Author: Kathmandu Khabar

काठमाडौं । काठमाडौंका चारसहित देशभरका कुल ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । काठमाडौंमा कीर्तिपुर नगरपालिकाका प्रमुखसहित दुई वडाध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं १६का वडाध्यक्ष पदका लागि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । काठमाडौंका चारमध्ये चारै निर्वाचन क्षेत्र अघिल्लो पटक नेपाली काँग्रेसले चुनाव जितेको क्षेत्र हो । तर यी क्षेत्रहरूमा सबै दलहरूले आ-आफ्ना उम्मेदवार जिताउन लागि परेका छन् भने नयाँ र पुराना दलहरू यी क्षेत्रलाई प्रतिष्ठाको लडाइँको रूपमा लिएर चुनावी प्रचारमा लागेका छन् । आज देशभर नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू अराजक बन्दा रंगशालामा सामान्य दुर्घटना भएको छ । गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भएका छन् । जबरजस्ती गेटबाट भित्र छिर्न खोजेपछि प्रहरीले रोक्न लाग्दा धकेलाधकेल भएको हो । काठमाडौं प्रहरी परिसरका अनुसार दुई प्रहरी जवानसहित सात जना घाइते भएका हुन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको वीर अस्पताल, टिचिङ अस्पताललगायतमा घाइतेहरूको उपचार भइरहेको छ ।

Read More

काठमाडौं । बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले…

Read More

काठमाडौं । नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगअन्तर्गत् आजको उद्घाटन खेलमा विराटनगर किङ्सले खराब प्रदर्शन गरेको छ । उसको खराब प्रदर्शनका कारण उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले आठ विकेटले विराटनगरलाई हराएको छ । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो  एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन…

Read More

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुरमा माओवादीका उम्मेदवारसहित छ जना र काठमाडौं १६ मा रास्वपाकी उम्मेदवारसहित ४ जनालाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै कीर्तिपुर नगरपालिकाका माओवादीका उम्मेदवार शिवशरण महर्जनसहित ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । जसमा धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका मेयरका उम्मेदवार राजमान महर्जनलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । त्यस्तै, काठमाडौं महानगरपालिका १६ मा वडाध्यक्षका चार जना उम्मेदवारलाई पनि स्पष्टीकरण सोधिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रोजिना श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मिनबहादुर मानन्धर, स्वतन्त्र उम्मेदवार पशुपती कठायत र सम शाक्यलाई पनि स्पष्टीकरण सोधिएको हो ।

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ । ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

Read More

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटमा त्रिविका विद्यार्थीलाई आधा छुट दिने भएको छ । क्यानले सार्वजनिक गरेको टिकट दरमा उद्घाटन, फाइनल र बीचको खेलको लागि छुट्टाछुट्टै दररेट कायम गरिएको छ । ती सबै खेलमा त्रिविका विद्यार्थीलाई आधा छुट दिएको हो । मंसिर १६ गतेदेखि हुने एनपीएलको टिकट दर गत सार्वजनिक गरेको हो । जसमा सबै खेल हेर्नका लागि सिजनल पासको रूपमा ४४८० रुपैयाँ तोकिएको छ यही पास भीआईपीको लागि भने आठ हजार दुई सय ४० कायम गरेको छ । जुन सबै खेलको समग्र टिकटदरको २० प्रतिशत सस्तो हो । उद्घाटन खेलका लागि साधारणतर्फ तीन…

Read More

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने सो खेलमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । विश्व चर्चित खेलाडीको आगमनले निकै चर्चा पाएको यो खेल आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ । जसमा कुल आठ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । यसका लागि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान दुलहीझैँ सिङ्गारिएको छ । त्रिवि मैदानमा पहिलोपटक दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न…

Read More

काठमाडौं । आज मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन दिवंगत पितृहरूको सम्झनामा शतबीज छरिएको छ । देशभरका विभिन्न शिवालयहरूमा रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको थियो । यस अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर,…

Read More

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ । गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए । पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तिसपुतलीबाट पशुपतिनाथको…

Read More

काठमाडौं । आफूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको समूह सदस्य भन्दै व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंको समूहको रहेको भेटिएको छ । भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘भारतीय आपराधिक समूह’ को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । फुँयाल…

Read More

काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकासँग पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाललाई श्रीलंकाले २३४ रनको लक्ष्य दिएको थियो । नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएर नेपाल पराजित भएको हो । खेलमा नेपालका मायन यादवले सर्वाधिक ६१ रनको योगदान गरेका छन् ।

Read More

काठमाडौं । बुढानीलकण्ठमा ‘प्रथम देवी स्पोर्ट्स हाउस भेट्रान कप २०८१ आयोजना हुने भएको छ । देवी स्पोर्ट्स हाउसद्वारा आयोजित सो कार्यक्रमबारे बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जानकारी गराइएको थियो । यही मंसिर २१ र २२ गते हुने प्रतियोगितामा ४० वर्षमाथिका फुटबल खेलाडी टोली समावेश हुने बताइएको छ । अन्तर्राष्ट्रिय फुटसल नियमको आधारमा रहेर खेलिने सो प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ पुरस्कार दिइने छ । साथै द्वितीयलाई १५ हजार पुरस्कार दिने बताइएको छ । खेल देवी स्पोर्ट्स हाउस रुद्रेश्वरमा हुने बताइएको छ । सो खेलमा दर्ता हुनका लागि तीन

