Author: Kathmandu Khabar

काठमाडौं । बुढानीलकण्ठ क्षेत्र विकास समिति बनेको छ । लामो प्रतिक्षापछि बनेको क्षेत्र विकास समितिको रूप, रंगले जनसामान्यलाई किञ्चित प्रभाव पार्ने खालको भने छैन । क्षेत्र विकास समितिका नाममा एउटा पार्टीका कार्यकर्ताको जत्था मात्र देख्दा सर्वसाधारणलाई कुनै ‘मज्जा’ नआए पनि मन्दिरका महन्थ निगमानन्दलाई पनि ठूलै असर परेको छ । विदुरबिक्रम खड्कालाई अध्यक्ष बनाएर नगरपालिकाले पठाएको खबरसँगै ‘महन्थ निगमानन्दको निद उड्यो’ भनेर मन्दिर परिसरमा गाइँगुइँ चलेको थियो । बुढानीलकण्ठ नगरपालिकाले बिदुरबिक्रम खड्कालाई क्षेत्र विकास समितिको अध्यक्ष बनाउनुको पछाडि निगमानन्दसँग ‘पङ्गा’ लिन नै खोजेको आशय बुझ्न सकिन्छ । नगरपालिकाभन्दा आफू माथि भन्ने भ्रम र आडम्बरग्रस्त निगमानन्दलाई तह लगाउनकै लागि बिदुरबिक्रम खड्कालाई विकास…

Read More

काठमाडौँ । नेपाली लेखक संघ काठमाडौँले साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा कार्यक्रम गर्ने भएको छ । माघ २७ गते शनिवार काठमाडौँको धुम्बराही हुने विशेष कार्यक्रम साहित्यकार तथा कवि वैरागी काँइलाकै उपस्थितिमा हुन लागेको नेपाली लेखक संघ काठमाडोँले बताएका छ । धुम्बराही मण्डिखाटारस्थित गेट कलेजको सभाहलमा शनिवार दिनको १ बजे हुन लागेको कार्यक्रममा साहित्यकार समालोक प्रा.डा. अभि सुवेदी तथा साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले स्रष्टा वैरागी काँइलाका बारे परिचर्चा गर्ने नेपाली लेखक संघ काठमाडौँद्वारा वितरित निमन्त्रणा पत्रमा  बताइएको छ ।

Read More

काठमाडौं । गिरिबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरिदिएको छ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले उक्त जग्गा सट्टापट्टामा दिने निर्णय कानूनी प्रावधानअनुकूल नदेखिएको ठहर गरेको हो। सर्वोच्चले तत्कालीन सरकारको उक्त निर्णय र त्यस बमोजिम भए-गरिएका काम कारबाहीसमेत बदर हुने ठहर गरेको हो।कृषि उद्योग सञ्चालनका लागि हदबन्दी छुट पाएको जग्गा घरजग्गा व्यवसायमा लगाउन पाउने गरी झापाको गिरीबन्धु टी स्टेटका पक्षमा गरिएको सरकारी निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले आज पनि ‘हेर्दाहेर्दै’मा राखेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक…

Read More

काठमाडौं । १२२ औं सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तक्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ ।  ललित कला प्रज्ञा प्रतिष्ठानमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा तीन वटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले संयुक्त रुपमा बालकृष्ण समको तस्बिरमा माल्यार्पण गरेका थिए  ।  कार्यक्रममा बोल्दै कुलपति निशा शर्माले आजको यस कार्यक्रममा प्रदर्शन गरिएको वृत्तचित्रले बालकृष्ण सम रङ्गमञ्च र साहित्यका बाहेक चित्रकलाका पनि महान कलाकार हुन् भन्ने स्पष्ट पारेको बताउनुभयो । उहाँका कृतिहरु…

