तीन महिनाअघि सुनसरीमा नेपाल प्रहरीका एक जवानले टाउकोमा गोली हानेर आत्महत्या गरे । कोशी गाउँपालिका–४, कोशी कटानमा कार्यरत सप्तरीको रुपनी नगरपालिका–२ का प्रहरी जवान अमितेश मण्डलले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका हुन् । कोही नभएको बेलामा सुत्ने कोठामा राति पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको थियो । मण्डलले घरायसी तनावका कारण यस्तो कदम चालेको अनुसन्धानबाट खुलेको छ । भक्तपुर नगरपालिका–१, भावाचोक बस्दै आएका ४४ वर्षीय ज्ञानकाजी मानन्धरले गत मंसिर ६ गते आफ्नै घरको तेस्रो तल्लाबाट हामफालेर ज्यान दिए । पछिल्लो एक दशकदेखि डिप्रेसनको औषधि समेत सेवन गर्दै आएका उनले घरको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन् । …
Author: Kathmandu Khabar
बिक्सन महर्जन काठमाडौं । कला, संस्कृति, सभ्यता, जात्रापर्वको धनी नेवा: समुदायको जन्मदिन मनाउने अलगै तरिका छ । नेवा: समुदायले तिथिअनुसार जन्मदिन मनाउने गर्छ । जन्मदिन कहिले परेको छ भनी थाहा पाऊन आफ्नो जन्म तिथिको आसपास अगाडि सो व्यक्तिको जात: (जन्म कुण्डली) देखाउन जाने गरिन्छ । जन्मदिन परेको दिन नेवा: समुदायको घरबाट धौ बजि (दहि चिऊरा) दिने चलन रहेको छ । यो कार्य बिहानै गरिन्छ । यदि कसैको घरभित्रको सदस्यको जन्मदिन परेको छ भने जन्मदिन परेको व्यक्ति स्वयम् मन्दिरमा गएर वा सो व्यक्तिको नाममा चामल ढोगाएर मन्दिरमा पूजा गइन्छ । त्यसपछि टोलका मान्छेलाई बोलाएर दहि चिउरा बाँड्ने गरिन्छ, दही चिउरासँगै भिजेको…
काठमाडौं । नेपाली सुगम संगीत आकाशका विशिष्ट तारा गायक योगेश वैद्यको निधन भएको छ। उनको निधन बारेमा समिक्षक प्रकाश सायमीले पुष्टि गरेका छन् । स्वर्गीय बैद्य २०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा युग कवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि उनको चर्चा हुन थाल्यो। भाषिक आन्दोलन चलिरहेको त्यो समय साहित्यिक तथा सांस्कृतिक अभियानमा सक्रिय हुन थालेका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठ लगायतको साथ थियो। २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ’कति प्यासी छ जिन्दगी’ गीत गाएपछि उनी अझै चर्चित भए। त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको…
काठमाडौं । कपनको मिलनचोक तरकारी बजारका लागि पछिल्ला १ दशकदेखि प्रख्यात छ । विशेषगरेर साँझपख यहाँ तरकारीलगायत सन्ध्याकालीन सडक व्यापार हुने गरेको छ । यो ठाउँ काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगमस्थल स्थल पनि हो । जहाँ गत वर्षामा डोजर लगाएर चखुंचा खोला खोलिएको थियो । खोला खोलिए पनि खोलेपछि के गर्ने बारेमा काम नहुँदा यो ठाउँ तरकारी व्यापरका लागि मात्र हैन खोला गन्हाएर बस्न नसक्ने भएको छ । काठमाडौं महानगरले अनानफनानमा खोला व्यवस्थित गर्न डोजर चलाएपछि साँघुरो बनेको चखुंचा खोलाको किनारमा हरेक साँझ त्यहाँ व्यापार गर्ने र खरिद गर्नेको भिड लाग्ने गर्छ । जहाँ ताजा तरकारी, फलफूल, पानीपुरीदेखि लत्ताकपडा, पोलेको…
युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए । राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए । उनी राणाका हातमा गएको राजकीय अधिकार फर्काउन क्रियाशील रहे । त्यसैले राणाहरू त्रैलोक्यप्रति सशंकित भए । त्रैलोक्य राजा नबन्दै उनको निधन वि.सं.१९३४ मा ३० वर्षको अल्पायु उमेरमा नै भएको हुँदा उनका छोरा पृथ्वी वीर विक्रम शाह नेपालका राजा बने । राजगद्दी उत्तराधिकारसम्बन्धी प्रचलित व्यवस्थाअनुसार श्री ५ का छोरा वा छोरापट्टिका नाति, नाति नभए पनाति, पनाति नभए मौसुफका भाइ, भाइ नभए भाइका छोरा, भाइका छोरा नभए भाइका छोराका छोरा र नाति पनि नभए पनाति राजगद्दी उत्तराधिकारी हुने उल्लेख…
