काठमाडौं । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ । कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि…
Author: Kathmandu Khabar
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदाममा रहेको च्याङ्ग्रा कुकुरले टोकेर मारेको छ । पौष १८ गते बुधबार मध्यराति ४/५ वटा कुकुरको एक समुहले खोरभित्र छिरेर च्याङ्ग्राहरुमा आक्रमण गर्दा हालसम्म २२ वटा च्याङ्ग्रा मरिसकेको कम्पनीको बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । थापाका अनुसार नियमित दाना पानी खुवाएर खोरमा नै रहेको च्याङ्ग्राको समुहमा मध्यराति १२ बजेपछि ४/५ वटा कुकुरको एक समुहले आक्रमण गरेको हो । बिहान दाना पानी खुवाउने बेला उक्त च्याङ्ग्रा हेरचार गर्ने भाइहरु खोरमा पुग्दा च्याङ्ग्राहरु ढलिरहेको जानकारी दिएको प्रमुख थापाले बताइन् । लगत्तै अफिस आएर सिसिटिभी फुटेज हेर्दा कुकुरले टोकेको भन्ने निश्चित भएको उनले बताईन्…
बुढानीलकण्ठ क्षेत्रको पूरानो खानेपानी उत्पादन तथा वितरण गर्ने जोरधारा खानेपानी संस्थाले आज १५ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशन गर्दैछ । खानेपानी अभावले समस्याग्रस्त कपनको घनावस्तीमा रहेको जोरधारा खानेपानी संस्थाले आजै नयाँ नेतृत्व पाउने छ । १२०० भन्दा धेरै साधारण सदस्यहरूबीच हुने साधारण सभालाइ सांसद गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू पनि अतिथिको रूपमा सहभागि हुने आयोजकले जनाएको छ । साधारणसभामा संस्था आयव्यय विवरण तथा प्रगति विवरण पेश गरेर पार्टीका नेताहरूलाइ संस्था जिम्मा लगाउने पुरानो शैली यो अधिवेशनले तोड्ने उपभोक्ताले अपेक्षा गरेका छन् । खानेपानीको दीर्घकालीन समस्या समाधान हेतु विशेष काम गर्ने खाका…
काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले केही दिनमै पानी काठमाडौं पठाउने तयारी गरिरहँदा स्थानीयले भने बन्द गर्ने चेतावनी दिएका छन्। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले यसबारे आन्दोलनका कार्यक्रम बनाउन शनिबार हेलम्बु गाउँपालिका वडा नम्बर २ को गणेशे बगरमा भेला डाकेको छ। हेलम्बु-२ का पूर्व वडाध्यक्ष छिरीङ ग्याल्बो लामाको नेतृत्वमा बैठक बस्न लागेको स्थानीयले बताएका छन्। मेलम्ची आयोजनाकै कारण भ्रेमाथाङ पहिरो सिर्जित भएको र नदीको तटीय क्षेत्रका बासिन्दाले क्षति भोगेको उनीहरुको आरोप छ। ‘तर हामीलाई कुनै क्षतिपूर्ति आएको छैन। आयोजनालाई हामी १२ बुँदे माग राख्छौं,’ संघर्ष समितिका लामाले भने, ‘त्यो पुरा नभए खानेपानी ठप्प पार्छौ।’ खानेपानी आयोजनाको कमजोरीका कारण मेलम्ची खोलामा आएको बाढीले…
आगामी जुनमा वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड सम्मिलित समूह ‘डी’मा परेको छ । दोस्रोपटक विश्वकप खेल्न लागेको नेपालले यसक्रममा टेस्ट मान्यता राष्ट्रहरू दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले टी-२० आईमा बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । दक्षिण अफ्रिका र श्रीलंकासँग भने पहिलोपटक खेल्ने अवसर पाएको हो । यस वर्षको विश्वकप वेष्ट इन्डिज र अमेरिकामा हुँदै छ । २० टोलीबीच ६ स्थानमा हुने खेलमा ५५ खेल आयोजना हुनेछन् । यसपटक विश्वकपमा क्यानडा,…
काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसअघि दुई मुलुकका अधिकारीहरुबीच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति भएको थियो । सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन् । अब भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरेर नेपाली बिजुली खरिद गर्ने बाटो खुलेको छ । नेपालको निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्छन् । नेपाल सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा…
गोरखा । नेपाल एकीकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ । ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पदयात्रामा निस्किने सेनाको टोली काठमाडौँ हनुमान ढोका दरबार पुग्नेगरी पुस २१ गतेदेखि पदयात्रा थालनी गर्न लागिएको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षत्रीले जानकारी दिनुभयो । नेपाली सेनाले नेपाल एकीकरण गर्दा प्रयोग भएका तत्कालीन ऐतिहासिक पदमार्गको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारका लागि गोरखा दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट पदयात्राको थालनी गर्न लागेको उहाँले बताउनुभयो । पदयात्रामा निस्कने सेनाको टोली गोरखाबाट धादिङ, नुवाकोटहुँदै काठमाडाँैसम्म पुगेर पदयात्रा समापन हुने प्रमुख सेनानी क्षत्रीको…
काठमाडौं । बुढानीलकण्ठ भेकको सबैभन्दा पूरानो सामुदायिक खानेपानी संस्था हो, कपन जोरधारा खानेपानी संरक्षण संस्था । पचासको दशकको अन्त्यतिरबाट स्थानीय नागरिकहरूले खानेपानीको सहजताका लागि सुरू गरेको सानो अभियान विस्तारका क्रममा कपन जोराधारा खानेपानी संरक्षण संस्था बनेको हो । यस संस्थाले लगभग १२०० घरलाई खानेपानीको आपूर्ति गर्दै आएको छ । भूमिगत पानीको प्रयोग गरेर कपन भेकमा काकाकुलझैँ भएको बस्तीमा यस संस्थाले खानेपानी वितरण गरेर उर्जा प्रदान गरेको थियो । करिब ५ लाख लिटरको वितरण ट्याङ्कीसमेत रहेको खानेपानी वितरण प्रणालीमा पछिल्ला समय भूमिगतरूपमा कम पानी निस्किन थालेपछि सांसद गगन थापा तथा उनको संसद कार्यालयको भूमिकामा खानेपानी संस्थानको पानी जोड्ने काम भएको छ…