Read More

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपविरुद्ध आन्दोलनको घोषणा गरेको छ । श्रमजीवी पत्रकार र कर्मचारीहरुको आन्दोलनलाई पार लगाउन कान्तिपुरसँग गोप्य सम्झौता गरेको आरोप खेप्दै आएको महासंघले नै फागुन २ गतेदेखि आन्दोलन गर्न लागेको बताइन्छ ।  आन्दोलनरत पक्षसँग छलफल र तिनका माग सम्बोधनका लागि एक साताको समयसीमा दिँदै महासंघले अटेर गरेमा थापाथलीस्थित कान्तिपुर मुख्यालयको परिसरभित्र अनिश्चितकालीन रिले अनसन बस्ने चेतावनी दिएको छ ।  कान्तिपुरले थप बेवास्ता गरेमा आमरण अनसन बस्ने महासंघले जनाएको छ । गत मंसिर १५ गते भएको सम्झौता कार्यान्वयनमा कान्तिपुरले तदारुकता नदेखाएपछि महासंघले आन्दोलन घोषणा गरेको हो ।  ‘२०८० मंसिर १५ गते नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया…

Read More

काठमाडौं- काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी बुधबार छुट्दैछन् । यद्यपि उनी थुनामा भने छैनन् । उनी ग्राण्डी हस्पिटलको सबैभन्दा महँगो क्याबिनमा बसिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेश अनुसार आज छुट्ने भएका हुन् । अदालतले बिहीबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भनी सोमबार दुई दिन म्याद थप्ने आदेश दिएको थियो । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण…

Read More

काठमाडौं । पछिल्ला पाँच वर्षमा प्रदेश र स्थानीय तहमार्फत किसानको हातैमा पुग्ने गरी संघीय बजेटबाट ३६ अर्ब २२ करोड ४० लाख ७१ हजार वितरण गरिएको छ । तर, उत्पादन वृद्धिको लक्ष्य राखेर क्षेत्र नै तोकेर ससर्त अनुदान पठाइए पनि के–के शीर्षकमा कति अनुदान खर्च भयो, कति किसान लाभान्वित भए र अनुदान प्रवाहबाट कृषि उपज उत्पादनमा कति वृद्धि भयो भन्ने नियमन र अभिलेखसम्म छैन ।  संघीय बजेटबाट १५ जेठमै रकम पठाउनासाथ कृषि मन्त्रालयले बर्सेनि कार्यविधि बनाई तोकिएकै क्षेत्रमा मात्र रकम खर्चने मापदण्ड पनि पठाउने गरेको छ । तर, मापदण्डअनुसार खर्च भए/नभएकोबारे कुनै निकायले मूल्यांकन नगरेका हुन् ।  चालू आर्थिक वर्ष ०८०/८१ को स्थानीय तहमा वितरण…

Read More

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु भएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको जानकारी दिए । “पूरक जाहेरी छुट्टै दर्ता गर्नुपर्दैन, पुरानै मिसिलमा थप्ने हो, दर्ता नम्बर पनि पुरानै हुन्छ । सूर्यदर्शनबारे थप व्यक्तिहरुमाथि अनुसन्धान थालेका छौँ,” उनले भने । सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि…

Read More

काठमाडौं उपत्यकामा भएका घर, मन्दिर, पाटी, पौवा, विहार, दरबार, मठहरूमा विभिन्न किसिमका झ्यालहरू पाइन्छन् । तिमध्ये एक मुखे झ्यालहरू पनि एक हुन् । वास्तवमा भन्नुपर्दा काठमाडौं उपत्यकाका स्मारकहरूमा सबैभन्दा बढी मात्रामा एकमुखे झ्यालहरू पाइन्छन् । यस्ता झ्यालहरूमा आफ्नै किसिमको काष्ठकलाकारिता देख्न सकिन्छ । झ्यालहरू प्रायः जसो वर्गाकार र आयातकार चौकोसमा बनेका छन् भने खुला भागको आकार भने भिन्न रहेको पाइन्छ । प्रत्येक झ्यालका भागमा जोडिएका भागहरूको नाम अलग अलग हुन्छन् । एकमुखे झ्यालहरू पनि कुनै खोल्न सकिने अवस्थामा बनेका छन् भने कुनै आँखीझ्यालको रूपमा भित्रबाट मात्र बाहिर हेर्न सकिने तर खोल्न नसकिने स्वरूपमा बनाइएका छन् । आँखीझ्यालको प्रयोग सम्भवतः हावाको…

Read More

राजधानी काठमाण्डौलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ७० वर्ष पूरा भएको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीले थानकोटस्थित हालको चेकपोष्ट चोकमा देशकै पहिलो राजमार्गको उद्घाटन गरेकी थिइन् । राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ वर्ष पुगेको अवसरमा नेपाल–भारत सडक सम्पर्कका लागि यस राजमार्ग निर्माण गरिएको थानकोट चेकपोष्टमा राखिएको शिलालेखमा उल्लेख गरिएको छ । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित ७२ माइल लम्बाइको यस सडक काठमाण्डौको थानकोटबाट मकवानपुरको भैंसे दोभानसम्म भारतीय वायुसेनाका चिफ इञ्जिनियर लेफ्टिनेण्ट कर्नेल एन बी ग्रान्टको प्रत्यक्ष निगरानीमा निर्माण सम्पन्न भएको थियो । यस राजमार्ग निर्माण सम्पन्न भएपश्चात थानकोट…

Read More

निपेश ढाका शिवपुरी-नार्गाजुन राष्ट्रिय निकुञ्जमा नागमती बाँध निर्माण गर्ने कुरा अहिले चर्चाको विषय बनेको छ । यसले काठमाण्डौको मानव बस्तीमा असर पुर्‍याउन सक्ने खतराका बारेमा वातावरणविद्हरुले चासो व्यक्त गरिरहेका छन् । जुन नागमती खोला छ त्यसको वरपर रहेर २०६९ सालमा अध्ययन पनि गरेको थिएँ । त्यसको अध्ययन गरेको हुनाले त्यहाँको वातावरण तथा भूगोलका बारेमा पनि राम्रो जानकारी छ । त्यसबेलाको अध्ययनमा त्यहाँको हाइड्रोलोजिकल मोडल तथा अन्य कुराहरु पनि अध्ययनमा समावेश थियो । हाम्रो जस्तो गरिब देशमा विकास निर्माण हुनु र त्यसले आर्थिक तथा अन्य कुराहरुको पनि फाइदा त हुन्छ । तर, त्यसमा धेरै कुराहरु ध्यान दिनु आवश्यक हुन्छ । नागमती…

Read More

काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व संकलन भएको छ । यो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरी उक्त राजश्व संकलन गरिएको हो । उक्त राजश्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३, मधेश प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार रुपैयाँ संकलन भएको छ ।  यस्तै, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार…

Read More

स्थानीय तहका जनप्रतिनिधिले आफूलाइ राजा सोच्नेदेखि भ्रष्टाचारमा लिप्त हुने विषय आजभोलिका सामान्य विषय हुन् । देशभरका स्थानीय तहमा यस्ता घटना परिघटना आमरूपमा देख्न पाइन्छ । यसैबीचदार्चुलाका एक वडाध्यक्षले आफ्नै पालिकाका लेखापाललाई ज्यान मार्ने दिने धम्की दिएका छन् ।  जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय विष्टलाई फर्जी बिल भुक्तानी नगरेको भन्दै मार्ने धम्की दिएका हुन् ।अध्यक्ष डाँगाले लेखापाल विष्टलाई फर्जी बिलको भुक्तानी नगरेको निहुँमा ज्यान मार्ने धम्की दिएको ४ मिनेट ३४ सेकेन्ड अडियो सार्वजनिक भएको छ ।  सो अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको एक चेक पनि नकाटेस् है विजयजी…

Read More

काठमाडौं । मिठाराम अधिकारी भन्नेबित्तिकै उनीसँग जोडिएको एउटा बहुप्रचारित मिथ छ ’कपनलाई जापान बनाएका व्यक्ति’ । कपनमा जब जब बाढ़ी आउँछ तब तब मिठाराम अधिकारीले ’कपनलाई मैले जापान बनाएँ’ भन्ने उक्ति सबैलाई सम्झना आउँछ । अव्यवस्थित बस्तीमा परिणत भएको कपन हरेकवर्ष वर्षामा डुब्ने गरेको दृष्य सामान्य हो । तत्कालिन कपन गाविसका अध्यक्ष मिठाराम अधिकारीको निणर्यले कपनका दर्जनौँ खहरेहरूमा ढल हालेर सडकमा परिणत गराइएका थिए । खोला पुरेर बनेका साना साना सडक अनि अव्यवस्थित घरहरूले गन्जागोल भएको कपनलाई विकासको उत्कृष्ट नमुना भन्दै करिब ७ वर्षअघि एक कार्यक्रममा मिठाराम अधिकारीले धाक दिँदै भनेका थिए, आजको यो कपन विकसित कस्ले गर्यो ?, मैले…

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०८० र ८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भइ पुस मसान्त सम्ममा  १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा…

Read More

धुर्मुस-सुन्तली फाउन्डेशनले अलपत्र पारेको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला अन्ततः सरकारले सम्पन्न गर्ने भएको छ।  आज बिहान बसेको बागमती प्रदेशको क्याबिनेट बैठकले रंगशाला निर्माणका लागि बजेट सुनिश्चितता गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेसँगै अब निर्माण पूरा हुने बताइन्छ । यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानीको सहमति भएको थियो । सोहीअनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँको बजेट सुनिश्चित गरेका हुन् । रंगशाला निर्माण थालेको धुर्मुस सुन्तली फाउन्डेसनले रकम जुटाउन नसकेको र आफूहरु उल्टै ऋणमा फसेको जनाउँदै निर्र्माणको कामबाट हात झिकेपछि रंगशाला अलपत्र भएको हो ।

Read More

काठमाडौं । केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनपछि बसेको आकस्मिक बसेको केन्द्रीय कार्यसमितिको बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने गरेको हो। यस्तै पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित भएका छन्।   कांग्रेस अहिले समुदायमा कांग्रेस अभियान लिएर देश दौडाहामा थियो। यस्तै बैठकले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना निर्णय गरेको छ।

Read More

तनहुँको देवघाट गाउँपालिका-५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ। पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो। विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल)को उत्खनन गरेको थियो। पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेको बताइएको छ। विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ। मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै रु ८० लाखको लागतमा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति उनको निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए । झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्रीसम्म भएका थिए । बुढाथोकीको पार्थिक शरीरलाई मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइने हुमागाईँले जानकारी दिए । उनका दुई छोरा एक छोरी…

Read More

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटी चरम संकटमा पुगेको छ ।नेपाल रेडक्रसमा कार्यसमितिको आधिकारिताको विषयमा भाँडभैलो बढ्दै गएपछि आईएफआरसीले इमेल पठाएर सहकार्य नगर्ने आफ्नो धारणा राखेसँगै संटको बादल मडारिएको हो  । अन्तर्राष्ट्रिय रेडक्रस महासंघ र रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीसँग थप सहकार्य नगर्ने जनाएको हो । नेपाल रेडक्रसमा हाल सुदर्शनप्रसाद नेपाल र नेत्रप्रसाद तिम्सिनाको नेतृत्वमा छुट्टाछुट्टै कार्यसमिति छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले समेत दुवै कार्यसमितिलाई वैधानिकता नदिएको अवस्थामा रेडक्रसलाई मान्यता दिन नसकिने आईएफआरसीले उल्लेख गरेको छ । रेडक्रस केन्द्रीय कार्यालय हाताभित्रै रहेको आईएफआरसी कार्यालयका नेपाल प्रमुख अजमत उल्लाले माघ दोस्रो साता नेपाल रेडक्रसलाई इमेलमार्फत उक्त जानकारी गराएका…

Read More

काठमाडौँ – बाँसबारी छालाजुक्त काराखानाको १० रोपनी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथिको अनुसन्धान दुई दिनभित्र सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।अनुसन्धानका लागि पाएको चार दिनको समय सकिएपछि सोमबार थप म्यादका लागि सिआइवीले चौधरीलाई जिल्ला अदालतमा पेश गरेको थियो। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीमाथि अनुसन्धानका लागि थप दुई दिन थुनामै राख्न अनुमति दिएको छ। दुई दिन थुनामा राखेर अनुसन्धान सक्न र नसकिएमा हाजिर जमानीमा छाडेर अनुसन्धानको बाँकी काम पूरा गर्न भनेको हो। आदेशमा भनिएको छ, ‘यी प्रतिवादीहरुवाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र सो नभएमा…

Read More

काठमाडौं । नेपालले राजदूत नियुक्त गर्न लागेको झन्डै ९ दशक लामो अवधिमा नेपालको इतिहासमा एकपटक पूर्वप्रधानमन्त्री कोइराला राजदूत नियुक्त भएका छन्। दुईदुई पटकसम्म प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए। दुईदुई पटक प्रधानमन्त्री भएर देशको शासनसत्ता चलाइसकेको व्यक्ति कुनै देशका राजदूत नियुक्त भए भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर ६ दशकअगाडि नेपालमा यस्तै भएको थियो। प्रधानमन्त्री भइसकेर पनि राजदूत नियुक्त हुने व्यक्ति हुन् मातृकाप्रसाद कोइराला । नेपालले पहिलोपटक सन् १९३४ मा मिनिस्टर (राजदूत) नियुक्त गर्न थालेको हो। त्यसअघि उत्तरी ल्हासा र दक्षिणी ब्रिटिस भारतमा नेपालको प्रतिनिधि रहने गर्दथे। नेपाल सरकारका ती प्रतिनिधिलाई वकिल भनिन्थ्यो। नेपाल-अंग्रेजबीच…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा किर्तेका काण्डहरू भैरहन्छन् । जनप्रतिनिधिकै मिलेमतोमा एकडेढवर्ष अघि किर्ते मतदाता काण्ड चलेको थियो । सो किर्ते मतदाता काण्डका पिडीतहरू अहिले पनि समस्याग्रस्त छैन । उनीहरूको समस्याप्रति किर्ते गर्ने जनप्रतिनिधि उदासिन देखिन्छन् । यसैबीच बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना बाहिरियो । ४ जना वडा सदस्यहरूले आफ्नो हस्ताक्षर किर्ते भएको भनेर त्यसको छानविनका लागि नगरप्रमुखलाई निवेदन गरेसँगै जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना बाहिरियो । यो घटनासँग्(किर्ते हस्तारक्षर) वडाध्यक्ष राजेन्द्र श्रेष्ठको प्रत्यक्ष संलग्नता भएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना(पार्टीका) पत्रकारसँग सो कुराको सुरक्षा गरेका छन् । श्रेष्ठले जे विषयका किर्ते गरिएको हो…

Read More

काठमाडौं । नेपाल प्रहरीले ‘सुरक्षित काठमाडौं उपत्यकाः हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न प्रविधिमैत्री बनाउँदै लगेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका विभिन्न स्थानीय तह मिलेर उपत्यका विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्यलाई तीव्रता दिएको हो । यसका कारण उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रण थप प्रभावकारी हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिए ।  प्रहरीले अटोमेटिक नम्बर प्लेट पहिचान र फेस पहिचान क्यामरा जडान द्रुत गतिमा गरिरहेको उनले बताए । उनले हाल कोटेश्वर, महाराजगन्ज र बसपार्क क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान भइसकेको जानकारी दिए । यसैक्रममा आइतबार बूढानीलकण्ठका विभिन्न क्षेत्रमा…

