काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
Author: Kathmandu Khabar
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र…
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का सांसद एवं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको पहलमा काठमाडौंको बुढानीलकण्ठको खरिबोटदेखि चुनिखेलसम्मको सडक कालोपत्रे सुरु भएको छ । अर्थ मन्त्रालयबाट सुनिश्चित गरिएको निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत् बुनपा ११ मा पर्ने खरिबोटदेखि पैयुटार जगडोल, शहीदपार्क हुँदै चुनिखेल जाने सडक कालोपत्रे भएको हो । यो सडक निर्माणसँगै कपनको ११ नं वडादेखि १३ नं वडामा रहेको चुनिखेलसम्मका बासिन्दालाई यसले सुविधा दिने भएको छ । केन्द्र सरकारलाई पटकपटक ताकेता गरेर यो सडक कालोपत्रे गरिएको थापाको सचिवालयले जनाएको छ । करिब चार किलोमिटरको उक्त सडक कालोपत्रे गर्नका लागि १२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । गत सोमबारबाट…
काठमाडाैँ । लागूऔषध मुद्दामा दोषी ठहर भएका दावा लामालाई प्लानिङ व्वाइज युनाइटेडको अध्यक्षबाट बर्खास्त गर्न माग गरिएको छ । सो मुद्दामा काठमाडौ जिल्ला अदालतले ६ महिना कैद र तत्कालीन पुनरावेदन अदालत तथा हालको उच्च अदालतले ५ वर्ष र ५ हजार जरिवाना गरेको व्यक्ति क्लबको विधानविपरीत बि श्रेणीमा रहेको सो क्लबमा अध्यक्ष भई काम गरेकोले उनको बर्खास्तीको माग गरिएको हो । कुनै पनि उजुरीकर्ताको नामविना नै दिईएको उजुरीमा संस्थाको विधान समेत संलग्न गरिएको छ । निवेदन जिप्रकाले दर्ता गरिसकेको छ । क्लबको विधानको धारा ७ को (ङ) मा नैतिक पतन हुने कुनै पनि फौजदारी अभियोगमा अदालतबाट दोषी ठहराई सजाए नपाएको व्यक्ति…
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै संक्रमणकालीन न्याय (टीआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो । सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो । सत्य निरूपण तथा मेलमिलाप आयोग…
काठमाडौं । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बस्नुभयो । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाए । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाए । स्वर्ग जान…
काठमाडौं । गत असोजमा गएको पहिरोमा परी खेलाडीको ज्यान गएको विषयमा सर्वोच्च अदालतले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको छ। एन्फा मकवानपुरको सिस्नेरीमा सन्चालित एन्फा एकेडेमीमा रहेका छ जना बाल फुटबल खेलाडीको मृत्यु प्राकृतिक प्रकोपको कारण मात्र नभई एन्फा र वत्सला माध्यामिक विद्यालय व्यवस्थापनको गम्भीर लापरवाहीका कारण हुन गएको भन्दै पीडित पक्षले सरोकारवाला निकायमा पहिले नै निवेदन दिँदै आएको थियो । जसका लागि मृतकका हकवालाहरुले उच्चस्तरीय छानबिनसहितका माग राखी एन्फा, राखेप, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिँदै आएको छ । अनेकौं प्रयत्नका बाबजुत सम्बन्धित निकायले आफूहरूको मागको सुनुवाई नभएकाले बाध्य भएर अदालत जानुपरेको उनीहरूको भनाइ छ । मृतकका हकवालाहरुले…
काठमाडौं । काठमाडौंको शंकरापुरमा निर्माण भएको विश्वकै पहिलो नेपाल माताको मन्दिरको २०८२ सालको नयाँ वर्षको दिन उद्घाटन हुने भएको छ । शंखरापुर नगरपालिका– ५ इटाखेलमा रहेको नेपाल मातामन्दिरको निर्माण सम्पन्न भइसकेकाले नयाँ वर्षको दिन उद्घाटन गर्ने तयारी गरिएको आयोजक संस्था श्रीपञ्चमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने श्रीवनमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर सम्मुखमा निर्मित सो मन्दिरमा नेपालको ७७ वटै जिल्ला समेटिएको नक्सालाई पृष्ठभूमिमा राखी नेपाल माताको मूर्ति स्थापना गरिएको छ । नेपाल माताको मन्दिर र मूर्ति विश्वमै अन्यत्र अहिलेसम्म कतै पनि नभएको आयोजक संस्थाको दाबी छ । मुक्तिनाथ पीठका पीठाधीस स्वामी कमलनयनाचार्य व्यवस्थापक रहेको मन्दिर उद्घाटनसँगै नयाँ…
काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुने आठौँ संस्करणमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायतका कार्यक्रम हुने अध्यक्ष पाठकले बताए । उनले भने, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरेका छौँ । चलचित्रप्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट, छलफल र चलचित्र आदानप्रदान गर्ने…
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन । शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु…
