Author: Kathmandu Khabar

काठमाडौं । सरकारले यो वर्ष ५ लाख क्विन्टल धान किन्ने भएको छ । सरकारी खाद्यान्न भण्डारणमा पर्यप्त मात्रामा धान चामलको जोहो गर्न र किसानलाई उचित मूल्यको प्रत्याभूती गर्न धान खरिदलाई तीब्रता दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्न सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले जानकारी दिए । ‘हामीले धान खरिद सुरु गरिसकेका छौं,’ चन्दले भने, ‘एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्दैछौं ।’ गत वर्ष ढिलो धान खरिद गर्दा आलोचना भएपछि…

Read More

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० जारी गरेको छ । मंसिर ६ गतेको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरिएको हो ।  योसँगै आठवटा रोगको सहुलियत उपचार कार्यक्रम पुन: नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामार्फत नै सञ्चालन हुने छ । यसअघि सो कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रममा नै समेटिएको थियो । बिमा कार्यक्रममार्फत सञ्चालन गर्दा प्रभावकारी र सहज नभएको गुनासो सेवाग्राहीबाट आएपछि महाशाखामार्फत नै सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । सहुलियत सेवा प्रदान गर्न देशभरका १२० वटा अस्पताल सूचीकृत गरिएको छ ।  विपन्न नागरिक औषधी उपचार कार्यक्रमअन्तरगत मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दर्शन/सिद्धान्त तय गरेको छ । रास्वपाले आफूलाई ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’को रूपमा आफ्नो सिद्धान्त तय गरेको हो ।  महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले महासचिव डा. मुकुल ढकालको राजनीतिक प्रतिवेदन पारित गर्दै बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा आफूलाई उभ्याएको हो ।  २०७९ सालमा स्थापना भएको रास्वपाले आफ्नो सिद्धान्त र दर्शन तय गरेको थिएन । रास्वपाले ‘वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहितापूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु’ पार्टीको ध्येय भएको प्रस्ट पारेको छ ।  रास्वपा प्रतिनिधि सभामा…

Read More

म्याग्दी जिल्लाको निस्कोटकी ८३ वर्षीया मंगली विक (सुनार) का कान्छा छोरा तुलप्रसाद सुनार गाउँबाट हिँडेको १७ महिनापछि अमेरिका पुगे। तुलप्रसाद अमेरिकामा पुगेर सेटल भएपछि यहाँका अरू १७२ जना युवा ऋणधन गरेर जति दुःख भए पनि जंगल र खोलानालाको बाटो छिचोल्दै, एजेण्टले मागेजति रकम बुझाउँदै अमेरिका पुगिसकेका छन्। घरबाट हिँडेको १७ महिनापछि भाइ अमेरिका पुगेपछि मंगलीका राहिला छोरा गोविन सुनार पनि ६५ लाख एजेण्टलाई बुझाएर चार महिना हिँडेर अमेरिका पुगेका मंगली सुनारले बताइन्। ‘मेरा पाँच भाइ छोराहरूमध्ये दुई भाइ अमेरिका पुगिसकेका छन्, अरू दुई भाइ पनि जाने तरखरमा छन्’ मंगलीले भनिन् ‘बराहा माईको पूजा र भाकल गरेर बसेका छन्, ढिलो चाँडो…

Read More

श्रीमान् श्रीमतीबीच झगडा परेपछि जर्मनीबाट थाइल्याण्डका लागि उडेको जहाज डाइभर्ट गरिएको छ ।यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार भारतको दिल्लीतर्फ डाइभर्ट गरिएको हो । “विशेष रूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि क्याबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।” विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । तर अज्ञात कारणले त्यो अनुरोध पूरा भएन । त्यसपछि विमान सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण भयो…

Read More

काठमाडौं। एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्दा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार प्रति तोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका तुलनामा मंगलबार ३ सय रुपैयाँ बढेको थियो। चार दिनमा सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढिसकेको छ। साताको पहिलो दिनका तुलनामा सोमबार ५ सय मात्रै बढेको थियो। लगातार बढेको भाउले गत सातादेखि घट्ने संकेत गरेको छैन। गत साताको प्रारम्भमा प्रति तोला १ लाख १५ हजार ७ सय थियो।  …