Read More

काठमाडौं ।  नेपाली कांग्रेस काठमाडौँ जिल्ला सचिव इन्द्रबहादुर थापाको प्रयासमा बुढानीलकण्ठ प्रहरी प्रभागका थुनुवाहरूका जाडोमा लागि न्यानो ओढ्नेको व्यवस्था भएको छ । जाडोमा थनुवाहरू चिसोमा बसिरहेको अबस्थालाई सम्बोधन गर्न थापाको प्रयासमा रेडक्रसमार्फत तातो ओढ्नेको व्यवस्था भएको हो । सोमवार एक अनौपचारिक कार्यक्रमका साथ सचिव थापाले रेडक्रश प्रतिनिधिका साथमा बुढानीलकण्ठ प्रभाग प्रमुखलाई कम्बल हस्तान्तरण गरेका छन् । हस्तन्तरणपछि थापाले थुनुवाहरू जाडोमा निकै चिसोमा बसिरहेकाले मानवीय हिसाबले सहयोग गरेको बताए । उनले समाजसेवा गर्ने हो भने पाइला-पाइलमा यस्ता विषयहरू रहेको बताउँदै आफूले प्रयास गरेको अनि रेडक्रश सोसाइटीले केही तातो कम्बल उपलब्ध गराएको जानकारी दिए । थापाले प्रहरी प्रभाग बुढानीलकण्ठमा दैनिक थुनुवाहरू आउने-जाने…

Read More

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल-हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गर्नुभएको छ ।अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब, इजरायल, इजिप्ट र कतारको भ्रमण गर्ने अपेक्षा गरिएको छ । करिब पाँच महिनादेखि जारी युद्धको घेराबन्दीमा परेको क्षेत्रमा विनाशकारी असर परेको भन्दै सहायता समूहहरूले बारम्बार चेतावनी दिएपछि उहाँले गाजामा मानवीय आवश्यकतालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । ‘अवस्था अवणर्नीय छ,’ गाजापट्टीमा रहेको आफ्नो घरबाट भागेर इजिप्टको सिमानामा रहेको दक्षिणी शहर राफामा पुगेका प्यालेस्टाइनी नागरिक हमौदाले भने । संयुक्त राष्ट्रसङ्घले ‘निराशाको चरम अवस्था’ को संज्ञा दिएको राफाले अहिले इजरायलको आक्रमणका कारण…

Read More

काठमाडौँ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बन्ने नागमती बाँध पक्षी संरक्षण प्रतिकूल हुने देखिएको छ । काठमाडौँ उपत्यकामा मानव बस्ती र सहरीकरण बढ्दै जाँदा सो निकुञ्जसँगै उपत्यकाका पहाडी भेगमा बाँकी रहेका वनमा चराको बास खुम्चिएको छ । तर सोही स्थानमा चराको बासस्थान खोसिने गरी नागमती बाँध बन्न प्रस्ताव गरिएको छ । प्रस्तावित बाँध क्षेत्रमा धेरै रुखबिरुवा काट्नुपर्ने व्यवस्थाले यस्तो अवस्था सिर्जना गर्न लागेको हो । काट्नुपर्ने रुखको गणना पनि वन नियमावली प्रतिकूल रहेको पाइएको छ । नयाँ वन नियमावली अनुसार बाँध बन्ने क्रममा पाँच सेन्टिमिटर गोलाइदेखि माथिका दुई लाख बढी रुख तथा बुट्यान काटिने छन् । तर आयोजनाले पुरानो नियमावली टेकेर ३० सेन्टिमिटर गोलाइमाथिका ८० हजार रुख काट्ने…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्। सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्। ‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो-आज एक ऐतिहासिक काम सम्पन्न भएको छ। राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ- धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू!’ उनले नबनेको भए म ‘बीसौँ तलामा…

Read More

काठमाडौँ-  धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन् । ती दुई नगरपालिकाले संयुक्त रुपमा एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ रुपैयाँ सहयोग गर्ने भएका छन् । धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ दुई नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन् । उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार दुई नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै नगरपालिकाबाट एक-एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक…

Read More

काठमाडौँ, माघ २२ गते । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिका प्रमुखले आफूखुसी त्यस्ता पदाधिकारी नियुक्त गर्दै आएका छन् ।  संविधानमा जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुन प्रदेश सरकारले बनाउने उल्लेख छ । जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले बनाएको कुनै पनि कानुनमा स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था छैन ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्ने गरेको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता कमलप्रसाद…

Read More