काठमाडौँ । यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई कांग्रेस नेताहरूले झपारेका छन् । उनको अभिव्यक्तिले सिङ्गो पार्टीकै बदनाम भएको भन्दै संसदमा माफी माग्न अधिकांश नेताहरूले आग्रह गरेका थिए । घिमिरेले केही दिन अघि प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका थिए । उनको अभिव्यक्तिलाई सत्ता र प्रतिपक्षका सांसदले समेत विरोध गर्दै आइरहेका छन् । मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोलाएर जिम्मेवार पदमा बसेको व्यक्तिले कानुनले बन्देज लगाएको विषयमा धारणा राखेको भन्दै नेताहरूले झपारेका हुन्। बैठक सुरु भएपछि बैठकमै रहेका महामन्त्री गगन…
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भने, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन्…
काठमाडौ । पूर्वराजा ज्ञानन्द्रले चलखेल गर्न लागेको बहानामा नेकपा माओवादीले सरकारमा जाने चलखेल सुरु गरेको छ । आफ्नो मेची महाकाली यात्रा समेत रोकेर काठमाडौँ फर्किएको माओवादी नेताहरू पूर्व राजाको चलखेल रोक्न भन्दै गणतन्त्रवादीहरूको सरकार बनाउनतर्फ लागेका छन् । जसका लागि नेपाली कांग्रेस नेतृत्वकोमा गणतन्त्रवादी सबै दलहरू सम्मिलित सरकार गठनको पहलमा माओवादी जुटेको छ। जसमा कांग्रेस र माओवादी दुवै सहमत भएको दुवै पार्टीका नेताहरुले बताएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवाद सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको…
काठमाडौँ । दक्षिण अमेरिकामा आएको भीषण आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ भने सो क्षेत्रका केही प्रान्तहरू प्रभावित भएका छन्। बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ। टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ । यीमध्ये टेक्सस नेपाली विद्यार्थीहरूको बाहुल्यता रहेको प्रान्त हो।
काठमाडौँ । नेपाल आयल निगमले घटाएको पेट्रोल र डिजेलको मूल्य आजदेखि लागू भएको छ। स्वचालित मूल्य प्रणाली अनुसार शनिबार साँझ सार्वजनिक गरेको नयाँ सूची अनुसार पेट्रोल र डिजेलको मूल्यमा गिरावट आएको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ । यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन परेकामध्ये ५ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना जारी गर्दै ५ जनाको नाम सार्वजनिक गरेको हो। गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो ।
काठमाडौँ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अलीले ललितपुरको पुलचोकमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। आज हुन लागेको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि बिहिबार काठमाडौँ झरेका अलिले आज आफ्नो सांगीतिक प्रस्तुति दिन लागेका हुन्। यो प्रस्तुतिमा उनीसँगै उनका छोरा आमिर अलि र नातिनाजी र अलिले पनि सँगै प्रस्तुति दिनेछन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रमका लागि गायक अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौंँ आइपुगेका थिए । अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाउने कार्यक्रम छ । पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका अली नेपाल प्रस्तुतिका लागि उत्साहित रहेको आयोजक संस्था साधना कला केन्द्रका…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज शनिबार बलम्बु र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा ५ घण्टा विद्युत कटौती हुने जनाएको छ। आज एक सूचना जारी गर्दै प्राधिकरणले मर्मत सम्भार लगायतका लागि विभिन्न स्थानमा विद्युत कटौती हुने जनाएको हो। भूमिगत तार परीक्षण लगायतका विभिन्न कार्यका लागि भन्दै हरेक शनिबार प्राधिकरणले भिन्दाभिन्दै स्थानमा विद्युत कटौती गर्दै आएको छ। जसमध्ये अघिल्लो हप्ता पनि बलम्बु क्षेत्रमा विद्युत कटौती गरिएको थियो। यी क्षेत्रमा आज बिहान ११ बजेदेखि अपरान्न ४ बजेसम्म विद्युत प्रवाह बन्द गरिने प्राधिकरणको सूचनामा उल्लेख छ। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली…
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यालयहरूमा यही चैत ५ गते हुन लागिरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ। शुक्रबार नेविसंघले २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो। जसमा विद्यार्थीको समस्या समाधानदेखि शैक्षिक संस्था सुधारसम्मका एजेन्डा हुनेगरेको समेटिएका छन् । नेविसंघको घोषणापत्रका लागि यहाँ क्लिक गर्नुहोला।
