काठमाडौं । भारतको अयोध्यामा ५०० वर्षपछि पुन: निर्माण भएको राम मन्दिरको प्राणप्रतिष्ठाको अनुष्ठान आजदेखि सुरु भएको छ । भगवान श्री रामललाको प्राण-प्रतिष्ठा योगको शुभ समय पुस शुक्ल कूर्म द्वादशी, विक्रम संवत् २०८० अर्थात सोमबार, जनवरी २२, २०२४ मा हुँदैछ । यसको बारेमा विस्तृत जानकारी तल उल्लेख गरिएको छ । शास्त्रीय विधि र पूर्व समारोह परम्परा: सबै शास्त्रीय परम्पराहरू पछ्याउँदै अभिजित मुहूर्तमा अभिषेक समारोह सञ्चालन गरिने भएको छ। प्राणप्रतिष्ठाअघिको शुभ अनुष्ठान आज अर्थात् जनवरी १६, २०२४ देखि सुरु हुँदैछ, जुन २१ जनवरी २०२४ सम्म चल्नेछ। द्वादश अधिवास निम्नानुसार आयोजना गरिनेछ:- -१६ जनवरी: प्रायश्चित र कर्मकुटी पूजा -१७ जनवरी: परिसरमा मूर्तिको प्रवेश।…
Author: Kathmandu Khabar
काठमाडौं । कतिपय इतिहासकारहरूले कीर्तिपुर युद्धमा पृथ्वीनारायण शाहले १७ धार्नी नाक काटेको भन्ने बताउने गर्छन् । तर यसरी विश्लेषण गरिएअनुसार नाक काटेको कुरा कतै भेटिँदैन । त्यतिबेलाको अवस्थितिको विश्लेषण गर्दा त्यो बेलाको कीर्तिपुरमा १७ धार्नी नाक पुग्ने सैनिक जनसंख्या नै थिएन । विभिन्न लेखकहरुले त्यो बेला किर्तिपुरको जनसंख्या कसैले ६ हजार त कसैले ५ हजार जति थियो लेखेका छन् । हेमिल्टन (१८०३) लेख्छन्- मेरो अनुमानमा कीर्तिपुरको जनसंख्या छ हजार होला । अर्का लेखक ओल्डफिल्ड (१८५०) लेख्छन्- कीर्तिपुरको जनसंख्या होला पाँच हजार । नेपालको इतिहासको पानाअनुसार चाहिँ १२०० जनसंख्या र ३०० कीर्तिपुरे सेना थिए । त्यसमध्ये युवा कति थिए होलान् ?…
काठमाडौं । शाहकालमा राजालाई राजकाजमा राजकुमार, साहेबज्यू, चौतारिया, काजी, देवान, धर्माधिकारी, सरदार, हितहितान, रजबार, विन्त्यारु, नेव, देवान, छापदार, जिम्मुवाल–मुखियाले सघाउँथे। राजाका परामर्शदातामा चौतरियाको भूमिका हुन्थ्यो । मुख्तियार र चौतरियामा राजाका भाइभैयार्द नियुक्त हुन्थे। बझाङ राज्यका मन्त्रीलाई ‘अमात्य’ र सल्लाहकारलाई ‘हितान’ भनिन्थ्यो। दरा–गर्खाहरूको रखबारी भारदारहरूलाई दिइन्थ्यो। काजी (मन्त्री) सरहको अर्को पद ‘देवान’ हुन्थ्यो। देवानमा राजपरिवार निकटका व्यक्ति नियुक्त हुन्थे। अधिकारी, कार्की, अडै, खड्गा, बुढा, बुढथापा, थापा (क्षेत्री), राना (क्षेत्री), महतारा, रोकाया, भण्डारी विभिन्न पदमा हुन्थे। राजाको सेरा फाँट हेर्नेलाई ‘अडै’ भनिन्थ्यो। ‘अधिकारी’ले दरागर्खाको प्रशासन चलाउँथे। कर–राजस्व ‘कार्की’ले असुल्थे। गाउँस्तरका पदाधिकारी ‘महतारा’ र ‘रोकाया’ हुन्थे। खड्का, राना, थापा, बुढा, बुढथापा सैन्यसेवामा हुन्थे।…
काठमाडौं । पुनर्निर्माण थालिएको चार वर्षमा केशरमहल भव्य र आकर्षक रूपमा तयार भएको छ । २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहलको ९५ प्रतिशत काम पूरा भएको छ ।निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ । अब ढल व्यवस्थान, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ । गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्नेमा त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड-१९ ले गर्दा निर्माण कार्य ढिला हुन पुगेको हो । निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले…
