Author: Kathmandu Khabar

काठमाडौं । आज नेपाली काँग्रेसको बागमती प्रदेश सम्मेलन हुँदैछ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुने पहिलो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना रहेको नेपाली काँग्रेसले जनाएको छ। नेपाली कांग्रेसको यसअघि लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ । सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसले जनाएको छ ।

Read More

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन…

Read More

काठमाडौं । हिन्दु धर्ममा एकादशी तिथिलाई निकै महत्वका साथ मानिन्छ । यस विशेष दिनमा भक्तजनहरूले व्रत बसेर भगवान् विष्णुको पूजा–आराधना गर्छन् । यसो गर्दा साधकले शुभ फल प्राप्त गर्न सक्छ । मार्गशीर्ष शुक्ल पक्षमा पर्ने एकादशीलाई मोक्षदा एकादशी भनिन्छ। यस्तो अवस्थामा मोक्षदा एकादशीको दिन तुलसीसँग सम्बन्धित केही उपाय गर्नाले तपाईको घरमा सुख–समृद्धिको वास हुन्छ । मोक्षदा एकादशीलाई भगवान श्रीकृष्णको प्रिय मानिन्छ। यस्तो अवस्थामा यस विशेष दिनमा तुलसीजीको पूजा गर्नाले साधकले शुभ फल प्राप्त गर्न सक्छ । यस दिन तुलसीलाई जल चढाउनुहुँदैन भन्ने कुरामा ध्यान दिनुहोस्, किनकि धार्मिक मान्यता अनुसार यस दिन तुलसी माताले भगवान विष्णुको लागि निर्जल व्रत राख्छिन्। मोक्षदा…

Read More

काठमाडौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन । सरसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ । जस्तो, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन् । तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि…

Read More

इतिहासले श्री ३ चन्द्र शमशेरमाथि ठूलो अन्याय गरेको छ । उनले सन् १९२३ को सन्धिका लागि ग्रेट ब्रिटेनसँग वार्ता नगरेको भए आज नेपाल स्वतन्त्र राष्ट्र हुने निश्चित थिएन । सुगौलीको युद्धपछि नेपालको स्थिति भारतका अन्य सयौँ सामन्ती राज्यहरूजस्तै थियो। सन् १९२१ देखि चर्चा भएको १९२३ को यो महत्त्वपूर्ण सन्धिद्वारा बेलायतले नेपाललाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दियो र फ्रान्स, अमेरिका आदिलाई समान दर्जा दिँदै राष्ट्र संघमा दर्ता गराएको थियो । यो नै मुख्य कारण थियो जसले भारतलाई नेपाल कब्जा गर्नबाट रोकेको थियो, साथै यस सन्धिले संयुक्त राष्ट्र संघको सदस्यताको लागि मार्ग प्रशस्त गर्‍यो । यो सन् १९२३ को सन्धि चन्द्र…

Read More

बलराम थापा काठमाडौंको चहलपहल र व्यस्त महानगर पक्कै पनि आजको जस्तो थिएन। हजारौं वर्षअघि बुढा हजुरआमाले नातिनातिनालाई भनेका थिए, काठमाडौं उपत्यका यहाँ पनि छैन । यो सबै नागदह नामक विशाल तालको पानीमा डुबेको थियो। पुरातत्वविद्हरूले यसको पुष्टि गर्छन् किनभने उपत्यकाको माटो उर्वर र लेकस्ट्राइन छ, बाली र वनस्पतिहरू र विभिन्न पातहरू उब्जाउनको लागि अत्यन्त उपयुक्त छ। काठमाडौं देशको सबैभन्दा पुरानो सहरहरू मध्ये एक हो र यो १६७ ईसा पूर्व र १ ईस्वी बीचको अवधिमा पत्ता लगाउन सकिन्छ। कथा यस्तो छ कि मञ्जुश्री बोधिसत्व, एक देमी-भगवान, चोभार पहाडमा आए र आफ्नो ज्वालामुखी तरवारले पहाडलाई काटेर घाटीको पानी बगाए। चोभार पहाडमा पुगेपछि पहाडबीचको…