काठमाडौँ । नेपाली सेनाको अगुवाइमा यो वर्ष ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । नेपाली सेनाले भोलि शनिबार गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा गर्दैछ । पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ आइ नगर परिक्रमापछि पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपछि समापन हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुजको झण्डा…
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वाग्मती आरतीको भिडियो खिच्ने विषयमा आएको सूचनामा अनभिज्ञ रहेको जनाएको छ । उसले आफ्नो लोगो दुरुपयोग भएङ्को भन्दै आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियोमाथि कपीराइट लाग्ने सूचनामा संलग्नता नरहेको कोषको भनाइ छ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले एक सूचना निकाल्दै पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने जनाइएको थियो । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको हस्ताक्षर रहेको विज्ञप्तिमा उक्त सूचना प्रकाशित भएकोमा कोषको कुनै पनि संलग्नता नरहेको पुनको भनाइ…
काठमाडौं । बुढानीलकण्ठ भेकको सबैभन्दा पूरानो सामुदायिक खानेपानी संस्था हो, कपन जोरधारा खानेपानी संरक्षण संस्था । पचासको दशकको अन्त्यतिरबाट स्थानीय नागरिकहरूले खानेपानीको सहजताका लागि सुरू गरेको सानो अभियान विस्तारका क्रममा कपन जोराधारा खानेपानी संरक्षण संस्था बनेको हो । यस संस्थाले लगभग १२०० घरलाई खानेपानीको आपूर्ति गर्दै आएको छ । भूमिगत पानीको प्रयोग गरेर कपन भेकमा काकाकुलझैँ भएको बस्तीमा यस संस्थाले खानेपानी वितरण गरेर उर्जा प्रदान गरेको थियो । करिब ५ लाख लिटरको वितरण ट्याङ्कीसमेत रहेको खानेपानी वितरण प्रणालीमा पछिल्ला समय भूमिगतरूपमा कम पानी निस्किन थालेपछि सांसद गगन थापा तथा उनको संसद कार्यालयको भूमिकामा खानेपानी संस्थानको पानी जोड्ने काम भएको छ…
चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे हात्तीले भरतपुर महानगरपालिका-२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उनले भने, ‘अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।’ हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । डियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिएका छन् ।
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटललाई दिएको कपिराइटसम्बन्धी अधिकार गैरकानुनी रहेको भेटिएको छ । सूचनामा डिजिटल कपिराइट ऐन अनुसार कारबाही हुने भनिए पनि यो नामको कपिराइट ऐन नेपालमा बनेको छैन । यसलाई प्रतिलिपि अधिकार ऐनले हेर्ने गर्छ । तर सो ऐनमा धर्ममा कपिराइट नलाग्ने उल्लेख गरिएको छ । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती लगायतको भिडिओ कपिराइट पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटललाई मासिक एक लाख ६० हजार रुपैयाँमा बुढासुब्बा डिजिटललाई बिक्रिगरेर कोषको नामबाट पशुपति क्षेत्रमा टाँस गरिएको सूचनामा “डिजिटल कपिराइट ऐन अन्तर्गत कारवाही हुने” लेखिएको छ । “प्रतिलिपि अधिकार ऐन, २०५९” को दफा ४…
काठमाडौं । पोर्चुगल पठाइ दिने भन्दै झण्डै १० लाख ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीय रचना थापालाई पक्राउ गरेको हो । उनले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाएर मासिक एक लाख ३० हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारेर ठगी गरेको आरोप छ ।पीडितबाट पटक-पटक गरी ९ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।…
काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत आज (शुक्रबार) अहिलेसम्मकै चिसो भएको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो।‘ यो उपत्यकाका लागि यस हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘अझै घट्ने सम्भावना छ।’मौसमविद् मानन्धरले आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने अनुमान गरिएको बताइन्। उपत्यकाको अधिकत तापक्रम पनि केही दिनयता ओरालो लागिरहेको छ। महाशाखाको विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम…
काठमाडौं । धार्मिक अतिक्रमणका लागि विभिन्न काम गर्दै आएको पशुपति क्षेत्र विकास कोषले अर्काे विवादित निर्णय गरेको छ । पशुपतिमा गरिने गंगा आरतीलाई व्यावसायिक कम्पनीलाई ठेक्कामा दिएर भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी पशुपति क्षेत्र विकास कोषले दिएको हो । बुझ्नुपर्ने कुरो नेपालमा यसमा लेखिएजस्तो ‘डिजिटल कपिराइट ऐन’ नामको कुनै ऐन छैन । सो विषयलाई प्रतिलिपि अधिकार ऐन २०५९ले हेर्ने गर्छ । ऐनको नामसमेत ठीकसँग नलेखी सूचनामा कोषले आम आस्तिकमाथि कारबाहीको चेतनावनी दिएको हो । यस्तो छ कोषको सूचनाः