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अवधिमा १४ वटा वाणिज्य बैंकहरुले अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले खुद नाफा कमाएको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः २ अर्ब ७३ करोड ७९ लाख र २ अर्ब ६० करोड ९०…
काठमाडौं । पर्यटकीय नगरीका रुपमा चर्चित काठमाडौंको ठमेल चौबीसै घण्टा खुल्ने भएको छ। रात्रिकालीन समयमा पनि व्यवसाय सञ्चालनको लागि मापदण्ड बनाएर बजार खोल्न दिने तयारी भएको हो। ठमेल पर्यटन विकास परिषद्ले नै ‘व्यवस्थित ठमेल, सुरक्षित ठमेलको अवधारण अनुरुम घरधनी, व्यवसायी तथा पर्यटकको शान्तिसुरक्षा व्यवस्थापन आचारसंहिता २०८०’को मस्यौदा बनाई जिल्ला सुरक्षा समितिमा बुझाएको छ।ठमेल खुल्ला गरिँदा खासगरी दोहोरी साँझ, गजल बार, लाउञ्ज बार, डान्स रेष्टुराँ, डिस्को पप बार, लाइभ ब्यान्ड, रेष्टुराँ र व्यवसाय मध्यरातिसम्म सञ्चालन हुनेछन्। अहिले ठमेलभित्रका होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल, गार्मेन्ट, क्यूरियोसप, हस्तकला सामग्री पसल, मनि चेञ्जर, स्पा, फास्टफुड, कफी तथा बेकरी सप, मार्ट, ग्रोसरी सप, फलफूल तथा तरकारी, ट्रेकिङ…
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ घटाएको हो । नयाँ मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने छ । सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको थियो । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोलको पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि १६५ रुपैयाँ र तेश्रो वर्गका लागि १६६ रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गको लागि प्रतिलिटर १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ निर्धारण गरिएको छ ।
आज माघ १ गतेको दिन भक्तपुरमा सम्यक महादानको उत्सव देखिएको छ । काठमाडौं उपत्यकामा अपनाइने बज्रयान परम्पराअनुसार गरिने विभिन्न चर्याहरूमा दानपारमिता प्रमुख हुन् । प्राचीनकालदेखि नै विभिन्न तरिकाबाट दान दिने अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेका छन् । यस्तै, पर्वहरूमध्ये एक हुन् सम्यक दान । सम्यक भन्नाले नेपाल भाषामा उत्कृष्ट वा राम्रो भन्ने अर्थ लाग्छ । प्रत्येक वर्ष माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व मनाइन्छ । नेपाल सम्बत् ७८७ मा राजा नरेश मल्लको शासनकालमा जयरत्न बज्राचार्यले शुरुवात गरेको यस सम्यक दान पर्वमा भक्तपुरस्थित क्वाठण्डौं प्रशन्नशील महाविहार, गोल्मढीको मंगल धर्मद्वीप महाविहार, साकोठाको…
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । पहाडी एक–दुई स्थानमा सामान्य बर्षाको सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा बादल लाग्ने भएकाले चिसो अझ बढ्ने महाशाखाले जनाएको छ । अहिले तराईमा हुस्सु तथा कुहिरो लागेकाले चिसो जारी रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं। आर्थिक मन्दीले राजस्वमा सरकारलाई नराम्रो धक्का लागेको छ। सरकारले चालु आर्थिक वर्ष ६ महिनामा लक्ष्यको ७७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले हरेकजसो सार्वजनिक कार्यक्रममार्फत अर्थतन्त्रमा सुधार हुँदै गइरहेको दाबी गरिरहँदा राजस्व लक्ष्यको तुलनामा २३ प्रतिशत कम उठेको हो। सरकारले पुससम्म ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा त्यो भन्दा १ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ कम अर्थात ५ खर्ब १५ अर्ब ४० करोड रुपैयाँ मात्र उठेको छ। पुस महिनाको लक्ष्यमा पनि सरकार असफल भएको छ। यव महिनामा १ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ…