Read More

काठमाडौं ।  अहिले विश्वमा सेभेन स्टारदेखि टु स्टारसम्मका होटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् । यस्ता होटलहरूमा बस्ने नेपालमै पनि अहिले एकै रातको १० औं हजार तिर्नुपर्छ । तर पनि अहिले होटलको दररेटको बारेमा धेरैलाई चासो हुँदैन । तर इतिहासमा होटलको दररेट कति थियो होला भन्ने कुरा भने धेरैलाई चासोको विषय हुन सक्छ । एउटा विक्रम संवत् २०१३ सालमा खुलेका काठमाडौंका केही होटलहरू र तिनीहरूको सूची हेर्दा त्यतिबेला सबैभन्दा महँगो होटलमा बस्नको लागि एकै रातको ७२ रुपैयाँ तिर्नुपर्ने गरेको थियो । करिब सात दशक अघिको यो दर साँच्चिकै महँगो थियो…

Read More

काठमाण्डौ – देशमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । जनसङ्ख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ । यसरी बसाइँ सर्नेमा युवा र बालबालिकाको सङ्ख्या बढी रहेको छ । यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको सङ्केत गरेको विज्ञहरूको भनाइ छ । विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकोमा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ । अहिले तराईमा कुल जनसङ्ख्याको ५४ प्रतिशत आवादी रहेको छ । यसले हिमाल र पहाड क्रमशः रित्तिँदै गएको देखाउँछ । ‘राष्ट्रिय जनगणना-२०७८’ को प्रतिवेदन र विभिन्न…

Read More

दैनिक रुपमा बालबालिकामा लागूऔषधको लत बढ्न थालेको देखिएको छ । ज्योतिर्मय सामाजिक अभियान इलामले आयोजना गरेको लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले कम्तिमा १२ वर्षकै उमेरदेखि चुरोट, खैनी र गाँजाको लत बसेको पाइएको बताएका छन् । कार्यक्रममा शिक्षक तथा सामाजिक अभियनता गणेश खतिवडाले अहिले पनि हरेक विद्यालयका बालबालिका लागूऔषधको लतबाट टाढा नरहेको बताए । ‘सदरमुकामभित्र रहेका विद्यालयका ८० प्रतिशत बालबालिका विद्यालय पोशाकमै रहेर पनि चुरोट पिउनबाट टाढा छैनन् । कम्तिमा १२ वर्ष देखिका बच्चाले चुरोट पिएको देखिन्छ’ खतिवडाले भने, ‘लागूऔषधबाट जोगाउन बालबालिकाबाट जोगाउन सुरु गर्नुपर्छ ।’ प्राध्यापक तीर्थ निरौलाले सदरमुकामका धेरै क्षेत्रमा रातको समयका लागूऔषध प्रयोगकर्ताको चलखेल हुनेगरेको बताए…

Read More

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले आफू सरकारी सेवाबाट राजीनामा दिने स्थितिमा पुगेको बताएका छन् । शुक्रबार राति ट्विटरमार्फत डा. कोइरालाले नचाहेरै राजीनामाको स्थितिमा पुगेको बताएका हुन् । ट्विटरमा उनले आफ्नो काममा ‘राजनीतिक हस्तक्षेप’ भएकोतर्फ संकेत गरेका छन् । यद्यपि  उनले विस्तृतमा बताएका छैनन् । “देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै । सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !,“ उनले ट्विटरमा लेखेका छन् । लेखक अमृता लम्सालले गरेको कमेन्टमा जवाफ दिँदै उनले…

Read More

काठमाडौं । अहिले आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा छन् । सनातन धर्मविरुद्ध अभिव्यक्ति दिएपछि उनी अहिले सर्वत्र विरोधमा छन् । ‘क्रिस्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो ।’ भन्ने अभिव्यक्तिपछि उनी अहिले सर्वत्र विरोध चलिरहेको छ। तर अहिले जे चर्चामा छ त्यो भन्दा भयानक र आपत्तिजनक अभिव्यक्ति उनले बुधबार आयोजित एक कार्यक्रममा दिएको भेटिएको छ । पत्रकार रमेश वाग्लेले सो कार्यक्रममा मन्त्री किराँतीले झनै भयानक अभिव्यक्ति दिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेअनुसार किराँतीले सनातन धर्म मास्ने अभियानमा नै स‌ंलग्न रहेको भेटिएको…

Read More

काठमाडौं । क्रिसमसको कपडा किन्न बाध्य बनाएपछि काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूलाई यस्तो चेतावनी दिएका हुन् । यसरी जबर्जस्ती गर्ने विद्यालयलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए । त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले विज्ञप्ति जारी गर्दै यस्तो जबर्जस्ती गर्ने…

Read More

काठमाडौं । आज कीर्तिपुर र चन्द्रागिरि भेगमा मनाइने सात गाउँले जात्राको मुख्य दिन विष्णुदेवी क्षेत्रमा धुमधामका साथ जात्रा मनाइँदैछ । कीर्तिपुर भेगका नेवार समुदायहरूमा मंसिर महिनाको थिंलाथ्व अष्टमी नवमी र दशमी गरी तीन दिनसम्म स्थानीय जात्रा मनाउने चलन पाइन्छ । जात्राको मुख्य दिन शुक्रबार चन्द्रागिरि र कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा गरिन्छ भने त्यसको भोलिपल्ट कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने प्रचलन छ । पहिलो दिनलाई ‘छोयला भूः’ भनिन्छ र घरलाई लिपपोत गरी सकेपछि दिउसो छव्यला, चिउरा, हरियो लसुन, साँदेर जाँड खाने चलन छ । भोलिपल्टको दिनलाई भूःया भनिन्छ र त्यस दिन प्राय…

Read More

काठमाडौं । काठमाडौंको पशुपतिनाथको नजिकै रहेकी जयबागेश्वरी देवी एक ऐतिहासिक देवी हुन् । स्थानीय किंवदन्तीअनुसार गोपाल र किरात शासनकालको राजधानी जयबागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको भन्ने कथनको आधारमा यो मन्दिरलाई परापूर्वकालदेखि स्थापना भएको भन्ने मान्ने गरिएको छ । जय बागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रूपमा मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ। तन्त्र साधना गर्नेले अन्तिममा जय बागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ। मन्दिरसँगै सुनधारा पनि स्थापना भएको मान्ने गरिन्छ । जय बागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ। मल्लकालमा हाँडीगाउँबाट हनुमान ढोकामा राजधानी सारिएको इतिहासविद्हरूको भनाइ छ। ऐतिहासिक एवं…

Read More

चुरे क्षेत्रको वन तराई मधेश क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्न निकै महत्वपूणर् मानिन्छ । यसैले पनि यसलाई सो क्षेत्रका निम्ति जीवनरेखाको रूपमा औँल्याउने गरिन्छ । चुरे क्षेत्र तराई मधेश क्षेत्रका निम्ति मात्र नभई नेपाल र आसपासका क्षेत्रसँग पनि यसको साइनो गाँसिएको छ । यस अर्थमा चुरे क्षेत्रको संरक्षणलाई समग्रमा महत्वपूणर् पर्यावरणीय कार्यक्रमका रूपमा लिन सकिन्छ । तर विडम्बना यस्तो महत्वपूणर् पर्यावरणीय क्षेत्रको वर्तमानमा अतिक्रमण तथा विनाशको चपेटामा परेको यथार्थ हामीसामु रहेको छ । चुरे मासिन थालेको चार दशकभन्दा बढी भयो र यसको संरक्षणको प्रयास भए पनि त्यो अझै राम्ररी संस्थागत हुन सकेको छैन । विश्वव्यापी रूपमा वन पैदावरको स्थितिको आकलन…

Read More

महाराज वीरशमशेरलाई नेपाली भवन निर्माणमा अंग्रेजी पाराले ‘रिनासाँ’ व्यक्ति भने हुन्छ, किनभने नेपालमा ‘दरबारहरू’ बनाउने कुरामा उनलाई कसैले जित्न सकेनन्। वीरशमशेरले एक दर्जन जति दरबार निर्माण गराए नेपालमा। उपत्यकामा मात्र होइन, वीरगन्जमा समेत उनले एउटा दरबार बनाउन लगाए। गहवामाईको मन्दिर भएका नाताले पहिले ‘गहवा’ भनिने बस्तीमा आफ्ना भाइ शेरशमशेरलाई बडाहाकिम बनाएर पठाएका थिए, वीरशमशेर महाराजले। शेरशमशेरले त्यो बस्तीलाई साफसुथरा पारेर दाइ महाराजका नामबाट ‘वीरगन्ज’ नगर बनाइदिए। त्यस कार्यबाट प्रसन्न भएका वीरले त्यहाँ ‘एउटा राम्रो दरबार बनाउनू’ भनेर भाइलाई उर्दी दिए। शेरशमशेरलाई त्यति भनेपछि पुगिहाल्यो! उनले पहिले त्यहाँ डेढ-दुई सय रोपनी (बिघा हुनुपर्छ!) जग्गा घेरेर नामी नामी फलफूलका बिरुवाहरू रोपे अनि…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा लागेका छन् । मन्त्रीहरुको रिपोर्ट कार्ड नकारात्मक भएको कुरा प्रचारबाजीमा आएसँगै उनले मन्त्रिपरिषद् पुनर्गठनको लागि परामर्श गर्न थालेका हुन् । प्रचण्डले सत्ता गठबन्धन दलका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि पहिलोचरणको परामर्श गरेका छन् । सबै मन्त्री हटाउने कि केही काम गर्नै नसकेका र विवादित मन्त्रीलाइ हटाउने बारे तीन नेताबीच विवाद रहेको बताइएको छ । मन्त्रि सुदन किराँतीले धार्मिक आस्थामाथि धावा बोलेको अभिव्यक्तिसँगै मन्त्री परिषदको पुनर्गठन प्रक्रियाले निश्चित रूप लिएको हो । कांग्रेसबाट मन्त्री भएका प्रकाश महत र मोहन बस्नेतले काम केही…

Read More

काठमाडौं ।  धेरै ठाउँको पुरानो नाम अपभ्रंश भएर जाने गरेको देखिएको छ । काष्ठमाण्डपको नाम अपभ्रंश भएर काठमाडौं भएको छ, थःबहिको नाम ठमेल भएको छ । यस्तै विभिन्न स्थानको नाम परिवर्तन भएको देखिन्छ । यस्तै, क्रममा वि.सं. १८६८ को बहिखातामा एउटा वालालीलकण्ठको नाम उल्लेख भएको भेटिएको छ । १८६८ सालको भीमसेन थापाको यस टिपोट पत्रमा विष्णुमतीको पुल बनाउँदा श्री वालालीलकण्ठ जाने बाटो उल्लेख छ । नेपाल भाषामा त जनजीब्ब्रीकरण भएको संस्कृतको भुजंगसयनाम नारायणको भुइँजसी नारायण पनि भनिएको पाइन्छ । त्यसैले वालालीलकण्ठको नाम बुढानीलकण्ठ त होइन भन्ने आशंका देखिएको छ । पुरानो नामको खोजी गर्दा बुढानीलकण्ठ क्षेत्रको बारेमा लेखिएका अभिलेखमा यो…