Read More

काठमाडौँ । देशभरका ७५३ स्थानीय तहमध्ये ७ वटा पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । आफ्नो पालिकाभित्रका अनौचापरिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा आवद्ध गरेर उनीहरुको सामाजिक सुरक्षा गर्ने उदेश्यले ती स्थानीय तहहरु कोषमा आवद्ध भएका हुन् । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले अहिलेसम्म ७ स्थानीय तह कोषमा आवद्ध भइसकेका जानकारी दिए । कोषको छौटौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक अधिकारीले यस्तो जानकारी दिएका हुन् । कोषले स्थानीय तहहरुलाई आवद्ध गर्ने प्रयास पनि गरिरहेको छ । यही प्रयासस्वरुप कोषले १७ असोज २०८० मा ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी…

Read More

कमरेडबाट रातारात जय नेपाल बनेर दुई वर्षे कार्यकालका लागि ०७९ साउनमा चलचित्र विकास बोर्डमा पुगेका भुवन केसी फेरि अर्को लफडामा मुछिएका छन् । नियामक निकायमा बसेर आफैँले सिनेमा निर्माणको तयारी थालेसँगै उनको अर्को निणर्य विवादमा परेको हो । झण्डै ७५ लाख खर्चेर विकास बोर्ड आफैँ सिनेमा निर्माणको तयारीमा लागको छ । यसनिम्ति सरकारबाट ७५ लाख रूपैयाँ बजेटसमेत प्राप्त भइसकेको जनाइएको छ । नेपाली कला, संस्कृति, संस्कार, परम्परा तथा इतिहास झल्काउने सिनेमा निर्माणका लागि अहिले धमाधम कार्यविधि बन्दै छ । विकास बोर्डले भने आयल निगमले आफैँ पेट्रोल पम्प चलाउन हुने, बोर्डले फिल्म बनाउन किन नहुने भन्ने तर्क पेश गरेको छ ।…

Read More

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि कतै आलोचना र कतै प्रशंसा पाइरहेको सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एकजना अधिकारीले बताएका छन्। टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बीबीसीलाई बताए। “म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु। तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन्,” रायमाझीले भने।“हामी यसको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेका छौँ।”उनले प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको…

Read More

(दन्त्यकथा-२) स्याङ्ग्री बूढीको नाति अघि नेपाल देश घनाजङ्गलले ढाकिएको थियो । मानिसहरू कम थिए ठाउँ-ठाउँमा दानवहरू बस्दथे । तिनीहरू मानिसको मासु खान्थे । वृन्दावन नामको एक ठाउँका छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्दथी । ऊसँग दश वर्ष पुग्न आँटेको एक नाति थियो । उनीहरू दुवै जना एउटा टुँगमा बस्दथे । टुँगमा चढ्न-ओर्लन एउटा डोरीको भर्‍ याङ् राखिएको थियो । डोरीको टुप्पो रूखको टुप्पामा बाँधिएको थियो । उनीहरू टुँगमा चढ्न वा ओर्लनासाथ भर्‍ याङ् उँभो तानेर टुँगमा राख्ने गर्दथे । एक दिन उनीहरू बसेको टुँगका फेदमा आई एउटी बूढी दानवीले आगो मागी । स्याङ्ग्री बूढीले आगो दिएँ भने…

Read More

मुस्ताङमा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको छ । मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो ।  एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरकै सम्पत्तिका रूपमा व्यवस्थित गर्न फैसला गरेको थियो । जिन्सी तथा नगद भेटी मुक्तिनाथ क्षेत्र विकास कोष मातहत ल्याउनुपर्ने सरोकारवालाको सुझाव र अदालतको फैसलालाई समेत कार्यान्वयन गर्न अटेर गरिएको छ । मन्दिरबाहिर राखिएका दानपेटीका र नगदी रसिदमार्फत प्राप्त भएको नगद भेटी मात्र गणना गरी कोषमा जम्मा गरिन्छ ।…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेलमा रहेका नेता बालकृष्ण खाणका बारेमा विवादास्पद अभिव्यक्ति दिएका छन् । देउवाले रुपन्देहीमा भएको एक कार्यक्रममा अदालतले हेरिरहेको मुद्धामा खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्। मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए। भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाणलाई शरणार्थी प्रकरणमा फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए। ‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईंहरुको प्रतिनिधि पनि हो त्यसकारण तपाईंहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो,’ देउवाले भने, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ।” अदालतमा विचाराधीन…

