काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै…
Author: Kathmandu Khabar
काठमाडौ । आज वैशाख शुक्लपञ्चमी। हिन्दू धर्मका दुई जगतगुरुको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वैदिक सनातन धर्मको पुनर्स्थापना एवं प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिने आदिगुरु शंकराचार्य र रामानुजाचार्यको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाउन लागिएको हो। वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरी मनाइँदै छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो । त्यस्तै, रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक थिए…
काठमाडौ । सरकारको आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक…
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ ले लोपोन्मुख मि:ना पुखुको पुनर्निर्माण कार्य सुरु गरेको छ । वडाको सम्पदा पुनर्निर्माणको क्रममा भगवानस्थान धन्दो चैत्यको परिसरमा रहेको सो पोखरीको पुनर्निर्माण गर्न लागेको हो । पछिल्लो समय वडा नं ७ ले सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण र पुनर्निर्माणमा सक्रियता देखाउँदै आएको छ । जसका लागि क्षमापृजा गरेर पुनर्निर्माण सुरु गरिएको वडाध्यक्ष विमल होडाले जानकारी दिए ।
काठमाडौँ । करिब एक महिना लामो सडक आन्दोलनपछि नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ। बुधबार राति शिक्षा मन्त्रालयमा भएको दुईपक्षीय वार्तापछि लगत्तै बसेको मन्त्रिपरिषद बैठकले सहमति बमोजिम कार्यान्वयन गरेसँगै शिक्षक आन्दोलन स्थगित भएको छ। बुधबारको वार्तामा सरकार र शिक्षकहरूबीच ९ बुँदे सहमति भएको थियो। जसमा दुर्गम भत्ताको विषय स्वास्थ्य उपचारमा निजामती अस्पतालमा छुट पाउने विषय र ग्रेडिङ प्रणालीमा जाने लगायतका विषयमा सहमति भएको छ भन्ने अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने लगायतका माग भने कुरा भएनन् । आवधिक तहगत बढुवा र खुल्ला परीक्षामा तल्लो तहकालाई आरक्षित सिट नहुने सबै अस्थायी अवधि…
काठमाडौ । काठमाडौँमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ। देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो पनि काठमाडौँका केही भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि…
काठमाडौं । सर्वोच्च अदालतमा कार्यरत एक कर्मचारीको पत्रले दिनभर सर्वोच्च अदालत मात्रै नभएर देशको राजनीतिक परिदृश्यमा नै हंगामा मच्चियो । पार्टी एकता गर्न लागेका मधेशवादी दलहरु नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता भाँडियो भने त्यस पार्टीका संरक्षक रेशम चौधरी दिनभर हिरासतमा बस्नुपर्यो । यसले सर्वोच्च अदालतको गरिमामा आँच आउने भन्दै सर्वोच्च अदालतमा दिनभर हंगामा मच्चियो । के भएको थियो घटना ? २०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई २०८० साल जेठ २ गतेको फैसलाअनुसार उनलाई तत्काल पक्राउ गर्न भन्दै सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले हस्ताक्षर गरेको पत्र प्रहरीकोमा पुग्यो । आज सीके राउत…
काठमाडौं। झन्डै एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीचको मङ्गलबारको वार्ता पनि निष्कर्षविहीन भएको छ। मंगलबार राति ८ बजेदेखि १० बजेसम्म शिक्षा मन्त्रालयमा भएको बैठकमा शिक्षकहरुले नौ बुँदे माग राखेका थिए । अर्थमन्त्री गृहमन्त्रीसहित बसेको बैठकमा शिक्षकहरूले राखेका नौ बुँदे मागमाथि थप गृहकार्य गर्नुपर्ने भन्दै मङ्गलबारको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासङ्घ र सरकार दुवै पक्ष वार्ता सकारात्मक रहेको भन्दै बुधबार टुङ्गोमा पुग्ने अपेक्षामा छन्। शिक्षकहरूले माग पूरा हुने आश्वासन पाएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न तयार रहेको बताएका छन्। यिनीहरूले आन्दोलन जारी राख्दै कक्षा १२ को परीक्षालाई प्रभावित नपार्ने गरी आन्दोलनको नयाँ मोडालिटी तयार पार्ने बताएका छन्।…
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले कास्कीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको बचाउमा उत्रिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत गठन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानबिनसम्बन्धी उपसमितिले दिएको प्रतिवेदनमा नेकपा एमालेका सांसदहरूले भने हस्ताक्षर गरेका छैनन् । आफू सत्तामा हुँदा पर्याप्त सम्भाव्यता अध्ययनबिना नै निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले सेतो हात्ती जस्तै बनेको छ। त्यहाँको उडान अहिले शून्य प्राय छ भने प्राविधिक कारणले तत्कालै त्यहाँ पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन सक्ने सम्भावना पनि एकदमै कम देखिएको छ । चीनको एक्जिम बैंकबाट चर्को शुल्कमा ऋण लिएर बनाइएको यो प्रयोगविहीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण योजनादेखि निर्माणसम्बन्धी…