काठमाडौं । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन आह्वान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने समितिले शुक्रबार विज्ञप्ति जारी गरी उपकुलपतिको लागि योग्य व्यक्तिले १० दिनभित्र आवेदन दिन भनेको हो । योग्य आवेदकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेभसाइटमा गएर आवेदन भर्न सक्ने व्यवस्था गरेको छ । यस्तो छ जारी सूचना :
काठमाडौं । मेलम्ची खानेपानी आयोजना शुरू भएको दुई दशक बितिसक्दा पनि उपत्यकावासीले अझै दीर्घकालीन रूपमा प्यास मेट्न पाएका छैनन्। पानी आउन सकेको छैन नै, पटक-पटक मर्मतमा करोडौँ रुपैयाँ खर्च भइरहेको छ। सन् २००१ मा शुरु भएको आयोजना दुई दशकपछि अर्थात् पहिलो पटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो। तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्यायो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको…
मैले पहिले पनि यो शब्दको अर्थलाई व्याख्यासहित प्रस्तुत गरेको थिए । यसको अर्थ संस्कृत बौद्धधर्मका ग्रन्थमा यसरी उल्लेख गरिएको छ । तथागत शब्दको तीन फरक अर्थहरू छन् जुन बुद्ध शब्दले त्यति समेट्दैन। त्यसैले ‘बुद्ध’ भने पनि तथागत भनेर पनि उल्लेख बौद्ध सुत्र अनि शास्त्रमा हामी गरेको पाउँछौं । १) यथागन्तव्यं गत: = जसरी गन्तव्यमा जानुपर्ने त्यस्मा पुगेको वा गएको। (अर्थात् बोधी वा निर्वाणसम्म पुगिसकेको) २) सुष्ठु गत:, अपुनरावृत्ति-अर्थेन, सुनष्टज्वरवत् = कहिल्यै यो संसारमा फर्केर नआउने हिसाबले राम्रोसँग गएको, सम्पूर्ण ज्वरो निभाएको जसरी । ३) नि:शेषं वा गत:, नि:शेषज्ञेयगमनार्थेन, सुपुर्णघटवत् = वा केही पनि बाँकी नरहने गरेर जान्नुपर्ने सबै बुझेको/जानेको, जस्तो…
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद…
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टङ्कलाल घिसिडको अध्यक्षतामा आज बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो । खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपश्चात् खेलाडी आवासका रुपमा रुपान्तरण गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो । विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटल तथा बसोबास खर्चबापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न…
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन् । आयोगको आजको निर्णयबाट जगेडामा रहेका जिल्ला न्यायाधीश कोशी प्रदेशका लागि विष्णुप्रसाद गौतम, मधेस प्रदेशका लागि चित्रबहादुर गुरुङ, बागमतीका लागि श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशका लागि ऋषिराम आचार्य, लुम्बिनी प्रदेशका लागि कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशका लागि मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशका लागि विष्णुप्रसाद अवस्थीलाई तोकिएको छ । आयोगको यही पुस १२ गतेको निर्णयबमोजिम सातवटै प्रदेशमा नियुक्त निर्वाचन अधिकृत जिल्ला न्यायाधीशहरू…
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौँ, कोशी निर्माण सेवा काठमाडौँ, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँ र पाँचखाल कन्ट्रक्सन प्रालि काठमाडौँ छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले भने, ‘विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकामा त्यसको समयावधि पूरा गरेपछि अहिले थप सातदिने स्पष्टीकरण मागिएको हो,…
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो । नेपालले आइसिसी विश्वकप लिग दुई, टि–२० सिरिज, एकदिवसीयलगायतका सिरिजलाई खेलतालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने…
सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको उनको भनाइ छ । बुधबार अध्यक्ष भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ।’’ उनले अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने जानकारी दिए ।उल्का वर्षा प्रति घण्टा ५० देखि १२० वटासम्म…
काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले बिहीबार हस्ताक्षर गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवीनराज सिंहले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’का भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीन रुपमा नेपालको बिजुली…
काठमाडौं । न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।
काठमाडौं । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् । उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए । मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि…
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउनलाग्नु भएको पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिनुभयो । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो । उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुहुनेछ । नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको…