काठमाडौं । अमेरिकी सहयोग संस्था युएसएडले दिँदै आएको सहयोग बन्द गर्ने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिप्रति काठमाडौँ महानगरपालिकाका बालेन शाहले जवाफ फर्काएका छन् समसामयिक विषयमा चोटिलो जवाफ प्रहार गर्ने गरेका बालेनले ट्रम्पलाई सामाजिक सञ्जाल मार्फत जवाफ फर्काएका हुन्। बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् । बालेनले ट्रम्पलाई ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको’ भन्दै धन्यवाद दिएका हुन् । उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए। शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा…
Author: Kathmandu Khabar
काठमाडौं । नेपाल टेलिकमले खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। शुक्रबार बिहान एक सूचना जारी गर्दै जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मको पदका लागि दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।
फुङ्लिङ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर बिहिबार दिउँसो प्रदर्शनकारी र आन्दोलनरत पक्षबीच हिंसात्मक झडप भएको छ। जसमा परी १२ जना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीसँग मन्त्री स्तरीयवार्ताबाट समेत सहमति हुन नसकेपछि केवलकार बनाउनु हुँदैन भन्ने पक्ष आन्दोलनरत छ। सरकार भने स्थानीय मर्मभन्दा बाहिर गएर जबरजस्ती केवलकार बनाउनुपर्छ भन्ने अडानमा लाग्दा झडप हुन पुगेको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् ।…
काठमाडौँ । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत…
काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक रविन्द्र केसीको राजीनामा स्वीकृत गर्नेसहित १३ वटा महत्वपूर्ण विषयमा निर्णय गरेको छ । त्यस्तै, सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। सरकारले आगामी वर्ष २०८२ को वर्षभर दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धाणका विषयमा पनि स्वीकृत गरेको बताए। सरकारले औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ। यस्ता छन् फागनु ६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू : १) सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् । नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको प्रशंसा गरेका हुन् । उनले भने, “जनसरोकारका काममा यसअघि संघ र प्रदेश सरकारसँग बजेट माग्नु पथ्र्यो अहिले कामपाले बजेटको अभाव महसुस हुन दिएको छैन । यो राम्रो काम हो ।’ कामपा–८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित सत्तल पुनःनिर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान सङ्गत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकैपटक पाँच ठाउँमा जग राखेर शिलान्यास गरेका थिए । सत्तल पुनःनिर्माणका लागि करबाहेक रु दुई करोड २७ लाखमा निर्माण…
काठमाडौं । काठमाडौँको हनुमान ढोकामा रहेको सानो पशुपतिनाथ मन्दिर अगाडि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौँका अनुसार मृत भेटिएका व्यक्तिको सनाखत हुन सकेको छैन । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी पक्राउ गरेको र दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए ।
काठमाडौं । गत आइतबार मृत्यु भएकी बुटवलकी प्रकृति लम्सालको नाममा ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ । उनको शंकास्पद मृत्युपछि अनुसन्धानरत रहेको सो घटनापछि क्याम्पसले नेपाली विद्यार्थीका लागि लम्सालको नामा छात्रवृत्ति घोषणा गरेको युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समा लेखेको छ । युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँगको भेटमा यस्तो सहमति गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ । उनको मृत्युमा भारतीय प्रहरीहरूले छानबिन गरिरहेको छ भने एक अभियुक्तलाई पक्राउ समेत गरेको छ । नेपाली छात्रहरूमाथि दुर्व्यवहार गर्ने कर्मचारीमाथि क्याम्पसले…
काठमाडौ। मौसम विज्ञान विभागले आज मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको जनाएको छ । विभागले आजको मौसमबारे बुलेटिन जारी गर्दै हल्का वर्षाको संभावना रहेको जनाएको हो । महाशाखाका अनुसार आज राजधानी काठमाडौँमा भने छिटपुट मात्र वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँको कताकता हल्का वर्षाको संभावना रहेको हो ।
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विश्वास पात्र भनिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकी माथि तानाशाही भएको आरोप लगाएका छन् । युक्रेन संकटको विषयमा रुससँग दुईपक्षीय वार्ता गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो। अमेरिकी सैन्य सहयोग नाटोको समूहमा प्रवेश गर्ने विषयमा विवाद भएर तनावग्रस्त बनेको रसिया र युक्रेन सम्बन्धमा ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि नयाँ परिस्थिति सिर्जना भएको छ । युक्रेनलाई सहयोग र समर्थन गर्नुको साटो ट्रम्पले उल्टै रसियासँग वार्ता गरेपछि जेलेन्सकी तनावमा परेका हुन् । युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्। रुसले सञ्चालन…
काठमाडौं । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गएराति रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो । लम्साललाई उनका ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन्। प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । भारतबाट गोरखपुर हुँदै राति ९ बजे प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित…