Read More

काठमाडौं । बूढानीलकण्ठले समृद्धि यू-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९-६५ ले पराजित गर्‍यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे । पुरुषमै गोल्डेन गेटले समृद्धिलाई ८९-३७, सीसीआरसीले ह्वाइटहाउसलाई ६८-५४, टाइम्सले रोयल्सलाई ७७-५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८-७३ ले हराए । गोल्डेन गेटका उर्गेन लामाले २०, सीसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे । महिलाको राउन्ड रोविन लिगमा आईएसए नेपालले जेभियर इन्टरनेसनललाई ४२-२६ ले सहजै पाखा लगायो । विजेताकी सन्ध्या डंगोलले १६ अंक जोडिन् ।

Read More

काठमाडौँ- चीनका बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरूलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताए । बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस) ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उहाँले जानकारी दिनुभयो । बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा चेकजाँच कडाइ गरिएको बताए…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाभित्रको पूरानो साहित्यिक संस्था कंपन साहित्य समाजले नियमितरूपमा प्रदान गर्दै आएको कसास यात्री स्मृति सम्मानअन्तर्गत २ जना विशिष्ट स्रष्टालाई सम्मान गरेको छ । कंपन साहित्य समाजको बुनपा १० आकाशेधारामा रहेको भवन (यात्री स्मृति कक्ष)मा आयोजित एक भव्य समारोहमा ०७९ को कसास यात्री स्मृति सम्मान गोविन्द प्रसाद घिमिरेलाई तथा ०८० सालको कसास यात्री स्मृति सम्मान लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको हो । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा कपन भेकमा बसोबास गर्ने कविहरू महत्वपूर्ण जमघट थियो । संस्थाका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उपमेयर तथा कवि अनिता लामासहितका जनप्रतिनिधिको उपस्थिति थियो ।कार्यक्रममा साहित्यकारहरू…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ’बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ ।’ जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनमा सम्बोधन गर्दै थापाले कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक रहेको बताए । थापाले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्‍याउनु पर्ने बताए । मधेशका नेतालाई काठमाडौंमा समस्या भएपछि मधेशमा आएर ‘उठु मधेश, जागु मधेश’को…

Read More

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छन् । यसअघि तत्कालीन गृहमन्त्री जनार्दन शर्माको समयमा गृहमन्त्रीका प्रेस संयोजक समेत रहेकी उनलाई पशुपतिको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बुधबार भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएको हो । पुन नेकपा माओवादी केन्द्रकी सक्रिय कार्यकर्ता समेत हुन् ।

Read More

काठमाडौँ । नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ । यसका लागि नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछन् । सम्झौतामा नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । भक्तपुरका सबै नगरपालिका र काठमाडौँमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका लगायत अन्य पालिकासँग पनि जनतालाई सुलभ रगतका लागि सम्झौता सम्पन्न भइसकेको छ । बाँकी…

Read More

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको इसाईमैत्री अभिव्यक्तिको सर्वत्र विरोध सुरु भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले इसाई धर्म नमान्नेहरू राष्ट्रद्रोही हुन् भन्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । संस्कृतिमन्त्री नेपालीहरूका आराध्यदेव श्री पशुपतिनाथको संरक्षक समितिका अध्यक्ष समेत हुन् । खुलमखुला आफूलाई इसाई धर्मको प्रचारक मान्ने व्यक्ति पशुपतिनाथको अध्यक्ष बन्न नसक्ने भन्दै उनको सर्वत्र विरोध भएको हो । सामाजिक सञ्जालमा उनको राजीनामा वा बर्खास्तीको माग गर्दै विरोध सुरु भएको हो । किराँतीले प्रधानमन्त्री समेत इसाई मतको अनुयायी रहेको अभिव्यक्ति दिएका थिए । पशुपतिमा विरोध प्रदर्शन यसैबीच मन्त्रीको अभिव्यक्तिको विरोधमा सनातन धर्मसम्बन्धी…