काठमाडौँ । दैनिक उपभोग्य वस्तु र रासायनिक मलको विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ अब भने निजी भवन निर्माणमा प्रवेश गरेको छ । भूकम्प उच्च जोखिममा रहेको नेपालमा भौगोलिक अवस्था सुधाउँदो र जोखिम कम हुने घर निर्माणको प्रविधिसहितको नयाँ कम्पनी स्थापना गरी साल्ट ट्रेडिङले नयाँ व्यवसायमा हात हालेको हो । नेपालका दुर दराजका बस्तीहरुसम्म निर्माण सामग्री सहजै पुर्याउन सक्ने गरी नयाँ व्यवसाय सुरु गरिएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए । ‘नेपाल भूकम्पीय उच्च जोखिममा रहेको देश हो । र, भौगोलिक रुपमा निर्माण सामग्री ओसार पसारको लागि पनि उत्तिकै खर्चिलो हुन्छ । यस्ता समस्या समाधान गरेर उचित मूल्यमा उपयुक्त…
कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रारा घुम्न ६ महिनामा ६ हजार सात सयभन्दा बढी पर्यटक पुगेका छन्। रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार पाँच सय ५७ सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ जना गरी ६ हजार सात सय १३ पर्यटकले रारा भ्रमण गरेका हुन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षक अधिकृत राजु घिमिरेले ६ महिनामा ६ हजार सात सय १३ पर्यटकले रारा भ्रमण गरेको बताए। चालू वर्षको सुरुवाती ६ महिनामै रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले सुखद र खुसीको लक्षण देखिएको पनि उनको भनाइ छ।दसैँ/तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएको…
काठमाडौं । बिहीबार अष्टमीको दिन हिजो निर्मल तीर्थबाट ल्याएको सोही जलले अभिषेक गरी मछिन्द्रनाथको महास्नान गर्ने गरिएको छ। यस महास्नानको समयमा काठमाडौंको श्री कुमारी माजुलाई पनि जनबहालमा ल्याउनुपर्ने प्रचलन रहेको छ। श्री कुमारीबाट दर्शनपश्चात् महास्नान गरी श्रद्धालुहरूलाई जल दिने गरिन्छ। मछिन्द्रनाथको महास्नानको समयमा पहिलोपटक जलाभिषेक गर्दा यदि जल देवताको दायाँ बगेमा माथिल्लो भेग तथा बायाँ बगेमा तल्लो भेगका किसानहरुले सबैभन्दा पहिला धान रोपाइँ गर्न पाउने जनविश्वास रहेको छ । हरेक वर्ष पोंहेलाथ्व अष्टमी अर्थात् पौष शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान गर्ने प्रचलन रहेको छ। काठमाडौको केलटोलस्थित जनबहालमा रहेको सेतो मछिन्द्रनाथलाई मन्दिर नजिकै रहेको न्हवं दबु अर्थात् महास्नान गराउने…
रौतहटमा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन्। जिल्लाको गढीमाई नगरपालिका-७ मा घाँस काट्न र बाली हेर्न खेतमा गएकाहरुलाई बिहीबार साँझ स्यालले आक्रमण गरेको स्थानिय रामश्रय राय यादवले जानकारी दिए। स्यालको टोकाइबाट १८ जना घाइते भएको बताउँदै सोही वडाका वडा अध्यक्ष टपेन्द्र राय यादवले भने ‘यती नै भन्ने यकिन भइसकेको छैन्। १८ जनाभन्दा बढी नै घाइते छन।’ घाइते हुनेहरूमा अधिकांश गढीमाई नगरपालिका-७ धर्मपुर, धनाडी र लक्ष्मीपुर टोलका रहेका छन्। घाइते महेन्द्र महतो नुनिया, मन्तोरिया देवीलगायतका सबै जना प्रादेशिक अस्पताल गौरमा उपचार लागि पुगेको एक स्थानीय जानकारी दिए। स्थानीय स्वास्थ्य चौकी तथा नगर अस्पतालमा स्यालले टोकेपछि पाइने खोप उपलब्ध नभएकाले घाइते…
काठमाडौं । जननी देवीको रूपमा मातृदेवीको पूजा परम्परा प्रागऐतिहासिक कालदेखि सिन्धु सभ्यता र वैदिक कालमा पनि मातृदेवीको पूजा उपासना पछि गएर मातृका पूजा परम्पराबाट नै सप्तमातृका र अष्ट मातृकाको पूजा गर्ने परम्परा चल्यो । नेपालमा समेत ऐतिहासिक कालको प्रारम्भदेखि नै मातृका पूजाको परम्परा चलेको विश्वास गरिन्छ । नेपालमा पाइएका प्राचीनतम मूर्तिहरूमध्येको पाटन हौंगलबहालको मातृका मूर्ति पनि एक हो । यो मूर्ति प्रलम्बपादासनमा बसेकी, सिंगारिएको गद्दि जस्तो आसनमा दुवै खुट्टा तल झारी घुँडा फारेर बसेको यस मूर्तिले पैतालाको औलापट्टिको भागले भुइँमा टेकी कुर्कुचाचाहिँ आसनको तल्लो भागमा अड्याएर राखेको देखिन्छ । कुम पछाडि कपडा पट्टयाएको जस्तो स्वरूप देखिन्छ । देवीको कम्मरको माथिको भाग नग्न…
नेवारको समाजमा जातियता विभेद नेपाल सम्वत ५०१ देखि ५१६ सम्म शासन गर्ने मल्ल राजा अशोक मल्लको छोरा जय मल्ल (जयस्थिति मल्ल) ले समाजलाई व्यवस्थित गर्नको लागि सुधार गरेका थिए । राजा जयस्थिति मल्लले आफ्नो मन्त्री जगत भारो (श्रेष्ठ) र राजगुरु शिवदास उपाध्यायसहित अरु पाँच जना– १. कान्यकुण्जीब्राम्हण—कीर्तिनाथ उपाध्याय २.मेथिलब्राम्हण—रघुनाथ झा ३.रामनाथ झा ४.दक्षिणी ब्राम्हण — श्रीनाथ भट्ट ५.महिनाथ भट्ट आदिहरुको सल्लाहअनुसार तत्कालीन नेवारहरुलाई ६४ वटा जातिमा व्यवस्था गरेको देखिन्छ । ती ६४ वर्गमा विभाजित जातहरु लीलाभक्त मुनाकर्मीको नेपाली भाषाको ‘‘मल्लकालीन नेपाल” भन्ने किताबअनुसार जाति विभाजन यसरी छन् । १. कुलु (चर्मकार) — छालाको ब्याग, पानीको भाँडो, बाजा गाजा बनाउने २.…
काठमाडौं । चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ-सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै पर्यो,’ उनले भने। त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा (नाम परिवर्तन) ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्। सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ। ‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले…
काठमाडौँ — सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका-६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । जनवादी गायकका रुपमा चिनाइने पुन माओवादी केन्द्र निकट कार्यकर्ता हुन् ।
काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे । सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको…
क्यानडामा नेपाली बिद्यार्थीहरूको भयाबह हालत, पढ्न भनेर आएका विद्यार्थीलाई उद्धार गरी नेपाल पठाइयो पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ ।सिद्धार्थ नगरपालिका- ८, बुद्धपथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो । पढ्न आएका श्रेष्ठले पढाइको अतिरिक्त आफूले सोचेजस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ वर्षअगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए। शुरूवातमा उनको व्यवहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए। उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा…
इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकाको ज्यान गएको छ । आक्रमणमा अन्य ३ जना घाइते भएका छन् । इरानले यसै हप्ता इराक र सिरियामा पनि मिसाइल आक्रमण गरेकाे थियो । आज बलुचिस्तानमा आतङ्कवादी समूह जैश अल–अदलसँग जोडिएका २ वटा ठाउँमा आक्रमण गरेको इरानी राष्ट्रिय टेलिभिजन च्यानलले उल्लेख गरेको छ । पाकिस्तानले यो आक्रमणलाई गैरकानुनी काम भन्दै यसले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएको छ । यस्तै चीनले पाकिस्तान र इरानलाई संयमता देखाउन र तनाव बढाउने काम नगर्न आग्रह गरेको छ । जैश अल–अदल समूहले पाकिस्तानसँगै इरानमा पनि आक्रमण गर्दै आएको छ ।
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा दर्जनौँ संख्यामा महिला समूह छन् । नगरपालिका र वडामार्फत बिभिन्न शीर्षकका बजेट लिने र काम गर्ने ध्येयका साथ खुलेका यस्ता महिला समूहले नामभन्दा धेरै बदनाम कमाएका छन् । बिभिन्न पार्टीका कमिटिमा रहेका महिलाहरूको हालिमुहाली रहने कतिपय महिला समूहले नगरपालिकाबाट वर्षेनी लाखोँ बजेट पनि पार्ने गर्छन् । तर ती बजेटका कामका बारेमा भन्ने खासै उल्लेख गर्ने विषय रहने गर्दैन । नगरपालिकाले पार्टीका कार्यकर्ता पाल्न रकम दिएझैँ गर्ने अनि सोहि अनुसार गुमनामरूपमै त्यसको चलन- अपचलन हुने परम्परा व्यापक छ । यद्यपि महिलासँग सम्बन्धित विषय भएकाले यो कुरा उठाउने हिम्मत भने हत्तपत्ति कसैले गर्दैनन् । यस्ता विषय उठाउदा हात…
यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । ‘गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए’, उनले भने, ‘गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन् ।’ पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिए ।‘गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ…
