिचानलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । थुप्रै तामाङ्ग कलाकारले महोत्सवमा सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम छ । यो तेस्रो पटक आयोजना गर्न लागिएको हो । तामाङ्ग जातिको सांस्कृतिक…
काठमाडौं – एसिसी यू-१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ । आजै समूह ‘ए’कै अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ । मंगलबारका दुवै खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछन् । नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । भारतसमेत दोस्रो खेलमा पाकिस्तानसँग सात विकेटले नै…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ । खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन् । स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को…
काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मंगलबार भने…
काठमाडौं । बहाल र बहिल काठमाडौंवासीको लागि एउटा सामान्य शब्द हो । काठमाडौंका धेरै ठाउँको नाम नै बहाल र बहिलको नाम जोडेर राखिएको छ । जस्तो चाबहिल, टेबहाल, अकुबहाल जस्ता स्थानहरु बहाल र बहिलको नामबाटै राखिएका हुन् । काठमाडौं उपत्यकाको पाटनमा १४० बहाल र १५ बहिलहरु, काठमाडौंमा ८१ बहालहरु र १२ बहिलहरु र भक्तपुरमा २० बहाल र २ बहिल गरी जम्मा २४१ बहाल र २९ बहिलहरु रहेका छन् । काठमाडौंमा अठार प्रमुख विहारहरु छन् । तर बहाल र बहिलमा के फरक छ ? यसको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ । बहाल र बहिलको बीचको अन्तरको बारेमा अमृता महर्जनको शोधपत्रको…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट र अध्ययन भिसामा रुस पुगेका झन्डै दुई सय जना नेपाली त्यहाँको सैनिकमा भर्ना भएको बताएका छन्। प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई सय जना नेपाली रुसी सेनामा भर्ना भएको जानकारी पाएको बताए।प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत केही नेपालीहरू युक्रेनको कब्जामा रहेको समेत उनले बताए। युक्रेन सेनामा समेत केही नेपालीहरू कार्यरत रहेको सूचना भएको र त्यसबारे सरकारले अध्ययन गरिरहेको बताए।रुस र युक्रेन युद्धका क्रममा ६ जना नेपालीको मृत्यु भएको छ। सरकारले उनीहरूको शव नेपाल सरकारलाई बुझाउन यसअघि नै रुस सरकारलाई पत्र पठाइसकेको छ। सरकारले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना नगर्न आग्रहसमेत गरेको छ।…
न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो । सोही समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा सङ्गीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती…
गाउँखाने कथा यस जिल्लामा प्रचलित लोकसाहित्यका विधामध्येको एक हो । सुख–दुःखका क्षणमा विभिन्न किसिमका प्रश्नोत्तर गरी मनोरञ्जन प्राप्त गर्ने र फुर्सदको समय बिताउने महत्वपूर्ण साधन ग्राम्य समाजमा गाउँखाने कथा भएको पाइन्छ । यसमा कुनै कुराको अड्को थापेर प्रश्न सोधी अरूबाट उत्तरको अपेक्षा गरिन्छ । यस्ता प्रशनहरू सोझा नभएर घुमाउरा वा साङ्केतिक किसिमका हुन्छन्र सोही आधारमा उत्तर पनि प्रतीकात्मक नै हुन्छ । यदि उत्तरकर्ताले उत्तर दिन सकेन भने उसले हारेको ठहरिन्छ र हार्नेले जित्नेलाई गाउँ दिनुपर्दछ । काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न किसिमका गाउँखाने कथा प्रचलनमा रहेको पाइन्छ । यहाँ प्रचलित गाउँखाने कथाका प्रकृतिलाई हेर्दा तिनले घरेलु, जीवन, मानवशरीर, प्रकृति, कृषि व्यवसाय तथा…
काठमाडौँ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएका हुन् । महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त भएका थिए। रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।
भक्तपुर । बालाचतुर्दशीका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि ज्योर्तिलिङगेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्गकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएकाले भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा एक हजारभन्दा बढी भक्तजनले हिजो साँझदेखि रातभरी जाग्राम बसेर आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर आज बिहानै शतबीज छरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपोडोल निवासी बागमती प्रदेशसभा सदस्य…
मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको को छ। यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ। श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्। शतबीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला…
सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित प्रादेशिक संरचनामा नेपाल गइसकेपछि मौलिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि युवा पुस्ता खुलेर आएका छन्। युवाको सक्रियता बढेकाले कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रुपमा बाँसुरी, दाफा ९दापा०, धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ। यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे। वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा ९दापा०, धिमे, धाँ, नाय्खीलगायतका बाजागाजाहरुमा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरुलाई भ्याईनभ्याई हुने बताउछन् । कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा भएपछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीहरुको जन्म भइरहेका छन्। प्रत्येक हप्तामा कुनै न कुनै समूहहरुले लामो समयको अभ्यास…
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन्। दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन्। गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन्। गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष रू एक लाखको पनि बिक्री नभएको बताए।…
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उहाँलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव…
काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको को छ। यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ। श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्। भगवान् शिव मृगरूप लिएर घुमेको विश्वास गरिने पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान…