Author: Kathmandu Khabar

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मापन गरिएको वायु गुणस्तर अनुसार काठमाडौँको शङ्ख पार्क आसपासको हावा सबैभन्दा अस्वस्थकर देखिएको छ। वातावरण विभागका अनुसार, आइतबार मध्याह्न १२ बजे काठमाडौँ उपत्यकाका अन्य स्थानको तुलनामा शंखपार्कको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७२ पुगेको छ । शंखपार्कसहित काठमाडौं उपत्यकाका पाँच स्थान अस्वस्थकर छन् । रत्नपार्क, भक्तपुर, ललितपुरको खुमलटार, भैँसेपाटीमा वायु प्रदूषण बढेको छ । ती स्थानको एक्यूआई १६४ देखि १६८ सम्म छ । काठमाडौं उपत्यकाबाहिर चितवनको भरतपुरको एक्यूआई सबैभन्दा धेरै (१६३) छ । सोही समयमा मकवानपुरको हेटौँडामा एक्यूआई १५७, कैलालीको धनगढीमा १५५ र काभ्रेको धुलिखेलमा १५३ पुगेको छ । एक्यूआई १०१ देखि १५०को…

Read More

काठमाडौं । आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ। फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता काठमाडौंमा सुरु हुन लागेको हो । यही फागुन १४ गतेसम्म चल्ने एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । जसमध्ये पहिलो खेल दिउँसो साढे १ बजे म्यानमार र लेबनानबीच हुनेछ । यस्तै, साँझ साढे ५ बजे सुरु हुने दोस्रो खेलमा नेपाल किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

Read More

काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् । आजका लागि ओलीलाई १० सांसदले प्रश्न सोधेका छन् भने लगभग सबैको ओलीले उत्तर दिएका छन् । तर सांसद प्रभु शाहले सोधेको प्रश्नमा भने ओलीले उत्तर दिएनन् । सांसद साहले ७० लाख युवाले विदेशमा कमाएको रकम हुन्डी कारोबारीमा मिलान गराएको विषयमा मौन बसेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । उनले भनेका थिए, ‘झन्डै ७० लाख नेपाली युवाहरू वैदेशिक रोजगारीमा छन् । यसअनुसार ४० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेसम्मको रिपोर्टले देखि…

Read More

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुने गरी भएको बेलुन विस्फोटको बारेमा छानबिन समिति गठन भएको छ । शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको हो । आइतबार गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण…

Read More

काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सरकारी खर्च घटाउने क्रममा नेपाललाई दिँदै आएको करिब ४ करोड डलरमाथि रोक लगाएको छ । अमेरिकी गभर्मेन्ट इफिसिएन्सी डिपार्टपेन्टले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक सूचनाअनुसार नेपाललाई दिँदै आएको करिब ४ करोड डलर सहयोगमाथि रोक लगाएको हो । नेपालसँगै अमेरिकाले भारत, बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको हो । अहिलेसम्म नेपालले अमेरिकाबाट वित्तीय संघीयताको नाममा २ करोड डलर र जैविक विविधता संरक्षण प्रयासका लागि एक करोड ९० लाख डलर दिँदै आएको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले…

Read More

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई जथाभावी नबोल्न राष्ट्रिय सभाले चेतावनी दिएको छ । सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिमाथि खेद व्यक्त गर्दै अब आइन्दा यस्ता अव्यावहारिक र अमर्यादित भनाइ नदिन चेतावनी दिइएको हो । राष्ट्रियसभाको आजको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ, भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति आपत्ति छ”, उनले भने। मिश्रसहित…

Read More

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक रेल्वे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। अति व्यस्त रेल्वे स्टेसन मध्येको एक नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड भएको हो। रेलवे स्टेसनमा भएको भागदौडबारेको प्रश्नमा डीसीपी रेलवे केपीएस मल्होत्राले भने, “भागदौडको कारण छानबिनपछि बाहिर आउनेछ। यो काम रेलवेले गर्नेछ।’’ उनले भने, ‘‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो । रेलवेले तथ्य पत्ता लगाउने काम गर्नेछ।” मल्होत्राले भने, ‘करिब ९ बजे रेल चल्दा भीड बढ्यो । एकै ठाउँमा धेरै मान्छे हुँदा र ट्रेनको प्रतीक्षामा हुँदा कुनै गलत…

Read More

काठमाडौँ । केही समयको मन्दीपछि घरजग्गा कारोबारको अवस्था बिस्तारै सुधार उन्मुख हुन थालेको छ। माघ महिनामा घरजग्गा कारोबारीले सरकारलाई बुझाएको राजस्वको आधारमा व्यवसाय सुधारोन्मुख देखिएको हो । तर कारोबारको आधारमा पुसको तुलनामा मागमा हामीले कम कारोबार भएको देखिएको छ। घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा प्रश्न सोध्न चाहने सांसदहरुसँग प्रधानमन्त्रीले प्रश्न उत्तर गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयले जारी गरेको कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

Read More

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले बताए । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका…

Read More

काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा  हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको  गृहमन्त्री रमेश लेखकले बताए । ‘आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उनले भने । एक प्रश्नको जवाफमा उनले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिए । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उनको कथन थियो । बैठकमा सरकार र संसद्का…

Read More

गण्डकी । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन सत्रमा अशुभ घटना घटेको छ । शनिबार भ्रमण वर्ष उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पार्टीको १५औँ महाधवेशनमा सक्षम र पार्टीलाई बलियो बनाउन सक्ने उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् । १४ औँ महाधवेशनमा संस्थापन पक्षमा रहेका नेताहरुसँगको शुक्रबारको भेटमा देउबाले यस्तो जवाफ दिएका हुन । बैठक शुक्रबार बिहान ९ बजेदेखि १२ बजेसम्म भएको थियो । ११ जना नेताहरू सहभागी सो बैठकमा नेताहरूले आफूहरू पुरानो रहेको र लामो समयदेखि सभापतिलाई सहयोग गर्दै आएकोले १५ महाधिवेशनमा आफूहरूलाई समर्थन गर्नुपर्ने माग गरेका थिए । जवाफमा देउवाले कांग्रेसको विरासत जोगाउन सक्ने सक्षम व्यक्तिलाई सहयोग गर्ने जवाफ दिए पनि त्यो सक्षम व्यक्ति को हो भन्ने खुलाउन चाहेनन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति…

Read More

काठमाडौँ ‌। करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीका बीच हमासले आज थप तीनजना बन्धक क्रिया गर्ने तयारी गरेको छ। शनिबार रिहा गर्ने तीनजनाको नाम हमासले शुक्रबार साँझ सार्वजनिक गरेको हो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । असअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।…

Read More

काठमाडौं । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत लाइन कटौती गर्ने सूचना जारी गरेको छ। प्राधिकरणका अनुसार शनिबार दिउँसो करिब ४ घण्टा महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडरअन्तर्गत पर्ने स्थानहरुमा बिजुली काट्न लागिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ। यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन…

Read More

काठमाडौँ । झन्डै दुई तिहाई बहुमतको सरकार बनेपनि अध्यादेशको विषयमा अनिर्णित बनेपछि आज सत्तारुढ दलको बैठक बस्दैछ। दिउँसो ११ बजे बस्ने बैठकले संसदमा अध्यादेश कार्यसूचीमा राख्ने विषयमा छलफल गर्ने तयारी छ । अध्यादेशको विषय पेचिलो बन्दै गएपछि शुक्रबार सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकले शनिबार सत्तापक्षीय सबै दलको बैठक बस्ने र त्यसले अध्यादेशको बारेमा समेत टुङ्गो लगाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि…

Read More

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेसले २०८४ मा बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कुनै बेला काँग्रेसको कट्टर विरोधी रहेका झलनाथ खनालले अहिले भने काँग्रेसले बहुमत ल्याउने दाबी गरेका हुन् । नेता खनालले कांग्रेस यही ढाँचाबाट अघि बढे काँग्रेसले बहुमत ल्याउने सम्भावना रहेको बताए। साथै, यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने खनालले टिप्पणी गरे । नेता खनालले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको दाबी गरे।

Read More

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ । सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ । त्यसैगरी, कोशीले ५० दशमलव नौ, बागमतीले ४५ दशमलव छ, कर्णालीले ४१ दशमलव छ, गण्डकीले ४० दशमलव आठ र लुम्बिनीले ३५ दशमलव नौ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३०…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए । त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । ‘अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दैछौँ, अबको दुई हप्तामा यो काम हुन्छ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन्’, परीक्षा…

Read More

काठमाडौं । बालेनले नेतृत्व गरेको काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरिकै सबैभन्दा कमजोर देखिएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाका ११ पालिकाहरूमध्ये काठमाडौँ महानगरपालिका अन्तिम स्थानमा रहेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको ५४.३ अंक आएक आएको हो । १७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा महानगरले मुस्किलले आधा कटाएको हो । यस्तै, काठमाडौं जिल्लामा रहेको अन्य १० नगरहरूमा कीर्तिपुर नगरपालिका ६३.४, शंखरापुरले ६८.१, चन्द्रागिरी ६७.१, टोखा ५८.६, तारकेश्वरले ७१.३, नागार्जुनले ७०.६, बूढानीलकण्ठले ६०.८, दक्षिणकालीले ५४.७, कागेश्वरी मनोहरा ६२.८, गोकर्णेश्वर नगरपालिकाले ६४.४ अंक ल्याएका छन् ।

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी…

Read More

काठमाडौँ । भ्यालेन्टाइन डे एक विशेष दिन हो जुन हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ। यो दिन प्रेम र स्नेहको प्रतीक हो, जसमा मानिसहरूले आफ्ना प्रियजनहरूप्रति आफ्ना भावनाहरू व्यक्त गर्छन्। भ्यालेन्टाइन डेको इतिहास सेन्ट भ्यालेन्टाइनसँग जोडिएको छ, जो आफ्नो प्रेमको कार्यका लागि प्रसिद्ध थिए। यो दिन रोमान्टिक सम्बन्धमा मात्र नभई मित्रता र परिवारबीच पनि मनाइन्छ, जान्नुहोस् यस दिनसँग सम्बन्धित केही प्रश्नहरूको उत्तर :- १. भ्यालेन्टाइन डे कहिले मनाइन्छ? भ्यालेन्टाइन डे हरेक वर्ष १४ फेब्रुअरीमा मनाइन्छ । यो दिन संसारभर प्रेम र स्नेहको उत्सव हो। यस दिन, मानिसहरूले आफ्ना प्रियजनहरूलाई आफ्नो प्रेम व्यक्त गर्न विशेष तरिकामा समय बिताउँछन्। यो दिन विशेष…

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ। यस्तो छ परीक्षा तालिका

Read More

काठमाडौं । सडक डिभिजन कार्यालयल बुधबार मेलम्चीको पाइप फुटेर बिग्रिएको बबरमहलको सडक जस्ताको त्यस्तै बनाइदिन भन्दै पत्र पठाएको छ । बिहीबार कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेख्दै बिग्रिएको सरकार जस्ताको त्यस्तै बनाइदिन भनेको हो । बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पाइप विद्युत् प्राधिकरणको त्रुटीले गर्दा अरनिको राजमार्गअन्तर्गत पर्ने सडकको सर्भिस लेनमा क्षति पुगेको छ । पाइप फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको हो । डिभिजनले यस्तै घटना दोहोरिन सक्नेतर्फ पनि सचेत रहन कार्यालयले जनाएको छ । यस्तो छ डिभिजनले केयूकेएललाई लेखेको पत्र :

Read More

काठमाडौं । पशुपतिको सम्पत्तिमा भ्रष्टाचार गरेको मुद्दामा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतको फैसला उल्टाउँदै बुधबार सर्वोच्चले यस्तो फैसला गरेको हो । न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले  एमाले नेता कुइँकेललाई छ वर्ष कैद र ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चको ठहर छ। उनले जरिवाना भने यसको दोब्बर तिर्नुपर्नेछ। कुइँकेल पशुपतिका पू्र्व सदस्यसचिव हुन् । कुइँकेलपछि हाल कोसी प्रदेशसभाका सचिव गोपाल पराजुली, पूर्व सदस्य सचिव सुशील नाहटा, तत्कालीन स्थानीय विकास अधिकारी प्रेमराज जोशी, तत्कालीन जिविसकै…

Read More

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा पुन: बाबुराम भट्टराई निर्वाचित भएका छन् । अन्य विभिन्न पदहरूमा सर्वसम्मत नेतृत्व चयन भए पनि अध्यक्ष पदमा भने बाबुरामलाई आफ्नै चेला नेत्रप्रसाद चापागाईंले चुनौती दिएका थिए । गत माघ २९ गते भएको निर्वाचनबाट अध्यक्षमा भट्टराईले कुल ७५१ मत पाएका छन् । प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर रहेको थियो । चापागाईंले भने केवल ७१ मत मात्रै प्राप्त गरे । निर्वाचनको अन्तिम परिणाम नआएको भए पनि गन्न बाँकी मतभन्दा मतान्तर धेरै रहेकोले भट्टराई निर्वाचित हुने निश्चित रहेको बताइएको छ । अन्तिम मतपरिणाम भने साँझ पाँच बजे…

Read More

काठमाडौँ । दोस्रो कार्यकालका लागि निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न क्रान्तिकारी कार्यकारी आदेश जारी गर्ने क्रममा डाइभर्सिटी इमिग्रेन्ट भिजा प्रोग्राम (डिभी प्रोग्राम) अन्त्य गर्ने तयारी गरेका छन्। रिपब्लिकन सांसदहरूले डिभी लटरी कार्यक्रम अन्त्य गर्नका लागि दबाब दिँदै आएका छन् भने राष्ट्रपति ट्रम्प समेत सोतर्फ सकारात्मक रहेको फक्स न्युजले जनाएको छ। रिपब्लिकन सांसदहरूले अनुहारविहीन कम्प्युटर कोडलाई लटरी प्रणालीमार्फत आप्रवासीहरूलाई अनियमित रुपमा भिजा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पारिएको भन्दै डिभी प्रोग्राम अन्त्य गर्न माग गर्दै आएका हुन् । अमेरिकी विदेश विभागद्वारा सञ्चालित यस प्रोग्राममा हरेक वर्ष ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड दिइँदै आएको छ। बुधबार रिपब्लिकन प्रतिनिधि…

Read More

काठमाडौँ । आज विश्व रेडियो दिवस । विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्र र सम्बद्ध अन्य माओवादी दलहरुले आज ३० औँ जनयुद्ध दिवस मनाउँदै छन्। २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको सम्झनामा हरेक वर्ष माओवादीले यो दिवस मनाउँदै आएको छ। अघिल्लो वर्ष सरकारले सार्वजनिक बिदा दिँदै राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको जनयुद्ध दिवसमाथि सर्वोच्च अदालतले यस वर्ष प्रतिबन्ध लगाएको छ। जनयुद्ध शब्द गैर संवैधानिक रहेको भन्दै यसलाई राष्ट्रिय दिवसको रुपमा नमनाउन सर्वोच्चले आदेश जारी गरेपछि सरकारी तवरबाट दिवस मनाउन प्रतिबन्ध लागेको हो। जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । ‘अहिलेको पुस्तालाई…

Read More