Read More

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आज नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली क्रिकेटर शक्ति गौचनको प्रशिक्षण एवं हेमन्त धामीको कप्तानीमा खेल हुँदैछ । खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ । नेपाल गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको थियो । नेपाल रहेको समूह बीमा श्रीलंकासहित बंगलादेश र अफगानिस्तान छन्।

Read More

काठमाडौँ । अध्ययन विदामा विदेश गएर नफर्किने प्राध्यापकविरुद्ध त्रिभुवन विश्वविद्यालय आक्रामक बनेको छ । विदेश गएर नफर्किनेहरू धेरै भएपछि त्रिवि आक्रामक बन्न थालेको हो । रेक्टर कार्यालयअन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिनभित्र विवरण पठाउन निर्देशन दिएको छ। बिहीबार त्रिविका सबै निकायमा विवरण पठाउने ढाँचासहितको पत्र पठाइएको बताइएको छ । महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने बताएको छ । २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । पछिल्लो १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र…

Read More

काठमाडौं । आजदेखि स्थानीय तहको उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । मंसिर १६ गते हुने निर्वाचनको १८ घण्टा पहिलेदेखि मतगणनासम्म यो अवधि सुरु हुने बताइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ । यो अवधिमा भोट माग्नदेखि सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा…

Read More

काठमाडौं । आज रातभर पशुपति क्षेत्रमा मेला लाग्ने भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाउन लागिएको हो । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो…

Read More

काठमाडौं । लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औँ बैठकले तीन सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो । यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको  म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट…

Read More

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अदालतले आठ वर्षको कैद सजाय हुने फैसला गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । साथै, उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र त्यति नै बिगो र जरिवाना तोकेको छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा बयान लिनका लागि काठमाडौं ल्याइएको छ । आज श्री एयरको विमानमार्फत् उनलाई काठमाडौं ल्याइएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

Read More

काठमाडौं । पछिल्लो समय काठमाडौंमा चिसो बढ्दै गएको छ । न्यूनतम र अधिकतम दुवै तापक्रममा गिरावट आएसँगै काठमाडौंमा दिउँसो र बिहान समेत चिसो बढेको महसुस हुन थालेको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता उक्त समयमा काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।

Read More

काठमाडौं । नेपाल आयल निगमले भलवारीमा रहेको पेट्रोलियम पदार्थको डिपो स्थानान्तरणका लागि डीपीआर तयार पार्न काठमाडौं विश्वविद्यालय (कन्सल्टेन्सी सेवा)सँग सम्झौता गरेको छ । बुधबार रुपन्देहीको रोहिणी गाउँपालिकामा पर्ने रोहिणी खोलाको किनारमा आयोजित एक कार्यक्रमका बीच आयल निगमका भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अत्याधुनिक प्रविधियुक्त डिपो निर्माणका लागि केयुले छ महिनाभित्र डीपीआर तयार पारिसक्नेछ । जसका लागि आयल निगमले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसा भुक्तानी गर्नेछ । डीपीआर तयार पारेपछि तुरुन्तै डिपो निर्माणको काम अघि बढाउने…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यो साल बाला चतुर्दशीको दिन कैलाश क्षेत्रमा पसल राख्न नदिने निर्णय गरेको छ । सतविज छर्न आउनेहरूलाई असहज हुने भएपछि सो निर्णय गरिएको कोषले जनाएको छ । १४ गते शुक्रबार रातभर जागा बसेर शनिबार बिहान शतविज छरिँदैछ । भुवनेश्वरीबाट वनकालीतर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए। बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका…

Read More

काठमाडौं । बिहीबार बिहान भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । गत साउन ३१ गते सोही ठाउँ नजिक ट्रकको ठक्करबाटै एक जनाको ज्यान जाँदा स्थित तनावग्रस्त बनेको थियो । आज भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा ४१ वर्षीया नवीना देउलाको मृत्यु भएको हो । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो । उनका श्रीमान जिते देउला घाइते छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ ।

Read More

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो । आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ । आज कारोबारमा आएका सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी…

Read More

काठमाडौं । नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नै १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरे पनि आज बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। उता, विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको छ। बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका छन् ।

Read More

काठमाडौं । सरकारले नागरिकसँग ऋण उठाउने भएको छ । बुधबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गरी नागरिक बचतपत्र २०८६ (क) निष्काशन गरेको हो । कार्यालयले दुई अर्ब रूपैयाँ बराबरको बचपत्र बिक्रीको लागि आह्वान गरेको हो। जसमा ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ। नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो। यस बचतपत्रको निष्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात…

Read More

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेर सार्वजनिक गरेको दुई जनामध्ये एक जना मकनवानपुर बकैया गाउँपालिका–५ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा…

Read More

काठमाडौं । लोकतान्त्रिक राज्यप्रणालीमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले पार्टी अध्यक्ष र महासचिवविरुद्ध बोलेको भन्दै प्रदेश सभा सदस्यलाई नै कारबाही गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलमाथि सार्वजनिकरूपमा गाली गलौज गर्ने र समाजिक संजालमा पार्टीका नेता/कार्यकर्तालाई खुइल्याउने काम गरेको भन्दै उनलाई पार्टीबाट निलम्बन गरेको हो । केही दिनअघि उनलाई एमाले जिल्ला कमिटी बाँकेले स्पष्टीकरण सोधेको थियो । सोको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो। माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित…

Read More

काठमाडौं । यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई गाडी प्रदान गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन गइरहेको सो खेलमा उत्कृष्ट नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको हो । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताए । उनले नेपाली…

Read More