Read More

ग्रह, दशा, रोग, भयबाट मुक्त पार्ने, धनधान्य कार्यसिद्धि आदि वर दिने देवताका रूपमा मानिने यो मन्दिर/ विहार आनन्ददायी लोकेश्वर, लोकनाथ, चोभाद्यः आदि नामले पुजिँदै आएको चोभारको यस मन्दिरलाई आदिनाथ मन्दिरको रूपमा चर्चित रहेको छ।हिन्दू धर्मावलम्बीले शिवशक्तिकारुपमा र बौद्धधर्मावलम्बीले आर्य अवलोकितेश्वरको रुपमा आदिनाथको पूजा गर्ने गर्दछन्। यस प्राचीन मन्दिरमा हरेक वर्ष आश्विन शुक्ल पूर्णिमा र चैते दशैँमा गरी दुईपटक मेला लाग्ने गर्छ। काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध चारवटा लोकेश्वरमा सेतो मच्छिन्द्रनाथ (जनबाहाः द्यः)पाटनको रातो मच्छिन्द्रनाथ (बुंगद्यः), बनेपाको सृष्टिकान्त लोकेश्वर र चोभारको रातो मुहार भएको लोकेश्वर (च्वबाहाःद्यः) आदिनाथको मन्दिर हो । करुणाका प्रतीक आदिनाथको दर्शन गरेमा कुष्ट रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख…

Read More

काठमाडौं। अहिले सुन तोलाको सवा लाखको हाराहारीमा पुगेको छ । सुनको मूल्य घट्ने-बढ्ने भैरहन्छ । यसको इतिहासलाई हेर्दा पनि यसको मूल्यमा तल माथि भइरहेको बुझ्न सकिन्छ। विक्रम संवत् १९६३ सालको एउटा पत्र अनुसार त्यतिबेला सुन जम्मा २४ रुपैयाँमा एकतोला आउने गरेको भेटिएको छ।राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा कलकत्ताबाट झिकाएको सो सुनको मूल्य २४ रुपैयाँमा पाइएको हो। सो पत्रअनुसार कम्पनी रुपैयाँ दुई लाख तीन हजार ३९८ खर्च गरी इङ्गलिश गोल्ड आठ हजार चार सय छब्बीस तोला छ मासा र साढे छ लाल सुन खरिद गरेको भेटिएको छ । यसलाई तोलामा हिसाब गरेर हेर्दा प्रति तोला जम्मा २४ रुपैयाँमा सुन खरिद गरेको भेटिएको…

Read More

नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ । हाल चीनमा रहनुभएका रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिए।  “रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौँ खण्डको काम सुरु हुन्छ,” उनले भने, “अहिले चीनको प्राविधिक टोलीले ड्रोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ । सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो ।”  ड्रोनमार्फत सर्वेक्षण गर्नुपर्ने भएकाले कानुनी प्रक्रिया पूरा गरी विभिन्न निकायबाट अनुमति लिनुपर्दा सर्वेक्षण कार्य केही ढिलो हुन गएको उनले…

Read More

विवाद रूचाउने तथा विवाद निम्त्याउने नेताकारूपमा परिचित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत यतिखेर कमाउधन्दाका कारण चर्चामा छन् । पछिल्ला समय डा. गोविन्द के.सी. लाई गाली गर्दै हिडेका मन्त्री बस्नेत कमाउधन्दा व्यापक सक्रिय भएको देखिन्छ । टेरामेक्स खरिदमा ठूलो लाभ लिएर नेता रिझाएको आरोपकाबीच मापदण्ड नपुगेका नर्सिङ कलेज खुलाउन लबिङ गरेको विषयमा उनी जोडिएका छन् । मन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनका लागि लबिङ तीव्र बनाएका छन् । नेपाली कांग्रेसको कोटाबाट स्वास्थ्यमन्त्री बनेका बस्नेतले पछिल्लो समय फेरि…