काठमाडौं। चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर बुझाएको छ। कुल सरकारी राजस्वमा चौधरी ग्रुपको १.८७ प्रतिशतको योगदान रहेको जनाएको छ। अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको समयमा आफूहरुको व्यावसायिक कारोबारमा पनि असर परेको भन्दै अघिल्लो आव २०७८/७९ को तुलनामा राजस्व योगदानमासमेत कमी आएको जनाएको छ। गत वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो। ‘अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ। राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान…
डा श्वेता नकर्मी काठमाडौं । बाथ कुनै एक मात्रै रोग नभई विभिन्न प्रकारका रोगहरुको संकलन हो। यसमा १०० भन्दा बढी प्रकारका बाथ समेटिन्छन्। अटोइम्युनिटीको कारणले गठियाँ, मेरुदण्डको बाथ, लुपस जस्ता बाथ रोगहरु हुने गर्छन्। अटोइम्युनिटी भन्नाले मानव शरीरमा रोग प्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ। जसका कारण बाथ रोग देखा पर्छ। उमेर ढल्कँदै जाँदा हड्डी खिइने र त्यसका कारण ओस्टियो आरथाइटिस नामक बाथ रोग लाग्न सक्छ। घुँडाको कुरकुरे हड्डी खिइने बाथ, मेरुदण्डको हड्डी खिइने बाथ पनि उमेर ढल्कँदै जाँदा लाग्ने गर्छ। कतिपय बाथ रोगहरु खानपानसँग सम्बन्धित रहेका छन्। जस्तैः युरिक एसिडको बाथ रोग। कतिपय बाथरोग इन्फेक्सनपछि देखा…
काठमाडौं । नेपालमा विसं १९९० सालमा गएको महाभूकम्पको ९० वर्ष पूरा भएको छ । यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भएका थिए । पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव थिएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा, निर्व्याजी ॠण सुविधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए । भूकम्पमा भूकम्प पीडितले भूकम्पपीड़ितोद्वारक ऋणसंस्थाबाट ऋण सापटी लिनलाई फारम भर्नुपर्ने व्यवस्था गरेका थिए । पाटन इलाछे टोलकी लत माया चित्रकारीनीले ३०० रुपैयाँ सापटी लिनलाई भरेको आवेदन फारममा उनले…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डाको राजधानी कम्पाला जाने कार्यक्रम तय भएको छ । उनी असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै बिहान सवा २ बजे काठमाडौंबाट कतार एअरवेजको उडानमा दोहा हुँदै त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री सवार उक्त एअरवेजको उडान नम्बर क्युआर ६४५ को विमान प्रस्थानभन्दा करिब आधा घण्टा अघिदेखि झण्डै १५ मिनेट पछाडिसम्म काठमाडौं उपत्यका वरपरको आकाशमा उडान प्रतिबन्ध (नोटाम) जारी गरिएको छ । प्रधानमन्त्री दाहाल माघ ७ गते सोही एअरलाइन्सको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै काठमाडौं फर्कने कार्यक्रम छ । सो दिन पनि बिहान पौने ९ बजेदेखि झण्डै साढे ९…
काठमाडौं । माघ १ गते लिम्बू जातिले मान्दै आएको कुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइयाे । यही दिनबाट लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ । येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए। लिम्बू भाषामा तङ्नामको अर्थ पर्व कक्फेक्वाको अर्थ चापको फूल र यो समय चाप फुल्ने भएकाले यो पर्वलाई कक्फेक्वा तङ्नामका रुपमा परापूर्वकालेखि नै लिम्बू समुदायले मनाउँदै आएको म्याङलुङ–१ का बलदेव तुम्बाहाङ्फेले बताए। साहित्यकार देवेन्द्र खापुङ सुर्केलीका अनुसार लिम्बू जातिले कृषि युगमा प्रवेश गरेपछि वर्षभरलाई…
काठमाडौँ । २०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन । वसन्तपुर दरबार क्षेत्र ८ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले पूर्णरुपमा क्षति पुराएका काष्ठमण्डप, माजु देगल, जगन्नाथ मन्दिर, गद्दी बैठकको पुनर्निर्माण भइसकेको छ । वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नवआदर्श स्कुल, संस्कृत विश्वविद्यालयको भवन, हनुमानढोका प्रवेशद्वारसँगै रहेको आगँ छेँ, सुन्दरी चोक, मोहन चोक, कामदेव मन्दिरको काम सुरु हुन सकेको छैन। यसैगरी पाटन दरबार क्षेत्रको पनि अवस्था झण्डै यस्तै रहेको…