काठमाडौ । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरी मनाइने भएको छ । बौद्धनाथ क्षेत्र विकास समिति तथा अन्य बौद्ध सङ्घसंस्थाको समन्वयमा बौद्ध महास्तूपाको अस्तुसहित विश्व शान्ति यात्रा आरम्भ गरी सर्वसाधारणलाई यही वैशाख २९ गते दर्शनको व्यवस्था गरिनेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको वस्तुलाई अस्तु धातु भनिन्छ । स्थानीय परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्पराअनुरुप पौराणिक बुद्ध मूर्तिको ¥यालीसहित बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर फैलाइने समितिले जनाएको छ । बुद्ध जयन्तीको दिन बौद्धमा आउने दर्शनार्थीलाई चैत्य दर्शन तथा पूजाको व्यवस्था तथा प्रसाद वितरण गरिनेछ । बौद्ध…
काठमाडौँ । कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दैछन् । मन्त्रीको निर्देशनमा कुलमान घिसिङको पालामा प्राधिकरण घाटामा गएको देखाउनका लागि अनेक तिग्डम गरेर प्राधिकरणको वित्तीय विवरण निकाल्न लागिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अहिले प्राधिकरण करिब ५ अर्ब घाटामा रहेको देखाउन लागिएको छ जसमा सञ्चित नाफालाई छाडेर रासकट्टीसहितको घाटा देखाउन लागिएको बताइएको छ । रासकट्टीसहितको घाटा भनेको प्राधिकरणको स्वामित्वमा रहेका सामग्रीहरूको हरेक वर्ष हुने रासकट्टीको विवरण जोडेर बनाइएको घाटा हो। यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा ४६ अर्ब फाइदामा रहेको बताइएको विद्युत प्राधिकरण अब घाटामा देखाउन लागिएको हो।
काठमाडौँ । २७ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। आफ्ना विभिन्न मागहरू राखेर सडक प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई हिजो सरकारले वार्ताका लागि बोलाएको थियो। हिजो साँझ बसेको वार्तामा बसेका दुवै पक्षले आआफ्ना समस्या र मागको बारेमा स्पष्ट पारेका थिए । शिक्षकहरूले आफ्नो माग पूरा गर्दा राज्यलाई त्यति ठूलो हानि नहुने दाबी प्रस्तुत गरेका थिए भने सरकारले पनि आफ्ना समस्या सुनाएको थियो। वार्ता पछि निस्किँदै गर्दा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले वार्ता सकारात्मक भएको भन्दै मङ्गलबार साँझसम्म पुग्ने दाबी गरेका छन् । यसअघि अदालतले दिएको तीन दिने समयसीमा गुज्रिसक्दा शिक्षक र सरकारबीच कुनै पनि सहमति हुन सकेको छैन। यसअघि…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबारसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबारदेखि सुरु भएको मौसमी वर्षाको प्रभाव मङ्गलबारसम्म कायम रहने विभागले जनाएको हो। यसका साथै बङ्गालको खाडीबाट भित्रिएको जलबास उपयुक्त हावाको समेत प्रभाव देखिएको छ। मौसमविद गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदलिरहनेछ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ। काठमाडौँ…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन् । बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन्। उनले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह गरे । सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतङ्ककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे । सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा…
काठमाडौं । आन्दोलनको आज २६ औँ दिनमा शिक्षक र प्रहरीबीच झडप भएको छ । आफ्ना विभिन्न माग पूरा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि अवस्था बिग्रिएको थियो । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । भेट वार्ताको क्रममा दुई नेताबीच गभर्नर नियुक्तिको विषयमा छलफल भएको बताइएको छ । साथै, नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताइएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
चितवन । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु चार सय ५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको…
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने…
काठमाडौ । चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो । यही अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए । नेपालले हिमशृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई सङ्गठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ । बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ । कार्यक्रममा…
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए । उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ । बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय-पत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचित समेत गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो…
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजानिक गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’लाई संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेका छन् । नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास…