काठमाडौं । करिब एक सातासम्म खुल्न नसकेको काठमाडौँ उपत्यकाको मौसम आजदेखि भन्ने सफा देखिएको छ। देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले नखुलेको मौसम बुधबार र बिहीबारको वर्षापछि सफा देखिएको हो। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै, उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।
काठमाडौं । आज तराई मधेस क्षेत्रमा होली पर्व मनाइँदैछ। बिहिबार पहाडी तथा हिमाली भेगमा मनाइएको फागु पूर्णिमाको भोलिपल्ट मनाउने यस पर्वका लागि सरकारले तराईका २२ जिल्लामा सार्वजनिक विदा दिएको छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ। पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ।
धनुषा । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए । होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ…
काठमाडौं । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।” त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ…
भक्तपुर । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् । भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै विदाइ गर्ने प्रचलन थियो । तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन । फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर…
काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको…
काठमाडौँ । आज देशका पहाडी क्षेत्रमा रङहरूको पर्व फागु पूर्णिमा मनाइँदैछ। प्रत्येक फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व आफन्त र साथीभाइहरू बीच रङ र शुद्ध पानी छ्यापाछ्याप गरी मनाउने गरिन्छ । असत्यसामु सत्यको विजय भएको यो स्मरणमा मनाइने यस पर्वका पछाडि विभिन्न कथाकिम्बदन्तीहरु रहेका छन्। जुन काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेत भिन्नभन्न छन् । आज फागु पूर्णिमा मनाउने पहाडी र हिमाली गरी देशका ५६ जिल्लामा सरकारले सार्वजनिक विदा दिएको छ। तराईका २१ जिल्लामा भने होली पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिनेछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न…
काठमाडौं । झन्डै एक हप्तादेखि खुल्न नसकेको काठमाडौँको आकाश आज पनि खुल्ने सम्भावना कम देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको छ। विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना छ,” मौसमविद् गोविन्द झाले भने, “ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही ठाउँमा वर्षा हुनेछ ।” प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने…
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेका छन् । चर्को आलोचनापछि नेपाल प्रहरीले पक्राउ गर्न सक्ने भन्दै उनी भागेका हुन् । उनले गोरखपुर पुगेर भारतीइ सञ्चारसंस्था नवभारत टाइम्सलाई अन्तर्वार्ता दिएका छन् । उनले नेपाल प्रहरीले आफ्नो खोजी गरिरहेकोले भागेको बताएका छन् । उनले आफूले योगी आदित्यनाथलाई आजसम्म नभेटेको भए पनि नेपाल हिन्दुराष्ट्र बन्नुपर्छ भन्ने पक्षमा रहेको बताएको छ । राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’ आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा आफू स्वागतका लागि त्रिभुवन…
काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपालले दोस्रोपटक नामिवियासँग खेल हारेको छ । योसँगै कपको फाइनल खेल्ने सम्भावना नेपालको कमजोर बन्दै गएको छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। कुल १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुगेको थियो । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। उनले ३७ बलमा एक चौका प्रहार गरिन्। पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोडे। यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पटकपटक तारकेश्वर नगरपालिका वडा नं ९ मा पर्ने जग्गा नेपाली काँग्रेसका नेताले कब्जा गरेको आरोप लगाएका छन् । संसदमा पटकपटक आरोप लगाए पनि उनीहरूले कसले कब्जा गरेको भनेर नाम किटान गर्न भने सकेका छैनन् । व्यक्तिको नाम किटान नगरी सिंगै पार्टीलाई मुछेर बदनाम गर्न लागेपछि आज पनि प्रतिनिधि सभाको बैठकमा हंगामा भएको छ । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शिशिर खनाल र सुमना श्रेष्ठले नेपाली काँग्रेसका नेताले सो जग्गा कब्जा गरेको बताए । तर उनीहरू दुवैजनाले कति जग्गा र कसले कब्जा गरेको भनेर खुलाउन सकेनन् । नेपाली कांग्रेसका नेताले सरकारी…