वीरगञ्ज (पर्सा) । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् । केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए । निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले…
काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु ।” ट्रम्पले भने, “हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनःस्थापित गर्नुपर्छ । अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ!” सत्तासिन राष्ट्रपतिले आफ्ना पूर्ववर्तीले मनोनीत गरेका अमेरिकी न्यायाधिवक्ताका रूपमा चिनिने संघीय अभियोजकहरूको स्थान लिनु सामान्य अभ्यास हो। देशको ९४…
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। बुधबार दिउँसो पार्टी महामन्त्री धवल शमशेर राणाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरिएको जनाए। साथै उनले सम्पूर्ण नेपालीहरूलाई विद्यमान विकराल समस्याको समाधानका लागि आन्दोलनमा हुमिन आह्वान पनि गरेका छन्। राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् । उनले भनेका छन् : ‘यहि परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल…
काठमाडौं । काठमाडौँको जमलमा बसको ठक्करमा परी एक साइकल यात्रीको मृत्यु भएको छ। जमलमा अवस्थित विश्वज्योति सिनेमा हल अगाडि तीव्र गतिमा आएको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका ५६ वर्षीय अम्बरबहादुर बोगटीको ज्यान गएको प्रहरीले जनाएको छ। साइकलमा सवार बोगटीलाई बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो । प्रहरीले बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं । अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना नेपालमा कार्यान्वयनमा आएको करिब डेढ वर्षमा नै बन्द भएको छ। नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको सहसचिव श्यामप्रसाद भण्डारीले बताए। यो निर्णयलाई गत महिना मात्र अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभाव मानिएको छ। लामो समयको खिचातानी पछि २०८० साल भदौबाट एमसीसी कार्यान्वयनमा आएको थियो। संसदले २०७८ साल फागुनमा नै अनुमोदन गरेको भएपनि राजनीतिक दलबीचको खिचातानीका कारण लामो समयसम्म…
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न भएका योजना र कार्यक्रमको आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा प्रधानमन्त्री कार्यालयसहित १२ मन्त्रालय अनुत्तीर्ण भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको मूल्याङ्कनमा स्वयं मन्त्रीपरिषद्को कार्यालय सहित १२ मन्त्रालयले ३५ अंक कटाउन नसकेका हुन् । यसरी अनुत्तीर्ण हुने मन्त्रीहरूमध्ये तीनजना कांग्रेसका छन् भने अधिकांश अनुत्तीर्ण मन्त्रीहरू एमालेका छन् । कांग्रेसको तर्फबाट मन्त्रीहरूको नेतृत्व गरेर गएका सहरी विकास मन्त्री प्रकाशमान सिंहले ३५ अङ्क पनि कटाउन सकेनन्। उनले औसतमा २६% हाराहारीमा मात्रै काम सम्पन्न गर्न सके। उनी बाहेक खेलकुद मन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पनि औसत प्रतिशत प्रगति…
काठमाडौँ । आज नेपालमा ७५औं प्रजातन्त्र दिवस मनाइँदैछ। विक्रम सम्वत् २०७ साल फागुन ७ गते जहानीय राणा शासन अन्त्य भई प्रजातन्त्र घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । ७५औँ प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा…
काठमाडौं । गैरकानुनी गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट चार जना भारतीयलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानीलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन् ।
काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रदेश सरकारका मुख्य सचिवको नेतृत्वमा छानबिन समिति गठन भएको हो । आइतबार बुटवलकी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको हो । सो समितिमा मुख्य सचिवका अलावा गृह विभाग, प्रमुख सचिव, महिला एवम् बाल विकास विभाग र आयुक्त सह-सचिव, उच्च शिक्षा विभाग सदस्यका रूपमा रहेका छन् । ‘केआईआईटी विश्वविद्यालयमा हालै भएको दुर्भाग्यपूर्ण घटनाको पृष्ठभूमिमा ओडिशा सरकारले मामिलाबारे जानकारी लिएको छ । सुरक्षा गार्डलाई गिरफ्तार गर्नुका साथै यस प्रकरणमा सामेल दोषी अधिकारीलाई निलम्बितसहितका कदम…
काठमाडौं । नेपालको शिक्षा मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो । केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । ‘उक्त घटनाबाट श्रृजित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको…
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्राको मृत्यु र त्यसपछिका घटनाप्रति टेक्नोलोजीका उपकुलपतिले माफी मागेका छन् । टेक्नोलोजीका उपकुलपति प्राध्यापक सरञ्जित सिंहले विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गर्दै दोस्रोपटक माफी मागेका हुन् । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो । मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षामा पुन: प्रतिबद्धता जनाएको छ । ‘केआईआईटी सधैं विद्यार्थीहरूको घरजस्तै रहँदै आएको छ । जहाँ समावेशीकरण, सम्मान र माया गर्ने संस्कृति विकसित गरिएको छ’, विश्वविद्यालयका रजिस्ट्रारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी पछिल्लो घटनाबाट निकै दुःखी…
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि तनावग्रस्त बनेको भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले मङ्गलबार पाँच जनालाई कारवाही गरेको छ । नेपालीसँगै भारतीय विद्यार्थीहरू समेत आन्दोलनमा उत्रिन थालेपछि क्याम्पसले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको हो । केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिएको छ। पहिले नेपाली विद्यार्थीलाई छात्रावास र क्याम्पसबाट समेत निकालेको प्रशासनले आन्दोलन चर्किने अवस्था आएपछि सम्बन्धित अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । यस्तै दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्म निलम्बन…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डाक्टर गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने भएका छन्। नेपाललाई विभिन्न शीर्षकमा दिँदै आएको अनुदान कटौती लगायतका निर्णय विरुद्ध केसीले दुतावास घेर्न लागेका हुन् । ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाँका नागरिकहरूलाई जलवायु परिवर्तन, जनस्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको भन्दै केसीले दुतावास घेर्ने भएका हुन् । फागुन ६ गत मंगलबार दिउसो ३ः३० बजे केसीले नेपालस्थित अमेरिकी दूतावास अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने भएका बताए।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिमको काम समयमा नगर्ने १६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। मङ्गलबार एक सूचना जारी गर्दै कार्यालयले न्यूनतम एक वर्षदेखि अधिकतम ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय भएको जनाएको हो। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ। यस्तो छ कालोसूचीमा राखिएको कम्पनीको सूची:
काठमाडौं । भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीकी विद्यार्थी बुटवलकी प्रकृति लम्सालको मृत्युपछि आन्दोलनरत नेपाली विद्यार्थीलाई भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले समर्थन जनाएको छ । नेपाली विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै परिषद्ले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । परिषद्ले विद्यार्थीको मृत्युको छानबिनसँगै नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेसन पुर्याइएको घटनाको समेत विरोध गरेको छ । परिषद्ले सोमबार कलेज परिसरमा प्रशासनविरुद्ध नाराबाजी गर्दै मृतक विद्यार्थीको मृत्युको कारण पत्ता लगाउने र उनको परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ । परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजले माफी…
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका आफ्नै नयाँ प्रशासनिक भवनमा सरेको छ । थलीमा बनेको भव्य भवनमा सोमबार रुद्री पूजा गरेर गृह प्रवेश गरिएको थियो । ठू ठूला नेतालाई बोलाएर रिबन काटेर नयाँ भवनको उद्घाटन गर्नुको साटो हिन्दु धर्मको विधिअनुसार रुद्रीसँगै हवनादि पूजा कार्य गरेर भव्यरूपमा नगरपालिका भवनमा गृहप्रवेश गरिएको नगरपालिकाले जनाएको छ । नयाँ भवन उद्घाटनको रुद्री पूजामा नौवटै वडाका वडाअध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो । भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतिक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, भवन अपाङ्गमैत्री रहेको छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ । नयाँ भवन…
काठमाडौं । भारतको ओडीसा राज्यमा रहेको केआईआईटीमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको छ । कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन समेत दिएको नेपाली विद्यार्थीहरूले जनाएका छन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन । आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । सोही विषयमा नेपाली विद्यार्थीहरूले छानबिनको माग गर्दै प्रदर्शन गरेपछि…
काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दिएको विवादास्पद अभिव्यक्तिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच द्वन्द बढ्ने संकेत देखिएको छ। सामाजिक सञ्जालमा राष्ट्रिय सभालाई वृद्धाश्रम जस्तो भनेर अमर्यादित टिप्पणी दिएका शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेत प्रस्ताव पारित गरेको थियो। आइतबार राष्ट्रिय सभाले खेत प्रस्ताव पारित गरेसँगै सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उक्त प्रस्तावमाथि आपत्ति जनाएका छन् । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका…
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विभिन्न कम्पनीहरुको आइपिओ निष्कासन प्रक्रिया रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले आज लेखा समितिका सदस्य समेत रहेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै आइपिओ तथा हकप्रद शेयरको सार्वजनिक निष्काशन रोकिएको विषयमा ध्यानाकर्षण गराएको हो । इप्पानका अध्यक्ष गणेश कार्कीले लेखासमितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिँदा ४२ कम्पनीको आइपिओ र ३० भन्दा बढी कम्पनीको हकप्रद शेयर गरी रु ५० अर्बभन्दा बढीको सार्वजनिक निष्काशन रोकिएको विषयमा जानकारी गराए । इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सेबोनले डेढ वर्षदेखि सार्वजनिक निष्काशन रोक्दा जलविद्युत् आयोजनाको…