हमास इजरायल युद्धको १०२ दिन भएको छ। हमासले गरेको आक्रमणको जवाफमा इजरायलले हाल प्यालेस्टाइनीमाथि दमन गरिरहेको भन्दै आलोचना भइरहेको छ। इजरायलको आक्रमणबाट हालसम्म गाजामा २४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। हमास लक्षित भनिए पनि सो आक्रमणमा १० हजार बढी बालबालिका र ७ हजार बढी महिलाको मृत्यु भएको छ। इजरायली आक्रमणमा ६० हजार बढी प्यालेस्टाइनी घाइते भएका छन्। जसमा ८ हजार ६०० बढी बालबालिका छन्। ८ हजार बढी प्यालेस्टाइनी बेपत्ता छन्।हालसम्म इजरायली आक्रमणबाट ३ लाख ५९ हजार भन्दा बढी घरहरु गाजामा धवस्त भएका छन्। ३७४ वटा शैक्षिक संस्था बन्दा ३० वटा अस्पतालको संचालन बन्द भएको छ। वेस्ट बैंकमा पनि मानवीय र भौतिक…
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको सुनापाती होटल सञ्चालक हरि ओलीले बताए। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ। तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको थियो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको ओलीले बताए । हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि हुने र कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको…
काठमाडौं । नेपालका धेरै गृहणी महिलाहरू विदेशमा रहेका युवाहरूसँग रातभर रातभर कुराकानी गरेर बस्ने गरेको एक अध्ययनले जनाएको छ । विशेषगरेर सहरी क्षेत्रमा बस्ने निम्न मध्यमवर्गीय महिलाहरू सामाजिक सन्जालमार्फत विदेशमा रहेका युवाहरूलाइ आकर्षित गर्ने गरेको घटनाहरू सार्वजनिक भएको हो । भरतपुरका कविन्द्र(नाम परिवर्तन) ले प्रहरीमा दिएको एक उजुरीपछि प्रहरीले गरेको अध्ययनमा घरमा काम गरेर बस्ने र श्रीमान बिभिन्न काममा व्यस्त हुने महिलाहरू विदेशमा रहेका पुरूषसँग कुराकानी गर्ने तथा उनीहरूलाइ बिभिन्न तरिकाबाट आकर्षण गर्ने गरेको पाइएको हो । कतिपय सामान्य गृहणी महिलाहरूको सामाजिक सन्जालमा कतै पनि आफन्त नपर्ने तर विदेशमा काम गर्ने युवाहरू साथी हुने गरेको पाइएको छ । विदेशमा काम गर्नेहरूसँग…
काठमाडौं । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ५४.५४ अंकले बढेको छ । आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम एक वर्षयताकै उच्च हो । यसअघि, गएको पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । हिजो (सोमबार) नेप्से २१२० विन्दु कायम थियो । यस दिन २१४ कम्पनीको…
काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले आज अर्थात् माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको जनाएको छ । दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरूका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ । अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई-लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ । दिवसका अवसरमा सातै प्रदेशका करिब ३ सय मौलिक रैथाने खाना तथा पेय पदार्थबाट देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई…
काठमाडौं । पुसमा घरजग्गा कारोबार बढेको छ। कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो। पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। मंसिरको तुलनामा पुसमा राजस्व संकलन ६५ करोड रुपैयाँले बढेको हो। मंसिरमा देशभरका मालपोत कार्यालयले २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए। कात्तिकमा राजस्व संकलन २ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको थियो। पछिल्लो समय सेयर बजारमा देखिएको सुधारको प्रभावसमेत घरजग्गा किनबेचमा देखिन थालेको छ। नेप्सेमा कारोबार रकममा देखिएको सुधारले घरजग्गा बजारमा समेत प्रभाव पारेको देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुसमा देशभरका मालपोत…