Read More

युक्रेनविरुद्ध लड्नका लागि रुसी सेनामा भर्ती भएका ३ जना नेपालीको मृत्यु भएको छ।  मस्कोस्थित नेपाली दूतावासका उच्च अधिकारीका अनुसार उनीहरू मारिएको घटनाबारे विस्तृत विवरणहरू नेपाल सरकारलाई पठाइसकिएको छ।  दूतावासका अनुसार स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको निधन भएको हो ।

Read More

काठमाडौं । पछिल्लो समय नेपालमा क्यान्सरका सबै प्रकारका उपचारहरु हुन थालेका छन् । एक दशकअघिसम्म क्यान्सर भन्ने वित्तिकै आम मानिसमा मृत्युको नजिक पुगेको आभाष हुन्थ्यो तर, चिकित्सा पद्दतिमा विकास भएका नविनतम उपचार पद्दतिका कारण क्यान्सर समयमै पत्ता लागे पूर्णरुपमा निको हुन्छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर रिता महासेठका अनुसार जसरी हामीले चढ्ने कार, मोटरसाइकल समयसमयमा हामी सर्भिसिङ गर्ने, मेकानिकलाई देखाउने गरिरहन्छौं, त्यसरी नै हाम्रो शरीरको पनि सर्भिसिङ गर्नुपर्छ, डाक्टरलाई देखाउनु पर्छ । डाक्टरलाई देखाउन रोगै लागिहाल्नुपर्छ भन्नु हुँदैन । त्यसमाथि क्यान्सर लाग्नबाट जोगिने हो भने वर्षमा एकपल्ट होलबडी चेकअप गराउँदा राम्रो । ‘बाइक र कार भन्दा…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सूर्तिजन्य पदार्थको विक्री-वितरण तथा सेवनमा रोक लगाएको छ। महानगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै आगामी १५ दिनपछि काठमाडौं महानगरपालिकाभित्र प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सूर्तिजन्य पदार्थको पूर्णरूपमा प्रतिबन्ध लगाउने जानकारी दिएको छ। सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि हानिकारक रहेको प्रस्ट पार्दै महानगरले शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायमशालाहरू, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरूलगायतका सार्वजनिक स्थलमा धुम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड,…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएका तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन्।  सभापति देउवाले मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्ष नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  मुख्य सचिव पौडेलका अनुसार नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) नियुक्त भएका हुन्।पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्ण अनुसार सभापति देउवाले उनीहरूलाई अध्यक्ष नियुक्त गरेका हुन्। 

Read More

कृषि तथा वन विज्ञान विश्वविद्यालय  (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् ।पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिएका छन् । तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् । कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको सङ्ख्या घट्दो छ । गएको वर्ष एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने खुलेको छैन । दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए । प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए । २०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो ।

Read More

गोदावरी- चुरे गाउँपालिका- ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेकाछन् । स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन । स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ । दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन…

Read More

वि.सं. १९५४-५५ तिर वीरशम्शेरले वास्तुकलाविद् जोगवीर स्थापितलाई ’फोहरा दरबार’ बनाउन लगाए । उनले सो दरबारमा तयार भएपछि आफ्ना छोरा प्रतापशम्शेरको लागि बकस लेखिदिए । तर, यो कुरा वीरशम्शेरकी कान्छी रानी तोपकुमारीदेवीलाई मन परेको थिएन । त्यसपछि वीरशम्शेरले सोही दरबार नजिकै अर्को अझ भव्य फोहरा दरबार कान्छी महारानीका लागि बनाइदिए । सो दरबारमा अत्याधुनिक फोहराहरू बनाइएको थियो । साथै, दरबारको बिचमा चौडा पोखरी र पोखरीको बिचबिचमा पनि लहरै फोहराहरू राखिएको थियो । यही महलको कौसीमा पनि सर्च लाइट जडान गरिएको थियो । यहाँ जडान गरिएका सामग्रीहरू पनि युरोपबाट मगाइएका थिए । १९५९ मा वीरशम्शेरको मृत्यु पछि  दरबारमा प्रतापशम्शेर बस्न थाले । १९८२ मा प्रतापशम्शेर…

Read More

काठमाडौंको टंगालबाट बालुवाटारर्फ जाँदा आउने भाटभटेनी पर्दछ । भाटभटेनीको बारेमा त धेरैलाई जानकारी छ । तर त्यहाँ रहेकी भाटभटेनी देवीको महिमाको बारेमा धेरै कमलाई जानकारी हुन सक्छ । यस देवीलाई नाम लिन नहुने देवीको रुपमा पनि चिनिन्छ । यस देवीलाई टाढा रहनु भएको देवीको नाममा पनि चिनिन्छ । आकाशमा उडिरहेकी यस देवीलाई झुण्ड्याइएर राखिन्छ भने कहिल्यै जमिनमा छुवाउन नहुने मान्यता पनि रहेको पाइन्छ । नेपाली शैलीमा बनेको दुई तल्ले प्यागोडा शैलीको मन्दिरभित्र “अजिमा”, उनका श्रीमान् र बच्चा गरि तीन जना देवताहरु रहेका छन् । यहाँ झुण्ड्याइएको मूर्तिको बारेमा छुट्टै किंवदन्ती रहेको छ । यो एउटा अनौठो मन्दिर हो, जहाँ रहेका…

Read More

कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ। पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आइरहेका छन्। मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौँ मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन्। धामीझाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरूले बताएका छन्।भूत मेलामा स्नान गरेपछि…

Read More

रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखनमा परेको घटना सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालका–९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।  उक्त सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले नाबालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुका साथै उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले जनाएको छ। उनीमाथि मानब बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए।  अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा…

Read More

मन्दिरमा लाग्ने एकादशी  मेला भनेको के हो ? कस्तो हुनुपर्छ ? सम्भवतः  यसको अर्थ एवम् परिभाषासँग धर्म-आध्यात्म तथा ज्ञान-विज्ञानसँग सम्बन्धित कतिपय पक्षसहित स्थानीय मौलिक जात्रा, भजन, बालनसहित स्थानीय उत्पादनहरूको बजारीकरण जोडिन्छ । त्यसमाथि भगवान् विष्णुको देशकै सबैभन्दा ठूलो मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलासँग झन् आध्यात्मका जागरण र स्थानीय उत्पादनको बजारीकरण सबैले अपेक्षा गरेका हुनुसक्छ । तर यो वर्ष बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ५ दिन भव्य एकादशी मेलामा त्यस्तो कुनै पक्ष कसैले अनुभूति गरेनन् । मन्दिरभित्र राखिएको एकाध फ्लेक्स बोर्ड, राति बल्ने झिलीमिली बत्ती तथा मन्दिर बाहिर बाँसबारीदेखि लगाइएका स्वागतद्वारमा लेखिएको भव्य एकादशी मेलाको स्वरूपमा पुग्दा मानिस पूणर् विस्मित हुनसक्थे । मन्दिर…

Read More

भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताए । आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने, “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्काे फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पुर्याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।” सुवेदीले एक हेक्टर जमिन भाडामा लिएर तीनवर्ष यतादेखि ड्रागनफलको खेतीगर्दै आएका छन् ।यसवर्ष हालसम्म रू. आठलाख बराबरको बिक्री गरिसकेको उनले जानकारी दिए।फल फल्ने…

Read More

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ। अहिले निर्माणाधीन धरहरा परिसरको संरचनाको समष्टिगत भौतिक प्रगति ९० प्रतिशत भइसकेको छ। तर, अझै पनि धरहरा परिसरमा निर्माण हुने सबै संरचनाको काम भने सकिसकेको छैन। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक कोषराज अधिकारीले अहिले धरहरा परिसरमा निर्माणाधीन रहेका केही संरचनालाई यथावत्मा नै राखेर तीन महिनाभित्रै धरहरा सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको बताए। सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको सुरुवाती लागत तीन अर्ब आठ करोड ११ लाख रुपैयाँमा…

Read More