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन्। विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो। यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन्। यसैगरी, घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसाईंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका…
बडामहाराज पृथ्वीनारायण शाहालाई सम्झिरहँदा, कान्तिपुरका अन्तिम मल्ल राजा नेपालेस्वर जय प्रकाश मल्ललाई पनि नसम्झी बस्न सक्किन्नँ । एकीकरणको समयमा कान्तिपुर गोरखा राज्यभन्दा धेरै सम्पन्न थियो। राजा जय प्रकाश मल्ल पनि सुरवीर पराक्रमी राजा थिए । तर उनलाई न परिवारको साथ थियो, न प्रधान र भाइ भारदारको । भने अर्कोंतिर बडामहाराजलाई भाइ भारदार र सबै जातिको जनताको साथ थियो । राजा जय प्रकाश मल्लको नेपाल सम्बत ८७३अर्थात् विक्रम सम्बत १८०९ को राजकुमार ज्योति प्रकाश मल्ल साक्षी बसेको ताम्रपत्र छ । जति सम्पन्न भए पनि, जति पराक्रमी भए पनि जसलाई परिवारको साथ छैन, भाइ भारदार को साथ छैन, जनताको साथ छैन त्यो…
काठमाडौँ ।जमिनमुनिको पानी अत्यधिक प्रयोगका कारण काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह वार्षिक एक मिटर तल झरिरहेको छ । अव्यवस्थित ढंगमा हुने डिप बोरिङ र बस्ती विस्तारका कारण ‘रिफिल’ क्षेत्र अभावले बर्सेनि भूमिगत पानीको सतह झरिरहेको जलविज्ञहरूले बताएका छन् । जलविद् मधुकर उपाध्याका अनुसार यो समस्या काठमाडौंको रिङरोडभित्र अझै बढी चर्कँदो छ । कतिपय ठाउँमा निकै गहिरो इनार खन्दा वा डिप बोरिङ गर्दा पनि पानी नआउने अवस्था छ । ‘हरेक वर्ष भूमिगत पानीको सहत धसिँदै छ, तर सरकारी निकायले यो समस्याबारे कुनै अध्ययन गर्दैन, गरे पनि प्रतिवेदन लुकाउँछ । केही समयअघि गरिएको एक अध्ययनले उपत्यकाकाे अधिकांश ठाउँमा पानीको सतह वार्षिक रूपमा एक मिटर तल झरिरहेको जनाएको थियो,’…
काठमाडौँ । नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । स्वर्गीय भृगुरामको अन्त्येष्टि सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका तीन छोरा र एक छोरीमध्ये एक छोरा, एक छोरी र श्रीमतीको निधन भइसकेको छ । छोरी नायिका नविना श्रेष्ठको २०५१ सालमा निधन भएको थियो । नेपालभाषाका प्रख्यात गायकका रुपमा चिनिनुहुने भृगुरामले गायक र अभियनको क्षेत्रमा लामो योगदान दिएका थिए । भृगुराम विक्रम सम्वत् १९९० कात्तिक महिनामा त्यौड टोलको तुंबहालमा जन्मिनुभएका जन्मिएका हुन् । सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थाल्नुभएका…
काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।प्राधिकरणले संस्थाको वित्तीय पुनः संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक समितिको गत मङ्सिर २५ गते बसेको बैठकले आवश्यक निर्णय गरेको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी रु तीन खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत…
काठमाडौँ- चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् । अध्यागमन विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् । वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय…
काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज (सोमबार) देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ। माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतस्थानमा माघस्नान गर्नभक्तजनको भीडलाग्छ।ती ठाउँमा विशेष मेला समेत लाग्ने गर्छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ। सूर्य उत्तरायण हुने…
काठमाडौं। आवश्यक खर्च जोहो गर्नसमेत हम्मे पर्न थालेपछि सरकारले बढी राजस्व गुमाएका केही क्षेत्रको कर बढाउने तयारी गरेको छ। चालु वर्षको आधा समय आज सकिँदैछ। सरकारसँग अनिवार्य दायित्वहरु बढ्दै जाने तर आम्दानी नहुने भएपछि बिगतमा विराएका क्षेत्रहरुको कर बढाउने गृहकार्य गरेको हो। सरकारले राजस्व संकलनको दबाबमा पहिलो प्रथामिकतामा विद्युतीय सवारी (इभी) को कर बढाउन चाहेको छ भने त्यसपछि तयारी पोसाक (रेडिमेड गार्मेन्ट्स) र चुरोटको बढाउने योजना बनाएको छ। चालु वर्षको सरकारको कुल राजस्व लक्ष्य १४ खर्ब ७२ अर्ब रुपैयाँ उठाउने हो। शनिबारसम्म ४ खर्ब ८९ अर्ब रुपैयाँ उठेको छ। यो कुल लक्ष्यको ३३.२६ प्रतिशत मात्र हो। सरकारले राखेको लक्ष्य भेट्न…
लगातार डेढ सातादेखि बढेको शीतलहरबाट रौतहटको जनजीवन प्रभावित बनेको छ। जिल्लाका गरिब तथा विपन्न बस्तीमा यतिवेला जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिवेला विहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्मे परेको छ। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका रौतहटका गरिब तथा विपन्नहरूका लागि अहिलेको शीतलहर र ठन्डी अभिशाप बनेको छ। घरमा पर्याप्त ओढ्ने ओछ्याउने नभएका कारण उनीहरू पराल बालेर घुर ताप्न बाध्य भएका छन्। चिसोका कारण अहिले बालबच्चामा विभिन्न रोग देखा पर्न थालेको र आफूहरूसँग पर्याप्त न्यानो लुगा नभएकाले समस्या भएको चन्द्रपुर-५ नहर टोलकी तेतरिया देवीले बताइन्। विपन्न तथा गरिब बस्तीहरूमा जाडो छल्नका लागि स्थानीय तहहरूले समेत कुनै…
काठमाण्डौ । भोलिको माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेको भिड लागेको छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ । बजारमा अहिले तराईबाट आउने घर-तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको समितिले जनाएको छ। समितिका अनुसार काठमाण्डौ उपत्यकामा मुख्यगरी सर्लाही, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटबाट तरुल भित्रिने गरेको छ । आज तरूलको भाउ किलोमा १० रूपैयाँले घटेको समितिले जनाएको छ । आज तरूलको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ रहेको छ। हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो…
दोहोरी साँझमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न मानिएका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका अनुसार २५ पुसको साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा भेटिएका थिए । उनीसँगै दोहोरी साँझमा रहेका कृष्णपुर नगरपालिका–४ का २८ वर्षीय टेकबहादुर नायकले घर पुर्याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै मृत्यु भएपछि उनको शव…