Read More

काठमाडौँ उपत्यकामा पाइपमार्फत पानी वितरण प्रणालीको विकास हुनुभन्दा अघिसम्म ढुङ्गेधारा (हिटी) र इनारको पानीले नै जीवनयापन हुँदै आएको जगजाहेर छ । सांस्कृतिक एवं पुरातात्त्विक महत्व बोकेका ढुङ्गेधाराले उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्नुका साथै सहरी सभ्यता र सौन्दर्यीकरणमा समेत सघाउ पुर्‍याएका थिए । त्यसो त ढुङ्गेधारामा विभिन्न देवीदेवता तथा नागका मूर्तिहरू कुँदिएको पाउनुलाई धार्मिक सहिष्णुताको द्योतक भएको संस्कृतिविद्को अभिमत पनि छ । बालाजुका बाइस धारा र ललितपुरको कुम्भेश्वर स्नानको धार्मिक महत्व बेग्लै छ । कुम्भेश्वरका धारामा आउने पानीको मुहान पवित्रस्थल गोसाइँकुण्ड हो भन्ने किंवदन्ती छ । बाइस धारामा त हिउँदको समयमा पानी आउन छोडिसकेको छ भने कुम्भेश्वरका धारामा पनि पहिलेको तुलनामा…

Read More

आकाश सर्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र देशभरका स्थानीय तहसँग लगानीयोग्य परियोजना छनौट गरी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।  संघीय सरकारले आगामी बर्ष अर्थात २०८१ सालको ९ देखि ११ बैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने निणर्य गरेको भन्दै मन्त्रालयले एक महिनाभित्र प्रदेश र स्थानीय तहसँग भएका लगानी योग्य परियोजनाको प्रस्ताव पठाउन भनेको हो । सरकारले लगानी सम्मेलन गर्ने निणर्य गर्दै मुख्यसचिवको नेतृत्वमा लगानी सम्मेलन कार्यान्वयन समिति गठन गरिसकेको छ । सो समितिको गत १९ मंसिरमा बसेको बैठकले लगानी सम्मेलनमा प्रस्तुत हने परियोजनाको पहिचान, विकास र तयारी गर्न प्राविधिक समिति बनाइसकेको छ । मिठाराम अधिकारीको नेतृत्वमा…

Read More

पाकिस्तानी खेलाडी बाबर आजम वान डे क्रिकेटको नम्बर एक ब्याट्सम्यान बनेका छन् । आईसीसीको नयाँ वरियतामा बाबजर शीर्ष स्थानमा फर्किएका हुन् । उनले भारतीय ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पुन पुरानै वरियतामा फर्किएका हुन् । यस्तै भारतीय ब्याट्सम्यानद्धय विराट कोहली र रोहित शर्मा शीर्ष चारभित्र अटाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको वान डे सिरिजमा गिलको अनुपस्थितीका कारण वरियतामा ठुलो फेरबदल आएको हो । बाबर ८ सय २४ रेटिङ अंक सहित नम्बर एक वान डे ब्याट्सम्यान बनेका हुन् । गिल ८ सय १० रेटिङ अंक सहित दोस्रो स्थानमा छन् । विराटको ७ सय ७५ र रोहितको ७ सय ५ सय ४४ अंक…

Read More

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारी धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता हुन्। उनले आफ्नो दलका सबैजसो मुख्य नेताहरू सहभागी कार्यक्रममा मङ्गलवार अनौठो अभिव्यक्ति दिएका छन्:  “मैले पाएको सूचना यदि गलत छैन भने आगामी चैतभित्र संविधान खारेज हुन सक्छ।“ उनले त्यस्तो अभिव्यक्ति दिएको कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूसहित ठूला नेता सहभागी थिए। त्यो सूचना सुनाउनुअघि नेता भण्डारीले अप्रिय स्थिति आउने जोखिम औँल्याएका थिए। “तपाईँहरू धेरैलाई थाहा होला, म भन्दै छु- साथीहरू नोट गरेर राख्नुहोस् , आगामी चैत महिनाभित्र जे पनि हुन सक्छ मुलुकमा,” नेता भण्डारीको भनाइ थियो। पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र…

Read More

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन् । टोखा नगरपालिका-९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको आज शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताए । ‘काठमाडौँ र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ’, उनले भने। एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार…

Read More