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ । विसं २००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डरका रूपमा खटिएको थियो । उनकी श्रीमती छन् । उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उनको पार्थिव शरीर…
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताको पहिलो दिन नै झेली गर्न लागेपछि सरकारसँग शिक्षकको वार्ता भाँडिएको छ । शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका पन्तले वार्तामा बस्ने शिक्षकहरू आफू अनुकुल छानेर नामावली पठाएपछि विवाद सुरु भएको हो । उनले सरकारका तर्फबाट आज पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका थिए । जसमा वार्ता टोलीमा २५ जना वार्ता टोलीको नामावली तयार पारिएको थियो । जसमा आफ्नो पार्टीअनुकुलका व्यक्तिहरू थिए । वार्ता टोलीलाई सिंहदरबारको गेट पासको लागि गरिएको पत्रमा सरकारको अनुकुल व्यक्तिको नाम देखेपछि टोली सिंहदरबार गेटबाट नै फर्किएको थियो । विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा…
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १:०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी…
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका…
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं ७ ले फोहोर शून्यकरण अभियान जनचेतना कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंको जुम क्याफे ब्याङ्क्विटमा आयोजित कार्यक्रममा फोहोरको वर्गीकरण गर्ने विषयमा छलफल गरिएको थियो । वडा कार्यालयले फोहोरको वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गराउन पनि वडावासीलाई आग्रह गरेको छ । यसरी कुहिने नकुहिने फोहोर संकलकहरूलाई दिन र कागज, प्लास्टिक, सिसा, काच, फलाम आदि बेच्ने वा पुन: प्रयोग गर्न पनि वडाले आग्रह गरेको छ । आफ्नो फोहोर सिसडोलमा होइन घरमै विस्थापन गरौं भन्ने नाराका साथ सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष विमलकुमार होडाले जानकारी दिए ।
काठमाडौं । गत २०७७ फागुन १५ गते शनिबार काठमाडौंस्थित सामाखुसी, ग्लोबल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले कार्यकर्ता भेलामा रघुजी पन्तले दिएको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यतिबेला उनले पार्टीमा छलफल नगरी पार्टी अध्यक्षले टिकट वितरण गरेपछि रघुजी पन्तले एक सांसदको नाममा आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरू लागेका छन्। केपीको पार्टीमा पनि त्यस्ता महिला छन्। तर तिनले टिकट पनि पाएनन्। (ती महिलाको नाम लिँदै) उनले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइल जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरू…
काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा (एमाले)ले काठमाडौंको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ । युवाहरूलाई नयाँ व्यवस्थाको बारेमा जानकारी दिँदै निरंकुश जहानिया शासनबाट मुक्त भएको स्मरण गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा करिब पाँच लाख युवाहरू सहभागी गराउने एमालेको केन्द्रीय नेतृत्वले लक्ष्य लिएको थियो । स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन आयोजना गरिएको भनिएको कार्यक्रममा एमालेले भनेजस्तो युवाहरूको ठूलो सहभागिता भने देखिएन । केही दिनअघिसम्म पाँच लाख युवा उतार्ने भनेको एमालेले कार्यक्रमको अघिल्लो दिन एक लाख जना उतार्ने बताएको थियो । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४०…
काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ (ख) को दोस्रो प्रदेश सम्मेलन बिहीबार हुने भएको छ । कार्यक्रम धुम्बाराहीमा रहेको सूर्य इभेन्ट्समा बिहान ८ बजेदेखि सुरु हुन लागेको काठमाडौं ४ ख का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए । कार्यक्रमलाई काँग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ सांसद गगन थापाले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । साथै, नेपाली काँग्रेसका जिल्ला तथा क्षेत्रका अन्य नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । दोस्रो प्रदेश सम्मेलनका साथै नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको लुइँटेलले जानकारी दिए ।
काठमाडौ । एन्फाको लेखा तथा अनुपालन समिति निष्पक्ष नरहेको आरोप लागेको छ । एन्फाको विधानको परिच्छेद १३ मा स्वतन्त्र समितिको परिकल्पना गरिए पनि समितिले निष्पक्षता भन्दा कार्यसमितिको मोहोरा बनेर काम गर्ने गरेको आरोप लागेको हो । विधानको धारा ६९ मा लेखा तथा अनुपालन समिति बारे उल्लेख छ । जसमा लेखा तथा अनुपालन समितिले एन्फाको आन्तरिक र बाह्य लेखा परीक्षण प्रतिवेदन तयार पार्न सहयोग गर्ने, प्रतिवेदनको समीक्षा गर्ने, अनुगमन गर्ने, सम्बद्ध नियमावलीको पालना भए नभएको अनुगमन गर्दै अनुपालन गर्न आवश्यक सहयोग, सुझाव र निर्देशन दिने कार्य गर्ने बताइएको छ । अहिले दिपक खातीको संयोजकत्वमा रहेको लेखा तथा अनुपालन समिति निश्पक्ष नरहेको…