कमैया शब्दको आधुनिक अर्थ बँधुवा मजदुर हो । नेपालमा विभिन्न प्रकारका बँधुवा मजदुरहरू छन्, ती मध्येकमैया प्रथा सम्भवतः सबैभन्दा बढी शोषणकारी रूप थियो । कमैया प्रथा कृषि मजदुर र जमिनदारबीच हरेक वर्ष हुने करारमा आधारित हुन्थ्यो । कमैयाले हरेक माघी अर्थात् नववर्षमा जमिनदारसँग करार गथ्र्यो । जमिनदारले एउटा निश्चित पारिश्रमिक दिने वाचा गर्नुपथ्र्यो । यस्तो पारिश्रमिक धेरैजसो धानको रूपमा हुन्थ्यो । यसको बदलामा कमैयाले जमिनदारको लागि वर्षभरि काम गर्नुपथ्र्यो । कमैया भन्नाले परिवारको गुर्धरिया (परिवारको मूली अर्थात् प्रायः जेठो दाजु)बाहेक अन्य सबै वयस्क पुरुष सदस्यहरू भन्ने बुझिन्थ्यो । कमैया तथा उसकी श्रीमती (कमलहरी) परिवारको लागि धानलगायत अन्य खाद्य उत्पादन गर्न…
थारुहरूले आजदेखि माघी पर्व मनाउँदैछन् । माघी पर्व थारु समुदायले तीन दिनसम्म मनाउने गर्छन् । यस चाडलाई यिनीहरुले धुमधामसँग मनाउने गर्छन् । यस पर्वमा विवाहित छोरी ज्वाइँलाई बोलाएर मीठो–मीठो खानेकुरा खुवाउने गर्छन् । माघिको अघिल्लो दिन यिनीहरूले सुङ्गुर काट्ने गर्छन् । नजिकको खोलामा गएर माछा मार्ने चलन छ । यस पर्वलाई यिनीहरुले नयाँ वर्षको रुपमा लिने गर्दछन् । माघीाई थारु समुदायले तीन दिनसम्म मनाउने गर्दछन् । यस चाडलाई यिनीहरूले धुमधामसँग मनाउने गर्दछन । माघिअघिल्लो दिन यिनीहरूले सुँगुर काट्ने गर्छन् । नजिक खोलामा गएर माछा माने चलन छ । यस पर्वलाई यिनीहरूले नयाँ वर्षका रुपमा लिने गर्दन् । माघी माघ १…
काठमाडौँ । नेपालका छ प्रतिशतभन्दा धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको चेतावनीका रूपमा औँल्याएका छन्। जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए। रिक्त घरहरू ‘मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको’ राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता बताउँछन्। कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारीसमेत रहेका हेमराज रेग्मीले बीबीसीसँग भने, “यी बसोबास योग्य भइकन पनि मानिसहरू नबसिरहेका घरहरू हुन्। यो निकै उल्लेख्य सङ्ख्या हो।” एक जना योजनाविद् प्राध्यापक पीताम्बर शर्माले पहाडी भेगको सम्पदा र जमिनको प्रयोग कम हुन थालेको बताउँदै त्यहाँको…
काठमाडौँ । कांग्रेस पृष्ठभूमिका रास्वपा सांसद तथा मनिष झा चर्चामा रहिरहने पात्र हुन् । उनी काम पनि चर्चामा रहन्छन् भने बोलीका कारणले पनि चर्चामा रहन्छन् । यतिखेर उनी फरकखाले विषयमा चर्चामा छन् । उनी एक व्यवसायीलाइ पार्टीको केन्द्रीय विभागमा लैजान पैसा नै कोशेली बुझेको आरोप लागेको छ । यतिखेर प्रश्न उठेको छ, राइट टु रिकलको कुरा गर्ने रास्वपाले सांसद मनिष झालाई के गर्ला ? मधेश प्रदेशका सभापतिहरू यतिखेर रास्वपाका सांसद मनिषप्रति रुष्ट भएको समाचारहरू प्रकाशित भएका छन् । मधेशीको प्रतिनिधित्व गर्ने गरी छानिएका सांसद मनिष झामाथि आफूसम्बद्ध व्यक्तिहरूलाई रास्वपाको सांगठानिक समितिहरूमा भर्ती गराउनका निमित्त लबिङ गर्नमा तल्लीन हुने गरेको आरोप…
“तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या ।” यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो । चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले सङ्ख्वासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए । चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ । श्रेष्ठ परिवार २७५…
काठमाण्डौ – ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा आउँदो माघेसङ्क्रान्तिका दिन सोमवार चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो । नेवाः गुठी टोखाले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्त्वपूणर् योगदान गर्ने विशिष्ट व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागेको छ । त्यस्तै नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई पनि नगद ५० हजारसहित सम्मान गर्न लागेको हो । यस्तै टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई पनि २५/२५ हजार नगदसहित सम्मान गर्न लागिएको छ । यसैगरी टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख…
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले आलोचित भैरहन्छ । कहिले आफ्नो कर्मले त कहिले आफ्नो बोलिले । के गर्ने वा के बोल्ने हेक्का नभएका व्यक्तिरूपमा आलोचना भैरहने अधिकारीले कपन डुबानका बारेमा सांसद गगन थापा महानगर मेयर बालेन शाहलाइ दोष दिएका छन् । कमजोर शैक्षिक पृष्ठभूमि तथा विकाससम्बन्धि सोच एवम् आयातनका अभाव भएका मेयरहरूको गिन्तिमा पहिलो नम्बर पर्ने भनेर बुढानीलकण्ठमै आलोचित मेयर अधिकारीले नगरपालिकाभित्र एमालेले आयोजना गरेको एक कार्यक्रममा कपन डुबान समस्या समाधान गर्न सांसद गगन थापाले नचाहेको भनेर बताएपछि आलोचित भएका हुन् । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को वडा अधिवेसनको उदघाटन सत्रमा बोल्दै प्रमुख अधिकारीले आफ्नै…
रोजगार र नेपालीको नियतीसँग विदेशी भूमिको साइनो सयौँ वर्ष पूरानो हो । यो पूरानो साइनो अझै मजबुत हुँदैछ । आकाशमा उड्ने प्लेनदेखि धर्तीमा गुड्ने गाडी होस् वा पैदल नै हिँडेर होस् नेपालीहरू अमेरिकादेखि भारतसम्म रोजगारीका लागि दौडिरहेको देखिन्छ । तस्वीरमा देखिएको दृष्य नेपालगन्ज जमुनाह नाकाको हो । यो नाकाबाट पश्चिम नेपालका गरिब जनताको लस्कर भारततिर काको खोजीमा निस्किएका हुन् । यही भीडमा भेटिएका एउटा पात्र हुन् पश्चिम रुकुमको मुसिकोट नगरपालिका- ९ सुहाँराका ४२ वर्षीय टोपबहादुर परियार । गत बुधबार नेपालगन्जको जमुनाह नाकामा भेटिए का परियारको जाजरकोट केन्द्र भएर गएको भूकम्पमा उनको घर भत्केको छ । तर, उनले अहिलेसम्म राहत पाएका छैनन् । घर…
ताइवनको राष्ट्रपतिमा बेइजिङ विरोधी नेताको छवि बनाएका विलियम लाइ विजयी भएका छन्। हाल उपराष्ट्रपति रहेका डेमोक्रेटिक पिपुल्स पार्टीका अध्यक्ष विलियम लाइलाई बेइजिङले ‘समस्या सिर्जना गर्ने’ नेता भन्दै आलोचना गर्दै आएको छ। लाइ शनिबार भएको निर्वाचनमा राष्ट्रपतिमा विजयी भएका हुन्। डेमोक्र्याटिक पिपुल्स पार्टीको निकटतम प्रतिद्वन्द्वी पार्टी कोमिन्ताङको पराजयपछि विलियम लाइले छिट्टै राष्ट्रपतिको रुपमा देशको शासन सम्हाल्ने देखिएको छ। ताइवनाका सञ्चारमाध्यमहरूका अनुसार विलियम लाइ ५० लाख बढी मत प्राप्त गर्ने पहिलो राष्ट्रपति उम्मेदवार हुन्। उनले ५५ लाख ८६ हजार बढी मत शनिबार साँझसम्म पाइसकेका छन्। बेइजिङले ताइवानका जनतालाई लाइको विरुद्धमा मतदान गर्न आग्रह गरेको थियो। बेइजिङ निकट मानिने कोमिन्ताङ पार्टीले भने चुनावमा चीनसँग राम्रो…